05/03/2024
मानव जीवन सुख र दुःखले भरिएको एक अनुपम सिर्जना हो । यो धर्तीको फरक फरक भूगोलमा मानिसका फरक फरक अनुभूति छन्, जुन अर्को पुस्ताका लागि महत्वपूर्ण शिक्षा हुन् । शब्दमा जीवन वा जीवनका अनुभूति भर्न कसलाई रुची हुँदैन र । तर, यो धर्तीवासीका जीवन्त अनुभूतिहरुलाई शब्दमा उन्नु निकै कठिन काम हो । एउटा प्रयास जारी रहँदा तपाईका सुझाव चाहन्छु । तपाई कस्तो पुस्तक पढ्न रुची राख्नुहुन्छ ? उपन्यास, संस्मरण, नियात्रा, कथा वा विश्लेषणात्मक कृति ? उपन्यास छान्नुपर्यो भने कस्तो उपन्यास होस भन्ने चाहनुहुन्छ ? के तपाईसँग कुनै कथा छन् जसमाथि उपन्यास लेख्नसकियोस् ? कुनै मन परेका पात्र, कथा वा सन्दर्भ भए पठाउन सक्नुहुन्छ ? नमन्...