Seven Stones

Seven Stones Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Seven Stones, News & Media Website, .

सर्लाहीमा चर्चित भरत ताल निर्माणमा ३० करोड रुपैयाँ भ्रष्टाचार भएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर भरतक...
12/06/2024

सर्लाहीमा चर्चित भरत ताल निर्माणमा ३० करोड रुपैयाँ भ्रष्टाचार भएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर भरतकुमार थापा र उपमेयर लीलाकुमारी मोक्तानसहित ६ जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । थापा र मोक्तानसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र सर्लाही जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथु चौधरीविरुद्ध मुद्दा दायर गरेको हो ।

संघीय सरकारको स्वीकृतिविना वन क्षेत्रमा माछापोखरी बनाउने भनी नदीजन्य पदार्थको उत्खनन गरेर बिक्री, ताललाई

शतप्रतिशत समय परदेशमा रहने श्रमिक कम्पनीकै क्याम्पमा बस्छन्, खटाएको काम गर्छन् । २४ घण्टा नै कम्पनीको निगरानीमा हुन्छन्,...
10/06/2024

शतप्रतिशत समय परदेशमा रहने श्रमिक कम्पनीकै क्याम्पमा बस्छन्, खटाएको काम गर्छन् । २४ घण्टा नै कम्पनीको निगरानीमा हुन्छन्, तर बिमा भने आठ घण्टाको मात्र भएकाले ८१ प्रतिशत मृतकका परिवारले क्षतिपूर्ति पाएका छैनन् किनकि नेपाल सरकारले सार्थक भूमिका खेलेको छैन ।

वैदेशिक रोजगारीमा गएका मध्ये हृदयाघात र मुटुजन्य रोगका कारण मृत्यु हुने १९ प्रतिशत छन्, प्राकृतिक रूपमा मृत्युको संख्या पनि त्यसकै हाराहारीमा छ भने आत्महत्याबाट ११.१८ प्रतिशत र कोभिडबाट १.८९ प्रतिशतको मृत्यु भएको तथ्यांक छ

वैदेशिक रोजगारीका लागि खाडी तथा मलेसिया जाने हरेक नेपाली श्रमिकबाट जीवन बिमाबापत रकम संकलन गरिन्छ । तर, रोग लागे...

नेपाल औषधि थोक व्यवसायी संघका अध्यक्ष विशराज बास्कोटाले औषधि व्यवस्था विभागमा दर्ता नभएको सामान छ भने जफत पाइने भन्दै औष...
05/06/2024

नेपाल औषधि थोक व्यवसायी संघका अध्यक्ष विशराज बास्कोटाले औषधि व्यवस्था विभागमा दर्ता नभएको सामान छ भने जफत पाइने भन्दै औषधि विभागले कुनै जानकारी नदिई भ्याट तिरेर ल्याएको सामान जफत गर्नुले औषधि व्यवसायीहरू ताल्चा लगाएर आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउने बताए । उनले औषधि विभागले पनि अनुगमन गर्ने र महानगरले पनि अनुगमन गर्ने गरिरहेको भन्दै क्षेत्राधिकार कसको पर्छ भन्दै प्रश्न गरे । उनले औषधि अनुगमनको क्षेत्र महानगरको पर्छ कि पर्दैन भन्ने प्रश्न गरे ।

कानुनअनुसार औषधि बेच्दा पनि जफत गरिएको भन्दै औषधि व्यवसायीहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन् । मंगलबार काठम.....

मोदीले सामाजिक सञ्जाल एक्समा, ‘म आत्मविश्वासका साथ भन्न सक्छु कि भारतका मानिसहरूले एनडीए सरकारलाई पुनर्निर्वाचित गर्ने क...
03/06/2024

मोदीले सामाजिक सञ्जाल एक्समा, ‘म आत्मविश्वासका साथ भन्न सक्छु कि भारतका मानिसहरूले एनडीए सरकारलाई पुनर्निर्वाचित गर्ने कीर्तिमानी संख्यामा मतदान गरेका छन्।’ उनले एक्समा छिनछिनमा निर्वाचनसँग सम्बन्धित विषयमा आफ्नो प्रतिक्रिया दिइरहेका छन्। भारतका साना राज्य र संघले शासन गरिरहेका भूभागमा एक दिनमै मतदान सम्पन्न भएको थियो। कतिपय ठूला राज्यहरूमा दुईदेखि चार दिनसम्म मतदान चलेको थियो। भारतमा कुनै एक दल वा गठबन्धनलाई सरकार बनाउनका लागि तल्लो संसद् लोकसभामा २ सय ७२ सिट आवश्यक पर्छ।

