15/02/2024
अब अलिकति त बेच्न पर्छ नि, जैले तेइ नजिक पुगेर त मार्केट फर्केको छ। Resistance मा पुगेको बेला त हो नि, हरेक पटक सोझा लगानीकर्तालाई अनेक समाचार र विश्लेषणको झुटो आश देखाएर लुट्ने क्रम नया हो र? घट्छ भन्दा सबैलाई रिस उठ्छ, बढ्छ भन्दा हाइ हाइ हुन्छ।
हो आशावादी छौ हामी। येसैको त फाइदा लुट्छ्न।
Technical analyst को जमात धेरै भएको भए त 22 दिन को हाम्रो candle, intraday मै बन्थ्यो होला तर के गर्नु आश देखाइ देखाइ लुटि हाल्छ्न। कति सजिलो छ तिनिहरु लाई।
कहिले 4-12 को cap flexible भयो भने, कहिले ब्याजदर भने, कहिले फलानो , कहिले ढिस्कानो, कहिले किन्नै पाइदैन होला जस्तो लाग्यो हामीलाई है?
येसपाली volume ले राम्रै आस देखायो, major resistance मा supply चै कस्ले दिए होलान। सोझा लगानीकर्ता ले त पक्कै बेचेनन। तपाईले नै त बेच्ने हिम्मत गर्नु भएन। डरपोक ले त पक्कै हैन।