31/05/2021
खै कता कुन बाटो जाँदै छ मेरो देश, वीर पुर्खाले एकजुट बनाइ छाडेको, अहिले टुक्रिदै छ मेरो देश!
राज शासनमा बस्न नसकेका हामी, स्वतन्त्र भएर पनि शोशित छौ , देशको माया मनभरि थियो अहिले यहीं देशको नागरिक हु भन्दा लज्जित छौं !
एउटा मालाका सयथरी फुल हामी, अहिले छरपष्ट परेका छौ ,
जुत्छौ कि भन्ने एक झिनो आश थियो, आश मारी अहिले गुम्सिएका छौ !
यहीँ देशमा केही गर्छु भन्ने थियो अठोट, अहिले नागरिक हुँ भन्न लाज सरकार किन यति कठोर !
शान्तिका ति अग्रदूत जन्मेका थिए यहि, अहिंसाको बाँध बढ्यो मान्छे कुटिन्छन् यहाँ कति !
नराम्रों यि कार्य तिर जाँदै छ मान्छेको ताती , अपराधीलाई सजाय सरकार किन दिन्नौ घाटि काटि?
मन भुलाउन कोर्ने गर्छु यि कापिका पाना, सम्झि मन झन चर्किन्छ रोएको देख्दा नेपाल आमा! सम्झि मन झन चर्किन्छ रोएको देख्दा नेपाल आमा!!
-Sukriti Bashyal