भारतीय संसद्मा दुई सदन (लोकसभा वा जनताको सभा र राज्यसभा वा राज्यपरिषद्) छन्। लोकसभाका ५ सय ४५ सिटमध्ये ५ सय ४३ सिटका लागि मतदाताले मतदान गर्ने र बाँकी दुई राष्ट्रपतिबाट मनोनीत हुन्छन्।

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रोपटक प्रधानमन्त

र्थमन्त्री वर्षमान पुनले मंगलबार आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट हेटौंडा कपडा उद्योग सञ्चालन ...
30/05/2024

र्थमन्त्री वर्षमान पुनले मंगलबार आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने घोषणा दोहोर्‍याए ।

बजेट वक्तव्यको २८२ नम्बर बुँदामा भनिएको छ, ‘बन्द अवस्थामा रहेको विराटनगर जुट मिल, हेटौंडा कपडा उद्योग र गोरखकाली रबर उद्योग लगायतका उद्योग सार्वजनिक निजी साझेदारीमा सञ्चालनमा ल्याइनेछ ।’

१६ जेठ, हेटौंडा । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट हेट...

मन्त्रिपरिषद्का सदस्यहरूको ६ वर्षदेखि रोकिएको सम्पत्ति विवरण सार्वजनिक गर्ने अभ्यास  सुरु भएको छ । प्रधानमन्त्री तथा मन्...
22/05/2024

मन्त्रिपरिषद्का सदस्यहरूको ६ वर्षदेखि रोकिएको सम्पत्ति विवरण सार्वजनिक गर्ने अभ्यास सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । ०७४ फागुनमा केपी ओली नेतृत्वको सरकारको कार्यकालपछि मन्त्रीहरूको सम्पत्ति विवरण गोप्य थियो ।
सरकारले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का २१ सदस्यको सम्पत्ति विवरण एकसाथ सार्वजनिक गरेको छ । ३ जेठको मन्त्रिपरिषद् बैठकले वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्का सदस्यहरूको ६ वर्षदेखि रोकिएको सम्पत्ति विवरण सार्वजनिक गर्ने अभ्यास  सुरु भएको छ ।

चालु आर्थिक वर्ष २०८०–८१ मा ल्याएको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै घर कर्जा खुकुलो बनाएको हो। राष्ट्र बैं...
17/05/2024

चालु आर्थिक वर्ष २०८०–८१ मा ल्याएको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै घर कर्जा खुकुलो बनाएको हो।
राष्ट्र बैंकले घरजग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत कायम गर्ने भएको छ।
अब ग्राहकले आफ्नो आम्दानीको ७० प्रतिशत रकम किस्ता तिर्न सक्ने गरेर ऋण पाउने भएका छन्। कर चुक्ता प्रमाण पेश गरेका आधारमा यो अनुपातमा कर्जा पाउने भएको हो।

राष्ट्र बैंकले घरजग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत कायम गर्न.....

विस्तारको क्रममा रहेको बुटवल–नारायणगढ सडकको गैंडाकोट–दाउन्ने खण्डमा आगामी वर्षायामसम्ममा पनि कालोपत्र नहुने भएको छ । अत्...
07/05/2024

विस्तारको क्रममा रहेको बुटवल–नारायणगढ सडकको गैंडाकोट–दाउन्ने खण्डमा आगामी वर्षायामसम्ममा पनि कालोपत्र नहुने भएको छ । अत्यधिक धूलोका कारण सर्वसाधारण र सवारी चालकले सास्ती भोग्दै आएको यो खण्डमा कालोपत्रको काममा ढिलाइ भएको हो ।

चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले यो सडकको ठेक्का लिएर काम गरिरहेको छ । तर, कम्पनीको लापरबाहीका कारण निर्धारित समयभन्दा बढी अवधि बितिसक्दा पनि कामको प्रगति न्यून छ ।

समाज ठेकेदार चिनियाँ कम्पनीको लापरबाहीले दाउन्ने खण्डको कालोपत्रमा ढिलाइ May 6, 2024 Post Views: 4,885 काठमाडाैं । विस्तारको क्र...

