Kathmandu news

  • Home
  • Kathmandu news

Kathmandu news Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kathmandu news, .

धनुषाको ढल्केवर बजारमा छठ पर्वको लागि केरा किनमेल गरिँदै । छठ पर्वमा सिङ्गो घरी केरा चढाउने परम्परा रहेकोले  केराको अहिल...
04/11/2024

धनुषाको ढल्केवर बजारमा छठ पर्वको लागि केरा किनमेल गरिँदै । छठ पर्वमा सिङ्गो घरी केरा चढाउने परम्परा रहेकोले केराको अहिले अत्यधिक माग रहेको छ। एक घरी केरा ५ सय देखि एक हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ।

तस्बिरः अजयकुमार साह/ रासस।

साईत
31/10/2024

साईत

काग तिहार / धनवन्तरी जयन्तीकागतिहारमा कागलाई पूजा गरिन्छ। यो दिनलाई यमदीपदान पनि भनिन्छ । कागलाई सन्देशवाहक मानिन्छ, जसल...
30/10/2024

काग तिहार / धनवन्तरी जयन्ती
कागतिहारमा कागलाई पूजा गरिन्छ। यो दिनलाई यमदीपदान पनि भनिन्छ । कागलाई सन्देशवाहक मानिन्छ, जसले स्वर्ग र पृथ्वीबीच सन्देश लिने काम गर्दछ भन्ने विश्वास छ। कागतिहारमा कागलाई कागलाई का का भन्दै भोजन दिने चलन छ ताकि यसले मानव संसारमा राम्रो सन्देश ल्याओस् र अनिष्टबाट बचाओस्।
कागतिहारको परम्परामा मानिसहरू बिहान सबेरै कागलाई मिठाइ, चामल, र अन्य परिकार बनाएर भोजन अर्पण गर्छन्। घरको छत वा आँगनमा खाना राखेर कागको पूजा गरिन्छ, किनकि कागलाई हाम्रा सन्देशको वाहक र अनिष्टको संकेत मानिन्छ। यो पूजा गर्दा कागले राम्रो सन्देश ल्याओस् भन्ने कामना गरिन्छ।

कागको प्रतीकत्व:
हिन्दू संस्कारमा कागलाई सन्देशवाहक, सञ्चारको प्रतीक, र यमराजको सहयोगीको रूपमा मानिन्छ। कागले मृत्यु र जीवनको बीच सन्देश पुर्‍याउँछ भन्ने मान्यता छ, र त्यसैले कागलाई सम्मान गर्नाले यमराज (मृत्युदेवता) प्रसन्न हुने विश्वास गरिन्छ। यसैले, यो दिन कागलाई सम्मान गरेर पूजा गरिन्छ ताकि अनिष्ट र मृत्युबाट बच्न सकियोस्।

धन्वन्तरि पूजा किन गरिन्छ?
धन्वन्तरि पूजा कागतिहारको दिन गरिन्छ, किनकि यो दिन आयुर्वेदका देवता धन्वन्तरि समुद्र मन्थनबाट अमृत लिएर प्रकट भएको दिनको रूपमा चिनिन्छ। धन्वन्तरि स्वास्थ्य, आरोग्य, र औषधिको देवता हुन्। धन्वन्तरि जयंतीका दिन उनको पूजा गरेमा दीर्घायु, आरोग्य, र स्वास्थ्यको आशिष प्राप्त हुन्छ भन्ने विश्वास छ।
धन्वन्तरि भगवान विष्णुको अवतार मानिन्छन्, र उनी आयुर्वेदका जनक पनि हुन्। त्यसैले, कागतिहारको दिन धन्वन्तरिको पूजा गरी जीवनमा राम्रो स्वास्थ्य र लामो आयुको कामना गरिन्छ।

धन्वन्तरि को हुन्?
धन्वन्तरि हिन्दू धर्ममा आरोग्य र आयुर्वेदका देवता हुन्। धार्मिक कथाअनुसार, समुद्र मन्थनको क्रममा अमृत लिएर आएका देवता धन्वन्तरि नै थिए। उनलाई चिकित्सा विज्ञानका जनक मानिन्छ, र उनी आयुर्वेदका सबै चिकित्सा ज्ञान र औषधिहरूको स्रोत हुन्। यसकारण, उनको पूजा गरेर मानिसहरूले आफ्नो स्वास्थ्यको रक्षा गराउने र रोगबाट बच्न सक्ने विश्वास राख्छन्।

