Butwal News

Butwal News Its provide u all types of facilities......

बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा यहि असार १ गतेदेखि अनलाइन टिकट सेवा सुचारु हुँदै घरमै बसेर टिकट लिन सकिने !
14/06/2024

बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा यहि असार १ गतेदेखि अनलाइन टिकट सेवा सुचारु हुँदै घरमै बसेर टिकट लिन सकिने !

11/06/2024

टी-२० विश्वकपमा आज बिहान नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । अमेरिकाको फ्लोरिडा स्थित यो मैदानमा हुने खेल वर्षाका कारण ढिलो हुने वा रद्द हुने सम्भावना रहेको , मैदान भएको क्षेत्रमा अहिले पानी परिरहेको छ ।

04/06/2024

उफ !! के गरेको यस्तो ५३-५ =१०.५

04/06/2024

४०/३ खराब सुरुवात नेपाल !!

04/06/2024

नेपाल १७ -२

04/06/2024

नेपाल को खराब सुरुवात १५-२

01/06/2024

दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु

बुटवल । रुपन्देहीको बुटवलमा भएको अक्सफोर्ड एसईइ खुल्ला डान्स प्रतियोगिताको उपाधि ज्ञानज्योति मावि देवदहकी विद्यार्थी मन्...
01/06/2024

बुटवल । रुपन्देहीको बुटवलमा भएको अक्सफोर्ड एसईइ खुल्ला डान्स प्रतियोगिताको उपाधि ज्ञानज्योति मावि देवदहकी विद्यार्थी मन्जिता रानाले जितेकी छन् । उनले रुपन्देही जिल्लाका ३३ प्रतिस्प्रर्धी समुहलाई पछिपार्दै ज्ञानज्योति देवदह टटेराकी राना प्रथम भएकी हुन् । उनले उपाधि सहित १५ हजार नगद, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरिन् । अक्सफोर्ड मावि सुख्खानगरले आयोजना गरेको एसईइ खुल्ला डान्स प्रतियोगितामा गुगल इन्ष्टिच्युट बुटवलबाट सहभागि भएका स्वीकृति खत्री र स्वीकृति गुप्ताको समुह उपविजेता बनेको छ । उक्त समुह उपविजेता बन्दै नगद दश हजार, शिल्ड तथा प्रमाणपत्र हात पार्याे । यस्तै बुटवलको तिनाउ बोर्डिङका किरण भण्डारी तृतीय भए भने जेनिसा मगरले प्रोत्साहन पुरस्कार हात पारिन् । उनीहरुले क्रमश सात हजार, तीन हजार, शिल्ड तथा प्रमाणपत्र हात पारे ।

महिला हराएको सुचना ! अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ३( बल्कोट)  ठुलापोखरा निवासी ओस्तराज खनालकि श्री...
01/06/2024

महिला हराएको सुचना !

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ३( बल्कोट) ठुलापोखरा निवासी ओस्तराज खनालकि श्रीमति वर्ष ३२ कि २०८१ साल जेठ १६ गते घरबाट बुटवल जान्छु भनी हिड्नु भएको अहिलेसम्म घरबाट हिडेको दिन देखि सम्पर्कमा नरहेकोले देख्नुहुने महानुभावले खोजी कार्यमा सहयोग गरिदिनु होला । उहाँका छोरा ९ वर्ष र छोरी ६ वर्षका आफ्नो आमाको पर्खाइमा रहेका छन । तपाईं जहाँ भएपनी सम्पर्क आउनु होला । उहाँका श्रीमान रोजगारीको सिलसिलामा भारत हुनुहुन्छ । देख्नुहुने महानुभावले उहाँका ससुरा बुवा बलराम खनाल ९८४४७६४४५४ र बिस्नु खनाल ९८५१११५५४१ सम्पर्क गरिदिनु होला।

arghakhanchi news, nepal news, nepali news, economics, politics, entertainment, business, world, heritage, language, conversation, interviews, opinions, views, crime, criminals, police, army, politician, businessman, online news of nepal, arghakhanchi photos, videos

30/05/2024

: क्रिकेटर सन्दीप लामिछानेको भिसा आज फेरि पनि रिजेक्ट भएको छ । उनी अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका थिए ।

