Viral News

Viral News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Viral News, Media/News Company, .

आहा मीठो गीत अनि सुन्दर भिडियो
25/09/2022

आहा मीठो गीत अनि सुन्दर भिडियो

Presenting official music video of the song by Rachana Rimal & Rajendra Budhathoki featuring Amar Amrit Dahal smarika Dhakal Aabha Thapa & Asim Niraula only...

https://youtu.be/WrsaRtig8EsNEW NEPALI KAWALI SONG
03/07/2022

https://youtu.be/WrsaRtig8Es
NEW NEPALI KAWALI SONG

CDM Music Creation Presents - ------------------------------------🎶 Audio Credits:-♪ Song:- ♪ Vocal:- ♪ Lyrics:- ♪ Music Compose:- ♪ Music arrange:- ♪ Studi...

पल काण्ड त ठ्याक्कै भिडियोमा आएछ😂
23/03/2022

पल काण्ड त ठ्याक्कै भिडियोमा आएछ😂

Presenting New Nepali Song Dinna Timilai Dosh by CD Vijaya Adhikari Featuring Bikram Budhathoki, Roshni Karki, Lalana Chimariya & Uttam Shrestha 'Sisir' Onl...

https://youtu.be/VgdGw9VO5_g
03/02/2022

https://youtu.be/VgdGw9VO5_g

New Nepali Song- Chari Bharara | Teresha Biswokarma, Shiba Bishwokarma | Shishir Bhandariबिशेष धन्यवादपदम राई, अमेरिकाप्रकाश आचार्य, अमेरिकारमेश अधिकारीगंगा ...

"पिरतिको झरी" । साह्रै मिठो❣️ https://youtu.be/N-dmisM0o6Q
04/09/2021

"पिरतिको झरी" । साह्रै मिठो❣️
https://youtu.be/N-dmisM0o6Q

SongPiratiko JhariVocalNirayu Gautam, Benisha PoudelCompose/ ArrangeOm SunarLyricsPrabha BartaulaArtistsNirayu Gautam, Benisha PoudelSpecial AppearanceShishi...

बिरामी त 'राजा' ज्ञानेन्द्र पनि हुँदा हुन् । उनकी वृद्ध आमाको स्वास्थ्य पनि त्यत्ति राम्रो छ भन्ने सुनिन्न । तर तिनलाई उ...
11/04/2020

बिरामी त 'राजा' ज्ञानेन्द्र पनि हुँदा हुन् । उनकी वृद्ध आमाको स्वास्थ्य पनि त्यत्ति राम्रो छ भन्ने सुनिन्न । तर तिनलाई उपचार गर्न विदेश नै जानुपर्छ भन्ने ज्ञान किन नआएको होला ?

त्यत्रो दुई सय वर्षभन्दा बढ़ी शासन गरेको राजसंस्थाका अन्तिम शासक ज्ञानेन्द्रको हल्ला गरिएजस्तो विशाल सम्पत्ति पनि देखिएन । अन्य देशका राजधानीमा प्रायः हरेक राजाका दर्जनौं दरबार हुन्छन् । एक दुई थान हेलिकप्टर, निजी जेट विमान र प्राइभेट जङ्गलहरू हुन्छन् । त्यही एउटा निर्मल निवासबाहेक काठामाडौंमा उल्लेख्य दरबारहरू पनि उनको नाममा रहेनछन् । त्यही निवास पनि पुरानो समयमा अलि धेरै जग्गामा बनेकोले ठूलो देखिएको होला, दरबारजस्तो छैन । नागार्जुनमा उनी बस्ने घर जम्मा चार कोठे छ रे । नारायणहिटी नै पनि के नै दरबारजस्तो थियो र ? अलिकति जग्गा र पर्खाल न हो । आज सङ्ग्रहालय बनेको त्यो दरबार छिर्दा म अचम्म बनेको थिएँ । कति मामुली बेडरूमहरू, कति सामान्य सजाबट । बरु राणाहरूले बनाएका महल भव्य र महँगा लाग्ने । उनले विदेशतिर अकूत सम्पत्ति जोडेको पनि देखिएन । हाम्रा प्रधानमन्त्रीले बालुवाटार छोड्दा पकाउने भाँडाकुँडा र कार्पेट पनि लैजान्छन्, उनी एउटा कारमा बिदा भएका थिए । भारत या चीनसँग हदैसम्म झुकेको भए कतै राजसंस्था बची पो हाल्थ्यो कि ? त्यस्तो प्रयास पनि देखिएन ।