नेपालमा हालै सम्पन्न लगानी सम्मेलन अपेक्षाअनुसार सफल हुन सकेन । केही निजी क्षेत्रका कम्पनीबीच साढे ६ अर्ब बराबरको सम्झौत...
05/05/2024

नेपालमा हालै सम्पन्न लगानी सम्मेलन अपेक्षाअनुसार सफल हुन सकेन । केही निजी क्षेत्रका कम्पनीबीच साढे ६ अर्ब बराबरको सम्झौता र केही स्वदेशी तथा विदेशी निकायबीच सहकार्यको प्रतिबद्धताबाहेक अन्य उपलब्धिमूलक नतिजा हासिल हुन सकेन ।

सम्मेलनमा सरकारले ४ वटा आयोजनामा पीडीए गर्ने तयारी गरे पनि अन्तिम समयमा नहुने जानकारी दिएको थियो । बोर्डका प्रवक्ता पद्युम्नप्रसाद उपाध्यायले लगानी सम्मेलनमा पीडीए गर्ने भनेर गरिएको तयारी नसकिएको कारण सम्झौता हुन नसकेको बताए ।

नेपालमा हालै सम्पन्न लगानी सम्मेलन अपेक्षाअनुसार सफल हुन सकेन । केही निजी क्षेत्रका कम्पनीबीच साढे ६ अर्ब बराबर....

पाँच वर्षमा मात्रै झन्डै २३ लाख बाहिरिएवैदेशिक रोजगार विभागको पछिल्लो पाँच वर्षको तथ्यांक हेर्ने हो भने अवस्था कहालीलाग्...
01/05/2024

पाँच वर्षमा मात्रै झन्डै २३ लाख बाहिरिए

वैदेशिक रोजगार विभागको पछिल्लो पाँच वर्षको तथ्यांक हेर्ने हो भने अवस्था कहालीलाग्दो छ। तथ्यांक केलाउँदा विदेशिने युवाहरूको पंक्ति बर्सेनि बढिरहेको देखिन्छ। आर्थिक वर्ष २०७६/०७७ मा १ लाख ९० हजार ४ सय ५३ जना युवाहरू बाहिरिए। अर्को वर्ष २०७७/०७८ मा १ लाख ६६ हजार ६ सय ९८ जना युवाहरू विदेश गए भने त्यसको झन्डै छैटौं गुणा बढी २०७८/०७९ मा ६ लाख ३० हजार ९० जना पलायन भएका छन्। बर्सेनि बाहिरने क्रम बढ्दै गयो। आर्थिक वर्ष २०७९/०८० मा ७ लाख ७१ हजार ३ सय २७ र चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५ लाख ३९ हजार ६८ जना श्रमशक्ति बाहिरियो। पाँच वर्षको अवधिमा २० लाख ८७ हजार ७ सय ५३ जना पुरुष र २ लाख ९ सय ८ सय ८३ जना महिला गरी कुल २२ लाख ९७ हजार ६ सय ३६ जना नेपाली युवा/युवतीहरू देश बाहिर गएका छन्।

बुटवल : ‘जाग लम्क,

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेकाे सत्ता गठबन्धनप्रति दिक्दारी व्यक्त गर्न थालेका छन् । नयाँ गठबन्धन बनेकाे...
24/04/2024

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेकाे सत्ता गठबन्धनप्रति दिक्दारी व्यक्त गर्न थालेका छन् । नयाँ गठबन्धन बनेकाे डेढ महिना नपुग्दै प्रचण्ड हैरान भएका हुन् । खासगरी सत्ता सहयात्री नेकपा एमाले र एकीकृत समाजवादीकाे बेमेल र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जाेडिएका कारण प्रचण्डमा सरकार ढाल्नेसम्मकाे चिन्ता देखिएकाे बालुवाटार स्राेतले बताएकाे छ ।

‘उता अप्ठेरो भयो भनेर यता आइयाे । यता झन् टाल्नकै हैरान भइयो’, प्रधानमन्त्री प्रचण्डले निकट नेताहरूलाई भन्ने गरे...

सेटिङमा छोराको नाम आएसँगै उपेन्द्र अलि मलिन देखिए। उनले आफू मन्त्री भएपछि मेसिन, औजार तथा उपकरणको खरिद नभएको बताए।उनले भ...
22/04/2024

सेटिङमा छोराको नाम आएसँगै उपेन्द्र अलि मलिन देखिए। उनले आफू मन्त्री भएपछि मेसिन, औजार तथा उपकरणको खरिद नभएको बताए।

उनले भने जस्तै यसबीचमा खरिद नभएको सत्य हो। तर उनी मन्त्री भएपछि खरिदको टेन्डर तीब्र गतिमा निस्किरहेको छ।

स्वास्थ्य मन्त्रालयको उनकै कार्यकक्षमा स्वास्थ्य पत्रकारसँगको अन्तरक्रियात्मक कार्यक्रममा छोराको नाम आएपछि मन्त्री यादवले भने, ‘हैन हैन।’

काठमाडौं : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त भएपछिको पहिलो पत्रकार सम्मेलनमै उपेन्द्र यादवले ...

