US House

US House Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from US House, Media/News Company, .

शुभकामना छ ।
31/03/2023

शुभकामना छ ।

केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न मधुमल्ला / जीवन विकास लघुवित्त वित्तीय संस्था मधुमल्ला शाखा...
31/03/2023

केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मधुमल्ला / जीवन विकास लघुवित्त वित्तीय संस्था मधुमल्ला शाखा कार्यालयले केन्द्र प्रमुखहरु सँग एक दिवशिय गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार मिक्लाजुङ ९ मधुमल्ला बजारमा रहेको शुशिला चलचित्र मन्दिरको सभाहलमा केन्द्र प्रमुखहरु संग गोष्ठि र वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको जिवन विकास लघुवित्त वित्तिय संस्था मधुमल्ला शाखाका राज कुमार कुरुवाङले जानकारी दिनु भयो ।

राष्ट्रिय युवा संघ मिक्लाजुङ अध्यक्षमा खम्बु र नेपाल खेलकुद महासंघ मिक्लाजुङ अध्यक्षमा माखिम सर्बसम्मतमधुमल्ला / नेकपा ए...
31/03/2023

राष्ट्रिय युवा संघ मिक्लाजुङ अध्यक्षमा खम्बु र
नेपाल खेलकुद महासंघ मिक्लाजुङ अध्यक्षमा माखिम सर्बसम्मत
मधुमल्ला / नेकपा एमालेको जनबर्गीय संगठन राष्ट्रिय युवा संघ मिक्लाजुङ मोरङको अध्यक्षमा सन्तोष खम्बु र नेपाल खेलकुद महाँसंघ मिक्लाजुङको अध्यक्ष जिवन माखीम सर्बसम्मत चयन हुन भएको छ । खम्बुको अध्यक्षतामा युवा संघ ३३ सदस्यीय मिक्लाजुङ गाउँकमीटी गठन भएको छ । समितिको उपाध्यक्ष, सचिव, सहसचिब र कोषाध्यक्षमा क्रमश सुमी नेपाल, सन्देश पौडेल, खड्गबहादुर श्रेष्ठ, अनमोल राई र भुमीका निरौला सर्बसम्मत चयन हुनु भएको छ ।
त्यस्तै नेपाल खेलकुद महासंघमा जिवन माखिमको अध्यक्षतामा १५ सदस्यीय मिक्लाजुङ गाउँ कमिटि चयन भएको छ । समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषध्यक्षमा क्रमश सनम राई, सपना लावर, जिवन वाग्ले, रुपेश लिङ्देन, सगुन मगर र कोषाध्यक्षमा आशा राई सर्बसम्मत चयन हुन भएको छ ।
मंगलबार नेकपा एमाले मिक्लाजुङ गाउँ कमीटीको पार्टी कार्यालयमा भएको कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष पर्शुराम बस्नेतको विशिष्ठ आतिथ्यता र नेकपा एमाले पोलीटव्योरो सदस्य जितु गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

मिक्लाजुङको ४ नं वडा कार्यालयमा तालाबन्दि मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं ४ को वडा कार्यालयमा कोशी प्रदेशको...
31/03/2023

मिक्लाजुङको ४ नं वडा कार्यालयमा तालाबन्दि
मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं ४ को वडा कार्यालयमा कोशी प्रदेशको नाम खारेजी माग राख्दै वडा कार्यालयमा तालाबन्दि गरीएको बताइएको छ ।
वडा कार्यालयमा तालाबन्दी भएपछी वडाकार्यालयले दीने सेवा प्रभावीत भएको वडा नं ४ का वडाध्यक्ष विशाल राईले बताउनु भयो ।

टाँडी स्पोटीङ क्लबलाई खेल सामग्री वितरण मधुुमल्ला÷मोरङको मिक्लाजुङमा रहेको टाँडी स्पोटीङ क्लबलाई नव निर्वाचित नेपाल खेलक...
31/03/2023

