Enough

Enough Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Enough, Magazine, .

मानव तस्करीेको गिरोहसँग मिली किर्ते परिचयपत्रसमेत बनाइदिएर तीन युवालाई आफूसँगै जापान पुर्‍याएका कोशी प्रदेशका तत्कालीन क...
05/12/2024

मानव तस्करीेको गिरोहसँग मिली किर्ते परिचयपत्रसमेत बनाइदिएर तीन युवालाई आफूसँगै जापान पुर्‍याएका कोशी प्रदेशका तत्कालीन कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई सरकारी वकिलको कार्यालयले उन्मुक्ति दिएकामा राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान थालेको छ ।

मानव तस्करीेको गिरोहसँग मिली किर्ते परिचयपत्रसमेत बनाइदिएर तीन युवालाई आफूसँगै जापान पुर्‍याएका कोशी प्रदेशक.....

लोडसेडिङका वेला डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत प्रयोग गरेको विद्युत्को अर्बौँ बक्यौता नतिरेका उद्योगमा लाइन काट्न सरका...
27/11/2024

लोडसेडिङका वेला डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत प्रयोग गरेको विद्युत्को अर्बौँ बक्यौता नतिरेका उद्योगमा लाइन काट्न सरकारले प्राधिकरणमाथि फेरि रोक लगाएको छ । २५ कात्तिकमा मन्त्रिपरिषद्बाटै निर्णय गरेर बक्यौता उठाउन दिएको १५ दिने समयसीमा सकिने अघिल्लै दिन मंगलबार सरकारले विद्युत् नियमन आयोगमार्फत उद्योगमा लाइन नकाट्न प्राधिकरणलाई पत्र पठाएको हो ।

मन्त्रिपरिषद्बाटै निर्णय गरेर बक्यौता उठाउन दिएको समयावधि आज सकिँदै, तर आफ्नै क्षेत्राधिकार मिचेर ऊर्जा

‘भाइरस’ले आक्रमण गरेपछि राहदानी विभागको ‘राहदानी आवेदन प्रणाली’ अवरुद्ध भएको छ । त्यसैकारण, राहदानी वितरण कार्य ठप्प छ ।...
25/11/2024

‘भाइरस’ले आक्रमण गरेपछि राहदानी विभागको ‘राहदानी आवेदन प्रणाली’ अवरुद्ध भएको छ । त्यसैकारण, राहदानी वितरण कार्य ठप्प छ । विभागले शुक्रबारदेखि प्रणाली अवरुद्ध भएको जनाएको छ । समस्या समाधान हुन कम्तीमा दुई साता लाग्ने विभागको भनाइ छ । प्रणाली अवरुद्ध भएपछि दैनिक हजारौं सेवाग्राही समस्यामा परिरहेका छन् ।

काठमाडौं : ‘भाइरस’ले आक्रमण गरेपछि राहदानी विभागको &lsqu

किसानबाट लिएको दूधको बक्यौता तिर्न नसकेको दुग्ध विकास संस्थान (डीडीसी) ले दुग्ध किसानप्रति बेइमानीमाथि बेइमानी गर्दै आएक...
22/11/2024

किसानबाट लिएको दूधको बक्यौता तिर्न नसकेको दुग्ध विकास संस्थान (डीडीसी) ले दुग्ध किसानप्रति बेइमानीमाथि बेइमानी गर्दै आएको छ । बटर र धूलो दूध मौज्दात रहेको बहानामा डीडीसीले कोटा तोकेर दूध किन्न आयोजनालाई निर्देशन दिएको छ ।

किसानबाट लिएको दूधको बक्यौता तिर्न नसकेको दुग्ध विकास संस्थान (डीडीसी) ले दुग्ध किसानप्रति बेइमानीमाथि बेइमानी ....

