Aertell.com

Aertell.com Discover photos, trending hashtags, businesses and people around you.

Looking for a good book to read this December? Here's the 12 best books considered to be the best work of literature eve...
07/12/2019

Looking for a good book to read this December? Here's the 12 best books considered to be the best work of literature ever written.

At Aertell Blogs, we have compiled a list of books considered by literary critics and avid readers as the best books ever written. People have different opinion on what defines "best", but these are the ones one must read in their lifetime.

K20 Pro launched in Nepal.
04/09/2019

K20 Pro launched in Nepal.

Is this the best affordable flagship? The Redmi K20 Pro delivers a 48MP+8MP+13MP triple camera and motorized 20MP pop-up selfie camera with 6.39-inch FHD + AMOLED display and long-lasting 4000mAh battery.

हरितालिका तीज २०७६ को अवसरमा एअरटेल परिवार सम्पूर्ण नेपालीमाझ दिर्घायु र सुस्वास्थ्यको कामना गर्न चाहन्छ | आशा छ पति र प...
02/09/2019

हरितालिका तीज २०७६ को अवसरमा एअरटेल परिवार सम्पूर्ण नेपालीमाझ दिर्घायु र सुस्वास्थ्यको कामना गर्न चाहन्छ | आशा छ पति र परिवारको लागि ब्रत बस्नुहुने सम्पूर्ण महिलाहरुको कामना पुरा हुन् |

मुद्दा अझै टुङ्गिन बाँकी, रवि समर्थकले पेज लाईक गरौ, रविलाई न्याय दिलाउन मद्दत पुग्ने छ |
26/08/2019

मुद्दा अझै टुङ्गिन बाँकी, रवि समर्थकले पेज लाईक गरौ, रविलाई न्याय दिलाउन मद्दत पुग्ने छ |

हेर्नुहोस् रवि लामिछानेले के भने त जेलबाट छुट्ने बित्तिकै फेसबुक लाइभ मार्फत, भोलिको सभामा महत्वपुर्ण रहस्य खुल....

New image design for Rabi Lamichhane's support.
21/08/2019

New image design for Rabi Lamichhane's support.

----- राम्रो लेख लाग्यो पढेर आफ्नो प्रतिक्रिया दिनुहोला-----पछिल्लो समय सामाजिक संजालमा सालिकराम पुडासैनीको मृत्यु बारे ...
16/08/2019

----- राम्रो लेख लाग्यो पढेर आफ्नो प्रतिक्रिया दिनुहोला-----
पछिल्लो समय सामाजिक संजालमा सालिकराम पुडासैनीको मृत्यु बारे अत्यधिक चर्चा परिचर्चा भएपछि केहि नबोली बस्नै सकिनँ | बहस सलिकरामको हत्या या आत्महत्या भन्दा पनि चर्चित टिभी जर्नालिस्ट रबि लामिछानेको समर्थक र बिमर्थक बीचको देखिएको छ | उनका बिमर्थकहरुले उनलाई सानालाई मात्र हेप्ने, कार्यपालिका र न्यायपालिका आफैं बन्ने अनि ठुला मुद्दा कहिले नउठाएर ठुला माछा बाट पैसा असुल्ने चलाख भ्रस्ट भन्दै सजाय हुनुपर्ने भनेका छन् भने केहि पित पत्रकारिता गर्ने साथीहरुले नानाथरी clickbait समाचार बनाएर Youtube मा लाखौं views पनि प्राप्त गरेका छन् |

कतिपय समर्थकहरुले भने रविको दागरहित सफल व्यवशायिक इतिहास र उनले गरेका परिवर्तनकारी कुरा केलाउंदै मृत सालिकराम लाई नै मानसिक रोगि भनेका छन्, सालिकरामको भिडियोमा देख्दै नदेखिएका मानिस देखिए भन्न पनि भ्याएका छन्, common sense लाई खल्तीमा राखेर विश्लेषण गर्ने पनि धेरै देखिएका छन् र रबि लामिछाने को केसमा आफुलाई मन नपर्ने अभिव्यक्ति पोस्ट गर्नेहरुलाई निकै अश्लिल शब्द प्रयोग गर्दै गालि गरेका छन् | सामाजिक संजालमा चर्चित केहि व्यक्तिहरु (जसमा आफुलाई निकै बौद्दिक र प्रभाबशालि वक्ता ठान्ने र त्यस्ता कार्यक्रम जितेका वक्ता र actor/influencer पनि पर्नुहुञ्छ) ले त रबि को समर्थनमा जुलुस निकाल्न र चितवन जान कार्यक्रम आह्वान नै गरेका छन् |

