18/01/2024
Dark side of being Viral: बोलीचालीका कारण एकाएक चर्चमा आएका भेलु बाजे आज भोली एकलो परेका छन् भने बिरामी पनि भएका छन्। श्रीमतीको निधन भए पछि एक्लो भएको उनी हाल घरमा समेत जान सकेका छैनन्। घरमा खाने कुराहरू सबै भएता पनि खाना पकाएर दिने कोही छैन, आफै पकाउने जाँगर छैन। चर्चामा भएको बेला उनलाई चुनावमा समेत प्रयोग गरियो। कार्यक्रमको प्रमुख अतिथि समेत बनाइयो तर हाल उनी श्रीमतीको याद आउने भएर घर समेत जाँदैनन्। सन्तानको अकालमा मृत्यु भए पछि एक मात्र सहारा रहेको श्रीमतीको निधन भए पछि उनको संसार नै रित्तिएको जस्तो भएको छ। सोसल/मिडियाले एक समयको लागि चर्चित बनाए पनि हाल उनी समस्यामा हुँदा हेर्ने कोही छैन। 😢