Sankhuwasabha-सङ्खुवासभा

Sankhuwasabha-सङ्खुवासभा प्रदेश– काेसी
सदमुकाम– खाँदबारी
गाउँपालिका– ५
नगरपालिका–५
तपाईंहरुसँग जिल्लाको महत्त्वपूर्ण जानकारी, फोटो, भिडिओ भए पठाउनुहोस् ।

सतर्क रहनुहोस् ! 🙏
25/06/2024

सतर्क रहनुहोस् ! 🙏

सङ्खुवासभा र भोजपुरको सिमाना भएर बहने अरुण नदीमा जलसतह बढ्नाले सवारी साधन वारपार गर्न चलाइँदै आएको फेरी बन्द भएपछि सतिघा...
23/06/2024

सङ्खुवासभा र भोजपुरको सिमाना भएर बहने अरुण नदीमा जलसतह बढ्नाले सवारी साधन वारपार गर्न चलाइँदै आएको फेरी बन्द भएपछि सतिघाटको झोलुङ्गे पुलबाट सामान ओसार्दै स्थानीय मजदुर । पक्की पुल नबनेकाले अरुण नदीमा पानीको सतह बढेपछि जेठ महिनाको अन्तिम सातादेखि फेरी सञ्चालन बन्द गरिएको हो ।

तस्बिर : सुजन बज्राचार्य/रासस

सङ्खुवासभा कलाकार चौतारी काठमाडौँ नेपालको तेस्रो साधारणसभाबाट कमल खत्रीको नेतृत्वमा कार्यसमिति सर्वसहमत चयन गरिएको छ । १...
23/06/2024

सङ्खुवासभा कलाकार चौतारी काठमाडौँ नेपालको तेस्रो साधारणसभाबाट कमल खत्रीको नेतृत्वमा कार्यसमिति सर्वसहमत चयन गरिएको छ ।

१,अध्यक्ष - कमल बहादुर खत्री
२, उपाध्यक्ष - भबिन ढुंगाना
३, सचिव- डि जे मेवाहाङ
४,सह सचिब - राजु बाह्रकोटी
५,कोषाध्यक्ष - कुसुम गुरुङ
६, सहकोषाध्यक्ष - नौलिमाया याम्फु
७, सदस्य - निलम गुरुङ
८, सदस्य - गुरु भोटिया
९, सदस्य - प्रेम तामाङ
१०, सदस्य - परेश राई
११, सदस्य - छिरिङ भोटे
१२,सदस्य - तृतीय गुरुङ
१३, सदस्य - पवित्रा गुरुङ
१४, सदस्य - प्रभा राई
१५,सदस्य - गोबिन्द राई
१६,सदस्य -डेगेन्द्र मेवाहाङ
१७, सदस्य - वाङछिरिङ भोटिया

सुचना तथा प्रविधि
१,संयोजक - मणिराज गुरुङ
२,सदस्य - विशाल याम्फु
३, सदस्य - दिपेन्द्र याम्फु

विदेश सम्पर्क संयोजक
१, कोरिया -विकाश गुरुङ
२,अमेरिका - पद्मा लिंखा मगर
३,कतार - डिबी कुलुङ
४, अस्ट्रिया - आङ ङिमा शेर्पा
५,दुबई - डिके किराँती
६, हङकङ - मणिशेखर गुरुङ
७, जापान - सयपत्री थुलुङ
८, कुवेत - रोशिका गुरुङ
९,युके - चन्चला गुरुङ

चैनपुर नगरपालिकाका कर्मचारीकाे सवारी दुर्घटनामा मृत्यु भएपछि  नगरपालिकामा शाेक बिदा दिइएकाे छ ।
23/06/2024

चैनपुर नगरपालिकाका कर्मचारीकाे सवारी दुर्घटनामा मृत्यु भएपछि नगरपालिकामा शाेक बिदा दिइएकाे छ ।

कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि सुनिल कार्की र महेश खड्कालाई । कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियो...
23/06/2024

कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि सुनिल कार्की र महेश खड्कालाई ।

कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको खुला पुरुष डबलतर्फको उपाधि सुनिल कार्की र महेश खड्काको जोडीले जितेका छन् । जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको प्रथम कोशी प्रदेश स्तरीय ब्याडमिण्टन प्रतियोगिताको फाइनल खेलमा पविन लिङथेप र निश्चल खत्रीको जोडिलाई सोझो सेटले हराउँदै कार्की र खड्काले उपाधि जितेको हो ।