यमदीपदान किन गर्नुपर्छ?
यमदीपदान पनि कागतिहारकै एक महत्वपूर्ण पाटो हो। यो दिन यमराजलाई दीप प्रज्वलन गरेर, घरको मुख्य ढोकामा दीपदान गरिन्छ। यमपञ्चकका पाँच दिनमा घरअगाडि गोबर र रातो माटोले लिपि केराको सुप्लोको या माटाको दियोमा पाँच दिनसम्म दीपक जलाउने चलन रहेको छ। यसलाई यमराजका लागि प्रकाशको मार्ग देखाउने प्रक्रिया मानिन्छ ताकि मृत्यु र अनिष्टबाट जोगिन सकियोस्।
यमदीपदानको परम्परा यमराजलाई सन्तुष्ट पार्न र परिवारका सदस्यहरूको दीर्घायुको कामनाका लागि गरिन्छ। परिवारको कल्याण र मृत्युदेवताबाट अनिष्ट नहोस भन्ने उद्देश्यले यमराजको पूजा र दीपदान गरिन्छ।

निष्कर्ष:
कागलाई सम्मान गर्नाले अनिष्ट टर्छ र राम्रो सन्देश प्राप्त हुन्छ भन्ने मान्यता छ। यसै दिन धन्वन्तरि भगवानको पूजा गरिन्छ, जसले स्वास्थ्य र आरोग्यको कामना पूरा गर्छन्। यमदीपदानको परम्परा यमराजलाई प्रसन्न पार्न र परिवारका सदस्यहरूको दीर्घायुका लागि गरिन्छ। कागतिहारमा पूजा र दीप प्रज्वलन गर्नाले जीवनमा शान्ति, समृद्धि, र आरोग्य आउने विश्वास छ।

- डा. उत्तम न्यौपाने

काग तिहार विशेष भिडियोः https://youtube.com/shorts/8qfURlP6BTE?si=39-3jFLNDU4athuF

तिहार विशेष भिडियोः https://youtu.be/n58ng0zqTGU?si=ERF0-Zg6movERtrW

कोजाग्राको अवसरमा जलेश्वर बजारमा मखानको बम्पर बिक्री ।जलेश्वरमा कोजाग्रा पूजाको अवसरमा हिजो बुधवार देखिएको  भिडभाड र बजा...
17/10/2024

कोजाग्राको अवसरमा जलेश्वर बजारमा मखानको बम्पर बिक्री ।

जलेश्वरमा कोजाग्रा पूजाको अवसरमा हिजो बुधवार देखिएको भिडभाड र बजार । कोजाग्राको अवसरमा पान मखान खाने परम्परा मिथिला क्षेत्रमा रहदै आएको छ । बजारमा मखानको बिक्री दर २ हजारभन्दा बढी प्रति किलो रहेको छ ।

- रोशन कुमार मिश्र, महोत्तरी ।

भोलिबाट मेची महाकाली राष्ट्रिय उद्धार यात्रा सुरु हुँदै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्...
11/10/2024

भोलिबाट मेची महाकाली राष्ट्रिय उद्धार यात्रा सुरु हुँदै

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यज्यूले भोलि मेची महाकाली राष्ट्रिय उद्धार यात्राको समुद्घाटन गर्नुहुने भएको छ। समुद्घाटन समारोह प्रधानमन्त्री निवास बालुवाटारमा भोलि दिनको ३ बजे हुनेछ।

आनी छोइङ डोल्मा फाउन्डेसनसँगको सहकार्यमा मानवसेवा आश्रमले मेची महाकाली राष्ट्रिय उद्धार यात्रा गर्न लागेको हो ।

यसअघि ३ वटा मेची महाकाली राष्ट्रिय उद्धार यात्रा सम्पन्न भइसकेको छ । पहिलो मेची महाकाली राष्ट्रिय उद्धार यात्रामा ७५८ जना र अघिल्लो वर्ष भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्रामा ३०४ जनाको उद्धार भएको थियो।

यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्माज्यू र मानव सेवा आश्रमका अध्यक्ष रामजी
अधिकारीज्यू सहित ५० जना यात्रीहरू रहनेछन् ।

३२ दिनसम्म चल्ने यो यात्रामा यात्रीहरू असोज २७ गतेदेखि कार्तिक १ गतेसम्म कोशी प्रदेशका सडक पेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताउन विवस सहयोगापेक्षि बेसाहारा असहाय अशक्त अनाथ अभिभावकविहीनहरूको उद्धार र सेवामा खटिनेछन्।

कोशी प्रदेशमा उद्धार भएकाहरूलाई मानवसेवा आश्रम विराटनगर शाखामा गृह प्रवेश गराई यात्रीहरू मधेस प्रदेशको सप्तरी राजविराज पुग्नेछन् ।

मेची महाकाली उद्धार यात्राबारे विस्तृत भिडियो र यात्रा तालिका यसै साथ संलग्न छ।

आज जनकपुरधामको राजदेवी मन्दिरमा करिब २००,०००+ महिलाहरूले खोंइचा ग्रहण गर्दैछन्। यो महान परम्परा हाम्रो आस्था र सांस्कृति...
10/10/2024

