Abhimaan

Abhimaan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Abhimaan, Media, .

१४ सय ६० घर पूर्ण रूपमा क्षति, तर सरकारले अहिलेसम्म पहिचान गर्न सकेन वास्तविक पीडितको तथ्यांकसरकारले दुई महिनादेखि बाजुर...
03/12/2023

१४ सय ६० घर पूर्ण रूपमा क्षति, तर सरकारले अहिलेसम्म पहिचान गर्न सकेन वास्तविक पीडितको तथ्यांक
सरकारले दुई महिनादेखि बाजुराका भूकम्पपीडितहरूको उचित व्यवस्थापन गर्न नसक्दा उनीहरू खुला पालमुनि बस्दै आएका छन् । मंसिरको कठ्यांगिँ्रदो चिसोका कारण बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

१४ सय ६० घर पूर्ण रूपमा क्षति, तर सरकारले अहिलेसम्म पहिचान गर्न सकेन वास्तविक पीडितको तथ्यांक सरकारले दुई

मृत्यु हुनेहरूमा धेरैजसो दीर्घरोगी छन् । ‘सामान्य अवस्थामै पनि दीर्घरोगीको स्वास्थ्य कमजोर हुन्छ, केहीले त भूकम्पपछि निय...
01/12/2023

मृत्यु हुनेहरूमा धेरैजसो दीर्घरोगी छन् । ‘सामान्य अवस्थामै पनि दीर्घरोगीको स्वास्थ्य कमजोर हुन्छ, केहीले त भूकम्पपछि नियमित औषधि नै सेवन गर्न पाएका थिएनन्,’ जिल्ला अस्पतालकी प्रमुख डा. प्रतीक्षा भारतीले भनिन्, ‘एक त रोग प्रतिरोधी क्षमता कमजोर, त्यसमा पनि अत्यधिक चिसोको बसाइ, जसलाई उनीहरूको शरीरले पचाउन सकेन ।’ दुई बालबालिकाले पनि समयमै उपचार नपाउँदा ज्यान गुमाएको उनले बताए ।

भूकम्पका कारण घरबास गुमाएपछि त्रिपालमा बस्दै आएका भूकम्पपीडितले चिसोका कारण धमाधम ज्यान गुमाउन थालेका छन् । वड...

ललिता निवास जग्गा प्रकरणमा मुद्दा चलाउन पर्ने वा नपर्ने सम्बन्धमा सर्वोच्चले सोधेको पत्र झन्डै दुई महिनापछि उनीहरूले बुझ...
26/11/2023

ललिता निवास जग्गा प्रकरणमा मुद्दा चलाउन पर्ने वा नपर्ने सम्बन्धमा सर्वोच्चले सोधेको पत्र झन्डै दुई महिनापछि उनीहरूले बुझेका हुन् ।

सरकारले यो प्रकरणमा मुछिएका नेपाल, भट्टराई र तत्कालीन मुख्यसचिव लीलामणि पौड्यालबाहेकलाई मुद्दा चलाउने निर्णय गरेपछि त्यसविरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने तथा अधिवक्ता रवीन शर्माले गत असोज १ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

न्यायाधीश विनोद शर्माको इजलासले असोज ७ गते ‘बाटाको म्यादबाहेक’ १५ दिनभित्र मुद्दा चलाउन नपर्ने कारण भए लिखित रूपमा पेस गर्नु भनी उनीहरूका नाममा आदेश गरेको थियो ।

काठमाडौं - बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टरा.....

China has set its sights on the picturesque city of Pokhara, making strategic moves that go beyond infrastructure projec...
22/11/2023

China has set its sights on the picturesque city of Pokhara, making strategic moves that go beyond infrastructure projects to include cultural events, competitions, and potential economic influence. The recent surge in China’s activities in this region has triggered speculation about the motives behind its growing interest in Pokhara.

China has set its sights on the picturesque city of Pokhara, making strategic moves that go beyond infrastructure projects to include cultural events, competitions, and potential economic influence. The recent surge in China’s activities in this region has triggered speculation about the motives b...

मन्त्रालयले खरिद गरेका एम्बुलेन्स सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताललगायत अछामका चार, डडेल्धुरा, बैतडी, दार्चुला र ...
17/11/2023

मन्त्रालयले खरिद गरेका एम्बुलेन्स सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताललगायत अछामका चार, डडेल्धुरा, बैतडी, दार्चुला र बझाङका दुई/दुई तथा बाजुरा र डोटीमा एक/एक गरी १६ वटा अस्पताल र स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।

२०७६ साल कात्तिक २० गते हस्तान्तरण गरिएका ६ करोड २५ लाख १२ हजारमा मूल्यका १६ एउटा एम्बुलेन्स थन्किएका हुन् ।

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले खरिद गरेको एम्बुलेन्स कामै नलाग्नेगरी थन्किएका छन् । प्रदेश सरकारले ६ करोड २....

In Taklakot, China, a considerable number of Nepali workers have resorted to living in caves while engaging in labor on ...
14/11/2023

In Taklakot, China, a considerable number of Nepali workers have resorted to living in caves while engaging in labor on various construction projects. The harsh winter conditions prompt these workers to seek shelter in caves during the night, as the cost of rented accommodations proves to be prohibitively expensive.

Taklakot, China, November 13: In Taklakot, China, a considerable number of Nepali workers have resorted to living in caves while engaging in labor on various construction projects. The harsh winter conditions prompt these workers to seek shelter in caves during the night, as the cost of rented accom...

