11/04/2016
कति कमाउछन् नेपालीले अस्ट्रेलियामा मोटामोटी रुपमा ? र आफु अस्ट्रेलिया आएपछि कुन कामलाई आफ्नो Career बनाउने ?
1. Nursing
अस्ट्रेलियामा Nursing को Demand एकदम बडी छ र एक Best Career हुन सक्छ। Nurse हरुले Australia मा सायद कहिले पनि बेरोजगार बस्नु पर्दैन। Nurse हरुको कमाई सुरुदेखि नै राम्रै हुन्छ र Position बढ्दै जाँदा अझ बडी हुन्छ।
नर्सहरुले वर्षको करिब $59,000 -$84,000 Base Pay कमाऊछन्। Level अनुसार, अर्थात् आफ्नो Experience अनुसार। यसबाहेक Overtime, Shift Loading, Weekend Pay, Double Time, Salary Sacrifice आदि Benefit पाउनछन्। Clicinal Nurse/Midwife ले $86,000 - $93,000 सम्म Base Salary नै पाउछन्। केहि DON Director of Nursing ले Base Pay $150,000/yr पनि कमाउछन्।
2.Accounting -
Accounting बाट PR पाउने हुनाले धेरै नेपालीहरुले Accounting मा डिग्री गरेका छन् र धेरैले Accounting मै जागिर खाएका छन्। Accounting मा सुरुवात मा अलि थोरै पैसा हुन्छ। Bookkeeper हरु ले सुरुमा $36,000 देखि पछि $55,000 सम्म कमाऊछन्।
यस्तै General Accountant, Corporate Accountant, Payroll, Financial Accountant ले छुट्टा छुट्टै तलब कमाऊछन्। यी पेशाको तलब $49,000 देखि $90,000 वर्षमा हुने गर्छ।
तेस्तै Accounting Manager/Finance Manager भएमा भने तलब $120,000 सम्म नेपालीले कमाऊछन्।
CA वा CPA गरेका Accountant हरुले आफ्नै Accounting Business गरेर अझ बडी कमाऊछन् वा जागिरनै खाए पनि $120,000 भन्दा बडी कमाउन सक्छन।
3.बैंक Clerk -
Accounting बाट बैंक Clerk, Customer Service आदिले $49,000 कमाऊछन्। बैंक Manager नेपाली पनि छन् जो $90,000+ कमाऊछन्।
4.IT -
Accounting जस्तै IT मा पनि PR हुने हुँदा थुप्रै नेपाली Student ले IT गरेका छन् र IT मा नै Career बनाएका छन्। IT मा $49,000 देखि Job सुरु गर्छन र करिब $145,000 सम्म कमाऊछन्।
5.Chef/Restaurant Work -
सन् 2007 भन्दा पहिला Cookery बाट PR पाउन येति सजिलो थियो कि कतिपयले ३ महिनाको Diploma मात्र गरेर पनि PR पाए। तेसैले धेरै भन्दा धेरै नेपालीहरुले पनि Cookery गरे। तेस्तै कुनै पनि Skill नहुँदा सजिलै Kitchen मा काम पाउने हुनाले पनि धेरै नेपालीले Kitchen मा Chef को काम गर्छन।
Kitchen Hand ले करिब सुरुवात मा $40,000 देखि Chef हुँदासम्म $55,000 कमाऊछन्। तेस्तै अलि Experienced Chef ले $60,000 देखि $70,000 र Overtime पाउनछन्।
तेस्तै Front मा काम गर्नेले (Wait Staff) ले $35,000 जति कमाऊछन्।
6.Cleaner -
Skill कम हुने हुँदा र Student Life मा पढाई को साथ साथ Part-time काम पाउन सजिलो Cleaning पनि हो। Cleaning मा सुरु सुरुमा Cash मा अति नून्न Pay पाउनछन्। तर राम्रो ठाउँमा Cleaning काम गर्नेले घण्टाको करिब $25/hr पाउनछन्।
तेस्तै Salary मा भने $49,000 देखि $55,000 plus Overtime पाउनछन्।
कतिपय Cleaning को Contractor बन्छन र करिब $90,000 देखि $150,000 वा सोभन्दा पनि बडी कमाऊछन्। तर Contract भनेको Business हुँदा कामको Dedication पनि तेही अनुरुप कै हुन्छ।
7.Customer Service/Cashier/Supermarket Jobs -
धेरैले नेपाली Shopping Center हरुमा Customer Service/Cashier/Night Fill पनि गर्छन। उनिहरुको Salary $39,000 - $54,000 हुन्छ। तर Managerial Level मा पुगेका नेपालीको यो भन्दा बडी हुन्छ।
8.Doctor/Dentist/Solicitor -
कतिपय Doctor/Dentist/Solicitor जस्ता High level को Job मा पनि हुनु हुन्छ जसको तलब $150,000 भन्दा माथि हुन्छ।
यस्तै धेरै अरु Profession मा नेपालीहरु छन् र उनीहरु आफ्नो पेशामा खुशी छन् र राम्रै आम्दानी र जिबिका चलाउछन्।