Supreme Master TV Nepali सुप्रिम माष्टर टिभी

  • Home
  • Supreme Master TV Nepali सुप्रिम माष्टर टिभी

Supreme Master TV Nepali सुप्रिम माष्टर टिभी Supreme Master Television is a channel that focuses on constructive news and programs inspiring peace and promoting examples of noble ways of living.

16/02/2024

आदरणीय सम्पुर्ण धर्मगुरुहरु, भिक्षुहरु, विभिन्न धर्मका भिक्षुणीहरु, बौद्ध, इसाई, हिन्दु, इस्लाम, जैन, ताओ, सिख आदि प्रमुख धर्महरुका सबै असल मुख्य संस्थापकहरुले मानवजातीलाई भगवानले सृष्टि गर्नु भएको सबै प्राणीहरूलाई माया गर्न सिकाउनुभयो। त्यसैले पशु-पंछीलाई नमार्ने र नखाने सम्बन्धित धर्ममा विश्वास राख्नेहरूको लागि आवश्यक छ। अब, भीगन(बिशुद्ध-शाकाहारी) जीवन शैली बिना तपाई कुन धर्म मान्नुहुन्छ वा प्रतिनिधित्व गर्नुहुन्छ ??????
https://www.facebook.com/SupremeMasterTelevision/videos/1347169415992384

07/02/2024

स्वास्थ्य र जलवायु परिवर्तनमा ल्यान्सेट काउन्टडाउनको पछिल्लो अनुसन्धानले चेतावनी दिन्छ कि व्यापक खाद्य असुरक्षा, संक्रामक रोगहरू र चरम मौसमी घटनाहरू लगायत जलवायु परिवर्तनका प्रभावहरूले विश्वव्यापी स्वास्थ्य प्रणालीहरूमा "अभूतपूर्व दबाव" दिइरहेको छ। विशेष गरी, २०२० को कृषि उत्सर्जनको लगभग 57% जनावरहरुको रातो मासु र दुग्ध उत्पादनको कारणले भएको थियो, जसले सार्वजनिक कल्याणलाई पनि असर गरिरहेको छ। विश्वव्यापी रूपमा, बोटबिरुवामा आधारित खानेकुराको अपर्याप्त सेवनका साथै जनावरहरुको मासु र दुग्धजन्य पदार्थको अत्यधिक खपतले १ करोड २० लाख भन्दा बढीको मृत्यु भएको छ। प्रतिवेदनले फलफूल, गेडागुडी, सागसब्जी, पूर्ण अन्न, काष्ठफल र बियाँ जस्ता समृद्ध आहार अपनाएमा जनस्वास्थ्यका लागि "प्रमुख लाभहरू" प्राप्त गर्दै हरितगृह ग्यास उत्सर्जन घटाउन सक्छ भन्ने निष्कर्ष निकालेको छ।
https://www.facebook.com/SupremeMasterTelevision/videos/1035479510846925

Merry Christmas, Beloved Master
25/12/2023

Merry Christmas, Beloved Master

25/12/2023

Merry Vegan Christmas
Merry (cruelty-free) Christmas

अहिंसा, वा अपरिग्रहले जीवनको सिद्धान्त, धार्मिक जीवन पद्धतिलाई परिभाषित गर्दछ, जसले सबैका लागि शान्ति, सुरक्षा र मानवीय ...
08/11/2023

अहिंसा, वा अपरिग्रहले जीवनको सिद्धान्त, धार्मिक जीवन पद्धतिलाई परिभाषित गर्दछ, जसले सबैका लागि शान्ति, सुरक्षा र मानवीय अस्तित्व सिर्जना गर्दछ।
हाम्रो ग्रह पनि एक महान, परोपकारी, उदार, दयालु, सुरक्षात्मक प्राणी हो। यद्यपि, वर्तमानमा, पृथ्वीमा प्रकृतिले हाम्रो हानिकारक कार्यहरूमा प्रतिकूल प्रतिक्रिया दिइरहेको छ, यति हदसम्म कि पृथ्वीले कडा चेतावनी दिईरहेको छ।
मासुका लागि हरेक हप्ता अर्बौं जनावर मारिन्छन्! दूध र अण्डा उत्पादन गर्न समेत तिनीहरू भयानक शोषण र उत्पीडनको शिकार भइरहेका छन्… हामी अकल्पनीय काम गरिरहेका छौं जुन एक सच्चा मानवबाट आशा गर्न सकिन्छ, जसको प्रकृति मायालु, दयालु र सुरक्षात्मक हुनुपर्ने हो। हाम्रो ग्रह चाँडै बचाउनको लागि प्रार्थना गरौं र हाम्रा नेताहरू र सह-नागरिकहरूले समान रूपमा प्रकृतिको चेतावनीलाई ध्यान देऊन्, किनकि प्रकृति हाम्रो आफ्नै प्रतिबिम्ब हो। भगवानले शान्ति, दया र परोपकारको सन्देशलाई सबैको हृदयमा पुग्न र हाम्रो एकमात्र पृथ्वी घरको मर्मत गर्नको लागि सही विकल्प छान्न हाम्रो दिमाग खोल्न मद्दत गरून्।
~ "अहिंसाले शान्ति र सुरक्षा सिर्जना गर्दछ, अक्टोबर ३१, २०२१" को अंशहरू
सुप्रीम मास्टर चिंग हाई (भीगन)
पूरा सन्देश हेर्नको लागि कृपया तलको लिंकमा क्लिक गर्नुहोस्:
http://suprememastertv.com/en1/v/149500863819.html
धेरै ढिलो हुनु अघि सबै नेताहरू, सरकारहरू र व्यक्तिहरू एकैसाथ ब्यूँझुन् र शान्ति ल्याउने शाकाहारी जीवनशैली अपनाऊन्!
SupremeMasterTV.com

