Nagarik Chaso

  • Home
  • Nagarik Chaso

Nagarik Chaso नागारिक चासोमा स्वागत छ ! Please like this official Facebook

प्रविधिको विकाससंगै परिवर्तनको भोगी आम नागरिकको चासो र इच्छालाई मध्यनजर गरेर यो अनलाइन पोर्टलको सुरुवात गरेका छौं । आम नागरिकले भोग्नुपरेका समस्याको पहिचान तथा समाधानको लागि सत्य, तथ्य र निष्पक्ष सूचना र सञ्चारको लागि समाजमा रहेको भ्रष्टाचार, अनियमितता लगायतका आम नागरिकको चासोः नागरिक चासो ।

राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने विधाका खेलहरु भलिबल, फुटबल, सेपाक ताक्रो, ब्याड्मिन्टन, ला...
24/06/2024

राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने विधाका खेलहरु भलिबल, फुटबल, सेपाक ताक्रो, ब्याड्मिन्टन, लामोदुरीको दौड, क्रीकेट जस्ता खेलकुद प्रवर्द्धन गरिनेछ ।
-सिलीचोङ गाउँपालिका, संखुवासभाको नीति तथा कार्यक्रम २०८१/८२

बालमैत्री गाउँपालिका घोषणा गर्बका लागि आवश्यक प्रकृया प्रारम्भ गरिनेछ  । साथै वि.स. २०८७ अगावै बालमैत्री घोषणा गरिनेछ । ...
24/06/2024

बालमैत्री गाउँपालिका घोषणा गर्बका लागि आवश्यक प्रकृया प्रारम्भ गरिनेछ । साथै वि.स. २०८७ अगावै बालमैत्री घोषणा गरिनेछ ।
-सिलीचोङ गाउँपालिकाको नीति तथा कार्यक्रम २०८१/८२

24/06/2024

Live: सिलीचोङ गाउँपालिका गाउँसभाको १५औं अधिवेशन

24/06/2024

Live: सिलीचोङ गाउँपालिका गाउँसभाको १५औं अधिवेशनको अन्तिम तयारी ।
प्रत्यक्ष प्रशारण

सिलीचोङ गाउँपालिका गाउँसभाको १५औं अधिवेशनको अन्तिम तयारी ।प्रत्यक्ष प्रशारण Nagarik Chaso पेजमा ।
24/06/2024

सिलीचोङ गाउँपालिका गाउँसभाको १५औं अधिवेशनको अन्तिम तयारी ।
प्रत्यक्ष प्रशारण Nagarik Chaso पेजमा ।

संखुवासभा र भोजपुरको सिमाना भएर बहने अरुण नदीमा जलसतह बढ्नाले सवारी साधन वारपार गर्न चलाइँदै आएको फेरी बन्द भएपछि सतिघाट...
22/06/2024

संखुवासभा र भोजपुरको सिमाना भएर बहने अरुण नदीमा जलसतह बढ्नाले सवारी साधन वारपार गर्न चलाइँदै आएको फेरी बन्द भएपछि सतिघाटको झोलुङ्गे पुलबाट सामान ओसार्दै स्थानीय मजदुर । पक्की पुल नबनेकाले अरुण नदीमा पानीको सतह बढेपछि जेठ महिनाको अन्तिम सातादेखि फेरी सञ्चालन बन्द गरिएको हो ।
तस्बिर : सुजन बज्राचार्य/रासस

कोशी प्रदेश स्तरिय ब्याडमिण्टन प्रतियोगिताको उपाधि सुनिल कार्की र महेश खड्कालाई । कोशि प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियो...
22/06/2024

कोशी प्रदेश स्तरिय ब्याडमिण्टन प्रतियोगिताको उपाधि सुनिल कार्की र महेश खड्कालाई ।

