फेसबुकनेपाल.डटकम

  • Home
  • फेसबुकनेपाल.डटकम

फेसबुकनेपाल.डटकम Please keep in touch through Facebook which gives entertainment

नौ वटा कुरा, जुन सधै गोप्य राख्नुपर्छअर्थात् आयु, धन, घरको रहस्य, गुरुमन्त्र, मैथुन, दान, मान, अपमान एवं औषध यी नौ कुराल...
28/01/2021

नौ वटा कुरा, जुन सधै गोप्य राख्नुपर्छ

अर्थात् आयु, धन, घरको रहस्य, गुरुमन्त्र, मैथुन, दान, मान, अपमान एवं औषध यी नौ कुरालाई हरहमेशा गोप्य राख्नुपर्छ ।

दैत्यहरुका गुरु शुक्रचार्य महान् नीतिकार पनि थिए । भगवान् शिवलाई गुरु बनाएर मरेकालाई बचाउने मृतसञ्जीवनी विद्या सिकेका शुक्राचार्यको शिक्षा शुक्रनीतिका रुपमा प्रसिद्ध छ । उनले थुप्रै शास्त्रहरु रचना गरेका छन् ।

शुक्रनीतिको एक श्लोकमा ९ वटा यस्ता कुाहरु बताइएका छन् जसलाई हरेक अवस्थामा अथवा हर हालमा लुकाएर राख्नुपर्छ । के हुन् त ती नौवटा कुरा ?

आयु

मानिसले आफ्नो आयुका विषयमा जो कोही व्यक्तिलाइृ जानकारी दिनुहुँदैन । आयु वा उमेरलाई जति गोप्य राख्न सकियो त्यति नै राम्रो मानिन्छ । आयुका विषयमा शत्रुले थाहा पाए भने उपयुक्त अवसर पर्खेर नोक्सान पु¥याउँछन् तसर्थ आफ्नो उमेर जोकोहीलाई बताउनु हुँदैन ।

धनसम्पत्ति

धनसम्पत्ति एवं पैसाले जीवनमा सुखसमृद्धि हासिल हुन्छ तर यही पैसा कतिपय अवस्थामा दुःखको कारणसमेत बन्नपुग्छ । आफ्नो सम्पत्तिको विषयमा जानकारी जति कम मानिसलाई हुन्छ उति नै राम्रो मानिन्छ । अन्यथा कतिपय गलत मनसायका मानिसले पैसा छ भन्ने सुइँको पाएर पहिले अनेक तिकडम गरेर मित्रता गाँसी पछि ठूलो नोक्सानसमेत पु¥याउन सक्छन् । तसर्थ आप्mनो सम्पत्तिका विषयमा अरुलाई जानकारी दिनुहुँदैन ।

घरको रहस्य

आफ्नो घरको रहस्य अरुलाई बताउनु हुँदैन । घरको वास्तुदोष तथा अन्य गृहकलह आदि कुरा अरुले थाहा पाए भने त्यसबाट विरोधीले अनुचित लाभ उठाउनसक्ने सम्भावना हुन्छ । अरुलाई बताइयो भने गृहशान्ति गरेको फल पनि प्राप्त हुँदैन ।

मन्त्र

कतिपय मानिस भगवान्को कृपा प्राप्त गर्नका लागि नियमित भगवान्को पूजापाठ एवं जपतप गर्छन् । यसका लागि दीक्षा पनि लिएका हुन्छन् । आफूले जुन मन्त्रको जप गरिन्छ त्यो कसैलाई पनि बताउनु हुँदैन । भनिन्छ, जसले आफ्नो पूजापाठ एवं मन्त्रलाई गुप्त राख्नसक्छ उसैलाई आफूले गरेको पुण्यकार्यको फल प्राप्त हुन्छ ।

मैथुन

मैथुन वा यौनजीवनका विषयमा अरुलाई जानकारी दिनुहुँदैन । यौन जीवनलाई गोप्य राख्नु नै हरेक हिसाबले राम्रो मानिन्छ । दुई व्यक्तिबीचको कुरा तेस्रोले थाहा पायो भने उसले त्यसबाट नाजायज फाइदा उठाउन सक्छ । यो विषयमा अरुले थाहा पाए भने त्यो आफ्नो लागि समस्या वा लाजको विषय बन्नपुग्छ ।