Host: Coinciding with this year’s United Nations Climate Change Conference (COP26) in Glasgow, Scotland, Go Dharmic, a non-profit organization based in the United Kingdom, held a special online event …

13/08/2023

के तपाईं संसार र जनावरहरूको जीवनमा सकारात्मक प्रभाव पार्न तयार हुनुहुन्छ?
🐮💚 बिशुद्ध-शाकाहारी(भीगन) हुनु भनेको खानाको छनौट मात्र होइन; यो करुणा, स्थिरता, र सबै जीवित प्राणीहरूको लागि राम्रो भविष्य सिर्जना गर्ने बारे हो! 🌿🌍
👉 बिशुद्ध-शाकाहारी(भीगन) जीवनशैली अपनाएर, तपाईं परिवर्तनको पक्षधर बन्नुहुन्छ, जनावरहरूको कल्याण, वातावरण र तपाईंको आफ्नै स्वास्थ्यमा योगदान दिनुहुन्छ! 🌱🙌
🎥🍿 यदि तपाईं प्रेरणा र ज्ञानको खोजी गर्दै हुनुहुन्छ भने, यी आँखा खोल्ने बिशुद्ध-शाकाहारी(भीगन) वृत्तचित्रहरू हेर्नुहोस् जसले तपाईंको समझलाई अझ गहिरो बनाउँदछ र यो जीवन परिवर्तन गर्ने यात्रामा तपाईंको प्रतिबद्धतालाई बढावा दिनेछ:
https://www.facebook.com/SupremeMasterTelevision/videos/1773975273023047

जनावरहरू पनि मानिस जस्तै हुन्। तिनीहरूसँग संवेदनशीलता छ, तिनीहरूसँग बुद्धि छ, तिनीहरूसँग भावनाहरू छन्, तिनीहरूसँग समझ छ,...
20/07/2023

जनावरहरू पनि मानिस जस्तै हुन्। तिनीहरूसँग संवेदनशीलता छ, तिनीहरूसँग बुद्धि छ, तिनीहरूसँग भावनाहरू छन्, तिनीहरूसँग समझ छ, र तिनीहरूमा हामी मानिसहरू जस्तै, भगवानले तिनीहरूलाई घर नबोलाएसम्म शान्तिसँग जीवन बिताउने इच्छा छ।
~ सुप्रीम मास्टर चिङ्ग हाई (भीगन)
🌿भीगन बन्नुहोस्, शान्ति बनाउनुहोस् 🕊 राम्रो काम गर्नुहोस्Deeds 💗
https://www.facebook.com/photo?fbid=714711087333543&set=a.508530037951650

Animals also are people. They have feelings, they have intelligence, they have emotions, they have understanding, and they have the desire to live their lives in peace until God calls them Home, just the way we humans do.

~ Supreme Master Ching Hai (vegan)

🌿Be Vegan, Make Peace 🕊 Do Good Deeds 💗

SupremeMasterTV.com

22/05/2023

हालै जारी गरिएको अन्तरसरकारी प्यानल अन क्लाइमेट चेन्ज (IPCC)को छैटौं मूल्याङ्कन प्रतिवेदनमा २०० भन्दा बढी वैज्ञानिकहरूले चेतावनी दिएका छन् कि देशहरूको अपर्याप्त मापन र जलवायु कार्यहरूको गतिलाई हेर्दा, यस शताब्दीमा ग्लोबल वार्मिंग पूर्व-औद्योगिक स्तर भन्दा १.५ डिग्री सेल्सियस भन्दा बढी हुनेछ। साथै, तापक्रम वृद्धिलाई दुई डिग्री सेल्सियसभन्दा कममा सीमित राख्नु चुनौतीपूर्ण हुनेछ। "सबैका लागि बस्न योग्य र दिगो भविष्य" सुनिश्चित गर्न, सबै क्षेत्र र प्रणालीहरूमा "द्रुत र दूरगामी" परिवर्तनहरू मार्फत यस दशक भित्र विश्वव्यापी हरितगृह ग्यास उत्सर्जन लगभग ५०% ले घटाउनुपर्छ। यसमा फलफूल, खश्रो अन्न, तरकारी, फलफूल, बीउ र नट जस्ता बिरुवामा आधारित खानाहरू समावेश छन्, जसले सार्वजनिक स्वास्थ्य र जैविक विविधता संरक्षणमा वृद्धि जस्ता धेरै महत्त्वपूर्ण सह-लाभहरू पनि प्रदान गर्नेछ। आईपीसीसी शाइनिंग वर्ल्ड लीडरशिप फॉर लाइफ-सेविंग-हीरो अवार्ड विजेता हो। यसमा संलग्न सबै आईपीसीसी वैज्ञानिकहरू प्रति हाम्रो हार्दिक आभार। इश्वरीय आनन्दमा, सबै सरकारहरूले पृथ्वीमा सबै प्राणीहरूको अस्तित्व सुरक्षित गर्नको लागि तुरुन्तै विश्वव्यापी बिशुद्ध शाकाहारी(भीगन) भोजन प्रणाली लागू गरोस्।
🌿 भीगन बन्नुहोस्, शान्ति बनाउनुहोस् 🕊 राम्रो काम गर्नुहोस् 💗
SupremeMasterTV.com
https://www.facebook.com/SupremeMasterTelevision/videos/1286258255314507

