Urlabarinews.com

  • Home
  • Urlabarinews.com

Urlabarinews.com पलपल हरपलको खबर

03/09/2022

अर्जेन्टीनामा उप-राष्ट्रपति को हत्या प्रयास असफल

राजनीती निर्णय लिन भोट दिने बेला मासु रक्सी पैसा सवै खाउ तर यति बुझेर गोप्य मतदान कस्लाई गर्ने भनेर आफै निर्णयमा पुग्नुस...
17/08/2022

राजनीती निर्णय लिन भोट दिने बेला मासु रक्सी पैसा सवै खाउ तर यति बुझेर गोप्य मतदान कस्लाई गर्ने भनेर आफै निर्णयमा पुग्नुस हजुर।

विवाहको चलन : सहि कि गलत?सालिले भिनाजुको जुत्ता लुकाएर पैसा माग्ने, भिनाजुले पनि साली फकाउन भनेजती पैसा दिने वा बार्गेनि...
07/07/2022

विवाहको चलन : सहि कि गलत?
सालिले भिनाजुको जुत्ता लुकाएर पैसा माग्ने, भिनाजुले पनि साली फकाउन भनेजती पैसा दिने वा बार्गेनिङ गर्ने, जन्तीहरुले यहीँ मौकामा सालिहरु जिस्क्याउने अनि रमाउने.....यो के हुँदै छ नेपाली विवाह हरुमा ?
अझ आज त एउटा विवाहमा ३ लाख मागेको भिडियोले सन्जाल नै तताइदियो😶
विवाह गर्न लाग्यो भन्दैमा पैसा नै पैसा हुन्छ भन्ने मनस्थिति त्याग्नु पर्ला है।
अनि,
हातको मैला सुनको थैला के गर्नु धनले,
साग र ढिडो खाएको बेस आनन्दी मनले।
Cr Roe

24/06/2022

‼️
झापाको गौरादह नगरपालिका वडा न ३ का २ बालिका बलात्कृत भएका छन ।

गौरादह ३ जामबाडिका ७ बर्षिय र १२ बर्षिय बालिका बलात्कृत भएका हुन । घटना ३/४ दिन अगाडीको भएतापनी पीडित बालिकाहरुल् हिजो मात्र सुनाएपछी घटना बाहिरिएको हो ।
Source:Rogb

SadNews: इलामबाट दमक झापा जादै गरेको बुलेरो आज बिहान ८:४५ बजे मेची राजमार्ग अन्तरगत रोङ पलिकाको जोर कलश नजिकै दुर्घटना ह...
22/06/2022

SadNews: इलामबाट दमक झापा जादै गरेको बुलेरो आज बिहान ८:४५ बजे मेची राजमार्ग अन्तरगत रोङ पलिकाको जोर कलश नजिकै दुर्घटना हुदा चालक सिकिस्त अवस्थामा रहेका छन । गाडीको ब्रेक फेल हुदा यात्रुको सुरक्षा गर्न बाटोको बायाँ भाग अर्थात नाली तर्फ मोड्दा नालीमा गाडी पसेको र सोही गाडीले चालकलाई बेसरी चेपेको हुदा उनको टाउको लगायत शरीरका अन्य भागमा समेत चोट लागेको छ । घटनामा परि घाइते भएका चालकलाई अन्य सवारीका चालकहरुको सहयोगमा उपचारमा लगिएको छ । गाडीमा सवार यात्रुहरु भने सकुशल रहेका छन ।
Source - Birtamodfb

पेट्रोलियम मूल्य वृद्धि बिरुद्ध विरोध प्रदर्शन Today At Damak ChowkTime :7:00 P.M आयोजक:संयुक्त विद्यार्थी संगठन
22/06/2022

पेट्रोलियम मूल्य वृद्धि बिरुद्ध विरोध प्रदर्शन
Today At Damak Chowk
Time :7:00 P.M
आयोजक:संयुक्त विद्यार्थी संगठन

रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामको नयाँ राजनीतिक पार्टी खोल्ने घोषणा गरेका छन् ।
21/06/2022

रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामको नयाँ राजनीतिक पार्टी खोल्ने घोषणा गरेका छन् ।