शुक्रबार मध्यरातिको भूकम्प प्रभावित जाजरकोटका १७ हजार परिवारले भने त्रिपाल र खाद्यान्नसमेत पाउन सकेका छैनन् । जाजरकोटमा ...
10/11/2023

शुक्रबार मध्यरातिको भूकम्प प्रभावित जाजरकोटका १७ हजार परिवारले भने त्रिपाल र खाद्यान्नसमेत पाउन सकेका छैनन् । जाजरकोटमा ९ हजार घर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । करिब २४ हजार घरमा आंशिक क्षति पुगेको छ । अहिलेसम्म १६ हजार ब्लांकेट, १७ हजार त्रिपाल र ३२ हजार बोरा चामललगायतका सामग्री वितरण गरिएको छ । त्यसमध्ये झन्डै ९० प्रतिशत सामग्री सडकमार्गबाट र मुस्किलले १० प्रतिशत सामग्री हवाई मार्गबाट प्रभावित क्षेत्रका लागि पुगेको हो । तर अनुगमनका नाममा हेलिकोप्टरमा जाने मन्त्री र नेताहरूको लस्कर देखिन्छ । अति नै भएपछि भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीेले बुधबार सामाजिक सञ्जालमा आक्रोश पोखे– ‘विभिन्न बहानामा भेरी नगरपालिकाको आकाशमा हेलिकोप्टर आतंक बन्द गर । संविधानले गरेको स्थानीय विपद् व्यवस्थापन समितिको अधिकार मिच्न नखोज ।’

शनिबारयता उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का दैनिकजसो नेपाली सेनाको हेलिकोप्टरबाट जाजरकोट र रुकुम प.....

चिनियाँ सामान सहजरूपमा नेपाल आउँछन्। स्वदेशमै उत्पादन हुने सामानलाई संरक्षण गर्न आवश्यक नीति सरकारले लिने गरेको छैन। जसक...
08/11/2023

चिनियाँ सामान सहजरूपमा नेपाल आउँछन्। स्वदेशमै उत्पादन हुने सामानलाई संरक्षण गर्न आवश्यक नीति सरकारले लिने गरेको छैन। जसका हस्तकलाको व्यापार गरेर आफ्नो पेसा धान्दै आएका व्यवसायीहरु संकटमा पर्न थालेका छन्। साना तथा मझौला उद्यम गरेका व्यवसायी विस्तारै पलायन हुने बाटोमा छन्।

काठमाडौं। ललितपुरको मंगलबजारका अमृत ताम्राकार सोमबार पूजा गर्ने घन्टीमा नाम खोपिरहेका थिए। तिहारका लागि उनको प...

आठ वर्षपछि मुलुकले फेरि एकपटक भूकम्पको भयानक त्रासदी भोगेको छ । मध्यरातको भूकम्पको त्रासदी भोगेको कर्णालीमा सरकारले युद्...
05/11/2023

आठ वर्षपछि मुलुकले फेरि एकपटक भूकम्पको भयानक त्रासदी भोगेको छ । मध्यरातको भूकम्पको त्रासदी भोगेको कर्णालीमा सरकारले युद्धस्तरमा उद्धार, उपचार, राहत र पुनस्र्थापना गर्ने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैँ भूकम्पको क्षति बुझ्न, पीडितका पीडा सुन्न, घाइतेको उद्धार र पीडितको राहतका लागि प्रभावित क्षेत्र पुगेर फर्केका छन् ।

शनिबार मध्यरातिसम्म १५९ को मृत्यु, ३३७ घाइते, जाजरकोटमा ४ हजार र रुकुम पश्चिममा कम्तीमा २ हजार घर पूर्ण रूपमा

गजुरी गाउँपालिका–२, चामबासका पहिरो विस्थापित चार वर्षदेखि त्रिपालकै भरमा छन् । विस्थापित भएदेखि नै विभिन्न आश्वासनमा रहे...
10/10/2023

गजुरी गाउँपालिका–२, चामबासका पहिरो विस्थापित चार वर्षदेखि त्रिपालकै भरमा छन् । विस्थापित भएदेखि नै विभिन्न आश्वासनमा रहेका उनीहरु अब भने सहयोगको आशा मारिसकेका छन् ।

विसं २०७६ साउन ५ गते धादिङको गजुरी गाउँपालिका–२, चामबास गाउँ नै पहिरोमा पर्‍यो । जमिन चिरा पर्‍यो । घर र वस्तुभाउ बाँध्ने गोठहरु पनि भत्किए । एक्काइस परिवार विस्थापित भए ।

२३ असोज, मलेखु । गजुरी गाउँपालिका–२, चामबासका पहिरो विस्थापित चार वर्षदेखि त्रिपालकै भरमा छन् । विस्थापित भएदेखि...

हामी नेपाली हाम्रा महत्वपूर्ण र ठूला चाडबाडको सँघारमा छौँ । २८ गते घटस्थापनादेखि दसैँ विधिवत् सुरु हुनेछ । दसैँलगत्तै ति...
09/10/2023

हामी नेपाली हाम्रा महत्वपूर्ण र ठूला चाडबाडको सँघारमा छौँ । २८ गते घटस्थापनादेखि दसैँ विधिवत् सुरु हुनेछ । दसैँलगत्तै तिहार र छठजस्ता थप महत्वपूर्ण चाड पनि क्रमशः आइ नै हाल्छन् । कुनै पनि चाडपर्व कसैका लागि पनि रमाइला र स्मरणीय हुन्छन् । आ–आफ्नो गच्छेअनुसार हरेक पर्व सबैले खुसीसाथ मनाउने वातावरण सिर्जना गर्नु हामी सबैको कर्तव्य हो ।

हामी नेपाली हाम्रा महत्वपूर्ण र ठूला चाडबाडको सँघारमा छौँ । २८ गते घटस्थापनादेखि दसैँ विधिवत् सुरु हुनेछ ।

काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तारको काम सुस्ताएको छ । सडक डिभिजन क...
08/10/2023

काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तारको काम सुस्ताएको छ । सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्तिको काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो ।

आउँदो चैत १९ गतेभित्र निर्माण सक्नुपर्ने उक्त सडकखण्डका विस्तार एवं स्तरोन्नतिका लागि व्यवसायीसँग रु २० करोड १९ लाखमा सम्झौता गरिएको थियो । निर्माण सुरु भएको १६ महिना बितिसक्दा १२ प्रतिशतमात्रै काम भएको जनाइएको छ ।

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तारको .....