बिरासतमैं प्रशस्त सम्पत्ति लिएर आएका ज्ञानेन्द्रभन्दा चप्पल लगाएर काठमाडौं छिरेकाहरू नै बरु बढ़ी धनी देखिन्छन् । ज्ञानेन्द्रमात्रै होइन, यति लामो राजवंशमा सयौं अन्य राजपरिवार पनि होलान् ! सत्ता र शक्तिको नजिक रहेका ती नेपालको सबैभन्दा धनी परिवारमध्ये हुनुपर्ने हो, तर ती पनि गुमनाम देखिन्छन् । देउबादेखि माधव नेपालसम्म बेलायत-अमेरिका आइरहन्छन् । ज्ञानेन्द्रलाई घुम्ने मन पनि खासै नलाग्ने रहेछ कि ?

सबैभन्दा महँगो कार चढौँ, सबैभन्दा अग्लो महलमा बसौं, सबैभन्दा महँगो डिजाइनको फेशन लगाऊँ भन्ने चाहना पनि किन नआएको होला ? म नाथेलाई त लोभ लाग्छ । मन्त्रीहरू एकपल्ट चढेको गाड़ी नचढ्ने भन्छन्, उनले नयाँ गाड़ी मागेको या किनेको पनि सुनिन्न । लण्डनको ह्यारोड्समा शपिंग गर्ने रहर होला कि नहोला ? फ्लोरिडा या मियामीमा होलिडे मनाउने रहर किन नआएको होला ? किन चितवन या पोखरामात्रै मन परेको होला ? पूर्व नै भए पनि राजा त हुन्, यसो हेर्दा पनि अति सामान्य लाग्ने जीवनशैली किन अपनाएको होला ?

ज्ञाने चोर देश छोड् भन्ने मध्ये म पनि एक थिएँ । अझै पनि हाम्रा शासकले होच्याएरै बोल्छन् । अनेक धम्की दिन्छन् । कहिलेकाहीँ आमजनताले जस्तै देशबारे दुई शब्द बोल्दा अपराधै गरेजस्तो गर्छन् । तैपनि तिनकै स्तरमा उत्रेर क्षुद्र वचन बोल्न ज्ञानेन्द्रलाई केले छेकेको होला ?

यसो सोच्छु, हैन कस्तो खाले सामन्त होलान् यी जुन हाम्रा प्रखर समाजवादीहरू भन्दा पनि सामान्य जीवन बिताउँछन् र राजपाट सबै खोसिँदा र त्यत्रो अपमान हुँदा पनि देशमैं बस्छन् ! कतै जाँदैनन् ! लोकप्रिय, जनवादी, सर्वहारा र क्रान्तिकारी राष्ट्रपतिलाई बरु डर लाग्छ र आकाश-धर्ती खालि गर्नुपर्छ, यी सामन्ती मनुवा सड़कमा खुलेआम मान्छेको बीचमा देखिन्छन् ! कस्तो डर पनि नलागेको होला ?

