Chhabilal Subedi- छविलाल सुवेदी

Chhabilal Subedi- छविलाल सुवेदी प्रवासमा बसेर घरबासमा कर तिर्दै दु:ख गर्ने एक श्रमिक !
(11)

तपाईं सफल भएपछी तपाईँसँग आफन्त मात्रै हैन सारा दुनियाँ नजिकिने छन् तर तपाईँ असफल हुनुभयो भने आफ्नै मान्छे पनी पराई हुनेछ...
27/02/2024

तपाईं सफल भएपछी तपाईँसँग आफन्त मात्रै हैन सारा दुनियाँ नजिकिने छन् तर तपाईँ असफल हुनुभयो भने आफ्नै मान्छे पनी पराई हुनेछन् अरु त नजिकिने कुरै हुन्न । त्यसैले गर्दा जिउने आधारको एउटा प्लाटफर्म निर्माण गर्न तर्फ लागौं कसैले तपाईँलाई औंला उठाउने छैन ।

सामाजिक सन्जाललाई दुरुपयोग हैन सदुपयोग गर्दै आजै गर्नुहोस्। अनि राम्रो बनाउनुहोस्। पेज बनाउन वा भिडियो निर्माण गर्न कुनै पत्रकारिता पढ्नु पर्दैन वा पत्रकार नै बन्नु पर्दैन ।

हिजो पर्न गएको मेरो जन्मदिनको अवसरमा मलाई आफन्त सम्झिएर, साथीभाई सम्झिएर माया गरी अमुल्य शुभकामनाहरु दिनुहुने यहाँ सम्पु...
06/02/2024

हिजो पर्न गएको मेरो जन्मदिनको अवसरमा मलाई आफन्त सम्झिएर, साथीभाई सम्झिएर माया गरी अमुल्य शुभकामनाहरु दिनुहुने यहाँ सम्पुर्णलाई हार्दिक आभार प्रकट गर्दछु । चाहे जस्तो कुनै पनी ठाउँमा योगदान त दिन सकेको छैन तर पनी म जस्तो भुइँ मान्छेलाई पनी आफ्नै ठानी धेरै जनाको माया देख्दा म हर्षित सँगै धन्य भएको छु ।

तपाईँहरुले दिनुभएको शुभकामना सहितको आशिर्वादहरुलाई शिरोधार्य गर्दै अझ सत्कर्म गर्ने वाचा गर्दछु । मैले जानेका अनि बुझेका हरेक कुराहरु पर्दा सबैलाई शेयर गर्ने नै छ । सबैको जय होस्।🙏

जिन्दगीमा धेरै बसन्तहरु पार गर्नु नै छ । आज भने ठ्याक्कै ३१ सौं बसन्त पार गरेर ३२ सौं बसन्तमा प्रवेश गरिएछ । समय यति छिट...
05/02/2024

जिन्दगीमा धेरै बसन्तहरु पार गर्नु नै छ । आज भने ठ्याक्कै ३१ सौं बसन्त पार गरेर ३२ सौं बसन्तमा प्रवेश गरिएछ । समय यति छिटो दौडिदो रहेछ कि पत्तै नहुदो रहेछ । हिजो अस्ति सम्म आमाबुबाको कान्छो छोरो, दिदिदाजुहरुको घरको कान्छो भाई म सानै थिएँ झै लाग्थ्यो तर यो काँधमा बसन्तहरु पार हुँदै धेरै नै जिम्मेवारीहरु थपिएछन्।आफुँलाई बुबा आमाको अनी दाजु दिदिहरुको सानै छोरा वा भाई लाग्छ नै! त्यस्तै उहाँहरुलाई पनी छोरा वा भाई सदैव सानै लाग्छ ।

मेरा पुजनिय आमाबुबाले अनेकौं दुख कष्ट गर्दै मलाई जन्मदिनु भयो, हुर्काउनु भयो, शिक्षादिक्षा दिनु भयो, गलत के हो , सहि के हो त्यो मज्जाले चिनाईदिनु भयो साथै छोराको भविष्यको निमित्त धेरै नै राम्रा राम्रा प्रण गर्नुभयो । विभिन्न कष्टकारक जिवनको बाबजुध पनी मलाई जन्मदिएर यो सन्सार देखाई अनेकौं क्रियाकलाप सिकाई यो स्थान सम्म पुर्याउनु हुने पुजनिय, ढोगनिय आमाबुबालाई अन्तर हृदयदेखी नै नमन व्यक्त गर्दछु !

