The Madhyanepal Post

  • Home
  • The Madhyanepal Post

The Madhyanepal Post Welcome to "The Madhynepal Post" page, your source for the latest news and up-to-date information from around Madhynepal municipality.
(3)

Follow us for our live updates, and exclusive content.❤️

द मध्यनेपाल पोष्ट !

Sad News : मध्यनेपाल नगरपालिका वडा नं-६ भोर्लेटार बाट काठमाडौं जाँदै गरेको ग १ ख ८९७४ नम्बरको यात्रुबाहक बस र विपरित दिश...
22/08/2024

Sad News : मध्यनेपाल नगरपालिका वडा नं-६ भोर्लेटार बाट काठमाडौं जाँदै गरेको ग १ ख ८९७४ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आउँदै गरेको ट्याङ्कर मुग्लिङ-पाेखरा सडक खण्ड अन्तर्गत आँबुखैरेनी, डम्फिन नजिकै दुर्घटना मा परेको छ। यात्रुबाहक बस र ट्याङ्कर एकआपसमा ठोकिँदा केही यात्रुहरु घाइते भएका छन्। घाइते यात्रुहरुको हाईवे अस्पताल आबुखैरेनिमा उपचार भइरहेको छ।😥

मध्यनेपाल नगरपालिका वडा नं -३ कोटको थानमा अवस्थित नागभैरव मन्दिरको उत्पति कसरी भयो के तपाईलाई थाहा छ? घले राजाको राज्य क...
20/08/2024

मध्यनेपाल नगरपालिका वडा नं -३ कोटको थानमा अवस्थित नागभैरव मन्दिरको उत्पति कसरी भयो के तपाईलाई थाहा छ?

घले राजाको राज्य कालमा सो क्षेत्रमा कहिले लगातार भिषण असिना वर्षा अनि कहिले लामो खडेरी सहितको अनिकालले धनजनको ठुलो क्षेती गराएको थियो रे। उक्त प्रकृतिक प्रकोपले आक्रान्त बनाएपछि संकट मोचनको लागि नागभैरवको स्थापना गरिएको र तेस पस्चात सु-संकट बाट मुक्ति मिल्न पुगेको भन्ने किंवदन्ती पाइन्छ। नागभैरव थानमा वर्षमा २ पटक पुजा गर्ने प्रचलन छ।१ पटक बडा दशैंको नवमीमा र अर्को पटक चैते दशैंको अष्टमीमा।

धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएको नागभैरव थान क्षेत्रको संरक्षण गर्ने अत्यन्त्यै जरुरी रहेको छ। मध्यनेपाल नगरपालिका का जनप्रतिनिधिलाई यस विषयमा ध्यानाकर्षण गराउन चाहन्छौं।

आस्था अनि विश्वास इशानेश्वर महादेव।🥹❤️📷 : अनुज थापा क्षेत्री
14/08/2024

आस्था अनि विश्वास इशानेश्वर महादेव।🥹❤️

📷 : अनुज थापा क्षेत्री

भुटानमा हुन गईरहेको SAFF U17 CHAMPIONSHIP को लागि अखिल नेपाल फुटबल संघमा सञ्चालन भइरहेको यु -१७ केन्द्रीय छनौटको दोस्रो ...
14/08/2024

भुटानमा हुन गईरहेको SAFF U17 CHAMPIONSHIP को लागि अखिल नेपाल फुटबल संघमा सञ्चालन भइरहेको यु -१७ केन्द्रीय छनौटको दोस्रो चरणमा पनि सफल बनेका लमजुङ मध्यनेपाल नगरपालिका वडा नं -६ भोर्लेटार का खेलाडी जिबन गुरुङ लाई हार्दिक बदाई तथा शुभकामना। ❤️

Photo feature : आज श्रावण महिनाको अन्तिम सोमबार इशानेश्वर महादेव मन्दिरमा पूजा अर्चनाका लागि आएका भक्तजनहरु। ❤️🙏📷 : सुरज...
12/08/2024

