28/02/2022
Yes I was against MCC at first and now I support MCC because I love Nepal . Please read my opinion. !
पहिला म पनि MCC को बिरुद्ध थिए तर मैले MCC को बारेमा पढेपछि आइले यसको समर्थन गर्छु ।
मलाई थाहाछ तपाई हरुले मलाई दलाल, agent , अमेरिका ले dollar ख्वायो अनि अन्य कुरा भनिसक्नु भयो भनेर तर म आग्रह गर्छु कि १० minute मैले लेखेको कुरा राम्रो संग पढ्नु अनि तेसपसची मलाई जति गालि गर्न मन लाग्छ गर्नु ।
मलाई यो सप्पै लेखने कुनै जरुरि थिएन तर हाम्रो नेपाली युवा हरुलाई भ्रम फैलैदेको देख्दा एकदम दुख लाग्यो । आज म यो लेख मार्फत हजुर हरु को सप्पै भ्रम दुर गर्दिन्छु । कृपया पुरै पद्नु होला ।
१) MCC अमेरिका ले जबर्जस्ति नेपाल लाइ दिन खोजेको हैन, यसको लागि नेपाल ले आफै निवेदन देको हो लगभग १० बर्ष पहिला र २ वर्ष समय पछि नेपाल यसको लागि qualify गर्न सफल भयो ।
२) MCC मा भएको हरेक प्रोजेक्ट नेपाल ले आफै ड्राफ्ट गरेको हो र बिजुली को प्रोजेक्ट स्वयम् Sir Kulman Ghising ले आफै draft गर्नु भाको हो । क वाहा देसद्रोही हो त? तर आइले बाताबरण एस्तो भैसक्यो कि भगवान नै आएर MCC को बारेमा एउटा राम्रो कुरा भन्यो भने , भगवान लाइ नै "देसद्रोही" "दलाल", etc को tag लाग्छ । कुनै पनि तर्क दिन नसक्ने हरु ले "american दलाल, dollare " भनेर भन्ने हो । ) mcc संसद बाट पारित गरिनु पर्ने कारण चाइ भोलि गएर सरकार बदल्यो भने project न रोकियोस् भनेर हो, किनभने पहिला सरकार बदलिदै प्रोजेक्ट रोक्किने गर्थ्यो जसले गर्दा नेपाल मा कुनै पनि प्रोजेक्ट राम्रो संग कहिले पनि पुरा भएन ।
३) यो compact मा प्रस्ट रुप मा नेपाल र अमेरिका को कानुन भन्दा पनि अन्तरास्ट्रिय कानुन अनुसार जाने भनेर लेखेको छ । तर भ्रम फैलाउने हरुले "नेपाल को कानुन लाग्दैन रे , भनेसी भोलि american आएर मान्छे मारेर जान्छ" भनेर जनता माथि त्रास फैलैदेको छ ।
४) MCC को original document मा लेखिएको बुदा लाइ उल्टो बनाएर facebook नेपाली मा अर्कै बुदा हरु फैलाएर मान्छे मा भ्रम फैलाउने काम भाको छ । MCC को original document पढ्नु होला , facebook फैलेको ब्यख्यात्मक document हैन ।
५) नेपाल ले बिदेसी अनुदान हरु राम्रो संग प्रोजेक्टहरु मा न लगाएर , भ्रस्टाचार मा धेरै पैसा डुबेको कारण ले नै यो सप्पै MCC को प्रोजेक्ट MCC - Nepal ले नै गर्छ र जसमा हरेक कामदार नेपाली नै हुन्छ । MCC को contract अनुसार एस प्रोजेक्ट मा हुने हरेक कामदार नेपाली नै हुन पार्छ ।
६) MCC को contract अनुसार नेपाल र अमेरिका दुवै देश ले यसको पैसा सैन्य गदिबिधि मा लगाउन गैर कानुनी हुनेछ । ऐले सम्म ४६ ओटा देस हरु MCC लिसकेको छ र कुनै पनि देस मा AMERICAN सैनिक गएको छैन किनकि contract अनुसार AMERICAN सैनिक जानु गैरकानुनी हो (AMERICAN संबिधान अनुसार ) । फचेबूक मा भ्रम फैलाको जसरि Afghanistan , Syria जस्तो देस मा MCC छैन किनकि उनि हरु MCC को लागि qualify नै गर्दैनन् ।
७) MCC मा सप्पै भन्दा बिबादस्पक कुरा ६.८ मा जा लेखिएको छ कि MCC प्रोजेक्ट मा कुनै accident वा काम गर्दा गर्दै कसैको death भयो भने american सरकार लाइ नेपाल को कानुन र संबिधान ले दायेरा मा ल्याउन सक्दैन । यसलाई भन्छ "Diplomatic immunity " र यो जुन देश मा नि लागु हुन्छ जाहा चाइ दुइ देश बीच राजनीतिक, आर्थिक वा सामाजिक partnership हुन्छ , यो कुरा भएन भने कुनै पनि देश हरु बीच सम्बन्ध नै रहदैन । उदहारण को निम्ति, येदि अमेरिका मा भएको Nepal Embassy को कुनै पनि नेपाली कामदार ले अमेरिका मा कुनै पनि किसिम को अपराध गर्यो भने उसलाई America को कानुन र संबिधान ले दायेरा मा ल्याउन सक्दैन र उसलाई कुनै पनि कारबाही हुदैन । अब के यसको मतलब अमेरिका मा भएको नेपाल embassy को कामदार ले अमेरिका मा मान्छे मार्दै हिनेको छ त ? यो नियम जुनसुकै २ देस बीच लागु हुन्छ , चाहे त्यो अमेरिका र नेपाल बीच होस्, या China र नेपाल बीच होस् । चीनको BRI प्रोजेक्ट मा कुनै पनि ब्येक्ति को मृत्यो भयो भने नेपाल को संबिधान र कानुन ले चिनिया सरकार लाइ दाएरा मा ल्याउन मिल्दैन , खै त यसमा रास्त्राबाद ?
