Bihana Pakha

Bihana Pakha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bihana Pakha, News & Media Website, .

हिमाच्छिादित सेता पर्वतमालाले मुस्ताङको परिचयमा छटा थपेको थियो। तर यी आँखैअगाडि हराउँदै गए। मुस्ताङको तल्लो भेगमा मात्र ...
01/09/2024

हिमाच्छिादित सेता पर्वतमालाले मुस्ताङको परिचयमा छटा थपेको थियो। तर यी आँखैअगाडि हराउँदै गए। मुस्ताङको तल्लो भेगमा मात्र होइन, माथिल्लो भेगमा पनि हिउँ खात लाग्न छाडेको धेरै भयो।

‘मुस्ताङका पर्वतमालामा मात्र होइन, डाँडाकाँडामा पनि बाह्रैमास हिउँ हुन्थे। बर्खायाममा पनि ढपक्क हिउँले डाकेका ...

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीको हवाई सुरक्षा सम्बन्धी व्यावसायिक योग्यताको जाँच गर...
25/08/2024

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीको हवाई सुरक्षा सम्बन्धी व्यावसायिक योग्यताको जाँच गर्न माग गर्दै सर्बोच्च अदालतसँग परेको निवेदनमाथि आज सुनुवाई हुँदैछ।

यस्तो माग राखेर दर्ता गर्न लगिएको रिट निवेदन दरपीठ गरिएपछि त्यसविरुध्द परेको निवेदनमाथि आज सुनुवाई हुने भएको छ। हाल महानिर्देशक पदमा कार्यरत अधिकारीको हवाई सुरक्षा सम्बन्धी व्यवसायीक योग्यता जाँच गरिपाउँ भनेर रिटमा माग गरिएको छ।

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीको हवाई सुरक्षा सम्बन्धी व्यावसाय....

‘कसैले बदमासी गरेमा दण्ड, सजाय र जरिवाना हुन्छ, तर त्यो घाँटी काटेर हुँदैन । घाँटी काट्ने भनेको अन्तिम विकल्प हो । बक्यौ...
18/08/2024

‘कसैले बदमासी गरेमा दण्ड, सजाय र जरिवाना हुन्छ, तर त्यो घाँटी काटेर हुँदैन । घाँटी काट्ने भनेको अन्तिम विकल्प हो । बक्यौता तिरेनन् भनेर उद्योगमा लाइन काट्नु पनि मान्छको घाँटी काट्नुसरह हो,’ उनले भने, ‘उद्योगमा श्रमिक होलान् । दिनभर काम गरेर राति खाने आश्रित वर्ग पनि होलान् । उद्योगको उत्पादन होला र सरकारलाई राजस्व पनि संकलन होला ।’

सवा आठ अर्ब विद्युत् बक्यौता नतिर्ने उद्योगीहरूको पक्षमा ऊर्जामन्त्री खड्काको अस्वाभाविक

र्नामा ९ महिनादेखि ट्रान्सक्रिप्ट नपाएका बीएडका विद्यार्थीहरु पनि सहभागी छन् । उनीहरु बिहीबार बेलुकी ६ बजे धर्ना सुरु गर...
16/08/2024

र्नामा ९ महिनादेखि ट्रान्सक्रिप्ट नपाएका बीएडका विद्यार्थीहरु पनि सहभागी छन् । उनीहरु बिहीबार बेलुकी ६ बजे धर्ना सुरु गरेपछि परीक्षा नियन्त्रण कार्यालयका प्रशासन प्रमुखले सात बजेभित्रै ट्रान्सक्रिप्ट प्रिन्ट गरेर ल्याइदिएका थिए ।

धर्नामा बसेका विद्यार्थी प्रदीप भण्डारी भन्छन्, ‘जसले नौ महिनासम्म ट्रान्सक्रिप्ट दिन सक्दैनौं भनेको छ, उसैले नै हामी धर्ना बसेको एक घण्टामै ट्रान्सक्रिप्ट प्रिन्ट गरेर ल्याइदिन्छ भने पनिकाले चाहेमा छिटो दिन सक्ने रहेछ नि ।’

३२ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको ९ महिनासम्म पनि ट्रान्सक्रिप्ट उपलब्ध नगराएक...