कोशि प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको खुल्ला पुरुष डबल तर्फको उपाधि सुनिल कार्की र महेश खड्काको जोडीले जितेका छन् । जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको प्रथम कोशी प्रदेश स्तरिय ब्याडमिण्टन प्रतियोगिताको फाईनल खेलमा पविन लिङथेप र निश्चल खत्रीको जोडिलाई सोझो सेटले हराउदै ब्याडमिन्टन प्रतियोगितामा कार्की र खड्का विजयी भएका छन् ।
विजयी जोडिले सिल्ड मेडल र प्रमाणपत्र सहित नगद रु ६० हजार प्राप्त गरेका छन् भने उपविजेताले नगद रु ३५ हजार सिल्ड मेडल र प्रमाणप प्राप्त गरेका छन् । उक्त खेलमा प्रमिश श्रेष्ठ र प्रनिश सिंह ठकुरीको जोडि , बिसाल तामाङ र विवेक श्रेष्ठको जोडि तृतिय हुदै नगद रु १०/१० हजार साथमा सिल्ड मेडल र प्रमाणप प्राप्त गरेका छन् । संखुवासभाको खाँदबारीमा असार ६ देखि ८ गते सम्म संचालन भएको कोशी प्रदेश स्तरिय ब्याडमिण्टन प्रतियोगितामा खुला तर्फ बिभिन्न प्रदेशका ८ टिमको सहभागिता रहेको जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष संजिब श्रेष्ठ (राजु) ले जानकारी दिनुभयो ।

त्यसैगरि भेट्रान्स तर्फको (१०० माथि) प्रतियोगितामा जिबन कुमार बोगटि र श्रवण चौधरीको जोडिले संजय कपालि र रामराज आङ्दाङ्बेको जोडिलाई हराउदै विजयी भएका छन् । विजयी जोडिले सिल्ड मेडल र प्रमाणपत्र सहित नगद रु ५० हजार प्राप्त गरेका छन् भने उपविजेताले नगद रु ३० हजार सिल्ड मेडल र प्रमाणप प्राप्त गरेका छन् । इन्द्र महता र देब तामाङ, अनिल लाखे र हरी खत्रीको जोडि तृतिय हुदै नगद रु ७ हजार ५ सय/ ७ हजार ५ सय साथमा सिल्ड मेडल र प्रमाणप प्राप्त गरेका छन् । भेट्रान्स तर्फ नेपालका बिभिन्न जिल्ला र भारतका बिभिन्न प्रान्तहरु दार्जिलिंङ्, कलकत्ताबाट ३० जोडि को सहभागिता रहेको खेल संयोजक जानकी बल्लभ पोख्रेले जानकारी दिनुभयो ।

त्यसैगरि संखुवासभा जिल्ला व्यापि खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा सफल श्रेष्ठ र अनमोल बुर्जाको जोडिले लेखनाथ श्रेष्ठ र नरेन्द्र तामाङको जोडिलाई हराउदै विजयी भएका छन् । विजयी जोडिले सिल्ड मेडल र प्रमाणपत्र सहित नगद रु २० हजार प्राप्त गरेका छन् भने उपविजेताले नगद रु १० हजार सिल्ड मेडल र प्रमाणप प्राप्त गरेका छन् भने सुमन गौतम र सबिन तामाङ, साहिद र संदिप भगत श्रेष्ठको जाडि तृतिय हुदै नगद रु ५ /५ हजार साथमा सिल्ड मेडल र प्रमाणप प्राप्त गरेका छन् । संखुवासभा जिल्ला व्यापि खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा ५४ जोडि को सहभागिता रहेका थियो ।
साथै कोशि प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको खुल्ला पुरुष डबल प्रतियोगिताका तर्फ सुनिल कार्की, भेट्रान्स तर्फको (१०० माथि) देब तामाङ र संखुवासभा जिल्ला व्यापि खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता तर्फ सफल श्रेष्ठ सर्वोकृष्ठ खेलाडि भएका छन् ।

प्रतियोगिताको अवसर पारेर जिल्लामा ब्याडमिन्टन खेललाई सुरुवात गर्ने तथा खेल क्षेत्रलाई अगाडि बढ्न बढाउन सहयोग गर्ने व्यत्तिव्यत्तित्व तथा खेलाडिहरुलाई सम्मान पनि गरिएको संघका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