28/05/2024

तिलोत्तमाको मणिग्राममा गम्भीर प्रकृतिको दुर्घटना भएको छ। लु ३४ प ५३४३ नम्बरको NS मोटरसाइकल चालकले पैदल यात्रीले बाटो काट्न लागेको बेला ठक्कर दिएर पैदल यात्रुको खुट्टा भाञ्चिएको छ।

28/05/2024

नवलपरासी । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति २ बजेको समयमा गैँडाकोट–९ थुम्सीको जङ्गलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले निर्माणाधीन उक्त सडक भासिँदा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जानकारी दिनुभयो । अवरुद्ध सडकमा ट्रक फसेकाले त्यसलाई हटाउने कार्य भइरहेको उनले बताए ।

यसैबीच भासिएको सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु१ख ८५१३ नम्बरको यात्रुबाहक बसमा एक्कासी ब्रेक लगाउँदा त्यसमा सवार आठ यात्रु सामान्य घाइते भएका छन् । ब्रेक लगाउँदा बस हुत्तिएर अर्को बसमा ठोक्किन गई यात्रु घाइते भएका प्रहरी नायव उपरीक्षक पौडेलले बताए । सडक एकतर्फी भए पनि खुलाउने प्रयास भइरहेको उनले बताए ।

25/05/2024

तिनाउ नदीमा डुबेर १५ बर्षीय एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका-६ पुरानो सडकका १५ वर्षीय बालक दिब्यांस भुसाल रहेका छन् ।

25/05/2024

बुटवल , १२ जेठ २०८१ । गएराती रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गएराती तिलोत्तमा नगरपालिका वडा नं ४ ड्राईभरटोलमा भएको मोटरसाईकल दुर्घटनामा २४ बर्षिय बिवेक डुम्रेको मृत्यु भएको छ।तिलोत्तमा नगरपालिका वडा नं ६ का बासिन्दा डुम्रेले चलाएको लु ३१ प १६४२ नंम्वरको मोटरसाईकल गएराती १०ः३० बजे अनियन्त्रीत भई पल्टिदा गम्भिर घाईते भएका थिए। गम्भिर घाईते उनको उपचारको क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ।

त्यसैगरी बुटवल उपमहानगरपालिका वडा नं २ स्थीत जितगढीमा भएको मोटरसाईकल दुर्घटनामा सैनामैना नगरपालिका वडा नं ४ बस्ने ४२ बर्षिय गोबिन्द अर्यालको मृत्यु भएको छ। प्रहरीका अनुसार अर्यालले चलाएको प्रदेश नं ३ - २००२ प २०३६ नम्वरको मोटरसाईकल राती १०ः३० बजे अनियन्त्रित भई सडकमा पल्टिएको थियो।मोटरसाईकल पल्टिदा गम्भिर घाईते भएका अर्याललाई उद्धार गरि उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल लगिएकोमा राती पौने १ बजे उपचारको क्रममा उनको मृत्यृ भएको प्रहरीले जनाएको छ।

25/05/2024

निर्माणाधिन सिद्धबाबा सुरुङ मार्गमा बम विष्फोट गराउन प्राविधिक तयारी !

निर्माणाधिन सिद्धबाबा सुरुङ मार्गमा बम विष्फोट गराउनका लागि प्राविधिक तयारी सुरु भएको छ । सुरुङ खन्नका लागि विष्फोटक पदार्थ प्रयोग गरीने भएकाले आवश्यक सुरक्षा व्यवस्था, ट्राफिक व्यवस्थापन लगायतका बारेमा शुक्रबार पूर्वाभ्यासको काम भएको हो ।

सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३, दोभानमा निर्माण भइरहेको सुरुङमार्गमा हाल स्काभेटर तथा ब्रेकरको प्रयोग गरी खन्ने काम भएको छ भने विष्फोटक पदार्थको प्रयोगले यसको गतीलाई थप बनाउने आयोजना हेर्ने ईन्जिनीयर सविता ज्ञवालीले जानकारी दिइन् । नेपाली सेना, नेपाल प्रहरी तथा निर्माण कम्पनीका प्राविधिकहरुको उपस्थितीमा शुक्रबार आवश्यक तयारी तथा अभ्यास बारे छलफल भएको उनले बताइन् । सुरुङका लागि आवश्यक विष्फोटक पदार्थ नेपाली सेनालेनै भण्डारण गरेर राखेको छ भने उनीहरुकै उपस्थितीमा काम हुने बताइएको छ ।

