15/05/2024
: क्रिकेट सन्दीप लामिछानलाई टी-२० विश्वकप खेल्ने बाटो खुलेको छ।
सन्दिप लामिछानेलाइ उच्च अदालत पाटनले बुधबार बलात्कारको मुद्दामा साफाइ दिएको हो।उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेलाई निर्दोष ठहर गरेको छ । न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउदै सन्दिपलाई निर्दोष ठहर गरेको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिएका छन् ।अदालतबाट सफाइ पाएका लामिछानेले क्रिकेटमा फर्किने बाटो खुलेको हो। जिल्ला अदालतको फैसलापछि नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेल्नबाट प्रतिबन्ध लगाएको थियो। उच्च अदालतको फैसलापछि क्यानले निलम्बन फुकुवा गर्नसक्नेछ।