असार ६ बिहिबार देखि संचालन भएका प्रतियोगितालाई सम्बोधन गर्दै प्रमुख अतिथी खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले राष्ट्रिय स्तरको प्रतियोगिता संचालनका लागि खाँदबारी सक्षम रहेका धारणा राख्दै आवश्यक तैयारी थाल्न आयोजकलाई आग्रह समेत गरेका थिए । उनले खेलको माध्यमबाट संखुवासभाको पर्यटन प्रवर्धनमा ठुलो टेवा पुग्ने धारणा राखेका थिए ।
तस्वीर: डिजे चाउ फोटोग्राफी

सिलीचोङ-२ को बुधबारेदेखि भोजपुरको बुम्लिङटार सडक (सिक्का मार्ग) मा केहिदिन अघिको निरन्तर बर्षाको कारण क्षती पुगेको सडक म...
22/06/2024

सिलीचोङ-२ को बुधबारेदेखि भोजपुरको बुम्लिङटार सडक (सिक्का मार्ग) मा केहिदिन अघिको निरन्तर बर्षाको कारण क्षती पुगेको सडक मर्मतमा जनश्रमदानबाट मर्मत हुँदै, स्थानीय युवाहरुको सकृयतामा शनिबारे बिदाको दिन उक्त कार्य भएको हो । असार ८ गते शनिबारको श्रमदानमा २५ बढी युवाको सहभागी रहेको राजन मेवाहाङले जानकारी दिनुभयो । युवाहरुलाई स्थानीय व्यवसायीले समेत सघाएका छन । बर्सेनि यहाँका युवाहरुले श्रमदान गर्दै आएका छन । बर्षाको समयमा प्राय सनिबार श्रमदान गर्ने गरेका छन ।

संखुवासभा चैनपुरमा टिफरले  मोटरसाइकललाई ठक्कर दिदा चैनपुर नगरपालिकाका  कर्मचारी पदम श्रेष्ठको मृत्यु, साँझ ६ :३० बजेको स...
22/06/2024

संखुवासभा चैनपुरमा टिफरले मोटरसाइकललाई ठक्कर दिदा चैनपुर नगरपालिकाका कर्मचारी पदम श्रेष्ठको मृत्यु, साँझ ६ :३० बजेको समयमा जिल्ला संखुवासभा चैनपुर नगरपालिका वडा नम्बर ८ बानेश्वर स्थित भ्यु होटल नजिक कोशी राजमार्गमा सवारी दुर्घटना भएको थियो ।
चैनपुरबाट खराङ तर्फ जाँदै गरेको प्रदेश१-०२-००१ख ८२४९ नम्बरको टिफरले सोही दिशाबाट जाँदै गरेको को. १५प ९८३१ नम्बरको मोटरसाईकललाई पछाडिबाट ठक्कर दिई दुर्घटना हुदा मोटरसाईकल चालक जिल्ला संखुवासभा चैनपुर नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष अन्दाजी ४९। ५० को पदम श्रेष्ठ गम्भिर घाईते भई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर ल्याई चेकजाँच गर्दा डाक्टरले ऐ. १९:०० बज े मृत घोषणा गरको, लास सोही अस्पतालमा रहेको, दुबै सवारी साधन इलाका प्रहरी कार्यालय चैनपुर तर्फ ल्याउने कार्य भइरहेको, टिफर चालक ऐ.ऐ. १० खराङ बस्ने बर्ष अन्दाजी ३३/३४ कमानसिंह तामाङ इलाका प्रहरी कार्यालय चैनपुरको नियन्त्रणमा रहेको छ ।
(संसोधित)

सभापोखरी गाउँपालिका अध्यक्ष भिम बहादुर लिम्बुको धारणा सार्वजनिक ।
21/06/2024

सभापोखरी गाउँपालिका अध्यक्ष भिम बहादुर लिम्बुको धारणा सार्वजनिक ।

20/06/2024

पुल बगाउँदा भोटखोला आवतजावत ठप्प, ४ करोडको क्षति

सिलीचोङ गाउँपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई, नयाँ बजेट नीति तथा कार्यक्रममाथि राय संकलन र विकास निर्माण गतिविध...
15/06/2024