22/05/2024
हिजो रबिको नागरिकताको  त्रुटि हुदा अदालतले गृह देखि एकै चोटि अनागरिक बनाइदिएको नजिर हुदा हुँदै बाउको नागरिकता अंगिकृत , ...
21/05/2024

हिजो रबिको नागरिकताको त्रुटि हुदा अदालतले गृह देखि एकै चोटि अनागरिक बनाइदिएको नजिर हुदा हुँदै
बाउको नागरिकता अंगिकृत , छोराको नागरिकता बंशज , 15 बर्समा नगरिकता, नागरिकताको ३ ओटा फरक फरक नम्बर यतिका प्रमाण हुदा हुदै कैलाश सिरोहिया लाई अनुसन्धानका लागि पक्राउ गर्नु ठीक हैन र?

एक दलाल कैलाश सिरोहिया लाई पक्राउ गरेको हो
कान्तिपुर लाई हैन😊🇳🇵🙏💪

07/05/2024

बुटवलमा अनलाइन सट्टेबाज गराउने १३ जना पक्राउ

बुटवलमा अनलाइन सट्टेबाजीमा संलग्न भएको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पाण्डेले बुटवलको होराइजन चोकबाट १३ जनालाई पक्राउ गरिएको बताए ।

उनीहरुको साथबाट १३ थान कम्प्युटर तथा ३९ थान मोबाइल समेत बरामद गरिएको छ। अनलाइन गेम खेलाएर सट्टेबाजी गरेको आशंकामा प्रहरीले छापा मारेर १३ जना भारतीयलाई पक्राउ गरेको हो ।

पछिल्लो समय बुटवलको कालिकानगर होराइजन चोकस्थित एक घर भाडामा लिएर अनलाइन गेम खेलाउने र सट्टेवाजी गराउने गरिरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । उनीहरुले के कसरी कारोबार तथा गतिविधि सञ्चालन गरेको वारेमा थप अनुसन्धान जारी रहेको डीएसपी पण्डितले बताए ।

अत्यधिक गर्मी बढेको भन्दै बुटवलका बिद्यालयमा २ दिन बिदा
01/05/2024

अत्यधिक गर्मी बढेको भन्दै बुटवलका बिद्यालयमा २ दिन बिदा

४०० भन्दा बढी भ्रष्टाचारका मुद्दाको सेटिङ मिलाउने कुराको अडियो २४ घण्टा भित्र हटाउन सिधा कुरालाई सर्वोच्चको आदेश  । सिधा...
29/04/2024

४०० भन्दा बढी भ्रष्टाचारका मुद्दाको सेटिङ मिलाउने कुराको अडियो २४ घण्टा भित्र हटाउन सिधा कुरालाई सर्वोच्चको आदेश । सिधा कुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नविन ढुंगानालाई बैशाख २० गते अदालतमा हाजिर हुन आदेश ।

22/04/2024


नेपालमा राजा आउने भएपछी भोली बिदा : भोलि कतारी राजा नेपाल भ्रमणमा आउने भएपछी नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ। दुई निजी जहाज लिएर राजा अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि भोलि मंगलबार नेपाल आउँदै छन् । पहिलोपल्ट कतारका राजा नेपाल आउन लागेका हुन् । 😮🙏

मानिस हराएको सूचना बर्ष २१ को अनिसा बिक,मिति २०८१/०१/०१ गते सनिवार बिहान ६ बजे काम मा जान्छु भनी आफ्नै घर(बुटवल रानिगन्ज...
21/04/2024

मानिस हराएको सूचना
बर्ष २१ को अनिसा बिक,मिति २०८१/०१/०१ गते सनिवार बिहान ६ बजे काम मा जान्छु भनी आफ्नै घर(बुटवल रानिगन्ज) बाट हराएको हुदा देख्ने ले नजिक को पुलिस स्टेसन मा खबर गरिदिनु होला !!