कानुन नबन्दै दूरसञ्चार प्राधिकरणले एक अर्ब १५ करोड रुपैयाँको उपकरण भित्र्याइसकेको छ । त्यो पनि अस्वाभाविक मूल्य देखाई ल्...
05/10/2023

कानुन नबन्दै दूरसञ्चार प्राधिकरणले एक अर्ब १५ करोड रुपैयाँको उपकरण भित्र्याइसकेको छ । त्यो पनि अस्वाभाविक मूल्य देखाई ल्याइएका ती सामानमाथि अनुसन्धान चलिरहेका बेला प्राधिकरण थप दुई अर्बको सामान ल्याउने प्रपञ्चमा लागेको छ । जबकि, वैयक्तिक विवरण रेकर्ड गर्न मिल्ने कानुन बनेन वा टेरामक्स प्रविधि लागू नगर्ने निर्णय भयो भने उपकरण खरिदको हिसाबकिताब कसरी फरफारक हुन्छ भन्ने झन् ठूलो प्रश्न छ ।

कल डिटेल, एसएमएसलगायतका वैयक्तिक विवरण रेकर्ड गर्न मिल्ने ‘टेरामक्स’ प्रविधि लागू गर्न सरकारले देखाइरहेको हतार...

बरामद सुन लप्ची नाकाबाट भित्रिएको आशंका गरिएको छ । पक्राउ परेको तीनमध्ये दुईजनाले सुन बोकेको र एकजना सँगै थिए ।तीनैजना व...
01/10/2023

बरामद सुन लप्ची नाकाबाट भित्रिएको आशंका गरिएको छ । पक्राउ परेको तीनमध्ये दुईजनाले सुन बोकेको र एकजना सँगै थिए ।

तीनैजना विगु–१ लामाबगर क्षेत्रको रहेको प्रहरीले जनाएको छ । चीन सरकारले आइतवारमात्र तिब्बतसँग जोडिएको दोलखाको दुईवटा नाका खुला गरेको थियो ।

बरामद पहेंलो धातु परीक्षणको क्रममा रहेको प्रहरीले जनाएको छ । प्रहरीले यसबारे बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिने तयारी गरेको छ ।

काठमाडौं - सुन तस्कर समूहले दोलखालाई सुन तस्करीको नयाँ बाटो बनाएको भेटिएको छ । [...]

यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्‍याउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक सुधारमा ध्यान दिनुपर्ने महासंघका अ...
27/09/2023

यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्‍याउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक सुधारमा ध्यान दिनुपर्ने महासंघका अध्यक्ष विजय स्वाँरले बताए । ‘हरेक वर्ष चाडबाड आउनुअघिबाटै सम्बन्धित मन्त्रालय, विभागलाई राजमार्ग, भित्री सडक मर्मत गर्न ध्यानाकर्षण गर्दै आएका छौं,’ उनले भने, ‘जति भने पनि सडकमा सुधार गरेको पाइँदैन, जसले गर्दा बीच सडकमा बेलाबेला चालक, यात्रु अलपत्र बन्ने अवस्था आउने गरेको छ ।’ यस वर्ष पनि विगत वर्षहरूमा जसरी समस्या दोहोरिन नदिने कुरामा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन जरुरी रहेको उनको भनाइ छ ।

‘बैंकले ब्याजदर बढाएका कारण नयाँ गाडी किन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘अहिले गुडिरहेका गाडीलाई नै चाडबाडमा मर्मत सम्भार गरेर चलाउनुपर्ने अवस्था छ ।’ पक्की सडकका आधारमा भाडा निर्धारण गरिए पनि त्यसअनुसार सडक पूर्वाधार नभएकाले चालक र यात्रुले कष्ट भोग्नुपरेको उनले जनाए । यही असोज ५ मा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित यातायात क्षेत्र सुधारका लागि कार्यदल गठन गरेका छन् ।

दसैं आउन महिना दिन पनि छैन । यति बेला सर्वसाधारण काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा बाहिरिन्छन्। यसले सडकमा बढी च...

यो घटनामा नेपाली चालकले एउटा आँखा नै गुमाउनु परेको थियो । यसको बिरोधमा केरुङ् मै आन्दोलन भएको थियो ।यो पृष्ठभुमी र घटनाक...
25/09/2023

यो घटनामा नेपाली चालकले एउटा आँखा नै गुमाउनु परेको थियो । यसको बिरोधमा केरुङ् मै आन्दोलन भएको थियो ।

यो पृष्ठभुमी र घटनाको पुनरावृत्ती पुनः नेपालमै समेत सुरु भएको छ । कोरोना महामारी रोकथामका लागि भन्दै बन्द भएको तातोपानी नाका प्रायः चीनले बन्द नै राख्दै आएको छ । चिनियाँ अधिकारीहरुको व्यवहार कै कारण तनाव सहन नसकेर सिन्धुपाल्चोकका एक जना ब्यापारीले आत्महत्या गरेको खुलासा गोसाईकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष दावा दिन्डुप तामाङ्गले गरेका थिए । चिनियाँहरुले गर्ने यस्ता व्यवहार धेरै बाहिर आउँदैनन् ।

नेपालमा विभिन्न निर्माण परियोजनाको ठेक्काका लागि आएका चिनियाँ अधिकारी देखि कामदारहरुसम्मले नेपालीहरुलाई हेप्...

नयाँदिल्लीमा सम्पन्न जी–२० सम्मेलनको साइडलाइनमा घोषणा भएको भारत, मध्यपूर्व र युरोपलाई जोड्ने एक बहुराष्ट्रिय रेल तथा पान...
21/09/2023

नयाँदिल्लीमा सम्पन्न जी–२० सम्मेलनको साइडलाइनमा घोषणा भएको भारत, मध्यपूर्व र युरोपलाई जोड्ने एक बहुराष्ट्रिय रेल तथा पानीजहाज परियोजनालाई सम्बद्ध अधिकारीले ‘गेम चेन्जर’ बताइरहेका छन् । विश्लेषकहरूले भने यस भेगमा चीनको प्रभाव कम गर्ने उद्देश्यले यस परियोजना ल्याएको टिप्पणी गरेका छन् । परियोजनाअन्तर्गत साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), जोर्डन, इजरायललाई रेलमार्गमार्फत जोडिनेछ । ती भेगका बन्दरगाहमार्फत भारत र युरोपेली संघलाई पनि सामुद्रिक मार्गबाट जोडिनेछ । रेल तथा पारवाहन पूर्वाधारका अतिरिक्त यस परियोजनामा ऊर्जा, डिजिटल केबलका पूर्वाधार पनि रहनेछन् । यो रुट निर्माण पूरा भएपछि व्यापार, इन्धन तथा सूचनाको आदानप्रदान तीव्र बन्ने अधिकारीले बताएका छन् ।

