07/05/2024
एउटा क्यामेरा र माइक्रोफोन बोकेर अरुले बोलेको कुरा जस्ताको त्यस्तै हाल्ने व्यक्ति पत्रकार नभई मानव रेकर्डर हो। पछिल्लो समय नयाँ मिडियाका नाममा मात्र नभई मूलधारकै मिडियामा पनि सबै होइन धेरै हामी मानव रेकर्डर बनिरहेका छौँ। एउटा पत्रकारले समाज र राज्यको धारणा प्रति तथ्यका आधारमा बहस चिन्तन र पैरवी गर्नसक्ने क्षमता राख्नुपर्दछ। त्यसै राज्यको चौथो अङ्ग समाजको दर्पण भन्ने जस्तो गहन जिम्मेवार अनि संवेदनशील शब्दको दुरुपयोग गर्न मिल्दैन। सेतो एप्रोन लगाएर सिरिन्ज बोक्ने सबैलाई डक्टर, बर्दी लगाउने सबैलाई प्रहरी भन्दै जाने हो भने कस्तो अवस्था होला???
कुनै पनि क्षेत्र पेशा व्यवसायलाई मर्यादित र जिम्मेवार बनाउनका लागि राज्य निर्मम हुनैपर्छ। भीडले के भन्छ भन्दा पनि नीति कस्तो बन्छ र कसरी लागु हुन्छ भन्ने कुराले ठूलो अर्थ राख्दछ।
हामी जस्ताका कारणले आज वर्षौदेखि जिम्मेवार ढंगबाट पत्रकारिता गर्दै आउनुभएका मर्यादित सञ्चारकर्मीहरू माथि कस्तो असर परेको छ हामी सहज रुपमा बुझ्न सक्छौं तर हामीले बुझेर केही हुँदैन राज्यले बुझ्नुपर्दछ। मेरो लेखाई कुनै व्यक्ति वा समूहप्रति होइन। आजको समग्र अवस्थाप्रति हो। कसैले टाउको दुखाउन जरुरी छैन माओवादी कांग्रेस गठबन्धन भएको भोलिपल्टबाट सरकार ढल्ने संकेत भन्दै समाचार हेडलाइन बनाएका मिडियाहरूले अहिलेको नयाँ समीकरण बन्नुभन्दा एक घण्टा अगाडिसम्म पनि सोही हेडलाइन प्रसारण गरिरहेका थिए। अहिलेको समीकरण बनेको दिनबाट सरकार ढल्ने संकेत पुरानै समीकरण बिउँतने सम्भावना भन्दै समाचार सम्प्रेषण गरिरहेका मिडियाहरूले निरन्तर भनिरहनेछन्। वैशाख १ गतेबाट ज्योतिषीले चाँडै ठूलो पानी पर्ने सम्भावना छ प्रत्येक दिन भन्दै गएजस्तो र एकदिन पानी परे पछि देख्यौ मैले भनेको थिए नि भनेजस्तै अवस्था छ खास भन्ने हो भने मिडियासँग कुनै गतिलो सूचना छैन। आज समाचार रचना गरिन्छ। समाचार एउटा साहित्यको अर्को बिदा भएको छ। प्रक्षेपणको साधन भएको छ।