Darshan Taplejung - दर्शन ताप्लेजुङ्ग

  • Home
  • Darshan Taplejung - दर्शन ताप्लेजुङ्ग

Darshan Taplejung - दर्शन ताप्लेजुङ्ग We are here to inform you current news & affairs of Taplejung district of Nepal.

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—६ गुम्बाडाँडा क्षेत्रमा रहेको छिरिङ नेपाली हाते कागज उद्योगमा घाममा सुकाइएको कागज व्यवस्था...
18/08/2024

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—६ गुम्बाडाँडा क्षेत्रमा रहेको छिरिङ नेपाली हाते कागज उद्योगमा घाममा सुकाइएको कागज व्यवस्थापन गर्दै उद्यमी महिला । नेपाली हाते कागज सरकारी कार्यालयमा लेखपढी गर्न तथा विदेशसमेत निर्यात हुँदै आएको छ ।

ताप्लेजुङ सरोकार केन्द्रद्वारा शनिबार यहाँ आयोजित पुस्तक विमोचन तथा अभिनन्दन कार्यक्रममा डा. सन्दुक रुइतलाई सम्मान गर्दै...
03/08/2024

ताप्लेजुङ सरोकार केन्द्रद्वारा शनिबार यहाँ आयोजित पुस्तक विमोचन तथा अभिनन्दन कार्यक्रममा डा. सन्दुक रुइतलाई सम्मान गर्दै सभामुख देवराज घिमिरेलगायत ।

नेकपा एमालेले बुधबारसम्म राजीनामा दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ ।मंगलबार बसेको सचिवालय बैठकल...
02/07/2024

नेकपा एमालेले बुधबारसम्म राजीनामा दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ ।

मंगलबार बसेको सचिवालय बैठकले एमाले र कांग्रेसबीचमा भएकाे सहमति अनुसार संविधानको धारा ७६ (२) को अर्को सरकार निर्माण गर्न बुधबारसम्म मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आह्वान गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

रातारात सत्ता समीकरणःनेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने सहमति भएको छ।   एमालेले अर्थसहित ९ वटा मन्त्र...
02/07/2024

रातारात सत्ता समीकरणः
नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने सहमति भएको छ। एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएकाे पनि भएको छ ।

कांग्रेस-एमाले समझदारीको प्रारम्भिक मस्याैदा :
१.ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने ।
२.प्रदेश सरकारहरुमा ३/३ वटा सरकार बाँड्ने । मधेस प्रदेशमा चाहिँ मधेसकेन्द्रित दलकै नेतृत्व दिने ।
३.संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी ।
४.प्रतिनिधिसभा र राष्ट्यि सभा दुवैको सिटसंख्याबारे पनि पुनर्विचार गर्ने ।
५.पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्ने ।
६.संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने ।
७.प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने ।
संविधान संशोधनका क्रममा रहेकाले दुई तिहाइ पुर्‍याउन संसदका साना दलहरू लोसपा र राप्रपालाई पनि सरकारमा ल्याउने तयारी छ । दुई तिहाइ पुर्‍याउन आउने पार्टीलाई पनि मन्त्रालय दिने गरी अध्यक्ष ओली र सभापति देउवाबिच समझदारी भएको छ।

काफलमा प्रोटिन, फाइबर, जैविक पदार्थ, कार्बोहाइड्रेटलगायतका पौष्टिक तत्त्व पाइन्छ । काफलको बोक्रामा एन्टीसेप्टिक गुण पाइन...
23/04/2024