Live Condition Of Urlabari Pic:Abishek Khadka
20/06/2022

Live Condition Of Urlabari

Pic:Abishek Khadka

हाल चलनमा नरहेको नेपालको एक रुपैया नोटमा राखिएको मुगु जिल्लाको र हुम्ला जिल्लाको सिमानामा पर्ने चंखेली हिमाल। ❤️Pic. Ram...
19/06/2022

हाल चलनमा नरहेको नेपालको एक रुपैया नोटमा राखिएको मुगु जिल्लाको र हुम्ला जिल्लाको सिमानामा पर्ने चंखेली हिमाल। ❤️

Pic. Raman Neupane

चर्चित व्यवसायी दुर्गा प्रसाँईले दुबईमा मेडिकल कलेज खोल्ने घोषणा गरेका छन्।
19/06/2022

चर्चित व्यवसायी दुर्गा प्रसाँईले दुबईमा मेडिकल कलेज खोल्ने घोषणा गरेका छन्।

18/06/2022

‼️
आर्थिक संकटमा फसेको श्रीलंकामा दुई साता विद्यालयहरू बन्द हुने भएका छन् । पेट्रोल र डिजेलको चरम अभाव हुन थालेपछि विद्यालय बन्द हुने भएका हुन् ।

17/06/2022

: भारतको पश्चिम बंगालमा पर्ने पानीट्याङ्कीमा रेलको ठक्करबाट मेचीनगर वडा नम्बर ६ काँकडभिट्टाका ३० वर्षीय विजय श्रेष्ठको रेलको ठक्करले मृत्यु भएको प्रहरीले जनाएको छ।

16/06/2022

लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । उनी आजै ग्यालेक्सी टेलिभिजनबाट बिदा भए । राष्ट्रिय राजनीतिमा रवि दाईलाई हार्दिक स्वागत छ 🙏

16/06/2022

चितवनको मेघौलीमा निउरो टिप्न जंगलमा गएकी एक महिलालाई बाघले वेपत्ता बनाएको छ ।

दश बर्षे जनयुद्धले दिएको एउटा स्वीकार्नै पर्ने उपाहार: पुर्व माओवादी लडाकु अमर राई (बर्ष ३२) भन्छन, "परिवर्तनको नाममा दु...
15/03/2022

दश बर्षे जनयुद्धले दिएको एउटा स्वीकार्नै पर्ने उपाहार: पुर्व माओवादी लडाकु अमर राई (बर्ष ३२) भन्छन, "परिवर्तनको नाममा दुईटा हात संगै आँखाको ज्योति गुमाए, घर फर्किंदा खल्तीमा जम्मा एकचालीस हज़ार थमाई दिए मेरो दुई हात र आँखाको बदलामा.....!"
Pic. Mayjan Namdung Rai

26/10/2021
हाम्रो राम्रो उर्लाबारी 😍
25/10/2021

हाम्रो राम्रो उर्लाबारी 😍

एक दिनको मासु-भातको लोभले ५ बर्ष दु:ख पाईन्छ ।
08/08/2021

एक दिनको मासु-भातको लोभले ५ बर्ष दु:ख पाईन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न निर्...
03/08/2021

प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न निर्देशन दिएका छन्। मंगलबार ऊर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएको स्रोतले जनाइएको छ ।

प्रधानमन्त्रीको निर्देशनपछि उर्जामन्त्री भुसालले प्राधिकरणका अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर राजीनामा दिन भनेकी छन्।

अब शाक्यले राजीनामा नदिए सरकारले उनलाई स्पष्टीकरण सोध्ने तयारी उर्जा मन्त्री भुसालको तयारी रहेको उर्जा मन्त्रालय स्रोतको दाबी छ ।

यदि राजिनमा नदिएको खण्डमा स्पष्टीकरण मार्फत हटाउने सरकारको तयारी छ ।

30/07/2021

ब्याँस गाउँपालिका २ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा एक जना नेपाली नदीमा बेपत्ता भएका

भ्रष्टाचारको  मुख्य योजनाकार उपभोक्ता समितिका सचिव बजगाई साउन ९ (समाचार साभार breaknlinks.com)खोलाको दुई तर्फका पिल्लर न...
27/07/2021

