Outsider Media

  • Home
  • Outsider Media

Outsider Media we cover current affairs,literature,sports,arts and so on
(6)

२०४८ सालमा सभामुख बनेपछि ‘सदन प्रतिपक्षको हो’ भन्ने मान्यता स्थापित गर्न प्रखर भूमिका खेल्नु भएका श्रद्धेय दमननाथ ढुंगान...
17/11/2024

२०४८ सालमा सभामुख बनेपछि ‘सदन प्रतिपक्षको हो’ भन्ने मान्यता स्थापित गर्न प्रखर भूमिका खेल्नु भएका श्रद्धेय दमननाथ ढुंगाना प्रायः जीवनपर्यन्त विपक्षी कित्तामा रहनुभयो ।

हामी सम्झिरहने छौं, हार्दिक श्रद्धा-सुमन 💐
✍️Sudheer Sharma ♥

विजय कुमार शाह नेपालका सबैभन्दा ठुला पैसावालहरुको सुचिमा पर्दैनन । तर उनी नेपालका सबैभन्दा ठूला व्यक्तिगत करदाता हुन । ह...
28/10/2024

विजय कुमार शाह नेपालका सबैभन्दा ठुला पैसावालहरुको सुचिमा पर्दैनन । तर उनी नेपालका सबैभन्दा ठूला व्यक्तिगत करदाता हुन । हालै उनले डा भगवान कोइरालाको ड्रिम प्रोजेक्ट – बाल अस्पतालका लागी ४ करोड सहयोग गर्ने घोषणा गरेका छन । एक सादा कार्यक्रममा सहयोगको पहिलो किस्ता रु १००००००० (एक करोड) विजय कुमार शाहले लाई हस्तान्तरण गर्नु भयो ।

डा कोइरालाले अनुसार – ‘ यो रकम कुनै कम्पनीले गर्ने CSR (corporate social responsibility) खाताबाट नभएर, विजय शाह र उनको परिवारले आफ्नो निजी सम्पत्तिबाट स्थापित JGI फाउन्डेसन मार्फत प्रदान गरिएको हो । ‘

मेरो जीवन साथी सुषमा र म , विजय कुमार शाहजी र म्यागी शाह दिदी र परिवारलाई लक्ष्मी पुजा र तिहारको शुभकामना व्यक्त गर्न चाहन्छौ । साथै हामी असाध्य धेरै धनवान डा भगवान कोइराला , सान्द्रा कोइराला भाउजु र परिवारलाई पनि लक्ष्मीको आशिर्वाद सदैव रहोस भन्ने कामना गर्छौ ।

सबैले मनमा गहिरो गरी बुझ्न पर्छ - संसारमा पैसावाल हुनु र धनी हुनु एकै कुरा होइनन । यो दुनियामा , कोही नगदमा धनी हुन्छन , कोही मनका धनी हुन्छन , कोही ज्ञानका धनी हुन्छन , कोही शीपका धनी हुन्छन , कोही स्वरका धनी हुन्छन , कोही रुपका धनी हुन्छन , कोही आन्तरिक सुन्दरताका धनी हुन्छन , कोही स्वास्थका धनी हुन्छन , कोही सेवाभावका धनी हुन्छन , कोही भक्तिभावका धनी हुन्छन , कोही के का धनी छन , कोही के का धनी , हामी सबै मान्छे कुनै न कुनै रुपले धनी छौ ……

सबैले गहरिएर हेरे , सजिलै बुझिन्छ - हर पैसावाल , धनी हुदैन । हर धनी , पैसावाल नहुन पनि सक्छ । पैसा, प्रसिद्धि, यौनिक आकर्षण र सत्ता शक्ति संसारमा सबैभन्दा धेरै खोजिएका तर सबैभन्दा कम बुझिएका विषय हुन ।

रतन टाटाभन्दा पैसावाल भारतमा धेरै थिए , छन । रतन टाटा फोर्ब्स लिस्टमा कहिल्यै परेनन । तर रतन टाटाभन्दा धनी कोही थिएन, छैन । भारतमा मात्र होइन, विश्वमा नै उनी अदितिय छन ।

सवाल कस्ले ? कति ? दियो भन्ने अमाउन्ट (amount) को हुदै होइन । सवाल सहयोग गर्ने भावनाको हो। जोसंग जे छ , उस्ले त्यो यथासक्य दिने भावना हो , जीवनकों सार्थकता ।

महाकवि लक्ष्मी प्रसाद देवकोटा , लक्ष्मी पुजाका दिन जन्मिए । आफ्नै दिनमा जन्माएर पनि लक्ष्मी माताले उनलाई जीवनभर आर्थिक अभावमा राखिन ।

जीवनको सुरुवाती कालमा मलाई देवकोटालाई भएको अन्यायपूर्ण व्यवाहर प्रति लक्ष्मी माता संग धेरै गुनासो थिए। तर समयक्रमा पछी, म बिस्तारै कुरा बुझ्दै गए।
नगद धेरै नदिए पनि धन त अपार दिएकी रहेछिन लक्ष्मी माताले देवकोटालाई ।
लक्ष्मी माताले नदिएको भए , देवकोटा कसरी हुन सक्थे – महाकवि !

