CTEVT Updates

  • Home
  • CTEVT Updates

CTEVT Updates CTEVT Updates is an educational Social Media Page. This page provides News and Updates from CTEVT-OCE and NEB and happenings around the world as well.

12/06/2024

भोलिबाट सुरु हुने डिप्लोमा तथा प्रमाणपत्र तह अन्तर्गतको Biomedical Equipment Engineering प्रथम वर्ष प्रथम खण्ड र प्रथम वर्ष दोस्रो खण्ड तथा विशेष छात्रवृत्ति कार्यक्रमको प्रथम वर्ष दोस्रो खण्डका विभिन्न कार्यक्रम र तेस्रो वर्ष प्रथम खण्डका विभिन्न कार्यक्रमको परीक्षामा सहभागी हुने सम्पूर्ण परीक्षार्थीलाई शुभकामना।

उप-केन्द्र कायम गरिएको सम्बन्धमा सिटिइभिटी कर्णाली प्रदेश कार्यालयको सूचना। दुर्गमका विद्यार्थीलाई राहत ।
11/06/2024

उप-केन्द्र कायम गरिएको सम्बन्धमा सिटिइभिटी कर्णाली प्रदेश कार्यालयको सूचना। दुर्गमका विद्यार्थीलाई राहत ।

10/06/2024

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सैद्धान्तिक र प्रयोगात्मकलाई फरक गरेर सार्वजनिक गर्ने भएको छ । असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने तयारीमा जुटेको बोर्डले यो वर्ष एसईईको नतिजा विगतभन्दा फरक ढंगले प्रकाशित गर्ने भएको हो ।

10/06/2024

इनबक्समा धेरै जनाले पहिलो वर्षको नतिजा कहिले प्रकाशित हुन्छ भनेर सोध्नु भएको छ। याद राख्नुहोला पहिलो, दोस्रो, तेस्रो वर्ष र दोस्रो सेमेस्टरको परीक्षा एकै पटक सञ्चालन भएका हुन् । अन्तिम वर्ष र अन्तिम सेमेस्टरको नतिजा परीक्षा सञ्चालन भएको ३-४ महिनामा प्रकाशित हुन्छ। तर अन्य वर्ष तथा सेमेस्टरको भने नतिजा प्रकाशन हुन करिब ६ महिनामा लाग्छ। नतिजा प्रकाशन गर्न Higher Year वा Semester को नतिजालाई Priority दिइने हुँदा प्रथम वर्षको नतिजा प्रकाशित हुन समय लागेको हो र प्रथम वर्षको नतिजा अबको केही दिनमा प्रकाशित हुनेछ।

10/06/2024

Retotaling Results includes,
•प्रि-डिप्लोमा तह : २०८० साल भाद्र महिनामा सञ्चालित परीक्षा प्रि-डिप्लोमा कृषि कार्यक्रम अन्तर्गत पशु स्वास्थ्य, उद्यमशीलता विकास तथा प्रि-डिप्लोमा ईन्जिनियरिङ्ग कार्यक्रम अन्तर्गत सबै ईन्जिनियरिङ नियमित/आंशिक परीक्षा । (नतिजा प्रकाशन मिति २०८१/०१/२५)
•प्रि-डिप्लोमा तह : २०८० साल भाद्र महिनामा सञ्चालित परीक्षा प्रि-डिप्लोमा कृषी कार्यक्रम अन्तर्गत पश्चिम प्रदेश) कृषि बालि बिज्ञान र पशु स्वास्थ्य नियमिता आंशिक परीक्षा। (नतिजा प्रकाशन मिति २०८०/०१/२३)
•२०८० साल भाद्र र मंसिर महिनामा सञ्चालित परीक्षा प्रि-डिप्लोमा ईन्जिनियरिङ्ग कार्यक्रम अन्तर्गत कम्प्युटर इन्जिनियरिङ् र सर्वे ईन्जिनियरिङका नियमित/आंशिक परीक्षा। (नतिजा प्रकाशन मिति २०८१/०१/२७)