19/04/2024

निजी विद्यालयले वर्षैपिच्छे भर्ना शुल्क लिन नपाउने

भर्ना शुल्कका नाममा रकम लिए सम्बन्धित विद्यालयबाट असुल गरी फिर्ता गरिने
विद्यार्थी भर्ना शीर्षकमा वर्षैपिच्छे शुल्क लिने संस्थागत (निजी) विद्यालयलाई काठमाडौं महानगरपालिकाले कारबाही गर्ने भएको छ । नयाँ शैक्षिक सत्रको भर्ना क्रम चलिरहेकै वेला महानगरले निजी विद्यालयलाई भर्ना शुल्क नलिन चेतावनीस्वरूप बिहीबार पत्राचार गरेको हो ।

यदि कुनै विद्यालयले भर्ना शुल्कका नाममा रकम लिएको फेला पारे महानगरले सम्बन्धित विद्यालयबाट उक्त रकम असुल गरी विद्यार्थीलाई फिर्ता गर्ने जनाएको छ । महानगरको शिक्षा विभागले महानगरभित्रका पाँच सय १२ संस्थागत विद्यालयलाई वर्षैपिच्छे भर्ना शुल्क नलिन भन्दै पत्राचार गरेको हो । भर्ना वा भर्नाको सट्टा अन्य शीर्षक राखेरसमेत शुल्क असुल्न नपाइने निर्देशन दिएको छ ।

19/04/2024

बुटवलको एक होटलमा रडले हानेर बाबूले गरे छोरीको हत्या

बुटवल । बुटवलको एक होटलमा बुधबार साँझ एक युवतीको हत्या भएको छ । बुटवलस्थित मालिका होटलमा १७ वर्षीया अन्जली जि.सी.लाई उनकै बाबू ४८ वर्षीय नारायणबहादुरले हत्या गरेका हुन् ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार रुपन्देही कञ्चन गाउँपालिका-५ बर्गदवा बस्ने नारायणले रातको करिब ९ बजे होटलमा बस्दैगर्दा रडले हानेर छोरीको हत्या गरेका थिए । घटनापछि उनलाई विहिबार दिउँसो कञ्चन ४, थकालीचोकबाट प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ । अञ्जली हरैया माध्यमिक बिद्यालयको कक्षा ११ मा अध्यनरत थिईन ।
बाबू नारायणको प्रारम्भिक बयान अनुसार अञ्जली बुधबार दिउँसो साथीलाई भेट्न भनि घरबाट हिँडेकी थिइन् । छोरीलाई खोज्दै बुटवल आइपुगेका उनले घर जान आग्रह गर्दा नमानेपछि रिसको झोकमा रड प्रहार गर्दा मृत्यु हुन गएको बयान दिएका छन् । घटना बारे थप अनुसन्धान र बयान लिने काम भने अझै बाँकी रहेको प्रहरी नायव उपरीक्षक पण्डितले बताए ।

25/03/2024

बुटवल चैत १२ । बुटवलको मैनाबगर स्थीत एक मोटरपाटर्समा भएको आगलागीमा एक करोड भन्दा बढीको क्षती भएको छ।
रुपन्देहीको तिलोत्तमा ३ शंकरनगर बस्ने अर्जुन पोखरेलले सञ्चालन गरेको उक्त मोटर पार्टस पसलमा गएराती करीव १० बजे आसपास आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट पोखरेलको यसोदा सप्लायर्स र संगैको होटल समेत जलेर पुर्ण रुपमा क्षती भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

butwal
मोविल, रवर र प्लाष्टिकका सामाग्रीहरु समेत भएका कारण पसलमा लागेको आगो तत्कालै फैलिएको थियो। आगो लागेको सुचना पाउना साथ पुगेको बुटवल उपमहानगरपालिकाका २ वटा दमकल स्थानीय बासिन्दा र प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको पसलधनी अर्जुन पोखरेलका भाई मिन प्रसाद पोखरेलले बताए।

