Prades Khabar/प्रदेश खबर

Prades Khabar/प्रदेश खबर Official facebook Page of
pradeskhabar.com online news

झापामा चट्याङ लागेर एक युवाको मृत्यु  #झापाको कमल गाउँपालिकामा आज बिहान परेको चट्याङ लागेर एकजना पुरुषको मृत्यु भएको छ ।...
25/06/2024

झापामा चट्याङ लागेर एक युवाको मृत्यु
#झापाको कमल गाउँपालिकामा आज बिहान परेको चट्याङ लागेर एकजना पुरुषको मृत्यु भएको छ ।
आज बिहान ७ बजेको समयमा कमल गाउँपालिका वडा नम्वर २ समाइगढ बस्ने ४६ वर्षीय राजन खड्काको चट्याङ लागेर मृत्यु भएको हो ।

इलाममा ११ सय शिक्षकले पार्टीको सदस्यता त्यागे
25/06/2024

इलाममा ११ सय शिक्षकले पार्टीको सदस्यता त्यागे

इलाम / पछिल्लो समय शिक्षकहरूले पार्टीको सदस्यता त्याग्न थालेका छन् । शिक्षा मन्त्रालयको निर्देशनअनुसार शिक्षकह...

सातौं एसिया अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई पाँच स्वर्णसहित सात पदक #नेपालले सातौं एसिया कप खुला अन्तर्राष्ट्रिय त...
25/06/2024

सातौं एसिया अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई पाँच स्वर्णसहित सात पदक
#नेपालले सातौं एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाँच स्वर्णसहित ७ पदक जितेको छ । प्रतियोगितामा सात खेलाडी सहभागी भएकोमा सबैले पदक जितेका हुन् । प्रतियोगितामा नेपालले पाँच स्वर्णसँगै थप १ रजत र १ कांस्य पनि जितेको हो ।

जम्बो टोली लिएर एमाले उपमहासचिव चीन भ्रमणमा जाँदै #नेकपा एमालेका उपमहासचिव विष्णु रिमालसहितको ३० सदस्यीय टोली मंगलबार ची...
25/06/2024

जम्बो टोली लिएर एमाले उपमहासचिव चीन भ्रमणमा जाँदै
#नेकपा एमालेका उपमहासचिव विष्णु रिमालसहितको ३० सदस्यीय टोली मंगलबार चीन भ्रमणमा जान लागेको छ। रिमाल नेतृत्वको ३० सदस्यीय उक्त टोली चिनिया कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणामा १० दिने चीन भ्रमणमा जान लागेका हुन्।

प्रतिनिधि सभा बैठक बस्दै, बजेट पारित गर्ने तयारी #प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरम...
25/06/2024

प्रतिनिधि सभा बैठक बस्दै, बजेट पारित गर्ने तयारी
#प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दैछ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेको छ ।

चट्टानी पहाड छिचोलेर सडकलमजुङ सदरमुकाम बेसीसहरदेखि मनाङको चामे जोड्ने सडक अन्तर्गत दुई जिल्लाको सीमास्थल म्यार्दी खोलाछे...
25/06/2024

चट्टानी पहाड छिचोलेर सडक
लमजुङ सदरमुकाम बेसीसहरदेखि मनाङको चामे जोड्ने सडक अन्तर्गत दुई जिल्लाको सीमास्थल म्यार्दी खोलाछेउको चट्टानी पहाड छिचोलेर निर्माण गरिएको सडक । जोखिमपूर्ण मानिने उक्त सडकको ‘ट्रयाक’ नेपाली सेनाले खोलेको हो । तस्बिर : रामबहादुर थापा÷रासस

दुई सातामा देशैभर फैलियो मनसुन, कोसी, मधेस, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
25/06/2024

दुई सातामा देशैभर फैलियो मनसुन, कोसी, मधेस, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेकाले आज केही भू–भागमा वर्षाको ...

कोशी प्रदेशको मुद्दा ‘हेर्दाहेर्दैमा’: जवाफी बहसपछि आजै फैसला आउनेhttps://pradeskhabar.com/?p=53221
25/06/2024

कोशी प्रदेशको मुद्दा ‘हेर्दाहेर्दैमा’: जवाफी बहसपछि आजै फैसला आउने
https://pradeskhabar.com/?p=53221

सुदूरपश्चिम प्रदेशः मन्त्री मन्त्रालयविहीन, मन्त्रालय मन्त्रीविहीनhttps://pradeskhabar.com/?p=53218
25/06/2024

सुदूरपश्चिम प्रदेशः मन्त्री मन्त्रालयविहीन, मन्त्रालय मन्त्रीविहीन
https://pradeskhabar.com/?p=53218

२०८४ मा कांग्रेसले बहुमत ल्याउने गगन-तृष्णा!https://pradeskhabar.com/?p=53215
25/06/2024

२०८४ मा कांग्रेसले बहुमत ल्याउने गगन-तृष्णा!
https://pradeskhabar.com/?p=53215

लोकमानजस्तै निलम्बित अर्याललाई पनि विशेष पद
25/06/2024

लोकमानजस्तै निलम्बित अर्याललाई पनि विशेष पद

काठमाडौँ : सरकारले १८ वर्षअघि तत्कालीन मुख्यसचिव लोकमानसिंह कार्कीलाई थन्क्याउन राष्ट्रिय योजना आयोगमा विशेष प...