10/06/2024

Second Year and Second Semester Result Published. Check It out.
•2nd Year
Forestry(R/B), Animal Science(B), Plant Science(B)

•2nd Sem
Biomedical Engineering(R), Refrigeration and A/C(R/B), Food & Dairy Technology(R/B), Agricultural Engineering(R), Social Works(R), Entrepreneurship Development (Special)(B)

Send a message to learn more

10/06/2024

जताततै फेसबुक ग्रुपहरुमा पहिलो वर्ष, दोस्रो वर्ष र पहिलो वर्ष/दोस्रो खण्डको रिजल्ट प्रकाशीत भयो भनेर हावादारी हल्ला भइरहेको पाइन्छ। यसले गर्दा अरुकोमा रिजल्ट देखायो मेरोमा किन देखाएन भनेर विद्यार्थी चिन्तित हुन पुग्छन्। तसर्थ यसरी हल्लाको पछाडि नलाग्नुहोला।

सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्राय बेलुका ६ बजे देखि ७:३० भित्र आफ्नो वेबसाइटमा प्रकाशित गर्छ। तर विद्यार्थीहरूको मार्कसिट चाहिँ रिजल्ट प्रकाशीत हुने सोही दिनको १:०० देखि ३:०० बजे भित्र वेबसाइटको सर्भरमा अपलोड गरिएको हुन्छ। मार्कसिट वेबसाइटको सर्भरमा अपलोड भएपश्चात बिद्यार्थीले आफ्नो मार्कसिट चेक गर्दा पुरै Blank देखाउँछ । सो मार्कसिट भोलि बिहान १२:०० बजे पछि मात्र हेर्न मिल्छ ।

मानौं यदि सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले आज बेलुका नतिजा प्रकाशीत गर्ने रहेछ भने, आज दिउँसो १: ०० देखि ३:०० बजे भित्र नै Marksheet वेबसाइटको सर्भरमा अपलोड गर्दछ। अपलोड गरेपछि यदि बिद्यार्थीले Maksheet चेक गरे भने पुरै Blank देखाउँछ र यदि आज नतिजा प्रकाशीत नगर्ने रैछ भने वेबसाइटको सर्भरमा Marksheet अपलोड गरिएको हुँदैन र Marksheet चेक गर्दा "Sorry ! No Record Found !!!"। भनेर देखाउँछ। उक्त marksheet दिउँसो नै वेबसाइटको सर्भरमा अपलोड गरेपछि बेलुका ६: ०० देखि ७:३० बजे भित्र पास भएका विद्यार्थीहरूको लिस्टको नोटिस प्रकाशित गर्दछ। दिउँसो नै अपलोड भइसकेको Marksheet भने भोलि बिहान १२:०० बजे पश्चात हेर्न मिल्छ । त्यसकारण नतिजा प्रकाशित हुने वा नहुने कुरा दिउँसो नै Marksheet चेक गरेर जानकारी लिन सकिन्छ र नचाहिने हल्लाबाट बच्न सकिन्छ।

Big Breaking: जारी आईसीसी पुरुष टी-२० विश्वकपमा सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरूमा नेपाली राष्ट्रिय क्रिकेट टो...
10/06/2024

Big Breaking: जारी आईसीसी पुरुष टी-२० विश्वकपमा सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमाबार एक विज्ञप्तिमार्फत यसको जानकारी दिएको हो ।

काठमाडौं बाहिरबाट काठमाडौं उपत्यका आई घर भाडामा लिई स्नातक वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीहरुबाट विद्य...
09/06/2024

काठमाडौं बाहिरबाट काठमाडौं उपत्यका आई घर भाडामा लिई स्नातक वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीहरुबाट विद्युतीय चुलोको माग संकलन सम्बन्धी सूचना ।