विजयी जोडीले शिल्ड मेडल र प्रमाणपत्रसहित नगद ६० हजार प्राप्त गरेका छन् भने उपविजेताले नगद ३५ हजार शिल्ड मेडल र प्रमाणप प्राप्त गरेका छन् । उक्त खेलमा प्रमिश श्रेष्ठ र प्रनिश सिंह ठकुरीको जोडी , बिशाल तामाङ र विवेक श्रेष्ठको जोडी तृतिय हुँदै नगद १०/१० हजार साथमा शिल्ड मेडल र प्रमाणप प्राप्त गरेका छन् ।

सङ्खुवासभाको खाँदबारीमा असार ६ देखि ८ गते सम्म संचालन भएको कोशी प्रदेश स्तरीय ब्याडमिण्टन प्रतियोगितामा खुलातर्फ विभिन्न प्रदेशका ८ टिमको सहभागिता रहेको जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सञ्जिब श्रेष्ठ (राजु) ले जानकारी दिनुभयो ।

त्यसैगरी भेट्रान्सतर्फको (१०० माथि) प्रतियोगितामा जीवन कुमार बोगटी र श्रवण चौधरीको जोडीले संञ्जय कपाली र रामराज आङ्दाङ्बेको जोडीलाई हराउँदै विजयी भएका छन् । विजयी जोडिले शिल्ड मेडल र प्रमाणपत्रसहित नगद ५० हजार प्राप्त गरेका छन् भने उपविजेताले नगद ३० हजार शिल्ड मेडल र प्रमाणप प्राप्त गरेका छन् । इन्द्र महता र देब तामाङ, अनिल लाखे र हरि खत्रीको जोडी तृतीय हुँदै समान नगद ७ हजार ५ सय साथमा शिल्ड मेडल र प्रमाणप प्राप्त गरेका छन् ।

त्यसैगरी सङ्खुवासभा जिल्लाव्यापी खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा सफल श्रेष्ठ र अनमोल बुर्जाको जोडीले लेखनाथ श्रेष्ठ र नरेन्द्र तामाङको जोडीलाई हराउँदै विजयी भएका छन् । विजयीले शिल्ड मेडल र प्रमाणपत्र सहित नगद २० हजार प्राप्त गरेका छन् भने उपविजेताले नगद १० हजार शिल्ड मेडल र प्रमाणप प्राप्त गरेका छन् । सुमन गौतम र सबिन तामाङ, साहिद र सन्दीप भगत श्रेष्ठको जोडी तृतिय हुँदै नगद ५ /५ हजार साथमा शिल्ड मेडल र प्रमाणप प्राप्त गरेका छन् । सङ्खुवासभा जिल्लाव्यापी खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा ५४ जोडीको सहभागिता रहेका थियो ।

प्रतियोगिताको खुला पुरुष डबल प्रतियोगितातर्फ सुनिल कार्की, भेट्रान्स तर्फको (१०० माथि) देव तामाङ र संखुवासभा जिल्लाव्यापी खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगितातर्फ सफल श्रेष्ठ सर्वोकृष्ठ खेलाडी भएका छन् ।

📷 : Dj Chau Photography

Nepal idol  सिजन ५ काे  बिजेता बन्नुभएकोमा करण परियारलाई हार्दिक बधाई !
23/06/2024

Nepal idol सिजन ५ काे बिजेता बन्नुभएकोमा करण परियारलाई हार्दिक बधाई !

सङ्खुवासभा चैनपुरमा टिपरले  मोटरसाइकललाई ठक्कर दिँदा चैनपुर नगरपालिकाका  कर्मचारी पदम श्रेष्ठको मृत्यु भएकाे छ । शनिबार ...
22/06/2024

सङ्खुवासभा चैनपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चैनपुर नगरपालिकाका कर्मचारी पदम श्रेष्ठको मृत्यु भएकाे छ । शनिबार साढे ६ बजेको समयमा चैनपुर नगरपालिका-८ बानेश्वरस्थित भ्यु होटल नजिक कोशी राजमार्गमा सवारी दुर्घटना भएको हाे ।

चैनपुरबाट खराङतर्फ जाँदै गरेको प्रदेश१-०२-००१ख ८२४९ नम्बरको टिपरले सोही दिशाबाट जाँदै गरेको को१५प ९८३१ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक चैनपुर नगरपालिका-७ बस्ने वर्ष अन्दाजी ४९/५० को पदम श्रेष्ठ गम्भीर घाइते भइ उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर ल्याई चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरको हाे । टिपर चालक चैनपुर १० खराङ बस्ने वर्ष अन्दाजी ३३/३४ कमानसिंह तामाङ इलाका प्रहरी कार्यालय चैनपुरको नियन्त्रणमा रहेको छ ।