चिनियाँ कम्पनी सिनो हाईड्रोको ३३७ दशमलव ८२ मिलियन डलर र अर्को चिनियाँ कम्पनीको ३४९ दशमलव २८ डलर डलर विड टेण्डर थियो। यस ...
17/04/2024

चिनियाँ कम्पनी सिनो हाईड्रोको ३३७ दशमलव ८२ मिलियन डलर र अर्को चिनियाँ कम्पनीको ३४९ दशमलव २८ डलर डलर विड टेण्डर थियो। यस बेलासम्म यो विमानस्थल एक्जीम बैंकको ऋण सहायतामा बन्ने मात्र उल्लेख थियो, यो ऋण कुन शिर्षक र शर्तमा लगानी गर्ने भन्ने प्रष्ट थिएन। तर अत्यन्तै महंगोमा चिनियाँ कम्पनी सि.ए.एम.जी. को हातमा जाने लगभग निश्चित् भईसकेको थियो। किनकी नेपाल सरकारले एशियाली विकास बैंकको सहयोगमा विमानस्थल बनाउने विस्तृत आयोजना प्रतिवेदन तयार पार्दा भन्दा ८५ प्रतिशत बढी अर्थात ३०५ मिलियन डलरको प्रस्ताव नै यो आयोजनाको सबैभन्दा कम प्रस्ताव बन्न पुग्यो।

काठमाडौं- करिब १५ महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेकाो पोखरा अन्तर्राष्ट्रिय विमान.....

चीन जो लामो समयदेखि दक्षिण एसियामा भारतको प्रभाव कम गर्न प्रयास गरिरहेको छ । कतिपय कारणले बंगलादेशको राष्ट्रिय राजनीतिमा...
16/04/2024

चीन जो लामो समयदेखि दक्षिण एसियामा भारतको प्रभाव कम गर्न प्रयास गरिरहेको छ । कतिपय कारणले बंगलादेशको राष्ट्रिय राजनीतिमा विवादास्पद भावनाहरू हावी छन् । बेइजिङ केवल यस क्षेत्रमा नयाँदिल्लीको परम्परागत प्रभावलाई तोड्न चाहन्छ र यसको वास्तविकतामा भारतको रणनीतिक लाभ कम गर्न चाहन्छ ।

चीनको लक्ष्य भने वरपरको क्षेत्रीय प्रभुत्वको रूपमा आफ्नो स्थिति विस्तार गर्न र आफ्नो परम्परागत प्रभावहरूबाट शक्तिको विस्तार गर्न लागिपरेको छ। यी महत्वाकांक्षाहरू हालका दिनहरूमा स्पष्ट रूपमा स्पष्ट भएका छन् । चीनको ढाका सेना उपकरणहरू सबैभन्दा ठूलो निर्यातक पनि छ र उसले आफ्नो प्रभाव उत्पादनका लागि देशका विभिन्न भागहरूलाई ऋण दिएको छ ।

चीन जो लामो समयदेखि दक्षिण एसियामा भारतको प्रभाव कम गर्न प्रयास गरिरहेको छ ।

चीनले उद्योगका लागि दिएको अनुदानले विश्वव्यापी आर्थिक लचिलोपनका लागि खतरा निम्त्याउन सक्ने चेतावनी चीन भ्रमणका क्रममा रह...
08/04/2024

चीनले उद्योगका लागि दिएको अनुदानले विश्वव्यापी आर्थिक लचिलोपनका लागि खतरा निम्त्याउन सक्ने चेतावनी चीन भ्रमणका क्रममा रहेका अमेरिकी ट्रेजरी प्रमुख जेनेट येलेनले बताएकी छिन्। एक वर्षभन्दा कम समयको अन्तरालमा विश्वको दोस्रो ठूलो अर्थतन्त्रको भ्रमणका क्रममा चिनियाँ अधिकारीसँग भेट्ने क्रममा येलेन बिहीबार ग्वाङझाओ आइपुगेकी छिन्।

काठमाण्डौं । चीनले उद्योगका लागि दिएको अनुदानले विश्वव्यापी आर्थिक लचिलोपनका लागि खतरा निम्त्याउन सक्ने चेताव....