09/06/2024

सरकारले नागरिकले राज्यबाट सेवासुविधा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र (नेसनल आईडी) को प्रयोग अनिवार्य गर्दै जाने रणनीति अघि सारेको छ । राष्ट्रिय परिचयपत्रको एउटै कार्डमा उल्लिखित नम्बरका आधारमा नागरिकले पाउने सेवासुविधा मात्र होइन, व्यक्तिको आर्थिक र व्यापारिक कारोबारको सबै विवरण क्यूआर कोडमा स्क्यान गरेर हेर्न सकिने सफ्टवेयरको परीक्षण भइरहेको छ ।

08/06/2024

सिटिइभिटीको शैक्षिक कार्यपत्रो अनुसार,
•पहिलो वर्ष, दोस्रो वर्ष, तेस्रो वर्ष, पहिलो वर्ष दोस्रो खण्ड र दोस्रो वर्ष दोस्रो खण्डको परीक्षा फाराम भर्ने : २०८१ असार भरी
•प्रि-डिप्लोमा(१२+६) को परीक्षा फाराम भर्ने : २०८१ जेठको दोस्रो सातादेखि असारको पहिलो साता सम्म
•प्रि - डिप्लोमा(१५+३) को परीक्षा फाराम भर्ने : २०८१ साउनको अन्तिम सातादेखि भदौको तेस्रो साता सम्म
•तेस्रो वर्ष दोस्रो खण्डकोको परीक्षा फाराम भर्ने : २०८१ साउनको अन्तिम सातादेखि भदौको तेस्रो साता सम्म

•पहिलो वर्ष, दोस्रो वर्ष, तेस्रो वर्ष, पहिलो वर्ष दोस्रो खण्ड र दोस्रो वर्ष दोस्रो खण्ड र प्रि-डिप्लोमा(१२+६) को परीक्षा : २०८१ भाद्र तेस्रो सातादेखि
•प्री- डिप्लोमा(१५+३) को परीक्षा : २०८१ कार्तिक तेस्रो साताबाट ।
•तेस्रो वर्ष दोस्रो खण्डको परीक्षा : २०८१ कार्तिक अन्तिम साताबाट ।

08/06/2024

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार SEE २०८० को उत्तरपुस्तिका जाँच सकिएको छ र अहिले प्राप्ताङ्क इन्ट्री गर्ने काम हुँदै छ। नतिजा भने असारको दोस्रो सातासम्ममा प्रकाशित गर्ने तयारी छ ।

06/06/2024

५ औं सेमेस्टरको परीक्षा सुरु हुन एक हप्ता मात्र बाँकी छ। कस्तो छ त तयारी ?

06/06/2024

इनबक्समा धेरै जनाले सिटिइभिटीबाट समकक्षता प्रमाणपत्र (Equivalency Certificate) कसरी लिन सकिन्छ भनेर सोध्नु भएको छ। समकक्षता प्रमाणपत्र CTEVT प.नि.का.को वेबसाइटमा गई सजिलै लिन सकिन्छ ।
समकक्षता प्रमाणपत्र लिन निम्न प्रक्रिया अपनाउनुहोस्।
१. सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा जानुहोस् ।
२. त्यसपछि Retotalling Request भन्दा तलपट्टी रहेको Equivalence Request मा क्लिक गर्नुहोस्।
३. अब आफ्नो Account बनाएर CTEVT Registered Students मा क्लिक गर्नुहोस् ।
४. आफ्नो Registration Number र Date of Birth भर्नुहोस् । बाँकी Details आफै fill हुनेछ।
५. अन्तिममा आफ्नो फोन नम्बर र ईमेल राखेर next मा क्लिक गर्नुहोस् ।
६. अब Connect IPS बाट रु ५०० तिरेर Proceed गर्नुहोस्।
यति गरपछि हजुरको समकक्षता प्रमाणपत्र को आवेदन पूरा हुनेछ। समकक्षता प्रमाणपत्र लिन सिटिइभिटीको केन्द्रीय कार्यलय सानोठिमी भक्तपुर जानुपर्नेछ।

06/06/2024

Sad News: आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका एक जना पुरुषको उपचारका क्रममा बिहीबार मृत्यु भएको छ।