आमाको त्यो दुधकोभारा, बुबाको त्यो जिम्मेवारीको बोझिलो भारीको गुण तिर्न त यो जुनीमा पर्याप्त मात्रामा नसकुँला तर मलाई यहाँ सम्म पाईला देखाउने आमाबुबाको लागी भने केही न केही खुशी र सुखी बनाउने चक्करमा नै अनवरत रुपमा लागी परिरहेको छु । यो सन्सारमा मलाई जन्मदिएर देश विदेश सम्म देख्न पाउँने अवसर दिनुभएकोमा पुजनिय मेरा आमाबुबालाई प्रणाम व्यक्त गर्दछु ।

आफ्ना आमाबुबा साथै परिवारको निमित्त लेख्ने शब्दहरु प्रयाप्त नै हुदैनन्। जति लेखें पनी लेखी नै रहन सकिन्छ । आज मेरो जन्मदिनको अवसरमा विशेष रुपमा पुजनिय आमाबुबा लगायत आदरणीय दिदि दाजुहरुलाई आभार प्रकट गर्दै यो जिवनमा यसरी नै साथ, सहयोग, सल्लाहसुझाव , हौसला सँगै आशिर्वाद पाईनै राख्न सकुँ कामना गर्दछु । शब्दहरु अनगिन्ती छन्। आमाबुबा लगायत मेरो परिवारमा नमन व्यक्त गर्दछु । लभ यु आमाबुबा❤️ लभ यु मेरो परिवार😘

म हराएको छैन,   डराएको पनी छैन,       खुट्टा त झनै कपाएको छैन,            हराउने, डराउने र गुमनाम हुने पनी छैन!         ...
02/02/2024

म हराएको छैन,
डराएको पनी छैन,
खुट्टा त झनै कपाएको छैन,
हराउने, डराउने र गुमनाम हुने पनी छैन!

बस्! समय अनुरुप रुमल्लिदैछु!
चाँडैनै आगो बिचार सहित तपाईँ माझ आउँने नै छु ।😲

सबै आत्मियमनहरुमा मिठो सम्झना सहित अटुट माया!


नोट! फोटो मात्र अनुरुप कैद गरिएको हो है! अनर्थ सोचेर देखायो न भन्नु होला! ११०० बोक्दा नी खुशी नै थिएँ ।🙏😘

धेरै साथीभाई लगायत मेरा शुभचिन्तकहरुले आजभोली सामाजिक संन्जालमा मेरो उपस्थिति पातलिएको देखेर कता हराएको? किन बिचारहरु सम...
17/01/2024

धेरै साथीभाई लगायत मेरा शुभचिन्तकहरुले आजभोली सामाजिक संन्जालमा मेरो उपस्थिति पातलिएको देखेर कता हराएको? किन बिचारहरु सम्प्रेषण नगरेको? किन डराएको? अब पुग्यो ? जस्ता प्रश्नहरु गर्नु भएको छ । साथीभाई लगायत मेरा शुभचिन्तक लाई उत्तर छ, म संन्जालबाट कदापी हराउनेवाला छैन, मेरा बिचारहरु गुम्सिएर बसेका छन्, खाडीको बसाईमा कामको चपेटाले गर्दा मात्र हराएको झैं भएको हो! कुनै दिन फुर्सदमा आगो झैं बनेर आउँने छु ।कृपया बेवास्ता गरेर नजानु होला है । बाँकी सबैमा मिठो सम्झना छ । जय होस्।🙏

[मेरो टोपी कैलाशको शिर जस्तो।हिमाली भिर जस्तो।]…कहिले पनि झुक्न नजान्ने।कहिले पनि रुक्न नमान्ने।मेरो टोपी, नेपाली भिर जस...
01/01/2024

[मेरो टोपी कैलाशको शिर जस्तो।
हिमाली भिर जस्तो।]…
कहिले पनि झुक्न नजान्ने।
कहिले पनि रुक्न नमान्ने।
मेरो टोपी, नेपाली भिर जस्तो, नेपाली वीर जस्तो।🇳🇵🇳🇵🇳🇵
राष्ट्रिय पोशाक, टोपी दिवस र अंग्रेजी नयाँ बर्ष २०२४ को अवसरमा तपाईं सम्पुर्णमा हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछु।❤️🇳🇵🇳🇵

मलाई माया गर्नुहुने मेरा सम्पुर्ण साथीभाई, आफन्तजन साथै प्रशंसकहरुलाई अङ्ग्रेजी नयाँ बर्ष २०२४ र राष्ट्रिय टोपी दिवस २०८...
31/12/2023

मलाई माया गर्नुहुने मेरा सम्पुर्ण साथीभाई, आफन्तजन साथै प्रशंसकहरुलाई अङ्ग्रेजी नयाँ बर्ष २०२४ र राष्ट्रिय टोपी दिवस २०८० को अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ! तपाईँहरुको जिवन सदैव शुखमय होस्। हाँसीखुसी साथ जिन्दगी बिति नै रहोस्। आगामी दिनहरुमा यसै पेज मार्फत नयाँ नयाँ ज्ञानगुनका कुराहरु लिएर आउँने प्रण गर्दछु । नयाँ साथीहरुले गर्दै जोडिनुहोला । सबैको जय होस्। Happy English New Year 2024 And Dhaka Topi Diwas 2080. ❤️👏❤️😍👏❤️🙏❤️✅

