Pankhabari Longview Ambotia samasti Gjmm

  • Home
  • Pankhabari Longview Ambotia samasti Gjmm

Pankhabari Longview Ambotia samasti Gjmm This page has been created to promote our party,and to display our good deeds

24/06/2020

हार्दिक सम्वेदना

गोर्खा जनमुक्ति युवा मोर्चा मिरिक महकुमा समितिका सह-सचिव तथा पानीघट्टा बिचलाइन निवासी प्रमेश गुरुङको आज अल्प उमेरमा नै एक दुर्घटनामा मृत्यु भयो। प्रमेश भाई मिलनसार, कर्मयोगी अनि पार्टीको मेरुदण्ड नै थिए। उनको दुर्घटनामा भएको मृत्यु ले म विस्मात बनेको छु।

उनको शोकित परिवारलाई ईश्वर ले यो दुःखद घडी सहने साहस दिउन्। भाई को आत्माले शान्ति पाओस्।

24/06/2020

West Bengal Chief Minister Mamata Banerjee has called for an all-party meeting on 24th June, in Nabanna Sabhagaar in the state secretariat in Howrah, to discuss the road ahead for handling the coronavirus crisis in the state.

The members who attended the meeting were: Dilip Ghosh and Jay Prakash Mazumder from BJP, Surjya Kanta Mishra and Sujan Chakraborty from the CPIM, and Pradip Bhattacharya and Asit Mitra of Cong, Binoy Tamang and Anit Thapa of Gorkha Janmukti Morcha, and other members of BSP, RSP, ALFB, GJB, CPI, SUCI (C), AIFB and RSP.

We had the opportunity to discuss multiple points regarding the concerns and requests from Darjeeling and Kalimpong District.

Starting with the COVID19 crisis, we have requested for the development of the As there are no COVID19 Testing Laboratory facilities in Darjeeling and Kalimpong District, in Darjeeling & Kalimpong Government Hospitals along with newly operational Tribeni Hospital with teams of Microbiologists and Clinical Lab Assistants. We have requested to install the TrueNAT machines in all the 3 facilities for proper testing of COVID 19 cases. Our request was also to start the work to develop the remaining two designated COVID hospitals in Jamuney, Darjeeling and Gorubhathan, Kalimpong. We have also requested for the additional fund to manage the COVID19 crisis and cases in the region more efficiently.

Tourism Industry was hit worst by the Corona crisis. To make sure we can revive the tourism industry, we have requested for major supports from the CM. Help in waving off the electricity bills for the Hotels and Homestays during the lockdown period to ease their burden. Help in arranging loans at a subsidized interest rate and collateral-free through KVIB, KVIC, DIC and WBTDC; for all Hotels and Homestay in Darjeeling and Kalimpong District to help sustain the crisis. In addition, to revive and promote tourism in the region, the GTA would require additional fund and support from the Government

The opportunities to generate employments for the returned people in Darjeeling and Kalimpong District was our second point. We have put forth the ideas of introducing vocational pieces of training for the development of the new interested Entrepreneurs, who can get Startup loans or MSME loans based on their project ideas and business viabilities. For the migrant workers, employments can be generated under MGNREGS, Garib Kalyan Rojgar Abhiyan Yojana, etc.

We have also put forth the concerns from the members of ICDs, ANM, Asha Workers, Ambulance drivers, etc.

The primary livelihood of the Rural population of Darjeeling and Kalimpong districts are generated from agriculture and livestock. But farming has been hit severely by the lockdown this year along with the other sources of incomes for the rural population. Post corona environment, most of these sources of incomes are closed and are uncertain to reopen anytime soon. To help the agriculture and livestock industries to help in arranging the respective loans for fertilizers, seeds, etc. Focus on introducing new farming methods to improve the production, quality and the marketability of the crops and vegetables. Use of new technologies like IoT, Polyhouse, Aquaponics, etc. and government to help provide loans for the same. Introduce, e-commerce and integrated markets for farmers to sell their products at the better rates and cut the middlemen.