डिप्लोमा तहको परीक्षा दिन हुम्लाबाट सुर्खेत आउनुपर्ने !! के सिटिइभिटीका पदाधिकारी मान्छे नै हुन त ? दुर्गम क्षेत्रका विद...
06/06/2024

डिप्लोमा तहको परीक्षा दिन हुम्लाबाट सुर्खेत आउनुपर्ने !! के सिटिइभिटीका पदाधिकारी मान्छे नै हुन त ? दुर्गम क्षेत्रका विद्यार्थीलाई किन यत्तिको हेपाई? सहरमा पढ्न सक्ने आर्थिक र पारिवारिक अवस्था नभएर आफ्नो गाउँ घरको बिद्यालयमा पढ्न बाध्य भएका विद्यार्थीमाथि किन यस्तो अन्याय ? सुर्खेत आउन, जान र बस्न लाग्ने खर्च कसरी व्यहोर्नु ? परीक्षा केन्द्र यति टाढा कायम गर्नु भनेको गरीब विद्यार्थीलाई प्राविधिक शिक्षाबाट वञ्चित गर्न खोज्नु हो ।

05/06/2024

"विदेशबाट घुम्न आएकी मन्त्री भइन् ...." भन्ने केपी शर्मा ओलिको अभिव्यक्तिप्रति टिप्पणी गर्दै शिक्षा मन्त्री सुमना श्रेष्ठले लेख्नुहुन्छ
विदेशमा पढ्न वा रोजगारीका लागि कोही पनि नगएको परिवार खोज्न कतिको सहज छ ? पक्कै छैन । अवस्था कस्तो छ भने नागरिकतामा उमेर बढाएर किशोर/किशोरीहरू विदेशिदैँछन् भन्ने सुन्दा नपत्याउने आधार छैन । साह्रै ठूलो संख्यामा युवाहरू विदेशमा छन् ।

आफ्नो गच्छेले सकेको ठाउँमा पुगेका हुन्छौँ । विदेशमा सहजताका लागि लामो समयको भिसा, पिआर वा नागरिकता जस्ता कागजात लिएका हुन सक्छन् । विदेशमा प्रेम होला, बिहे होला ।

कतिले विदेश पुगे पछि मात्र नेपाली समाजको गुणहरू बुझ्छन्, आफ्नो जरा नेपालमा भएको महसुस गर्छन् । विभिन्न कारणले विदेश पुगेकाहरू धेरैको मनमा परिस्थिति मिले नेपाल नै फर्किएर यहाँ नै सम्वृद्ध र सहज जीवन जिउने चाहना हुन्छ । स्वयम् नेपाल राज्यले नै त्यस्ता मानिसहरू नेपाल भित्र्याउने सोच राखेको नीतिहरू भेटिन्छन् । ब्रेन गेन, एनआरएनको नागरिकता जस्ता कार्यक्रमहरू त्यसकै लागि हुन् ।