टाँडी स्पोटीङ क्लबलाई खेल सामग्री वितरण
मधुुमल्ला÷मोरङको मिक्लाजुङमा रहेको टाँडी स्पोटीङ क्लबलाई नव निर्वाचित नेपाल खेलकुद महाँ संघ मिक्लाजुङ अध्यक्ष जिवन माखीमले खेल सामग्री उपलब्ध गराउनु भएको छ । माखिले बिहिबार टाँडी स्पोटीङ क्लबका खेलाडीहरुलाई खेल कौशल विकाश गर्न सहयोग पु¥याउने उदेश्यले १८ थान सक्स उपालब्ध गराउनु भएको टाँडी स्पोटीङ क्लबले जनाएको छ ।
माखिम मंगलबार मात्रै नेपाल खेलकुद माह संघ मिक्लाजुङको अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

आज बाट मिक्लाजुङ वडा नम्बर ४ तितिरे बोटे टोलमा खाने पनि आएको छ। त्यहा खने पानीको एकदमै अभाव र नजिकै पानीको श्रोत नभएको ल...
07/12/2022

आज बाट मिक्लाजुङ वडा नम्बर ४ तितिरे बोटे टोलमा खाने पनि आएको छ। त्यहा खने पानीको एकदमै अभाव र नजिकै पानीको श्रोत नभएको ले यसै ४ नम्बर वडा अध्यक्ष Bishal Rai ज्यु ले १ नम्बर वडा अध्यक्ष , अर्थात् लावा खाने पानी सचिब Parbat Rai , र यसै ४ नम्बर वडा सदस्य अर्थात लावा खाने पनिको अध्यक्ष dhan B. Rai सङ समन्वय गरि तितिरे बोटे टोलमा पानी ल्याउनु भएको थियो। बिशेष धन्यवाद लावा खाने पानी को अध्यक्ष, धन बहादुर राई , सचिब , parbat rai ज्यु र सम्पुर्ण टिमलाइ । र प्रत्यक्ष अप्रत्यक्ष तवर बाट ज-जस्ले सहयोग गर्नु भएको छ हजुरहरु लाई पनि मुरी मुरी धन्यवाद।🙏🙏🙏🙏

02/06/2022

मोरङको मिक्लाजुङ गाउँपालिकाले ३८ करोड २ लाख रुपैयाँ बजेट नेपाल सरकार बाट पाएको छ ।

मिक्लाजुङ काङ्रेसको कार्यवाहक सभापतीको जिम्मेवारी उपसभापती खगेन्द्र मादेन लाई मधुमल्ला ९ जेठ । स्थानिय निर्वाचन २०७९ को ...
23/05/2022

मिक्लाजुङ काङ्रेसको कार्यवाहक सभापतीको जिम्मेवारी उपसभापती खगेन्द्र मादेन लाई

मधुमल्ला ९ जेठ । स्थानिय निर्वाचन २०७९ को नतिजा भर्खरै सार्वजनिक भैइसकेको छ, मिक्लाजुङ मा नेपाली काङ्रेस का सभापती बबि कुमार राई लाई नै पार्टी ले मिक्लाजुङ गापा अध्यक्ष को उमेदवार बनाएको थियो , र निर्वाचन मा पार्टी सभापती बबि कुमार राई मिक्लाजुङ्ग गाउपालिका अध्यक्ष मा निर्वाचित भए पछि पार्टी सन्चालन सम्बन्धी कार्यहरु मा समय दिन नसक्ने अवस्था रहेकोले नेपाली काङ्रेस मिक्लाजुङ गाउकार्य समिती को बैठक ले उपसभापती हरु मध्य खगेन्द्र मादेन लाई कार्यवाहक सभापति को जिम्मेवारी दिएको नेपाली काङ्रेस मिक्लाजुङ गाउकार्य समितिका सचिव दिपक श्रेष्ठले बताउनु भयो

शुभकामना ।
03/10/2021

शुभकामना ।

हार्दिक बधाई तथा शुभकामना ।

08/09/2021

लेटाङ ,२३ भदौ । अगुवा कार्यकर्ताको भेलामा नेपाली कांग्रेस जिल्ला सभापति डिगवहादुर लिम्बुले आफ्नो अन्ठाउन्नौ जन.....

