JTV Jaldhaka

JTV Jaldhaka This page is for learning local news and highlight the local village tourism. This is one of the mo
(1)

16/01/2025

16/01/2025

शताब्दीपुरुष हायमनदास राई 'किरात'को सालिग अनावरण

गोरुबथान:: गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको सहयोगमा, साझा साहित्य संरक्षण संस्थाले आज गोरुबथानको सोमबारे बजारको किराँत पार्कमा गोरुबथानको श्रीपेच हायमनदास राई 'किरात' को पुर्णाङ्क सालिग अनावरण गरिएको छ। कार्यक्रमको मुख्य अतिथी जिटिए कार्यपाल अनित थापाको बाहुलीबाट मुर्तिको अनावरण गरियो।श्री किरात साहित्य लेखनसँगैसँगै प्रकाशनको क्षेत्रमा पनि उतिकै उल्लेखनीय योगदान दिएर सिङ्गै नेपाली समाजलाई उपकृत तुल्याउन भएको कुरो सर्वविदित छ। स्व. हायमनदास राई ‘किरात’- को सालिक अनावरणले गोरुबथान तथा नेपाली साहित्यमा नयाँ आयाम थपिएको छ। सोमबारे बजारको नवनिर्मित किरात पार्कमा शताब्दीपुरुषको सालिक स्थापित गरिएको छ।यस कार्यक्रममा नेपाली साहित्यका अग्रज अनुज महान व्यक्तित्वहरुको बाक्लो उपस्थितिसितै साहित्यअनुरागि , सर्वसाधारणको उपस्थितिले कार्यक्रम सफल भएको थियो।यस कार्यक्रममा सांगीतिक तथा केही सुमधुर गीतहरुको पनि प्रस्तुति रहेको थियो।सन्जय प्रधान तथा रुस्तम शर्माद्वारा सन्चालित कार्यक्रममा नेपाली साहित्य अकादमीका सदस्य सुबास सोताङले सारगर्भित विचार व्यक्त गरे।यसै गरी अन्य वक्ताहरुले पनि स्व. किरातको नेपाली साहित्यप्रतिको योगदानको मुग्धकण्ठले प्रशंसा गरे।नेपाली साहित्यका शिखरपुरुष स्व. हायमनदास राई किरातको सालिग अमिर सुन्दासले बनाएका हुन्।

15/01/2025

आगमी दिनांक २३, २४ अनि २५ जनवरी २०२५ काे दिन, दलगाँउ जनता मैदानमा अखिल भारतीय तामङ बाैद्ध संघकाे महाअधिवेसन सम्पन्न हुनगईरहेकाे छ ।
#आयाेजक पक्षले दिए जानकारी ।

15/01/2025


15/01/2025

shri Mitra Dewan
Jaldhakha Police station

15/01/2025

गैरीबास बाह्र घरेमा दुईवटा हिम पाइप वितरण, गाँउमा कहिले बाटाे पुग्ने, आशमा बसेका छन् गाँउवासी ।

      2025
15/01/2025

2025

15/01/2025

माता सिद्धेश्वरी मन्दिर, तुङ्गसुङ्ग मा १७ जनवरी देखि २३ जनवरी सम्म चैतन्या महापुराण सम्पन्न भईरहेकाे छ ।
#निर्मला_शर्माद्वारा पुराणबारे सम्पूर्ण जानकारी ।

15/01/2025

अनिल लोप्चन दलमोरको प्रयासमा Pedenla Social Welfare Association ले दलमोरको बडा लाइनमा लुगा वितरण गर्याे जसमा २०० भन्दा अधिक आम मानिसहरुले यसको फाइदा उठाए ।

        GAIRIBAS MAHILA SANGATHAN
14/01/2025


GAIRIBAS MAHILA SANGATHAN

13/01/2025

म बिमल दाजुलाई भेट्नु मात्र गएकाे थिए, म त Purely BGPM पार्टीकै हुँ- बिट्टु राई ।
साेसिएल मिडियामा गाेजमुमाेलाई समर्थन भनेर आफ्नाे फाेटाे देख्दा बिट्टु राईले दिए स्पष्टीकरण ।

