Nagarjun Aawaj - नागर्जुन आवाज

  • Home
  • Nagarjun Aawaj - नागर्जुन आवाज

Nagarjun Aawaj - नागर्जुन आवाज Nagarjun Aawaj - नागर्जुन आवाज

नागार्जुन नगरपालिकाको परिचय
नागार्जुन नगरपालिका नेपाल सरकारको मिति २०७१ मसिंर १६गतेको निर्णयानुसार काठमाँडौ जिल्ला साविक इचंगुनारायण ,सितापाईला,रामकोट,स्यूचाटार र भिमढुंगा गरी ५ वटा गा.वि.स. समेटेर स्थापना भएको हो । यसको पूर्वमा काठमाडौं महानगरपालिकाको वडा नं १४,१३,१५ र १६ पश्चिममा धादीङ्ग जिल्ला, उत्तरमा तारकेश्वर नगरपालिका र दक्षिणमा चन्द्रागिरी नगरपालिका रहेका छन् । भौगोलिक दृष्टिबाट योे नगरप

ालिका पुर्व देशान्तर ८५० १२’ देखि ८५० १७’ को विचमा र उत्तर आक्षांश २७० ४०’ देखि २७० ४४’ को विचमा पर्दछ । नगरपालिकाको क्षेत्रफल २९.८ वर्ग कि.मी. ,उत्तरी आक्षांश २७० ४०’ देखि २७० ४४’ , पूर्वी देशान्तर ८५० १२’ देखि ८५० १७’ , औषत उचाई समुद्र सतह देखि १३०० देखि २५०० मी. सम्म । भौगोलिक बनावटको दृष्टिकोणले यस नगरपालिकालाई मुख्य २ क्षेत्रमा विभाजन गर्न सकिन्छ| १. उत्तरी पहाडी क्षेत्र २. उपत्यका क्षेत्र नगरपालिकामा गाभिएका साविक गा.वि.स.का वडाहरुको विवरण वडा नं. साविक वडाहरु साविक गाविसहरु १ ७,८,९ इचङ्गुनारायण २ ५,६ इचङ्गुनारायण ३ १,२,३,४ इचङ्गुनारायण ४ १,२,४ सीतापाईला ५ ३,५,६ सीतापाईला ६ ७,८,९ सीतापाईला ७ ४,५,६ रामकोट ८ ७,८,९ रामकोट ९ १,२,३ रामकोट १० १,४,५,७,८ भीमढुङ्गा ११ २,३,६,९ भीमढुङ्गा १२ १,३,६ स्यूचाटार १३ २,४,५ स्यूचाटार १४ ७,८,९ स्यूचाटार राष्ट्रिय जनगणना २०६८ अनुसार नगरपालिकाको घरधुरी संख्या १६७४६ छ भने कूल जनसंख्या ६७४२० रहेको छ ।जसमध्ये पुरुष ३४०६४ (५०.२५%) र महिला ३३३५६ (४९.७५%) रहेको छ । अधिराज्यका अन्य भागबाट समेत क्रमिक रुपमा बसाई सर्ने प्रवृत्ति भईरहेको हुँदा यहाँ विभिन्न जाति तथा धर्मालम्विहरुको वसोवास पाईन्छ । नेवार, बाहुन मगर, सन्यासी तथा क्षेत्री जातिको बाहुल्यता रहेको यस नगरपालिकामा अधिकांश जनसंख्या हिन्दु र वौद्ध धर्म मान्ने गर्दछन् । औषत घरपरीवार संख्या ४.२१ छ भने लिङ्ग अनुपात ०.९८ रहेको छ । यस नगरपालिकामा प्रति वर्ग कि.मी. ५३६.४ को वसोवास रहेको छ । कुल जनसंख्या :६७४२० पुरुष :३४०६४ महिला : ३३३५६ कुल घरधुरी संख्या: १६७४६ प्रति परिवार औषत संख्या : ४.२१ लिङ्ग अनुपात :०.९८ जनसंख्या घनत्व(प्रति वर्ग कि.मी.) २२६२.४२ नगर क्षेत्र भित्र रहेका केहि महत्वपूर्ण ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरुको नामावली