इटहरी उपमहानगरपालिकाको बजेट ३ अर्ब ५७ करोड (पुर्णपाठ सहित)https://pradeskhabar.com/?p=53208
24/06/2024

इटहरी उपमहानगरपालिकाको बजेट ३ अर्ब ५७ करोड (पुर्णपाठ सहित)
https://pradeskhabar.com/?p=53208

आजको राशिफल बि.सं.२०८१ असार ११ गते मंगलबार ई.सं.२०२४ जून २५https://pradeskhabar.com/?p=53200
24/06/2024

आजको राशिफल बि.सं.२०८१ असार ११ गते मंगलबार ई.सं.२०२४ जून २५
https://pradeskhabar.com/?p=53200

इटहरी उपमहानगरपालिकाको बजेट ३ अर्ब ५७ करोड (पुर्णपाठ सहित)https://pradeskhabar.com/?p=53208
24/06/2024

इटहरी उपमहानगरपालिकाको बजेट ३ अर्ब ५७ करोड (पुर्णपाठ सहित)
https://pradeskhabar.com/?p=53208

इटहरी उपमहानगरपालिकाको बजेट ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार
24/06/2024

इटहरी उपमहानगरपालिकाको बजेट ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार

पोखरा महानगरपालिकाको बजेट ७ अर्ब  ५१ करोड #पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि  ७ अर्ब ५१ करोड ३२ लाख...
24/06/2024

पोखरा महानगरपालिकाको बजेट ७ अर्ब ५१ करोड
#पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख मञ्जुदेवी गुरुङले सोमबार १५ औँ नगर सभामा बजेट प्रस्तुत गरिन् ।

चालु आर्थिक वर्षमा ७ अर्ब १५ करोड १५ लाख १६ हजार रुपैयाँको बजेट विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षको बजेट चालु वर्षको भन्दा ३६ करोड १७ लाख ६७ हजारले बढेको हो ।
बजेटमा संघीय सरकारको अनुदानबाट ४ अर्ब २० करोड २२ लाख १ हजार, प्रदेश सरकार अनुदानबाट ९ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयबाट १ अर्ब ५५ करोड ५१ लाख ४० हजार, संघीय राजस्व बाँडफाँटबाट ३८ करोड ३३ लाख ७५, प्रदेश राजस्व बाँडफाँटबाट ९ करोड ७२ लाख २० हजार रुपैयाँ, स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १२ करोड ८३लाख ६१ हजार, रोयल्टी बाँडफाँटबाट ५४ लाख २४ हजार स्रोत व्यवस्था हुने उल्लेख छ ।

इनरुवा नगरपालिकाको बजेट ७७ करोड ३५ लाख
24/06/2024

इनरुवा नगरपालिकाको बजेट ७७ करोड ३५ लाख

धरानमा काङ्ग्रेसले रोप्यो लाली गुराँसको बिरुवा #नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिले सुनसरी धर...
24/06/2024

धरानमा काङ्ग्रेसले रोप्यो लाली गुराँसको बिरुवा
#नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिले सुनसरी धरान उपमहानगरपालिका २० विष्णुपादुकास्थित वंशीलामा लाली गुराँसको बिरुवा रोपेको छ ।
विष्णुपाउ सामुदायिक वन तथा हिमालय ध्यान केन्द्रमा ६ सय २६ वटा बिरुवा रोपिएको क्षेत्रीय सभापति सुजेन्द्र गोलेले जानकारी दिए । रातो फुल्ने लाली गुराँसको बिरुवा रोपिएको उनले जानकारी दिए । बिरुवा रोपणसँगै संरक्षणका लागि बिरुवा बार्ने काम पनि भएको उनले जानकारी दिए ।

सिजी पोलिटेक्निकद्वारा सरावल गाउँपालिकाका युवालाई टेक्निसिसियन तालिमhttps://pradeskhabar.com/?p=53203
24/06/2024

सिजी पोलिटेक्निकद्वारा सरावल गाउँपालिकाका युवालाई टेक्निसिसियन तालिम
https://pradeskhabar.com/?p=53203