नयाँ डकुमेन्ट्री फिल्म "विश्व भीगन, विश्व शान्तिको लागि सुप्रीम मास्टर चिङ्ग हाईको अनुरोध" हेर्नुहोस् @ www.WorldVeganWo...
20/04/2023

नयाँ डकुमेन्ट्री फिल्म "विश्व भीगन, विश्व शान्तिको लागि सुप्रीम मास्टर चिङ्ग हाईको अनुरोध" हेर्नुहोस् @ www.WorldVeganWorldPeace.com
संसारमा सबै मंगलमय होस्, अनि हरेकले प्रेम एवं शान्तिको अनुभूती गरुन्। मेरो आशा केवल त्यतिमात्र हो। म अझै पनि त्यही नै आशा गरिरहेकी छु, तर के हुनेछ म भन्न सक्दिनँ। म हर संभव प्रयत्न गर्नेछु, मेरो शरीर या मेरो प्रतिष्ठामा धक्का लागे पनि, म सकेसम्म प्रयास गर्ने नै छु, तर यो कार्य वास्तवमा म स्वयं, स्वर्गहरु एवं पृथ्वीवासीहरु बीचको सहकार्य हो। यसको समाधान भनेको अत्यन्त सरल छ। केवल यत्ति किः भीगन (विशुद्ध शाकाहारी) बनौं। शान्ति फैलाऔं।
सुप्रीम मास्टर चिङ्ग हाई (भीगन)
यो वृत्तचित्र यहाँबाट नि:शुल्क डाउनलोड गर्न सकिन्छ www.WorldVeganWorldPeace.com
कृपया SHARE गरी यो महत्त्वपूर्ण सन्देश फैलाउन मद्दत गर्नुहोस् 🙏
🌿 भीगन बन्नुहोस्, शान्ति बनाउनुहोस् 🕊 राम्रो काम गर्नुहोस् 💗
SupremeMasterTV.com

Supreme Master Ching Hai's Plea for World Vegan World Peace

16/04/2023

संयुक्त राज्य अमेरिकाको न्यु जर्सीस्थित रुटजर्स युनिभर्सिटीका जलवायु वैज्ञानिकहरूको नेतृत्वमा गरिएको विश्वव्यापी अध्ययनले संयुक्त राज्य अमेरिका र रुसबीच पूर्ण रूपमा आणविक युद्ध भएमा दुई वर्षभित्र विश्वको जनसंख्याको ७५ प्रतिशत जनता भोकमरीको चपेटामा पर्ने अनुमान गरेको छ। यस बाहेक, द्वन्द्व पछि तीन र चार वर्षको बीचमा, बालीबाट विश्वव्यापी औसत क्यालोरी उत्पादन नाटकीय रूपमा ९० प्रतिशतले घट्नेछ। अध्ययनले चेतावनी दिन्छ कि आणविक विस्फोटहरूले स्थानीय रेडियोधर्मी प्रदूषण, माटो र पानी प्रदूषण, पूर्वाधारको विनाश र आपूर्ति श्रृंखलाहरूमा अवरोध ल्याउनेछ, तिनीहरूले आगोको आँधीहरू पनि सिर्जना गर्नेछन् जसले स्ट्र्याटोस्फियरमा ठूलो मात्रामा सूर्यको प्रकाश अवरुद्ध गर्ने कालो धुंवा उत्सर्जन गर्नेछ। कालो धुंवा विश्वभर फैलिने क्रममा, पृथ्वीको तापक्रम द्रुत रूपमा घट्नेछ, जसले ठूलो बाली नोक्सानी, खाद्यान्न अभाव र अनिकाल निम्त्याउँछ।
रटगर्स विश्वविद्यालयका जलवायु वैज्ञानिकहरू र सबै संलग्नहरूबाट यस्तो डरलाग्दो चेतावनी! त्यस्ता विनाशकारी परिणामहरूबाट बच्नको लागि, संसारभरका मानिसहरूले भगवानको दयालु अँगालोमा सबै राष्ट्रहरू बीच शान्ति र मित्रतालाई बढावा देउन्।
🌿 भीगन बन्नुहोस्, शान्ति बनाउनुहोस् 🕊 राम्रो काम गर्नुहोस् 💗
https://www.facebook.com/SupremeMasterTelevision/videos/900178424429351

जब हामी क्वान यिन ध्यान विधि अभ्यास गर्छौं, हामीलाई मात्र नभई हाम्रो परिवारका सदस्यहरू र हामी नजिकका सबैलाई फाइदा पुग्छ।...
11/04/2023

जब हामी क्वान यिन ध्यान विधि अभ्यास गर्छौं, हामीलाई मात्र नभई हाम्रो परिवारका सदस्यहरू र हामी नजिकका सबैलाई फाइदा पुग्छ। हाम्रो ध्यानले हाम्रो वरपरका सबैलाई असर गर्छ र संसारभर फैलिन्छ। भित्री स्वर्गीय प्रकाश र ध्वनीमा ध्यान अभ्यास गर्नु कत्तिको प्रभावकारी छ भनी तपाईंले थाहा पाउनुभयो भने तपाईं छक्क पर्नुहुनेछ। म आशा गर्दछु कि दिक्षा प्राप्त गर्नुहुने सबैले धेरै लगनशीलताका साथ ध्यान र प्रार्थना गरेर पृथ्वीलाई सक्दो चाँडो भीगन स्वर्ग बनाउन योगदान पुरयाउनु हुनेछ।
- सुप्रीम मास्टर चिंग हाई (भीगन)
💗 हार्टलाइनमा मास्टरको जवाफको अंश: "मेरो बुबाको आत्मालाई बचाउनु भएकोमा र उहाँलाई भित्रबाट पूर्ण रूपमा परिवर्तन गर्नुभएकोमा गुरुलाई धन्यवाद!"
▶️