१. ईचङ्गुनारायण मन्दिर २. हल्चोक आकास भैरब ३. रानीवन क्षेत्र ४. नागार्जुन जामाचो ५. ह्वाईट गुम्बा ६. बद्री नारायण धाम ७. गणेशमान स्मृती पार्क ८. सहिद पार्क ९. भिमसेनस्थान, भीमढुङ्गा

१०. स्वीजरल्याण्ड चौर, पार्क ११. हसन्टार गुम्बा १२. भूवनेश्वरी मन्दिर १३. पञ्चकन्या मन्दिर १४. तारकेश्वर मन्दिर १५. विभिन्न स्थानमा रहेका होमस्टे जस्तै थाप्ले आदि |

14/08/2022
जरुरी सुचना
12/08/2022

जरुरी सुचना

मिति २०७९-२-८ गते निर्वाचन समितिको कार्यलय नागार्जुनले स्थानिय निर्वाचन २०७९ बाट नागार्जुन नगरपालिकामा निर्वाचित नगर प्र...
07/08/2022

मिति २०७९-२-८ गते निर्वाचन समितिको कार्यलय नागार्जुनले स्थानिय निर्वाचन २०७९ बाट नागार्जुन नगरपालिकामा निर्वाचित नगर प्रमुख ,नगर उप-प्रमुख ,१० वटै वडाका वडा अध्यक्षहरु ,सदस्यहरुलाइ प्रमाणपत्र बितरण कार्यक्रम गरेको छ । कार्यक्रमको अध्यक्षता निर्वाचन अधिकृतको कार्यलय नागार्जुनका प्रमुख पार्बती अर्याल,प्रमुख अतिथी निर्वाचन अधिकृतको कार्यलय काठमाडौका प्रमुख ठाकुर भट्टराई ,विशेष अतिथी नागार्जुन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापामगर ,एमाले नगर अध्यक्ष श्याम राज सुवेदी ,काग्रेस नागार्जुन सभापति दुर्गा गौतम ,उप बिजेता ,विभिन्न राजनतिक दलका प्रतिनिधि ,सुरक्षाकर्मी लगाएत सयौ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै निर्वाचन अधिकृत पार्बती अर्यालले भन्नुभयो ,"निर्वाचनको क्रममा मतदाताले प्रयोग गर्न पाउने अभिमतको सहि ढङले प्रयोग हुन्छ वा हुदैन भनेर रातदिन चिन्ताका साथ राजनैतिक दलसंग नियमित सम्पर्कमा रहे र सहयोग पाएका कारण आज हामी सफल भएका छौ र त्यसमा सहयोग गर्ने सबै क्षेत्रका ब्याक्तिलाइ हार्दिक धन्यबाद ब्याक्त गर्दछु ।नागार्जुन नगरपालिकमा थुप्रै बिकास निर्माणका काम भएका छन तर पनी अझै धेरै काम गर्न बाकी रहेकाले नया जनप्रतिनिधिले उत्पादन र उत्पाकत्वमा जोड दिन आवस्यक छ" ।
त्यस्तै कार्यक्रममा बोल्दै निर्वाचित उप-प्रमुख सुशिला अधिकारीले भन्नुभयो ,"हिजोको दिनमा प्राप्त गरेको अनुभबलाइ आगामी पाच बर्समा इमान्दार भएर प्रयोग गर्नेछौ ।राजनैतिक दलहरुले घोषणा गरेका घोषणा जस्को भएपनी जनताको सेवा नै रहेकाले त्यसलाइ कार्यन्वयन गर्नु हाम्रो कर्तब्य हुनेछ ।समाजका अगाडि एउटा ब्याक्ती केही नहुने भएकाले निर्वाचित ब्याक्तिले आफुलाइ मात्र केन्द्रमा नराखी सामुहिकतामा जोड दिन आवस्यक छ ।जनताले दिएको अभिमतलाइ सम्मान गर्दै मैले आफ्नो अनुभबलाइ प्रयोग गर्दै सकेजती जनताको सेवामा लाग्नेछु "।
त्यसैगरी निर्वाचित नगर प्रमुख मोहन ब बस्नेतले भन्नुभयो,"नागार्जुन नगरपालिका विशिष्ट राजनैतिक संस्कार भएको एतिहासिक ठाउमा इतिहासको महत्त्वपूर्ण जिम्मेवारी दिने नगरबासिको चाहनलाइ कहिलै मर्न नदिने मेरो प्रयास हुनेछ ।हामिसंग आगामी दिनमा धेरै चुनौती र समस्याहरु छन तर बिगतको पाच बर्समा हामिले गरेको कामले त्यसलाइ सहजरुपमा लक्ष्यमा पुर्याउने बिस्वासमा छु ।बिगतमा मैले गरेको पाच बर्समा गरेको कामको मुल्यांकन गरेरनै जनताले मलाइ पुन निर्वाचित गराउनुभएको छ ।राजनैतिक दलले हिजोको दिनमा गरेका कमिकमजोरिका कारण होला सायद आज देशमा बालेन प्रबृती देखापरेको छ ।आज रास्टमा देखिएको राजनैतिक अन्यौलताका कारण बालेन प्रबृती देखापरेको छ त्यो हाम्रो कमजोरी छ ।स्थानिय तहमा बहुमत र अल्पमत नहुने भएकाले गफ मात्र होइन ब्याबहारत राजनैतिक संस्कार देखाउने नै इच्छा छ भने कार्यपालिकाको चुनाब नगरौ सबै भागबन्डा गरेर जाउ म तयार छु ।राज्यबाट आउने ३९ करोड रुपैया मध्य २० करोड कर्मचारी तलबमा जान्छ अन्य १९ करोड नगरले आन्तरिक रुपमा राखेको कर्मचारिमा खर्च हुन्छ तैपनी हामिले ३ अरबको बजेट विभिन्न ठाउबाट ल्याएर बिकासका काम गरेका छौ "।
कार्यक्रम निर्वाचित नगर प्रमुख ,नगर उप-प्रमुख ,१० वटै वडाका वडा अध्यक्षहरु ,सदस्यहरुलाइ प्रमाणपत्र बितरण पश्चात सम्पन्न भएको थियो ।