काफलमा प्रोटिन, फाइबर, जैविक पदार्थ, कार्बोहाइड्रेटलगायतका पौष्टिक तत्त्व पाइन्छ । काफलको बोक्रामा एन्टीसेप्टिक गुण पाइन्छ भने यो कफ र ज्वरो नियन्त्रणका लागि पनि लाभदायक मानिन्छ ।
यी हुन काफल खाँदा हुने फाइदाहरू:
– काफल खानाले टाउको दुखाई कम हुन्छ ।
– काफलमा चिनी वा मिस्री मिसाइ तताएर पिउनाले खोकी, दम, हृदयरोग लगायतका समस्याबाट छुटकारा पाउन सकिन्छ ।
– काफलको सेवनले स्वर राम्ररी खुलाउँछ ।
– काफलले आँखाको ज्योति बढाउने काम गर्छ ।
– काफलको सेवनले अपच र अरुचि हुने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।
– पखाला लागेको बेला काफलको सेवन लाभदायक मानिन्छ ।
– सामान्यतया काफलको बोक्रालाई पिसेर धुलो बनाउने र त्यस धुलोलाई मञ्जनका रुपमा ब्रस गरे दाँतको दुख्ने समस्या काम हुन्छ । साथै दाँत पनि सफा हुन्छ ।
– काफलले शीतलता प्रदान गर्छ ।
– काफलको बोक्रालाई तिलको तेलमा पकाएर दुई थोपा कानमा हाल्दा कान पाक्ने र कम सुन्ने समस्याबाट राहत पाउन सकिन्छ ।
– महिनावारीमा गडबडी भएका बेला पनि काफलको सेवन फाइदाजनक हुन्छ ।
– शरीरका कुनै बाहिरी अंगमा घाउ भएमा वा चोटपटक लागेमा काफलको धुलोको लेप बनाएर लगाउँदा चाँडै लाभ मिल्छ ।
– काफलको सेवनले पिसाबसम्बन्धी समस्या कम हुन्छ ।
– चार–पाँच ग्राम काफलको बोक्राको धुलोमा एकदुई चम्चा मह मिलाएर दिनको दुई पटक सेवन गर्नाले श्वासको दुर्गन्धलाई हटाउँछ ।
– शरीर पोल्ने, झम्झमाउने, ज्वरो आउने, वात रोग, दाँत तथा पेटको अर्सा आदिलाई पनि काफलले ठिक गर्छ ।

ताप्लेजुङको पाथीभरा मन्दिरमा चैत महिनामा ७५ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढा...
13/04/2024

ताप्लेजुङको पाथीभरा मन्दिरमा चैत महिनामा ७५ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद सङ्कलन गरिएको हो ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार चैतमा ७५ लाख सात हजार एक सय ५० रुपैयाँ भेटी सङ्कलन भएको छ । सङ्कलित भेटी गणना गरी बैंकमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

प्रहरीले पछिल्लो ६ महिनामा ११६ अवैध हतियारसहित १ सय ३४ जनालाई पक्राउ गरेको छ ।केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालका...
08/02/2024

प्रहरीले पछिल्लो ६ महिनामा ११६ अवैध हतियारसहित १ सय ३४ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालका अनुसार, बरामद भएकामध्ये ६ वटा पेस्तोल, ४ रिभल्वर, १७ कटुवा पेस्तोल, ६ बन्दुक, ८१ भरुवा बन्दुक र २ एयर गन छन् ।

पक्राउ परेकाहरुबाट पेस्तोलको गोली ५३ राउण्ड, रिभल्वरको २२ राउण्ड, कटुवाको १७ राउण्ड, बाह्रबोरको १९ राउण्ड, बन्दुकको २० राउण्ड, भरूवाको ९३ राउण्ड र अन्य ३ राउण्ड गरी जम्मा २ सय २७ राउण्ड गोली समेत बरामद भएको ढकालले बताए ।

दाङमा बस दुर्घटनामा परी १५ जना घाइते भएका छन् ।काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश-०२-००१ ख- ०३६२ नम्बरको...
26/09/2023

दाङमा बस दुर्घटनामा परी १५ जना घाइते भएका छन् ।

काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश-०२-००१ ख- ०३६२ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गको लमही-९ अमिलियामा मंगलबार बिहान करिब साढे ६ बजेतिर दुर्घटना भएको हो ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

नेपालको हिमाली जिल्ला ताप्लेजुङ्ग र चीनको सीमावर्ती क्षेत्र टिप्ताला भन्ज्याङमा चीनले बनाएको संरचना ।
11/09/2023

नेपालको हिमाली जिल्ला ताप्लेजुङ्ग र चीनको सीमावर्ती क्षेत्र टिप्ताला भन्ज्याङमा चीनले बनाएको संरचना ।

22/08/2023
राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच आज भेटवार्ता हुँदैछ ।संसदको गतिरोधबारे चासो राख्दै ...
11/08/2023

राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच आज भेटवार्ता हुँदैछ ।

संसदको गतिरोधबारे चासो राख्दै बिहीबार प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका राष्ट्रपति पौडेलले आज सभामुख घिमिरेसँग छलफल गर्न लागेका हुन् ।

शीतल निवासमा हुने छलफल बिहान १० बजेका लागि तय भएको छ ।

‘डान्सिङ स्टार नेपाल’ सिजन-२ की विजेता छिरिङ शेर्पाले नेपाली चलचित्रमा डेब्यु गर्ने भएकी छन् । फिल्म ‘कार्साङ’मा उनले दय...
23/07/2023