Most Beloved Master, I would like to tell You the story of my father’s passing in 2012 from cancer. Even though he didn’t initially understand why I followed You or any Path, he did not interfere in m…

मानवजातिले युद्ध अन्त्य गर्नुपर्छ अन्यथा युद्धले मानवजातिको अन्त्य गर्नेछ।- जोन एफ केनेडीसंयुक्त राज्य अमेरिका को 35 औं ...
29/03/2023

मानवजातिले युद्ध अन्त्य गर्नुपर्छ अन्यथा युद्धले मानवजातिको अन्त्य गर्नेछ।
- जोन एफ केनेडी
संयुक्त राज्य अमेरिका को 35 औं राष्ट्रपति
द्वितीय विश्व युद्ध दिग्गज
🌿भीगन बन्नुहोस्, शान्ति बनाउनुहोस् 🕊 असल काम गर्नुहोस् 💗
https://www.facebook.com/photo?fbid=641991797938806&set=a.508530037951650

Mankind must put an end to war or war will put an end to mankind.

- John F. Kennedy
35th President of the United States
World War II Veteran

🌿 Be Vegan, Make Peace 🕊 Do Good Deeds 💗

SupremeMasterTV.com

हाम्रो अति करुणामयी परम गुरु चिंग हाई (भीगन) ले आफ्नो गहन ध्यान सिबिरबाट समय निकाल्नु भई विश्वको लागि पवित्र प्रार्थना स...
14/03/2023

हाम्रो अति करुणामयी परम गुरु चिंग हाई (भीगन) ले आफ्नो गहन ध्यान सिबिरबाट समय निकाल्नु भई विश्वको लागि पवित्र प्रार्थना समारोहमा भाग लिनुभयो। उहाँले मायालुपूर्वक यो प्रार्थना साझा गर्नुभयो। "हे आमा, हामी तपाईंलाई माया गर्छौं। हे आमा, शान्ति तपाईंको साथ रहोस्। धेरै लामो समय देखि पीडामा रहेको तपाईंको हृदयलाई सीतलता मिलोस्, तपाईंको हृदयलाई आशिष् मिलोस्, हामी ईश्वरसँग यही प्रार्थना गर्दछौं।" "आदरणीय सबै दाजुभाइ तथा दिदीबहिनीहरू, यो पृथ्वी माताको लागि छोटो प्रार्थना थियो, जसमा पृथ्वीका सबै आमाहरू समेतको लागि वहांहरुको सबै माया, सबै त्याग, सबै दान, अनि निःस्वार्थ त्यागको लागि। आजको प्रार्थना सत्रमा यहाँहरुको उपस्थितिको लागि धन्यवाद। तपाईंहरू सबैलाई सर्वशक्तिमान ईश्वरको कृपा र आशीर्वाद प्राप्त भईरहुन् र सधैं प्रेमको अँगालोमा बाँधिरहुन्। धन्यवाद। तपाईंहरु सबैको लागि साथै यस ग्रहमा भएका सबै दुःखी प्राणीहरूको लागि मेरो माया र प्रार्थना। माया, तपाईंहरु सबैलाई माया छ। स्वस्थ रहनुहोस्।"
"MLK Beloved Community Convergence: समापन समारोह, भाग २ को दोश्रो भागको अंश"
▶️ पूरा कार्यक्रम हेर्नको लागि, कृपया भ्रमण गर्नुहोस्

Suthida (vegan), the wife of the Honorable Chief Phil Lane Jr. (vegan), offered a prayer of compassion for all beings, including the animal-people. “Thank you, and I appreciate being here with everyon…

एकेडेमी अफ न्युट्रिशन एण्ड डाइटेटिक्सका अनुसार, एक सुव्यवस्थित शाकाहारी आहारले तपाइँलाई तपाइँको जीवनको सबै चरणहरूमा आवश्...
08/03/2023

एकेडेमी अफ न्युट्रिशन एण्ड डाइटेटिक्सका अनुसार, एक सुव्यवस्थित शाकाहारी आहारले तपाइँलाई तपाइँको जीवनको सबै चरणहरूमा आवश्यक पर्ने सबै कुराहरू प्रदान गर्न सक्छ, तपाईं गर्भवती हुँदा वा स्तनपान गराईरहँदा पनि। यस दुई-भागको शृङ्खलामा, हामीले एक शाकाहारी दम्पती, मिनसेल र उनका श्रीमान् वुजिनले गर्भावस्थामा कसरी शाकाहारी आहार ग्रहण गरी राखे र कसरी उनीहरूले स्तनपानको समयमा आफ्नो स्वस्थ शाकाहारी बच्चा एरीलाई हुर्काए र पौष्टिक वनस्पति-आधारित ठोस आहारमा अभ्युदय गराए। उनी अहिले भर्खर दुई वर्षकी भइन्।
▶️ पूरा शो हेर्नको लागि, कृपया भ्रमण गर्नुहोस् –

According to the Academy of Nutrition and Dietetics, a well-planned vegan diet can provide everything you need during all stages of your life, including when you’re pregnant or breastfeeding. In this …

वास्तवमा, यदि संसारका मानिसहरू बुद्धिमान र अधिक समझदार छन् भने, तिनीहरूले त्यस्तो विश्व नेता छान्नुपर्छ जोसंग अधिक आध्या...
05/03/2023