सिलीचोङ गाउँपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई, नयाँ बजेट नीति तथा कार्यक्रममाथि राय संकलन र विकास निर्माण गतिविधीको भिडियोमाथि राय संकलन कार्यक्रम सम्पन्न भएको छ ।
जसको सहजीकरण नागरिक चासो मल्टिमिडिया प्रा.लि.ले गरेको थियो ।

15/06/2024

सिलीचोङ गाउँ कार्यपालिकाको कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम

संखुवासभाको सिलीचोङ-५ याफु जाने  ईङखे भीरमा पहिरो गई सडक वाटो अवरुद्ध भएको छ । सडक नै लाने गरि गएको पहिरोका कारण आवत जाव...
14/06/2024

संखुवासभाको सिलीचोङ-५ याफु जाने ईङखे भीरमा पहिरो गई सडक वाटो अवरुद्ध भएको छ । सडक नै लाने गरि गएको पहिरोका कारण आवत जावत ठप्प भएको छ । यातायातका साधन आउन नसक्ने वडाध्यक्ष इश्वर कुलुङले जानकारी दिनुभयो ।

सिलीचोङ गाउँपालिका केन्द्रदेखि सदरमुकाम जाने मांतेवा स्थित सल्लेरी क्षेत्रमा भारी बर्षाका कारण बन्द रहेको सडक स्थानीय व्...
14/06/2024

सिलीचोङ गाउँपालिका केन्द्रदेखि सदरमुकाम जाने मांतेवा स्थित सल्लेरी क्षेत्रमा भारी बर्षाका कारण बन्द रहेको सडक स्थानीय व्यवसायीहरुसंगको समन्वयमा गाउँपालिकाले पुनः निर्माण गरी सञ्चालनमा आएको छ । गाउँपालिकाले इन्धन पठाई सडक पुनः निर्माण गरिएको हो ।

संखुवासभाको चिचिला गाउँपालिका वडा नम्बर २ र ३ बीचकाे कागुवा खाेलाकाे पुल क्षतिग्रस्त ।
14/06/2024

संखुवासभाको चिचिला गाउँपालिका वडा नम्बर २ र ३ बीचकाे कागुवा खाेलाकाे पुल क्षतिग्रस्त ।

बुधबार राती संखुवासभाकाे चिचिला गाउपालिका २ मा चट्याङ लागेर एक जनाकाे मृत्यू भएकाे छ । चट्याङ लागेर ४१ बर्षीय सावित्रा ग...
13/06/2024

बुधबार राती संखुवासभाकाे चिचिला गाउपालिका २ मा चट्याङ लागेर एक जनाकाे मृत्यू भएकाे छ । चट्याङ लागेर ४१ बर्षीय सावित्रा गुरूङकाे मृत्यू भएकाे हाे ।

सभाखोलाले बगाएर १ जनाको मृत्युसंखुवासभा : संखुवासभाको सभाखोला गाउँपालिका-१ लेब्राङ स्थितमा सभाखोलाले बगाएर १ जना पुरुष म...
13/06/2024

सभाखोलाले बगाएर १ जनाको मृत्यु

संखुवासभा : संखुवासभाको सभाखोला गाउँपालिका-१ लेब्राङ स्थितमा सभाखोलाले बगाएर १ जना पुरुष मानिसको मृत्यु भएको छ ।

बुधबार दिउसो पाँचखपन नगरपालिका-३ का ३३ बर्षीय भेषराज काल्पा मगरले खोलामा गाई तार्ने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको हो । खोलाले बगाएको स्थानबाट करिव ४ किलो मिटर टाढा रिपेनी घाटमा मगर मृत अवस्थामा फेला परेका थिए ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी अधिकृत सहितको टोली खटि मृतक लाशको आवश्यक कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी पठाएको छ भने घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको संखुवासभा प्रहरीले जनाएको छ ।

सङ्खुवासभाकाे सिलिचाेङ गाउँपालिका ३ खुङ्वामा पहिराेमा परि स्थानीय उत्तर बहादुर कुलुङ र दिल बहादुर कुलुङ घाईते भएका छन् ।...
13/06/2024