परिस्थितिले राजा बनेका थिए, जनताले राजसंस्था चाहिन्न भनेर आन्दोलन गरे, यिनले छोडिदिए । त्यसबाहेक खास गल्ती यिनको के नै थियो र ? लौ राजसंस्था खराबै होला रे, तर यिनले सुरु गरेको त होइन । अलि अर्घेलो भनेको शेरबहादुरलाई अक्षम भनेर फालेका थिए यिनले । अहिलेका दुई तिहाई वालाले पनि उनलाई अक्षम नै त भन्छन् । अलि राम्रो होला कि भन्ने लाग्यो होला, भएन । तर स्विट्जरल्याण्ड बनाउँछु भनेर गफ पनि त दिएनन् । भएकोभन्दा अलिकति राम्रो बन्छ कि भन्ने न थियो । एउटा दुई महिने नाकाबन्दीले हाम्रो आर्थिक वृद्धिदर शून्यप्रतिशतमा झरेको थियो, माओवादी द्वन्द्वले देशै नाकाबन्दी जस्तो हुँदा पनि अर्थतन्त्र स्वस्थ नै रह्यो । अहिलेजस्तो कहालीलाग्दो व्यापारघाटा त्यो बेला थिएन । अहिले राजदूत या जिएम नियुक्ति जसरी हुन्छ, उनले त्यसरी नै गरेको भए जम्मैं मन्त्री र कर्मचारी शाह र राणामात्रै हुन्थे होला ।

तर अचम्म, हाम्रो सरकारले तोकेको मर्यादाक्रममा देउबादेखि माधव नेपालसम्मको मर्यादा त तोकिएको छ तर उनका लागि कुनै ठाउँ छैन । उनी एउटा इतिहास त हुन् नि । हाम्रा नेताहरूलाई पत्रिकाले 'तिमी' भनेर सम्बोधन गरेको मन पर्दैन तर तिनैले पूर्व राष्ट्रप्रमुखलाई तपाईं भन्ने सामान्य आदर गर्न पनि किन हिचकिचाउने होलान् ? किन कुनै महत्त्वपूर्ण सरकारी कार्यक्रमहरूमा उनलाई ननिम्त्याइने होला ? के हाम्रो लोकतन्त्रमा उनी अटाउन्नन् ? के उनलाई राज्यले अलिकति आदर दिँदा हाम्रो व्यवस्थै डगमगाउँछ ?

उसो देशको नागरिकता त्यागेकाहरू लाई त राजनैतिकबाहेक सांस्कृतिक र सामाजिक अधिकारसहितको गैर-आवासीय नागरिकता दिने व्यवस्था भएको छ, अलिकति ठूलो मन गरेर यी अन्तिम राजा बाँचुन्जेल राजनैतिकबाहेकका चाडपर्व, जात्राहरू र मठमन्दिरसँग जोड़िएका सांस्कृतिक अधिकार दिन सकेको भए पनि हुन्थ्यो । हाम्रो समस्या राजनीतिसँग पो थियो ! धर्मनिरपेक्ष देशमा नास्तिक, भौतिकवादी, मुश्लिम या क्रिश्चियन जो पनि राष्ट्रप्रमुख बन्न सक्छ, तर उसलाई मच्छिन्द्रनाथको भोटो दर्शन गराउनु कत्तिको सार्थक होला ?

(बसिबियाँलो)
#साभार

18/11/2019

आँट हेर्नूस् त आँट,यदि कानूनी राज्य भएको भए एउटा व्यक्ति यति शक्तिशाली कसरी हुन सक्थे ?
चुनाव कसरी जित्छन हाम्रा नेता भन्ने उदाहरण हैन यो ??

04/11/2019

यो महान धनयुद्धका नाइकेहरु #कप्रचण्ड/ , Dr. Baburam Bhattarai लागायतले दुर्गमका कम पढेलेखेका सोझासाझा जनताहरुलाई गोहीको आँसु चुहाउदै बन्दुक बोक्न इमोस्नल ब्ल्याक मेलिङ् गरेको एउटा प्रतिनिधि भिडियो हो।
झुटको खेती...चटक हेरौ न चटक ...
भिडियो : सामाझीक सञ्जाल

चीनका कम्युनिस्ट नेताहरू नेपालका कमाउनिष्ट नेताहरूबीचकाे चारित्रिक भिन्नताहरू ...(१) चीनका कम्युनिस्ट नेताहरू आफ्नाे छात...
14/10/2019

चीनका कम्युनिस्ट नेताहरू
नेपालका कमाउनिष्ट नेताहरू
बीचकाे चारित्रिक भिन्नताहरू ...

