The Nepali Times Melbourne द नेपाली टाईम्स मेलबोर्न

The Nepali Times Melbourne द नेपाली टाईम्स मेलबोर्न The Nepali Times Melbourne ( द नेपाली टाइम्स मेलबोर्न )

The Nepali Times Melbourne द नेपाली टाइम्स मेलबोर्न is a Monthly Magazine published by MDS Media Network with a motto " Connecting Communities through Media". 3,000 copies every month is distributed throughout greater Melbourne.

31/12/2024

काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन मानवीय सहायताको क्षेत्रमा काम गर्दै आइ...

It's today. जय नेपाल फाउन्डेसन अष्ट्रेलिया चाप्टरले आयोजना गर्न लागेको  Webinar  “Open Education Connecting Local to Glo...
29/06/2024

It's today.
जय नेपाल फाउन्डेसन अष्ट्रेलिया चाप्टरले आयोजना गर्न लागेको Webinar “Open Education Connecting Local to Global" मा उपस्थितिको लागि खुला निमन्त्रणा गरिएको छ ।
मिति: जुन २९, २०२४ (शनिवार )
समय र अवधि: दिउँसो १२:१५ देखि ०२:१५ बजे (सिड्नी समय)
नेपाली समय बिहान 8:00 बजे
Zoom लिंक: https://zoom.us/j/94536469651?pwd=TDzJCbTNG7X05CCahM6c96bEnsgDfJ.1
Meeting ID: 945 3646 9651
Passcode: 2024
बिस्तृत जानकारीका लागि :
https://www.nepalitimes.com.au/news/25205

जय नेपाल फाउन्डेसन अष्ट्रेलिया च्याप्टरले यहि जून २९ शनिबारका दिन शिक्षा सम्बन्धि वेबिनर गर्ने भएको छ । “ओपन एजु...

09/06/2024

साइबर सेनाको गलत टार्गेट !
सामाजिक संजालमा सम्भव सिरोहियाले हालै एउटा भिडियो पोष्ट गरे । कमेन्टहरु हेरें, हजारौंले उनि नै देशको सबैभन्दा ठुलो फटाहा र बदमास हुन् जस्तो गरी लेखेका रहेछन् । यति धेरै नकारात्मक कमेन्टहरु हेर्दा हाम्रो समाजका यूवाहरुको सिर्जनशीलता र सकारात्मक सोंचमा चरम खडेरी परेजस्तो लाग्यो।
उनि को हुन् र कस्ता मानिस हुन्, त्यसले मेरो व्यक्तिगत जीवनमा खासै फरक पर्ने होइन । बदमास हो भने देशको तालुकदार गृह मन्त्रालय नै हेर्ला । तर उनको बोल्ने कला र sense of humor मलाई ठिकै लाग्यो ।
यतिबेला मानिसहरु कान्तिपुरलाई खेद्न मजा मानेको देखिन्छ । उतिबेलाका गिरिजा प्रसाद कोइराला देखि अहिलेका केपी ओलीसम्मले कान्तिपुरलाई मन पराउदैनन् । किनकि उसले सत्तापक्षलाई जवाफदेहिता लागि हमेशा लेखेको हामीले देखेका हौँ।
कान्तिपुर बदमास हो भने त्यसलाई नियमन गर्ने काम त सरकारको होला नि ? साइबर सेनाहरुले सुशासन र नियमनका लागि आफ्नो सरकारलाइ खबरदारी गर्ने कि विषयान्तर गरि सामाजिक संजाललाइ प्रदुषित गर्ने ?
रुखलाइ हरियो र स्वास्थ्य बनाउँन पातमा होइन जरामै मलजल गर्नु पर्छ!

ललिता निवास प्रकरणमा अदालतको फैसला संगै एनआरएनए सचिवालय भवन पनि सरकारीकरण भएको छ। जग्गा त्यही हो र भवन पनि जस्ताको तस्तै...
22/02/2024