Photo feature : आज श्रावण महिनाको अन्तिम सोमबार इशानेश्वर महादेव मन्दिरमा पूजा अर्चनाका लागि आएका भक्तजनहरु। ❤️🙏

📷 : सुरज गुरुङ

12/08/2024

जय शम्भु : आज साउन महिनाको चौंथो सोमबार इशानेश्वर महादेवले सबैको रक्षा गरुन।❤️🙏

🎥 : Anil Ghimire

वर्षौ देखि पटक पटक स्थानीय निकायलाई ध्यानकर्षण गराउदा पनि सडक निर्माण बारे केही चासो नदेखाएपछि मध्यनेपाल नगरपालिका वडा न...
09/08/2024

वर्षौ देखि पटक पटक स्थानीय निकायलाई ध्यानकर्षण गराउदा पनि सडक निर्माण बारे केही चासो नदेखाएपछि मध्यनेपाल नगरपालिका वडा नं- ९ खलक का स्थानीयले यस वर्ष पनि आफैं सडक निर्माण गरेका छन्। 🥲

📷 : Binod Gurung

इशानेश्वर महादेवको दर्शन गरे पछि यो मन साह्रै आनन्दित छ अनि साह्रै खुसी !!इश्वर प्रति मनमा धेरै विश्वास राखेको छु सबको भ...
05/08/2024

इशानेश्वर महादेवको दर्शन गरे पछि
यो मन साह्रै आनन्दित छ अनि साह्रै खुसी !!

इश्वर प्रति मनमा धेरै विश्वास राखेको छु
सबको भलो सबको कल्याण यै नै मागेको छु !!

हरियाली मन्दिर परिसर आहा कति राम्रो
इशानेश्वर महादेवले रक्षा गरुन हाम्रो !!❤️🙏

29/07/2024

साउन महिनाको दोस्रो सोमबार, इशानेश्वर महादेव मन्दिर परिसर करापुटार लमजुङ।❤️🕉️

🎥 : Amit Grg

उहाँ हुनुहुन्छ लमजुङको मध्यनेपाल नगरपालिका वडा नं -३ स्कुलटारमा अवस्थित श्री मंगला माध्यमिक विद्यालयमा बिगत २० वर्ष देखि...
26/07/2024

उहाँ हुनुहुन्छ लमजुङको मध्यनेपाल नगरपालिका वडा नं -३ स्कुलटारमा अवस्थित श्री मंगला माध्यमिक विद्यालयमा बिगत २० वर्ष देखि अध्यापन गराउनु भएको शिक्षक श्री अर्जुन कुमार न्यौपाने। मंगला मा वि मा २० वर्षे देखि अध्यापन गराएर आजकै मिति देखि उहाँ स्वेच्छिक सरुवा भई नवलपरासी (पूर्व नवलपुर) मा स्थानान्तरण हुनु भएको छ। शिक्षक श्री अर्जुन कुमार न्यौपानेले मंगला मा वि लाई दिनुभएको योगदान अनुकरणीय छ।‌ आज भएको विदाइ कार्यक्रम बिच केही विधार्थी भावुक बन्न पुगे। उहाँको एक विधार्थीले हामी सँग भन्नु हुन्छ " २०७४ साल तिर मलाई पनि अर्जुन सरले पढाउनु भएको हो। मंगला मा वि मा सरले Maths subject पढाउनु हुन्थ्यो। म भने Maths मा असाध्यै कमजोर , सर सँग केही प्रश्न सोध्न पनि डर लाग्ने। विधार्थीलाई शिक्षक सँग डर लाग्नु स्वाभाविक हो, मलाई पनि लाग्यो। एक दिन आट गरेर सर सँग एउटा प्रश्न सोध्य , सरले सरल तरिकाले प्रश्न बुझाउनु भयो तेस पछि Maths subject तेती गार्हो लागेन र सर सँग डर पनि लाग्न छोड्यो। केही नबुझे मेरो घरमै आउनु वा मिल्ने भए बाटैमा सोध्नु भन्नु भएको कुरा आज पनि ताजै स्मरण छ। निकै माया गर्नुहुन्थ्यो सरले नबुझेको कुरा बुझाउनु हुन्थ्यो। कहिले काँही ति दिन सम्झन्छु आँखा भरिएर आउँछ।❤️🥺