१० बर्ष देखि सन्चालनमा रहेको उक्त पसलमा भएको आगलागीबाट सम्पुर्ण सामान जलेको र एक करोड भन्दा बढीको क्षती भएको पोखरेलले बताए।

बुटवलमा आज चक्काजामलुम्बिनी । किसानहरू दूध बेचेको रकम नपाउँदा यतिबेला समस्यामा परेका छन् । दूध बिक्री गरेबापत अरबौँ रुपै...
29/02/2024

बुटवलमा आज चक्काजाम
लुम्बिनी । किसानहरू दूध बेचेको रकम नपाउँदा यतिबेला समस्यामा परेका छन् । दूध बिक्री गरेबापत अरबौँ रुपैयाँ भुक्तानी नपाएको भन्दै किसानहरू आन्दोलित हुँदै आएका छन् । लामो समय बितिसक्दा समेत आफूहरूले बिक्री गरेको दूधको रकम नपाएपछि गाईभैंसीलाई दाना खुवाउन, बैङ्कको ब्याज तिर्न र घर खर्च चलाउन निकै कठिन भएको भन्दै आन्दोलित हुन परेको किसानहरूले बताएका छन् ।
दूध बेचेको पैसा बक्यौता नपाएपछि फागुन १७ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने कार्यक्रम अन्तर्गत किसानहरूले बिहीबार (आज) बुटवलमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत राजमार्ग चौराहमा एक घण्टा चक्काजाम गर्ने जिल्ला दूध उत्पादन सहकारी सङ्घ रुपन्देहीले जनाएको छ । बिहान ११ बजेदेखि १२ बजेसम्म चक्काजाम गरिने भएको हो ।
यसअघि जिल्लास्थित रहेको जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका किसानहरूले बक्यौता रकम दिलाउन कुनै पहलकदमी नगरेको जनाउँदै फागुन १७ गते आफूहरूले साङ्केतिक रूपमा चक्काजाम गरिने र चक्काजामलाई बेवास्ता गरेर मागलाई सम्बोधन नगरे थप सङ्घर्षका कार्यक्रम घोषणा गरिने जिल्ला दूध उत्पादन सहकारी सङ्घ रुपन्देहीका उपाध्यक्ष खिमलाल पाण्डेले जनाएका छन् । उपाध्यक्ष पाण्डेले भने, राज्यले तोकेको मूल्य पाउनु पर्‍यो, किसानहरूको मारलाई सम्बोधन, साङ्केतिक रूपमा गरिएको राजमार्ग चौराहमा बिहान ११ बजेपछि १२ बजेसम्म चक्काजाम गरिने भएको छ ।
दुग्ध विकास संस्थाको गत भदौदेखिको करिब ५८ करोड दूधको रकम भुक्तान गर्न बाँकी रहेको छ भने रुपन्देहीका सहकारी संस्थाहरूले दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजना र अन्य निजी डेरीहरूमा गरी दुई अरब भन्दा बढीको भुक्तानी लिन बाँकी रहेको बताइएको छ । विभिन्न कारण देखाई दुग्ध विकास संस्थान र निजी डेरी व्यवसायीहरूले सहकारी संस्थाहरू मार्फत सङ्कलन गरेको दूध खरिद गर्न आनाकानी गर्ने, अघोषित मिल्क होलिडे गर्ने, केही मात्रामा लगेको दूधको रकम समयमा भुक्तानी नगर्ने, नेपाल सरकारले तोकेको भन्दा कम दरमा खरिद गर्ने गरेकाले आफूहरू बाध्य भएर आन्दोलित हुन परेको पीडित किसानहरूको भनाई छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार २०८० असार १ गतेदेखि पुस मसान्तसम्म जम्मा दूध तथा दूधजन्य पदार्थको एक अरब ४३ करोड ८९ लाख २३ हजार रुपैयाँको आयात गरिएको छ भने ६ करोड ३४ लाख ६५ हजार निर्यात भएको देखिन आएकोले व्यापार घाटा १ अरब ३७ करोड ५४ लाख ५८ हजार रुपैयाँ भएको जनाएको छ । झन्डै डेढ अरबको आयात गरिएको दूध तथा दुग्धजन्य पदार्थको विवरण सार्वजनिक गर्दै यसबाहेक अनौपचारिक तस्करीको माध्यमबाट भित्रिने दूधको लेखाजोखा हुन नसकेको उल्लेख छ ।
नेपाल किसान महासङ्घ तथा राष्ट्रिय किसान सञ्जाल, अखिल नेपाल किसान महासङ्घ, राष्ट्रिय प्रजातान्त्रिक किसान सङ्गठन, केन्द्रीय दुग्ध सहकारी सङ्घ नेपाल, नेपाल दुग्ध व्यवसायी सङ्घ, दुग्ध उत्पादक किसान सङ्घ नेपाललगायत एक दर्जनभन्दा बढी संस्थाले दुग्ध किसानको बक्यौता तत्काल भुक्तानी नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्। यता दूध खरिद गर्ने निजी डेरी तथा सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले दूध तथा दुग्धजन्य वस्तु बिक्री नभएकै कारण भुक्तानीमा समस्या परेको बताएका छन्। विदेशबाट दुग्धजन्य वस्तु आयात भएका कारण पनि स्वदेशी उत्पादनले बजार नपाएको किसानहरूले खुल्ला सिमानाका कारण अवैध रूपमा तस्करी भइरहेको किसानहरूको ठम्याई छ।