With regards to the Tea Garden workers, there will be a Trade Union meeting called separately to discuss the details.
--------------------------------------------------

पक्षिम बंगाल सरकार का माननिय मुख्य मन्त्री सुश्री ममता बनर्जीले आज नवान्न मा बोलाउनु भएको सर्वदलीय बैठकमा पहाडलाई प्रतिनिधित्व गर्दै गोर्खा जनमुक्ति मोर्चा बाट जी टी ए अध्यक्ष श्री अनित थापा अनि म उपस्थित थियौं। बैठकमा भाजपा, सी पि आई एम, सी पि आई, कांग्रेस, फरवार्ड ब्लक, तृणमूल, गोजमुमो (विनय) आर एस पी, एस यू सि आई अनि आईएमयूएल का प्रतिनिधिहरुको उपस्थिति थियो। उत्तर बंगाल बाट कुनै पनि नेताको त्यहाँ उपस्थिति थिएन।
बैठक विशेषत कोरोना को व्यवस्था अनि रोकथाम सम्बन्धित डाकिएको भएता पनि अञ्चलिक समस्याहरु अनि मुद्दा हरु विषय पनि विमर्श भयो। मुख्यमंत्रीले श्री अनित थापाको जी टी ए क्षेत्रमा भई रहेको कामको सराहना गर्नु भयो।

पहाडलाई नेतृत्व गर्दै मैले निम्न मुद्दाहरु मुख्य मन्त्री सामु राखेको छु।

काेविड 19

1. जी टी ए क्षेत्रको निम्ति अलगै टेस्टिङ ल्याब कालिम्पोङ अनि दार्जीलिङ जिल्ला अस्पताल साथै त्रिवेणी कोबिद् अस्पतालमा स्थापना गरिनु पर्छ।
2. दार्जीलिङ जिल्ला को जामुने अनि कालिम्पोङ जिल्लाको गोरुबाथनमा काेविद अस्पतालको कार्य शीघ्र सुरु हुन पर्छ
3. कोरोना संक्रमण को व्यवस्था अनि रोकथामको निम्ति अतिरिक्त फण्डको मांग।

रोजगार
1. बाहिर राज्यबाट फर्केर आएका मानिसहरूको निम्ति रोजगारको विकल्प (कौशल विकास, अल्प संख्यक मजदुर हरुको निम्ति रोजगार) गरिनु पर्छ
2. उद्यमी हरुलाई बैंक लोन को सुविधा
3. फर्की आएका मानिसहरूलाई रोजगार दिलाउन मनरेगा मार्फत अतिरिक्त राशिको मांग

लोन

लक डाउन को कारण समस्त पर्यटन अनि यस सम्बन्धित अन्य सेवाहरु जस्तै होम स्ते, होटल बन्द रह्यो। होटल कर्मचारी हरु बेरोजगार हुने कगार मा छन। त्यसर्थ होटल व्यवसायी लाई subsidized लोन को सुविधा को व्यवस्था होस।

कृषि

लक डाउन को कारण पशु पालन अनि कृषि क्षेत्र धेरै प्रभावित भएका छन्। संक्रमण को समाप्ति सँग सँगै यो क्षेत्रलाई बढावा दिनु अति आवश्यक छ। कृषि अनि पशु पालन का नयाँ तकनीकी को प्रावधान, कौशल विकाशले कृषि उद्यमी लाई बढावा दिनु सकिन्छ।

यी बाहेक सरकार समक्ष पहिला उठाएका आई सी डी एस, ए एन एम, आशा वर्कर्स, चालक अनि चिया बगानको मुद्दाहरु पनि हामीले फेरि सम्झाएका छौं। चिया उद्योगका ट्रेड युनियन सँग मुख्य मन्त्रीको चाँडै बैठक हुने जानकारी दिनु चाहन्छु।

मुख्य मन्त्रीले पहाड प्रति देखाउनु भएको प्रतिबद्धता अनि सहायता को हामी सदैव सम्मान गर्छौं। उनको सहयोगले हामी पहाडलाई समृद पहाड बनाउन सदैव अग्रसर छौं। मुख्य मन्त्रीलाई सम्पूर्ण पहाड अनि तराईका बासिन्दाको तर्फ बाट म धन्यवाद टक्र्याउन चाहन्छु।

विनय तामाङ
अध्यक्ष
गोर्खा जनमुक्ति मोर्चा

23/06/2020

The development and well-being of a nation depend on the advancement of its public services.
An efficient public service system is an asset for any nation.
.