वास्तवमा, यदि संसारका मानिसहरू बुद्धिमान र अधिक समझदार छन् भने, तिनीहरूले त्यस्तो विश्व नेता छान्नुपर्छ जोसंग अधिक आध्यात्मिक चेतना र दिमागमा अधिक स्पष्टता भएको होस्। र तपाईं आफैलाई अनुशासित गरेर मात्र यो गर्न सक्नुहुन्छ। जस्तो कि प्राचीन ज्ञान ग्रंथमा भनिए जस्तै तपाईंले पहिले आफूले नै साधना गर्नुपर्छ। यसको मतलब यो हो कि तपाईंले वास्तवमै आफैलाई अनुशासित गर्नुपर्छ, ध्यान गर्नुपर्छ र ज्ञान प्राप्त गर्नुपर्दछ, र ती सबै। ज्ञान बिना, तपाईंले कसरी संसारमा शासन गर्न सक्नुहुन्छ? तपाईंले कसैलाई कसरी मद्दत गर्न सक्नुहुन्छ? आफैलाई पनि मद्दत गर्न सक्नुहुन्न! जब तपाईं मर्नुहुन्छ तपाईलाई यो पनि थाहा हुँदैन कि तपाई कहाँ जाँदै हुनुहुन्छ! तपाइँलाई कुन परिस्थितीमा के गर्नु पर्छ भन्ने पनि थाहा हुँदैन! तब, तपाइँ कसैको कसरी नेतृत्व गर्नुहुन्छ वा कसैलाई मद्दत गर्नुहुन्छ? सिंगो राष्ट्रको त कुरै छाडौं!
- सुप्रीम मास्टर चिंग हाई (भीगन)
"आध्यात्मिक जागरूकताको लागि जागृति, १४ भागको भाग १३, जनवरी ८, २००६" बाट उद्धृत
▶️ पूरा लेक्चर हेर्नको लागि कृपया भ्रमण गर्नुहोस्:

So you have to first cultivate yourself, means make yourself wise. By what? Meditation, discipline. And you can only do that when you're clear and your body's well. If you are not well, how do you thi…

अप्रिल २०२२ को एक अध्ययनमा, अन्वेषकहरूले भनेका छन् कि ग्लोबल वार्मिङले जनावरहरूलाई थप अनुकूल जीवनयापनको खोजीमा नयाँ भौगो...
02/03/2023

अप्रिल २०२२ को एक अध्ययनमा, अन्वेषकहरूले भनेका छन् कि ग्लोबल वार्मिङले जनावरहरूलाई थप अनुकूल जीवनयापनको खोजीमा नयाँ भौगोलिक क्षेत्रहरूमा बसाइँ सर्न बाध्य तुल्याइरहेको छ। वैज्ञानिकहरूले चेतावनी दिएका छन् कि जनावरहरूको यो ठूलो मात्रामा सामूहिक बसाइँसराइले नयाँ महामारीको जोखिमलाई उल्लेखनीय रूपमा बढाउनेछ।
वैज्ञानिकहरूले अहिले चेतावनी दिइरहेका छन् कि महामारी र रोगहरू आगामी वर्षहरूमा मानवताको लागि सबैभन्दा ठूलो खतरा हुन सक्छ।
धेरै विज्ञहरू भन्छन् कि शाकाहारी जीवनशैलीमा विश्वव्यापी परिवर्तन नै जलवायु परिवर्तन र महामारीलगायत पृथ्वीले सामना गरिरहेका अधिकांश समस्याहरू समाधान गर्ने सबैभन्दा सजिलो उपाय हो।
धेरै ढिलो हुनुअघि नै यो परिवर्तन ल्याउन जरुरी रहेको विज्ञहरू बताउँछन् ।
▶️ "जलवायु परिवर्तनले कसरी संक्रामक रोगहरूको जोखिम बढाउँछ, भाग २ को भाग १" हेर्न कृपया भ्रमण गर्नुहोस् -

“Our climate is in crisis, our health is at stake.” “A tragedy is unfolding.” “The gradual warming of the earth's atmosphere affects extreme weather like droughts and hurricanes but did you know these…

14/02/2023

बोट-बिरुवामा आधारित वर्ल्ड एक्स्पो यूरोप नोभेम्बर ३० देखि डिसेम्बर १ , २०२२ सम्म लन्डन, यूकेमा आयोजित भएको थियो। युरोपको सबैभन्दा ठूलो १००% बोट-बिरुवामा आधारित व्यवसाय-देखि-व्यवसाय प्रदर्शनीको रूपमा, दुई दिने कार्यक्रममा सम्मेलनहरू, विचार-उत्प्रेरक अतिथि वक्ताहरू, र पाक कलाहरू समावेश थिए। ङकङस्थित .uk, बेलायतको शाकाहारी अण्डा कम्पनी , रोमानियाली स्टार्टअप .uk, स्पेनिस शाकाहारी फर्म .uk जस्ता र अरु धेरै, २०० अन्तर्राष्ट्रिय शाकाहारी फर्महरूका प्रतिनिधिहरूले भरिएको प्रदर्शनी हलहरू अनुमानित ४,००० भन्दा बढी सहभागीहरूले उत्सुकताका साथ अबलोकन गरे। ताइवान, जसलाई फर्मोसा पनि भनिन्छ, बाट पनि स्वादिष्ट खानाको नमूनाहरूका साथ लाइट लाइट भीगन उत्पादनहरू प्रस्तुत गर्न उपस्थित भएको थियो। सहभागीहरू, खरीददारहरू, र लगानीकर्ताहरूले उद्योगका ६० वक्ताहरूको भनाइ सुन्ने अवसर पाएका थिए जसले नवीनतम व्यावसायिक अन्तर्दृष्टि र प्रवृत्तिहरू साझा गरे।
धन्यवाद, , दयालु शाकाहारी व्यवसायहरूलाई बढावा दिनु भएकोमा। संसारलाई दिगो दिशामा डोर्याउन मद्दत गर्नका लागि यस्ता थप प्रदर्शनहरूको लागि हामी भगवानसंग प्रार्थना गर्दछौं।
🌿 शाकाहारी बन्नुहोस्, शान्ति बनाउनुहोस् 🕊 राम्रो काम गर्नुहोस् 💗
https://www.facebook.com/SupremeMasterTelevision/videos/1217269408895916