वराहक्षेत्र नगरपालिकाले ल्यायो ९३ करोड ९३ लाख २ हजारको बजेट , शिक्षा, स्वास्थ्य , कृषि, पर्यटन प्रर्बदन पूर्वाधारमा जोड ...
24/06/2024

वराहक्षेत्र नगरपालिकाले ल्यायो ९३ करोड ९३ लाख २ हजारको बजेट , शिक्षा, स्वास्थ्य , कृषि, पर्यटन प्रर्बदन पूर्वाधारमा जोड
#वराहक्षेत्र नगरपालिकाको आर्थिक वर्ष ०८१/०८२ का लागि ९३ करोड ९३ लाख २ हजारको बजेट सार्वजनिक गरेको छ । सोमवार नगरपालिकाले १४ औँ नगर सभा मार्फत स्वास्थ्य, शिक्षा ,कृषि पर्यटन र पूर्वाधारमा जोड दिँदै बजेट नीति तथा कार्यक्रम सार्वजनिक भएको हो ।

सभामा नगर प्रमुख रमेश कार्कीद्वारा प्रस्तुत नीति तथा कार्यक्रमको पहिलो बुँदामै 'समृद्ध वराहक्षेत्रको आधार, कृषि, पर्यटन र पूर्वाधार' भन्ने नारा तय गरिएको छ । बजेट मार्फत कृषि र पर्यटनमा रोजगारी सृजना गर्ने नगरपालिकाको लक्ष्य छ ।

साथै कार्यक्रम २२ जना ज्येष्ठ नागरिक, २ जना पत्रकार, साहित्यकार, खेलाडी लगायत विभिन्न विधाका व्यक्तिहरूलाई प्रमाणपत्र, नगद दोसल्ला सहित सम्मान गरेको थियो ।

मेचीनगर नगरपालिकाले ल्यायो २ अर्ब ५ करोडको बजेट
24/06/2024

मेचीनगर नगरपालिकाले ल्यायो २ अर्ब ५ करोडको बजेट

नदीमा पानीका बहाब बढेपछि मेलम्ची खानेपानी आयोजना बन्द #सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको म...
24/06/2024

नदीमा पानीका बहाब बढेपछि मेलम्ची खानेपानी आयोजना बन्द
#सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गरिएको छ। मेलम्ची नदीको बहाब बढेर बाढी आइ पानी धमिलिन थालेपछि आपूर्ति बन्द गरिएको जनाइएको छ।

माथिल्लो तटीय क्षेत्रमा पानी परिररहेको र मेलम्ची नदीमा आएको बाढीले आयोजनाको बाँधमा क्षति पुर्‍याएको थियो। साथै आयोजनासम्म जाने पुल बगाएपछि आयोजनालाई सुरक्षित गर्न आजदेखि आपूर्ति बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिनुभयो।

24/06/2024

अब पुरानै ढर्राले व्यवसाय चल्न सक्दैन : गभर्नर
#नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायहरु अबका दिनमा पुरानै ढर्राले नचल्ने बताउँदै भित्रिदो प्रविधि र मेकानिजममा आधारित हुनुपर्ने बताएका छन् ।

संसदका कर्मचारीको भत्ता बढाउने सहमति, आन्दोलन स्थगित #भत्ता बढाउने सहमतिपछि आन्दोलनरत संघीय संसद सचिवालयका कर्मचारीको आन...
24/06/2024

संसदका कर्मचारीको भत्ता बढाउने सहमति, आन्दोलन स्थगित
#भत्ता बढाउने सहमतिपछि आन्दोलनरत संघीय संसद सचिवालयका कर्मचारीको आन्दोलन स्थगित भएको छ । संघीय संसद सचिवालय कर्मचारी युनियन र सरकारका तर्फबाट सहजीकरण समितिबीच ११ बुँदे सहमति भएको हो ।

सहमति अनुसार संसद् सचिवालयका कर्मचारीको आवास, शैक्षिक भत्ता र खाजा खर्च बढ्ने भएको छ । ‘मुलुकको अर्थतन्त्रलाई मध्यनजर गरी राजपत्राङ्कित कर्मचारीहरूका लागि मासिक ३ हजार ५ सय र राजपत्र अनङ्कित कर्मचारीहरूका लागि मासिक ३ हजार रुपैयाँ साविकको आवास भत्तामा वृद्धि गर्ने’ सहमतिपत्रमा उल्लेख छ ।

भरतपुर महानगरले ल्यायो ६ अर्ब ५५ करोडको बजेट # चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६ अर्ब ५...
24/06/2024

भरतपुर महानगरले ल्यायो ६ अर्ब ५५ करोडको बजेट
# चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट पेस गरेको छ ।