23/08/2021

सिसौलीका एक युवाको पोखरीमा डुबेर निधन
मोरङ, भदौ-७ गते । मोरङ मिक्लाजुङ्ग गाऊपालिका ७ सिसौली का १८ बर्षीय नारायण बोहोरा माछा पोखरीमा डुबेर मृत्यु भएको छ ।

आज दिउसो साढे १ बजे आफ्नै घर छिउमा रहेको माछा पोखरीमा माछालाई चारो दिन जाँदा पोखरीमा डुबी बेपता भएका थिए । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय मधुमल्लाबाट प्रहरी टोली खटि गई स्थानिय बासी समेतको सहयोगमा खोजतलास गर्दा दिउसो सँवा ३ बजे बोहरालाई मृत अबस्थामा फेला पारिएको थियो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

22/08/2021

मोरङको मिक्लाजुङमा छिमेकीको हत्या
मोरङको मिक्लाजुङमा पारिवारिक झगडामा छिमेकीको हत्या भएको छ ।मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार मिक्लाजुङ गाउँपालिका–७ का ४३ वर्षीय धनराज लिम्बूको हत्या भएको हो ।
मिक्लाजुङ–६ का ३३ वर्षीय रविन तामाङ र उनका भाइहरु ३० वर्षीय आइतराज एवं २६ वर्षीय सञ्जय तामाङसहितले आक्रमण गर्दा लिम्बूको मृत्यु भएको श्रेष्ठको भनाइ छ । उनका अनुसार छिमेकमा डेरा गरेर बस्ने मिक्लाजुङ–६ का ३३ वर्षीय रविन तामाङ र उनकी श्रीमती निरुताबीच झगडा भएको सुनेर लिम्बू भदौ ३ गते राति ८ः४० बजेतिर घटनास्थलमा पुगेका थिए । रविन र निरुता मिक्लाजुङ–७ भण्डारी टोलमा डेरा गरेर बस्दै आएको पाइएको छ । बहिनी–ज्वाईंको झगडा भएको सुनेपछि रविनका जेठान ४० वर्षीय भाग्य बम्जन (तामाङ) आफ्नो मासु पसलमा आएका ५५ वर्षीय दुर्गाबहादुर कार्की र लिम्बूलाई लिएर रविनको डेरामा पुगेको खुलेको प्रहरीले जनाएको छ ।
त्यहाँ पुगेर परिवारमा झगडा नगर्न एवं मिलेर बस्नका लागि सम्झाईबुझाई गर्ने क्रममा रविन, आइतराज र सञ्जयसहितले लिम्बू र कार्कीमाथि दाउराले कुटपिट गरेको डिएसपी श्रेष्ठको भनाइ छ । उनका अनुसार पारिवारिक विवादमा बाहिरका मान्छे प्रवेश गरेको भन्दै सामूहिक रूपमा आक्रमण गरिएपछि गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा शनिबार राति ११ः४५ बजेतिर मृत्यु भएको हो ।
कुटपिटबाट सामान्य घाइते भएका दुर्गाबहादुर भने उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ । घटनामा संलग्नलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा चलाउन घटनाको अनुसन्धान थालिएको जानकारी श्रेष्ठले दिए । रविनका जेठान भाग्यलाई पनि नियन्त्रणमा लिएर घटनाका बारेमा सोधपुछ गर्ने काम भइरहेको प्रहरीको भनाइ छ ।

मिक्लाजुङ गाउँपालिका अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको लागि सहयोग समाग्री व...
18/08/2021

मिक्लाजुङ गाउँपालिका अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको लागि सहयोग समाग्री वितरण कार्यक्रम

मोरङको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवी प्रसाद आचार्य चढ्दै आएको  गाउँपालिकाको गाडीले ठेला र अटोलाई ठक्कर दिँदा ६ जना...
18/08/2021

मोरङको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवी प्रसाद आचार्य चढ्दै आएको गाउँपालिकाको गाडीले ठेला र अटोलाई ठक्कर दिँदा ६ जना गम्भीर घाईते भएका छन्।

आइतबार दिउसो १ बजे उर्लाबारी—७ स्थित भद्रमारीमा तिब्र गतिमा आएको को १ झ ५७६ नम्बरको स्कारपियोले ठक्कर दिँदा उनीहरु गम्भीर घाईते भएका हुन्।

घाइते हुनेमा ठेला चालक इटहरी—५ निवासी ३९ बर्षीय कुलबहादुर विक रहेका छन्। यस्तै अटो चालक मिक्लाजुङ—४ बस्ने अर्जुन तामाङ, अटोमा सवार सोहि वडाकै १४ बर्षीया पुजा राई, २७ बर्षीया जुनुमाया तामाङ, बर्ष १४ कै खुशी तामाङ र ६५ बर्षीया दिलकुमारी राई घाईते भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्काले बताए। घाईतेहरुको उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचार भईरहेको छ।

