Routine of jhapa banda

  • Home
  • Routine of jhapa banda

Routine of jhapa banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of jhapa banda, Media/News Company, Jhapa, .

विध्यार्थी उद्धारको लागि आज विहान २:३० बजे नेपाल वायुसेवा निगमको जहाज मा: परराष्ट्र मन्त्रीको नेतृत्वमा इजरायल पठाईएको छ...
12/10/2023

विध्यार्थी उद्धारको लागि आज विहान २:३० बजे नेपाल वायुसेवा निगमको जहाज मा: परराष्ट्र मन्त्रीको नेतृत्वमा इजरायल पठाईएको छ ।
#मन्त्री सुदन किरांतीको वालबाट

  Neplai rapper Laure wrote about SHeeairlines ✅  Airlines is a big time fraud. On 26 Sept, I have booked my ticket from...
11/10/2023

Neplai rapper Laure wrote about SHeeairlines ✅

Airlines is a big time fraud. On 26 Sept, I have booked my ticket from Pokhara to Kathmandu at 8:30 am but the airlines company called me 2 hours prior giving me false information that airport is closed due to the weather issue and told me to come around 11 am. I was little skeptic since it was a bright sunny day but still I waited and started to search another option because I had very important work in Ktm. Surprisingly, other airlines were landing and taking off in the same weather. when I reach to Shree airlines office they started to give illogical reasons. later I came to know the fact is their occupancy, since Shree airlines occupancy rate was too low that’s why they shifted their flight to another places. when I ask my refund , the ground staff started to act rudely. A big middle finger to Shree airlines, I recommend you guys to never ever book tickets of Shree airlines better leave airlines business and start doing Ratna park bus services !!! F**k off !!!! And spread this news. These airlines company are doing totally monopoly to us customers !!! Share !!! Share and share !!!!

झापाको भद्रपुर -२ स्थित रामपोखरी सामुदायिक बन क्षेत्रमा एउटा जंगलि हात्ति मृत फेलापरेको छ ।
11/10/2023

झापाको भद्रपुर -२ स्थित रामपोखरी सामुदायिक बन क्षेत्रमा एउटा जंगलि हात्ति मृत फेलापरेको छ ।

 #झापा गौरादह वडा नं.५ बालुबथान निवासी २१ वर्षिय मदन थापा गत शनिबार साथीकोमा जान्छु भनेर हिडेको हाल सम्पर्कबिहिन भएकाले ...
11/10/2023

#झापा गौरादह वडा नं.५ बालुबथान निवासी २१ वर्षिय मदन थापा गत शनिबार साथीकोमा जान्छु भनेर हिडेको हाल सम्पर्कबिहिन भएकाले उहाँलाई कहिँ कतै देख्न भेट्नु भयो भने नजिकैको प्रहरी कार्यलय वा तल उल्लेखित नम्बरमा सम्पर्क गर्दिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।

सम्पर्क नं. 9810064116

मृत्युको मुखबाट बांचेका कैलाली भजनीका वीरेन्द्र चौधरीको बयान : हामी रहेको कृषि फार्ममा शनिबार बिहान साढे पाँच बजे नै गोल...
10/10/2023

मृत्युको मुखबाट बांचेका कैलाली भजनीका वीरेन्द्र चौधरीको बयान :

हामी रहेको कृषि फार्ममा शनिबार बिहान साढे पाँच बजे नै गोली चलेको आवाज आयो । हामी एकै ठाउँमा १७ नेपाली थियौँ । सबैजना तत्काल बंकरमा छिर्‍यौँ, किनभने हामीलाई गोलाबारीको आवाज आउना साथ ‘बंकरमा बस्नू सुरक्षित हुन्छ’ भनिएको थियो । हामी बंकरमा गयौँ, फोटो–भिडियो बनायौँ ।

एक घन्टापछि ९अन्दाजी ६:३० तिर बन्दुकधारी आतंककारीहरू बंकरभित्र प्रवेश गरेर गोली चलाए । सुरुमै हाम्रा दुई साथी ढले । बाँकी सबै एकै ठाउँ घोप्टो पर्‍यौँ, आँखा बन्द गर्‍यौँ । त्यहाँ दुईवटा ग्रिनेड छाडेर आतंककारीहरू फर्किए । हाम्रा एक साथीले एउटा ग्रिनेट उठाएर फालिदिए, अर्को पड्कियो । अरू तीन साथी पनि घाइते भए ।

त्यसपछि तीनजना इजरायली प्रहरी हामी भएको बंकरमा आइपुगे । घाइते पाँच साथीलाई त्यहीँ छाडेर प्रहरीले हामी १२ जनालाई अर्को बंकरमा लग्यो । त्यो भान्सा भएको बंकर थियो । तर, साढे ९ बजेतिर उक्त बंकरमा पनि आतंककारीहरू आइपुगे । तीन इजरायली प्रहरीलाई समातेर लगे अनि हामीतिर गोली वर्षाउन थाले । साथीहरू पानी, पानी भन्दै ढले । सुरुमा दुईजना साथीहरूको प्राण गयो । यस्तो आतंकित अवस्था भयो कि म अहिले बताउन सक्दिनँ । साथीहरू चिच्याउन थालेपछि आतंककारीले झन् गोली वर्षाए । म साथीहरू ढलेको थुप्रोभित्र पुरिएँ । पछि थाहा भयो, १० साथीको प्राण गइसकेछ । आफू बाँचेको पनि धेरैपछि मात्र थाहा भयो, किनभने मेरो होस गुमेको रहेछ ।

