23/07/2024
Thank you Doctors, Nurses, Health Workers, Municipality, Management Team, and All Supporters: गलकोट नगर अस्पतालबाट गत आर्थिक वर्षमा गलकोट, ताराखोला, बडिगाड, बरेङ र मुसिकोट लगायतका स्थानहरुका करिव ३० हजार भन्दा बढि बिरामीहरुले सेवा लिनु भएको छ ! 🏥❤️
१२ हजार १ सय ३३ जनाले ल्याव सेवा, ४ हजार ५८ जनाले एक्सरे सेवा, १ सय ८५ जनाले दन्त सेवा, १ सय १ जनाले एम्बुलेन्स सेवा, २७ जनाले पोष्टमार्टम सेवा, ५ जनाले मर्चरी सेवा, ५९९ जना भर्ना भएरै सेवा र ५५ जना विपन्न नागरिकहरुले निःशुल्क सेवा समेत लिनु भएको थियो ।
त्यस्तै गलकोट नगरपालिकाले सेवा र सुविधाको लागि ल्यावलाई सुदृढिकरण गरी अत्याधुनिक मेसिनद्धारा थाईराईडको जाँच, भिटामिन डि, सुगरको एचबि एवान सी को जाँचको सुरुवात गरिएको छ । गर्भवतीको आकस्मिक शल्यक्रिया कार्यक्रम सञ्चालन गरिने लक्ष्य समेत लिईएको छ ।
त्यस्तै गत आर्थिक वर्षमा गलकोट समाज जापानले नगर अस्पताललाई भिडियो एक्सरे मेसीन सहयोग, गलकोट नगरपालिका वडा नम्वर ६ निवासी झप्पर बहादुर बस्नेतले आफ्नो बुबा आमाको सम्झनामा मर्चरी हस्तान्तरण गरी ५ जनाको शव राखिएको समेत जानकारी गराईएको थियो ।नगर अस्पतालमा लायन्स क्लव ३ सय २५ जे को पहलमा भारतिय दुतावासद्धारा बि ग्रेडको एम्बुलेन्स समेत सहयोग प्राप्त भएको थियो ।
डाक्टर, नर्स, स्वास्थ्यकर्मी, नगरपालिका, व्यवस्थापन टोली र सबै सहयोगीहरूलाई हार्दिक धन्यवाद !