मकालु अनलाइनबाट साभार
#सङ्खुवासभा

22/06/2024

मकालु गाउँपालिका फ्याक्सिन्दा अरुण नदीको पुल जोखिममा !
🎥 : Bhabin Karki
#सङ्खुवासभा

21/06/2024

बाढी पहिरोबाट कोशी राजमार्गअन्तर्गत खाँदबारी-नुम सडकखण्डमा झन्डै ७ करोडको क्षति !
🎥 : एनटिभी इटहरी एचडी
#सङ्खुवासभा

सङ्खुवासभाको खाँदबारी नगरपालिका- ९ मा अवस्थित मनकामना मन्दिर परिसरमा  अरुण नदीमा बाढीले बगाएर ल्याएको काठ एवं दाउरा घराय...
21/06/2024

सङ्खुवासभाको खाँदबारी नगरपालिका- ९ मा अवस्थित मनकामना मन्दिर परिसरमा अरुण नदीमा बाढीले बगाएर ल्याएको काठ एवं दाउरा घरायसी प्रयोजनका लागि जोखिम मोलेर सङ्कलन गर्दै स्थानीयवासी ।

तस्बिरः सुजन बज्राचार्य/रासस
#सङ्खुवासभा

21/06/2024

पहिरोले सङ्खुवासभाको भोटखोला जाने पुल बगायो, आवगमन ठप्प !
#सङ्खुवासभा

दशौँ अन्तर्राष्ट्रिय योग दिवसको शुभकामना । संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्र...
21/06/2024

दशौँ अन्तर्राष्ट्रिय योग दिवसको शुभकामना । संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो ।

20/06/2024

खाँदबारीमा कोशी प्रदेशस्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरू ।।
#सङ्खुवासभा
भिडिओ : एनटिभी इटहरी एचडी

तपाईंहरूलाई कस्तो लाग्यो चैनपुरमा राखिएको नयाँ करुवा ? #सङ्खुवासभा
17/06/2024

तपाईंहरूलाई कस्तो लाग्यो चैनपुरमा राखिएको नयाँ करुवा ?
#सङ्खुवासभा

15/06/2024

नेपाल रेडक्रस सोसाइटीद्वारा खाँदबारीमा विद्यार्थीहरूलाई साइबर शिक्षासम्बन्धी अभिमुखीकरण ।।

सङ्खुवासभाकाे चैनपुरमा राखिएकाे विवादास्पद पुरानो करुवा हटाएर नयाँ करुवा राखिएको छ ।तस्बिर : सामाजिक सञ्जालबाट संकलन #सङ...
14/06/2024

सङ्खुवासभाकाे चैनपुरमा राखिएकाे विवादास्पद पुरानो करुवा हटाएर नयाँ करुवा राखिएको छ ।

तस्बिर : सामाजिक सञ्जालबाट संकलन
#सङ्खुवासभा

बुधबार राति अबिरल वर्षाले चिचिला गाउँपालिका-३ केराबरीदेखि   अरुण ३ को पवर हाउससम्मको सडकमा पुर्याएको क्षति !   #सङ्खुवास...
13/06/2024

बुधबार राति अबिरल वर्षाले चिचिला गाउँपालिका-३ केराबरीदेखि अरुण ३ को पवर हाउससम्मको सडकमा पुर्याएको क्षति !
#सङ्खुवासभा

13/06/2024

सङ्खुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा गएको बाढी पहिरोले ३ घर बगायो, १२५ घर विस्थापित ।।
भिडिओ : एनटिभी इटहरी एचडी
#सङ्खुवासभा

सङ्खुवासभाकाे सिलिचाेङ गाउँपालिका-३ खुङ्वामा पहिराेमा परी स्थानीय उत्तर बहादुर कुलुङ र दिल बहादुर कुलुङ घाइते भएका छन् ।...
13/06/2024

सङ्खुवासभाकाे सिलिचाेङ गाउँपालिका-३ खुङ्वामा पहिराेमा परी स्थानीय उत्तर बहादुर कुलुङ र दिल बहादुर कुलुङ घाइते भएका छन् । गाउँनजिकै पहिराेले भत्काएकाे बाटाे मर्मत गर्ने क्रममा माथिबाट पहिराे खसेर घाइते भएकाे वडा सदस्य टीकाराम कुलुङले जानकारी दिनुभयाे । घाइते दुवैलाई थप उपचारका लागि धरान लगिएकाे उहाँले जानकारी दिनुभयाे ।