मिक्लाजुङका अध्यक्ष आचार्य गाडीमा सवार थिए कि थिएनन्, प्रहरी निरीक्षक खड्काले बताउन चाहेनन।

यद्यपि, घाईतेहरुले मद्रासी फिल्मी शैलिमा तुफान गतिमा आएको गाडीले ज्यान लिने उदेश्यले दुर्घटना गरेको बताए। मुद्धाको किनारा नलाग्दै गाउँपालिकाका चालक पनि घाईते भएको भन्दै डिश्चार्जपछि प्रहरीले घर पठाएको छ।

प्रतिबन्धित औषधी सहित दुई  जना पक्राउमोरङ, भदौ-१ गते ।मोरङ मिक्लाजुङ गाऊपालिका ३ स्थित सुन्दरी चौक स्थितबाट प्रतिबन्धित ...
17/08/2021

प्रतिबन्धित औषधी सहित दुई जना पक्राउ
मोरङ, भदौ-१ गते ।मोरङ मिक्लाजुङ गाऊपालिका ३ स्थित सुन्दरी चौक स्थितबाट प्रतिबन्धित औषधी सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मिक्लाजुङ गाऊपालिका ४ का २१ बर्षीय बिदुर राई र उर्लाबारी नगरपालिका ३ का २२ बर्षीय बिक्रान्त अधिकारी रहेका छन् ।

हिजो बेलुका ७ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई प्रतिबन्धित औषधी Tramadol Capsule -२८८२ र Spas pain Tablet - २९२० सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको छ ।

सुचना सुचना सुचना ।
13/07/2021

सुचना सुचना सुचना ।

बृक्षारोपण सम्पन्न मधुमल्ला÷  मोरङको मिक्लाजुङमा जननेता मदन भण्डारीको ७० औं जन्म जयन्तीको अवसर पारेर नेकपा एमाले मिक्लाज...
28/06/2021

बृक्षारोपण सम्पन्न
मधुमल्ला÷ मोरङको मिक्लाजुङमा जननेता मदन भण्डारीको ७० औं जन्म जयन्तीको अवसर पारेर नेकपा एमाले मिक्लाजुङ गाउँ संगठन कमिटिले बृक्षारोपाण कार्यक्रम सम्मपन्न गरेको छ । मिक्लाजुङ गाउँपालिका वडा नं. ७ को किम्बु खेती क्षेत्रमा बिभिन्न जातका करिब पाँचसय बिरुवाहरु रोपीएका नेकपा एमाले मिक्लाजुङका सचिब नविन कार्कीले बताए । बृक्षा रोपण कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले मोरङ जिल्ला सदस्य नरेन्द्र प्रसाद ढुङ्गेलले जननेता मदन भण्डारीका बिचार नेपालीहरुका लागि उपयोगी भएका र आज पनी नेकपा एमाले मदन भण्डारीको बिचार अनुसार अघि बढी रहेकाले नेपाली कम्युनिष्ट आन्दोलनमा उच्च स्थान रहने बताए । बृक्षा रोपण कार्यक्रममा डिभिजन वन कार्यालय मधुमल्लाका प्रमुख कल्याण लम्साल सहित कर्मचारीहरु, मावा नुनसरी सामुदायिक वनका अध्यक्ष जगत बस्नेत र पदाधीकारीहरु, राष्ट्रिय युवा संघ नेपाल मिक्लाजुङका पदाधीकारीहरु, राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य शुशिलराज चौहान, अनेम संघका पदाधीकारीहरु, एमाले मिक्लाजुङका अगुवाहरु मेघनाथ घिमीरे, कमल प्रसाद काफ्ले, डिल्ली प्रसाद खतिवडा, नेकपा एमाले मोरङ जिल्ला सल्लाहाका सदस्य राम कृष्ण राई, जिल्ला सदस्य देवी प्रसाद आचार्य लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम नेकपा एमाले मिक्लाजुङ गाउँ संगठन कमिटिका संयोजक बुद्धीमान लिम्बुको सभापतित्वमा सम्पन्न भएको थियो ।

मिक्लाजुङमा टिकटक रोड, सेल्फी रोडमा बग्गीआन्तरिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित मोरङको मिक्लाजुङमा टिकटक रोड खुलेक...
15/04/2021