दान

दान त्यस्तो पुण्यकर्म हो जुन जति गोप्य राख्न सक्यो उति नै फलदायी हुन्छ । जो मानिसले अरुबाट प्रशंसा पाउनका लागि वा अन्य मानिसका अगाडि आफूलाई महान् सिद्ध गराउने उद्देश्यका साथ देखावटी दान गर्छ त्यस्ता व्यक्तिले त्यसअघि गरेका सबै पुण्यकर्म नष्ट हुन्छन् ।

मान

कतिपय मानिसलाई आफ्नो मानसम्मान अरुलाई देखाउने बानी हुन्छ । यो बानी कुनै पनि मानिसका लागि लाभदायक हुँदैन । मानसम्मानलाई देखावटी रुपमा अरुसामु दर्शाउनाले आफूप्रति अरुमा घृणाभाव पैदा हुनसक्छ । यस्तो बानीका कारण अरुले आफूसित दूरी कामय राख्न वा त्यस्तो चेष्टा गर्न सक्छन् ।

अपमान

आफूमाथि कुनै बखत कसैबाट अपमान भएको छ भने उक्त कुरालाई हरहमेशा सबैबाट गुप्त राख्नुपर्छ । यस्तो कुरा अरुलाई बताइयो भने आफैंलाई नोक्सान हुन्छ । अरुले यस्तो कुरो थाहा पाए भने उनीहरुले पनि सम्मान गर्न छोड्छन् र आपूलाई हाँसोको पात्र बनाउँछन् ।

औषध

औषधको अर्थ हुन्छ औषधि गर्ने व्यक्ति वा डाक्टर । आफ्नो डाक्टरलाई कतिपय निजी कुराहरु पनि थाहा हुन्छ । यस्तो अवस्थामा आफूलाई औषधि गर्ने व्यक्तिका विषयमा शत्रुले थाहा पाए भने उनीहरुले तिनीहरुसँग सम्पर्क गरेर वा मद्दत लिएर आफूलाई हानि पु¥याउने कोसिस गर्नसक्छन् । तसर्थ आफूलाई उपचार गर्ने चिकित्सकको जानकारी अरुलाई दिनुहुँदैन ।

सन् २0२१ का लागि विश्व स्वास्थ्य संगठनका २१ स्वास्थ्य सुझावप्राकृतिक खानेकुरा खाऔंखानेकुरा कृतिम भइदिँदा आज सम्पूर्ण मान...
01/01/2021

सन् २0२१ का लागि विश्व स्वास्थ्य संगठनका २१ स्वास्थ्य सुझाव

प्राकृतिक खानेकुरा खाऔं

खानेकुरा कृतिम भइदिँदा आज सम्पूर्ण मानवताले अनेकौं रोगव्याधि झेल्न बाध्य हुनुपरेको हो। यसर्थ खानपानलाई प्राकृतिक र स्वस्थकर बनाउनुको विकल्प छैन । खानपानलाई प्राकृतिक बनाउनु भनेको खानेकुरालाई जतिसक्दो प्राकृतिक रूपमै उपयोग गर्नु हो । खानेकुरालाई प्राकृतिक रूपमै प्रयोग गर्दा स्वास्थ्यका लागि अत्यन्त फाइदादायी हुन्छ।

यसका अतिरिक्त खाना पकाउदा खानेकुराको प्राकृतिकपन र पौष्टिकता नष्ट नहोस् भनेर विशेष ध्यान दिनु आवश्यक छ । तार्ने, भुट्ने, लामो समयसम्म पकाउने जस्ता क्रियाले खानेकुराको प्राकृतिक गुणधर्म नष्ट गर्दछ। यसैगरी स्वास्थ्य रक्षाका लागि सन्तुलित भोजन खान पनि उत्तिकै आवश्यक छ।