तर, जब त्यस्ता मानिसहरू नेपाल फर्किन्छन्, फर्किदा पैसा बाहेक सबै कुराले रित्तो भएर आउन् भन्ने यहाँ राजनीतिमा जमेर बसेकाहरूलाई लाग्दो रहेछ । यहाँ आएर राजनीतितिर नहेरून्, उनीहरूको शक्ति र बर्षौँदेखि जमाएर गरिरहेको राजनीतिक पेसामा प्रतिष्पर्धा नबढाउन्, उनीहरूको हो मा हो भन्ने कार्यकर्ता बनून् भन्ने अभिष्ट राख्दा रहेछन् । यो "तँ बसेर आएको देश हो र नेपाल पो हो" भनेर हरेक कुरामा सम्झौता गरोस् भन्ने अपेक्षा हुदोरहेछ। कर्मचारीतन्त्र र यहाँका पेशाकर्मीहरू पनि विदेशमा पढेकाहरूलाई प्रतिस्पर्धी मात्र देख्दारहेछन्, ऐले पौडिरहेको सानो पोखरीमा आफ्नो कब्जा रहिरहोस् भन्ने ध्येय हुनेरहेछ, उनीहरुको सीप र लगनले पोखरी नै ठूलो हुन सक्ने देख्दैनन् ।
महिलालाई हेर्ने मानसिकता विकराल छ र झनै बढी प्रहार हुने रहेछ । "समाजको नियम" भनेर के लगाउने, के बोल्ने हरेक कुरामा लक्ष्मण रेखा कोरिदिने र त्यहीभित्र बसोस् भन्ने सोच हुनेरहेछ, यहि भएर होला प्रायः हाम्रा बहिनी छोरी विदेशबाट फर्कन खोज्दैनन्। अनि बिहे भए पछि जन्मेको घरप्रति कुनै जिम्मेवारी हुँदैन? श्रीमान् को पहिचान बाहिर नारीको आफ्नो पहिचान हुँदैन ? के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भै हाल्छ? अहिलेसम्म पुस्तौदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यहि कारणले मात्र उत्पात विकास हुने रहेछ त ? हामीले लडेर ल्याइदिएको अधिकारको मज्जा लिइरहेको छौ भनेर नथाक्नेहरू नै त्यसको उपयोग गर्दा भने भड्किन पुग्छन् । यसको पछिल्लो उदाहरण समाजका अगुवाको अभिव्यक्ति हो । देख्दा त्यो केवल एकजना सुमना श्रेष्ठको लागि हो भन्ने देखिएला तर त्यसले मजस्तै जो सानै उमेरमा राम्रो अध्ययनको अवसर लिन बाहिरिन्छ, जो कमाउन बाहिरिन्छ, ती सबै प्रति लक्षित हो ।

यसैले म आग्रह गर्छु, त्यस्तो सोच जोसुकैबाट आओस्, त्यसका विरूद्धमा रहन आवश्यक छ । भन्नै पर्छ कि यो हाम्रो समय हो, जुन जस्तो अवस्था भए पनि हरेक नागरिकको सम्मानको समय हो । त्यसले "नेपाल जान्छु र केहि गर्छु" भन्नेहरूलाई निरूत्साहित हुनबाट जोगाउँछ । देश कुनै अमुक नेताहरूको कैदमा मात्रै छ र उनीहरूको मर्जीबिना देशमा पात पनि हल्लिदैन भन्ने धारणा फेरिन सक्छ । साँच्चै नै ब्रेन गेन हुन पुग्छ ।

05/06/2024

चाबहिलमा एक पुरुषले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । आगो निभाउने क्रममा उनको परिवारका अन्य ४ जना पनि घाइते भएका छन् ।

05/06/2024

CTEVT, Controller of Examination has published results of some faculty including,
1. 3rd Year Dental Science (Chance)
2. 3rd year General Ayurved Medicine(Chance)
3. 3rd Year General Medicine(Chance)
4. 3rd Year Medical Laboratory Technology(Chance)
5. 3rd Year Nursing(Chance)
6. 3rd Year Ophthalmic Science(Chance)
7. 3rd Year Pharmacy(Chance)
8. 3rd Year Agriculture (Animal Science)(Chance)
9. 3rd Year Agriculture (Plant Science)(Chance)
10. 3rd YearForestry(Chance)
11. 6th Sem DHM(R/B)
12. 2nd Year Acupuncture, Acupressure and Moxibustion(R/B)
13. 2nd Year General Ayurved Medicine(R/B)
14. 2nd Year Nursing(R/B)
15. 2nd Year Ophthalmic Science(R/B)
16. 2nd Year Physiotherapy(R/B)
17. 2nd Year Yog and Naturopathy(R/B)
18. 6th Semester Geomatics Engineering (Regular)

भर्ना सम्बन्धी निर्देशिकाको लागि सुझाव पठाउने बारे सिटिइभिटी प.नि.का.को सूचना ।
05/06/2024