सङ्खुवासभाकाे सिलिचाेङ गाउँपालिका ३ खुङ्वामा पहिराेमा परि स्थानीय उत्तर बहादुर कुलुङ र दिल बहादुर कुलुङ घाईते भएका छन् । गाउँ नजिकै पहिराेले भत्काएकाे बाटाे मर्मत गर्ने क्रममा माथीबाट पहिराे खसेर घाईते भएकाे वडा सदस्य टिकाराम कुलुङले जानकारी दिनुभयाे । घईते दुवैलाई थप उपचारकाे लागि धरान लगिएकाे उहाँले जानकारी दिनुभयाे ।
- मकालु अनलाइनबाट ।

13/06/2024

बाढी पहिराेकाे वितण्डा
खादबारी नगरपालिका ५ माल्टामा हन्चुवा हाेलाले खेतीयोग्य जमिन पुरियाे र,ठाउँ ठाउँमा सडक अवरुद्ध

12/06/2024

एक विद्यालयका विद्यार्थीहरु जसले विभिन्न व्यक्तित्वहरुको परिचय गराएका छन ।
भिडियो: सामाजिक संजाल ।

अविरल वर्षाका कारण कोशि राजमार्ग अवरुद्ध मंगलबारराती परेको अविरल वर्षाले कोशी राजमार्गका विभिन्न सडकखण्डमा पहिरो खसेपछि ...
12/06/2024

अविरल वर्षाका कारण कोशि राजमार्ग अवरुद्ध

मंगलबारराती परेको अविरल वर्षाले कोशी राजमार्गका विभिन्न सडकखण्डमा पहिरो खसेपछि अवरुद्ध भएको छ । चिचिला-मकालु र भोटखोला खण्डमा सय भन्दा बढी पहिरो खसेको छ । जसका कारण सवारी यातायात थप्प भएकाछन ।
यस्तै सोमबार रातीको वर्षाले खाँदबारी-नुम सडक खण्ड अन्तर्गत ठूलोढुंगा अरुणथान ४ किलोमिटर सडकमा क्षति पुर्‍याएको छ ।

यो खण्डमा कालोपत्रका लागि गरिएको सवबेस, ग्याविन वाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक योजनाका प्रमुख सविन कोइरालाले बताए । उनकाअनुसार कालोपत्र गर्न ठिक्क पारिएको ४ किलोमिटर सडकमा क्षति पुगेको हो ।

यो कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्डमा पर्छ । पानीले ठूलो ढुंगा‍-पाङ्मा अरुण थानमा सबैभन्दा बढी क्षति पारेको स्थानीयबासी तथा पूर्वसांसद टंकप्रसाद राईले जनाकारी दिए । पानीले सडकमा करिब १ करोडको क्षति पारेको उनले बताए । क्षतिको विवरण संकलन भइरहेको छ ।
वर्खायाममा ठेकेदार कम्पनीहरुले काम सुरु गरे पछि सडकमा धेरै क्षती पुगेको हो । नाली काट्ने, जाली भर्ने र सडक चौडा गर्ने काम वर्खायाम लागेसङै धमाधम भैरहेको छ ।
ठुलो पानी परेकाले डोलिएर आएको बाढी सडक प्रवेश गरेपछि सोछे भन्दा बढी क्षती पुगेको मकालु गाउँपालिका अध्यक्ष ओङ्दी छिरिङ शेर्पाले बताउनु भयो ।

अरुण तेस्रोमा पहिरोले पुरिएर एक जनाको मृत्युसङ्खुवासभाको  चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु ...
12/06/2024

अरुण तेस्रोमा पहिरोले पुरिएर एक जनाको मृत्यु

सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ ।

उनीहरू निदाएका बेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् ।

खाली समयमा विद्यालयकाे लाईब्रेरीमा स्वअध्ययन गर्दै सङ्खुवासभाकाे सिलिचाेङ २ स्थित बाला याम्दाङ माविको विध्यर्थीहरु ।तस्व...
11/06/2024