यति छोटो अवधीमा त्रिवेणी मा कोभिट हस्पिटल बनाई नमुना प्रस्तुत गर्नु हुने महान्निय जिटिए अध्यक्ष श्री अनित थापा ज्युलाई ध...
23/06/2020

यति छोटो अवधीमा त्रिवेणी मा कोभिट हस्पिटल बनाई नमुना प्रस्तुत गर्नु हुने महान्निय जिटिए अध्यक्ष श्री अनित थापा ज्युलाई धन्यवाद दिन चहान्छु। जनताको सेवा गर्न सदैव तत्पर रहनु हुने,,,, जाति, धर्म र पार्टी देखि माथि उठेर केवल जनताहीतको निम्ति काम गर्ने केवल अनित थापा हुन भन्ने प्रमाण हजुरले दिन भएको छ। आजसम्म यसरी केवल जनताहीतलाई सिरोपर राखि कार्य गर्ने जनताको सेवक पहाडले पाएको थिएन,,,, तर हजुरको कार्यशैली ले परिवर्तन को लहर छाएको छ।
पंखाबारी लंगभिउ अम्बटे समष्टि को पक्षबाट जिटिए अध्यक्ष अनित थापा साथै गोजमुमो अध्यक्ष विनय तामाङ्गलाई धन्यवाद साथै बधाई दिन चहान्छु।।।

PLA समष्टि को पक्षमा

अनुप रामुदामु
मिडिया प्रभारी
खर्साङ्ग महकुमा समिति
गोजमुमो

23/06/2020

भगवान जगन्नाथले सबैलाई शान्ति र समृद्धिको लागि आशीर्वाद दिउन् ।

22/06/2020

गाडीधुरा, स्वस्थ सुरक्षा समितिद्वारा क्वारेन्टाइन होम सुचारु रुप ले संचालन भई रहेको छ,,,

संगीत विश्वको प्राण हो,,,, संगीतले विश्वलाई जोडेको छ  music day
21/06/2020

संगीत विश्वको प्राण हो,,,, संगीतले विश्वलाई जोडेको छ
music day

विश्व योग दिवसको उपल्क्षयमा सबैलाई न्यानो शुभकामना को साथ स्वस्थ्य रहोस भनि कामना गर्दछु,,,
21/06/2020

विश्व योग दिवसको उपल्क्षयमा सबैलाई न्यानो शुभकामना को साथ स्वस्थ्य रहोस भनि कामना गर्दछु,,,

21/06/2020

#धन्यवाद_मुख्यमन्त्री_सिक्किम।
#बिगत केही दिनको अविरल बर्षाको कारण स्थानीय रेशी खोलामा बनाइएको अस्थायी पुल भत्किएर लिङसे र लिङसे खा पुर्णरुपले बिछिन्न बनेको थियो । कोभिड 19 को कारण सिक्किमको रिनाकबाट गरिने यातायात पनि अहिले अस्थायीरुपमा रोक लगाइएको थियो । यसरी रेशी खोलामा निर्माण गरिएको पुल भत्किएपछि क्षेत्रीय जनताको लाइफ लाइन नै टुटेको थियो । जनताको असुविधालाई मध्यनजर राख्दै जि टि ए अध्यक्ष अनित थापाले सिक्किमका मुख्यमन्त्री माननीय पि एस गोलेलाई सिक्किमबाट भएर यातायातको अनुमती मागेर पत्रचार गरेका थिए । फलस्वरूप लगत्तै सिक्किम सरकारले एउटा अधिकारीक विज्ञप्ति जारी गरेर जि टि ए अध्यक्षले जनताको पक्षमा गरेको मागलाई स्विकारोक्ती दिएको छ ।

यस जन कल्याण कार्यको निम्ति स्थानीय आम जनताले जि टि ए र सिक्किम सरकारप्रती आभार प्रकट गरेका छन् ।

18/06/2020
17/06/2020
17/06/2020
15/06/2020

Elder Abuse is when a person intentionally negligent or physically threaten an elder person. Elders are the easy source for young to take out their frustrations.

My request to all to become a positive hope for the elderly. Take care especially during this COVID19 pandemic.

https://twitter.com/BinoyGjm/status/1272421625493770240

15/06/2020

To prevent elders from abuse from their children’s or their family or caregiver, World Elder Abuse Awareness Day was launched in 2006 by the World Health Organization.