भ्रष्टाचारको मुख्य योजनाकार उपभोक्ता समितिका सचिव बजगाई

साउन ९ (समाचार साभार breaknlinks.com)
खोलाको दुई तर्फका पिल्लर निर्माण गर्दा ८८ लाख रुपियाँ सकेर हिसाव किताव लुकाउने मुख्य ब्यक्ति उपभोक्ता समितिका सचिब शङ्कर बजगाई भएको खुलेको छ । मोरङको मिक्लाजुङ–५ को सोल्टी खोलाको पुल निर्माण गर्ने उपभोक्ता समितिमा बजगाई सचिव थिए । सचिव बजगाईलाई आर्थिक हिनामिना गर्न सम्पूण कागजात मिलाउन गाउँपालिकाका तत्कालिन इन्जिनीयर सुवास आचार्यको सहयोग रहेको खुलेको छ । आचार्य त्यो बेला गाउँपालिकामा करार सेवामा कार्यरत थिए । हाल उनी लेटाङ नगरपालिकामा कार्यरत छन् । सोल्टी खोलाको आरसीसी पुल निर्माणका क्रममा लाखौं रुपियाँ हिनामिना भएपछि हाल पूल निर्माणको काम रोकिएको छ । उत्तर–पूर्वी मोरङको मिक्लाजुङ–५ को धानखेतीसँग गुप्ती र खोलीटारलाई जोड्ने सोल्टी खोलामा पुल नबन्दा त्यस क्षेत्रका मानिस वर्षौं देखि सास्ती खेप्न बाध्यछन् ।

स्थानीयलाई मात्र होइन , उपभोक्ता समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठलाई समेत गुमराहमा पारेर बजगाईले इन्जिनीयरसँग सेटिङमा लाखौं कुम्ल्याएको स्थानीयको बुझाई छ । तर, गाउँमा पुल बन्ने आशामा स्थानीय भने चुपचाप बसेको बुझिएको छ । समाचार स्रोतले भन्यो –करारका इन्जिनीयरको सेवा अवधि सकिन लागेको मौका पारेर बजगाईले पुलको लम्बाई ७० फिट बनाउन दबाब दिएका थिए । इन्जिनीयर आचार्यले समेत बजगाईका नोटमा लोभिएर सोही अनुसार इष्टमेट गरेको गाउँपालिका स्रोतको भनाई छ । गाउँपालिकाले ६० लाखमा पुल बनाउँने योजना तय गरेको थियो । तर, बजगाईले प्रदेश सभाका सांसद कुलप्रसाद साम्वा मार्फत बजेट ल्याउने भन्दै १ करोड १० लाखको लागत इष्टमेट गराएका थिए । बजगाईको उसबेलाको चुरिफुरीका कारण गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्य र वडाध्यक्ष रुद्र लिङ्देन समेत ब्याक भएका थिए । वर्षायाममा खोला तर्दा सोल्टी खोलाले धेरै मानिसलाई बगाइसकेको थियो । त्यसैले बजगाईले बजेट ल्याउने भनेपछि स्थानीय उपभोक्ता मात्र होइन, गाउँपालिकामा पदाधिकारी समेत मौन बसेका थिए । प्रदेश सरकार गठन भएको वर्ष दिन नबित्दै तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले पुलको शिलान्यास गरेका थिए ।

स्थानीय तीन वटा सामूदायिक वन र गाउँपालिकाको साझेदारीमा निर्माण गर्ने तय भएको पुलका लागि प्रदेश सरकारले ५० लाख रुपियाँ थपिदिने भएपछि बजगाई र सांसद साम्वासँग सबै खुसी भएका थिए । तर, १ करोड १० लाख रुपियाँको आयोजना निर्माण गर्दा गाउँपालिका टेण्डर आह्वान गरेन । सामान्यतया ५० लाख रुपियाँ माथिका आयोजना निर्माण गर्दा इविडिङ गर्ने सरकारी नियम छ । कार्यपालिकाको सामान्य निर्णयबाट मिक्लाजुङ गाउँपालिकाले रकम निकासा गरीदियो । उता तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वोको ठाडो निर्देशनमा प्रदेश सरकारले उपभोक्ता समितिको नाममा चेक दियो । गाउँपालिकामा मार्फत भूक्तानी हुने उक्त रकम उपाध्यक्ष सरला राईले समेत अनुगमन गर्न भ्याइनन् । अधिकांश जनप्रतिनिधिहरू उक्त पुल निर्माणका बिषयमा बेखबर जस्तै छन् ।