खाली समयमा विद्यालयकाे लाईब्रेरीमा स्वअध्ययन गर्दै सङ्खुवासभाकाे सिलिचाेङ २ स्थित बाला याम्दाङ माविको विध्यर्थीहरु ।
तस्विर: राजन मेवाहाङ

मकालु गाउपालिका वडा न ५ खोकताक र नुम बिचको सडक खण्डमा अबिरल वर्षाको कारणले बाटो मा पहिरो खसेपछी सडक अवरुद्ध भएको छ ।
11/06/2024

मकालु गाउपालिका वडा न ५ खोकताक र नुम बिचको सडक खण्डमा अबिरल वर्षाको कारणले बाटो मा पहिरो खसेपछी सडक अवरुद्ध भएको छ ।

बर्खा लाग्यो...गए राति परेको अविरल वर्षाको कारण मकालु ५ नुम बजार स्थित प्रहरी चौकी नुम परिशरबाट खसेको पहिरोले केही घरमा ...
11/06/2024

बर्खा लाग्यो...
गए राति परेको अविरल वर्षाको कारण मकालु ५ नुम बजार स्थित प्रहरी चौकी नुम परिशरबाट खसेको पहिरोले केही घरमा सामान्य क्षती गरेको छ ।

खाँदबारी नगरपालिकाको सार्वजनिक सूचना ।
08/06/2024

खाँदबारी नगरपालिकाको सार्वजनिक सूचना ।

यु डब्लु एस नेपालले “भूमि पुनर्स्थापना, मरुभूमि र खडेरी प्रतिरोधी (हाम्रो भूमि, हाम्रो भविष्य)” भन्ने नाराका साथ जुन ५ द...
08/06/2024

यु डब्लु एस नेपालले “भूमि पुनर्स्थापना, मरुभूमि र खडेरी प्रतिरोधी (हाम्रो भूमि, हाम्रो भविष्य)” भन्ने नाराका साथ जुन ५ देखि ७, २०२४ सम्म विश्व वातावरण दिवसको ३ दिने अभियान आयोजना गरि सम्पन्न गरेको छ। यस अभियानले हरियाली र सुरक्षित भविष्यको लागि चेतना जगाउने र दिगो अभ्यासहरूलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको संस्थाका शिक्षा मेनेजर नतासा काफ्ले ले जानकारी दिएकी छिन।
गुल्मी, संखुवासभा, ताप्लेजुङ र भोजपुरका सबै
यु डब्लु एस नेपालले विद्यालयका विद्यार्थीहरू, उनीहरूका अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समितिका सदस्यहरू हाम्रो वातावरण संरक्षणको लागि यस सामूहिक र परिवर्तनकारी अभियानमा सक्रिय रूपमा सहभागी भएका थिए।
यो अभियान यु डब्लु एस नेपालका सबै विद्यालयमा सुरु भै सम्पन्न भएको छ।
विद्यार्थी र शिक्षकहरूले आ-आफ्नो समुदायमा र्‍याली, विद्यालय/समुदायमा नाटक मञ्चन , नारा र राम्रो भविष्यको लागि हाम्रो भूमिको रक्षा गर्न ध्यान दिन आग्रह गरे। अभियानमा शिक्षकहरूले विद्यार्थीहरूलाई माटो संरक्षणका हानिकारक असरहरू, फोहोर व्यवस्थापनको महत्त्व र जैविक विविधता संरक्षणबारे जानकारी गराएका थिए।
असार ६ गते बिहीबार अभियानले वर्षाको पानी संकलनको महत्वलाई उजागर गर्दै विद्यार्थीहरूले रेन वाटर हार्वेस्टिङको अवधारणा बुझ्न शिक्षकहरूको नेतृत्वमा प्रदर्शनमा भाग लिनेछन्।
विद्यार्थीहरूले आफ्नो घरमा रहेका पुन प्रयोग गर्न नसक्ने वस्तुहरू पुन: प्रयोग गर्ने र पुन: प्रयोग गर्ने मूल्य अभ्यास गर्न चराहरू र जनावरहरूका लागि पानी जम्मा गर्नका लागि प्रयोग नगरिएका साना भाँडाहरू वा कचौराहरू पनि ल्याइ विद्यार्थीहरूमा प्रकृतिका प्राणीहरूप्रति समानुभूतिको विचार पनि राखिएको शिक्षा मेजेजर काफ्ले ले जानकारी दिइन।
जुन ७, शुक्रबार, विद्यार्थीहरूले विश्व वातावरण दिवसको विषयवस्तुसँग मिलाएर कला, निबन्ध, कविता र भाषण प्रतियोगितामा समेत भाग लिएका छ्न। सबै यु डब्लु एस नेपाल विद्यालयका विद्यार्थीहरूले आफ्नो रचनात्मकता प्रदर्शन गरि एक विशेष सम्मेलन आयोजित गर्दै उत्कृष्ट टुक्राहरूलाई मान्यता दिइएको छ। उनिहरुले"एक विद्यार्थी, एक बिरुवा" पहलमा पनि भाग लिएका थिए। प्रत्येक विद्यार्थीले विद्यालयमा बिरुवा ल्याएर वृक्षारोपणका गतिविधिहरूमा समेत भाग लिए। स्वच्छ र हरियाली विद्यालय वातावरण प्रवर्द्धन गर्न सरसफाई अभियानको साथ कार्यक्रम समापन भएको छ।
यु डब्लु एस नेपाल बिगत दस बर्ष बाट नै निरन्तर ग्रामीण र सीमान्तकृत समुदायहरूमा बस्ने बालबालिकाको शिक्षा र शैक्षिक अवसरहरू सुधार गर्न प्रतिबद्ध हुँदै आइरहेको छ। संस्थाले गुणस्तरीय र समावेशी शिक्षाको पहुँचबाट ग्रामीण नेपालका करिब १४,००० भन्दा बढी विद्यार्थीहरूलाई लाभान्वित गरेको छ।