A day to recognize the rights of older people. Let's work together to end abuse and celebrate the value older people bring to our families, lives and communities.

https://twitter.com/AnitThapa14/status/1272421107052589057

15/06/2020
15/06/2020

बी पी बजगाईको राजिनामा पछि-अनुप रामुदामु(विनय खेमा)

समाजिक संजालवाट सुन्नुमा आयो कि बि पि बजगाई ज्युले गोजमुमो (बिमल खेमा) केन्द्रीय समितिको प्रवक्ता साथै साधरण सदस्यता बाट राजिनामा दिनु भएछ। उहाँले राजिनामा दिए पश्च्यात धेरै कुराबाट प्रदा उठाएर गए। उहाँले विभिन्न अनलाइन च्यानलहरुमा दिनु भएको वक्तव्यबाट पहाडको जनतालाई जाति र मुद्दाको नाम गरि कति झुकाइदै रहेछ त भन्ने कुरा छर्लङ्ग हुन पुग्यो।
बजगाई ज्युले यति मात्र नभई उनि जस्तै बिगतका दिनहरुमा पार्टीलाई सहयोग गर्ने बुद्धिजिविहरु किन बगल लागेका रहेछन त भन्ने कुरा पनि प्रष्ट पारि दिए। हुन त हिजो को दिन सम्म बजगाई ज्युले यस पार्टीलाई र क्षेत्रका सांसद ज्युलाई उसकाउन धेरै प्रयासहरु गरेका थिए र केहि हदसम्म सफल पनि भएका हुन तर कुनै पनि कुराको एउटा सिमा हुन्छ र सिमा पार भए पछि केहि निश्कर्षमा पुग्नु नै बुद्धिमानीको परिचय हो।
बजगाई ज्यु एक असल व्यक्ति औ पहाडमा आजको दिनलाई हेर्दा एक असल वक्ता औ बुद्धिमानी व्याक्ति हुन। उहाँले विपक्षीको भुमिका असल तरिकाले निभाई रहेका थिए भन्दा दुई मत नहोला। उहाँले गोजमुमो बिमल खेमालाई जिउदो राख्नमा अहम भुमिका निभाई रहेका पनि हुन।
तर आज उहाँले जुन कारणहरु देखाएर पार्टीको पद र सदस्यता बाट राजिनामा दिएका छन यसलाई अब पहाडबासीले चिन्तन गर्न पर्ने बेला आएको छ।
बजगाई ज्युले बिमल गुरुङ लाई भिष्म को संज्ञा दिएका छन्,कुन आधारमा हो त्यो बुझ्न मलाई चाहि गाह्रो पर्यो , जे होस भिष्म भनि बिमल गुरुङ लाई भनिए पनि दुर्योधन र दुशासन त्यस खेमामा छन् र यो धर्मको युद्ध भएको छ भनेर जसरी वक्तव्य दिए त्यसबाट एउटा कुरा चाहि प्रष्ट हुन्छ कि बिमल खेमा यस धर्मको युद्धमा विपक्षी पट्टि परेका छन्।अब यो धर्मको युद्ध त अवश्य नै गोजमुमो (विनय खेमा) सितको हो,,,, यहाँबाट यो पनि बुझ्न सकिन्छ कि यस युद्धमा धर्मको पक्षमा भने गोजमुमो विनय खेमा रहेछ ।
बजगाई ज्युको एउटा कुरो खुबै राम्रो लाग्यो,,, "हामीले राजनिति केवल सत्ताको लागि होइन तर सत्ता बाहेक जनताको हितको निम्ति गर्नु पर्छ", जो बिमल खेमा को मा छैन्,,,, यो कुरा अहिले होइन तर जब पहाडमा आपत्ती आई परेको थियो जब जाति अस्मिताको नाममा सत्ता भोगको निम्ति जनतालाई बिच्लनी पारिएको थियो त्यसबेला नै सत्ता होइन तर जनता ठुलो हो भन्ने उद्देश्य लिएर पहाडलाई खरानी हुन देखि बचाएका हुन विनय तामाङ्ग अनि अनित थापाले,,,, तर त्यस बेला सत्ताको भोगिहरुले आफैलाई जातिको ठेकेदार ठानेर यी दुई जनताको सेवकहरुलाई नानाभाँती भने,,, तर आज बजगाई ज्युले छर्लङ्ग बनाई दिए कि बिमल खेमा जनताको हीतको लागि होइन तर सत्ता भोगको लागि राजनिति गरि रहेका छन्।
उहाँले स्पष्टरुप मा भनेका छन् किन उनि पार्टी बाट टाढा हुन पर्यो? जुन पार्टीले सानो भन्दा सानो जनताको समस्यालाई समाधान गर्न सक्दैन भने त्यस पार्टीले दिर्घकालिन जनताको माङ्ग गोर्खाल्याण्ड के ल्याउला???
आज बजगाई ज्युको राजिनामा ले जाति हितको जामा लगाई जनताको आँखामा धुलो छेप्नहरुलाई नाङ्गोझार पारेको छ। दिल्लीमा बसेर जातिको लागि विस्तापित भएको हूँ भन्नेहरु वास्तवमा चुनावको बेला पहाडका सोझा जनतालाई बेच्न त्यहाँ बसेका रहेछन् भन्ने प्रष्ट भएको छ। ढोल पिटेर स्थायी राजनितिक समाधान हुन्छ भन्नेहरुले के कति काम गरेका रहेछन् र गर्ने रहेछन् भन्ने कुराबाट प्रदा हटि सकेको छ। सौ साल पहिलाको माङ्ग फत्ते गर्नेछौ भन्नेहरुले सरकार पक्षमा रहेर जाबो 11 जातलाई जनजातिको दर्जा दिलाउन तर्फ त केहि गरे कै रहेन छन् ,,यिनीहरु त जनतालाई सपना देखाएर त्यही सपनाको व्यापार गर्ने हरु रहेछन भन्ने कुरा अब साधरण जनताले बुझ्ने समय आएको छ। हिजो राजा भई सासन गर्नेहरु ,सत्ता फुतकिने डरले जनतालाई हतियार बनाई आफु बाँच्न र सत्ता बचाउन ठुलो साजिस गरेका रहेछन् भन्ने कुरा अहिले उदाङ‌गो भएको छ। साच्चै नै पहाडका जनता र जाति हितको निम्ति काम गर्ने सेवक त केवल विनय तामाङ्ग अनि अनित थापा रहेछन् र हुन कारण चुनावमा ठुलो हारको विषलाई पनि अमृत बनाई, हर समय जनताको निम्ति कार्य गर्ने केवल यि दुई हुन्।
"समय बलवान हुन्छ",,,, र "सत्यको सँधै जीत हुन्छ"।

