OurItahari news

  • Home
  • OurItahari news

OurItahari news सत्य तथ्य जानकारिका लागि हाम्राे पेज ?

धरानको पर्यटन प्रवद्र्धनका लागि चित्रकला कार्यशाला
22/06/2022

धरानको पर्यटन प्रवद्र्धनका लागि चित्रकला कार्यशाला

धरान / परिवर्तनका लागि सामाजिक अभियानले धरानको पर्यटन प्रवद्र्धनका लागि चित्रकला कार्यशालाको आयोजना गरेको छ । ध....

14/09/2021
07/06/2021

इनरुवा / सुनसरीको साहेबगञ्जबाट स्रोत नखुलेको मोटो रकम सहित २ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले मोटरसाइकलमा...

बानका अध्यक्ष चन्द्र न्यौपानेको निधन
28/05/2021

बानका अध्यक्ष चन्द्र न्यौपानेको निधन

इनरुवा / रेडियो सञ्चालकहरुको सङ्गठन ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको शुक्रवार ब...

इटहरीमा पुरै बस्ती बिरामी भएकाे ठाउँमा काेराेना संक्रमण रहेकाे पुष्टि
18/05/2021

इटहरीमा पुरै बस्ती बिरामी भएकाे ठाउँमा काेराेना संक्रमण रहेकाे पुष्टि

इटहरी / इटहरीमा पुरै बस्ती बिरामी भएकाे गाँउमा काेराेना संक्रमण रहेकाे पुष्टि भएकाे छ । इटहरी ३ काे सुनाैलाे टाेम....

हेलचेक्र्याइँकाे कारण ‘हटस्पट’ बन्दै इटहरी : कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ पुग्याे
18/05/2021

हेलचेक्र्याइँकाे कारण ‘हटस्पट’ बन्दै इटहरी : कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ पुग्याे

इटहरी / देशभर काेराेना संक्रमणकाे दर बढिरहेकाे छ । निषेधाज्ञाका बिच पनि कोरोना संक्रमण दर बढिरहेकाे हाे । पछिल्ल.....

इटहरी
08/05/2021

इटहरी

निषेधाज्ञामा थप कडाइ, पसल-व्यवसाय बन्द
06/05/2021

निषेधाज्ञामा थप कडाइ, पसल-व्यवसाय बन्द

काठमाडौँ / काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ गरिएको छ । बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आ.....

इटहरीमा भएको दुर्घटनामा प्रहरी जवानको मृत्यु
05/05/2021

इटहरीमा भएको दुर्घटनामा प्रहरी जवानको मृत्यु

विराटनगर / सुनसरीको इटहरीमा भएको सवारी दुर्घटनामा परेर इलाका प्रहरी कार्यालय चिमडीमा कार्यरत प्रहरी जवान कमलबह.....

निषेधाज्ञा थप कडाइ गर्न लागिएको छ : प्रधानमन्त्री ओली
03/05/2021

निषेधाज्ञा थप कडाइ गर्न लागिएको छ : प्रधानमन्त्री ओली

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधाज्ञा थप कडाइ गर्न लागिएको बताएका छन् । कोभिडको नयाँ स्वरूपको लहर...

मन्त्रिपरिषद् बैठककाे निर्णय उल्लङ्घन गर्दै इटहरीमा विद्यालय सञ्चालन
20/04/2021

मन्त्रिपरिषद् बैठककाे निर्णय उल्लङ्घन गर्दै इटहरीमा विद्यालय सञ्चालन

इटहरी / मन्त्रिपरिषद् बैठककाे निर्णय उल्लङ्घन गर्दै इटहरीमा विद्यालय सञ्चालनमा आएका छन् । सोमबार बसेको मन्त्रि.....

फैसलाविरुद्ध उच्च अदालत गुहार्दै बलात्कार आरोपी सिद्धबाबा
09/04/2021

फैसलाविरुद्ध उच्च अदालत गुहार्दै बलात्कार आरोपी सिद्धबाबा

विराटनगर / जिल्ला अदालत सुनसरीको फैसला चित्त नबुझेको भन्दै बलात्कार आरोपी धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर...

इटहरीकाे प्लाई उद्योगमा आगलागी
05/04/2021

इटहरीकाे प्लाई उद्योगमा आगलागी

इटहरी / इटहरी उपमहानगरपालिका वडा नं १० मा रहेकाे तिरुपति प्लाई उद्योगमा आगलागी भएकाे छ । तिरुपति प्लाई उद्योगमा स....

सचेत
18/02/2021

सचेत

27/01/2021

प्रतिनिधिसभा विघटनपछि सर्वोच्च अदालतमा मुद्दा परेलगत्तै चार पूर्वप्रधानन्यायाधीशले विज्ञप्ती निकालेर आफ्नो ....