‘डान्सिङ स्टार नेपाल’ सिजन-२ की विजेता छिरिङ शेर्पाले नेपाली चलचित्रमा डेब्यु गर्ने भएकी छन् । फिल्म ‘कार्साङ’मा उनले दयाहाङ राईसँग नायिकाको रुपमा अभिनय गर्ने पक्का भएको हो । ❤️
#शुभकामना

अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ ‘बल्छी...
15/06/2023

अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बुधबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एव् प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए ।

एसपी रेग्मीका अनुसार पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल, पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपाली रहेका छन् ।

ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । सोमबार र मङ्गलबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो ।...
03/05/2023

ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । सोमबार र मङ्गलबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट हिमाल सहजरूपमा देख्न सकिन्छ । हिमाल चाँदीजस्तै सेताम्य भएर टल्केका छन् । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा नं ७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा हिउँ परेको स्थानीयले बताएका छन् ।

घुन्साका टासी छिरिङ शेर्पाका अनुसार हिमाली क्षेत्रमा गए राति पनि हिमपात भएको छ । यस्तै ओलाङ्चुङगोला क्षेत्रका हिमाली क्षेत्रमा हिउँ परेको स्थानीय तेन्जिङ वालुङले जानकारी दिए ।

मोरङ जिल्लाको विभिन्न विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नक्कली परीक्षार्थी राखेर परीक्षा दिन लगाउने कन्सल्टे...
28/04/2023

मोरङ जिल्लाको विभिन्न विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नक्कली परीक्षार्थी राखेर परीक्षा दिन लगाउने कन्सल्टेन्सी सञ्चालक र परीक्षार्थीलाई जिल्ला अदालत मोरङले धरौटीमा छाडन आदेश दिएको छ ।

विहीबार मोरङ जिल्ला अदालतले उमेर पुगेका नक्कली परीक्षार्थीहरूलाई धरौटीमा र नाबालकहरूको हकमा भने अभिभावलाई जिम्मा लगाउन आदेश दिएको हो ।

मोरङ अदालतका न्यायाधीश गायत्री प्रकाश रेग्मीको इजलाशले पक्राउ परेका कन्सल्टेन्सी संचालक सन्तोष राईलाई २ लाख रुपैयाँ धरौटीमा छाड्न दिएका छन् भने पक्राउ परेका अन्य १६६ जना नक्कली परीक्षार्थीहरूलाई जनही ४० हजार रुपैयाँ र नाबालक २८ जनालाई अभिभावककोे जिम्मा लगाउन आदेश दिइएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । शैक्षिक तालिम केन्द्रमा भर्खरै मतगणना सुरु भएको हो । मतगण...
24/04/2023

बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । शैक्षिक तालिम केन्द्रमा भर्खरै मतगणना सुरु भएको हो । मतगणना करैयामाई गाउँपालिका १ बाट सुरु गरिएको छ ।

बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन् ।

यसअघिको निर्वाचनमा बारा २ बाट विजयी भएका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा र तनहुँ जिल्ला जाँदै छन् । उनी बिहान नौ बजे त्यसतर्फ प्रस्थान गर्न लागेका ...
19/04/2023

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा र तनहुँ जिल्ला जाँदै छन् । उनी बिहान नौ बजे त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

प्रतिनिधि सभामा गोरखाबाट निर्वाचित प्रचण्ड त्यहाँका विभिन्न कार्यक्रममा सहभागी हुने र त्यसपछि तनहुँ जाने कार्यक्रम छ ।

काठमाडौं उपत्यकामा विद्युतीय ट्याक्सीको संख्या बढ्न थालेको छ । साना ठूला सवारीको कार्यालय, एकान्तकुनाका अनुसार अहिलेसम्म...
18/04/2023

काठमाडौं उपत्यकामा विद्युतीय ट्याक्सीको संख्या बढ्न थालेको छ । साना ठूला सवारीको कार्यालय, एकान्तकुनाका अनुसार अहिलेसम्म १७ वटा विद्युतीय ट्याक्सी दर्ता भएर सञ्चालनमा आइसकेका छन् ।

‘सट्टा दर्तामा अब विद्युतीय ट्याक्सीहरु दर्ता हुने क्रम बढेको छ,’ कार्यालयका प्रमुख मदन पोखरेलले भने,‘अब उपत्यकामा विद्युतीय ट्याक्सीको संख्या बढ्दै जान्छ ।’

Address


Website

Alerts

Be the first to know and let us send you an email when Darshan Taplejung - दर्शन ताप्लेजुङ्ग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share