08/02/2023

चाइना एग्रीकल्चरल युनिभर्सिटी र नेदरल्यान्ड्सको लिडेन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले नेचर फूड जर्नलमा एउटा लेख प्रकाशित गर्दै बोट-बिरुवामा आधारित आहारमा परिवर्तन गर्दा हाम्रो खाद्य प्रणालीको दिगोपन बढाउने कुरामा प्रकाश पारेको छ। बेलायत र युरोपेली संघमा भूमि र जनसंख्याको अध्ययन गर्दा, यो परिवर्तनले युद्धका कारण रूस र युक्रेन (युरेन) दुबैबाट भएको कृषि नोक्सान बराबरको खाद्यान्न आवश्यकताहरू घटाउने कुरा पत्ता लाग्यो।
बोट-बिरुवामा आधारित आहारमा परिवर्तन गर्दा उच्च आय भएका देशहरूमा वातावरणीय र जनसङ्ख्याको स्वास्थ्यमा सुधारको साथै कम उत्सर्जन स्तर, पानीको प्रयोगमा कमी, स्वास्थ्य स्तरमा वृद्धि र प्राकृतिक क्षेत्रहरूको वृद्धि जस्ता फाइदाहरू पनि ल्याउनेछ।
अनुसन्धानले यो पनि प्रकाश पारेको छ कि खानको लागि पशु-पालन गर्दा यसले ३०% देखि ६०% बालीहरू खपत गर्दछ जुन मानिसहरूलाई खुवाउन सकिन्छ र सम्पूर्ण कृषि भूमिको ८०% भूभाग यसले ओगटने गर्छ।
❤️ भीगन हुनुहोस्, शान्ति बनाउनुहोस् 🕊
https://www.facebook.com/SupremeMasterTelevision/videos/633622568532192

यदि हामीले सबैलाई दाजुभाइ र दिदीबहिनीको रूपमा व्यवहार गर्यौं भने, छिट्टै, सबै भेदभाव, सबै घृणा र सबै गलतफहमीहरू हट्नेछन्...
07/02/2023

यदि हामीले सबैलाई दाजुभाइ र दिदीबहिनीको रूपमा व्यवहार गर्यौं भने, छिट्टै, सबै भेदभाव, सबै घृणा र सबै गलतफहमीहरू हट्नेछन्।
- सुप्रीम मास्टर चिंग हाई (भीगन)
🌿 🌿 शाकाहारी बनौं, शान्ति फलाऔं 🕊
https://www.facebook.com/photo?fbid=604853264985993&set=a.508530037951650

If we treat everyone as a brother and sister, then soon, all differentiation, all hatred, and all misunderstanding will be erased.

- Supreme Master Ching Hai (vegan)

🌿 Be Vegan, Make Peace 🕊

SupremeMasterTV.com

21/01/2023

युरोपेली आयोगद्वारा भर्खरै आयोजित सार्वजनिक परामर्शले पत्ता लगायो कि युरोपेली संघ (ईयू) का ७२% नागरिकहरूले स्कूल क्यान्टिनहरूमा बोट-बिरुवामा आधारित दूध विकल्पहरूको लागि संघले अनुदान उपलब्ध गराओस् भन्ने चाहन्छन्। एक अनलाईन याचिकाले यस उपायको लागि समर्थन जुटाउँदै, दशौं हजार हस्ताक्षरहरू प्राप्त गर्‍यो, जसलाई गैर-सरकारी संस्थाहरू, प्रोभेज इन्टरनेशनल (.inter) र कम्पैशन इन वर्ल्ड फार्मिंगले पनि समर्थन गरेको थियो। बोट-बिरुवामा आधारित डेयरी विकल्पहरूको लागि आर्थीक सहायता उपलब्ध गराउनु पर्ने कारणहरूमा समावेश छन्: एलर्जी, ल्याक्टोज असहिष्णुता, स्थिरता र पशु कल्याण। एक लिटर गाईको दूधले एक लिटर भटमासको दूधको तुलनामा तीन गुणा बढी हरितगृह ग्यास उत्पादन गर्छ र २२ गुणा बढी पानी चाहिन्छ। प्रोवेजका उपाध्यक्ष जास्मिजन डे बू (भीगन)को टिप्पणी, "क्याल्सियम युक्त बिरुवामा आधारित दूधहरू दिगो र स्वस्थ विकल्पहरू हुन् जसलाई स्कूलको तालिकामा समावेश गरिनु पर्छ किनभने युरोपेली समाज थप बोट-बिरुवामा आधारित आहार तर्फ अघि बढीरहेको छ।"
🌿 शाकाहारी बन्नुहोस्, शान्ति बनाउनुहोस् 🕊
SupremeMasterTV.com
https://www.facebook.com/SupremeMasterTelevision/videos/1208115876759991