स्रोत : मकालु अनलाइन
#सङ्खुवासभा

संखुवासभाको सभाखोला गाउँपालिका-१ लेब्राङ स्थितमा सभाखोलाले बगाएर १ जना पुरुष मानिसको मृत्यु भएको छ । हिजो दिउँसो पाँचखपन...
13/06/2024

संखुवासभाको सभाखोला गाउँपालिका-१ लेब्राङ स्थितमा सभाखोलाले बगाएर १ जना पुरुष मानिसको मृत्यु भएको छ ।

हिजो दिउँसो पाँचखपन नगरपालिका-३ का ३३ वर्षीय भेषराज काल्पा मगरले खोलामा गाई तार्ने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको हो । खोलाले बगाएको स्थानबाट करिब ४ किलो मिटर टाढा रिपेनी घाटमा मगर मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

सङ्खुवासभाको खाँदबारी नगरपालिका-११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गएराति अबिरल वर्षासँगै गएको पहिर...
13/06/2024

सङ्खुवासभाको खाँदबारी नगरपालिका-११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गएराति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एकजना घाइते भएका छन् ।

मणिप्रसाद राई, रामप्रसाद राई र दील बहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो । पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका छन् ।

स्रोत: थाहा खबर
#सङ्खुवासभा

सङ्खुवासभाको चिचिला गाउँपालिका–२ आहालेमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । गएराति हावाहुरीसँगै आएको वर्षाको क्र...
13/06/2024

सङ्खुवासभाको चिचिला गाउँपालिका–२ आहालेमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । गएराति हावाहुरीसँगै आएको वर्षाको क्रममा चट्याङ लाग्दा चिचिला गाउँपालिका– २ स्थित तल्लो आहालेमा ४३ वर्षीया सावित्रा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङखुवासभाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो ।

स्रोत : थाहा खबर
#सङ्खुवासभा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सङ्खुवासभाको धर्मदेवी नगरपालिका–४ हुम्लिङमा रहेको शारदा माध्यमिक विद्यालय तत्कालीन प्...
13/06/2024

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सङ्खुवासभाको धर्मदेवी नगरपालिका–४ हुम्लिङमा रहेको शारदा माध्यमिक विद्यालय तत्कालीन प्रधानाध्यापक कृष्णहरि भट्टराईसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बुधबार खानेपानी योजना निर्माणमा भ्रष्टाचार गरेको भन्दै उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले विद्यालयको खानेपानी र पुस्तकालय निर्माणका लागि विनियोजित बजेट अनियमितता गरेको भन्दै प्रधानाध्यापक भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालकुमार अधिकारी, शिक्षक लालबाबु मण्डल र शाक्य अफसेट प्रेसका प्रोप्राइटर केशवकुमार शाक्यविरुद्ध बुधबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

स्रोत : रातोपाटी डट कम
#सङ्खुवासभा

सङ्खुवासभाको  चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । अविरल वर्षा...
12/06/2024

सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको हो।

नेपालीले चान्स पायो भने गर्छ ! 🤣🤣
11/06/2024

नेपालीले चान्स पायो भने गर्छ ! 🤣🤣

09/06/2024

गायक कमलीकान्त भेटवालसँग हास्यकलाकार मनोज गजुरेलगायत

🎥 : Manoj Gajurel

राष्ट्रसंघको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी विभेद उन्मूलन कमिटी (सिड)को सदस्यमा बन्दना राणा निर्वा...
08/06/2024

राष्ट्रसंघको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी विभेद उन्मूलन कमिटी (सिड)को सदस्यमा बन्दना राणा निर्वाचित हुनुभएको छ । शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणाले १४६ मत प्राप्त गर्नुभएको थियो ।

ठाउँ चिन्नुहोस् !
07/06/2024

ठाउँ चिन्नुहोस् !

04/06/2024

अरूण-३ जलविद्युत् परियोजनाको ब्रेक-थ्रु
#सङ्खुवासभा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अरूण–३ जलविद्युत परियोजनाको मुख्य सुरुङको आज (मंगलबार) ब्रेक–थ्रु गर्नुभएको छ ।...
04/06/2024

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अरूण–३ जलविद्युत परियोजनाको मुख्य सुरुङको आज (मंगलबार) ब्रेक–थ्रु गर्नुभएको छ ।
#सङ्खुवासभा

खाँदबारी, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अरूण–३ जलविद्युत परियोजनाको मुख्य सुरुङको आज (मंगल.....

Address

Khandbari

Alerts

Be the first to know and let us send you an email when Sankhuwasabha-सङ्खुवासभा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sankhuwasabha-सङ्खुवासभा:

Videos

Share


Other News & Media Websites in Khandbari

Show All