सोमबार महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले चालु आर्थिक वर्षको भन्दा २४ करोड ६ लाख ८ हजार रुपैयाँ बढी ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट पेस गरेका हुन् ।

बजेट प्रस्तुत गर्दै अधिकारीले सामाजिक सुरक्षालगायत अन्त सरकारी अख्तियारी शीर्षकमा अनुमानित रु १ अर्ब ३० करोड रहने प्रक्षेपण गरिएको बताए । जसलाई अन्तर सरकारी अख्तियारी शीर्षकबाट नै खर्च तथा रेखाङ्कनको प्रबन्ध गरिने छ ।

मेयरले एकलौटी गरेको भन्दै बौधिमाईकी उपमेयरसहित बहुमत सदस्यद्वारा नगर अधिवेशन बहिष्कार # रौतहटको बौधिमाइ नगरपालिकाकी उपमे...
24/06/2024

मेयरले एकलौटी गरेको भन्दै बौधिमाईकी उपमेयरसहित बहुमत सदस्यद्वारा नगर अधिवेशन बहिष्कार
# रौतहटको बौधिमाइ नगरपालिकाकी उपमेयर प्रमीला देवी जयसवालले पाँच वडा अध्यक्षसहित बहुमतका साथ नगर अधिवेशन बहिष्कार गरेकी छन् ।

मेयर प्रदीप यादवले एकलौटी रूपमा नगर अधिवेशन गर्न खोजेको भन्दै उपमेयर प्रमीला देवी जयसवाल बहुमत कार्यपालिका सदस्यसहित नगर अधिवेशन बहिस्कार गरेकी हुन् ।

मेयर यादव र उपमेयर जयसवाल एउटै दल नेकपा एकीकृत समाजवादी पार्टीको टिकटबाट निर्वाचित भए पनि मेयरले मनमानी गर्न खोजेको आरोप लगाउँदै उपमेयर सहितले नारा जुलुस प्रदर्शन गर्दै नगर अधिवेशन बहिष्कार गरेका थिए स्विकार गरेकी छिन् ।

प्रेस काउन्सिल नेपालले युट्युवसहित सामाजिक सञ्जालको प्रभावका विषयमा आयोजना गरिएको अन्तर्कृयातस्बिर: प्रेस काउन्सिल नेपाल
24/06/2024

प्रेस काउन्सिल नेपालले युट्युवसहित सामाजिक सञ्जालको प्रभावका विषयमा आयोजना गरिएको अन्तर्कृया
तस्बिर: प्रेस काउन्सिल नेपाल

नायक हमाल तस्बिर प्रदर्शनी अवलोकन गर्दैनेपाली चलचित्रका नायक राजेश हमाल गणतन्त्र दिवस, २०८१ का अवसरमा राष्ट्रिय समाचार स...
24/06/2024

नायक हमाल तस्बिर प्रदर्शनी अवलोकन गर्दै
नेपाली चलचित्रका नायक राजेश हमाल गणतन्त्र दिवस, २०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस), केन्द्रीय कार्यालयद्वारा आयोजित ‘गणतन्त्रका उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ विषयक तस्बिर प्रदर्शनी सोमबार अवलोकन गर्दै ।

अध्यक्ष शाह तस्बिर प्रदर्शनी अवलोकन गर्दैनेपाल टेलिभिजनका अध्यक्ष समीरजङ्ग शाह गणतन्त्र दिवस, २०८१ का अवसरमा राष्ट्रिय स...
24/06/2024

अध्यक्ष शाह तस्बिर प्रदर्शनी अवलोकन गर्दै
नेपाल टेलिभिजनका अध्यक्ष समीरजङ्ग शाह गणतन्त्र दिवस, २०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस), केन्द्रीय कार्यालयद्वारा आयोजित ‘गणतन्त्रका उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ विषयक तस्बिर प्रदर्शनी सोमबार अवलोकन गर्दै ।

इटहरीको नगरसभा हुन सकेनइटहरी उपमहानगरपालिकाले आज १ बजेका लागि बोलाएको नगरसभा अहिले सम्म सुचारु नभएपछि एमालेबाट निर्वाचित...
24/06/2024

इटहरीको नगरसभा हुन सकेन
इटहरी उपमहानगरपालिकाले आज १ बजेका लागि बोलाएको नगरसभा अहिले सम्म सुचारु नभएपछि एमालेबाट निर्वाचित पदाधिकारीहरूले विरोध गरेका छन् ।
तस्बिर :नवीन दाहाल

Address

ITAHARI, SUNSARI
Newnham, TAS

Alerts

Be the first to know and let us send you an email when Prades Khabar/प्रदेश खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prades Khabar/प्रदेश खबर:

Videos

Share


Other Newnham media companies

Show All

You may also like