दुग्ध बजारमा निजी उद्योगले हिस्सा बढाइरहँदा सरकारी स्वामित्वको डिडिसी भने किसानबाट दुध किनेको डेढ अर्ब भुक्तानी गर्न नसक...
12/08/2024

दुग्ध बजारमा निजी उद्योगले हिस्सा बढाइरहँदा सरकारी स्वामित्वको डिडिसी भने किसानबाट दुध किनेको डेढ अर्ब भुक्तानी गर्न नसकेर थला परेको छ, उल्टै किसानको बक्यौता तिर्न सरकारले दिएको बजेट पनि कर्मचारीको तलब–भत्तामा खर्चिएर मस्ती गर्दै छ ।

दुग्ध बजारमा निजी उद्योगले हिस्सा बढाइरहँदा सरकारी स्वामित्वको डिडिसी भने किसानबाट दुध किनेको डेढ अर्ब

गत वर्ष चाडबाडमा अभाव रोक्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्...
11/08/2024

गत वर्ष चाडबाडमा अभाव रोक्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई १०/१० हजार टन आयातको जिम्मा दिएको थियो । चिनी आयात गर्दा सरकारी संस्थानलाई ५० प्रतिशत भन्सारदर छुट थियो । गत बर्षको तिहार र छठकै लागि जीटूजी (सरकार–सरकार) बाट आयात गर्ने भनिए पनि अन्ततः खाद्य र साल्टले महँगो परेको भन्दै ल्याएनन् । चिनी आयात नभएपछि मन्त्रालयले निजी क्षेत्रका लागि खुला गर्‍यो ।

उद्योगीहरूले औद्योगिक प्रयोजनका लागि पनि आयात गर्न नचाहेको महँगो मूल्यको चिनी उपभोक्तालाई बिक्री गर्ने प्रयोज....

यौन शोषणको मुद्दामा मिलापत्र गरेको प्रमाण हुँदाहुँदै पनि निर्वाचन आयुक्त पदमा सिफारिस गरिएका कृष्णमान प्रधानलाई अनुमोदन ...
29/07/2024

यौन शोषणको मुद्दामा मिलापत्र गरेको प्रमाण हुँदाहुँदै पनि निर्वाचन आयुक्त पदमा सिफारिस गरिएका कृष्णमान प्रधानलाई अनुमोदन गर्ने कि अस्वीकृत भन्नेबारे संसदीय सुनुवाइ समितिले सोमबार निर्णय लिँदै छ । सांसदहरू विवेकले निर्णय गर्छन् कि दबाबमा चल्छन् भन्ने अनिश्चित छ ।

यौन शोषणको मुद्दामा मिलापत्र गरेको प्रमाण हुँदाहुँदै पनि निर्वाचन आयुक्त पदमा सिफारिस गरिएका कृष्णमान प्रधानल...

एमाले सांसद नैनकला थापाले संविधानले कक्षा १२ सम्म अनिवार्य र निःशुल्क शिक्षा भनेको उल्लेख गर्दै यसपछि पनि स्नातक तहसम्म ...
26/07/2024

एमाले सांसद नैनकला थापाले संविधानले कक्षा १२ सम्म अनिवार्य र निःशुल्क शिक्षा भनेको उल्लेख गर्दै यसपछि पनि स्नातक तहसम्म नेपालमै पढाउनुपर्ने बताइन् । ‘कक्षा १२ सम्म राज्यको दायित्व हो । यो दायित्व कति पूरा भएको छ वा छैन हेरौं’, उनले भनिन्, ‘तर अब कक्षा १२ पास गर्नेबित्तिकै विदेश पढ्न जान पाउने व्यवस्था रोकौं र कम्तीमा स्नातक पास भएको हुनुपर्ने भनौं ।’

१० साउन, काठमाडौं । सरकारी तथ्यांक अनुसार हरेक वर्ष एक लाखभन्दा बढी नेपाली विद्यार्थी अध्ययनका लागि विदेशिने गरे...