इटहरीमा रहेकाे कपडाकाे हाेलसेलमा आगलागी
30/12/2020

इटहरीमा रहेकाे कपडाकाे हाेलसेलमा आगलागी

इटहरी चौकमा आगलागी भएको छ । इटहरी ४ मा रहेको पारुहाङ चौकमा आगलागी भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय इ...

जनता बहुमुखि क्याम्पसलाई अनेरास्ववियुको २४ घण्टे चेतावनी (विज्ञप्ति सहित)
11/12/2020

जनता बहुमुखि क्याम्पसलाई अनेरास्ववियुको २४ घण्टे चेतावनी (विज्ञप्ति सहित)

इटहरी , जनता बहुमुखि क्याम्पसलाई अनेरास्ववियूले चेतावनी दिएको छ । इटहरीमा भएका सम्पुर्ण क्याम्पसको स्नातक तहहर.....

सुचना
10/12/2020

सुचना

रमेश र  नन्दालाई सुखद, सफल र प्रेरणादायी वैवाहिक जीवनका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
07/12/2020

रमेश र नन्दालाई सुखद, सफल र प्रेरणादायी वैवाहिक जीवनका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

आज बिवाह गर्दै अभिनेत्री श्वेता खड्का, मेहन्दीमा खुलेका १० तस्विरहरू . आफ्ना मेहन्दीका तस्विरहरु शेयर गर्दै श्वेताले लेख...
07/12/2020

आज बिवाह गर्दै अभिनेत्री श्वेता खड्का, मेहन्दीमा खुलेका १० तस्विरहरू .
आफ्ना मेहन्दीका तस्विरहरु शेयर गर्दै श्वेताले लेखेकी छिन् –

‘मेहन्दीको रङहरु सङ्गै खुल्दै छु म
जीवनको नयाँ पानाहरुमा भुल्दै छु म …’

म: जीवनको नविन यात्रामा 🙏🙏जीवनका बिभिन्न आरोह-अवरोह , उकाली-ओराली , सुख-दु:ख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज ...
06/12/2020

म: जीवनको नविन यात्रामा 🙏🙏

जीवनका बिभिन्न आरोह-अवरोह , उकाली-ओराली , सुख-दु:ख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पिर,ब्यथा, दु:ख अनि कष्टहरुसंग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि असमर्थ छु । 'अचानोको पिँडा खुकुरीलाई थाहा हुन्न' भनेझैं समयको दुस्चक्रले ममाथी प्रहार गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेको पिंडाहरु केवल मलाई मात्र थाहा छ ।
म देख्थें, मेरो अगाडि लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो जस्मा तिखा काँडा, ठुलाठुला पत्थर अनी आगोको ज्वालाहरु छरपस्ट भएर छरिएका छन् । मैले मेरो जीवनको बाटोमाथी छरपस्ट ति काँडाहरुलाई पन्छाउनु पर्नेछ , पत्थरहरुलाई फुटाउनु पर्नेछ अनी आगोको ज्वालाहरुलाई नाघ्नु पर्नेछ । "के म यसो गर्न सकुँला र ?" आँफैसंग प्रश्न गर्थें । आफ्नै प्रश्नमा आँफैले उत्तर दिन्थें " कि हुती हारेर मर्नु पर्छ कि त हिम्मतका साथ अघी बढ्नुपर्छ ।" अत: मैले मृत्‍युलाई रोजिनँ, जीवनलाइनै रोजें । अनी जिन्दगीका हरेक समस्याहरुसंग जुध्दै क्रमश: अगाडि बढ्दै गएँ ।
'एक्लै जीवन काट्न सकिन्छ' भन्ने कठोर निर्णय लिएर विगत ६ बर्षदेखी एक्लै हिँडीरहेकी थिएँ म । मेरो यो एकल यात्राका बखतमा धेरै पटक लडेकी छु । "अब उठ्नै सक्दिन कि " भन्ने कम्जोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आशा हुँदो रहेछ । महिनै पिच्छे करिव हप्ता दिनको लागि बिरामीको अवस्थामा पुग्ने मेरो शरीरले एक गिलास पानीसंगै औषधीको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदो रहेछ । मनभित्र गाँठो परेर बसेका अब्यक्त बहहरुलाई बोकेर हिंड्नु भनेको हजार टनको पत्थरलाई टाउकोमाथी बोकेर हिंड्नु भन्दा पनि कठिन रहेछ। तर मैले मेरा बहहरु ब्यक्त गर्ने कोसंग ? मैले साथीसंगतीहरुको भिडमा आँखा डुलाएर हेरें तर मेरो पिंडालाई महसुष गर्न सक्ने कोही देखिनँ । आफन्तहरुको घेरामा खोजेँ तर माइतीमा शरण लिएर बसेको म एकल नारीले आफ्नो पिंडा पोखेर माइतीलाई थप तनाव दिनु हुन्न भन्ने मनन गरें । अत: मेरो हरेक दु:खमा म एक्लै रोएँ, पिंडाहरुमा आँफै सम्हालिएँ अनी अनेकन समस्याहरुसंग एक्लै जुधिरहें ।