अनुप रामुदामु
मिडिया सेल
गोजमुमो (विनय खेमा)
खरसाङ महकुमा समिति।

त्रिवेणी स्थित कोभिद हस्पिटलको पुर्वावलोकन:यो अस्पताल जनसाधारण को निम्ति आगामी सप्ताह देखि खुल्ला रहनेछ । यो जीटीएको निम...
14/06/2020

त्रिवेणी स्थित कोभिद हस्पिटलको पुर्वावलोकन:

यो अस्पताल जनसाधारण को निम्ति आगामी सप्ताह देखि खुल्ला रहनेछ । यो जीटीएको निम्ति महत्वपूर्ण उपलब्धि हो। यो अस्पताल दार्जीलिङ अनि कालिम्पोङ जिल्लाका मानिसहरूको निम्ति समर्पित गर्दछौं।

Here's a sneak preview of the dedicated covid hospital in Tribeni This hospital will be open for the public in the coming week. This is great achievement for the GTA and is dedicated to the people of Darjeeling and Kalimpong.
Anit thapa
chairman
GTA

14/06/2020

बजगाई ज्युको राजिनामा पछि:

समाजिक संजालवाट सुन्नुमा आयो कि बि पि बजगाई ज्युले गोजमुमो (बिमल खेमा) केन्द्रीय समितिको प्रवक्ता साथै साधरण सदस्यता बाट राजिनामा दिनु भएछ। उहाँले राजिनामा दिए पश्च्यात धेरै कुराबाट प्रदा उठाएर गए। उहाँले विभिन्न अनलाइन च्यानलहरु मा दिनु भएको वक्तव्यबाट पहाडको जनतालाई जाति र मुद्दाको नाम गरि कति झुकाइदै रहेछ त भन्ने कुरा छर्लङ्ग हुन पुग्यो।
बजगाई ज्युले यति मात्र नभई उनि जस्तै बिगतका दिनहरुमा पार्टीलाई सहयोग गर्ने बुद्धिजिविहरु किन बगल लागेका रहेछन त भन्ने कुरा पनि प्रष्ट पारि दिए। हुन त हिजो को दिन सम्म बजगाई ज्युले यस पार्टी लाई र क्षेत्रका सांसद ज्युलाई उसकाउन धेरै प्रयास हरु गरेका थिए र केहि हदसम्म सफल पनि भएका हुन तर कुनै पनि कुराको एउटा सिमा हुन्छ र सिमा पार भए पछि केहि निश्कर्ष मा पुग्नु नै बुद्धिमानीको परिचय हो।
बजगाई ज्यु एक असल व्यक्ति औ पहाडमा आजको दिनलाई हेर्दा एक असल वक्ता औ बुद्धिमानी व्याक्ति हुन। उहाँले विपक्षीको भुमिका असल तरिकाले निभाई रहेका थिए भन्दा दुई मत नहोला। उहाँले गोजमुमो बिमल खेमालाई जिउदो राख्नमा अहम भुमिका निभाई रहेका पनि हुन।
तर आज उहाँले जुन कारणहरु देखाएर पार्टीको पद र सदस्यता बाट राजिनामा दिएका छन यसलाई अब पहाडबासीले चिन्तन गर्न पर्ने बेला आएको छ।
बजगाई ज्युले बिमल गुरुङ लाई भिष्म को संज्ञा दिएका छन्,कुन आधारमा हो त्यो बुझ्न मलाई चाहि गाह्रो पर्यो , जे होस भिष्म भनि बिमल गुरुङ लाई भनिए पनि दुर्योधन र दुशासन त्यस खेमामा छन् र यो धर्मको युद्ध भएको छ भनेर जसरी वक्तव्य दिए त्यसबाट एउटा कुरा चाहि प्रष्ट हुन्छ कि बिमल खेमा यस धर्मको युद्धमा विपक्षी पट्टि परेका छन्।अब यो धर्मको युद्ध त अवश्य नै गोजमुमो (विनय खेमा) सितको हो,,,, यहाँबाट यो पनि बुझ्न सकिन्छ कि यस युद्धमा धर्मको पक्षमा भने गोजमुमो विनय खेमा रहेछ ।
