Hwangdi - हवाङ्दी

  • Home
  • Hwangdi - हवाङ्दी

Hwangdi - हवाङ्दी Malika Rural Municipality -3 Hwangdi, Gulmi

29/09/2023

फिल्म खेल्न भनेर पैसा लिएको तर पछि खेल्न नमानेको भन्दै आपराधिक विश्वासघातको कसुरमा अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ।

25/09/2023

सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता लिँदा नागरिकतामा बाबुको नाम नभए पनि हुने परमादेश जारी गरेको छ!

गुल्मीको  रेसुङ्गा  नगरपालिका वडा नम्वर तिन भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणधिन घर माथिबाट पहिरो खस्दा मजदुर प्युठा...
25/09/2023

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्वर तिन भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणधिन घर माथिबाट पहिरो खस्दा मजदुर प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्वर तीनका १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

25/09/2023

अन्दो समाजमा रतन्दो को बकवास
धेरै भोका पेटहरु छैन यहाँ कपास
छैन घरबार, तर ठडिन्छ दरबार
केही हुनेछैन आवोस जो सुकैको सरकार

22/09/2023

शिक्षक र सरकार बिचमा सहमति भएको छ भने हाललाई शिक्षकहरुले आन्दोलन फिर्ता लिएका छन्।

22/09/2023

डाक्टरले अस्पताल बन्द गर्ने ।
शिक्षकले स्कुल बन्द गर्ने ।
पार्टीले नेपाल बन्द गर्ने ।

हामी बेरोजगारले चै, दिनमा ५० चोटी फेसबूक खोल्ने र बन्द गर्ने 😆🥱
अनि हुन्छ त प्रगती?

©JokesNepal

22/09/2023

शिक्षकहरुले गरेको विद्यालय बन्दका कारण गुल्मीका ४९ हजार विद्यार्थीको पढाई प्रभावित भएको छ । जिल्ला शिक्षा तथा समन्वय इकाई गुल्मीका अनुसार बिहीबार जिल्लाका सबै सामुदायिक विद्यालयहरु बन्द भए ।
तर रेसुङ्गा नगरपालिकाका बिधालय भने नगरपालिकाको क्यालेन्डर अनुसार बिदा थिए।

21/09/2023

वार्ता निष्कर्षविहिन: नेपाल सरकार र शिक्षक बिचको वार्तामा नेपाल सरकारले सकारात्मक भएको भनेको छ भने औपचारिक सुनुवाइ नभए सम्म शिक्षकहरुले आन्दोलन स्थगित नगर्ने बताएका छन् ।

21/09/2023

दु:खद : तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला परेका छन् । जिल्लाकाे मदाने गाउँपालिका वडा नम्बर ६ का कपिल कुँवर मृत फेला परेका हुन् ।

20/09/2023

नेपालले संविधान पाएको ८ बर्ष भैसकेको त छ तर तपाई
चाहिँ कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

Happy Constitution Day to all. ❤️🇳🇵

12/09/2023

ारेज
मन्त्रिपरिषद्ले स्वीकृत गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा एसईईलाई राखिएको छैन । शिक्षा मन्त्रालय स्रोतका अनुसार एसईई हटाइएको छ । अब विद्यालय तहको अन्तिम परीक्षा १२ को हुनेछ ।

बिहिवार शोक विदा ।
12/09/2023

बिहिवार शोक विदा ।

पूर्वसभामूख सुवास नेम्वाङको हृदयाघातका कारण शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको छ।  #भावपूर्ण_श्रद्धाञ्जली
12/09/2023

पूर्वसभामूख सुवास नेम्वाङको हृदयाघातका कारण शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको छ। #भावपूर्ण_श्रद्धाञ्जली

10/09/2023

Sad news:- गुल्मीमा एउटै भुस्याहा कुकुरले टाेकेर छ जना घाइते भएका छन् । जिल्लाकाे सदरमुकाम तम्घासमा एउटा रातो खैरो रङको भुस्याहा कुकुरले आतंक मच्चाएको हो । आइतबार बिहान कार्यालय समयको समयमा क्षणभरमै ६ जनालाई टोकेर घाइते बनाएको छ ।

09/09/2023

२०७८ साउनदेखि २०८० साउनसम्मको दुई वर्षको अवधिमा करिब १५ लाख नेपाली युवा रोजगारका लागि विदेशिएका छन् ।

मान्छे हराएको सूचना यहि मिति २०८०/०२/२८ गते देखि डोर बहादुर रोका मगर नाम गरेको वर्ष ३३ को केटाकेटीको जस्तो व्यवहार गर्ने...
07/09/2023