रुवी खान महिला अधिकारकर्मी हुन्। अन्याय नसहने स्वभावले उनको नामका पछाडि ‘अधिकारकर्मी’को फुर्को जोडिएर आयो। भाँचिन जान्ने...
07/11/2024

रुवी खान महिला अधिकारकर्मी हुन्। अन्याय नसहने स्वभावले उनको नामका पछाडि ‘अधिकारकर्मी’को फुर्को जोडिएर आयो। भाँचिन जान्ने, दोब्रिन नजान्ने रुवी सामाजिक हिंसामा परेर मारिएकी निर्मला कुर्मीका दोषीमाथि कारवाहीको माग गर्दै वर्षौंदेखि न्यायको ढोका ढकढकाइरहेकी छिन्। संघर्ष थालेको १७ वर्ष भयो। अहँ कसैले सुन्दैन।

रुवी खान महिला अधिकारकर्मी हुन्। अन्याय नसहने स्वभावले उनको नामका पछाडि ‘अधिकारकर्मी’को फुर्को जोडिएर आयो। भाँ...

नेपाल रेडक्रस सोसाइटीअन्तर्गतको केन्द्रीय रक्तसञ्चार केन्द्रले वितरण गर्ने रगतको गुणस्तरमै कैफियत देखिएको छ । केन्द्रले ...
29/10/2024

नेपाल रेडक्रस सोसाइटीअन्तर्गतको केन्द्रीय रक्तसञ्चार केन्द्रले वितरण गर्ने रगतको गुणस्तरमै कैफियत देखिएको छ । केन्द्रले मुलुकभर रगत संकलन, प्रशोधन र वितरण गर्ने गर्छ । यसबापत उसले शुल्कसमेत उठाउँदै आएको छ । तर, त्यसरी संकलन, प्रशोधन र वितरण गरिएको रगत नै दूषित रहेको तथ्य फेला परेको छ ।

नेपाल रेडक्रस सोसाइटीअन्तर्गतको केन्द्रीय रक्तसञ्चार केन्द्रले वितरण गर्ने रगतको गुणस्तरमै कैफियत देखिएको छ

नेपालमा सहकारी ठगी कति भयावह छ भन्ने यसमा संलग्न आरोपितहरू पक्राउ परेको तथ्यांकबाटै प्रस्ट हुन्छ । प्रहरीले करिब एक दशकम...
21/10/2024

नेपालमा सहकारी ठगी कति भयावह छ भन्ने यसमा संलग्न आरोपितहरू पक्राउ परेको तथ्यांकबाटै प्रस्ट हुन्छ । प्रहरीले करिब एक दशकमा ६ सय ६९ जनालाई पक्राउ गरेको छ भने १ हजार ५ सय ४० जना फरार छन् । रकम अपचलनमा पक्राउ पर्ने र फरारमध्ये धेरैजसो राजनीतिक पहुँच भएका व्यक्ति छन् । तर, पक्राउ परेका सबैजसो पुर्पक्षका लागि जेलमा छन् ।

नेपालमा सहकारी ठगी कति भयावह छ भन्ने यसमा संलग्न आरोपितहरू पक्राउ परेको तथ्यांकबाटै प्रस्ट हुन्छ । प्रहरीले कर.....

कम्पनीहरूले फिल्डमा सर्भेयर (प्राविधिक) नै खटाएर बिमा दाबीयोग्य क्षतिको अन्तिम प्रतिवेदन निकाल्न बाँकी छ । त्यसको प्रक्र...
07/10/2024

कम्पनीहरूले फिल्डमा सर्भेयर (प्राविधिक) नै खटाएर बिमा दाबीयोग्य क्षतिको अन्तिम प्रतिवेदन निकाल्न बाँकी छ । त्यसको प्रक्रिया भने अघि बढिसकेको छ । कम्पनीहरूको प्रारम्भिक निरीक्षण तथा बिमितबाट प्राप्त सूचनाका आधारमा सवा सात अर्बबराबरको दाबी पर्ने अनुमान गरिएको नेपाल बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले बताए ।बाढीले क्षति ऊर्जा, सिँचाइ, सडक, पुललगायतका विभिन्न परियोजनाको बिमा गर्न मिल्छ । यसैगरी, पशुपक्षी तथा कृषि, पसल, घर तथा भवनलगायतको भौतिक सम्पत्तिको पनि बिमा गर्न मिल्छ । त्यसैगरी, सवारीसाधनको अनिवार्य रूपमा बिमा गर्नुपर्छ ।