(१) चीनका कम्युनिस्ट नेताहरू आफ्नाे छाता आफै ओडछन् !
(२) नेपालका कमाउनिष्ट नेताहरूलाई छाता ओडाउने प्रहरी सेना चाहिन्छ !

(३) महिलहरू प्रति उच्च सम्मान गर्छन चीनका कम्युनिस्ट नेताहरू !
(४) महिलाहरूलाई खुट्टा ढाेक्न लगाउछन् नेपालका कमाउनिष्ट नेताहरू !

(५) चीनका कम्युनिस्ट नेताहरू जनतासंग साधारण भाेजन खान्छन् !
(६) नेपालका कमाउनिष्ट नेताहरू व्यापरीसंग बसेर भाेजन खान्छन् !

06/09/2019

video hernus ra share garnus ....
बिचरा शेर्पा हरु मख्ख---- प्रचण्डले आँफ्नो राजनैतिक स्वार्थको लागि गरेको जातिय द्वन्द निम्त्याउने भाषण। कहाँ छ त्यो शेर्पा राज्य अहिले ? यदी चिनिया वा उत्तर कोरिया को जस्तो साचिकै कम्न्युष्ट ब्यबस्था नेपाल मा पनि भको भए प्रचण्डलाई देस टुक्राउने र जातिय द्वन्द चर्काउने आरोप मा जमानामा फाँसीमा चढाइसक्थ्यो । यो छाडातन्त्र भको देश हो त्यसैले -------------

05/09/2019

सियर गरौँ ।
" टेन्डर लिय बापत नेकपाको ५० जना सांसदलाई रु १/१ करोड दिनुपर्ने " भन्दै नेकपा प्रचण्ड र कृष्ण महराले चाईनिज ठेकेदार संग गरेको अडियो सार्बजानिक ।

रबी लामिछानेका बिरोधीहरु,सत्ताको स्वादमा डुबेकाहरुले मुखमा ताल्चा र खुट्टामा तन्कीन नमिल्ने नेल लगार , पाँचलाख धरौटी लिय...
26/08/2019

रबी लामिछानेका बिरोधीहरु,सत्ताको स्वादमा डुबेकाहरुले मुखमा ताल्चा र खुट्टामा तन्कीन नमिल्ने नेल लगार , पाँचलाख धरौटी लियर रबीलाई छाडेको फैसला गरे...। भ्रष्ट र रबीलाई देखि नसहनेहरुले जिते, यो देशमा कानुन बनाउनेहरु अन्धा र अनपढ रहेछन, सकेसम्म तिमीलाई पाचैबर्ष जेलकोच्ने यिनीहरुको ठुलो योजना रहेछ भन्ने कुरा ससर्त रिहाईले प्रष्टै भो ...। अदालत समेत हातमा लिएका रहेछन अरु त के कुरा..।
ब्याप्त बेथितीका सरदारहरु सत्ताको स्वाद चाख्नैमा ब्यस्त मस्त छन ।
रबी ! हिम्मत लियर यि लुटेराहरुको भन्डाफोर गरीदेउ, अझै यिनीहरुलाई नांगो बनाउ, जनता तिम्रै आबाजमा शंखघोश गरिरहनेछन,सारा नेपाली जनता सडकमा झर्दा सरकारका निकायहरुमा ढ्याङ्रो ठोक्यो, ४६साल, ६२-६३सालमा जनता सडकमै झरेर राजतन्त्र समेत हुत्याईदिएका हुन,अब त डग्मगाउने कुरै छैन ...! यि भ्रष्टहरुको बिरुद्दमा सारा जनता ज्यान दिन तयार छन, बोल्न नछोड रबी...!
✊💥✊