नयाँदिल्लीमा सम्पन्न जी–२० सम्मेलनको साइडलाइनमा घोषणा भएको भारत, मध्यपूर्व र युरोपलाई जोड्ने एक

अमेरिकाबाट सिधै चीन जाने गरी प्रधानमन्त्रीको भ्रमण कार्यतालिका बनाइएको छ । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको पूर्वसन्ध...
17/09/2023

अमेरिकाबाट सिधै चीन जाने गरी प्रधानमन्त्रीको भ्रमण कार्यतालिका बनाइएको छ । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको पूर्वसन्ध्यामा गत सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतो लगायतले सामुहिक रुपमा काठमाडौंको टोखाबाट नुवाकोटको छहरेसम्म सुरुङमार्ग योजनाको स्थलगत निरीक्षण गरेको समाचार आएको छ । उक्त सुरुङमार्गको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) सुरु गर्न तीनजना मन्त्रीहरुले स्थलगत निरीक्षण गरेको जनाइएको छ ।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणको तयारीमा छन् । आगामी असोजको पहिलो साता उनको चीन भ्रमण...

राजधानीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा पनि पाँच वर्षसम्म किनारा लागेको छैन । राजधानी तोकिएको ठाउँ वन क्षे...
13/09/2023

राजधानीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा पनि पाँच वर्षसम्म किनारा लागेको छैन । राजधानी तोकिएको ठाउँ वन क्षेत्रमा पर्छ । जंगल भएको ठाउँमा राजधानी तोकिएको भन्दै प्रदेश सभाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा त्यतिवेला दुईवटा मुद्दा परेका थिए । जैविक मार्गमा राजधानी तोकिएको र सुदूरपश्चिमका सबै नागरिकलाई पायक पर्ने ठाउँमा नभएको भन्दै दिपायलमा राजधानी हुनुपर्ने मागसहित मनीषकुमार श्रेष्ठ र देवीकुमारी जोशीले रिट दायर गरेका थिए ।

स्थायी राजधानी तोकिएको गोदावरीको जग्गा भोगाधिकार अझै प्रदेशलाई आएन, फाइल सिंहदरबारमै अड्कियो   सुदूरपश्चिम

आठ वर्षपछि बल्लतल्ल निजामती कर्मचारीलाई व्यवस्थित गर्ने विधेयक संसद्मा लैजाने निर्णयमा सरकार पुगेको छ। ०७२ मा बनेको संवि...
10/09/2023

आठ वर्षपछि बल्लतल्ल निजामती कर्मचारीलाई व्यवस्थित गर्ने विधेयक संसद्मा लैजाने निर्णयमा सरकार पुगेको छ। ०७२ मा बनेको संविधानले संघीयता लागू गरे पनि निजामती सेवालाई छोएको थिएन। अर्थात्, स्थायी सरकार ८ वर्ष अलमलमै बस्यो। निजामतीको खाका कस्तो हुने ? संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन के–कसरी गर्ने भन्नेमै गलफति चल्यो। भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी विधेयक २०८०’ लाई संसद्मा पेस गर्ने निर्णय गरेको छ।

विधेयक संसद्मा लैजाने निर्णय भए पनि पारित हुनेमा ढुक्क हुने स्थिति भने छैन। किनभने यसअघि पनि संसद्ले अन्तिम चरणमा पुर्‍याएको विधेयक सरकारले एकाएक फिर्ता लिएको थियो। हालै मात्र पनि सरकारले विधेयक ल्याउने तयारी गरेपछि अनेक ‘चलखेल’ भएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै ‘विधेयकमा चलखेल’ भएको भन्दै केही दिन रोक्नु परेको भन्दै ‘निरीहता’ जनाएका थिए।

काठमाडौं : आठ वर्षपछि बल्लतल्ल निजामती कर्मचारीलाई व्यवस्थित गर्ने व

विश्वका २० शक्ति केन्द्र आगामी शनिबार र आइतबार एकै ठाउँमा भेला हुँदैछन्, विश्वको आर्थिक, सामाजिक, वातावरणीय, भौतिक समस्य...
07/09/2023

विश्वका २० शक्ति केन्द्र आगामी शनिबार र आइतबार एकै ठाउँमा भेला हुँदैछन्, विश्वको आर्थिक, सामाजिक, वातावरणीय, भौतिक समस्यासँगै दिगो विकासको समस्या सम्बोधन गर्ने ध्ययेका साथ। सन्दर्भ हो, भारतको नयाँ दिल्लीमा आयोजना हुन गइरहेको १८औं जी–२० शिखर सम्मेलनको। ग्रुप अफ ट्वान्टी अर्थात् जी–२० विश्वका २० ठूला अर्थतन्त्रको साझा प्लेटफर्म हो, जसको लिडर्स समिट नयाँ दिल्लीको प्रगति मैदानमा आयोजना हुन लागेको हो।

सेप्टेम्बर ९ र १० मा हुने ‘जी–२० लिडर्स समिट’ मा विश्वका ठूला अर्थतन्त्रका सरकार प्रमुख सहभागी हुने छन्। दुई दिने सम्मेलनको अध्यक्षता भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्दै छन्। सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, जर्मन चान्सलर ओलाफ स्कोल्ज, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान र जापानका प्रधानमन्त्री फुमिओ किसिदालगायत सहभागी हुँदै छन्।

काठमाडौं : विश्वका २० शक्ति केन्द्र आगामी शनिबार र आइतबार एकै ठाउँमा

मधेश प्रदेशको ००१ झ ०१९१ नम्बरको गाडी १४ भदौको राति रौतहट चन्द्रनिगाहपुरको एक होटल अगाडि धेरैबेर रोकिएपछि स्थानीयले सोधख...
06/09/2023