चीनसँग सीमा जोडिएको दुर्गम लप्चीबासीका चौरीको चरन क्षेत्र चीनतर्फ पर्छ । बिगु गाउँपालिका–१ लप्चीका स्थानीयले याक चौंरीला...
04/04/2024

चीनसँग सीमा जोडिएको दुर्गम लप्चीबासीका चौरीको चरन क्षेत्र चीनतर्फ पर्छ । बिगु गाउँपालिका–१ लप्चीका स्थानीयले याक चौंरीलाई चरन क्षेत्र नलगेको ५ वर्ष भैसक्यो । मुख्यगरी हिउँददेखि वर्षासम्म लप्चीका स्थानीय गोठाला याक चौरी खेदेर उतातिरको चरन क्षेत्रमा गोठ लैजाने गर्छन् ।

गएको असोजमा चीनले अनौपचारिक सीमा खुला गरेपछि स्थानीयले चौंरी बाच्छा र घिउ बेचेर खाद्यान्न जोहो गरेका थिए । सोही आधारमा हिउँदमा लप्चीबासीले चरनका लागि याक चौंरी लैजान खोज्दा चिनियाँ सुरक्षाकर्मीले सीमामै रोकेका छन् । सीमाबासीसँग वारपार गर्ने आधिकारीक पास नभएकाले उनीहरूले रोकेका हुन् ।

अन्तराष्ट्रिय लप्चीबासीलाई सीमामै राेके चिनियाँ सुरक्षाकर्मी April 1, 2024 Post Views: 1,651 दोलखा । चीनसँग सीमा जोडिएको दुर्गम ल....

आइतबार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक ढुंगेलले यो गिरोहमा संलग्न तीन जना चिनिया...
01/04/2024

आइतबार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक ढुंगेलले यो गिरोहमा संलग्न तीन जना चिनियाँ नागरिकलाई मात्र पक्राउ गरेको जानकारी दिए पनि प्रहरीले अन्य दुई जना चिनियाँ नागरिकलाई पनि नियन्त्रणमा लिएको छ।

वीरगन्जको होटल भिस्वाबाट प्रहरीले थप दुई चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो। तर, पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक ढुंगेलले अनुसन्धानका क्रममा थप दुई चिनियाँ नागरिकलाई नियन्त्रणमा लिए पनि अनुसन्धानका क्रममा उनीहरूको संलग्नता नदेखिएको बताए। प्रहरीको अनुसन्धानका क्रममा ती दुई चिनियाँ नागरिक पर्यटकका रूपमा वीरगन्जमा घुम्न आएको खुलेकाले उनीहरूलाई आवश्यक प्रक्रिया पूरुा गरी रिहा गरिने बताए। त्यस्तै पक्राउ परेका चिनियाँ भााषका अनुवादक दुई नेपाली नागरिकलाई पनि तारिखमा रिहा गरिने ढुंगेलले बताए।

वीरगन्ज : सामाजिक सञ्जाल र मोबाइल फोनमार्फत नेपाल, भारत, पाकिस्तानलगायतका

‘२०१५ मा सक्नु पर्ने काम २०२४ लाग्दा समेत सकिएको छैन। छेउछाउका बासिन्दा, रिंगरोड प्रयोग गर्नेहरू मात्र होइन, त्यहाँबाट उ...
29/03/2024

‘२०१५ मा सक्नु पर्ने काम २०२४ लाग्दा समेत सकिएको छैन। छेउछाउका बासिन्दा, रिंगरोड प्रयोग गर्नेहरू मात्र होइन, त्यहाँबाट उड्ने धुलोले उपत्यका नै प्रताडित छन्। स्थानीयले बोले, संघीय सांसदहरू समेतले पटक पटक आवाज उठाए तर कसैको सुनिएको थिएन । कसैको दु:ख हेरिएको थिएन।’‘आयोजना: चक्रपथ सुधार आयोजना दोसो फेज (कलंकी महाराजगज्ज) शुरु: २०११ डिसेम्बर १८ सक्नु पनें मिति २०१५ अपिल निर्माण जिम्मेवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (नेपाल सरकार) र साइधाई कन्स्ट्रक्सन कम्पनी (चीन) नोट: नोट यो काठमाण्डी महानगरपालिकाको मातहतमा पर्दैन|’

समाज मेयर बालेनद्वारा चीनको भण्डाफोर March 27, 2024 Post Views: 4,494 काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)....