23/12/2022

🎄 द स्टोरी अफ क्रिसमस एन्ड द लभ अफ जिजस, भाग २ को पहिलो भाग ❤
"अब हामी २,००० वर्ष पहिलेको सम्झना गरौं। हामी बीचमा एक महान प्राणीको जन्म भएको थियो। उहाँ यति महान् हुनुहुन्थ्यो कि उहाँको प्रशंसा गर्न हामीसँग शब्दहरू छैनन्। उहाँको महानता केवल भगवानलाई थाहा छ! हामी नश्वरहरूले बुझ्न सक्दैनौं। हामी तब मात्र बुझ्न सक्छौं जब हामी उहाँ जस्तै महान् बन्छौं। अहिले हामी अक्सर आफैलाई सोध्छौं, किन येशूलाई यति चाँडो मर्नको लागि बाध्य परियो? भगवानले उहाँलाई यसरी बलिदान दिन लगाउनु भयो ता कि सारा संसारले याद गरोस्, ता कि हामीले भगवानको दूतलाई कदर गरोस्, उहाँ जुनसुकै नामले आए पनि। प्राचीन कालदेखि नै हाम्रो संसार सधैं संकटमा परेको छ। मानिसहरूले सधैं गल्ती गर्छन् र भगवानलाई बिर्सन्छन्, त्यसैले भगवानले हामीलाई सम्झाउनको लागि सधैं कुनै दूत पठाउनु हुन्छ। तर येशूलाई उहाँको महानताको लागि र हामीसँग उहाँको छोटो समयको बसाईको कारणले पनि सबैभन्दा धेरै सम्झिन्छ। र जसरी उहाँले हामीलाई छोड्नुभयो र पुनरुत्थान हुनुभयो। "र जब हामी येशूलाई सम्झन्छौं, हामी परमेश्वरलाई सम्झन्छौं। अनि हामीले केही आशिष्‌ पाउने हुन्छौं किनभने येशू परमेश्वरका पुत्र हुनुहुन्थ्यो।"
"सबै कुरा कुनै न कुनै उद्देश्यको लागि परमेश्वरले व्यवस्थित गर्नुभएको छ। हाम्रो प्रयास आवश्यक छ, केवल हामीले यो जान्नको लागि कि हामीलाई कुनै प्रयासको आवश्यकता छैन। सबै शिक्षाहरू, ध्यानका सबै अवधिहरू जुन मैले तपाईंहरुको लागि तोकेको छु, तपाईंहरुले गर्नुहुने सबै प्रयासहरू, केवल यसको लागि कि अन्तमा तपाईंहरुले कुनै पनि प्रयास बिना, कुनै मानव प्रयास बिना प्रयोग गर्न सिक्न सकोस्। जसरी येशूले हामीलाई आत्मसमर्पणको उत्तम उदाहरण दिनको लागि उहाँ क्रुसमा मर्नुभएको थियो।
“त्यसैले हरेक वर्ष हामीले येशूको जन्मदिन मनाउनुपर्छ। र आफूलाई कसरी भगवानमा समर्पित गर्ने भनेर सम्झने प्रयास गर्नुहोस् र अरूलाई पनि सम्झाउने प्रयास गर्नुहोस्। कम्तिमा भगवानलाई याद गर्ने प्रयास गर्नुहोस्।"
"मलाई लाग्छ कि येशूले हामीलाई पाठ सिकाउनको लागि बलिदान गर्नुभयो जस्तो की पृथ्वीमा खजाना नराख्नुहोस् जहाँ किट पतंगहरूले भ्रष्ट र नष्ट गर्छन्, बरु तपाईंको खजाना स्वर्गमा राख्नुहोस् किनभने यो शाश्वत छ। हामीले हाम्रो खजाना स्वर्गमा कसरी राख्ने? यसको मतलब, पुन्य कमाऊनु होस्। भगवानलाई प्रेम गर्नुहोस्। भगवानलाई कसरी प्रेम गर्ने? परमेश्वरको आज्ञाहरु पालन गर्नुहोस्।
▶️ थप जानकारी र नि:शुल्क डाउनलोडको लागि कृपया भ्रमण गर्नुहोस्:
https://suprememastertv.com/en1/
र पूरा च्यानल सूचीहरूको लागि:
https://suprememastertv.com/en1/worldwide
💚 शाकाहारी: किनभने हामी पृथ्वीमा नरक चाहँदैनौं।
https://www.facebook.com/SupremeMasterTelevision/videos/3422726538047847

यस संसारमा यति धेरै नकारात्मक अवस्था र परिस्थितिहरू छन् कि यदि हामीले आफू भित्रको ईश्वरीय प्रेम र बुद्धिको प्रयोग गरेनौं...
11/12/2022

यस संसारमा यति धेरै नकारात्मक अवस्था र परिस्थितिहरू छन् कि यदि हामीले आफू भित्रको ईश्वरीय प्रेम र बुद्धिको प्रयोग गरेनौं भने, हामी यहाँ नकारात्मक शक्तिमा डुब्नेछौं र आफैलाई गुमाउनेछौं। प्रेम नै स्वास्थ्यको बाटो हो। हाम्रो हृदयमा प्रेम हुनुपर्छ र प्रेमयुक्त खाना खानुपर्छ, जुन विशुद्ध शाकाहारी(भीगन) आहार हो। यसले प्रेमको नियमलाई पालनागर्छ जुन सबै नियमहरु मद्धेको महत्त्वपूर्ण नियम हो। मलाई धम्मपदमा बुद्धको भनाइ याद आयो, ‘घृणाले घृणालाई जित्न सकेको छैन, प्रेमले मात्र घृणालाई जित्छ। यस्तो छ कानुन, पुरानो र अपरिहार्य।’ मायाको बाटोमा हिँडिरहनुहोस्, प्रिय।
- सुप्रीम मास्टर चिंग हाई (भीगन)
हार्टलाइनको अंश "प्रेम स्वास्थ्यको बाटो हो"
https://suprememastertv.com/en1/v/189143442959.html
💚 बिशुद्ध शाकाहारी (भिगन) बन्नुहोस्, शान्ति बनाउनुहोस् 💚