सार्वजनिक सुनुवाई हुने सूचना ।
06/06/2024

सार्वजनिक सुनुवाई हुने सूचना ।

उपस्थिति सम्वन्धमा।श्री राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिज्यूहरू श्री टोल विकास समितिका संयोजकज्यूहरूश्री  सरोकारवालाह...
06/06/2024

उपस्थिति सम्वन्धमा।
श्री राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिज्यूहरू
श्री टोल विकास समितिका संयोजकज्यूहरू
श्री सरोकारवालाहरू
सबै

Address


Alerts

Be the first to know and let us send you an email when Nagarik Chaso posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nagarik Chaso:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share

सुरशाला मल्टीमिडिया प्रा.लि.

सुरशाला मल्टीमिडिया प्रा.लि. सुचना, सञ्चार र मल्टीमिडियाको क्षेत्रमा काम गर्ने गरि स्थापना भएको कम्पनी हो । यस कम्पनी कम्पनी राजिष्टारको कार्यालय काठ्माण्डौमा दर्ता भएको हो भने यसको मुख्य कार्यालय खाँदबारी नगरपालिका वडा नं. १ मा अवस्थित छ ।

रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाईन पत्रिका, रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण यस कम्पनीको मुख्य कार्यहरु हुन् । त्यस्तै, चलचित्र, टेलिचलचित्र, भिडियो चित्र, बृत्तचित्र लगायतका कार्यहरु पनि यस कम्पनीले गर्दै आएको छ । त्यस्तै विभिन्न कार्यालय, निकाय, संघसंस्थाहरुको सार्वजनिक सुनुवाईको कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।

हाल यो कम्पनीबाट नागरिक चासो डटकम नामक अनलाईन पत्रिका सञ्चालन गरिरहेको छ । त्यस्तै, त्यस्तै, नागरिक चासो टिभी र सुरशाला ईन्टरटेन्मेन्ट नामक जनप्रिय युट्युब च्यानल पनि सञ्चालनमा ल्याएको छ ।

सरकारी तथा गैह्र सरकारी, संघसंस्था, उद्योग ब्यावसायहरुको विज्ञापन सङ्कलन गरि विभिन्न सञ्चार माध्ययमहरुलाई वितरण गर्ने लगायतका कार्यहरु पनि यस कम्पनीले गर्दै आएको छ ।