14/04/2022
निर्बाचन सम्पर्क कार्यालय उदघाटन
काठमाण्डौ, बैसाख १,
नेकपा(माओबादी) केन्द्र काठमाण्डौ महानगरपालिका १३ वडा निर्बाचन सम्पर्क कार्यालय एक कार्यक्रमका बिच भुमी ब्यबस्था, सहकारी एबम गरिबी निबारण मन्त्री माननीय शशी श्रेष्ठले हिजो उदघाटन गर्नुभयो ।
कार्यालय उदघाटन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भुमी समस्या समाधान गर्न सरकार प्रतिबद्द रहेको बताउनु भएको थियो । उहाले यहि सरकारको कार्यकालमा नै स्वबासी र बेनिस्सा जग्गामा बसोबास गर्ने नागरिकहरुलाई जग्गाधनी प्रमाण पुर्जा बितरण गर्न प्रकृया अगाडि बढाईएको बताउनु भयो ।
कार्यक्रममा का.म.पा. १३ वडाका लागि माओबादी केन्द्रका प्रस्ताबित वडा अध्यक्षका उम्मेदवार राम शरण डंङ्गोलले धन्यबाद मन्तब्य राख्नु भएको थियो । उक्त कार्यक्रम नेकपा (माओबादी केन्द्र ) १३ वडाका अध्यक्ष मुकेश महर्जनको अध्यक्षतामा सम्पन्न भएको थियो ।