Breaking : ४१ औं एतिहासिक साउने सक्रान्ती मेला तथा ११ औं बिष्णु बहादुर गुरुङ एण्ड मञ्जा बहादुर गुरुङ रनिङ शिल्ड फुटबल प्...
24/07/2024

Breaking : ४१ औं एतिहासिक साउने सक्रान्ती मेला तथा ११ औं बिष्णु बहादुर गुरुङ एण्ड मञ्जा बहादुर गुरुङ रनिङ शिल्ड फुटबल प्रतियोगीताको उपाधी गन्नी फुटबल क्लब पोखराको पोल्टामा।❤️

Local Football craze : मध्यनेपाल नगरपालिका वडा नं-१ जितामा भइरहेको ४१ औं एतिहासिक साउने सक्रान्ती मेला तथा ११ औं बिष्णु ...
24/07/2024

Local Football craze : मध्यनेपाल नगरपालिका वडा नं-१ जितामा भइरहेको ४१ औं एतिहासिक साउने सक्रान्ती मेला तथा ११ औं बिष्णु बहादुर गुरुङ एण्ड मञ्जा बहादुर गुरुङ रनिङ शिल्ड फुटबल प्रतियोगीताको फाइनलमा देखिएको दर्शकको भिड।😯❤️

📷 : Lamjung sports

23/07/2024

मध्यनेपाल नगरपालिका वडा नं-६ मा अवस्थित भोर्लेटार बजारको ड्रोन भिडियो।❤️

Video : BK1

लाजको पसारो : पानीको बहाव बढेको समयमा चर्दी खोला पुलमा खोला वारपार गर्न राखिएको भर्‍याङ।😶
22/07/2024

लाजको पसारो : पानीको बहाव बढेको समयमा चर्दी खोला पुलमा खोला वारपार गर्न राखिएको भर्‍याङ।😶

 #जयशम्भु : आज श्रावण महिनाको पहिलो सोमबार इशानेश्वर महादेव मन्दिर दर्शन गर्न आएका भक्तजनको घुइँचो।❤️🙏📷 : सुरज गुरुङ
22/07/2024

#जयशम्भु : आज श्रावण महिनाको पहिलो सोमबार इशानेश्वर महादेव मन्दिर दर्शन गर्न आएका भक्तजनको घुइँचो।❤️🙏

📷 : सुरज गुरुङ

21/07/2024

चुड्का नाच, मध्यनेपाल नगरपालिका वडा नं-१ जिता लमजुङ।❤️

📷 : Golden future Youth Club

बबाल क्रेज : मध्यनेपाल नगरपालिका वडा नं-१ जितामा भइरहेको ११ औं बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड खु...
20/07/2024

बबाल क्रेज : मध्यनेपाल नगरपालिका वडा नं-१ जितामा भइरहेको ११ औं बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड खुल्ला राष्ट्रव्यापी फूटबल प्रतियोगिता हेर्न आएका दर्सकहरु।❤️😯

📷 : सुरज गुरुङ

मध्यनेपाल नगरपालिका वडा नं -१० थान्सिङ, नेटामा अवस्थित धार्मिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिएको मालिका देवी मन्दि...
17/07/2024

मध्यनेपाल नगरपालिका वडा नं -१० थान्सिङ, नेटामा अवस्थित धार्मिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिएको मालिका देवी मन्दिर।❤️

📷 : Aashish Adhikari

12/07/2024

खोलामा पानीको बहाव बढेको कारण आज पनि चर्दी खोलामा यात्रु बाहक बस अड्किएको छ। आ-आफ्नो गन्तव्य तर्फ हिडेका यात्रुहरु चर्दी खोलामा अलपत्र परेका छन्।🥲