नेपालगन्ज–१७ परस्पुरकी निर्मलाको शंकास्पद मृत्यु र सम्पत्ति हड्प्नुमा बादशाह कुर्मीको संलग्नता रहेको भन्दै बाँकेकै अधिका...
24/07/2024

नेपालगन्ज–१७ परस्पुरकी निर्मलाको शंकास्पद मृत्यु र सम्पत्ति हड्प्नुमा बादशाह कुर्मीको संलग्नता रहेको भन्दै बाँकेकै अधिकारकर्मी रुवी खानले निरन्तर आन्दोलन गर्दै आइरहेकी छन् । राजनीतिक दलको आडमा अनुसन्धान नगरिएको भन्दै २०७८ सालमा खानसहित बाँकेका १४ जना तीन साता पैदल यात्रा गर्दै काठमाडौं पुगेर माइतीघर मण्डलमा आन्दोलन र धर्ना दिएका थिए । उनीहरूको आन्दोलनमा मानवअधिकारकर्मी, पेशाकर्मी, बुद्धिजीवीलगायतले ऐक्यबद्धता जनाएपछि गृह मन्त्रालयले सहसचिव रेग्मीको नेतृत्वमा छनबिन समिति गठन गरेको थियो ।

बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित बादशाह कुर्मीलाई लुम्बिनी.....

नेपाल रेडक्रस सोसाइटी अन्तर्गत केन्द्रसहित ७३ जिल्लामा एक सय ८ वटा रक्त सञ्चार केन्द्र छन्। तर यी सबै अवैध हुन्। रेडक्रस...
22/07/2024

नेपाल रेडक्रस सोसाइटी अन्तर्गत केन्द्रसहित ७३ जिल्लामा एक सय ८ वटा रक्त सञ्चार केन्द्र छन्। तर यी सबै अवैध हुन्। रेडक्रस सोसाइटीमा भएको बदमासीबारे छानबिन गर्न समाज कल्याण परिषद् गठन गरेको छानबिन समितिको अनुसन्धान प्रतिवेदनमा ‘नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रहरूमा कानुनी परिपालन सम्बन्धी गम्भीर जोखिम तथा त्रुटि रहेको उल्लेख छ।

काठमाडौँ : नेपाल रेडक्रस सोसाइटी अन्तर्गत केन्द्रसहित ७३ जिल्लामा एक सय ८ वटा रक्त सञ्चार केन्द्र छन्। तर यी सबै अ...

'साना माछा' मात्रै डामेको आरोप खेप्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय ठूला भ्रष्टाचारमै हात हालेर ‘ह...
17/07/2024

'साना माछा' मात्रै डामेको आरोप खेप्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय ठूला भ्रष्टाचारमै हात हालेर ‘हाइप्रोफाइल’लाई मुद्दा चलाएको छ । ठूला भ्रष्टाचारका उजुरीमाथि छानबिन गरेर उपल्लो तप्काका राजनीतिक व्यक्ति, पदाधिकारीदेखि कर्मचारीसम्मलाई मुद्दा अभियोजन गरेको हो ।

भ्रष्टाचारको आयतन, बिगोको आकार र प्रतिवादीको पदीय हिसाबमा विगतभन्दा तुलनात्मक ठूला मुद्दा दायर 'साना माछा'

शिलापत्रसँग कुराकानी गर्दै सचिव पोखरेलले अध्यक्ष ओलीले प्रचण्डमाथि प्रश्न उठाउने क्रममा आन्तरिक र बाह्य कारणहरू जोडेका थ...
10/07/2024

शिलापत्रसँग कुराकानी गर्दै सचिव पोखरेलले अध्यक्ष ओलीले प्रचण्डमाथि प्रश्न उठाउने क्रममा आन्तरिक र बाह्य कारणहरू जोडेका थिए । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको सरकार ढलेकोप्रति गम्भीर असहमति प्रकट गरेका थिए । छलफलका क्रममा ओलीले सभामुख कृष्णप्रसाद धितालले राजीनामा दिएर मत दिएको भए अधिकारीको सरकार बच्ने तर्क गरेका थिए । त्यसमा सभामुख धितालले राजीनामा नदिनुको कारण प्रचण्डसँग खोजेका थिए । त्यति मात्र होइन, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई सरकारबाट हटाउन चाहेको पनि प्रकट गरेका थिए ।

माओवादी केन्द्रका सचिव लीलामणि पोखरेलले सरकार ढाल्न ओलीले सात कारण देखाएको बताएका छन् । १७ असार बिहान साढे ३ घण्.....

संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच संविधान संशोधन एजेन्डासहित ‘राष्ट्रिय सरकार’ बनाउने सहमति भए पनि प्रधानमन्त्री प...
03/07/2024

संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच संविधान संशोधन एजेन्डासहित ‘राष्ट्रिय सरकार’ बनाउने सहमति भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल मार्गप्रशस्त नगर्ने भएका छन् । दाहालले पदबाट राजीनामा नदिने र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकार नछाड्ने अडान लिएसँगै सत्ता हस्तान्तरण लम्बिन सक्ने भएको छ ।

संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच संविधान संशोधन एजेन्डासहित ‘राष्ट्रिय सरकार’ बनाउने सहमति भए पनि प्रधा.....

सामाजिक सञ्जालहरूको प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्यलाई हानि पु‍र्‍याउन सक्ने हुँदा सुर्ती र रक्सीका उत्पादनहरूमा...
28/06/2024

सामाजिक सञ्जालहरूको प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्यलाई हानि पु‍र्‍याउन सक्ने हुँदा सुर्ती र रक्सीका उत्पादनहरूमा जस्तै सामाजिक सञ्जालमा पनि ‘स्वास्थ्यका लागि हानिकारक छ’ भन्ने चेतावनीका लेबल राख्न चिकित्सकहरूको माग
विश्वप्रसिद्ध वैज्ञानिक जर्नल जामा साइक्याट्रीमा प्रकाशित एक अनुसन्धनात्मक लेखमा दाबी गरिएअनुसार दिनमा तीन घण्टाभन्दा बढी सामाजिक सञ्जालमा समय बिताउने किशोरकिशोरीहरूमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको पाइएको छ ।

हरेक उमेर, लिंग, समुदाय, भाषा र देशका व्यक्तिका लागि कुनै न कुनै सामाजिक सञ्जाल अहिले अपरिहार्य आवश्यकताका रूपमा व...

सुदूरपश्चिम प्रदेश ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’कैलालीले मिलेमतोमा निश्चित कम्पनीलाई टेन्डर दिएर करिब १० करोडमा...
19/06/2024

सुदूरपश्चिम प्रदेश ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’कैलालीले मिलेमतोमा निश्चित कम्पनीलाई टेन्डर दिएर करिब १० करोडमा ६१ वटा अल्ट्रासाउन्ड मेसिन खरिद गर्नेगरी आह्वान गरेका टेन्डर रद्द गरेको छ।

केन्द्रले मिलेमतोमा पाँच करोड भन्दा कम मूल्यमा आउने ६१ वटा अल्ट्रासाउन्ड मेसिन करिब १० करोड भन्दा बढी रकममा किन्न खरिद प्रक्रिया अगाडि बढाएको थियो।

काठमाडौँ : सुदूरपश्चिम प्रदेश ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’कैलालीले मिलेमतोमा निश्चित कम्पनीलाई टेन...

आफ्नो खातामा अवैध रूपमा जम्मा गरेको रकम एजेन्टमार्फत भुक्तानी दिलाएर अवैध रकम स्थानान्तरण गर्दै आएका थिए । साथै, आन्तरिक...
12/06/2024

आफ्नो खातामा अवैध रूपमा जम्मा गरेको रकम एजेन्टमार्फत भुक्तानी दिलाएर अवैध रकम स्थानान्तरण गर्दै आएका थिए । साथै, आन्तरिक रेमिट्यान्समा वालेट कम्पनीहरूलाई प्रतिबन्ध रहेकोमा उनीहरूले करोडौँको कारोबार गरेका थिए । धेरै रकम पे–वेल नेपाल प्रालिबाट भएको छ । जसमा सत्येन्द्र श्रेष्ठ, नेपालभूषण चन्द, पाल्साङ लामालगायत सञ्चालक रहेका छन् ।

पे–वेलबाट करिब ७० अर्ब र सजिलो पेमार्पmत करिब २४ अर्बबराबर अवैध कारोबार भएको सिआइबीको निष्कर्ष, सुन तस्करीको