आज जनकपुरधामको राजदेवी मन्दिरमा करिब २००,०००+ महिलाहरूले खोंइचा ग्रहण गर्दैछन्। यो महान परम्परा हाम्रो आस्था र सांस्कृतिक धरोहरको अभिन्न हिस्सा हो। जनकपुरको धार्मिक महत्त्वलाई अझ बलियो बनाउँदै !
Pic. Rohit Kumar Sah

दशैंको छैठौं दिन! माता राजदेवीको दर्शन गर्नुहोस्।❤️🙏
08/10/2024

दशैंको छैठौं दिन! माता राजदेवीको दर्शन गर्नुहोस्।❤️🙏

Ambassador Chen's $100,000 Gift: Philanthropy or Neo-Imperialism? The Choice Is Yours!
03/10/2024

Ambassador Chen's $100,000 Gift: Philanthropy or Neo-Imperialism? The Choice Is Yours!

Oh, the irony! Chinese Ambassador to Nepal, Chen Song, certainly has a knack for showcasing his diplomatic prowess in the most "generous" ways. After all, what better way to demonstrate heartfelt ...

“चीनीयाँ रेलवे-२” परियोजनामा मजदुरहरूको तलब नपाउँदा निर्माण कार्य ठप्प
02/10/2024

“चीनीयाँ रेलवे-२” परियोजनामा मजदुरहरूको तलब नपाउँदा निर्माण कार्य ठप्प

राजविराज । लहानमा संचालनमा रहेको “चीनीयाँ रेलवे-२” परियोजनामा काम गरिरहेका नेपाली मजदुरहरूले तीन महिनासम्म तलब...

29/09/2024

झरी सबैलाई लाई प्यारो लाग्छ ❤️😇
जबसम्म आफ्नो घरको छानो चुहिदैन🙌🥹

असोज ३ मा धरहराको टुप्पोमा उड्ने यो हेलिकप्टर आज खोलामा भुई मान्छेको जीवन रक्षा गर्न किन गएन ? 😭
28/09/2024

असोज ३ मा धरहराको टुप्पोमा उड्ने यो हेलिकप्टर आज खोलामा भुई मान्छेको जीवन रक्षा गर्न किन गएन ? 😭

ललितपुर कुसुन्तीमा बाढीमा फसेका लाइ आर्मी हेलिकोप्टर द्वारा उद्दार
28/09/2024

ललितपुर कुसुन्तीमा बाढीमा फसेका लाइ आर्मी हेलिकोप्टर द्वारा उद्दार

28/09/2024

सिन्धुपाल्चोक लिपिङ खोला🥹

 : बल्खु खोलामा १ जना उद्वारको पर्खाइमा हुनुहुन्छ भने उक्त क्षेत्रमा ३०० जना भन्दा बढी बाढीमा फसेको अनुमान गरिएको छ ।😢💔 ...
28/09/2024

: बल्खु खोलामा १ जना उद्वारको पर्खाइमा हुनुहुन्छ भने उक्त क्षेत्रमा ३०० जना भन्दा बढी बाढीमा फसेको अनुमान गरिएको छ ।😢💔

28/09/2024

हेर्दाहेर्दै नक्खु खोलाले ४ जना मान्छे बगायो 😭

Video Source : Jeevan Pokhrel

Breaking :- अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान ५:४० बजे ड्यामको ढोका खोलिएको छ ||३१ वर्षपछि जलाशय भर...
28/09/2024

Breaking :- अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान ५:४० बजे ड्यामको ढोका खोलिएको छ ||

३१ वर्षपछि जलाशय भरिएर ड्यामको ढोका खोलिएको हो ||

यसअघि २०५० सालमा ढोका खोलिएको थियो ||

मकवानपुरको सिस्नेरी, ठिंगन वेसी, फापरबारी, राईगाउँ हुँदै सिन्धुली,रौतहट र सर्लाहीका वागमती नदी किनाराका बस्तीहरूमा बाढी आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ||

पानी पर्नेक्रम झन बढेर गएकाले डुबान र पहिरोको खतरा जिल्ला भर बडेकोले सबैलाई सुरक्षित रहन आग्रह छ ||

Blessing your Timeline 💓🕉️𝐉𝐀𝐘 𝐒𝐇𝐑𝐄𝐄 𝐑𝐀𝐌 𝐉𝐀𝐍𝐀𝐊𝐈🧡🚩
28/09/2024

Blessing your Timeline 💓🕉️
𝐉𝐀𝐘 𝐒𝐇𝐑𝐄𝐄 𝐑𝐀𝐌 𝐉𝐀𝐍𝐀𝐊𝐈🧡🚩

महोत्तरीको: जलेश्वर मा भिषण आगलागी
27/09/2024

महोत्तरीको: जलेश्वर मा भिषण आगलागी

Address


Website

Alerts

Be the first to know and let us send you an email when Kathmandu news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share