मधेश प्रदेशको ००१ झ ०१९१ नम्बरको गाडी १४ भदौको राति रौतहट चन्द्रनिगाहपुरको एक होटल अगाडि धेरैबेर रोकिएपछि स्थानीयले सोधखोज गरे । गाडी मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको भएको खुल्यो । बिदाका दिन सरकारी कर्मचारी गाडी रोकेर होटलमा बसेको खुलेपछि स्थानीय बासिन्दाले कर्मचारीबारे सोधखोज गरे । त्यसपछि गाडी तुरुन्तै त्यहाँबाट हिंडेको थियो ।

गत २७ साउनको शनिबार दाङको घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डीसीको गाडी विना पास प्रयोग भइरहेको भेटेपछि स्थानीय युवाले रोके । त्यसैदिन सल्यानबाट सरकारी कर्मचारीको छोरा चढेर आएको सरकारी मोटरसाइकल पनि युवाहरूले रोके । ती दुवै सवारी साधन उनीहरूले जिल्ला प्रशासन कार्यालय, दाङमा बुझाए ।

१९ भदौ, काठमाडौं । गत शनिबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने भन्दै फेसबु....

गृहमन्त्री नारायणकाजी श्रेष्ठको गलत कार्यशैलीका कारण यति बेला सरकारको भविष्यलाई लिएर अनेक टिकाटिप्पणी सुरु भएका छन् । गठ...
30/08/2023

गृहमन्त्री नारायणकाजी श्रेष्ठको गलत कार्यशैलीका कारण यति बेला सरकारको भविष्यलाई लिएर अनेक टिकाटिप्पणी सुरु भएका छन् । गठबन्धन सरकारका गृहमन्त्री श्रेष्ठको भूमिकाका विषयमा सत्तारुढ दलभित्रै चर्काे असन्तुष्टि बढेको छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि रुष्ट बनेका छन् ।

गृहमन्त्रीकै कार्यशैलीका कारण प्रचण्डमाथि सत्तागठबन्धनभित्र दवाव बढ्न थालेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणदेखि ललितानिवास जग्गा हुँदै ६० केजी सुनकाण्डसम्म पुग्दा गृहमन्त्री श्रेष्ठको कार्यशैलीमाथि गम्भीर प्रश्न उब्जेको हो ।

काठमाडौं : गृहमन्त्री नारायणकाजी श्रेष्ठको गलत कार्यशैलीका कारण यति बेला सरकारको भविष्यलाई लिएर अनेक टिकाटिप्प...

दुई महिनादेखि काठमाडौंको माइतीघर मण्डलमा अनशन बसिरहेकी उनले निलम्बनमा परेका न्यायाधीशको सरकारी सेवासुविधा खारेज हुनुपर्न...
22/08/2023

दुई महिनादेखि काठमाडौंको माइतीघर मण्डलमा अनशन बसिरहेकी उनले निलम्बनमा परेका न्यायाधीशको सरकारी सेवासुविधा खारेज हुनुपर्ने, आफूलाई बकपत्रका लागि बोलाउनुपर्ने, गिरीविरुद्धका मुद्दाहरूमा शीघ्र छानबिन गरी कानुनबमोजिम कारबाही हुनुपर्ने, पीडितलाई सरकारले जीविकोपार्जनको व्यवस्था गरिदिनुपर्ने माग राखेकी छन् । उनले बलात्कारजस्तो संगीन अभियोग लागेकालाई धरौटीमा छोडिएको भन्दै गत असार १० गते महान्यायाधिवक्ता कार्यालय परिसरमा प्रदर्शन गरेर आमरण अनशन थालेकी थिइन् ।

वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश भुवन गिरीलाई कारबाही गर्नुको साटो धरौटीमा छुटाएर मुद्दा प्रभावित बना....

वरिष्ठ अधिवक्ता न्यौपानेले ०७६ माघमा दर्ता गरेको रिट दुई महिनापछि पेसीमा चढेको थियो। तत्कालीन न्यायाधीश चोलेन्द्रशमशेर ज...
21/08/2023

वरिष्ठ अधिवक्ता न्यौपानेले ०७६ माघमा दर्ता गरेको रिट दुई महिनापछि पेसीमा चढेको थियो। तत्कालीन न्यायाधीश चोलेन्द्रशमशेर जबराले कारण देखाउ आदेश जारी गर्दै मुद्दालाई अग्राधिकार दिएका थिए।

०७७ असार २१ गते न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको इजलासमा पेसी चढेको थियो। मुद्दा हेर्न नभ्याइनेमा पर्‍यो। तेस्रोपटक ०७७ मंसिर ७ गते पेसी चढेको थियो। न्यायाधीश डा. आनन्दमोहन भट्टराई र डा. मनोजकुमार शर्माको इजलासले हेर्न भ्याएन। चौथोपटक ०७७ पुस २० गते न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको इजलासमा पेसी चढेको थियो। न्यायाधीशद्वय कार्की र फुयाँलको इजलासले महान्यायाधिवक्ता कार्यालयलाई सूचना दिने आदेश गरेको थियो।

काठमाडौं : न्यायको मान्य सिद्धान्त हो, ‘ढिलो न्याय दिनु न्याय

मुस्ताङ र म्याग्दीको सीमाना काभ्रेभीरदेखि अन्नपूर्ण गाउँपालिकाको दानास्थित नारच्याङ पुलसम्मको सडकमा ठाउँठाउँमा पहिरो खसे...
20/08/2023

मुस्ताङ र म्याग्दीको सीमाना काभ्रेभीरदेखि अन्नपूर्ण गाउँपालिकाको दानास्थित नारच्याङ पुलसम्मको सडकमा ठाउँठाउँमा पहिरो खसेको बेनी जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए । उनका अनुसार म्याग्दीको अन्नपूर्ण गापाको खाम भित्ता,गुईठे,जलथले,सुकेबगर,लाटा खोला,तितर रुप्से र काभ्रेभीर लगायतको करिब ३ दर्जन स्थानमा सानो ठूलो पहिरो खसेको हो ।

बेनी-जोमसोम सिधा यातायात सम्पर्क पहिरोको कारण अवरुद्ध भएको सुपरभाइजर शेरचनले बताए । सडक अवरुद्ध भएपछि ठाउँठाउँमा सवारी साधन अड्किएर गन्तव्यमा पुग्न नसकेको सुपरभाइजर शेरचनले बताए ।

जोमसोम : अविरल वर्षाका कारण राष्ट्रिय गौरवको (बेनी-जोमसोम)७६ किमी सडकको द

राजस्व अनुसन्धान विभाग तथा भन्सार विभागको निगरानीमा रहेका ती दुईजनालाई शुक्रबार बिहान पौने ८ बजे त्रिभुवन विमानस्थल सुरक...
14/08/2023

राजस्व अनुसन्धान विभाग तथा भन्सार विभागको निगरानीमा रहेका ती दुईजनालाई शुक्रबार बिहान पौने ८ बजे त्रिभुवन विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । चीन जान लाग्दा अध्यागमनबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा लिजिया लिन र लिउफुयान रहेको बताइएको छ । उनीहरू तस्करीको कालोसूचीमा थिए ।

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा सन्दिग्ध दुई चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ परेका छन् । राजस्व अ....