८) अमेरिका ले फ्री मा पैसा दिन्छ किन ? यो अनुदान फ्री को हैन , यो पाउन नेपाल ले आफै निवेदन देको हो र पछि गएर पाउन सफल भयो । कुरा नै गर्ने हो भने अमेरिका ले बिगत ७० बर्ष देखि नेपाल लाइ हरेक साल USAID र अरु बिभिन्न्न माध्यम मार्फत millions ओफ dollars दिएको छ । उदहारण को निम्ति चाहे त्यो भुकम्प आएपछि 190 millions dollars होस् या corona को बेला ७० crore होस् । बास्तव मा भन्ने हो भने अमेरिका जति को आर्थिक सहयोग नेपाल लाइ सायद नै अरु कुनै देस ले गरिसकेको होला ऐले सम्म , ७० वर्ष देखि एति धेरै पैसा दिदा खै त अमेरिका ले नेपाल लाइ कब्जा गरेको ? पैसा दिएर कब्जा गर्ने भाको भए गरिसकेथ्ये त ऐले सम्म ? तर हाम्रो समाज मा एति मान्छे brainwash भैसक्यो कि America र MCC को बारेमा २ सप्द राम्रो भन्यो भने, कुरै नसुनिकन "AMERICAN AGENT " " दलाल" को LABEL लाग्छ । एस्तो भेडा वाला प्रबिती हटाउन पर्छ , देस भक्त हुन सिकम उग्ररस्त्राबाद हैन , नभए हामि सोझा जनता लाइ हरेक चोटी कोइ न कोइ मुर्ख बनाएर आफ्नो फाइदा लिन्छ ।
यो सप्पै लेख्नु को कारण ? हाम्रो अमेरिका संग ७५ बर्ष देखि राम्रो सम्बन्ध छ र हामीले China संग पनि राम्रो सम्बन्ध बनाउनु पार्छ । हामीले China संग BRI sign garisakem र chitai तेस्को काम सुरु हुन्छ । China को ambassador ले नेपाल ले mcc लै स्वागत गर्न पर्छ भनेर २ वर्षा अगाडी टिप्पणी दिसक्नु भैसक्यो । र यो ऐले नया युक्रेन जस्तै हुन्छ नेपाल भन्ने भ्रम मा न पार्नुहोस , युक्रेन को स्तिथि अर्कै छ । अरुलाई देस द्रोही भन्नु भन्दा अगाडी अरु को कुरा सुन्ने बानि बसालम । mcc आएर नेपाल पुरै बिस्वो कै सप्पै भन्दा धनि देस हुदैन तर सिरिया, अफघानिस्तान जस्तो पनि हुदैन । यो अमेरिका ले पैले देखि नै नेपाल लाइ अनुदान दिराको छ , र mcc पनि कुनै भिन्न कुरा हैन । नेपाल जस्तो गरिब देस लाइ बिदेसी लगानी , अनुदान चाहिन्छ बिकास गर्न । कुनै पनि देश विघट ५० बर्ष मा जति पनि बिकास भाकोछ त्यो सप्पै बिदेशी लगानी र अनुदान बाटै भाको छ चाहे त्यो China होस् या Singapore ।
अब मलाइ देस द्रोही, भन्न मन छ भने बन्दा हुन्छ ।