12/02/2024

प्रथम बुटवल मेयर कप फुटबलको उपाधि अक्सफोर्ड माविले जितेको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा संचालित प्रतियोग...

“स्वास्थ्यका लागि खेलकुद” भन्ने नारा सहित यस अक्सफोर्ड मा.वि मा सञ्चाल भएको खेल सप्ताहको दोस्रो दिन भव्य रुपमा सञ्चालन भ...
09/02/2024

“स्वास्थ्यका लागि खेलकुद” भन्ने नारा सहित यस अक्सफोर्ड मा.वि मा सञ्चाल भएको खेल सप्ताहको दोस्रो दिन भव्य रुपमा सञ्चालन भएको छ ।
खेल सप्ताहको दोस्रो दिन आज विभिन्न विधामा प्रतिस्पर्धा भएको छ । भलिबल छात्रा तर्फ आसिका लामिछानेको समुह प्रथम भएको छ भने रुवि रानाको समुह दोस्रो स्थानमा आएको छ । साथै भलिबल छात्र तर्फ मान बहादुर बलालको टिम प्रथम भएको छ भने सफल थापाको टिम दोस्रो स्थानमा आउन सफल भएको छ ।
यसैगरी Long Jump Girls तर्फ प्रथम पिवि राना, द्धितिय रिया अधीकारी र आस्था रिजाल तृतिय स्थानमा आउन सफल भएकी छिन् । Long Jump Boys तर्फ प्रथम सकीन राना, द्धितिय डिपिन श्रेष्ठ र सुसान्त भण्डारी तृतिय स्थानमा आउन सफल भएका छन् ।
यसैगरी High jump Girls तर्फ प्रथम पिवि राना र द्धितिय स्थानमा आस्था रिजाल आउन सफल भएकी छिन् । High jump Boys तर्फ प्रथम सरोज न्यौपाने, द्धितिय डिपिन श्रेष्ठ र बिवस रसाइली तृतिय स्थानमा आउन सफल भएका छन् ।
यसैगरी Basket Ball Boys तर्फ प्रथम स्थानमा अनुप सारु, अनमोल थापा, संगित क्षेत्री, रोयल सलामी र विजय सोमाइ, द्धितिय स्थानमा आदर्स खत्रि, बिवेक परीयार, आदेश भण्डारी, दिवन थापा र सुसान्त पाण्डे आउन सफल भएका छन् भने Basket Ball Girls तर्फ प्रथम स्थानमा रुविना श्रेष्ठ, मन्जरी श्रेष्ठ, एभ्रिल गाहा, से्रया गुरुङ् र प्राथाना गुरुङ् एवम् द्धितिय स्थानमा काजल सिहं, मेरीना पुन, सुस्मा सर्मा, से्रया सर्मा र सोनम सिहं आउन सफल भएका छन् ।
यसैगरी कबड्डि छात्र तर्फ रिवाज गुरुङ्को टिम प्रथम भएको छ भने छात्रा तर्फ एलिसा लोहनियाको टिम प्रथम भएको छ ।
यसैगरी क्रिकेट तर्फ सवन खत्रिकोे टिम प्रथम भएको छ भने सजल खनालको टिम द्धितिय भएको छ ।
खेलकुद महोत्सवलाई सफल पार्न विभिन्न विधामा संयोजकहरु तोकिएको छ , जसमा आजका खेलहरु भलिबलमा विष्णु खनाल, High Jump/Long Jump मा गोपाल खरेल, Basket Ball मा किरण शर्मा एवम् क्रिकेटमा सञ्जिप श्रेष्ठ र कबड्डि मा राजकुमार पाण्डे भएको व्यवस्थापन संकाय प्रमुख बालकृष्ण पोख्रेलले बताउनुभयो ।