भेपमा लुकाएर तस्करी गर्न लागिएको सुनको सिआइबीले अनुसन्धान गरी मुद्दा दायर गरिसकेको छ । जसमा चिनियाँ समूहले भेपभित्र लुका...
09/08/2023

भेपमा लुकाएर तस्करी गर्न लागिएको सुनको सिआइबीले अनुसन्धान गरी मुद्दा दायर गरिसकेको छ । जसमा चिनियाँ समूहले भेपभित्र लुकाएर नौ किलो सुन तस्करीको प्रयास गरेको थियो । भेप भन्सारबाट लिलामी गराउने र सहजै सुन पास गर्ने उनीहरूको योजना थियो । तर, भन्सारको स्टोरबाटै सुनजडित भेप चोरी भएपछि भन्सार कार्यालयले प्रहरीमा निवेदन दिएको थियो । सोही आधारमा सिआइबीले भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्कासहित सातजनालाई पक्राउ गरी असारको अन्तिम साता मुद्दा दायर गरेको थियो ।

भन्सार एजेन्ट दीपेश बस्नेत, जसको दुवै तस्कर समूहसँग देखियो ‘कनेक्सन’ सवारीसाधनका पार्टपुर्जा र विद्युतीय

‘विनोदकी पहिलो श्रीमती शिला देवीलाई घरबाटै शुक्रबार पक्राउ गरेका थियौं । विनोद त्यतिबेला घरबाट निस्किसकेका रहेछन् । हामी...
06/08/2023

‘विनोदकी पहिलो श्रीमती शिला देवीलाई घरबाटै शुक्रबार पक्राउ गरेका थियौं । विनोद त्यतिबेला घरबाट निस्किसकेका रहेछन् । हामीले उनी भाग्न सक्ने सम्भावित स्थानहरूमा सर्च गरेका थियों, तर शुक्रबार फेला पार्न सकेनौं । यद्यपी शनिबार उनी आफैं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भए,’ जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलिपकुमार गिरीले भने, ‘जाहेरीमा अभियुक्त बनाइएका धामी दिनेश यादवलाई पनि खोजिरहेका छौं । उनी चाँडै पक्राउ पर्नेमा विश्वस्त छौं ।’

यातनाबाट कमजोर काजलको खाटबाट लडेर टाउको फुट्यो महोत्तरीको पिपरा गाउँपालिका– ३ की ३२ वर्षीया काजलकुमारी

०६४ साउनदेखि पशुपतिमा गंगा आरती हुँदै आएको छ । ३० असार ०७१ मा कोषले सो समितिलाई खर्च विवरण उपलब्ध गराउन पत्राचार गरे पनि...
03/08/2023

०६४ साउनदेखि पशुपतिमा गंगा आरती हुँदै आएको छ । ३० असार ०७१ मा कोषले सो समितिलाई खर्च विवरण उपलब्ध गराउन पत्राचार गरे पनि हालसम्म उपलब्ध गराएको छैन । कुनै व्यक्तिको जन्मदिनलगायत अवसरमा आरती गर्दा सो संस्थाले न्यूनतम एक हजार पाँच सय रुपैयाँ लिँदै आएको छ । कोषको सहमतिविना यसरी पैसा लिएर आरती गर्दै आएको विषय विवादित बनेपछि विगतमा विभिन्न निकायमा उजुरीसमेत परेको थियो । जसअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा महालेखापरीक्षकको कार्यालयले आरतीलाई कोषमातहत ल्याउन निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार आरतीलाई व्यवस्थित, पारदर्शी बनाउन सो कार्यविधि बनाई कोषमातहत ल्याउन लागिएको कोषका सदस्य खत्रीले बताए ।

अब चलनचल्तीको मूल्यअनुसार लिजमा लगाइने पशुपति क्षेत्र विकास कोषले कौडीको भाउमा लिजमा दिएको पशुपति गौशाला

नक्कली भुटानी शरणार्थी प्रकरण टुंगोमा नपुग्दै ललिता निवास जग्गा अतिक्रमणमा सरकारले अनुसन्धान अघि बढायो। यी प्रकरणले चर्च...
02/08/2023

नक्कली भुटानी शरणार्थी प्रकरण टुंगोमा नपुग्दै ललिता निवास जग्गा अतिक्रमणमा सरकारले अनुसन्धान अघि बढायो। यी प्रकरणले चर्चा पाइरहेका बेला भन्सार पास भएको एक क्विन्टल सुन राजस्व अनुसन्धान विभागले समात्यो। तीन ठूला प्रकरणले एकैपटक तरंग मच्चायो। तर, तीनवटै प्रकरण अधकल्चा छन्।

यी प्रकरणका मुख्य नेतृत्वकर्तालाई अनुसन्धानको दायरामा ल्याइएको छैन। सरकारले पुरानो सिनो कोट्याउने काम मात्रै गरेको पूर्वसचिव भरत थापाको टिप्पणी छ। ‘सरकार पुरानो सिनो कोट्याएर बसेको छ, भ्रष्टाचार नियन्त्रणमा एक थोपा पनि काम गरेकै छैन,’ ट्रान्सपरेन्सी इन्टरनेसनलका पूर्वअध्यक्षसमेत रहेका थापाले भने, ‘ललिता निवास पुरानै सिनो हो, सुन तस्करी चलिरहेकै छन्, पुरानो गर्नु हुँदैन भन्ने होइन तर नयाँ काम गरेर देखाउनु पर्‍यो, प्रचारबाजीमा मात्रै सरकार लागेको छ।’