चीनले नेपाली सेनालाई दिएका मापदण्ड फेल गाडी दर्ता गर्ने व्यवस्था आर्थिक विधेयकमा राखिएको विषयमा संसदमा नेपाली कांग्रेसले...
10/06/2024

चीनले नेपाली सेनालाई दिएका मापदण्ड फेल गाडी दर्ता गर्ने व्यवस्था आर्थिक विधेयकमा राखिएको विषयमा संसदमा नेपाली कांग्रेसले प्रश्न उठाएको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका महामन्त्री गगन थापाले अर्थमन्त्री वर्षमान पुनलाई सो विषयमा प्रश्न गरेका हुन् ।

२३ जेठ, काठमाडौं । चीनले नेपाली सेनालाई दिएका मापदण्ड फेल गाडी दर्ता गर्ने व्यवस्था आर्थिक विधेयकमा राखिएको विषय...

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार कामको खोजीमा स्थानीय तहमा गई बेरोजगारमा सूचीकृत हुने उनीजस्ता ८ लाख ...
05/06/2024

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार कामको खोजीमा स्थानीय तहमा गई बेरोजगारमा सूचीकृत हुने उनीजस्ता ८ लाख ८५ हजार १ सय ५४ जना छन् । सबैभन्दा बढी महिला ५ लाख ३ सय ५४ जना र पुरुष ३ लाख ८४ हजार ७ सय ९ जना छन् । यो संख्यालाई रोजगारी दिन सक्ने रोजगारदाता छैनन् ।

स्थानीय तहमा सूचीकृत बेरोजगार र पाँच वर्ष अगाडि राष्ट्रिय श्रम सर्वेक्षणले भनेको बेरोजगारको संख्या लगभग उस्तै छ । श्रम सर्वेक्षण–१७/१८ का अनुसार पनि मुलुकभर ९ लाख ८ हजार बेरोजगार छन् । तर काम गर्न सक्ने १५ देखि ३४ वर्षका युवा भने २० लाख ७४ हजार (६९.१ प्रतिशत) छन् । यसमा पनि सबैभन्दा ठूलो बेरोजगार युवाको हिस्सा १५ देखि २४ वर्ष उमेर समूह (३८.१ प्रतिशत) छ । यसपछि २५ देखि ३४ वर्ष उमेर समूहका ३१.१ प्रतिशत बेरोजगार छन् । यो उमेर समूहसँग सीप, क्षमता र अनुभव नहुँदा अदक्ष कामदारको रूपमा वैदेशिक रोजगारी विकल्प बनिरहेको छ ।

कतारमा रहँदा कानेपोखरी गाँउपालिका–२, मोरङका पासाङ तामाङ हरेक महिना ३५ हजार रुपैयाँ नेपाल पठाउँथे । ओभरटाइमले क.....

बुटवल–नारायणगढ सडक विस्तारको काम गर्न २०७५ माघ २४ मा चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले २०७९...
03/06/2024

बुटवल–नारायणगढ सडक विस्तारको काम गर्न २०७५ माघ २४ मा चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले २०७९ साउन २२ गते सम्पन्न गर्नेगरी सम्झौता गरेको पाँच वर्ष बितिसक्दा पनि अलपत्र भएको छ।

विस्तारको काम शुरु गरिएको ४२ महिनाभित्र काम सक्ने गरी जिम्मा लिएको निर्माण कम्पनीले निर्धारित समयमा काम सम्पन्न गर्न नसक्दा अहिलेसम्म दुईपटक म्याद थप गरेर काम गरिएपनि विस्तारको काम अझै अलपत्र भएको हो।

लुम्बिनी - बुटवलनारायणगढ सडक विस्तारको काम गर्न २०७५ माघ २४ मा चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पो....

अर्थमन्त्री वर्षमान पुनले मंगलबार आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट हेटौंडा कपडा उद्योग सञ्चालन...
30/05/2024

अर्थमन्त्री वर्षमान पुनले मंगलबार आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने घोषणा दोहोर्‍याए ।

बजेट वक्तव्यको २८२ नम्बर बुँदामा भनिएको छ, ‘बन्द अवस्थामा रहेको विराटनगर जुट मिल, हेटौंडा कपडा उद्योग र गोरखकाली रबर उद्योग लगायतका उद्योग सार्वजनिक निजी साझेदारीमा सञ्चालनमा ल्याइनेछ ।’

१६ जेठ, हेटौंडा । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट हेट...