जीटीए सूचना एवं सांस्कृतिक विभागप्रति आभार प्रकट गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अन्तर्गत सूचना एवं सांस्कृतिक विभागले आ...
13/01/2025

जीटीए सूचना एवं सांस्कृतिक विभागप्रति आभार प्रकट

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अन्तर्गत सूचना एवं सांस्कृतिक विभागले आज नेपाली भाषा साहित्यका मूर्धन्य साहित्यकार तथा शताब्दी पुरुष हायमनदास राई किरातको नाममा आगामी वर्षदेखि पुरस्कार दिइने घोषणा गरेकोमा साझा साहित्य संरक्षण संस्था, गोरुबथानले आभार प्रकट गरेको छ।

साहित्य लेखनसँगैसँगै प्रकाशनको क्षेत्रमा पनि उतिकै उल्लेखनीय योगदान दिएर सिङ्गै नेपाली समाजलाई उपकृत तुल्याउने स्व. हायमनदास राई ‘किरात’-को नाममा जीटीए सूचना एवं सांस्कृतिक विभागद्वारा पुरस्कार घोषणा गरिनुपर्ने मागलाई साझा साहित्य संरक्षण संस्थाले धेरै वर्ष अघिदेखि उठान गर्दै आइरहेको थियो। गत 28 दिसम्बर 2024 को दिन एक टोलीले डुवर्सको साहित्यिक कार्यक्रममा जीटीए सूचना एवं सांस्कृतिक विभागका कार्यकारी सभासद अनोस थापासित भेट गरेर यस विषयबारे पुनः स्मरण गराएका थिए। कार्यकारी सभासद थापाले नै १३ जनवरी घोषणा गरिने जानकारी गराएका थिए। त्यसरी नै गत जनवरी पहिलो साता सिलगढीस्थित पिंटल भिलेजमा जीटीए मुख्य कार्यपाल अनित थापासित भेट गर्दा पनि यस विषयमा मुख्य कार्यपाल थापालाई पुनः जानकारी गराइएको थियो। मुख्य कार्यपाल थापाले यस विषयमा चाँडै घोषणा गरिने बताएका थिए।

जीटीएले नेपाली भाषा साहित्यका श्रीपेच हायमनदास राई किरातको स्मृतिमा पुरस्कार शुरु गरिने घोषणा गरेर महान कार्य गरेको मन्तव्य गर्दै साझा साहित्य संरक्षण संस्था गोरुबथानका सभापति तरूण राई अनि सचिव रूस्तम शर्माले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन मुख्य कार्यपाल अनित थापा, सूचना एवं सांस्कृतिक विभागीय कार्यकारी सभासद अनोस थापाप्रति कृतज्ञता प्रकट गरेका छन्। जीटीएकै सहयोगमा गोरुबथानमा आगामी १६ जनवरीको दिन पूर्णाङ्ग सालिकको पनि अनावरण भइरहेको छ।

स्मरण रहोस् आज जीटीए सूचना एवं सांस्कृतिक विभागद्वारा गाडीधुरामा आयोजित एक कार्यक्रममा नेपाली भाषा साहित्यका शताब्दी पुरुष हायमनदास राई किरात अनि एमएम गुरुङको स्मृतिमा आगामी वर्षदेखि पुरस्कार शुरु गरिने भारप्राप्त सभासद अनोस थापाले घोषणा गरेका छन्।

13/01/2025
  2025 -
13/01/2025

2025
-

13/01/2025

आगामी दिनांक २१ जनवरी २०२५ को दिन गैरीबास बिखबारीमा जीटीए आइडल अडिसनको पहिलो चरणको कार्यक्रम सम्पन्न भइरहेको छ |

Address


734503

Alerts

Be the first to know and let us send you an email when JTV Jaldhaka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to JTV Jaldhaka:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share