Hallo, Beloved Master Ching Hai, Recently, I’ve benefited greatly from the Words of Wisdom program on Supreme Master TV. One of the discourses from “Así Hablaba Quetzalcóatl (Thus Spoke Quetzalcóatl)”…

हामी जहाँ गए पनि, हामी केवल सन्तुष्ट र खुशी हुनुपर्दछ, तब हाम्रो आत्मामा, हाम्रो आध्यात्मिक स्तर तथा हाम्रो पाँच, छ, सात...
06/12/2022

हामी जहाँ गए पनि, हामी केवल सन्तुष्ट र खुशी हुनुपर्दछ, तब हाम्रो आत्मामा, हाम्रो आध्यात्मिक स्तर तथा हाम्रो पाँच, छ, सात, नौ पुस्ताको लागि समेत अद्भुत चीजहरू घटित हुनेछन्। हामीले केही नमागे पनि, जति धेरै निस्वार्थ, अरूको लागि जति धेरै त्याग गर्नुहुन्छ, त्यति नै उच्च आध्यात्मिक स्तरमा उक्लनुहुन्छ, वा भगवानले तपाईंलाई उचाल्नुहुन्छ। र तपाईं - तपाईंको आध्यात्मिक स्तर, तपाईंको त्याग, तपाईंको मानवजाति र सबै प्राणीहरूको नि:स्वार्थ सेवाले तपाईंको धेरै पुस्ताहरूलाई पनि उत्थान गर्नेछ।
- सुप्रीम मास्टर चिंग हाई (भीगन)
"सद्गुणी शाकाहारी(भीगन) हरू दैवी शक्तिद्वारा सुरक्षित हुनेछन्, ५ भागको भाग ३, नोभेम्बर १६, २०२२" बाट उद्धृत
सुप्रीम मास्टर चिंग हाई (भीगन) संगको पूर्ण सम्मेलन हेर्न कृपया भ्रमण गर्नुहोस्-

Wherever we go, we just be contented and happy, and wonderful things will happen in our soul, for our spiritual level and our five, six, seven, nine generations as well. (Yes, Master.) Even though we …

04/12/2022

जर्मनीको ब्रेस्गाउमा रहेको फ्राइबर्गको नगर परिषद्ले राज्यका सबै विद्यालयका क्याफेटेरियाहरूबाट पशु-जन्य मासु र माछा हटाउन र विशेष रूपमा शाकाहारी मेनु ल्याउने पक्षमा मतदान गरेको छ। २०२३ देखि लागू हुने निर्णयमा राज्यका नर्सरीहरूलाई पनि समावेश गरिनेछ। सुन्दर र ऐतिहासिक विश्वविद्यालय सहर ब्ल्याक फरेस्टमा अवस्थित छ र यसको वातावरणीय चेतनाको लागि "जर्मनीको हरियो शहर" भनेर चिनिन्छ। यो निर्णयले समाज र वातावरणमा महत्त्वपूर्ण, अनुकूल प्रभाव पार्नेछ, किनकि क्याफेटेरियाहरूले विद्यार्थीहरूलाई प्रति वर्ष लगभग ५,००,००० खानाहरू प्रदान गर्दछ।
यसैबीच, फ्रिबर्ग काउन्सिलको आधिकारिक वेबसाइटले बढ्दो खाद्यान्नको मूल्यलाई ध्यानमा राख्दै शाकाहार अपनाउँदा लागत बचतको फाइदाहरूको सन्दर्भ उल्लेख गरेको छ। जर्मनीमा पशु-पंछीको मासुको खपत लगातार घट्दै गइरहेको छ, २०२१ मा नयाँ रेकर्ड कायम गर्यो।
महान काम, फ्रीबर्ग शहर काउन्सिल, र जर्मनी!
https://www.facebook.com/SupremeMasterTelevision/videos/705891530723734

फ्लाई-इन समाचार: COVID ले हामी सबैका लागि गम्भीर परिणामहरू ल्याऊँछन्, नोभेम्बर २४, २०२२बिहीबार, नोभेम्बर २४, २०२२ मा COV...
01/12/2022

फ्लाई-इन समाचार: COVID ले हामी सबैका लागि गम्भीर परिणामहरू ल्याऊँछन्, नोभेम्बर २४, २०२२
बिहीबार, नोभेम्बर २४, २०२२ मा COVID को मृत्यु तथ्याङ्क को एउटा नयाँ रिपोर्ट सुने पछि, सुप्रीम मास्टर चिंग हाई (भीगन) ले सुप्रीम मास्टर टेलीविजन टीमका सदस्यहरूसँग आफ्नो चिन्ता ब्यक्त गर्नुभयो, जुन मानिसहरूमा भाइरस सर्दा हुने गम्भीर परिणामहरूबारे तुरुन्त चेतावनी दिन चाहनुहुन्थ्यो।
यो फ्लाई-इन समाचार हेर्नको लागि, कृपया भ्रमण गर्नुहोस्

I mentioned something before and I have suspected – but now they say that COVID-19 is not mainly the pandemic of the unvaccinated. Vaccinated people now make up a majority of COVID deaths. (Wow. Oh, m…

Address


Alerts

Be the first to know and let us send you an email when Supreme Master TV Nepali सुप्रिम माष्टर टिभी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share