इजरायलमा गए हमासले मा'र्छ, रसिया गए युक्रेनले मा'र्छ,युक्रेन गए रसियाले मा'र्छ, नेपाल बसे सरकारले मा'र्छ ,के हाम्रो अस्त...
29/12/2023

इजरायलमा गए हमासले मा'र्छ, रसिया गए युक्रेनले मा'र्छ,युक्रेन गए रसियाले मा'र्छ, नेपाल बसे सरकारले मा'र्छ ,के हाम्रो अस्तित्व छैन ? खाडिमा गए श्रम शोषणले म'र्छ कठै हामी नेपालीहरुको जिन्दगी..🥹

आफ्नो जिउ ज्यान नै फालेर, आफ्नो काम नै छोडेर, आफुँ गन्तव्य विहिन भएर कसैको जिवन बनाईदिन झोला बोक्दै झोले बन्ने काम यदी त...
23/12/2023

आफ्नो जिउ ज्यान नै फालेर, आफ्नो काम नै छोडेर, आफुँ गन्तव्य विहिन भएर कसैको जिवन बनाईदिन झोला बोक्दै झोले बन्ने काम यदी तपाईँले गर्दै हुनुहुन्छ भने तपाईँ नराम्रोसँग फस्दै हुनुहुन्छ । राम्रोलाई आफ्नो कर्म गर्दै समर्थन गर्नुस् तर झोले बन्नुभयो भने जिवन बर्बाद हुनेछ किनकि तपाईँले झोला बोकेर, अरुसँग लडेर अनेक गरेर माथी पुर्याएकाहरु मस्तिमा हुनेछन् तर तपाइँभने झनै खस्किदो बन्नुहुनेछ । त्यसैले बेलैमा आफ्नो कर्मलाई निरन्तरता दिदैं करियर बनाउनुहोस्, आफ्नो जिवन चलाउदैं परिवार खुशी बनाउने क्षमता अनुरुपको आम्दानी हुने केहीँ माध्यम बनाउनुहोस् त्यसैमा भलो हुनेछ ।
🙏😲

ए हजुर! तपाईंले हजारौं राम्रो काम गर्नुस् तर तपाईंको खुट्टा तानेर पछार्न पर्खि बसेकाहरु ति हजारौं सत्कर्मलाई भुलेर तपाईं...
21/12/2023

ए हजुर! तपाईंले हजारौं राम्रो काम गर्नुस् तर तपाईंको खुट्टा तानेर पछार्न पर्खि बसेकाहरु ति हजारौं सत्कर्मलाई भुलेर तपाईंको एक गलत वाणी वा लेखाईलाई विषयवस्तु बनाएर घिनलाग्दो हर्कतहरु देखाउन तत्पर रहन्छन्। त्यसैले कर्म तर्फ नै हामीले ध्यान दिन जरुरत छ के बोलियो, के लेखियो भन्ने कुरा त ति ठेकेदारहरुले औंल्याएर संजालमा छरपस्ट पारिनै दिन्छन् नी! कर्म गर्दै तितो बोल्नेहरु जिवनमा कहिल्यै पनी पछुताउनु भने पर्दै पर्दैन तर आज यता, भोली अर्कै तिर र पर्सी कता हो कता हुनेहरु जिवनभर पेण्डुलम नै भईरहनेछन्। स्वास रहुन्जेल सत्यताको बाटोलाई कहिल्यै पनी पछाडी नपारौं । सबैमा सम्झना । 🙏😘

परदेशको २०८० सालको दशैंको अवसरमा । 😘 सबैमा दशैंको पुन: शुभकामना छ ।    🙏😘
24/10/2023

परदेशको २०८० सालको दशैंको अवसरमा । 😘 सबैमा दशैंको पुन: शुभकामना छ । 🙏😘

नेपालीहरूको महान् पर्व विजयादशमीको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शा...
23/10/2023

नेपालीहरूको महान् पर्व विजयादशमीको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।🙏😘
To All Of You🙏😘

तपाईँको रुची कुन क्षेत्रमा छ त्यो क्षेत्रमा नै अनवरत रुपमा संघर्ष गर्दै जानुहोला । तपाईँले ठक्कर खाँदा रमाउने र गिज्याउँ...
21/09/2023

तपाईँको रुची कुन क्षेत्रमा छ त्यो क्षेत्रमा नै अनवरत रुपमा संघर्ष गर्दै जानुहोला । तपाईँले ठक्कर खाँदा रमाउने र गिज्याउँने धेरै नै भेटिन्छन् तर सफलता प्राप्ती भएको दिन गिज्याउँने र रमाउनेहरु नै तपाईंसँग सफलता कसरी हुने पाठ सिकाई माग्न आउँने नै छन्। समय बलवान् छ त्यसैले हरेश खाने हैन हर्लिक्स खाँदै अघाडी बढौं ।