सरकारी कोषको ८८ लाख रुपियाँ सकिए पनि पुल निर्माणका क्रममा ल्याइएका कतिपय सामग्रीको पैसा अझै भुक्तानी भएको छैन् । सरकारी पैसा आउनु अगावै बजगाईले वरडाँडा सामूदायिक वनबाट १० लाख रुपियाँ,गौमति सामूदायिक वनबाट १० लाख र धानखेती सामूदायिक वनबाट ५ लाख रुपियाँ छिनी सकेका थिए । शिलान्यासको बेला स्थानीय टेकबहादुर राईलाई उपभोक्ता समितिको अध्यक्ष बनाइएको थियो । टेकबहादुरले २ महिना पनि जिम्मेवारी सम्हाल्न नसकेपछि बुद्धिमान श्रेष्ठको अध्यक्षतामा अर्को उपभोक्ता समिति बनेको हो । सोही समितिमा शंकर बजगाई सचिव बने अनि सेटिङ मिलाउँदै रकम कुम्ल्याउन थाले । उपभोक्ता समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले भने –सचिवले खोलाको दुई तर्फ पिल्लर लगाउँदा मात्र ८८ लाख रुपियाँ खर्च भयो भने ,होला त नि भनेर मैले पनि सही गरिदिएँ । सचिवले जे जे भन्छन् सोही अनुसार मान्दै काम गरेको बुद्धिमानको भनाई छ । अध्यक्ष श्रेष्ठका अनुसार धेरै कुरा सचिवलाई थाहा छ ।
अहिले पुल बनि नसक्दै बजेट सकिएको छ । साडे ३ वर्षमा न पुल बनेको छ । न हिसाव सार्वजनिक भएको छ । हिसाव सार्वजनिक नै नगरी बजगाईले नै हतार हतार भीमप्रसाद गौतमको अध्यक्षतामा अर्को समिति बनाएका छन् । गौतमले अघिल्लो समितिको हिसाव माग गर्दा न त गाउँपालिकाले हिसाव दिएको छ न प्रदेश सरकारले ।

को हुन बजगाई ?
शङ्कर बजगाई एमाओवादी केन्द्रका स्थानीय नेता हुन् । गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षको उम्मेद्वार बनेका बजगाई कांग्रेसका रुद्र लिङ्देनसँग चुनाब हारेका थिए । चुनाब हारे पनि नेकपा एमाले र माओवादी केन्द्रको एकता पछि उनको चुरिफुरी निक्कै बढको थियो । प्रदेश सभा सदस्य कुलप्रसाद साम्वाको सोर्समा योजना नै नबनाई बजेट ल्याउने र आफै उपभोक्ता समितिमा बसेर रजगज गर्ने उनको मुख्य काम हो । उनी वडा नं ५ का अधिकांश योजनाका हर्ताकर्ता हुने गरेका छन् । स्थानीयका अनुसार बजगाईले केही प्रतिशत रकम प्रदेश सभा सदस्य एवं आफ्ना गुरु साम्वालाई समेत पुर्‍याउने गरेका छन् । तर, नेकपा एमाले र माओवादी केन्द्र फुटेपछि बजगाई नेकपा एमाले तिर लागेका छन् । धेरै वटा उपभोक्ता समितिमा बसेर काम गरेका बजगाईको आर्थिक हैषियत दिन दुगुना रात चौगुना परिवर्तन भएको छ । स्थानीय समाचार स्रोत भन्छ –अहिले उनले ट्रिफर, गाडी घोडा जोडिसकेका छन् । कुनै ब्यापार नगरी एकै पटक यति धेरै सम्पत्ति कसरी जोडे भन्ने विषयमा स्थानीय भन्छन् – हामीलाई कसरी थाहा हुनु र ? तर, उनको समाजिक हैषियत भने बदलिएको छ ।

सम्पत्ति सुद्धिकरण र अख्तियारमा जाने
खेल मैदान निर्माणमा होस या पुल निर्माण । सडक निर्माण होस या कल्भर्ट जता पनि आर्थिक अनियमिततामा जोडिएका बजगाईको सम्पत्ति छानविनका लागि सम्पत्ति सुद्धिकरण विभागमा उजुरी गर्ने स्थानीयले बताए । नाम उल्लेख नगर्ने सर्तमा एक जना स्थानीयले भने उनका कारण हाम्रो बदनाम भयो । पुलमा भ्रष्टाचार गरेर पैसा कुम्ल्याए ।