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरण टुंगोमा नपुग्दै ललिता निवास

स्वाद र स्वास्थ्यको दृष्टिले नुनको महत्त्व कम छैन। सहजै पाउने ठाउँकालाई त व्रत बस्दा मात्रै यसको महत्त्व थाहा होला। तर, ...
27/07/2023

स्वाद र स्वास्थ्यको दृष्टिले नुनको महत्त्व कम छैन। सहजै पाउने ठाउँकालाई त व्रत बस्दा मात्रै यसको महत्त्व थाहा होला। तर, हाम्रै मुलुकमा नुनका लागि अझै संघर्ष गर्नुपर्ने ठाउँ छन्। एक/दुई किलो नुन पाउन तीन दिनसम्म पैदल मात्रै हिँड्न त सामान्य हो, आन्दोलन र ज्यान दिनुपर्ने अवस्था स्थानीयको छ। जुन नियती भोगिरहेका छन् कर्णाली र सुदूरपश्चिमका नागरिकले। व्यथा पुरानै हो। तर, अवस्था उस्तै छ।

बझाङ थलारा गाउँपालिका–४ की लक्ष्मीदेवी सिंहले दिनभरि लाइन बस्दा, बल्लतल्ल ५ किलो नुन पाइन्। ९ रुपैयाँ किलोको नुन किन्न आतेजातेमै हजार रुपैयाँ खर्च गरिन्। ‘थलारा बिक्री केन्द्रमा चैतमै नुन सकिएको थियो। चैनपुर डिपोमा आइतबार मात्रै नुन पाइँदैछ भन्ने थाहा पाएपछि चैनपुर आएँ। २० किलो जति किनेर लैजाने मन थियो। तर, ५ किलो मात्रै दिने नियम बनाएको रहेछ’, दिनभरि लाइन लागेर ५ किलो पाएकी उनले गुनासो पोखिन्, ‘सबै हिसाब गर्ने हो भने एक किलो नुनको २ सय रुपैयाँभन्दा बढी पर्‍यो।’

स्वाद र स्वास्थ्यको दृष्टिले नुनको महत्त्व कम छैन। सहजै पाउने ठाउँकालाई त व्रत बस्दा मात्र

कोरोना महामारीका वेला दाताहरूबाट अनुदानमा प्राप्तसमेत गरेर देशभर करोडौँ मूल्यका दुई सय ३३ स्वास्थ्य उपकरण प्रयोगविहीन पा...
25/07/2023

कोरोना महामारीका वेला दाताहरूबाट अनुदानमा प्राप्तसमेत गरेर देशभर करोडौँ मूल्यका दुई सय ३३ स्वास्थ्य उपकरण प्रयोगविहीन पारेर थन्क्याइएका छन् । जसमा श्वास फेर्न गाह्रो हुँदा अपरिहार्य भेन्टिलेटरदेखि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्ने मोबाइल थर्मोकोगुलेटरसम्मका महत्वपूर्ण उपकरण छन् ।
स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाको तथ्यांकअनुसार देशभरका स्वास्थ्य संस्थामा २० प्रकारका दुई सय ३३ उपकरण प्रयोगविहीन छन् । अधिकांश मेसिन कोभिड महामारीको समयमा पठाइएका छन् । जसमा भेन्टिलेटर ९१, भेन्टिलेटरमै प्रयोग हुने बिप्याप मेसिन १९ थान र श्वास–प्रश्वासका बिरामी सुत्ने समयमा अक्सिजनको चाप नियन्त्रणमा राख्न प्रयोगमा आउने सिपिएपी मेसिन १६ थान छन् । आवश्यक जनशक्ति र राख्ने ठाउँ अभाव तथा कतिपय बिग्रिएपछि मर्मत नहुँदा प्रयोगविहीन बनेको विभागको भनाइ छ ।

श्वास फेर्न गाह्रो हुँदा अपरिहार्य भेन्टिलेटरदेखि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्ने मोबाइल

नेपालमा पछिल्लो समय ग्राम हुँदै केजी अनि क्विन्टलमा सुन तस्करी हुन थालेको खुलेको छ । बुधवार राति एक क्विन्टल सुन ब्रेक स...
22/07/2023

नेपालमा पछिल्लो समय ग्राम हुँदै केजी अनि क्विन्टलमा सुन तस्करी हुन थालेको खुलेको छ । बुधवार राति एक क्विन्टल सुन ब्रेक सु मा लुकाएर ल्याइएकोमा बरामद भएपछि तस्करीको जालोबारे खुल्न थालेको हो ।

हङकङबाट आएको सुन राजधानीको एक फमका नाममा आएको हो । सुन तस्करीमा चिनियाँ नागरिक मुख्य नाइके रहेको विश्वस्त स्रोतले बताएको छ । संगठित गिरोह बनाएर सुन तस्करी हुँदै आएको थियो । यसमा उच्च तहका नेता, कर्मचारी र प्रहरीसमेतको मिलेमतो पत्ता लागेको छ । घटना खुले ठूलै पहिरो जाने भएकाले अनुसन्धानलाई माथि सम्म पुग्न नदिने चलखेल चलिसकेको छ ।

काठमाडौं, ४ साउन । नेपालमा पछिल्लो समय ग्राम हुँदै केजी अनि क्विन्टलमा सुन तस्करी हुन थालेको खुलेको छ । बुधवार रात...

