03/08/2025
सुन्दर पिचाई कहिल्यै “टप १० मात्र होइन १०००-२०००” सम्ममा पनि परेनन्, न त उनी कुनै “चमत्कारी प्रतिभा” भएर उदाएका थिए। तर आज उनी विश्वकै ठूलो टेक कम्पनी गूगलका CEO हुन्। यही नै एउटा प्रेरक सन्देश हो — सफलताका मूल सूत्रहरू ‘सूची’मा हुनु होइन, भने केले कसैलाई सफलता हासिल गर्न समर्थ बनाउँछ ? जहाँ अधिकांश अभिभावकहरू आफ्ना नानीबाबुहरूलाई टप स्कोर र ग्रेड ल्याउनको लागि दबाब दिने गरेका छन् त्यही निर विश्व परिदृश्य उल्टो देखा परिराखेका छन्। सुन्दर पिचाईको सामान्य स्कोर, स्टिभ जब्स- कलेज ड्रपआउट, जुकरबर्ग-कलेज ड्रप आउट, बिल गेट- कलेज ड्रप आउट जस्ता पात्रहरूको अद्भुत सफलता । यो उल्टो गङ्गा बहनुको कारण के होला ? सफलता वास्तवमा कहाँ पाइन्छ ?
यहाँ सुन्दर पिचाईको सफलताको मूल ५ सूत्रहरू छन्, जुन जुनसुकै व्यक्तिले अपनाएमा उसले पनि ठूलो सफलताको ढोका खोल्न सक्छ:
1. दीर्घकालीन सोच र धैर्यता (Long-term vision with patience)
सुन्दर पिचाई गूगलमा Chrome जस्तो उत्पादनमा काम गर्दा सुरुमा आलोचना सहनुपर्यो। तर उनले हार खाएनन्। Chrome सफल भएपछिको त्यो सफलता नै गूगलको कोरमा उनलाई पुर्यायो।
👉 सिकाइ: तत्काल प्रतिक्रिया होइन, दीर्घकालीन मूल्य सिर्जना गर्न सिकाउनुस् आफ्ना बच्चाहरूलाई !
2. Teamwork र low ego
उनले जहिले पनि आफ्नो टीमलाई श्रेय दिएका छन्। उनी “low-profile, high-impact” लिडर हुन्।
👉 सिकाइ: हल्ला कम तर मूल्य सृजना अधिक गरौं !
3. सुन्ने क्षमता (Listening over talking) बढाऔं :
उनको सहकर्मीहरूले भनेका छन् — “He listens more than he speaks.” यति गुण CEO का लागि दुर्लभ हुन्छ।
👉 सिकाइ: बोल्नु अघि बुझ्ने प्रयत्न गरौं !
4. Adaptability र Global Thinking:
भारतको सानो शहरदेखि Silicon Valleyको उच्च स्थानसम्मको यात्रा उनले साँघुरा सोचबाट होइन, खुला सोचबाट मात्र सम्भव बनाउन सफल भए।
👉 सिकाइ: आफैंलाई सीमित नसम्झी, जहाँ पनि पुग्न सकिन्छ भन्ने आत्मविश्वास पैदा गरौं !
5. Hard Work with Smart Strategy:
पढाइमा अब्बल, व्यवहारमा सस्तो र काममा निष्ठावान — सुन्दर पिचाईले "smart ex*****on" गरेर आफूलाई सधैं आवश्यक बनाइरहे।
👉 सिकाइ: परिश्रम गर्दा दिशाहीन होइन, रणनीतिसहित गरौं!
निष्कर्षमा:
सफलताको मूल सूत्र कुनै एक पटकको बालिकाले तय गर्दैन।
WLS Research मा जोडिएका बिधार्थीहरुमा यिनै बिशेष बानी तथा क्षमता अभिवृद्धिमा काम गरिन्छ। यदि तपाईंको बच्चालाई पनि भविष्यमा ठूलो सफलताको लागि तयार गर्न चाहनुहुन्छ भने हामीसँग जोड्न लगाउनुस्।