08/09/2022
facebook
10
10
भाद्र १ गते नगरकोट होटलमा बलात्कार भएको मानिस फेरी ५ गते दिनभर त्यहि बलात्कारी सग किन घुम्न जान्छ ?
यदि केटीको इच्छा विपरित
एक पटक बलात्कार भएको हो भने
उक्त पुरुष सग त्यो केटीलाई डर हुन पर्ने हो तर फेरी राती ११ बजेर ५५ मिनेटमा होटल किन छिरिन्छ ? केटीको अभिभावक पनि त होलान नि !
नाबालिक छोरी रातभर हराउदा नि खोजि नगर्ने समाजमा हामी कस्तो सस्कार रोप्दै छौं ?
होटलमा सिसि क्यामेरा त रहेछ नै क्यामेरामा सन्दिपले जबर्जस्ति घिसार्दै लगेको छ कि दुबै जना मस्किदै होटल छिरेको छ ?
फुटेज सार्वजनिक गरौ न । युरोपियन मुलुकमा १३-१६ वर्ष,
अस्ट्रेलिया, ईटाली, जर्मनी, पोर्चुगलमा १४ वर्ष,
एङ्गोला र फिलिपिन्समा १२ वर्ष, जापानमा १३ वर्ष, नर्थ अमेरिकामा १५ वर्ष,
साउथ अमेकाको धेरै देशमा १४ वर्षलाई यौन हद वर्ष
तोकिएको छ
तर नबुझेको कुरो यौन सक्षमतालाई कानुनको धाराले मापन गर्ने कि
मेडिकल जाचले ? मौसममा भएका परिवर्तन, हावापानी, खानपान,
व्यायाम आदीको कारण वास्तविक उमेर भन्दा छिटै आजको बच्चा युवा अवस्थामा प्रवेश गरिरहेको छ । १७ वर्ष ३६४ दिनको हुदा नाबालिक
अनि १७ वर्ष ३६५ दिनको हुदा बालिक
यो विषय आफैमा सोचनिय हुन्छ प्रेम पश्चातको यौन र जबर्जस्ति गरिएको यौन ।
के बहस आवस्यक छैन र ??
यदि कानुनले नाबालिक उमेर भनेर तोकिएको व्यक्ती प्रेममा परेर यौन सम्बन्धमा पर्दछ भने यौन सम्पर्ककर्ता बलात्कारी ठहर्छ र कानुनी सजायको हकदार हुन्छ भने आफ्नो सन्तानको गतिविधि माथि निगरानी नगर्ने अभिभावकलाई गैर जिम्मेवार ठानेर तिनलाई नि कारबाहीको दायरामा ल्याउनु पर्छ ।
सन्तानलाई सस्कार दिने, उनिहरूको गतिविधिमा निरिक्षण गर्ने काम कसको हो ? बहस आवस्यक छ ।
कसलाई बलात्कार मान्ने ??