मिटरब्याजपीडित सबैभन्दा बढी मधेश प्रदेशको ८ जिल्लामा रहेको आयोगले जनाएको छ । आयोगले सहमति गराएको १ हजार ८ सय ८० उजुरीमध्...
16/07/2023

मिटरब्याजपीडित सबैभन्दा बढी मधेश प्रदेशको ८ जिल्लामा रहेको आयोगले जनाएको छ । आयोगले सहमति गराएको १ हजार ८ सय ८० उजुरीमध्ये मधेशका मात्रै १ हजार ४ सय ७१ छन्, जसमा २९ करोड २६ लाख लेनदेन भएकामा साहुले ६६ करोड ६७ लाख १७ हजार माग गरेको आयोगले जनाएको छ । छलफलपछि साहुले ३३ करोड १३ लाख ४५ हजार छाडेर सहमति गरेका छन् ।

१ हजार ८ सय निवेदनको छानबिन गर्दा नै यो अवस्था पाइएकाले बाँकी २२ हजार ७९ उजुरीकर्तासँग साहुले माग गरेको रकमको अनुमानै गर्न नसकिने कार्कीले बताए । ‘१ हजार ८ सय निवेदनमा साहुहरूले माग गरेभन्दा १ अर्ब १४ करोड छाडेर मिलापत्र गर्नुबाटै मिटरब्याजको अवस्था कति भयावह छ भन्ने पुष्टि हुन्छ,’ उनले भने ।

मिटरब्याजपीडितका समस्या समाधान गर्न गठित जाँचबुझ आयोगमा परेका केही उजुरीको छानबिनमै तराईका जिल्लामा मिटरब्या.....

जर्जर सडक। सुनसान बजार। जीर्ण घर र शैवाल लागेका भित्ता। झुत्रिएर रङ खुइलिसकेका केही थान साइनबोर्ड… कुनै ‘हरर सिनेमा’मा द...
11/07/2023

जर्जर सडक। सुनसान बजार। जीर्ण घर र शैवाल लागेका भित्ता। झुत्रिएर रङ खुइलिसकेका केही थान साइनबोर्ड… कुनै ‘हरर सिनेमा’मा देखाइने दृश्यको जस्तो नियतिबाट गुज्रिहेको छ नेपाल र चीन जोड्ने उत्तरी नाकास्थित तातोपानी बजार।
विसं २०७२ वैशाखको भूकम्प अघिसम्म गुल्जार रहने तातोपानी क्षेत्र अब बजारको स्वरुपमा छैन। दुई देश जोड्ने मितेरी पुल काँडेतारले छेकिएको छ। चहलपहल शून्य जस्तै छ। कुनै समय निकै व्यस्त रहने यो नाकामा रहेका अध्यागमन कार्यालय, बैंक, उद्योग वाणिज्य सङ्घलगायत प्रशासनिक तथा संस्थाका झुत्रा साइनबोर्ड देखिने घर खाली अवस्थामा छन्। दैनिक केही थान कन्टेनर नेपाल छिर्छन् तर पहिलेको जस्तो मानिसको आउजाउ छैन। मितेरी पुलदेखि लिपिङसम्मका घरका सटर केही बन्द त केही आधाबन्द र असरल्ल छोडिएका छन्।

सिन्धुपाल्चोक – जर्जर सडक। सुनसान बजार। जीर्ण घर र शैवाल लागेका भित्ता। झुत्रिएर रङ खुइलिसकेका केही थान साइनबोर....

४५ वर्षमा ‘नागरिक’ बनेका कुमाल भन्छन्- अब छोराछोरीको नागरिकता बनाइदिएर आफ्नो जिम्मेवारी पूरा गर्छु  कुमाल जाति नेपालमा आ...
09/07/2023

४५ वर्षमा ‘नागरिक’ बनेका कुमाल भन्छन्- अब छोराछोरीको नागरिकता बनाइदिएर आफ्नो जिम्मेवारी पूरा गर्छु
कुमाल जाति नेपालमा आदिमकालदेखि बसोवास गर्दै आएको आदिवासी जनजाति हो। तर, गोपाल कुमाललाई यो राज्यले ४५ वर्षसम्म अनागरिक बनाएर राख्यो।
कहिले आफ्नै विवाह दर्ता, कहिले छोराछोरीका लागि जन्मदर्ता, त कहिले नागरिकता भए जागिर पाइने वा विदेश जान मिल्ने आसमा उनी नागरिकताका लागि जिल्ला प्रशासन कार्यलय चितवन धाउन थालेको वर्षौँ भयो।

कुमाल जाति नेपालमा आदिमकालदेखि बसोवास गर्दै आएको आदिवासी जनजाति हो। तर, गोपाल कुमाललाई यो राज्यले ४५ वर्षसम्म

चिनियाँ राष्ट्रपति सी चिनपिंगको महत्वाकांक्षी आर्थिक एवं रणनीतिक परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बारे विश्वका...
05/07/2023

चिनियाँ राष्ट्रपति सी चिनपिंगको महत्वाकांक्षी आर्थिक एवं रणनीतिक परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बारे विश्वका अनेकौं देशमा गम्भीर ढंगले छलफल भइरहेछ। बीआरआईअन्तर्गत प्रदान गरिने ऋणका शर्त र यसको ब्याज यति कठोर रहेको छ कि विश्वका एक दर्जनजति देश आफूलाई चिनियाँ ऋणको पासोमा परेको अनुभूति गरिरहेछन्। ६ वर्षअघि नेपाल पनि यस परियोजनामा सहभागी भइसकेको छ। यसको ऋणबाट नेपालमा अहिलेसम्म एउटा पनि परियोजना सम्पन्न नभएको नेपालको दाबी छ। जबकी उत्तरी छिमेकी चीनले भने हालै सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण बीआरआईअन्तर्गतकै ऋणवाट भएको दाबी गरेको छ।

चिनियाँ राष्ट्रपति सी चिनपिंगको महत्वाकांक्षी आर्थिक एवं रणनीतिक परियोजना बेल्ट एन्ड रोड इ

विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काको घर–सम्पत्ति जफतसहित १५ महिना जेल सजाय तोकेको ...
02/07/2023

विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काको घर–सम्पत्ति जफतसहित १५ महिना जेल सजाय तोकेको छ। गैरसम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दामा उनलाई दोषी ठहर गर्दै विशेष अदालतले शुक्रबार यस्तो फैसला गरेको हो।

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले खड्काको घरजग्गा, बैंक मौज्दात र सेयर जफत हुने फैसला गरेको हो। जरिवाना र बिगो गरी उनीबाट १८ करोड बढी असुल गर्ने फैसलामा उल्लेख छ।

काठमाडौ: विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपा

Address


Website

Alerts

Be the first to know and let us send you an email when Abhimaan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share