भर्ना सम्बन्धी निर्देशिकाको लागि सुझाव पठाउने बारे सिटिइभिटी प.नि.का.को सूचना ।

05/06/2024

कसरी गर्ने त Retotaling Request ?
१.पहिला सिटिइभिटी प.नि.का.को वेबसाइट खोल्नुहोस् र Retotaling Request (Yearly/Semester) मा क्लिक गर्नुहोस्।
२. अब एउटा फर्म खुल्नेछ त्यहाँ क्रमशः आफ्नो रेशिष्ट्रेशन नम्बर र जन्ममिति भर्नुहोस् । यति गरेपछि तपाईंको नाम, अध्ययनरत कार्यक्रम, विद्यालयको नाम स्वतः भरिने छ।
३. अब Retotaling गर्न चाहेको सेमेस्टर वा Year छनोट गरी विषयहरुमा टिक मार्क लगाउनुहोस् ।
४. अब Capcha मा टिक मार्क लगाई Proceed For Payment मा क्लिक गर्नुहोस् ।
५.पेमेन्टको लागि Connect IPS छनोट गरी"Pay Via Connect IPS" मा क्लिक गर्नुहोस्।
६. अब Connect IPS को User Credentials हाल्नुहोस् र मोबाइल नम्बरमा आएको OTP हालेर Proceed गर्नुहोस् ।

यति गरेपछि तपाईंको Form submit हुन्छ । याद गर्नुहोस् नतिजा प्रकाशित भएको २१ दिनभित्र फर्म Submit गर्नुपर्छ र प्रत्येक विषयको Retotaling गर्दा रु ५००/- शुल्क लाग्नेछ।

श्रमाधान रोजगार मेलामा सहभागिता/स्टल राख्ने सम्बन्धी सिटिइभिटी बागमती प्रदेश कार्यालयको सूचना ।
05/06/2024

श्रमाधान रोजगार मेलामा सहभागिता/स्टल राख्ने सम्बन्धी सिटिइभिटी बागमती प्रदेश कार्यालयको सूचना ।

Good luck Team Nepal 🇳🇵🏏🏆❤️
05/06/2024

Good luck Team Nepal 🇳🇵🏏🏆❤️

05/06/2024

डिप्लोमा तह अन्तर्गत प्रथम वर्ष, दोस्रो वर्ष, तेस्रो वर्ष र प्रथम वर्ष दोस्रो खण्डका कार्यक्रमहरुको परीक्षा भएको आज ६ महिनामा बितेको छ। जसमा तेस्रो वर्ष र दोस्रो वर्षका केही कार्यक्रमहरुको नतिजा प्रकाशित भएका छन् । प्रथम वर्ष र प्रथम वर्ष दोस्रो खण्डका कुनै पनि कार्यक्रमहरुको नतिजा प्रकाशित भएको छैन। आशा छ बाँकी कार्यक्रमहरुको नतिजा पनि छिटै प्रकाशित हुनेछ।

परीक्षा केन्द्र कायम गरिएको सूचना । Detailed Notice कार्यालय समय पश्चात परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा हेर्न सकि...
05/06/2024

परीक्षा केन्द्र कायम गरिएको सूचना । Detailed Notice कार्यालय समय पश्चात परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा हेर्न सकिने छ ।
स्रोत : गोरखापत्र (https://epaper.gorkhapatraonline.com/)

SMS, IVR वा Website बाट माध्यमिक शिक्षा परीक्षा (SEE) २०८० को नतिजाको जानकारी गराउने सम्बन्धी सूचना ।
05/06/2024

SMS, IVR वा Website बाट माध्यमिक शिक्षा परीक्षा (SEE) २०८० को नतिजाको जानकारी गराउने सम्बन्धी सूचना ।

05/06/2024

डिप्लोमा तह पाँचौं सेमेस्टरको परीक्षा केन्द्र सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा प्रकाशित भएको छ।
Detailed Notice : https://tinyurl.com/centerdetail

Withheld Result of Kathmandu Training Center
05/06/2024

Withheld Result of Kathmandu Training Center

Address


Alerts

Be the first to know and let us send you an email when CTEVT Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share