१०–१२ असोजको बाढी, पहिरो तथा डुबानबाट सात अर्ब २८ करोड ८५ लाख १९ हजारबराबरको क्षति भएको बिमादाबी पर्ने प्रारम्भि.....

काठमाडौं उपत्यका भित्रिने राजमार्गहरू तीन दिनदेखि अवरुद्ध हुँदा हवाई यात्रुको चाप बढेको छ । उडान व्यवस्थापन गर्नका लागि ...
01/10/2024

काठमाडौं उपत्यका भित्रिने राजमार्गहरू तीन दिनदेखि अवरुद्ध हुँदा हवाई यात्रुको चाप बढेको छ । उडान व्यवस्थापन गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई हम्मेहम्मे परिरहेको छ । विपत्को वेला उडान व्यवस्थापनमा सकस भइरहेका वेला प्रधानमन्त्री केपी ओली विमानस्थल आधा घण्टा बन्द गरेर स्वदेश फर्किएका छन् ।

खराब मौसमका कारण दुई दिनसम्म रोकिएका र सडक अवरुद्ध भएपछि हवाई यात्रा रोजेका यात्रुहरूले आइतबारदेखि विमानस्थल

करिब २६ वर्षअघि सरकारले नेपाल कृषि अनुसन्धान परिषद् कर्मचारी प्रशासन विनियमावली, २०४९ को प्रथम संशोधन गरेको थियो । ११ मं...
19/09/2024

करिब २६ वर्षअघि सरकारले नेपाल कृषि अनुसन्धान परिषद् कर्मचारी प्रशासन विनियमावली, २०४९ को प्रथम संशोधन गरेको थियो । ११ मंसिर ०५५ मा भएको संशोधन र त्यससँग सम्बन्धित सक्कल निर्णय फाइल नै भेटिएको छैन । आधिकारिक विनियमावलीविनै लामो समयदेखि नार्कको कर्मचारी प्रशासन चलिरहेको छ । संस्थामा लामो समयदेखि कार्यरत कर्मचारीको समूहले विनियमावली गायब पारेर प्रशासन चलाउँदै आएको पाइएको हो ।

थरीथरीका किर्ते फोटोकपीका आधारमा संस्था चलाउँदा भद्रगोल 

विश्वविद्यालयको रामपुरस्थित छात्रावासमा कांग्रेस र एमालेनिकट विद्यार्थी संगठनका समर्थकबीच भदौ १३ मा झडप भएको थियो । त्यस...
09/09/2024

विश्वविद्यालयको रामपुरस्थित छात्रावासमा कांग्रेस र एमालेनिकट विद्यार्थी संगठनका समर्थकबीच भदौ १३ मा झडप भएको थियो । त्यसको भोलिपल्ट विश्वविद्यालय प्रशासनले छात्रावास खाली गराएको थियो । भदौ १५ मा विश्वविद्यालयका निमित्त उपकुलपतिको अध्यक्षतामा बैठक बसिरहेका बेला कांग्रेसनिकट नेविसंघले केन्द्रीय कार्यालयमा तालाबन्दी गर्‍यो । त्यसपछि सुरक्षाको कारण देखाउँदै प्रशासनले पठनपाठनलगायत गतिविधि बन्द गर्ने निर्णय गरेको थियो ।

सत्तारूढ कांग्रेस र एमालेनिकट विद्यार्थीबीचको झडप र तालाबन्दीले चितवन रामपुरस्थित कृषि तथा वन विज्ञान विश्ववि....