मिक्लाजुङमा टिकटक रोड, सेल्फी रोडमा बग्गी
आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित मोरङको मिक्लाजुङमा टिकटक रोड खुलेको छ । गाउँपालिका–७ र ८ को सीमावर्ती मावा नुनसरी सामुदायिक वन क्षेत्रमा बुधबारबाट ‘टिकटक रोड’ खुलेको हो ।
आन्तरिक पर्यटनको विकास गर्ने उद्देश्यसहित गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले रोडको उद्घाटन गरे । रोडको उद्घाटन अघि रोडममा टिकटक बनाउनेको भिड लागेको थियो ।सामुदायिक वनको बीचमा रहेको बाटोलाई सजाइएको छ भने छेउका रूखहरूमा रङ लगाएर आकर्षक बनाइएको छ ।
मोरङको पथरी शनिश्चरेमा रहेको सेल्फी रोडमा बग्गी सञ्चालन सुरु गरिएको छ ।पथरी शनिश्चरे–२ मा रहेको पर्यटकीय क्षेत्र सेल्फी रोडमा स्थानीय युवाले बग्गी सञ्चालनमा ल्याएका हुन् ।

09/04/2021
मिक्लाजुङमा जंगली हात्तीको आक्रामणबाट एकजनाको मृत्युमोरङको मिक्लाजुङ गाऊपालिका ६ थामीझोडा बस्ने ५० बर्षीय याम बहादुर बोह...
30/03/2021

मिक्लाजुङमा जंगली हात्तीको आक्रामणबाट एकजनाको मृत्यु

मोरङको मिक्लाजुङ गाऊपालिका ६ थामीझोडा बस्ने ५० बर्षीय याम बहादुर बोहोराको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।

सोमबार राती १० बजे छिमेकीको घरबाट टेलिभिजन हेरी घर फर्केन क्रममा जंगलबाट आएका ३ वटा जंगली हात्तीले बोहोरालाई कुल्चेको थियो ।

गम्भिर घाईते भएका बोहोराको उपचारको लागी लैजादै गर्दा राती ११ बजे बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

23/03/2021
20/03/2021
19/03/2021

सम्पुर्ण खेलप्रेमी महानुभाबहरुमा हर्दिक निमन्त्रणा ।
प्रत्यक्ष लाईभमा .....

वडा नं. ४ फाइनलमा मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकम मधुमल्लामा बिहिबार बाट सुरु प्रथम अध्यक्ष कप रनिङ शिल्ड वडा स्त...
17/03/2021

वडा नं. ४ फाइनलमा
मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकम मधुमल्लामा बिहिबार बाट सुरु प्रथम अध्यक्ष कप रनिङ शिल्ड वडा स्तरीय फुटबल प्रतियोगिताको मंगलबारको खेलमा वडा नं. ३ लाई २–० को अन्तरले हराउँदै वडा नं. ४ प्रथम अध्यक्ष कप रनिङ शिल्ड वडा स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
खेलको सुरुवातबाट नै निक्कै आक्रामक खेल खेलको वडा नं. ४ ले ३ लाई निक्कै दवाब दिएर खेल खेल्यो । दाबाका बाजुत वडा नं. ३ ले शश्क्त प्रतिरक्षात्मक खेल खेल्यो । खेलको मध्यान्तर अघि सम्म खेल नीक्कै आक्रामक रहे पनी दुबै तर्फ बाट गोल हुन सकेने । मध्यान्तर पछिको खेलमा वडा नं. ३ ले निक्कै दवाब दिएर खेललाई प्रस्तुत ग¥यो तर वडा नं. ४ ले खेललाई रक्षात्मक रुपमा खेल खेल्दै नियन्त्रणमा राख्न सफल भयो । दुबै टिमले दवाब पुर्ण खेल खेलेपनी वडा नं. ४ का टिम क्याप्टेन जर्सी नं. १५का अनिल तामाङले पहिलो गोल गर्दै खेललाई १–० ले अग्रता दिलाए । पहिलो गोल लागे संगै वडा नं. ३ ले आक्रामक खेल खेल्यो तर वडा नं. ४ को रक्षात्मक बारलाई वडा नं. ३ ले क्लियर गर्न सकेन । वडा नं. ३ ले केही राम्रा र सुन्दर अवसरहरु पाए पनि बलले जाली चुम्न सकेन ।
मध्यान्तर पछि थपीएको इन्जयुरी समयमा मिक्लाजुङ वडा नं. ४ का टिम क्याप्टेन अनिल तामाङको क्रस पासमा जर्सी नं. १० का मौषम राईको आकर्षक प्राहारले जाली चुम्दै टिमलाई २–०ले अग्रता दिलाउँदै प्रथम अध्यक्ष कप रनिङ शिल्ड वडा स्तरीय फुटबल प्रतियोगिता फाइनलको यात्रा तय ग¥यो । मंगलबराको खेलमा म्यान अफ द म्याच वडा नं. ४ का जर्सी नं. १५ का अनिल तामाङ घोषित भए । बुधबारको दोस्रो सेमीफाइल मिक्लाजुङ गाउँपालिका वडा नं. ७ र वडा नं. २ बिच हुने खेल व्यवस्थापन समितिका सचिब इन्द्र श्रेष्ठले बताए ।
कृपया यो पेज लाइ follow /like अनि Share गर्न नभुल्नुहोला follow /like गरेको फ्री छ 😁 ।