अन्त्यमा:
अमुल्य मानब चोला त्यागेर काँतरता सहित मरिजाने त्यो पुडासैनी भनिने अल्पग्यानी मनोरोगी लबरिया प्रति नर्कबासको शब्द श्रद्धांजलि...!😈

रुकू भनिने नर्सअस्मिता र टेलीभिजन पत्रकार युबराज प्रति मुठ्ठी कसेर साहस बटुल्न र यो समाजका खुराफातिहरु बिरुद्द लड्ने शक्तिआर्जन र समसाथको शुभकामना...!
✊💥✊

26/08/2019

ओल्टाई पल्टाई घटनाको प्रकृति हेरें, लासको मुचुल्का उठाउने समयको भिडियोलाई करिब १५-२० पटक हेरें, अनि मृतकले भिडियोमा बोलेका त्यस्ता धेरै संकास्पद कुराहरु सुनें, भिडियोमा बोल्दा खेरिको उसको हाउभाउ र मनोभावनालाई रातभर बसेर स्टडि गरें त्यति मात्रै नभएर झुन्डिएर मर्ने मान्छेको लासको प्रकृति, डेथ डेक्लेयर गरेर मर्ने मान्छेको कन्डिसन, आदि/ईत्यादिको बारेमा गुगल लगायतका विभिन्न साईटमा गएर करिब रातभरि अध्ययन गरें, र अन्त्यमा "आत्महत्या दुरुत्साहन" सम्बन्धी लेखिएको कानुनको किताबको पाना पनि पल्टाएर हेरें ! अनि केहि बर्ष गाउँमा दुई जना ब्यक्तिले झुन्डिएर आत्महत्या गरेको लासको कन्डिसन र प्रकृतिको बारेमा सम्झिएँ, सबै एङ्गल हेरें, सबै कन्डिसन हेरें, अनि सबै प्रकृति हेरें तर पनि अँह, म्याचै खाएन यो घटना त ।
किन हो किन, मेरो मनले, मेरो स्टडिले, अनि मेरो अध्ययनले मान्नै सकेन कि पत्रकार सालिकराम पुडासैनीको मृत्युु झुन्डिएर भएको हो भनेर ।
तर, यहाँ त घटनालाई दायाँबायाँ केहि नहेरी सिधै झुन्डिएर मरेको त्यो पनि कसैद्वारा झुन्डिएर मर्न बाध्य बनाईएको भनेर अगाडि बढाई सकियो ।
भनेपछि, आत्म साक्षी राखेर आँफै भन्नुस् , घटना सुनियोजित छ भनेर जनताले शंका गर्न पाउन कि नपाउने ? अन्याय त मृतक र दोषी दुबैलाई गरियो नि यदि यो सत्य हो भने। तर अनुसन्धान भने आत्महत्या नै हो भन्ने प्रमाणित गर्न तर्फ मात्र किन लागियो । अनुसन्धान न्यायिक हुँदैन भने जनता किन नउत्रिनु सडकमा।
एकपटक आँफुलाई सालिकरामको स्थानमा राखेर हेरौँ। अनि फेरि रबि लामिछानेको स्थानमा रहेर हेरौँ। दुर्भाग्य , यस्तै कुनै घटना अथवा अन्न्याय तपाइँ र तपाइँको परिवारमा नपरोस्। तपाइँको जय होस्।

साभार (Copied)

निर्मला हत्या प्रकरण,सुन कान्ड,वाइड बडि कान्ड लगायत विभिन्न कान्डहरुको निश्पक्ष सुनुवाइ र छानबिन भयको भए सायद यो जनसागर ...
20/08/2019