यो नयाँ गठबन्धनले गरेको सहमतिको बुँदा नम्बर ५ जसमा सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानून निर्माण गरी सबै तहका सर...
21/03/2024

यो नयाँ गठबन्धनले गरेको सहमतिको बुँदा नम्बर ५ जसमा सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानून निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने भनिएको छ त्यो आफैँमा अचम्म लाग्दो छ ।

रास्वपाले सङ्घीयता कार्यान्वयनमा कस्तो भूमिका खेल्ने हो हेर्न बाँकी छ । केही महिना अगाडि मात्र रास्वपाले जलेश्वर बैठकबाट सङ्घीयता देशको लागि भार हो… भन्ने आधिकारिक भाष्य प्रवाह गरेको थियो । नयाँ गठबन्धन निर्माण हुनुभन्दा केही घण्टा पहिलासम्म रास्वपाका नेताहरूले माओवादी पार्टीलाई गर्ने सत्तो-सरापका मिडियामा अहिले पनि भेटिन्छन् ।

कतिपयले यो नयाँ गठबन्धन उत्तरतिर ढल्किने हो भन्ने टिप्पणी गर्न थालेका छन् । यद्यपि सपाटरूपमा भन्नुपर्दा नेपालक.....

अचेल एमाले अध्यक्ष ओलीलाई लिएर सर्वसाधारण प्रश्न गर्छन्, ‘के उनी बदलिएका हुन् ? के उनले समयानुकूल आफूलाई लचिलो बनाएका हु...
20/03/2024

अचेल एमाले अध्यक्ष ओलीलाई लिएर सर्वसाधारण प्रश्न गर्छन्, ‘के उनी बदलिएका हुन् ? के उनले समयानुकूल आफूलाई लचिलो बनाएका हुन् ?’
संसद् विघटनसँगै ओलीविरुद्ध कडा मोर्चाबन्दी गर्न नयाँ गठबन्धन बन्यो। संसद्बाट परमादेश पाई कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्यो। नेकपा फुट्यो। एमालेकै महासचिव भइसकेका माधवकुमार नेपालले नयाँ दल खोले– एकीकृत समाजवादी। पुष्पकमल दाहाल नेतृत्वको माओवादी पुरानै ठाउँमा पुग्यो।

काठमाडौं  : केपी शर्मा ओली

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करीमा संलग्न र बाँसबारी छाला जुत्ताको जग्गामा जोडिएकाहरूमाथि छानबिन अगाडि ...
17/03/2024

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करीमा संलग्न र बाँसबारी छाला जुत्ताको जग्गामा जोडिएकाहरूमाथि छानबिन अगाडि बढाउन निर्देशन दिएका छन्।

गृहसचिव एकनारायण अर्याल, नेपाल प्रहरीका आईजीपी वसन्त कुँवर र सीआईबी प्रमुख श्याम ज्ञवालीलाई मन्त्रालयमा बोलाएर उनले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न र बाँसबारी जग्गामा जोडिएकासँग बयान लिन निर्देशन दिएका हुन्।

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करीमा संलग्न र बाँसबारी छाला जुत्ताको जग्गामा जोडिएका.....

सत्तासमीकरण परिवर्तन र नयाँ गठबन्धन निर्माणको सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड र सत्तासाझेदार एमाले अध्यक्ष केपी ओलीले सं...
14/03/2024

सत्तासमीकरण परिवर्तन र नयाँ गठबन्धन निर्माणको सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड र सत्तासाझेदार एमाले अध्यक्ष केपी ओलीले संसद्मा स्पष्ट पारेका छन् । साथै, दुवै नेताले प्रमुख प्रतिपक्षी बनेको कांग्रेसलाई बुँदागत रूपमा जवाफ फर्काएका छन् । प्रधानमन्त्रीको विश्वासको मत प्रयोजनका लागि बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष गरी प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र कांग्रेस महामन्त्रीबीच घोचपेच तथा सवालजवाफ चल्यो ।

सत्तासमीकरण बदलिएसँगै संसद्मा सांसदहरूको सिट हेरफेर हुन्छ र कुर्सीसँगै संसद्मा बदलिन्छ बोली । प्रधानमन्त्री

बारपाक–लाप्राक सडकखण्ड विसं २०७७ जेठ ९ गते ठेक्का सम्झौता गरी सडक स्तरोन्नति सुरु भएको थियो । ठेक्का सम्झौता भएको झन्डै ...
10/10/2023

बारपाक–लाप्राक सडकखण्ड विसं २०७७ जेठ ९ गते ठेक्का सम्झौता गरी सडक स्तरोन्नति सुरु भएको थियो । ठेक्का सम्झौता भएको झन्डै ४१ महिना भइसक्दासमेत स्तरोन्नति सकिएको छैन । पूर्वाधार विकास कार्यालय गोरखाले २०७९ जेठसम्ममा सडक स्तरोन्नति सम्पन्न गर्ने गरी शर्मा/विक्वी जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।

गोरखा– पर्यटकीय गन्तव्य गोरखाको बारपाक र लाप्राक जोड्ने सडकखण्ड करिब तीन महिनादेखि अवरुद्ध छ । वर्षा सुरु भएदेख....

