Now Nepal

Now Nepal powered by

मोबाईलमा हेर्न र पढन मिल्ने । बिश्वास गर्नु होस नेपालमा केहि घटना घटे थाहा पहिले तपाइले पाउनु हुनेछ । नेपाली समाचारका साइटबाट तुरन्तै समाचार आर्एस्एस बाट ....

16/10/2022

उधमशिल यूवाहरुको विचार मनन गरौ ।

नामकरण नगरी पाँच वर्ष बिताएका प्रदेश १ सांसदहरुले स्वकीय सचिवमा आफन्त नियुक्ति गरेर सरकारी तलबभत्ता झ्वाम्म पारेका छन्। ...
26/09/2022

नामकरण नगरी पाँच वर्ष बिताएका प्रदेश १ सांसदहरुले स्वकीय सचिवमा आफन्त नियुक्ति गरेर सरकारी तलबभत्ता झ्वाम्म पारेका छन्। संसद अधिवेशनको अन्तिम बैठकमा हात जोडेर माफी माग्दै विदा भएका सांसदहरुले परिवारका सदस्य र आफन्तलाई स्वकीय बनाएर सरकारी ढुकुटी रित्याएका हुन्।

विराटनगर : नामकरण नगरी पाँच वर्ष बिताएका प्रदेश १ सांसदहरुले स्वकीय सचिवमा आफन्त नियुक्ति गरेर सरकारी तलबभत्ता झ...

26/09/2022
ताप्लेजुङमा अवस्थित धार्मिक पर्यटकीयस्थल मुक्कुमलुङ बचाऔं अभियानले सञ्चालन गरिरहेको आन्दोलनलाई समर्थन गर्दै किरात धार्मि...
26/09/2022

ताप्लेजुङमा अवस्थित धार्मिक पर्यटकीयस्थल मुक्कुमलुङ बचाऔं अभियानले सञ्चालन गरिरहेको आन्दोलनलाई समर्थन गर्दै किरात धार्मिक संस्था किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय समितिले प्रेस विज्ञप्ति जारी गरेको छ ।

शनिबार किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘ताप्लेजुङ जिल्लामा अवस्थित किरात याक्थुङ लिम्बु समुदायको मुन्धुमी आध्यात्मिक एवं पवित्र धार्मिक स्थल मुकुमलुङको परिवर्तित हिन्दुकृत ‘पाथीभरा’ नामबाट यहीँ आगामी २०७९ असोज ११ गतेदेखि १३ गतेसम्म पाथीभरा म्याराधन तथा पर्यटन महोत्सव २०७९ आयोजना गरिएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

असोज ९, इलाम । ताप्लेजुङमा अवस्थित धार्मिक पर्यटकीयस्थल मुक्कुमलुङ बचाऔं अभियानले सञ्चालन गरिरहेको आन्दोलनलाई ...

डेंगीको संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १३ हजार नाघेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुस...
17/09/2022

डेंगीको संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १३ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, शुक्रबारसम्म डेंगीबाट १३ जनाको ज्यान गएको पुष्टि भएको छ। डेंगीको संक्रमण सबैभन्दा बढी बागमती प्रदेशमा देखिएको छ।

अहिलेसम्म ७५ जिल्लामा १३ हजार सात जनालाई डेंगी लागेको पुष्टि भएको छ। जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा नौ हजार ९७१ जना छन्।

त्यस्तै, लुम्बिनीमा एक हजार ५१०, प्रदेश १ मा ४१७ र सुदूरपश्चिममा ४०४ जनामा डेंगी देखिएको छ। यसै गरी, गण्डकीमा २९१, मधेशमा २२६ र कर्णालीमा १८८ जनामा डेंगी देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

डेंगीको संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १३ हजार नाघेको छ।

07/09/2022

चुनावमा कस्तो व्यक्तिलाई उम्मेदवार बनाइनुपर्छ ? मतदाताको स्वभाविक चाहना हुन्छ– राजनीतिक दलले सक्षम, इमानदार र भ....

प्रदेश १ मा लामखुट्टेबाट सर्ने डेंगी रोग र जापानिज इन्सेफ्लाइटिसका बिरामीको संख्या बढ्दै गएको छ।प्रदेश १ का विभिन्न जिल्...
06/09/2022

प्रदेश १ मा लामखुट्टेबाट सर्ने डेंगी रोग र जापानिज इन्सेफ्लाइटिसका बिरामीको संख्या बढ्दै गएको छ।

प्रदेश १ का विभिन्न जिल्लामा हालसम्म २ सय २१ जना डेंगीका बिरामी भेटिएका छन्। प्रदेशका स्वास्थ्यमन्त्री जयराय यादवका अनुसार जिल्लाका अस्पताल तथा स्वास्थ्य निकायलाई सचेत र सतर्क रहनका लागि निर्देशन भइसकेको बताए।
लामखुट्टेबाट सर्ने डेंगीबाट जोगिन अपिल गर्दै उनले प्रदेशका विभिन्न स्वास्थ्य निकायलाई आवश्यक सामाग्री, किट उपलब्ध गराउन थालिएको जानकारी दिए। उनका अनुसार डेंगीसँगै जापानिज इन्सेफ्लाइटिसका बिरामीको संख्या १० जना पुगेको छ। प्रदेशका विभिन्न स्थानमा शंकास्पद ६७ बिरामीको परीक्षण गर्दा १० जनामा सो रोग पुष्टि भएको हो।

प्रदेशको पहाडी क्षेत्र तेह्रथुममा हालसम्म ८८ जनामा डेंगी पुष्टि भएको छ। तेह्रथुमको फेदाप र म्याङलुङमा डेंगीका बिरामी देखिएका छन्।

त्यसैगरि, संखुवासभाको बाक्लो बस्ती भएका शहरमा ५७ जनामा डेंगी देखिएको छ। भोजपुरमा समेत १५ जनामा डेंगी पुष्टि भएको छ। मन्त्रालयले ताप्लेजुङ र पाँचथरमा १–१ जनामा डेंगी पुष्टि भएको जनाएको छ।

प्रदेशमा माघ ८ गते मोरङमा दुई जनामा पहिलो पटक डेंगी पुष्टि भएको थियो। त्यसयता रोकथाम र नियन्त्रणमा काम गर्दै आएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले भदौ ६ गतेसम्म प्रदेशका विभिन्न स्थानमा १ सय ६७ जनामा डेंगीका बिरामी उपचारमा रहेको जानकारी दिएको छ।

विराटनगरको कोशी अस्पतालका निमित्त मेडिकल सुप्रिटेण्डेन्ट डा. लक्ष्मीनारायण यादवका अनुसार दुई जना डेंगुका बिरामी उपचारमा रहेका छन्। ज्वरोका कारण उपचारका लागि अस्पताल पुगेका १० जनामा परिक्षण गर्दा दुई जना पुरुषमा पुष्टि भएको डा. यादवको भनाइ छ।

प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका अनुसार स्थानीय तह र आफ्नो स्वास्थ्य निकायमार्फत उपचारदेखि सूचनात्मक कार्यक्रमलाई तिव्रता दिन आग्रह गरेको छ।

मन्त्रालयले घर वरिपरि फोहर पानी जम्न नदिन, झाडी जंगल सफा बनाउन, घरभित्र झुल राखेर सुत्न तथा लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कन अपिलसमेत गरेको छ।

मोरङ – प्रदेश १ मा लामखुट्टेबाट सर्ने डेंगी रोग र जापानिज इन्सेफ्लाइटिसका बिरामीको संख्या बढ्दै गएको छ। प्रदेश १...

Address


Alerts

Be the first to know and let us send you an email when Now Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share