तर घटनाको यथार्थ के हो ? सालिकरामको मृत्यु पछाडिको रहस्य के हो भनेर कुनै छानबिन हुन पनि नपाइ समर्थक र बिमर्थक बीचको वाकयुद्धले घटनाको निस्पक्ष छानबिनलाई भने निकै असर पर्ने भने निश्चित छ |
के नेपालको प्रहरी, अनुसन्धान बिभाग र सरकार निकै अक्षम भएकै हो त जसले सबै जनतालाई न्यायधिस बन्ने अवसर जुराइदियो | के हामि जनता छानबिनको क्रममा आफ्नो मुख थुनेर बस्न नसक्ने नै हो त | प्रधान न्यायधिसलाई नेताको आदेश नमानेकै भरमा महाभियोग लगाउँदा चुप लागेर बस्ने हामि सामाजिक राजनीतिक रुपमा त्यति धेरै सचेत भैसक्योउं ? सचेत भैसक्योउं भनौ भने लाउडा, वाइडबडी काण्डका भ्रस्टाचार देखि मन्त्रीहरुले सम्पतिको नाममा ३ तोला सुन देखाएर ४ करोड को गाडी चढेर हिडदा पनि कसैले सामाजिक संजालको भित्तो रंगाएको देखिएन, खोइ त त्यस बेला नेता को घर घेर्ने कार्यक्रम ? मन्त्रि हुँदा पाएको सरकारी गाडी सबैजसो नेताले पद जाँदा घर लगेर निजि नम्बर प्लेट हाल्छन, खोइ गाडी खोस्ने कार्यक्रम? नेताको सम्पति छानबिन गर्ने दबाब दिने कार्यक्रम खोइ?
आफैं चुरोटको ठुटो फुत्त भुँइमा फालेर सरसफाइको तरिका सिकाउनेहरुले संस्कार बदलेको पनि देखिएन | अरु त अरु यहि घटनामा प्रहरी प्रशासनले निस्पक्ष छानबिन गर्नुपर्यो भनेर कसैले बोलेको सुनिएको छैन, सबै जना एक अर्कालाई दोषारोपण गर्नमै व्यस्त छन् |

रबि दोषी या निर्दोष जे पनि हुन सक्छन, त्यो पत्ता लगाउने काम प्रहरी र सरकारको हो | सायद हामि जनताको कर्तव्य अनुसन्धानमा प्रत्यक्ष परोक्ष प्रभाव पर्ने अभिव्यक्ति नदीई तटस्थ बस्नु हो | जनता यसरि नै भेडाको बथान जसरि कुर्लने हो भने अनुसन्धानका क्रममा भोलि सालिकराम पिडित देखिए दोषीहरु जेल जाँदा पनि अवरोध सिर्जना हुन सक्छ वा स्व. सालिकराम लाइ कुनै माफिया समूहले हत्या गरेर झुन्ड्याएको रहेछ भने (जुन कुरा पोस्टमार्टम रिपोर्ट बाट त थाहा भई हल्छा नि ) रबि जी माथि पनि निकै ठुलो खतराको आभास देखिने छ | आखिर रबि लामिछाने दोषी हुन् वा नहुन्, सामाजिक परिवर्तनमा उनले खेलेको भूमिका सराहनीय छ, आशाको बत्ति निभिसकेको कतिपय केसमा उनले उज्यालो छरिदिएका छन्|
र आखिरीमा- कतै सालिकरामको मृत्यु पछाडीको असली दोषी हामि आम जनता पो हौँ कि ? आखिर विगतमा भएका निर्णय र भबिस्यमा हुने निर्णय हामि सार्वभौमसत्ता सम्पन्न जनताबाटै derive हुने हो |


( धिरज प्रताप अधिकारीको Aertell Blogs मा प्रकाशित लेख बाट साभार केहि अंशमा आफ्नो बिचार सहित | )

On average, people have 7.6 active social media accounts.How many do you have?
04/08/2019

On average, people have 7.6 active social media accounts.
How many do you have?

29/07/2019

COMING SOON!

Address


Alerts

Be the first to know and let us send you an email when Aertell.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share

aertell.com

Photos, hashtags, ephemeral stories, trending news stories, nearby shops, restaurants and cafes - all are here.

Just aertell !