22/07/2021

(उर्लाबारी/ मोरंग) मोरङको उर्लाबारी नगरपालिका–८ एभरेष्ट फनपार्कमा आयोजना हुने भनिएको नेकपा (एमाले) उर्लाबारी नगर कमिटीको विस्तारित बैठकस्थलमा बिहीबार तोडफोड भएको छ । कुर्सी र टेवलको व्यवस्थापन गर्दै बैठकस्थल ठिक्क पारेर दिउँसो १ बजे बैठक बोलाइएको थियो । तर त्यसअघि नै बिहान ११:३० बजेतिर बैठकस्थलमा तोडफोड भएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली (संस्थापन) पक्षले नगर कमिटी घोषणा र सदस्यता नवीकरण गर्नका लागि भनेर बैठकको आयोजना गरेको बताइएको छ । एमाले उर्लाबारी नगर संयोजक उमाकान्त गौतमले घटनाको पुष्टि गरे ।
उनका अनुसार बैठकस्थलमा तोडफोड गरेर कुर्सी, टेबल र झ्यालका सिसामा क्षति पुर्‍याइएको छ । बैठक विथोल्ने प्रयास स्वरूप तोडफोड गरिएको गौतमको भनाइ छ । उनले तोडफोडमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । तोडफोडको आरोप पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमाथि लागेको छ । तर नेपाल समूहले यसलाई अस्वीकार गरिरहेको छ । ‘हामीसँग रहेका नेता कार्यकर्तालाई बैठकमा नजान यसअघि नै भनिसकिएको थियो,’ नेपाल समूहका उर्लाबारी अध्यक्ष गंगा बास्तोलाले भने, ‘तोडफोडको जानकारी नभएको अवस्थामा बद्नाम गराउन आरोप लगाउने काम भएको छ ।

सिन्धुपाल्चोकका बाढी प्रभावितलाई ‘इन्द्रेणी’को ९० लाख सहयोग हस्तानतरण।
22/07/2021

सिन्धुपाल्चोकका बाढी प्रभावितलाई ‘इन्द्रेणी’को ९० लाख सहयोग हस्तानतरण।

आज हरिशयनी एकादशी,  तुलसी रोप्ने दिन।
20/07/2021

आज हरिशयनी एकादशी, तुलसी रोप्ने दिन।

जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिक खेलको उद्घघाटन समारोहमा नेपालको तर्फबाट Swimmer Gaurika Singh ले प्रतिनिधित...
15/07/2021

जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिक खेलको उद्घघाटन समारोहमा नेपालको तर्फबाट Swimmer Gaurika Singh ले प्रतिनिधित्व गर्ने।

संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले त्यसलाई नसच्याएसम्म शपथ ग्रहण गर्न अस्वीकार गरेका छन्।
13/07/2021

संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले त्यसलाई नसच्याएसम्म शपथ ग्रहण गर्न अस्वीकार गरेका छन्।

बालिका हराएको सुचना !!!आज मिती २०७८/३/२८ गते बिहान १०:०० बजे देखी बि.म.न पा वडा नं.१५ लक्ष्मानवामा बस्ने महेश पटेलको छोर...
13/07/2021

बालिका हराएको सुचना !!!

आज मिती २०७८/३/२८ गते बिहान १०:०० बजे देखी बि.म.न पा वडा नं.१५ लक्ष्मानवामा बस्ने महेश पटेलको छोरी उमेर १० बर्ष प्रिती कुमारी पटेल हराएकी छिन ! भेट्टाउने महानुभावहरुयो यि नंमरमा संपर्क गर्नु होला !
9804290956
9845061402
9845857156
9812236733

धेरैले यो Notice पठाएर Narita को लागि July मा (Friday)Nepal Airlines को Flight हुन्छ भनेर सोध्नु भएको छ । यो CAAN को Not...
01/07/2021

धेरैले यो Notice पठाएर Narita को लागि July मा (Friday)Nepal Airlines को Flight हुन्छ भनेर सोध्नु भएको छ ।
यो CAAN को Notice हो तर Nepal Airlines ले July महिनाको सबै Flight रद्द गरेको भनेर पहिलेनै Notice निकाली सकेको छ र सम्बन्धित अधिकारी सँग बुझ्दा पनि Flight नहुने जानकारी गराएको छ , त्यसैले यो Notice हेरेर July मा Flight हुन्छ भनि नझुक्किनुहोला ।