लक्ष्मी पुजा , तिहार र छठका अवसरमा तपाईहरु सबैलाई धेरै धेरै शुभ कामना ! तपाईहरु सबै आआफ्नो गच्छे अनुसारको पैसावाल पनि बन्नुहोस , धनी पनि बन्नुस है । स्वस्थ रहनुस , खुसी रहनुस । लक्ष्मी पुजा , तिहार र छठको शुभ कामना ! 🙏💚
✍️Vijay Kumar Pandey ♥

रेखा पौडेलले रातो कार्ड पाएपछि 'रेफ्री आउट'को नारा लगाइरहेका आक्रोसित दर्शकलाई नमस्ते गरेरै शान्त रहन आग्रह गरे नेपाली ख...
28/10/2024

रेखा पौडेलले रातो कार्ड पाएपछि 'रेफ्री आउट'को नारा लगाइरहेका आक्रोसित दर्शकलाई नमस्ते गरेरै शान्त रहन आग्रह गरे नेपाली खेलाडीहरूले । दर्शकको यस्तै आवेशका कारण अन्तराष्ट्रमा फैलिने खराब छवीबाट बचाउन चाहन्थे देशलाई उनीहरू । लयमा रहेको आफ्नो भरपर्दो स्ट्राइकर गुमाउँदा पनि रेफ्री ओम चोकीप्रति नेपाली खेलाडीहरू सहयोगी र सहिष्णु नै देखिए । मेरो मन आल्हादित बन्यो । स्याबास् ! स्पोर्टसम्यानसिप भनेको यही हो ।

सत्तरीऔँ मिनेटको भारतको गोलपछि खेल सञ्चालनमा नराम्रोसँग चुकिन् रेफ्री ओम चोकी । नेपालका लागि मिडफिल्डर प्रिति राईले गरेको बराबरी गोललाई उनले मान्यता दिइनन् । जबकि भारतीय गोलरक्षक पोस्टमा नपुग्दै किक अफका लागि सिठि बजाइसकेकी थिइन् उनले । यो उनको ब्लन्डर थियो । यसले खेललाई अचानक नाटकीय मोड दियो । आयोजकमा र नेपाली खेलाडीमा तनाव थप्यो ।

तर खेल सञ्चालन लगत्तै प्रिति राईको सुन्दर असिस्टमा साम्बाले बराबरी गोल गरिन् । यो नेपाली फुटबल इतिहासकै एक सुन्दर क्षण थियो । उनले टिसर्ट फुकालेर सेलिब्रेसन गरिन् । उत्तेजनामा आएर प्रचार फ्लेक्समा किक हानिन् । यसबापत पाएको पहेलोँ कार्डलाई सहज लिनु पर्थ्यो साम्बाले, सहज लिइन् । उनको व्यवसायिक खेल जीवन कति परिपक्व भैसकेछ भन्ने थाहा पाएर मन प्रसन्न भयो । यसबाट उनले सेमिफाइनल खेल प्रत्यक्ष हेर्ने करोडौँ फुटबल प्रसंसकको मन जितिन्, जित्ने छिन् ।

पेनाल्टी सुटआउटमा नेपाली गोलकिपर अञ्जना रानाले चमत्कार गरिन् । उनका दुई बचाउ उत्कृष्ट र ऐतिहासिक थिए ।

नेपाली खेलाडीहरूले हिजो खेल मात्र जितेनन्, ऐतिहासिक स्पोर्टसम्यानसिपको उच्च नमुना पेश गरे ।

अब बुधबार बंगलादेश बिरुद्ध पनि यस्तै Sportsmanship ले फाइनल जित्नु पर्छ नेपाली टिमले ।

बधाई र शुभकामना ।



✍️Bhupeen Khadka♥

इरान बिरुद्ध सानदार सेमिफाइनल खेल (३-०) विजयका लागि बधाई नेपाली महिला भलिबल टिम ।अब भारतलाई फाइनलमा यसरी नै हराउनु पर्छ ...
06/08/2024

इरान बिरुद्ध सानदार सेमिफाइनल खेल (३-०) विजयका लागि बधाई नेपाली महिला भलिबल टिम ।
अब भारतलाई फाइनलमा यसरी नै हराउनु पर्छ ।

नेपाल सरकारलाई सुझाव- भलिबललाई राष्ट्रिय खेल घोषणा गरेर मात्र पुग्दैन, गतिलो भलिबल रंगशाला बनाऊ ।
✍️Bhupeen Khadka ♥

Good Morning ❣
01/07/2024

Good Morning ❣

Address


Website

Alerts

Be the first to know and let us send you an email when Outsider Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share