निर्मला हत्या प्रकरण,सुन कान्ड,वाइड बडि कान्ड लगायत विभिन्न कान्डहरुको निश्पक्ष सुनुवाइ र छानबिन भयको भए सायद यो जनसागर उर्लिदैन थियो , स्मरण रहोस यो जनसागर रवि लामिछाने को रिहाइको लागि मात्र नभइ सिङ्गो व्यवस्था,सिस्टम र प्रणाली प्रतिको हो , कानुन प्रहरी प्रशासन भन्दा माथि कोहि पनि हुदैन । के सहि के गलत त्यो त समय ले देखाउला.. रवि लामिछाने गलत भए भने पनि उनले अदालतले तोकेको भन्दा पनि दोब्बर तेब्बर चोैबर सजाय पाउनुपर्छ किनकि उनले लाखोै युवाका भरोसा लाई कोत पर्व मनाउनेछन, र फेरि पनि भन्न चाहान्छु: बिगतमा जस्तै ठुला ठुला माछा पन्छिने र सोजा साझा लाई फसाउने परिपाटि फेरि पनि नदोहोरियोस भनेर निस्पक्ष छानबिन को माग गर्दै भएको शान्तिपुर्ण अान्दोलन हो ,याद रहोस यो कुनै पार्टि को च्यादरको खोल अोडेर मासु भात पड्काउने प्रलोभनमा भेला भएको जमात होइन यो त स्वतइस्फुर्त रुपमा अाजसम्म रवि लामिछानेले गरेका सत्कर्म को उपज हो ....!!!
साभार।

नेपालको बुटिक एरपोर्टमा रक्सी खोस्ने कार्यक्रम हाउसफुलका साथ चलीरहेको रहेछ । १०० बोतल जम्मा भै सकेछ ! यस्ता खोसिएका रक्स...
11/01/2019

नेपालको बुटिक एरपोर्टमा रक्सी खोस्ने कार्यक्रम हाउसफुलका साथ चलीरहेको रहेछ । १०० बोतल जम्मा भै सकेछ ! यस्ता खोसिएका रक्सीको हिसाब किताब हुन्छ की नाई ? रेकड नराखी हुने जफतलाई गुण्डागर्दी भन्न मिल्छ की नाई ? हिजो कम्युनिस्ट सरकार आए चमत्कार गर्छ भन्थे ती डोरिलाउरे हरु , आज पसिनाको कमाईले लगिदिएको एकबोतल रक्सी र बुबालाई पठाई दिएको मोबाइल खोस्दा पो बल्ल थाहा पाए चमत्कार के हो भन्ने । नेपालका प्रभावशाली रक्सी व्यापारी र विदेशी रक्सी नेपाल ल्याउने ठेकेदारहरूले विमानस्थलमा चलाएको कार्वाही लाग्यो । फ्रि मा रेडलेबल र ब्ल्याक लेबल डकार्न पाउंदा छोड्दा हुन त यिनिहरुले?? बालुवाटार देखि ठुला बडाको सम्म पुग्ने माल यै त हो । बिदेशमा बगाएको पसिनाले पोसिएर सुंगुर भ‌एर बस्याछन्। कठै बरा !! ‘बुटिक एयरपोर्ट’को प्लेनबाट आएर पस्ने ढोकामा ३/४बटा खड्कुँलामा पानी र फूल हालेर सजाइएछ, बुध्दको मूर्ति पनि राखिएछ! पानी पर्दा ती अझ भरिएलान्, राम्रै भो! तर सामान लिने ठाउँको भद्रगोल कहिले व्यवस्थित हुन्छ ? सामान हाल्ने ट्रली नपाएर गाह्रो हुँदा ‘बुटिक’ले कस्तो इम्प्रेसन दिन्छ ? यसबारे कहिले ध्यान दिएको छैन । कसरी हुन्छ लुटपाट गर्न मात्र जानेका छन । यस्तो जाडोमा नेता-मन्त्री-कर्मचारी हर्षले गदगद होलान् । संसारमा न भाको जात्रा हाम्रो नेपालमा अलि इज्जत को पनि ख्याल राखौन बिदेशी ले देखे के भन्लान्😂😂यो त अत्तिनै भएन र Hello Sarkar 😂
जानकारी साभारः

Address


Website

Alerts

Be the first to know and let us send you an email when Viral News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share