-JaneLink Travel, Tokyo

थुक्क हाम्रो बुद्धी !  चितवन र नवलपुर बाट सरकार द्वारा घोसित अबैधानिक धानको बिउ बरामदगरी १५९ बोरा आजको मुल्यमा २५ लाख बर...
20/06/2021

थुक्क हाम्रो बुद्धी !
चितवन र नवलपुर बाट सरकार द्वारा घोसित अबैधानिक धानको बिउ बरामदगरी १५९ बोरा आजको मुल्यमा २५ लाख बराबरको खल्डोमा पुरी नष्ट गरिएछ । ठिक छ त्यो अबैध नै होला बरामद गर्ने कार्यालय र कर्मचारीहरु लाई धन्यवाद नै छ तर यति ठुलो महामारीमा मजदुर खान नपाएर रुदै सडकमा हिडेका छन । यो धान ति भोका जनतालाई खान दिएको भए के हुन्थ्यो ?
तपाईलाई के लाग्छ धारणा राखौं ।

नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ९० जना कोरोना संक्रमण मुक्त भएका छन । ८ हजार ६ सय ७ जना नयाँ कोभिड १९ संक्रमित पु...
22/05/2021

नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ९० जना कोरोना संक्रमण मुक्त भएका छन । ८ हजार ६ सय ७ जना नयाँ कोभिड १९ संक्रमित पुष्टि र एकैदिन थप १७७ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।
Credit :: www.japansamachar.com

काठमाडौं : नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ। केन्द्रीय बैंकले मंगलबार ...
21/04/2021

काठमाडौं : नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ। केन्द्रीय बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै सो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको छ। त्यसपछि कारोवार बन्द हुने सूचनामा उल्लेख छ।

कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोट आगामी असार १७ देखि नयाँ नोट प्रकाशनमा ल्याउने भएकाले पुराना नोट नचल्ने निर्णय गरेको छ। सो अवधिभन्दा अगावै सटहीका लागि समयसीमा तोकिएको हो। वैदेशिक रोजगारीका लागि कतार गएका नेपालीले कतारी नोट ल्याएर राखेको हुनसक्ने भन्दै सटहीको लागि सूचना प्रकाशित गरिएको केन्द्रीय बैंकको भनाइ छ।

21/03/2021

MCC भनेकै USA ले एसियामा युद्ध गराइ हतियारको ब्यापार गर्नु र नेपालको युरेनियम कब्जा गर्नु हो ।
नेपालको युरेनियम ३५ टन हाराहारी । ( ३५,००० किलो )
१ किलो को २० अर्ब मोटामोटि ।
३५,००० किलो × २० अर्ब = ७,००,००० अर्ब । (७,००० खर्ब )
#~ ७ खर्ब मा नेपाल लिन खोज्दै छ । ~ #
१ खर्ब = ४ सुरक्षा निकाय ( हरेकलाइ २५ अर्ब )
१ खर्ब = १० पार्टी ( हरेकलाइ १० अर्ब )
१ खर्ब = १०० नेता (हरेकलाइ १ अर्ब )
१ खर्ब = १,००० अभियन्ता ( हरेकलाइ १० करोड )
१ खर्ब = १०,००० कार्यकर्ता ( हरेकलाइ १ करोड )
१ खर्ब = १,००,००० अरिङ्गाल , झोले , दलाल ( हरेकलाइ १० लाख )
१ खर्ब = भैपरि सन्चिति ( देशभक्त हरुको हत्यारालाइ ) ।
पृथ्वीनारायण शाहले दक्षिणका दुष्ट छ्न भन्दा भन्दै बिदेशिले राजा महेन्द्र देखि हाल सम्म देश भक्तहरुको हत्यामा बिरोध गर्न नसक्नुको स्थिति हो । अझै सुलेमानि बनाउछौ, भन्दै छन । सत्तामा पुग्ने हरु आफ्नो ज्यान जगाउनै राष्ट्रघाति हुदै छन । १७ हजार भनेर सवा लाख भन्दा बढि मार्नेहरुलाइ अझै २/३ लाख मार्नु ठुलो हैन ।
राजाका बिरोध गर्ने हरु मन्दबुद्धि, अर्धज्ञान, घमन्डि, बिदेशिका कमारा (नैतिकतामा निर्वस्त्र भइ निर्लज्ज नपुंसक), पतित, झोले, अरिङ्गाल, स्वार्थि, मुर्ख, पौरख र पुरुषार्थ नभएका नालायक हरु हुन ।
"देवो का देव" महादेवको वासस्थान "कैलाश पर्वत" भएको चिन नहुदो हो त कुत्ताले सिक्किम जस्तो खाइ सक्थ्यो , ब्वाँंसोले सिरिया , इराक , लिबिया जस्तो बनाइ सक्थ्यो । क्रीस्चियनले रणभुमि बनाउदै छ , अब त चेतौ ।
आफ्ना प्रजा भेडा भए भन्दैमा राजाले हार मान्न भएन । नेपाल सहित सार्क र तिब्बतलाइ इराक , अफगानिस्तान , सिरिया , लिबिया जस्तो हुन नदिन र एसिया र चिनमा शक्ति सन्तुलनको लागि योगि नरहरिनाथ र पृथ्वीनारायण शाहको दिप्योपदेश सहित पशुपतिनाथ , गोरखनाथ , मुक्तिनाथलाइ साक्षी राखेर राजाले चिन (चर्च उडाउने र महेन्द्रलाइ कम्युनिस्ट र मित्र मानेका माओत्सेतुङको देश) र रुस (INGO भगाउने र आतंक न चाहने)लाइ तुरन्तै गुहार्नुको बिकल्प छैन ।।।।copied