नागार्जुन नगरपालिकाको बजेट २ अर्ब २१ करोड,छैठौं नगरसभा सम्पन्नकाठमाडौँ । नागार्जुन नगरपालिकाले आगामी वर्षका लागि दुई अर्...
07/08/2022

नागार्जुन नगरपालिकाको बजेट २ अर्ब २१ करोड,छैठौं नगरसभा सम्पन्न

काठमाडौँ । नागार्जुन नगरपालिकाले आगामी वर्षका लागि दुई अर्ब, २१ करोड तीन लाख, ८० हजार रूपियाँको बजेट नगर सभामा पेश गरेको छ । शुक्रबार सम्पन्न छैठौं नगरसभामा उक्त बजेट पेश भएको नागार्जुन नगरपालिकाले जनाएको छ । नगरपालिकाले चालु खर्चका लागि ५१ करोड, १४ लाख, दश हजार र पुँजीगत खर्च एक अर्ब, ६९ करोड ८९ लाख ७० हजार रहेको नगर उपप्रमुख सुशीला अधिकारीले बताइन ।
नगर प्रमुख मोहनबाहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख बस्नेतले नगरपाकिालाई समृद्ध बनाउने गरी बजेट कार्यान्वयन हुने बताए । उहाँले राष्ट्र ,राष्ट्रियता र नेपालीपन रहेन भने देशमा समस्या आउने तथा राष्ट्रिय सहमति भएन भने देश दुर्घटनामा जान सक्ने अवस्था हुने बताउनुभयो। श्रीलंकाको जस्तै हालत हुन सक्ने भएकाले सबैले सहमति गरेर अगाडि बढ्नुपर्ने कुरा औल्याउनु भएको थियो। बजेट दिँदा बोर्ड बैठकले पारित गरेर मात्र दिने भएकाले यसमा शंका नगर्न स्पष्ट पार्नुभयो। उहाँले आफूले कहि कतै गल्ती गरेको प्रमाणित भएमा आफुले राजनीतिबाट विदा लिने घोषणा गर्नुभयो र नागार्जुन नगरपालिका हामी सबैको साझा नगरपालिका भएकोले सबै मिली अघि बढ्नुपर्ने बताउनुभयो ।