ग्वार्को फ्लाइओभर निर्माणका लागि ठेक्का सम्झौता भएको १९ महिना बित्दा देखिने गरी काममा केही प्रगति भएको छैन । जब कि सम्झौ...
09/10/2023

ग्वार्को फ्लाइओभर निर्माणका लागि ठेक्का सम्झौता भएको १९ महिना बित्दा देखिने गरी काममा केही प्रगति भएको छैन । जब कि सम्झौताअनुसार निर्माणको काम सक्न ५ महिना मात्र बाँकी छ । यस अवधिमा काम नसकिए सरकारी निकाय समय थप्ने तयारीमा छ । फ्लाइओभरका लागि सडक भत्काएर निर्माण थालेसँगै कोटेश्वर–सातदोबाटो–कलंकी सडक खण्ड भई ओहोरदोहोर गर्ने यात्रुले दैनिक सास्ती खेप्नुपरेको छ । यसले गर्दा घण्टौं ट्राफिक जाम हुँदा समयमै गन्तव्यमा पुग्न समस्या हुने गरेको छ ।

ग्वार्को फ्लाइओभर निर्माणका लागि ठेक्का सम्झौता भएको १९ महिना बित्दा देखिने गरी काममा केही प्रगति भएको छैन । जब ...

सरकारले गत भदौ १० मा ललिता निवास प्रकरणमा संलग्न २८९ र मृत्यु भएका थप २१ लाई प्रतिवादी बनाई अभियोगपत्र दर्ता गरेको थियो ...
27/09/2023

सरकारले गत भदौ १० मा ललिता निवास प्रकरणमा संलग्न २८९ र मृत्यु भएका थप २१ लाई प्रतिवादी बनाई अभियोगपत्र दर्ता गरेको थियो । जसमा नेपाल, भट्टराई र पौड्यालको नाम छैन । मन्त्रिपरिषद्को निर्णय र प्रस्तावमा संलग्न माथिल्लो तहका पदाधिकारीविरुद्ध पनि अनुसन्धान गर्नू भन्ने सर्वोच्चको नजिरलाई बेवास्ता गर्दै सरकारले उनीहरूलाई उन्मुक्ति दिएको निवेदकको जिकिर छ । राजनीतिक शक्तिकेन्द्र र पहुँचदार व्यक्तिलाई शंकाको सुविधा दिने तर अड्डामा गई कानुनबमोजिम कर तिरी जग्गा खरिद–बिक्री गर्ने सर्वसाधारणलाई भने प्रतिवादी बनाई अभियोग दायर गर्ने सरकारको निर्णय संविधानको धारा १८ मा उल्लिखित समानताको हकविपरीत भएको प्रश्न अदालतमा उठेको थियो ।

सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा संलग्नमध्ये पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराई त...

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणी मुद्दामा आइतबार पनि सुनुवाइ भएन । अदालतले १ र ७ असोजमा गरी दुईपटक यो मु...
25/09/2023

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणी मुद्दामा आइतबार पनि सुनुवाइ भएन । अदालतले १ र ७ असोजमा गरी दुईपटक यो मुद्दा साप्ताहिक पेसी चढाएकोमा सुनुवाइ हुन सकेको छैन । ‘तत्काल न्यायाधीश अभावका कारण बेन्च बस्न नसकेको हो । हाम्रो एक नम्बरमा समेत तीनजनाभन्दा बढी न्यायाधीशको जिम्मेवारी परिवर्तन भइसकेको छ,’ काठमाडौं जिल्ला अदालतका एक अधिकृतले भने, ‘सरुवा हुनेबित्तिकै बेन्चबाट श्रीमान्हरू टाढै बस्नुहुन्छ । सरुवा भएर आउनुपर्ने न्यायाधीश आउनुभएको छैन । त्यसैले इजलास संख्या कम भएर थुप्रै मुद्दाको सुनुवाइ रोकिएको हो ।’

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणी मुद्दामा आइतबार पनि सुनुवाइ भएन । अदालतले १ र ७ असोजमा गरी

प्रदेशको श्रम, रोजगार तथा यातायात कार्यालयको कमजोरीका कारण अनलाइन भुक्तानी बन्द भएको स्रोत बताउँछ । अनलाइन भुक्तानीको सफ...
21/09/2023