बजगाई ज्युको एउटा कुरो खुबै राम्रो लाग्यो,,, "हामीले राजनिति केवल सत्ताको लागि होइन तर सत्ता बाहेक जनताको हितको निम्ति गर्नु पर्छ", जो बिमल खेमा को मा छैन्,,,, यो कुरा अहिले होइन तर जब पहाडमा आपत्ती आई परेको थियो जब जाति अस्मिताको नाममा सत्ता भोगको निम्ति जनतालाई बिच्लनी पारिएको थियो त्यसबेला नै सत्ता होइन तर जनता ठुलो हो भन्ने उद्देश्य लिएर पहाडलाई खरानी हुन देखि बचाएका हुन विनय तामाङ्ग अनि अनित थापाले,,,, तर त्यस बेला सत्ताको भोगिहरुले आफैलाई जातिको ठेकेदार ठानेर यी दुई जनताको सेवकहरुलाई नानाभाँती भने,,, तर आज बजगाई ज्युले छर्लङ्ग बनाई दिए कि बिमल खेमा जनताको हीतको लागि होइन तर सत्ता भोगको लागि राजनिति गरि रहेका छन्।
उहाँले स्पष्टरुप मा भनेका छन् किन उनि पार्टी बाट टाढा हुन पर्यो? जुन पार्टीले सानो भन्दा सानो जनताको समस्यालाई समाधान गर्न सक्दैन भने त्यस पार्टीले दिर्घकालिन जनताको माङ्ग गोर्खाल्याण्ड के ल्याउला???
आज बजगाई ज्युको राजिनामा ले जाति हितको जामा लगाई जनताको आँखामा धुलो छेप्नहरुलाई नाङ्गोझार पारेको छ। दिल्लीमा बसेर जातिको लागि विस्तापित भएको हूँ भन्नेहरु वास्तवमा चुनावको बेला पहाडका सोझा जनतालाई बेच्न त्यहाँ बसेका रहेछन् भन्ने प्रष्ट भएको छ। ढोल पिटेर स्थायी राजनितिक समाधान हुन्छ भन्नेहरुले के कति काम गरेका रहेछन् र गर्ने रहेछन् भन्ने कुराबाट प्रदा हटि सकेको छ। सौ साल पहिलाको माङ्ग फत्ते गर्नेछौ भन्नेहरुले सरकार पक्षमा रहेर जाबो 11 जातलाई जनजातिको दर्जा दिलाउन तर्फ त केहि गरे कै रहेन छन् ,,यिनीहरु त जनतालाई सपना देखाएर त्यही सपनाको व्यापार गर्ने हरु रहेछन भन्ने कुरा अब साधरण जनताले बुझ्ने समय आएको छ। हिजो राजा भई सासन गर्नेहरु ,सत्ता फुतकिने डरले जनतालाई हतियार बनाई आफु बाँच्न र सत्ता बचाउन ठुलो साजिस गरेका रहेछन् भन्ने कुरा अहिले उदाङ‌गो भएको छ। साच्चै नै पहाडका जनता र जाति हितको निम्ति काम गर्ने सेवक त केवल विनय तामाङ्ग अनि अनित थापा रहेछन् र हुन कारण चुनावमा ठुलो हारको विषलाई पनि अमृत बनाई, हर समय जनताको निम्ति कार्य गर्ने केवल यि दुई हुन्।
"समय बलवान हुन्छ",,,, र "सत्यको सँधै जीत हुन्छ"।