गत बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गर्‍यो । कान...
22/05/2024

गत बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गर्‍यो । कानूनतः मन्त्री नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेमा सरकारले ७६ दिनपछि (आज मंगलबार) सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एमाले) सहितका दलको समर्थन लिए । २३ सदस्यीय पुनर्गठित सरकारका २३ मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक नगरेपछि खबरहबले मन्त्रीको सम्पत्ति गुपचुप शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

काठमाडौं – गत बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर...

पक्राउ परेकामध्ये केभिना मुलागाले क्याप्सुल बनाई पेटभित्र राखेर एक केजी दुई सय ६० ग्राम कोकिन नेपाल ल्याएकी थिइन् । उनी ...
17/05/2024

पक्राउ परेकामध्ये केभिना मुलागाले क्याप्सुल बनाई पेटभित्र राखेर एक केजी दुई सय ६० ग्राम कोकिन नेपाल ल्याएकी थिइन् । उनी इथियोपियाबाट कतार हुँदै नेपाल आएकी थिइन् । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनलाई निगरानीमा राखी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअगाडिबाट गत ३० वैशाखमा पक्राउ गरेको थियो । अस्पतालमा लगेर उपचार पद्धतिबाट उनको पेटमा रहेको कोकिनका क्याप्सुल निकालिएको लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी गोविन्दप्रसाद थपलियाले बताए । उनीबाट करिब चार करोड रुपैयाँबराबरको कोकिन बरामद भएको छ ।

करिब सात करोड रुपैयाँबराबरको लागुऔषध कोकिनसहित तीन विदेशी महिला काठमाडौंमा पक्राउ परेका छन् । लागुऔषध

‘म तीन सातादेखि ललितपुर महानगरतिर छिरेको थिइनँ, तर भ्यानमा कोठा सर्ने मान्छेको भाँडाकुँडा लिएर पारि जान लागेको त रोकेर क...
07/05/2024

‘म तीन सातादेखि ललितपुर महानगरतिर छिरेको थिइनँ, तर भ्यानमा कोठा सर्ने मान्छेको भाँडाकुँडा लिएर पारि जान लागेको त रोकेर कर तिर्न दबाब दिए’, चालक धमलाले अनलाइनखबरसँग भने, ‘अब कोठा सरेको सामान बोकेर हिँड्दा पनि कर कसले तिर्छ भन्दा, नतिरेसम्म गाडी छाड्दिन भनेपछि रिस उठिहाल्छ नि !’

२४ वैशाख, काठमाडौं । काठमाडौं शंखमुलबाट च्यासल हुँदै ललितपुर महानगर छिर्न लागेको ‘हात्ती गाडी’ चालक सुबोध धमलाल....

देशको खेलकुद क्षेत्र भद्रगोल बनेको छ । २४ जिल्लामा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्रशिक्षक नै छैनन् । बरु, पहुँचका आ...
05/05/2024

देशको खेलकुद क्षेत्र भद्रगोल बनेको छ । २४ जिल्लामा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्रशिक्षक नै छैनन् । बरु, पहुँचका आधारमा एकै जिल्लामा एकै खेलका १६ जनासम्म प्रशिक्षक ‘जागिर’ खाइरहेका छन् । प्रशिक्षक नहुँदा खेलाडी उत्पादनमै समस्या देखिएको छ ।

राखेपले दुर्गममा प्रशिक्षक नै खटाएको छैन, सुगममा पहुँचका आधारमा एकै जिल्लामा एकै खेलका १६ जनासम्म प्रशिक्षक

महोत्तरीको मटिहानी नगरपालिकास्थित जरलहवा बस्तीमा आगलागी हुँदा ‘बस्ने बास र खाने गाँस’ गुमाएका अग्नीपीडितलाई नेपाल भारत म...
01/05/2024

महोत्तरीको मटिहानी नगरपालिकास्थित जरलहवा बस्तीमा आगलागी हुँदा ‘बस्ने बास र खाने गाँस’ गुमाएका अग्नीपीडितलाई नेपाल भारत मैत्री संघले राहत वितरण गरेको छ ।