खानालाई सन्तुलित बनाउनका लागि विभिन्न प्रकारका खाद्यवस्तुमा विविधिकरण हुनुपर्छ। कार्बोहाईड्रेटस, प्रोटिन, चिल्लो, खनिज, भिटामिन, पानी र चोकरको उपयुक्त मात्रामा प्रयोग नै सन्तुलित भोजन हो र यसका लागि अन्न, दाल, गेडागुडी र कन्दमुलका अतिरिक्त पर्याप्त मात्रामा फलफूल, सागपात, तरकारी, दूध, दही, घिउ, मोही, अङ्कुरित आदि खानुपर्ने हुन्छ ।

साधारणतया हामीले काबोहाईड्रेटस, प्रोटिन र चिल्लाको मात्रा लिइरहेपनि भिटामिन, खनिज, रूक्षांश (फाइबर)को पर्याप्त मात्रा नलिइरहेका हुन्छौं । भिटामिन र खनिजको आवश्यक मात्रा लिनको लागि हामीले पर्याप्त मात्रामा फलफूल र तरकारी लिइरहनुपर्ने हुन्छौं ।

विश्व स्वास्थ्य संगठनले एउटा वयस्क व्यक्तिका लागि ५ पोर्सान अथवा ४०० ग्राम फलफूल एवं तरकारी खानुपर्छ भनेको छ। यसरी फलफूल र तरकारीको पर्याप्त सेवन गर्ने गर्दा सूक्ष्मपोषक तत्वहरूको कमी हुन पाउँदैन भने नसर्ने रोगको प्रकोपबाट पनि बच्न सकिन्छ।

तौल नियन्त्रणका लागि सन्तुलित खानपानकाठमाडौं । मान्छे शरीरको वजन कम गर्नका अनेक बाटो अपनाउने गर्छन् । नियमितको व्यायाम, ...
06/11/2020

तौल नियन्त्रणका लागि सन्तुलित खानपान

काठमाडौं । मान्छे शरीरको वजन कम गर्नका अनेक बाटो अपनाउने गर्छन् । नियमितको व्यायाम, जिम जाने, समयमा खाना नखाने लगायत । तर खानामा मान्छेले सन्तुलन मिलाउनुभन्दा पनि खाँदा असन्तुलित खाना खाने तर अनेक कष्ट गरेर शरीरको वजन कम गर्ने मरिहत्ये गर्ने प्रवृत्ति हामीमा देखिन्छ ।

खानामा सामान्य मात्रै ध्यान दिने हो भने वजन कम गर्नको लागि न त भारी व्यायामको आवश्यकता पर्छ न त भोक मारेर उपवास नै बस्नुपर्ने हुन्छ । केवल सामान्य जीवनशैलीले नै हामीलाई सन्तुलित वजनदार बनाउन सहयोग गर्ने गर्छ ।

खानाको सन्तुलनलाई पनि विभिन्न कुराले प्रभावित बनाइरहेको हुन्छ । एकातिर कुन समयमा कस्तो खाना खाने भन्ने कुरा सन्तुलित खानासँग सम्बन्धित छ भने खाना खाँदा कति मात्रामा खाने भन्ने कुरा त्यसपछि महत्वपूर्ण कुरा हुन्छ । खाना खाएपछि आराम गर्ने कि परिश्रम गर्ने ? जस्ता कुरा यसमा समेटिएको हुन्छ ।

खानामा यी ५ चीजहरूलाई सन्तुलित गर्नुहोस्

१ किण्वित खाना (खमीर वस्तुहरू)

मानिसहरूको शरीरमा रहेको पाचन प्रणालीलाई सहयोग गर्ने र प्रतिरक्षा प्रणालीलाई सुदृढीकरण गर्नको लागि किण्वित खाना खानु उपयुक्त मानिन्छ । किण्वन भनेको त्यो प्रक्रिया हो जसमा कुनै पनि खाद्य वस्तु जति सक्दो टुक्राटुक्रा पार्ने गरिन्छ । फिङ्गस र ब्याक्टेरियाहरू सूक्ष्मजीवहरू हुन् जसले यस प्रक्रियामा प्रमुख भूमिका खेल्छन् ।

यी दुवै सूक्ष्म जीवहरूले मेटाबोलिज्म ठीक राख्न महत्वपूर्ण भूमिका खेल्छन् । यसले पेटको लागि प्रोबायोटिक्सको रूपमा कार्य गर्दछ र पाचन प्रणालीलाई सक्रिय राख्छ । यसले फ्याट संग्रहण गर्नबाट रोक्छ, जुन कि वजन कम गर्न स्वाभाविक रूपमा उपयोगी छ ।