अनुप रामुदामु
मिडिया प्रभारी
खर्साङ्ग महकुमा समिति
गोजमुमो

14/06/2020
14/06/2020

Donate your blood for a reason ,Let the reason be Life .

14/06/2020

It's not Just a BLOOD it's liquid LIFE

12/06/2020
12/06/2020

In the time of crisis, a society can only win when everyone works together as a team for a greater cause.

I was pleasantly surprised to see our brothers and sister helping their own society by creating local quarantine centres in remote, far-flung places during my Samasti visits.

If we as individuals can help the govt. too, during the crisis, by doing our bit, we can definitely win this fight together.

11/06/2020
दार्जीलिङ अनि कालिम्पोङ जिल्लाका मेरा प्यारा बासिन्दा, जी टी ए क्षेत्रमा कोरोना संक्रमणको संख्या बढेको हामी देखि रहेछौ। ...
07/06/2020

दार्जीलिङ अनि कालिम्पोङ जिल्लाका मेरा प्यारा बासिन्दा, जी टी ए क्षेत्रमा कोरोना संक्रमणको संख्या बढेको हामी देखि रहेछौ। हजुरहरुलाई मेरो अनुरोध छ, कृपया नआत्तिनुहोस अनि आतंकित माहौल सृजना नगर्नुहोस।

हामीले लक डाउनको समाप्ति सँगै पहाडमा कोरोना संक्रमण बढेर जानेछ भन्ने आशंका गरेका थियौ। हाम्रो अपेक्षा अनुसार पहाडमा संक्रमण बढेर जाँदैछ। हामीले घर फर्कने सबैलाई आशंकाको चेतावनी दिएका थियौं। उहाँहरूले संक्रमणको जोखिम उठाएर नै घर फर्केका हुन। ट्रेन, बस, फ्लाइटको बन्द दिवारमा यात्रा गर्दा तपाईंले जतिनै संक्रमण विरुद्ध होशियारी अपनाउनु भएर आउनु भयो, यथार्थ यो हो कि त्यस्तो वातावरण मा संक्रमण हुने बढी नै सम्भावना रहन्छ। सामाजिक दूरी जतिनै राखेर यात्रा गर्न खोजे पनि १०० प्रतिशत सफल भइन्न। मैले कसैको विरुद्ध भनेको होइन। वास्तवमा हाम्रो लड़ाई व्यक्ति सँग नभएर भिरुस् विरुद्ध हो। मेरो सबैलाई नम्र निवेदन छ कि यो समय हाम्रो मानवता को परिचय देखाउने समय हो। अरूलाई सहयोग गरौं। भेदभाव नगरी सहायता गरौं। मेरो व्यक्तिगत विचार छ कि यदि लक डाउन लागू गर्नु अघि हामीले विभिन्न राज्यमा रहेका मानिस हरुलाई पहिला घर फर्काएको भए, सायाद आजको स्थिति भन्दा राम्रो स्थिति हुने थियो।

स्व सुनिता देवी सिंह ,पहाडमा कोरोना संक्रमणको प्रथम संक्रमित व्यक्तिको मृत्यु पछि पहाडमा संक्रमण को रोकथाम गर्न मानिसहरू ले जसरी एक जुट भएर कार्य गरे, सबैको म सराहना गर्दछु। त्यस समय संक्रमण भएका प्रत्येक व्यक्ति स्वस्थ भएर घर फर्केका छन्। म यहाँ हजुरहरुलाई महतत्वपूर्ण कुरा देखाउन चाहन्छु कि यदि एकजुट भएर अनि मिलेर काम गर्यौ भने जस्तै महामारी देखि पनि हामी पहाडलाई बचाउँन सक्छौ। वर्तमानको संकटलाई पनि हामी पार लगाउँन सक्छौ यदि हामी एक टीम भएर काम गर्यौ भने, संक्रमण का मूलभूत नियमहरू पालन गर्यौ भने।