मान्छे हराएको सूचना

यहि मिति २०८०/०२/२८ गते देखि डोर बहादुर रोका मगर नाम गरेको वर्ष ३३ को केटाकेटीको जस्तो व्यवहार गर्ने साडे चार फीट जति उचाई भएको व्यक्ती करिब ३ महिना देखि घर नआएको र आफन्त तथा नातागोताकामा खोज्दा समेत नभेटिएको भन्ने कुरा जानकारीमा आएकोले । कहि कतै देख्नुहुने वा भेट्नुहुने जो कोहिले निम्न लिखित फोन नँ. मा जानकारी गराईदिनु हुन अनुरोध गर्दछौं।

विनोद श्रीस:- ९८५७०७२६०२
चुरामणी घर्ती :- ९८४५३१३४०४
मिना खत्री :- ९८६६५६६१३७

06/09/2023

सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान र अहिलेको शासन व्यवस्थालाई नै चुनौती दिनेगरी स्थानीय सरकारका केही जनप्रतिनिधि सक्रिय भएपछि त्यसलाई नियन्त्रण गर्न सरकार लागिपरेको हो ।

05/09/2023

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको समयतालिका परिवर्तन गरेको छ । यसअघि ६ र ७ गते हुने भनिएको परीक्षा अब ९ र १० गते हुनेछ ।

05/09/2023

हिजो सोमबार दिउँसो तीन बजे विद्यार्थीले पढिरहेको समयमा सिमसिमे पानीसहित अचानक चट्याङ लागेपछि गुल्मीमा जिल्लाको मुसिकोट नगरपालिका-६ स्थित कुर्घा निम्न माध्यमिक विद्यालयका आठ जना विद्यार्थी घाइते भएका छन् ।

04/09/2023

मालिका गाउँपालिका ७ घमिरमा वडाध्यक्षले शिक्षकलाई कुटपिट गरेको कारण खुलेको छ।
बिस्तृत: घटना शिक्षक पन्थीकी श्रीमती जानकी पाण्डेयको यसअघि सोही वडाकै मैदानचौर प्राथामिक विद्यालयबाट बरारुख प्राथमिक विद्यालयमा सरुवा भएको बिषय थियो । उनकी श्रीमती प्राथामिक तहकी स्थायी शिक्षक हुन् । डेढ घण्टा टाढाको विद्यालयमा सरुवा भएपछि शिक्षकले वडाध्यक्षलाई अप्ठ्यारो भएको गुनासो ब्यक्त गरे । वडाध्यक्षले शिक्षकको सरुवा सामान्य प्रक्रिया भएको र सरुवा भइरहने बिषय भएको बताए । सोही क्रममा शिक्षकले वडाध्यक्ष माथि बोल्न नहुने शब्द प्रयोग गरेर गाली गरेको र त्यसपछि विवाद सुरु भएको बुझिएको प्रहरी चौकी मर्भुङ्गले जनाएको छ ।

04/09/2023

गुल्मीको मालिका गाउँपालिका-७ का वडाध्यक्षले वडाकै एक विद्यालयमा पढाउने शिक्षक कुटेका छन् । विस्तृतमा केही समयपछि....

03/09/2023

मालिका गाउँपालिका-२ दर्लिङ्गका ६० वर्षीय हीराबहादुर घर्ती राेकाकाे चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक किरण सापकोटाले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको भन्दै सिंहरबारमा आगो लगाउने धम्क...
03/09/2023

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको भन्दै सिंहरबारमा आगो लगाउने धम्की दिएका छन् । उनले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई चोरको संज्ञा समेत दिएका छन् ।

02/09/2023

ग्यास सिलिन्डरको मूल्य हिजो बाट रु. २३५ ले बढेर रु.१,८९५ प्रति सिलिन्डर पुगेको छ ।

02/09/2023

Breaking News :- बुटवलबाट गुल्मी आउँदै गरेको स्कार्पियाे पाल्पाको जाेर्तेमा दुर्घटना भएको छ । ६ जना घाइते भएका छन् । २ जनाको अवस्था मध्यम रहेको छ । स्कार्पियाे ब्रेक फेल भई सडकबाट करिब एक सय मिटर तल खसेको छ ।बाँकीको अवस्था सामान्य रहेको छ ।

Update on Palpa Accidentपाल्ला जिल्लाको जोर्तेमा तम्घास बाट बुटवल जाँदै गरेको  लु १ ज ४६०० नम्बरको स्कर्पियो पहिरोमा चाप...
30/08/2023

Update on Palpa Accident
पाल्ला जिल्लाको जोर्तेमा तम्घास बाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कर्पियो पहिरोमा चापिएको छ ।

३ जनाको मृत्यु भएको छ भने ८ जना घाइटे भएका छन

25/08/2023

Big News: नेपाल सरकारले SEE को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्म मिति सच्याउने समयावधि ६ महिनाबाट बढाएर ५ वर्ष बनाउने निर्णय गरेको छ। 😲