२. चिल्लो पदार्थको सन्तुलन

शरीरको लागि चिल्लो पदार्थ आवश्यक छैन भन्ने सोच्नुहुन्छ भने तपाईं आफैँमा गलत हुनुहुन्छ । चिल्लो सबै मान्छेको लागि आवश्यक हुन्छ । तर मोटोपनाको लागि यसको सन्तुलन मिलाउन सकिएन भने यो हानिकारक पनि हुन्छ । शरीरमा चिल्लो पदार्थका धेरै फाइदाहरू छन् । हाम्रो छाला स्वस्थ राख्न, उमेरलाई बुढो देखिनबाट जोगाउने जस्ता विभिन्न काममा चिल्लो पदार्थ अत्यावश्यक हुन्छ । तसर्थ, आफ्नो आहारबाट तेल र घिउ जस्ता खानेकुरा हटाउने नभई यसलाई सन्तुलित गराउने एवं स्वस्थ विकल्पहरूको खोजी गर्नुपर्छ । तोरी, सूर्यमुखी तेल आदिको ठाउँमा हामी अवोकाडो, नरिवल र जैतुन आदिको तेललाई बढी प्रयोग गर्न सक्छौं ।

बदाम, ओखर आदि खानेकुरामा फाइबर, प्रोटिन, चिल्लो, भिटामिन र खनिज पदार्थ प्रशस्त मात्रामा पाइन्छ । जसले वजन घटाउन र सजिलै शरीरमा रहेको अनावश्यक चिल्लो पदार्थ घटाउन मद्धत गर्छ ।

यस्ता खानेकुराले लामो समयसम्म भोक मेटाउन मद्धत गर्छ वा यसले खाद्य तृष्णालाई कम गर्न मद्दत गर्छ । तसर्थ, आफ्नो आहारमा बदाम, काजु, पिस्ता र ओखर जस्ता चीजहरू समावेश गर्नुपर्छ ।

मुटुको स्वास्थ्यको लागि उपयोगी तीन प्राकृतिक उपचारमुटु हाम्रो शरीरको इन्जिन जस्तै महत्वपूर्ण अंग हो । मुटुमा कुनै पनि गड...
30/09/2020

मुटुको स्वास्थ्यको लागि उपयोगी तीन प्राकृतिक उपचार

मुटु हाम्रो शरीरको इन्जिन जस्तै महत्वपूर्ण अंग हो । मुटुमा कुनै पनि गडबडी हुँदा त्यसले हाम्रो सिंगो शरीरलाई नै धरापमा पार्ने गर्छ । त्यसैले यसको स्वास्थ्य अरू अंगकोभन्दा बढी संवेदनशील हुने गर्छ ।

मुटुको कारणले तपाईंको शरीरमा कुनै प्रकारको क्षति हुनबाट जोगाउन र मुटुलाई बलियो बनाउनको लागि विभिन्न आयुर्वेदिक औषधिको प्रयोग गर्ने गरिन्छ । त्यसमध्ये निम्न प्राकृतिक उपचार एवं औषधिहरूले सजिलैसँग हाम्रो मुटुमा देखा पर्नसक्ने विभिन्न समस्या सामना गर्ने बलियो आधार प्रदान गर्छ ।

पीपलको पातलाई घोलेर पिउनु

हरेक दिन बिहान पिपलको १५ वटा नयाँ पत्ता टिप्नुहोस् । ती पातलाई राम्ररी धुनुहोस् र सानोसानो टुक्रामा काट्नुहोस् । त्यो पातको टुक्रालाई दुई गिलास पानीमा मिसाएर उमाल्नुहोस् र एक गिलास नहुँदासम्म उमालिरहनुहोस् । त्यसपछि बिहान खालीपेटमा यो पिउनुहोस्, यसले तपाईंको मुटुलाई सुरक्षित बनाउन मद्धत गर्छ ।

