03/01/2023
पुस १८, २०७९कान्तिपुर संवाददाता
काठमाडौँ — दुई पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र बाबुराम भट्टराईबीच सोमबार छलफल भएको छ । नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीलाई भेट्न नेपाल समाजवादी पार्टीका अध्यक्ष बालकोट गएका हुन् ।
भेटमा समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन र सरकारको प्रभावकारितालगायतका विषयमा छलफल भएको भट्टराईको सचिवालयले जनाएको छ ।
भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी गत प्रदेश तथा प्रतिनिधिसभा चुनावमा माओवादीको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेको थियो ।
उक्त पार्टीबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिन्द्र राय यादव, वाग्मती र गण्डकीमा क्रमश: गंगानारायण श्रेष्ठ, फणीन्द्र देवकोटा निर्वाचित भएका थिए ।