सहकारीमा फसेको रकम उठाउन आन्दोलनरत सहकारीपीडितलाई न्याय दिलाउनुपर्ने जिम्मेवारी सम्हालेका सहकारीमन्त्रीले उल्टै उनीहरूला...
05/09/2024

सहकारीमा फसेको रकम उठाउन आन्दोलनरत सहकारीपीडितलाई न्याय दिलाउनुपर्ने जिम्मेवारी सम्हालेका सहकारीमन्त्रीले उल्टै उनीहरूलाई ‘बैंकबाट सस्तो ब्याजमा ऋण लिएर सहकारीमा महँगो ब्याजमा लगाई नाफा खानेहरू’ भन्दै प्रहार गरेका छन् ।

सहकारीमा फसेको रकम उठाउन आन्दोलनरत सहकारीपीडितलाई न्याय दिलाउनुपर्ने जिम्मेवारी सम्हालेका सहकारीमन्त्रीले

प्रहरी र सञ्चारमाध्यममार्फत जानकारी पाएलगत्तै उद्योगमै पुगेर खानतलासी पनि गरेको उनले जानकारी दिएका छन् । तर, उद्योगभित्र...
03/09/2024

प्रहरी र सञ्चारमाध्यममार्फत जानकारी पाएलगत्तै उद्योगमै पुगेर खानतलासी पनि गरेको उनले जानकारी दिएका छन् । तर, उद्योगभित्र बाँकी रहेका चुरोट भने उद्योगले गायब पारिदिएको पाइएको छ । उद्योगभित्र चुरोट जलाइएको अवस्थामा मात्र भेटिएको र थप चुरोट नभेटिएको ओझाले बताए ।

उद्योगमा शनिबार साँझ होहल्ला भएपछि पुगेको मिर्चैया प्रहरीले तीन वटा कार्टुनमा ल्याएको चुरोट लिएर राजस्वको टोली फर्किएको र उद्योगले मंगलबार साँझसम्म जवाफ दिनुपर्ने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार, सिमेन्ट उद्योगमा चुरोट कसरी आयो, कहिले आयो, किन आयोलगायतका विषयमा जवाफ माग गरिएको छ ।

सिरहाको मिर्चैयास्थित सौर्य सिमेन्ट उद्योगमा अवैध विदेशी चुरोट भेटिएको विषयमा उद्योगसँग जवाफ माग गरिएको छ । रा.....

सिटामोल, सबैभन्दा सर्वसुलभ, सस्तो र अपरिहार्य औषधिमा पर्छ। सामान्य ज्वरो आउँदा आवश्यक पर्ने सिटामोललाई सरकारी अस्पतालले ...
01/09/2024

सिटामोल, सबैभन्दा सर्वसुलभ, सस्तो र अपरिहार्य औषधिमा पर्छ। सामान्य ज्वरो आउँदा आवश्यक पर्ने सिटामोललाई सरकारी अस्पतालले निःशुल्क उपलब्ध गराउँछन। तर, जिल्ला अस्पताल बाजुरामा यसकै अभाव छ। यसैकारण यहाँका सर्वसाधारण महँगो मूल्यमा बजारबाट सिटामोल किनेर खान बाध्य छन्। सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको सिटामोलसहित अन्य धेरै औषधिको अभाव भएपछि बाजुराका सर्वसाधारण मर्कामा परेको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृप गिरी बताउँछन्।

बाजुरा : सिटामोल, सबैभन्दा सर्वसुलभ, सस्तो र अपरिहार्य औषधिमा पर्छ। सामान

घटनामा संलग्न एकजना फरार रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार घटना शुक्रबार रातिको हो । बालि...
25/08/2024

घटनामा संलग्न एकजना फरार रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार घटना शुक्रबार रातिको हो । बालिकाले शनिबार जाहेरी दिएपछि प्रहरीले घटनामा संलग्न मध्ये ६ जनालाई पक्राउ गरेको हो ।

९ भदौ, विराटनगर । झापामा १६ वर्षीय बालिकालाई एकै रात छुट्टाछुट्टै स्थानमा सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक.....