बालिका हराएको सुचना !मिक्लाजुङ-७ सिसौली निवासी अन्दाजी ७ बर्शिया निकिता नेपाली आज (२०७७-१०-३०) बेलुका ४ बजे देखि हराई रह...
12/02/2021

बालिका हराएको सुचना !

मिक्लाजुङ-७ सिसौली निवासी अन्दाजी ७ बर्शिया निकिता नेपाली आज (२०७७-१०-३०) बेलुका ४ बजे देखि हराई रहेकी हुदा कहिँ कतै देख्नु वा भेट्नु हुने महानुभावहरुले नजिकैको प्रहरी कार्यलय वा निम्न सम्पर्क नम्बरमा सम्पर्क गरिदिनु हुन अनुरोध गरिन्छ।

अभिभावक:- मान बहादुर नेपाली
9807072680

मिक्लाजुङ र  बिमान ट्रेडर्स फाइनलमासन्तोष गौतम  मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकामा शनिबारबाट सुरु प्रदेश नं. १ स्त...
08/02/2021

मिक्लाजुङ र बिमान ट्रेडर्स फाइनलमा

सन्तोष गौतम

मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकामा शनिबारबाट सुरु प्रदेश नं. १ स्तरीय प्रथम खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिताको सोमबारको खेलमा आयोजक मिक्लाजुङ र बिमान ट्रेर्डस विर्तामोड बिजयी हुदै फाइनल प्रवेश गरेकाछन ।

सोमबारको पहिलो खेलमा दमक नगरालीकालाई हराउँदै आयोजक मिक्लाजुङ गाउँपालिकाले फाइनलको यात्रा सुनिस्चत ग¥यो । निक्कै आक्रमक र रुपमा खेल खेलको दमक र मिकलाजुङ बिचको खेलमा मिक्लजुङले दमकलाई सोझो २५–२३, २७–२५ र २८–२६ सेटले हराउँदै फाइनलको यात्रा सुनिस्चित ग¥यो ।

दोस्रो सेमीफाइनल खेलमा बिमान ट्रेर्डस बिर्तामोड र खेलकुद विकास समिति गौरादह झापा बिचको खेलमा ३–१ को सेटमा बिमान ट्रेर्डस बिर्तामोडले जित हात पार्दै फाइनलको यात्रन सुनिस्चित ग¥यो । पहिलो सेट खेलकुद विकाश समिति गौरादहले २५–२३ ले अग्रता लिएपनी त्यस पछी बिमान ट्रेर्डसले २५–२०,२५–२३ र २५–११ को नतिजा निकाल्दै जित हात पा¥यो ।

मंगलबार हुने फाइनल खेल आयोजक मिक्लाजुङ गाउँपालिका र बिमान ट्रेर्डस विर्तामोड बिच हुने आयोजक समितिका सदस्य महावीर राईले बताए ।

प्रतियोगितामा प्रदेश नं. १ का विभिन्न जिल्लाबाट १२ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम र द्वितिय हुने टिमले क्रमस नगद एक लाख एक हजार रुपैयाँ र ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता आगामी माघ २७ गतेसम्म सञ्चालन हुने छ ।