22/01/2024

बुटवलको लाईसेन्सका कर्मचारीको खातामा स्रोतविनाको करोडौ रकम !
@
केही समय अघीसम्म बुटवल लाईसेन्स कार्यालयमा केही मान्छेहरुको निकै रजगज चल्थ्यो, पैसा बुझाउन सक्नेहरुको लाईसेन्स घरमै आउथ्यो भने हाकिमहरुको सरुवा पिउनहरुको निर्णयमा भर रह्न्थ्यो । तर समय सधै उस्तै हुदैन, पाप धुरीबाट कराउछ नै । पैसाको चलखेलमा ट्राफिक प्रहरी, कर्मचारी र केही बिचौलिया मिलेर
परीक्षा पास नगरेकालाई बिचौलियाको माध्यमबाट सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गरिएको अवधिमा यातायात व्यवस्था विभागका कर्मचारीको खातामा अस्वाभाविक रकम देखिएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । तत्कालिन कार्यालय प्रमुख उपसचिव केशव अर्यालको खातामा कम्प्युटर अपरेटर लक्ष्मण पाण्डेले जम्मा गरेको अढाई करोड रुपैयाँको स्रोतबारे विभागले अनुसन्धान सुरु गरेको बारे नागरिकमा खबर छ ।
बुटवल यातायात कार्यालयका कम्प्युटर अपरेटर लक्ष्मण पाण्डेले उपसचिव केशव अर्यालको खातामा अढाई करोड रुपैयाँ जम्मा गरेको देखिन्छ । त्यस विषयमा अनुसन्धान थालिएको छ’, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सम्बद्ध स्रोतले भन्यो । अनियमित तरिकाले लाइसेन्स वितरण गरिएको विषयमा यातायात व्यवस्था विभाग स्वयंले छानबिन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप छानबिनका लागि प्रतिवेदनसहितका विवरण बुझाइसकेको अवस्थामा सम्पत्ति शुद्धीकरण विभागले पनि यसमा चासो राखेर अनुसन्धान थालेको समाचार नागरिकमा उल्लेख छ ।
यस अघी कर्मचारीको सरुवा मा समेत करोडौ रकम चलखेल गरेको भन्दै केही दिन हाजिर भएका कार्यालय प्रमुखको समेत मिलेमतोमा सरुवा गरिएको थियो । यातायात कार्यालयको अनुकुलतामा मन्त्री समेत नभएमा मन्त्री नै परिवर्तन गर्ने ल्याकत कर्मचारीले राख्ने गरेको यस अघी समाचारहरु आईरह्न्थे । अनुसन्धान बैकमा जम्मा भएको रकमको मात्रै नभएर अन्य सम्पतिमाथी पनी गर्न लागेको एक अधिकारीले अनखबरलाई बताए । उनका अनुसार, कर्मचारीमात्रै नभएर केही बिचौलीया र ट्राफिक प्रहरीका अधिकारीहरुमाथी पनि आन्तरिक अनुसन्धान चलिरह्को छ । पैसाकै चलखेल नमिलेपछी लामो समयदेखी यातायात कार्यलय हाकिमविहिन छ । पछिल्लो समय यातायात ब्यबस्था बिभागको बारे चलखेलमा लाईसेन्स पास गर्ने र बितरण गर्ने सम्बन्धी अनुसन्धान चलिरहेको छ ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Butwal News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share