अर्को साथी सल्यान त्रिवेणीका प्रमोद केसी पनि बाँचेका रहेछन् । मलाई म मात्रै बाँचेजस्तो लागेको थियो । प्रमोदलाई पनि ऊ मात्रै बाँचेजस्तो लागेको रहेछ । आफ्नै आँखाअगाडि साथीहरूको मृत्यु देखेपछि दिनभर त्रासमा रहयौँ ।

Source : Nayapatrika

10/10/2023

जाजरकोटको कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन् ।

10/10/2023

झापाको दमकमा एक महिलाको शव फेला परेको छ । दमक नगरपालिका-२ स्थित हम्सेदुम्से सामुदायिक वनभित्रको रतुवा घाट नजिकै बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

अन्दाजी ५५/६० वर्षको जस्तो देखिने महिलाको शवको भने पहिचान खुलेको छैन । मंगलबार बिहान जंगलमा घाँस काट्न गएकी महिलाले शव देखेपछि होहल्ला गर्दै प्रहरीलाई खबर गरेका थिए ।

किरण चेम्जोड्ं बाऊ बन्ने भएका छन् ॥ बधाई छ 🎊
09/10/2023

किरण चेम्जोड्ं बाऊ बन्ने भएका छन् ॥
बधाई छ 🎊

आज बिहानै झापाको शिवसताक्षी न.पा -८ बुद्व चोकमा पिकअप दुर्घटना भएको छ । काठमाडौ बाट भद्रपुर घरायसी सामान बोकेर आउदै गरेक...
09/10/2023

आज बिहानै झापाको शिवसताक्षी न.पा -८ बुद्व चोकमा पिकअप दुर्घटना भएको छ । काठमाडौ बाट भद्रपुर घरायसी सामान बोकेर आउदै गरेको प्र.१-०१-००१च८०९४ नम्बर को पिकअप बिपरित दिशा पट्टि दुर्घटना भएको हो । मानवीय क्षती भने भएको छैन ।

इजरायलमा हमासले गरेको आक्रमणमा परी १० जना नेपाली बिद्यार्थीप्रति भाव पुर्ण श्रद्धाञ्जली !!
09/10/2023

इजरायलमा हमासले गरेको आक्रमणमा परी १० जना नेपाली बिद्यार्थी
प्रति भाव पुर्ण श्रद्धाञ्जली !!

05/10/2023

#ब्रेकिङ्ग न्युज !
पूर्वपश्चिम राजमार्ग अन्तर्गत माइधारमा भएको दुर्घटनामा स्कुटरमा सवार तीन जना गम्भीर घाइते भएकोमा एक जनाको बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ !

पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको प्रदेश १–०१-०१६ प ४२८८ नम्बरको स्कुटर र पश्चिम तर्फ जाँदै गरेको एनएमसी डेरीको मे १ च ५८६८ सवारी एकआपसमा ठक्कर खाँदा स्कुटरमा सवार तीन जना घाइते भएका थिए !!

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको टिकाको साइत असोज २८ गते आइबार बिहान ११:२९ बजे रहेको जानकारी दिए ।घटस्थापनाका द...
05/10/2023

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको टिकाको साइत
असोज २८ गते आइबार बिहान ११:२९ बजे रहेको जानकारी दिए ।

घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:२९ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ ।

05/10/2023

आज रातिदेखि २०२५ डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटदेखि आवेदन लिन सुरु गरिने नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।

दूतावासले डिभी कार्यक्रमका लागि हुने छनोट योग्य आवेदकहरूमध्येबाट निष्पक्ष रूपमा गरिने हुँदा प्रति व्यक्ति एउटा मात्र आवेदन बुझाउन अनुरोध गरेको छ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दूतावासको भनाई छ ।

आज रातिदेखि नोभेम्बर ७ तारिख राति १०ः४५ बजेसम्म जुनसुकै बेला आवेदन बुझाउन सकिनेछ । आवेदनका लागि कुनै शुल्क लाग्ने छैन ।

डाइभर्सिटी भिसाको आवेदन dvprogram.state.gov बाट मात्र गर्न सकिनेछ । तपाईंको फोटो पछिल्लो ६ महिनाभित्रको हुनुपर्छ । अघिल्लो वर्षको फोटो पुनः प्रयोग गर्नुहुँदैन ।

त्यस्तै, तपाईले आफ्नो आवेदनमा आफ्नो पति/पत्नी र २१ वर्षभन्दा कम उमेरका सबै अविवाहित सन्तानहरूको जानकारी राख्नुपर्ने हुन्छ । डीभी २०२५ को छनोट मे २०२४ मा गरिनेछ ।

Address

Jhapa

Website

Alerts

Be the first to know and let us send you an email when Routine of jhapa banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share