शुर्दशनको दोस्रो शाखा मधुमल्लामा मधुमल्ला । मोरङको  उर्लाबारीमा केन्द्रीय कार्यालय रहेको शुदर्शन बचत तथा ऋण सहकारी संस्थ...
08/02/2021

शुर्दशनको दोस्रो शाखा मधुमल्लामा

मधुमल्ला । मोरङको उर्लाबारीमा केन्द्रीय कार्यालय रहेको शुदर्शन बचत तथा ऋण सहकारी संस्थाको दोस्रो सेवा केन्द्र मिक्लाजुङको मधुमल्ला बजारमा उद्घाटन गरेको छ ।

सोमबार एक औपचारीक कार्यक्रमको आयोजना गरि विधिवित रुपमा सेवा केन्द्रको उद्घाटन गरिएको हो । मधुमल्ला क्षेत्रका व्यवसायी तथा शेयर सदस्यहरुलाई सर्बशुलभ र सहज सेवा पु¥याउने यदेश्यले सेवा केन्द्रको स्थापना गरिएको संस्थाका व्यवस्थापक थरेन्द्रदराज पौडेलले कार्यक्रममा जानकारी दिए ।

उद्घाटन कार्यक्रमालाई सम्बोधन गर्दै सहकारीको माध्यमबाट समुदायमा आय आर्जन र आर्थिक विकास सहयोग पु¥याने सहकारीको प्रभावकारी भुमिका रहने कार्यक्रमका प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले बताए ।

उद्घाटन कार्यक्रममा मिक्लाजुङ गाउँपालिका क्षेत्रका व्यपारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । उद्घाटन कार्यक्रममा वडा नं. ९ र ७ का वडाध्यक्षह सोमनाथ अधिकारी र शुशिलराज चौहानले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा अग्रणी शेयर सदस्यहरु लाई मायाको चिनो प्रदान गरिएको थियो ।

08/02/2021

आयाेजक मिक्लाजुङ गाउँपालिका माेरङ VS दमक नगरपालिका
२०७७/१०/२६

मिक्लाजुङमा प्रदेष नं. १ स्तरीय नकआउट भलिवल प्रतियोगिता हुनेसन्तोष गौतममधुमल्ला। कोरोना भाइरषका कराण लामो समय सम्म ग्राम...
05/02/2021

मिक्लाजुङमा प्रदेष नं. १ स्तरीय नकआउट भलिवल प्रतियोगिता हुने
सन्तोष गौतम
मधुमल्ला। कोरोना भाइरषका कराण लामो समय सम्म ग्रामीण क्षेत्रहरुमा खेलकुद गतिविधीहरु संचालन नभइरहेको बेला मोरङको मिक्लाजुङ गाउँपालिकामा १ नं. प्रदेश स्तरीय खुल्ला नकआउट पुरुष भलिवल प्रतियोगिता संचालन हुने भएको छ ।
मिक्लाजुङ गाउँपालिका वडा नं. ७ वुवा समुहको आयोजनमा संचालन हुन लागेको सो प्रतियोगितामा प्रदेश नं. १ बिभन्न जिल्ला बाट १२ टिमको सहभागिता रहने भएको छ । माघ २४ गतेबाट संचालनहुने खेलमा प्रदेश नं. १ का ५ जिल्लाका १२ टिमको सहभागीता हुने निस्चित भएको हो । भलिव प्रतियोगितालाई सभ्य र भव्य रुपमा संचालन गर्न कार्यक्रमको करिब ९० प्रतिशत बढी तयारी पुरा भएको खेल संचालन समिति सदस्य महावीर राईले बताए ।
माघ २४ गते बिहान १० बाट मिक्लाजुङ गाउँपालिका वडा नं. ७ को मनोहर जनता मावि मधुमल्लाको खेल मैदानमा भलिवल प्रतियोगिता शुरु हुने छ । प्रतियोगितालाई सभ्य र भव्य रुपमा संचालन गर्न आयोजक समितिले हाल प्रचार प्रसार कार्यक्रमलाई तिब्रता दिएको छ ।
प्रतियोगितामा प्रथम र द्वितिय स्थान हाँसील गर्नेले क्रमश नगद एक खाख एक हजार, ५० हजार पाचस, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । उत्त खेलकुद प्रतियोगितालाई मिक्लाजुङ गाउँपालिकाले प्रयोजन गरेको छ ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when US House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share