यदि तपाईँ आलोचना र प्रशंसालाई सुन्न र हेर्न चाहनु हुन्न भने सामाजिक सन्जाललाई मात्र आफन्त र साथिभाईसँगको कुराकानी गर्ने ...
19/09/2023

यदि तपाईँ आलोचना र प्रशंसालाई सुन्न र हेर्न चाहनु हुन्न भने सामाजिक सन्जाललाई मात्र आफन्त र साथिभाईसँगको कुराकानी गर्ने माध्यम बनाउनु होला! तर आफ्नो बिचार बोलाई र लेखाईबाट प्रष्फुटन गर्न चाहनु हुन्छ भने आलोचनालाई सफलताको उर्जाको र प्रशंसालाई प्रगतीको रुपमा हेरी निरन्तरता दिनुहोला।

सपनाहरु तस्बिर पछाडी ठडिएका महल झैं होलान्। महलहरु ठडिन पनी सपना बोकेकाले नै संघर्ष पछी ठड्याए होलान्।        त्यसैले सप...
08/09/2023

सपनाहरु तस्बिर पछाडी ठडिएका महल झैं होलान्।
महलहरु ठडिन पनी सपना बोकेकाले नै संघर्ष पछी ठड्याए होलान्।

त्यसैले सपना देख्दै संघर्ष गरौं, सकारात्मक बनौं!
सफलता मिल्ने नै छ ।

पछाडी झोला, हातमा हरियो पासपोर्ट र हृदयमा आफ्नै देशको अनगिन्ती माया सँगै परिवारको सम्झना बोक्दै देखेका सपनाहरु बाध्यता स...
31/08/2023

पछाडी झोला, हातमा हरियो पासपोर्ट र हृदयमा आफ्नै देशको अनगिन्ती माया सँगै परिवारको सम्झना बोक्दै देखेका सपनाहरु बाध्यता स्वरुप पुरा गर्न खाडी छिरेको पनी पत्तै नपाई ७/८ बर्ष भएछ । समयहरु बित्दै गए तर सपनाहरु जिउँकातिउँ छन्। समस्याहरु त घट्ने हैन बढ्ने नै क्रम जारी छ । एक परदेशीलाई आफ्नै मुलुकमा गएर परिवारसँगै बसी आफ्नै मातृभुमीमा पसिना बगाउन त कसलाई पो रहर नहोलार तर बिडम्बाना मुलुक भ्रष्टहरुले चुसेर सकिसके! मेरो सपनाहरु पुरा गर्न र मेरो देश बनाउन अब अशल नेतृत्वले हात लिनै पर्छ ।🙏😢

जिवनमा सपनाहरु अनेकौं देखिन्छन्, बुनिन्छन् तर बुनिएका र देखिएका सपनाहरु सबै साकार हुन असम्भव छ ! म को हुँ अनि कस्तो बन्छ...
23/08/2023

जिवनमा सपनाहरु अनेकौं देखिन्छन्, बुनिन्छन् तर बुनिएका र देखिएका सपनाहरु सबै साकार हुन असम्भव छ ! म को हुँ अनि कस्तो बन्छु साथ मैले गर्ने कर्तव्यहरु के के हुन् भनी निर्धक्कका साथ संघर्षरत रह्यौं भने अवश्य पनी साकार नभएको सपनालाई केही हदसम्म टेवा पुग्ने खुशी प्राप्तीमा पुग्नेछौं । त्यसैले जिवन जस्तोसुकै मोडमा मोडिएता पनी खुशी रहन छोड्न हुन्न । दुखी हुनु भन्या कमजोरी निम्त्यानु हो । सबैको जय होस्। 🙏😘

समय गतिशिल छ! हामी त्यसै अनुरुप बहिरहेका छौं । एकदिन अस्ताउनु नै जो छ त्यसैले घमण्डलाई एक कुनामा थन्काई सदैव मुस्कुराई स...
01/08/2023

समय गतिशिल छ! हामी त्यसै अनुरुप बहिरहेका छौं । एकदिन अस्ताउनु नै जो छ त्यसैले घमण्डलाई एक कुनामा थन्काई सदैव मुस्कुराई सबैसँग राम्रो बन्ने कोसिस गरिराख्नुस्। जय होस्।🙏😘

Address

Sir Bani Yas Island
Abu Dhabi
0000

Telephone

+971565099046

Website

Alerts

Be the first to know and let us send you an email when Chhabilal Subedi- छविलाल सुवेदी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chhabilal Subedi- छविलाल सुवेदी:

Videos

Share

Category