22/02/2021

मोरंग/ उर्लाबारी, युवा हत्या घटनामा मेयर ‘खड्ग फागो’ ले उर्लाबारीको जनतालाई तिमीहरुले मलाई मेयर बनाईदिएको हो ? भन्नुलाई कुन रुप लिनुहुन्छ ?? कृपया आफ्नो मत राख्नुहोला !

30/10/2020

सफ़लता के हो ?

४ बर्ष हुँदाको सफलता - आफ्नो कट्टु वा शुरूवालमा सूसू नगर्नु !
८ बर्ष हुँदाको सफलता – बाटो नबिराई घर फर्कन सक्नु !
१२ बर्ष हुँदाको सफलता – असल साथीहरू बनाउनु !
१८ बर्ष हुँदाको सफलता – ड्राइभिङ लाईसेन्स प्राप्त गर्नु ।
२५ बर्ष हुँदाको सफलता – जागिर प्राप्त गर्नु !
३० बर्ष हुँदाको सफलता – पारिवारिक ब्यक्ति बन्नु !
३५ बर्ष हुँदाको सफलता – केही पुँजी जम्मा गर्न सक्नु !
४५ बर्ष हुँदाको सफलता – आफ्नो युवापनलाई दुरूस्त राख्न सक्नु !
५५ बर्ष हुँदाको सफलता – आफ्नो जिम्मेवारीलाई पुरा गर्न सक्षम हुनु !
६५ बर्ष हुँदाको सफलता – निरोगी रहनु !
७० बर्ष हुँदाको सफलता – आत्मनिर्भर हुनु, कसैको बोझ नहुनु !
७५ बर्ष हुँदाको सफलता – आफ्नो पुराना मित्रहरूसंग राम्रो सम्बन्ध कायमै राख्नु !
८० बर्ष हुँदाको सफलता – बाटो नबिराई घर फर्कन सक्नु !
८५ बर्ष हुँदाको सफलता – आफ्नो कट्टु वा शुरूवालमा सूसू नगर्नु !
यही नै जिबन चक्र हो ....... !
©

01/10/2020

दशैको टिका कार्तिक १० गते १० बजेर १९ मिनेटमा शुभ साईत

झरीमा भोको पेट चुप लागेर बस्दैन
24/09/2020

झरीमा भोको पेट चुप लागेर बस्दैन

11/09/2020

कीर्तिपुरमा एक घरबेटीले डेरावाललाई काठको भाटाले टाउकोमा हान्दा उनको मृत्यु भएको छ।

11/09/2020

नेपालमा पनि विदेशमा जस्तै हप्तामा दुई दिन सार्बजनिक बिदा दिने तयारी हुँदै।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Urlabarinews.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share