रक्तश्रावले थलिएकी धनशोभालाई ७/८ गाउँका धामीझाँकी राखेर झारफुक गराउँदा निको नभएपछि उपचारका लागि स्वास्थ्य केन्द्र लैजाने...
18/08/2024

रक्तश्रावले थलिएकी धनशोभालाई ७/८ गाउँका धामीझाँकी राखेर झारफुक गराउँदा निको नभएपछि उपचारका लागि स्वास्थ्य केन्द्र लैजाने क्रममा मृत्यु भएको उनका श्रीमान दल कामीले बताए ।

सर्केगाड गाउँपालिका -३ को गुसा लेखबाट सर्केगाड गाउँपालिका केन्द्र उपचारका लागि लैजाने क्रममा जोगीधार भन्ने ठाउँमा उनको ज्यान भएको हो। श्रीमतीको मृत्युपछि दल शोकमा मात्रै डुबेका छैनन् चारजना छोराछोरी कसरी पाल्ने भन्ने पिरलो समेत थपिएको छ।

हुम्ला : हुम्लाको सर्केगाड गाउँपालिका–३ उनापानी गाउँकी ३५ वर्षीय धन

नवलपरासिको भास्कर केसी एक वर्ष अघि टिकटकमा भारतीय मूलका प्रदीप कुमार देवानको भिडियो देखे। भिडियोमा अजी एक्सपर्ट माइग्रेस...
16/08/2024

नवलपरासिको भास्कर केसी एक वर्ष अघि टिकटकमा भारतीय मूलका प्रदीप कुमार देवानको भिडियो देखे। भिडियोमा अजी एक्सपर्ट माइग्रेसन कन्सल्टेन्टका लगानीकर्ता भन्दै उनले आफ्नो कन्सल्टेन्टीबाट क्यानडा लैजाने र को-को गए भन्ने उल्लेख गरेका थिए।

काठमाडौँ : नवलपरासिको भास्कर केसी एक वर्ष अघि टिकटकमा भारतीय मूलका प्रदीप कुमार देवानको भिडियो देखे। भिडियोमा अज...

त्रिभुवन विमानस्थलबाट उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको एयर डाइनेस्टीको हेलिकोप्टर रसुवाको स्याफ्रुबेसीमा दुर्घटना भएप...
12/08/2024

त्रिभुवन विमानस्थलबाट उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको एयर डाइनेस्टीको हेलिकोप्टर रसुवाको स्याफ्रुबेसीमा दुर्घटना भएपछि दुई सातामा भएका हवाई दुर्घटनामा ज्यान गुमाउनेको संख्या २३ पुग्यो । ९ साउनमा त्रिभुवन विमानस्थलमै सौर्य एयर दुर्घटनामा १८ जनाले ज्यान गुमाए । एकैछिन सरकार जुर्मुराए झैं भएको थियो । सरोकारवाला निकाय ताते झैं गरेको थियो ।

हवाई सुरक्षाका कुरा फेरि उठेका थिए । तर दुई सातामै अर्काे दुर्घटना भयो । यसले पटकपटक हवाई दुर्घटना हुँदा पनि हाम्रो हवाई सुरक्षा प्रणालीमा पटक्कै सुधार नभएको प्रस्ट भएको छ । एयर डाइनेस्टीको हेलिकोप्टर प्रविधिमा आधारित उडान गर्दै थिएन । भनेको उपकरणहरूको संकेत र सन्देशका आधारमा नभई भिजुअल फ्लाइट रुल्स (भीएफआर) दृश्यमूलक उडान थियो ।

त्रिभुवन विमानस्थलबाट उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको एयर डाइनेस्टीको हेलिकोप्टर रसुवा

Address


Website

Alerts

Be the first to know and let us send you an email when Enough posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share