हो पहाडमा कोरोना पोजिटिभ को संख्या बढेको छ। हामी संक्रमण को रोकथाम गर्न कै पछि लागी परेका छौं। रोकथाम गर्न हजुरहरुको तर्फ बाट पनि त्यतिकै प्रयास रहनु पर्छ जतिको प्रयास प्रशासनले गर्दैछ। म अझ पनि निवेदन गर्छु आवश्यक परेको खण्डमा मात्र सार्वजनिक स्थलमा जानु होला। यदि जानु परे पनि सावधानी सित जानुहोस्। सामाजिक दूरी अपनाउनुहोस्। मास्क अनि ग्लभ्स लगाउनु होस। सनितिजिर को प्रयोग गर्नु होस। जति सक्दो सामानहरू अनि व्यक्तिहरूलाई छुने काम नगर्नुहोस। नानीहरू, बृद्द व्यक्तिहरु, गर्भ वती नारी हरुलाई घर बाहिर जानु देखि भरसक नदिनुहोस्। उनीहरुनै कोरोना संक्रमणले सजिलै सित संक्रमित हुने सम्भावना बढी छ।

अन्तमा, जीटीए क्षेत्रका कम्युनिटी सुर्विलान्स कमिटीका सदस्यहरु, च्याम्बर अफ कमर्स, बिजिनेस समाज, ट्रान्सपोर्ट एसोसिएसन, होटल एसोसिएसन, अग्रपंक्तिका कार्यकर्ताहरु, पुलिस, स्वस्थ्य कर्मीहरु, स्वयं सेवकहरु, गैर सरकारी संस्थाहरूका कार्यकर्ताहरु सबै प्रति आभारी छु। यी सबैले नै आ आफ्नो तरिकाले ग्राउन्ड जिरोमा उभिएर काम गरेका छन्। दिन रात काम गरेका छन्। आफ्नो स्वास्थ्यलाई खतरामा राखेर काम गरेका छन्। काम गरेका छन् ताकि मानिसहरूले सुविधा पाउन अनि सुरक्षित रहुन्।

कोरोना महामारीको व्यवस्था अनि रोकथाम गर्ने हाम्रो कार्यमा हजुरहरु प्रत्येकको सहयोगको अपेक्षा गर्छु। कृपया सहयोगको हात बढाउनु होस। हामी अवश्य विजयी बन्नेछौ।

अनित थापा
अध्यक्ष
जीटीए

My fellow residents of Darjeeling & Kalimpong Hills, we have seen a rise in the corona cases in GTA region, I have a humble request, please don't panic and please don't create further panic.

We have already anticipated that post lockdown, the cases of the corona would increase, we have already warned people whoever were travelling back home, they risk this chance, given the fact that no matter how much you try to keep yourself safe the virus is bound to spread in closed and confined places while travelling in the train, bus and flight because we know no matter how hard we try maintaining the social distancing is quite hard. Said that there is nothing against anyone, in fact, I humbly request everyone, it is not the person we are fighting, but the virus, let's be humane in helping and supporting each other without creating any discrimination. In my personal opinion, if we would have had the people staying outside travel back first and then imposed the lockdown, it could have been a better scenario.

I would like to, first of all, applaud the people in the way we managed the restricting the virus from spreading during the lockdown after our first fatality, Mrs Sunita Devi Singh, and of all the other people almost everyone recovered and are doing fine. I would like to just point it out that when we work together we can save the entire hills from any pandemic. We can still do it, be a team and follow basic rules, we can easily manage even today's situation.

Yes, we have seen the spike in positive cases, and we all are working to make sure it doesn't spread but we need equal effort from your end. I request you all to still try and not go to public places but if it is necessary then to be extra careful while going out. Please maintain social distancing, use hand sanitizers, cover your face with mask and face shields, if possible, use gloves and avoid any physical interactions. Avoid children, aged and pregnant people from coming out of the houses as they are highly susceptible to the viral disease.

I would finally like to thank our Surveillance committee members, Hoteliers, Chamber of Commerce, Transport Association, frontline workers, police, health workers, volunteers and few NGOs, who are on ground zero working day in and day out, putting their health in risk, to make sure people are been helped and can be safe.

Please cooperate with us to make sure we can curb this pandemic and be victorious.

Address


Website

Alerts

Be the first to know and let us send you an email when Pankhabari Longview Ambotia samasti Gjmm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share