"मेरो एकल जीवनलाई नियालिरहेका मेरा धेरै हितैषीहरुले एउटा जीवन साथी खोज्नको लागि नसुझाएका पनि होइनन् तर एक पटक पुछिएको सिउँदोमाथी पुन: सिन्दुर भर्न आँट गर्ने कुनै निस्वार्थी हातहरु पाईन्छ र ? फुटेको चुरासंगै चक्नाचुर भएको मेरो विगतलाई जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको धनी कोही भेटिन्छ र ? अनी विगतमा मैले गुमाएको मेरो चोखो मायालाई पुन: फर्काएर मेरो जीवनमा खुशीको रङ्ग भरिदिने कुनै दयालु मन पाईएला र ? लौ,भनेको जस्तो निस्वार्थी, स्वच्छ र निष्कपटी ब्यक्ती पनि पाइयो रे , अनी के यो पुरुष प्रधान समाजले मेरो दोश्रो जीवनलाई स्विकार गर्ला र ?" म मेरा हितैषीहरुलाई प्रश्न गर्थें ।

आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु । विगतको पिँडालाई भुलाउने एउटा बहाना पाएकी छु । मेरो अतितलाई शहर्ष स्विकार गरी मसंगै सुख र दु:ख बाँड्न तयार एउटा साथी पाएकी छु । म, जीवनको दु:खद अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु । त्यसो भन्दैमा मैले मेरो अतिलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन । अतितका मिठा पलहरुलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नविन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन । तर मेरा परिवारका सदस्यहरुको निरन्तर प्रयास अनी साथीसंगतीहरु, अग्रज र दिग्गज ब्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरुले प्रदान गर्नु भएको हौशला, शाहस र प्रोत्साहनले आज म यो निर्णय लिनमा सफल भएकी छु । यती हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवस्य छ "के यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्विकार गर्ला र ?"

मलाई थाहाछ 'श्वेताको आँखामा आँशु मात्रै देखिनु पर्छ' भन्ने सोच बोकेका दुईचारजना ब्यक्तिहरुलाई मेरो यो निर्णयले पोल्नेछ । श्रीमती स्वर्गिय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी बिधुवी बहिनीले पुरै जीवन एक्लै काट्नु पर्छ भन्ने सोचले ग्रस्त केही ब्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ । तर म प्रती साहनुभुती राख्ने, मलाई सदैव खुशी देख्न चाहने अनी संधै मेरो सफलताको कामना गर्ने लाखौं शुभचिन्तकहरुको आशिर्वाद, सदभाव र सुवेक्षाले म प्रती रिस र इर्ष्याको सोच राख्ने दुईचार जनाले स्वत: हार खानेछन् ।

अत: कोरोनाको सन्त्रासका बिच जुरेको खुशीको माहौलमा मैले मेरा धेरै मित्रहरु, गन्यमान्य ब्यक्तित्वहरु, संचारकर्मीज्युहरु लगायत मेरा आफन्तहरु समेतलाई सामेल गराउन असमर्थ हुनेछु । महामारीको यो माहौलमा सिमित ब्यक्तिहरुलाई साँक्षी राखी जीवनको नयाँ यात्रा सुरु गर्दै गर्दा तपाईंहरु सम्पूर्णले मलाई आशिर्वाद दिनुहुनेछ भन्ने आशा र विश्वाश लिएकी छु ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

उही तपाईंकी छोरी/चेली
श्वेता खड्का

साभार: स्वेता खड्का को वालबाट See Less

खुसिकाे खबर.................................................इटहरीमा पाँचसय शैयाको सुविधासम्पन्न अस्पताल बन्नेइटहरीमा पाँ...
05/12/2020

खुसिकाे खबर.................................................
इटहरीमा पाँचसय शैयाको सुविधासम्पन्न अस्पताल बन्ने