यो कति समयसम्म पिउने ? भन्ने प्रश्न पनि आउन सक्छ । यसको लागि एक वर्षमा तपाईंको उमेर अनुसार कति दिन पिउने भन्ने यकिन गर्न सकिने आयुर्वेदिक चिकित्सकहरू बताउँछन् । आयुर्वेदका जानकारहरू तपाईंको उमेर जति छ त्यति नै दिन यस्तो पेय पदार्थ पिउनु स्वास्थ्यको लागि लाभदायक हुने बताउँछन् । यो सानो उपचारले तपाईंको मुटुलाई स्वस्थ र शक्तिशाली बनाउँछ ।

बेसार र चुना पानीको मिश्रण

हलेदो (बेसार बनाउन प्रयोग गरिने कन्दमुल)को पोटीलाई चारदिनसम्म चुनापानीमा भिजाउनुहोस् । त्यसपछि ती पोटीलाई चार दिनसम्म चुना पानीमा भिजाउनुहोस् । त्यसपछि तिनीहरूलाई बाहिर निकाल्नुहोस् र सुकाउनुहोस् । जब यो पोटी राम्रोसँग सुक्छ तब तिनीहरूलाई पिस्नुहोस् र पाउडर बनाउनुहोस् । अब यस पाउडरको एक ग्राम (उदाहरणका लागि चम्चाको चतुर्थको एक चौथाइ) बिहान र साँझ तातो पानीसँग लिनुहोस् ।

यसले धमनीमा भएको अवरोधलाई खोल्छ । यो नुस्खा जहिले पनि प्रयास गर्न सकिन्छ । यसले हृदयलाई सधंै स्वस्थ राख्न पनि मद्धत गर्न सक्छ ।

तुलसी र पुदिना पातहरू

मुटु स्वस्थ राख्नका लागि यो सजिलो तरिका हो । यसमा तुलसी र पुदिनाका पाँच–पाँच वटा पातहरू हरेक बिहान खानुपर्छ । यसले रगतको उच्चस्तरलाई सामान्य राख्छ, ताकि रक्तधमनीहरूमा कुनै अवरोध हुँदैन र हृदयाघातबाट बचाउँछ। यो उपचार दैनिक रूपमा गर्न सकिन्छ ।

प्राकृतिक विधिबाट कसरी निरोगी हुने ?अपवाद वाहेक हामी स्वस्थ शरीर लिएर जन्मन्छौं । जन्मदा हाम्रो शरीर एवं शरीरका अंगहरुले...
30/08/2020

प्राकृतिक विधिबाट कसरी निरोगी हुने ?

अपवाद वाहेक हामी स्वस्थ शरीर लिएर जन्मन्छौं । जन्मदा हाम्रो शरीर एवं शरीरका अंगहरुले सही कार्यसंचालन गरिरहेको हुन्छ । सबै कुरा सन्तुलित र सही हुन्छ ।

तर, जब–जब हुर्कदै जान्छौं, हाम्रो स्वास्थ्य उस्तै रहँदैन । पेट खराब हुन थाल्छ । कलेजो, मुटु, फोक्सोको कार्य क्षमता घट्न थाल्छ । उमेर ढल्कदै गएपछि स्वभाविक रुपमा शरीरका अंगहरु पनि कमजोर र शिथिल हुन्छ । तर, बाल्यकालबाट उमेरको सिंढी चढ्न थालेपछि हाम्रो शरीर रोगी हुन थाल्छ । किशोर, युवा अवस्थामा समेत हामी अनेक रोगसँग जुध्न थाल्छौं । किन ?

किनभने जति–जति हुर्कदै जान्छौं, हामी आफ्नो प्राकृतिक जीवनशैलीबाट विमुख हुन थाल्छौं । हामीलाई आफ्नो शरीर वा स्वस्थ्य अनुसार भन्दा पनि मन र रहर अनुसार चल्न थाल्छौं । शरीरको प्राकृतिक प्रणाली भंग गरिदिन्छौं । यही कारण हामीमाथि रोग हावी हुन थाल्छ ।

रोग लाग्नु भनेको के हो ? कसरी हामी रोगको शिकार बन्छौं ?