नीति तथा कार्यक्रम नगरपालिकाको विकासको लागि कोशेढुङ्गा बनोस् डिजिटल प्रविधिको विकास होस् भनेर वक्ताहरुले आफ्नो विचार राख्नुभएको थियो। पूर्वमन्त्री सुरेश मल्लले “हाम्रो नागार्जुन राम्रो नागार्जुन” भन्ने वाक्यांशलाई लिएर हिंड्न सुझाव दिनुभयो। पूर्वमन्त्री विक्रमबहादुर थापाले राष्ट्रिय एकता दिवस पौष २७ मा नागार्जुन नगरपालिका अन्तर्गतका कार्यालयमा सार्वजनिक बिदा दिने निर्णयमा खुशी व्यक्त गर्दै नैतिक संस्कृत शिक्षामा जोड दिने कुरा यस नीति ,बजेट तथा कार्यक्रममा समावेश गरिएकोमा खुशी व्यक्त गर्नुभयो।

कुहिने फोहोरबाट कम्पोष्ट मल बनाइ नगरपालिका भित्र र बाहिर अरु पालिका वा जिल्लामा समेत सहकारी र निजी क्षेत्रमार्फत विक्री वितरण गर्ने नीति बनाएको छ । नगरपालिकाको आन्तरिक राजश्व बढाउँदै जाने, सकारात्मक सोच सहित नगरबासीको सन्तुष्टिको अभिबृद्धिका लागि विभिन्न उमेर समूह अनुसार खेलकुद, पार्क, मनोरञ्जन स्थल, योग मेडिटेशन स्थल, धार्मिक तथा तिर्थस्थलको विकास र विस्तार गर्ने, कृषि उत्पादकत्वमा वृद्धि र उद्यमशिलता प्रबद्र्धन गर्ने नीति बनाएको छ । भूउपभोग सम्बन्धि प्रचलित नीति तथा कानुनको अधिनमा रहि भूमी वर्गिकरण र भूउपभोग योजना तर्जुमा गर्ने, विशेष पकेट क्षेत्रको पहिचान गरी सामूहिक रुपमा कृषि उत्पादन गरी सहकारी र नीजी क्षेत्रमार्फत विक्री वितरण गर्ने नीति नगरपालिकाले बनाएको छ । रोजगारीको अवसर बढाउन प्राथमिकता पहिचान गरी सहजिकरण गर्ने, नगरबासीमा उत्तरदायि र जवाफदेहि सरकारको अनुभूति दिलाउने नीति नागार्जुन नगरपालिकाले बनाएको छ । निम्न आय भएका परिवारको पहिचान गरी आधुनिक कृषि औजार वीउविजन वितरण गर्ने, भूउपयोग योजना अनुसार भूमीको वर्गिकरण गर्ने नीति बनाएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै नगरपालिकाले विनियोजन विधयेक सभामा पेश गरेको छ । नगरपालिकाले पुस २७ गते राष्ट्रिय एकता तथा पृथ्वी जयन्तीका दिन बिदा दिने सर्वसम्मत निर्णय गरिएको नगरपालिकाले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । सभामा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले नगरपालिका स्थानीय सरकार भएकाले नगरपालिकाले स्थानीय सरकारको अनुभूति दिने गरी काम गर्नुपर्ने बताए ।

नागार्जुन नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा नगर प्रबक्ता महेश रिमालको उद्घोषणमा सम्पन्न उक्त सभामा प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई नगर प्रमुख मोहनबहादुर बस्नेतबाट मायाको चिनो प्रदान गरिएको थियो।

कोभिड १९ विरुद्धको pediatric pfizer खोपको  तेश्रो मात्रा लगाउने बारे सूचना !!!
07/08/2022

कोभिड १९ विरुद्धको pediatric pfizer खोपको तेश्रो मात्रा लगाउने बारे सूचना !!!

Address


Website

Alerts

Be the first to know and let us send you an email when Nagarjun Aawaj - नागर्जुन आवाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share