इटहरीमा पाँचसय शैयाको सुविधासम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति निर्माण गरिएको छ । इटहरी उपमहानगरद्धारा आयोजित सरोकारवाला सवै पक्ष उपस्थित वैठकले उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको संयोजकत्वमा जग्गा खोजीका लागि समिति निर्माण गरेको हो । समितिका सदस्यहरुमा उपमेयर लक्ष्मी गौतम,याम सुब्बा,इश्वर भटटराई,हेमकर्ण पौडेल,रोहित प्रसाँई,हेम घिमिरे,भीम पौडेल,धु्रव सुब्बा,मेदनी सिटौला र वजरंग अग्रवाल हुनुहुन्छ । श्री कृष्ण प्रणामी मन्दिर प्रतिष्ठान नेपाल द्धारा प्रस्तावित पाँच सय शैयाको अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति वनाइएको हो । जग्गा खोजी समितिलाई आवश्यक सल्लाह सुझाव र परामर्शका लागि सल्लाहकार समिति पनि गठन गरिएको छ । सल्लाहकार समितिमा संघीय सांसद सिताराम मेहता,प्रदेश नम्वर १ की उपसभामुख सरस्वती पोख्रेल र प्रदेश सांसदहरु सर्वध्वज साँवा,लिलम वस्नेत हुनुहुन्छ । हस्पिटल सम्भाब्यता अध्यन समितिका संयोजक हेम घिमिरेले वैठकमा हस्पिटलको अवधारणा पेश गर्नुभयो ।

किन हुन्छ यौन असन्तुष्टि ? यस्ताे छ डाक्टरहरुकाे भनाइ
04/12/2020

किन हुन्छ यौन असन्तुष्टि ? यस्ताे छ डाक्टरहरुकाे भनाइ

भनिरहनु नपर्ला– सेक्स दुई देहको मिलनमात्र होइन, दुई मनको मिलन पनि हो । यो यस्तो कला हो, जसले जीवनलाई हरिलोभरिलो र र....

04/12/2020

इटहरीमा दुर्घटना हुदाँ एकको मृत्यू

इटहरीमा दुर्घटना हुदाँ एक जनाको मृत्यू भएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर २० स्थित पानीपियामा भएको दुर्घटना हुदाँ एक जनाको मृत्यू भएको छ । ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृतक व्यक्तिको र ठक्कर दिने सवारी साधनको पहिचान खुलेको छैन ।मृतक पुरुषको शव धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । उपचारको क्रममा उनको मृत्यु भएपनि पहिचान खुल्न सकेको छैन

राजावादी समुह वीर गोर्खालीद्वारा बृहत मोटरसाइकल र्याली (फोटो फिचर)काठमाण्डौ । राजसंस्थासहित हिन्दु अधिराज्य पुनर्स्थापना...
04/12/2020

राजावादी समुह वीर गोर्खालीद्वारा बृहत मोटरसाइकल र्याली (फोटो फिचर)

काठमाण्डौ । राजसंस्थासहित हिन्दु अधिराज्य पुनर्स्थापनाका लागि देशव्यापी रूपमा शृङ्खलाबद्ध सडक संघर्षका कार्यक्रम थालिएका छ्न । वर्तमान राजनीतिक व्यवस्थाबाट आजित बनेका आम नागरिक देशमा पुनः राजसंस्था पुनर्स्थापनाका लागि सडकमा ओर्लिन थालेका छन । विगत देखी राजसंस्था र राष्टियताका लागि आवाज उठाउदै आएका र स्वतन्त्र नागरिक एवं छिरलिएर सहेका सम्पुर्ण संघ संस्थाहरुलाई एकै ठाउमा संगठित गर्ने काम बिर गोर्खाली अभियानले गरेको छ । देशको सार्बभौमसत्ता र राष्ट्रिय अखण्डताका लागि राष्ट्रिय एकतासहित राजसस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको विकल्प नभएको भन्दै देशका विभिन्न स्थानमा स्वस्फूर्त रूपमा नागरिकको सडक संघर्ष बाक्लिएको छ । काठमाण्डौ बुटवल , कोहलपुर ,कपिलवस्तु ,बर्दिया, सुर्खेत, दान, बिरगंज र विराटनगरमा ठूलो प्रदर्शन भयो भने कैलालीको धनगढीमा समेत बिर गोर्खाली अभियानले बृहत शत्ति प्रर्दशनी गरिसकेको छन । भोली चितवनमा पनि राजसंस्था पुनर्स्थापनाका लागि बृहत मोटरसाइकल र्याली निकालिने भएको छ । राजावादी समुह वीर गोर्खालीको आयोजनामा पारस बसपार्क भरतपुर ,चितवनमा बिहान् ११ बजेदेखि बृहत मोटरसाइकल र्यालीसहित शक्ति प्रदर्शनका लागि सम्पुर्ण तयारी पुरा गरिएको वीर गोर्खालीका अभियान्ता सौरभ भण्डारीले जानकारी दिए । उनले उक्त कार्यक्रममा उपस्थिति हुन सम्पुर्ण देशभक्त नागरिकलाई आग्रह समेत गरेका छन ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when OurItahari news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share