ललिता निवास प्रकरणमा अदालतको फैसला संगै एनआरएनए सचिवालय भवन पनि सरकारीकरण भएको छ। जग्गा त्यही हो र भवन पनि जस्ताको तस्तै छ, केहि बिग्रेको छैन । यो भवन हामीले मस्ती गर्न र निजि प्रयोग गर्न बनाएको पनि होइन । भौतिक रुपमा भवन सरकारी भयपनी, एनआरएनए पनि नेपाल सरकार संगै मिलेर काम गर्ने संस्था हो भनि बिस्वस्त बनाउन सके यो भवन हामीले भोगचलन गर्न पाइन्छ जस्तो लाग्छ । तर पदको लागि राजनैतिक अखडा बनाउने र अदालतको निर्णय बिरुद्ध फेरी मुद्दा-मामिलामा उत्रिने कदम एनआरएनएकालागि आत्मघाती हुनेछ ।
पछिल्लो समयमा नेपालको आर्थिक बिकाशको लागि Brain Drain लाई Brain Gain मा परिणत गर्न अतिनै जरुरि भैसकेको थियो । विश्वमा छरिएका नेपालीहरुको आर्थिक र बौद्दिक सम्पत्तिलाई ब्यबस्थित गर्दै नेपालमा एनआरएनहरुको सामूहिक लगानीलाई समन्वय गर्न काठमाडौँमा एउटा सशक्त सचिवालयको आवस्यकता महशूस गरियो । यहि मर्मलाइ आत्मसात गर्दै सबैको साझा प्रयासमा डायस्पोराका नेपालीहरुलाई जोड्दै मातृभूमिको बिकाशमा साझेदारी गर्न बालुवाटारमा सुबिधा सम्पन्न सचिवालय निर्माण गरिएको हो । यो एउटा नेपाली डायस्पोराको मिनी राष्ट्रसंघीय मोडेलमा निर्मित केन्द्रिकृत प्रशाशनिक भवनको रुपमा हामि सबैले लिएका थियौं ।
बालुवाटार जग्गा खरिद र भवन निर्माण गर्दा देखिनै संस्था भित्र दुइवाट मतहरु थिए । पहिलो जग्गा थोरै भयपनि बालुवाटारमै भवन निर्माण गर्ने, दोश्रो त्यो जग्गा बेचेर रीङरोड बाहिर धेरै रोपनी जग्गा किन्ने र खुला पार्किंग सहितको सचिवालय भवन निर्माण गर्ने ।
बालुवाटार मै सचिवालय निर्माण गर्दा भविष्यमा एनआरएनएलाई सरकारसंग समन्वय गर्न सजिलो हुने भन्ने तत्कालिन अध्यक्ष Shesh Ghale दाइको बिश्वास र जोडबलले पहिलो Option मै सबै सहमत भइ भवन निर्माणको काम अगाडी बढेको हो ।
एनआरएनएको नजरमा त्यतिबेलाको जग्गा खरिद र भवन निर्माणमा कसैको पनि गलत नियत थियो जस्तो मलाई लाग्दैन । तर नेतृत्वबाट धेर-थोर हेलचेक्र्याइँ चैं भएकै हो । अझै पनि एनआरएनए नेतृत्व, निस्वार्थ र निर्भिक ढंगले सरकारसंग कुटनैतिक पहल गर्छभने सचिवालयलाई प्रयोग गरि हामीले गर्न चाहेको काम सरकारले रोक्छ जस्तो मलाई लाग्दैन। सरकार र महानगरपालिका संग कूटनैतिक पहल गरौँ, मुद्दा मामिलामा समय खर्च नगरौं र एनआरएनएको साख अरु गिराउने काम नगरौं !

मेलमिलाप दिवसलाई गिज्याउने खालको घोचपेच दिवस !हिजो, नेपाली कांग्रेसले उनी बिपीको सम्झनामा ४७औ मेलमिलाप दिवस मनाइरहदा उसल...
01/01/2024

मेलमिलाप दिवसलाई गिज्याउने खालको घोचपेच दिवस !
हिजो, नेपाली कांग्रेसले उनी बिपीको सम्झनामा ४७औ मेलमिलाप दिवस मनाइरहदा उसले राजावादी र अन्य राष्ट्रिय मान्यता प्राप्त केहि दलहरुलाई निमंत्रणा दिन उचित ठाँनेन । यसो हुनुमा कांग्रेस नेतृत्वमा लोकतान्त्रिक संकीर्णता हावी भएको हो वा मनको बाघले तर्साएको हो उनिहरुले नै जानून !
‘लोकतन्त्र नरहे देश रहदैन, जब देश रहदैन तब राजा रहने त कुरै भएन | तसर्थ राष्ट्र र राष्ट्रियताका सवालमा राजा र मेरो घांटी जोडिएको छ, यो कुरा राजालाई पनि थाहा होला!’ यो भनाइ करिब ८ बर्षको निर्वासन पछि “राष्ट्रिय मेलमिलाप नीति” लिई २०३३ पुष १६ गते भारतबाट नेपाल फर्कदै गर्दा बिपीले ब्यक्त गरेका विचारहरु हुन् |
गठबन्धन र प्रमूख प्रतिपक्षी दल बिचको घोंच-पेच कम्तिमा पनि मेलमिलाप दिवसको अवसरमा त्यति शोभनीय थिएन ।

Address

Truganina, VIC
3029

Alerts

Be the first to know and let us send you an email when The Nepali Times Melbourne द नेपाली टाईम्स मेलबोर्न posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Nepali Times Melbourne द नेपाली टाईम्स मेलबोर्न:

Share