प्रदेशको श्रम, रोजगार तथा यातायात कार्यालयको कमजोरीका कारण अनलाइन भुक्तानी बन्द भएको स्रोत बताउँछ । अनलाइन भुक्तानीको सफ्टवेयर बनाउने कम्पनीसँग सम्झौता नवीकरण नहुँदा सेवा बन्द भएको हो । मन्त्रालयले यति सानो विषयमा पनि गम्भीरता नदेखाउँदा लाखौँ सर्वसाधारणले दुःख पाएका छन् ।
‘यो प्रदेश मन्त्रालयको निकम्मापनको परिणाम हो,’ यातायात कार्यालयका एक कर्मचारी भन्छन्, ‘सफ्टवेयर कम्पनीसँग नवीकरणको विषय पहिले नै जानकारी हुन्छ, त्यति सानो कुरामा पनि ध्यान नदिनु उदेकलाग्दो छ ।’
प्रदेश यातायात मन्त्रालयका सचिव तीर्थराज भट्टराई नवीकरण नहुँदा हाल अनलाइन सेवा बन्द भएको र छिट्टै सञ्चालन गर्ने बताउँछन् । आफू पनि प्रदेश मन्त्रालयमा नयाँ भएको र अनलाइन भुक्तानी सेवालाई सञ्चालन गर्न लागिएको उनले बताए ।

सवारीसाधनको नवीकरण र सवारी करमा अनलाइन भुक्तानी प्रणाली बन्द हुँदा सर्वसाधारणले दुःख पाएका छन् भने

सुन तस्करी प्रकरण अहिले निकै चर्चामा छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै प्राविधिक तथा मानवीय संयन्त्रलाई अनुकुल...
17/09/2023

सुन तस्करी प्रकरण अहिले निकै चर्चामा छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै प्राविधिक तथा मानवीय संयन्त्रलाई अनुकुल बनाएर विमानस्थल भन्सार कार्यालयबाट समेत बाहिर निकालिएको एक सय केजी सुन तस्करीको यो प्रकरणमाथि विभिन्न आशंका छन्। त्यसैले यो तस्करीमा संलग्न फर्म तथा सरकारी र सुरक्षा अधिकारी मात्र होइन, यो सबैलाई गुपचुप पार्ने गिरोहका बारेमा थरिथरिका अनुमान सार्वजनिक भइरहेका छन्।

सुन तस्करी प्रकरण अहिले निकै चर्चामा छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै प्राविधिक तथा मानवीय संयन्त्....

राजधानीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा पनि पाँच वर्षसम्म किनारा लागेको छैन । राजधानी तोकिएको ठाउँ वन क्षे...
13/09/2023

राजधानीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा पनि पाँच वर्षसम्म किनारा लागेको छैन । राजधानी तोकिएको ठाउँ वन क्षेत्रमा पर्छ । जंगल भएको ठाउँमा राजधानी तोकिएको भन्दै प्रदेश सभाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा त्यतिवेला दुईवटा मुद्दा परेका थिए । जैविक मार्गमा राजधानी तोकिएको र सुदूरपश्चिमका सबै नागरिकलाई पायक पर्ने ठाउँमा नभएको भन्दै दिपायलमा राजधानी हुनुपर्ने मागसहित मनीषकुमार श्रेष्ठ र देवीकुमारी जोशीले रिट दायर गरेका थिए ।

स्थायी राजधानी तोकिएको गोदावरीको जग्गा भोगाधिकार अझै प्रदेशलाई आएन, फाइल सिंहदरबारमै अड्कियो   सुदूरपश्चिम

हरेक दिन अन्तर्राष्ट्रिय विमानस्थलमा उज्ज्वल भविष्यको सपनासहित श्रम बेच्न बिदेसिने युवाको मेला लाग्छ । वृद्ध आमाबुबा, गर...
10/09/2023

हरेक दिन अन्तर्राष्ट्रिय विमानस्थलमा उज्ज्वल भविष्यको सपनासहित श्रम बेच्न बिदेसिने युवाको मेला लाग्छ । वृद्ध आमाबुबा, गर्भवती पत्नी, नाबालक छोराछोरीसहितका आफन्तसँग विछोडको दृश्य दर्दनाक देखिन्छ । स्वदेशमै भविष्यप्रति आश्वस्त हुन नसकेका युवाको पलायनले देशको सिंगो चित्र देखाउँछ ।

हरेक दिन अन्तर्राष्ट्रिय विमानस्थलमा उज्ज्वल भविष्यको सपनासहित श्रम बेच्न बिदेसिने युवाको मेला लाग्छ । वृद्ध

Address


Website

Alerts

Be the first to know and let us send you an email when Seven Stones posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share