10/07/2024

पुल निर्माण समयमै हुन नसक्दा यस वर्ष पनि जनताले चर्दी खोलामा दुःख भोग्नु परेको छ। साढे दुई वर्ष अघि थालिएको पुल निर्माण कार्य अझै सम्पन्न नहुँदा यो अवस्था आएको हो।😬

06/07/2024

: मादी ,मिदिम , रिस्ती , गोलौदी ,‌पिस्ती र चर्दी खोलामा पानीको सतह बढ्दो क्रममा रहेको र थप बढ्न सक्ने रहेकोले सबैलाई सतर्कता अपनाउन बिनम्र अनुरोध गर्दछौं।

- पानीको सतह बडेको कारण खहरे, चर्दी र गोलौदी खोलामा साना सवारीसाधन : कार , जिप ,भ्यान , मोटरसाइकल र स्कुटर तार्न कठिनाइ भइरहेको जानकारी प्राप्त भएको छ। यात्रा गर्दा सावधानी अपनाउनु होला।

06/07/2024

LIVE : निरन्तर परिरहेको पानीको कारण चर्दी खोलामा सवारी साधन आवतजावत गर्ने कठिनाइ भएको छ।

शिव नै सत्य हो, सत्य नै शिव : आज सोमबार भगवान शिवको दिन इशानेश्वर महादेवले सबैको रक्षा गरुन।🕉️🙏  #जयशम्भु
01/07/2024

शिव नै सत्य हो, सत्य नै शिव : आज सोमबार भगवान शिवको दिन इशानेश्वर महादेवले सबैको रक्षा गरुन।🕉️🙏 #जयशम्भु

असार १५ को सम्पुर्ण मा शुभकामना ।❤️तस्विर : मध्यनेपाल नगरपालिका वडा नं-६ मा असार १५ मनाइदै। 📸 : Suraj Gurung
29/06/2024

असार १५ को सम्पुर्ण मा शुभकामना ।❤️

तस्विर : मध्यनेपाल नगरपालिका वडा नं-६ मा असार १५ मनाइदै।

📸 : Suraj Gurung

 #जयशम्भु : आज सोमबार भगवान शिवको दिन, इशानेश्वर महादेवले सबैको रक्षा गरुन।❤️🙏In frame : करिब १२ वर्ष पुरानो इशानेश्वर म...
24/06/2024

#जयशम्भु : आज सोमबार भगवान शिवको दिन, इशानेश्वर महादेवले सबैको रक्षा गरुन।❤️🙏

In frame : करिब १२ वर्ष पुरानो इशानेश्वर महादेव मन्दिरको तस्बिर।

इशानेश्वर महादेवले सबैको रक्षा गरुन : Night view of ishaneswor Mahadev Temple, Karaputar Lamjung ❤️🙏
09/06/2024

इशानेश्वर महादेवले सबैको रक्षा गरुन : Night view of ishaneswor Mahadev Temple, Karaputar Lamjung ❤️🙏

04/06/2024

हाम्रो प्यारो मध्यनेपाल नगरपालिका।❤️
!! PROMO VIDEO !!

Footage Used :
Kbt Nepal, Anil Dura

Downloading this Video and using it to another platform is strictly prohibited.

मध्यनेपाल नगरपालिका भित्रका केही स्थानमा आज बजार अनुगमन गरिएको छ। गण्डकी प्रदेशका बजार अनुगमन टिमले भोर्लेटार, रामबजार र...
29/05/2024

मध्यनेपाल नगरपालिका भित्रका केही स्थानमा आज बजार अनुगमन गरिएको छ। गण्डकी प्रदेशका बजार अनुगमन टिमले भोर्लेटार, रामबजार र दुईपिप्ले मा बजार अनुगमन गरेका हुन्।

Photo : Suraj Gurung

Address


Website

Alerts

Be the first to know and let us send you an email when The Madhyanepal Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Madhyanepal Post:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share