संघको केन्द्रीय कार्यालयको प्रतिनिधी टोलीले आगलागी क्षेत्रमा उपस्थितभइ १०५ परिवारको लागि राहत वितरण गरेको जानकारी दिएको छ। संघका महासचिव बोधकृष्ण सुबेदीका अनुसार २१० वटा मक्षडदानी झुल, तन्ना र कच्चा कपडा सेट वितरण गरेको बताएका हुन्।

काठमाडौँ- महोत्तरीको मटिहानी नगरपालिकास्थित जरलहवा बस्तीमा आगलागी हुँदा बस्ने बास र खाने गाँस गुमाएका अग्नीपीड...

अहिले मन्दीको नाममा नियमित कमाइ भइरहेका व्यक्तिहरूले समेत कर्जा तिर्न आनाकानी गर्ने खतरनाक प्रवृत्ति हाबी हुँदैछ। र सरका...
24/04/2024

अहिले मन्दीको नाममा नियमित कमाइ भइरहेका व्यक्तिहरूले समेत कर्जा तिर्न आनाकानी गर्ने खतरनाक प्रवृत्ति हाबी हुँदैछ। र सरकारले अविलम्ब यस्तो प्रवृत्ति निरुत्साहित गर्न आवश्यक कदम चाल्नुपर्ने देखिन्छ। अहिले बैंकहरूमा पैसा थुप्रिरहेको छ। बाहिरबाट आउने रेमिट्यान्समा प्रत्येक महिना रेकर्ड बनिरहेको छ। तर मानिसहरू असुरक्षा तथा मन्दीको हल्लाको कारण खर्च गर्न डराइरहेका छन्। यस्तो अवस्थामा सरकारले बजारमा पैसा पठाउनको लागि विभिन्न स्किमहरूको घोषणा गर्न सक्दथ्यो। जस्तो कुनै निश्चित क्षेत्रमा लगानी गर्ने र रोजगारी सिर्जना गर्ने उद्योग खोल्नेहरूको लागि कर छुट तथा अन्य केही व्यवस्थाहरू। निजी क्षेत्रले समेत सरकारलाई गाली गरेर समय खेर फाल्नुको साटो विभिन्न स्किमहरू ल्याएर वा उनीहरूको चाहनाअनुसारको वस्तुहरूको पूर्ति गरेर बजारमा रौनक ल्याउनुपर्नेमा त्यसो हुन सकिरहेको छैन।

गत साता पश्चिम नेपाल भ्रमणको बेलामा धेरै व्यक्तिहरूसँग अन्तरक्रिया गर्ने मौका मिल्यो। अधिक

नेपालमा इसिगरेट र हुक्काका प्रयोगकर्ताको यकिन विवरण नभए पनि पाँच वर्षमा साढे ३५ लाख थानभन्दा बढी इसिगरेट आयात भएको तथ्या...
22/04/2024

नेपालमा इसिगरेट र हुक्काका प्रयोगकर्ताको यकिन विवरण नभए पनि पाँच वर्षमा साढे ३५ लाख थानभन्दा बढी इसिगरेट आयात भएको तथ्यांक छ । भन्सार विभागको तथ्यांकअनुसार पाँच वर्षमा ३५ लाख ६९ हजार पाँच सय ६३ थान इसिगरेट नेपाल भित्रिएको छ । जसमा २३ करोड ४० लाख सात हजार रुपैयाँ (थप ४१ प्रतिशत करबाहेक) बिदेसिएको छ । विभागको तथ्यांकअनुसार चालू आवको पछिल्लो आठ महिनामा मात्रै एक लाख २८ हजार ६ सय ६५ थान इसिगरेट आयात भइसकेको छ । आर्थिक वर्ष ०७९/८० मा ३२ लाख २३ हजार ६ सय ८७ थान, आव ०७८/७९ मा एक लाख ८७ हजार नौ सय ८४, आव ०७७/७८ मा २९ हजार २८ र आव ०७६/७७ मा दुई सय थान नेपाल ल्याएको तथ्यांक छ ।

नेपाली युवायुवतीमा पछिल्लो समय इसिगरेट र हुक्का सेवन फेसनजस्तै बनेको छ । यस्ता वस्तुमा निकोटिन नहुने र

