TTM Khabar.com

  • Home
  • TTM Khabar.com

TTM Khabar.com News portal site of Nepal

18/05/2024
11/05/2024

डेमोक्रेसी मिडिया नेटवर्कद्वारा डिएमएन न्युज सञ्चालनमा
द डिएमएन न्युजले नेपालमा अंग्रेजी भाषाको पत्रकारितालाई स्थानीय तहसम्म पुर्याउने लक्ष्य लिएको छः नेटवर्क
काठमाडौंः लोकतन्त्रको सुदृढीकरण, जवाफदेहीता र पारदर्शीता अभिबृद्धी, र सुशासन प्रबर्धन जस्ता विषयहरुमा साझेदारी र स्थानीय मिडियाहरुसँगको सहकार्य गर्ने उदेश्यले खुलेको डेमोक्रेसी मिडिया नेटवर्कले आजबाट अंग्रेजी भाषाको द डिएमएन न्यूज सञ्चालनमा ल्याएको छ ।
समाजमा रुपान्तरण तथा सकारात्मक परिवर्तनको पक्षमा काम गर्न मिडियाले प्रभावकारी भुमिका निर्वाह गर्नसक्ने तथ्यलाई मनन् गर्दै मुनाफा वितरण नगर्ने संस्थाको रुपमा डेमोक्रेसी मिडिया नेटवर्क स्थापना भएको हो ।
नेटवर्कको नेतृत्व पत्रकार तथा पत्रकारिता तथा आमसञ्चार प्राध्यापनमा संलग्न शिरोमणि ढुङ्गानाले गर्नेछन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरुमा काम गरेको अनुभव संगालेका ढुङ्गानाले हाल उनी इन्टरनेशनल प्रेस इन्च्टिच्युटको नेपाल च्याप्टर महासचिव समेत रहेका छन् । मिडिया अतिरिक्त उनले राष्ट्रिय योजना आयोग, विश्व बैंक, एशियाली विकास बैंक, र बीबीसी मिडिया एक्सन लगायतका संघसंस्थाहरुमा समेत अध्ययन–अनुसन्धान, ज्ञान व्यवस्थापन लगायतको क्षेत्रमा काम गरिसकेका छन् ।
गैरनाफामुलक संस्थाको रुपमा दर्ता भएको नेटवर्कमा द हिमालयन टाइम्स, रिपब्लिका, राइजिङ्ग नेपाल, न्यु बिजिनेश एज, नेपाल लाइभ टुडे लगायतका मिडियाहरुमा काम गरिसकेका युवा तथा अनुभवी पत्रकारहरु संस्थामा आवद्ध छन् ।
“द डिएमएन न्यूजमार्फत हामी स्थानीय तहका सकारात्मक प्रयासहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सम्प्रेषित गर्न चाहन्छौं । यसका लागि हामी बृहत रुपमा आपसी हित र सम्मानमा आधारित सहकार्य तथा साझेदारी गर्न चाहन्छौं,” नेटवर्कका अध्यक्ष शिरोमणि ढुङ्गानाले बताउनुभयो ।
स्थानीय, जिल्ला तथा प्रदेशस्तरमा रहेर पत्रकारिता गर्ने संस्थाहरु हाम्रो लोकतन्त्रप्रतिको अविचलित विश्वास पनि हो, उनले भने । “हामी जुनसुकै तह र तप्कामा रहेका मिडियाकर्मीहरुसँग मिलेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्न, सीमान्तकृत आवाजहरुलाई उजागर गर्न र समावेशी तथा न्यायपुर्ण समाजको पक्षमा आवाज उठाउन प्रतिवद्ध छौं ।”
समाजमा व्याप्त मिथ्या तथा झुटा सूचनाहरू र भ्रमलाई चिर्न स्थानीय तहको मिडियासँगको साझेदारी र सहकार्य उपयोगी हुने विश्वास उनले व्यक्त गरे ।
देशको समग्र अर्थतन्त्र नै संकटग्रस्त भएको र नागरिकहरूमा निराशा बढेको अहिलेको अवस्थामा मिडियाले समाजका सबै वर्ग तथा समुदायको आवाजलाई प्रतिनिधित्व गर्दै सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक रहेको उनले बताए ।
द डिएमएन न्युजको कार्यकारी सम्पादको जिम्मेवारी महावीर पौड्यालले गर्नेछन् । पौड्याल विगत एकदशकभन्दा लामो समयदेखि विभिन्न सञ्चारमाध्यमहरुमा काम गर्दै आईरहेका छन् ।
डेमोक्रेसी मिडिया नेटवर्क मुनाफा वितरण नगर्ने जनहितकारी उदेश्यसहित खुलेको संस्था हो । अंग्रेजी भाषाको द डीएमएन न्यूज पोर्टल बाहेक यसले देशका विभिन्न भेगका मिडिया तथा सञ्चार संस्थाहरुसँग सहकार्य तथा साझेदारी गर्ने र सञ्जाल निर्माण गर्ने समेत उदेश्य राखेको छ ।
यस अतिरिक्त संस्था विकास सञ्चार, मिडिया साक्षरताजस्ता जनतासँग जोडीएका विषयमा अभियान चलाउने, वकालत गर्ने र सचेतना अभिबृद्धी गर्ने समेत लक्ष्य राखेको छ ।
संस्थाले स्थानीय, जिल्लास्तरीय तथा प्रादेशिक मिडियाहरुजस्तै नागरिक समाज, प्राध्यापक, बुद्धिजिवी, शिक्षक, आमा समुह, स्वास्थ्यकर्मी लगायत सबैसँग मिलेर काम गर्ने समेत बताएको छ ।

गुराँसको फेदमुनी..................
23/04/2024

गुराँसको फेदमुनी..................

Address


Alerts

Be the first to know and let us send you an email when TTM Khabar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share