23/08/2023

दु:खद खबर:
काठमाडौं बाट पोखरा, बेनि हुँदै बाग्लुङ्ग जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएको धादिङ प्रहरीले जनाएको छ ।

गाउँपालिका बाट यस वडा नं. ३ हवाङ्दी वडा संचालन खर्च र वडाको विकासका योजनाहरु यस प्रकार रहेका छन ।
22/08/2023

गाउँपालिका बाट यस वडा नं. ३ हवाङ्दी वडा संचालन खर्च र वडाको विकासका योजनाहरु यस प्रकार रहेका छन ।

आगामी आर्थिक वर्ष २०८०/०८१ को गाउँपालिका को समग्र सबै बजेट विनियोजित बाहेक यस वडा नं. ३ हवाङ्दी मा बुदागत रुपमा विनियोजि...
22/08/2023

आगामी आर्थिक वर्ष २०८०/०८१ को गाउँपालिका को समग्र सबै बजेट विनियोजित बाहेक यस वडा नं. ३ हवाङ्दी मा बुदागत रुपमा विनियोजित भएको क्षेत्रगत कार्यक्रम र बजेट यस प्रकार रहेको छ । हामिले सजिलो होस् भनेर रातो टिक लगाइदिएका छौ अनि केही कुरा हरु रोचक रहेका छन सिधा भन्नू पर्दा अनावश्यक

मालिका गाउँपालिका को आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमहरु :
22/08/2023

मालिका गाउँपालिका को आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमहरु :

21/08/2023

मुग्लिन - नारायणगढ सडक खण्डमा ४/५ बर्ष यताकै ठूलो पहिरो गएको छ भने पहिरो हटाउन केही दिन लाग्न सक्ने अनुमान गरिएको छ ।

21/08/2023

अब देखि NTC र NCELL मा ब्यालेन्स चेक एउटै नम्बर बाट मिल्ने भएको छ । *144 # dial गरेर check गर्न सकिने ।

21/08/2023

Happy Nagh Panchami to all: नाग देवताले सबैको रक्षा गरून्। ❤️🙏

19/08/2023

जुकेना, एकपाटे, खोर र महाविर मा विद्युत सट भएकोले आज राती बत्ती आउने छैन र जुकेना, एकपाटे, खोर र महाविर मा कसैले रुख काटेर सट हुन पुगेको छ भने हामिलाई सूचना गर्नुहोला ।

विश्व फोटोग्राफी दिवसको शुभकामना दृश्यमा: श्री देविस्थान मा.वि ह्वाङ्ग्दी
19/08/2023

विश्व फोटोग्राफी दिवसको शुभकामना
दृश्यमा: श्री देविस्थान मा.वि ह्वाङ्ग्दी

19/08/2023

सामुदाइक विद्युतमा आज ३ वटै फेसमा समस्या छ ।
केही फेसमा बत्ती कम पावरमा आएको छ भने केही फेसमा बत्ती नै आएको छैन ।

मुसिकोट नगरपालिका-१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् ।बिहान करिब पाँच बजेको समयमा फेसबुक स्टाट...
19/08/2023

मुसिकोट नगरपालिका-१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् ।

बिहान करिब पाँच बजेको समयमा फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे बिहान साढे सात बजे रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ भन्ने जंगलमा घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नवीन किशोर प्रधानले बताए ।
वडाअध्यक्ष घिमिरेले आफ्नो फेसबुकमा ‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ । प्रीय अनिता, साथ निभाउन सकेन। मलाई माफ गरे । घर परिवार, साथिभाइ सुभचिन्तक सबैसँग माफी चाहान्छु। अल बिदा ।’ भनेर स्टाटस लेखेका छन् ।

शुक्रबार अपराह्न घरबाट वडाको काममा निस्केका वडाअध्यक्ष घिमिरे रातभर घर नफर्केको पारिवारिक स्रोतले जनाएको छ । घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्षसमेत हुन् ।
घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षकसहितको टोली खटिएको प्रहरी उपरीक्षक प्रधानले बताए ।

Hwangdi Post

मुसिकोट नगरपालिका-१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् ।बिहान करिब पाँच बजेको समयमा फेसबुक स्टाट...
19/08/2023

मुसिकोट नगरपालिका-१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् ।

बिहान करिब पाँच बजेको समयमा फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे बिहान साढे सात बजे रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

19/08/2023

रुपन्देहीमा आफ्नै जिवित भाईको मृत्यु दर्ता गरेर जग्गा आफ्नो नाममा पास गरि बिक्री समेत गरिसकेको एक जना पुरुष पक्राउ परेका छन्।

Address


Alerts

Be the first to know and let us send you an email when Hwangdi - हवाङ्दी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share

This is official page of Shree Hwangdi Mehale Secondary School

श्री हवाङ्दी मेहाले माध्यमिक बिद्यालय मालिका गाउँपालिका -३ हवाङ्दी गुल्मी