चीन जो लामो समयदेखि दक्षिण एसियामा भारतको प्रभाव कम गर्न प्रयास गरिरहेको छ । कतिपय कारणले बंगलादेशको राष्ट्रिय राजनीतिमा...
16/04/2024

चीन जो लामो समयदेखि दक्षिण एसियामा भारतको प्रभाव कम गर्न प्रयास गरिरहेको छ । कतिपय कारणले बंगलादेशको राष्ट्रिय राजनीतिमा विवादास्पद भावनाहरू हावी छन् । बेइजिङ केवल यस क्षेत्रमा नयाँदिल्लीको परम्परागत प्रभावलाई तोड्न चाहन्छ र यसको वास्तविकतामा भारतको रणनीतिक लाभ कम गर्न चाहन्छ ।

चीनको लक्ष्य भने वरपरको क्षेत्रीय प्रभुत्वको रूपमा आफ्नो स्थिति विस्तार गर्न र आफ्नो परम्परागत प्रभावहरूबाट शक्तिको विस्तार गर्न लागिपरेको छ। यी महत्वाकांक्षाहरू हालका दिनहरूमा स्पष्ट रूपमा स्पष्ट भएका छन् । चीनको ढाका सेना उपकरणहरू सबैभन्दा ठूलो निर्यातक पनि छ र उसले आफ्नो प्रभाव उत्पादनका लागि देशका विभिन्न भागहरूलाई ऋण दिएको छ ।

चीन जो लामो समयदेखि दक्षिण एसियामा भारतको प्रभाव कम गर्न प्रयास गरिरहेको छ ।

कोषमा कार्यरत भट्टराईले ती कित्ताका जग्गा खरिद गर्न लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने बाबुल निर्माण सेवाका प्रोपाइ...
08/04/2024

कोषमा कार्यरत भट्टराईले ती कित्ताका जग्गा खरिद गर्न लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने बाबुल निर्माण सेवाका प्रोपाइटर सफिक अहमदसँग घुस/रिसवत माग गरेका थिए । प्रोपाइटरकै बैंक खाताबाट जग्गा बिक्रेताको खातामा ४० लाख र जग्गा खोजिदिने व्यक्तिको बैंक खातामा अर्को ४० लाख गरी कुल ८० लाख रुपैयाँ रकम जम्मा गराइदिएको खुलेको अख्तियारले जनाएको छ । कोषका इन्जिनियर भट्टराईले भनेअनुसार जग्गा खोजिदिने व्यक्तिले प्राप्त गरेको ४० लाखमध्ये ३८ लाख सात हजार दुई सय रुपैयाँसमेत जग्गा बिक्रेताकै बैंक खातामा जम्मा गराएको भेटिएको छ । बाँकी रकम उनले कमिसनका रूपमा लिएको देखिन्छ ।

अख्तियारको आरोपपत्र : जग्गा विक्रेताले समेत ती जग्गा बिक्री गरेको देखिँदा सरोज भट्टराईले कोषमा ठेक्कापट्टाको

सडक विस्तारको काम अन्तिम चरणमा पुग्दा पनि अझैं विद्युत प्राधिकरणले पोल सार्ने काम सकेको छैन । प्राधिकरणले विद्युतको पोल ...
04/04/2024

सडक विस्तारको काम अन्तिम चरणमा पुग्दा पनि अझैं विद्युत प्राधिकरणले पोल सार्ने काम सकेको छैन । प्राधिकरणले विद्युतको पोल नसारिदिएपछि नारायणगढको पुल्चोक क्षेत्रको दक्षिणतर्फको सव लेनमा सडक डिभिजनले विद्युत पोल बीचमा नै राखेर कालोपत्र गरेको छ । त्यसका लागि सडक निर्माणको ठेक्का पाएको सगुन कन्स्र्टक्सनले प्राइमरसमेत गरिसकेको छ ।

२२ चैत, चितवन। चितवनको नारायणगढ बजार निकै व्यस्त मानिन्छ । यहीँ बजार क्षेत्रमा सडक साँघुरो भएको भनेर नारायणगढको .....

Address


Website

Alerts

Be the first to know and let us send you an email when Bihana Pakha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share