शरीरमा जब कुनैपनि किसिमका विकारहरु सञ्चय हुन थाल्छ, तब हाम्रो शरीरका अंगहरुले सही कार्य सम्पादन गर्न सक्दैन । शरीरको कार्य प्रणाली बिग्रन्छ । त्यही अवस्थालाई हामी रोग लागेका भन्छौं । यस्तो किन हुन्छ ?

जब हामी खराब खानपान गर्छौं, खराब जीवनशैली अपनाउँछौं, तब शरीर विकारयुक्त बन्छ । त्यस्ता विकार जति–जति शरीरमा सञ्चय हुन्छ, उत्तिनै हामी रोगी हुन्छौं । शरीरको सही शुद्धिकरण हुँदैन र रोगले डेरा जमाउँछ ।

यसरी शरीरभित्र विकार सञ्चय भएपछि वा रोग लागेपछि हामी त्यसको उपचारको खोजीमा दौडन्छौं । औषधि उपचार, शल्यक्रिया जस्ता विधीहरु अपनाउँछौं । यसले हामीलाई रोगबाट मुक्त हुन सघाउँछ । तर, रोग लागेर उपचार खोज्नुभन्दा रोगमुक्त जीवन बाँच्नु उचित हो ।

रोगमुक्त जीवन कसरी बाँच्ने त ?

यसका लागि एउटै तरिका हो, प्राकृतिक जीवनशैली । प्राकृतिक ढंगको जीवनयापन नै सर्वोत्तम मानिन्छ ।

हाम्रो शरीरभित्र यस्तो प्रणाली हुन्छ, जसले शरीरलाई रोगहरुबाट मुक्त गरेर स्वस्थ राख्ने हरक्षण प्रयास गरिरहेको हुन्छ । सोही प्रणाली अनुसार जीवनशैली, खानपान र सोंच चिन्तन अपनाएर प्राकृतिक रुपमै निरोगी बन्न सकिन्छ ।

जस्तो कि, सही समयमा सुत्ने । सही समयमा उठ्ने । स्वास्थ्य जीवनका लागि सात–आठ घण्टाको गहिरो निद्रा अनिवार्य मानिएको छ । राम्ररी निदाउनु पनि आफैमा एक स्वस्थ्य जीवनको सूचक हो । त्यसैगरी सही समयमा खानपान गर्नु । एउटा सन्तुलित तालिका अनुसार खानेकुरा सेवन गर्नु । शरीरलाई आवश्यक र उचित खानेकुरा मात्र सेवन गर्नु । सक्रिय दिनचर्या विताउनु । व्यायाम, योग, ध्यान आदिलाई आफ्नो दैनिकीको हिस्सा बनाउनु । सधै सकारात्मक र खुसी रहने प्रयास गर्नु । प्रकृतिसँग एकाकार हुने अभ्यास गर्नु ।

सही र सन्तुलित जीवनशैली अपनाउनु नै रोगमुक्त हुनु हो । गहिरो निद्रा लिनु, सुपाच्य खानेकुरा खानु, उचित समयमा मलत्याग गर्नु, सरसफाई गर्नु आफैमा निरोगी हुने सूत्र हुन् ।

खोजौं रैथाने खानेकुरातपाईं कहाँ बस्नुहुन्छ ? गाउँ वा शहर ? पहाड वा तराई ? सुगम वा दुर्गम ? भूगोल जहाँ भएपनि तपाईं बस्ने ...
10/08/2020

खोजौं रैथाने खानेकुरा

तपाईं कहाँ बस्नुहुन्छ ? गाउँ वा शहर ? पहाड वा तराई ? सुगम वा दुर्गम ? भूगोल जहाँ भएपनि तपाईं बस्ने माटोमा रैथाने सागसब्जी पाइन्छ । ति सागसब्जी तपाईंले नियमित खेतीपाती गरेर उत्पादन पनि गरिरहनुभएको हुनसक्छ । च्याउ, निगुरो आदि चाहि जंगलमा यसैपनि फेला पार्न सकिन्छ । तपाईंले राम्ररी पहिचान गर्ने हो भने यस्ता थुप्रै सागसब्जी, अन्न फेला पार्नुहुनेछ, जो तपाईंकै माटोमा राम्ररी सप्रन्छ । यस्ता सागसब्जी, अन्नहरु उत्पादन गरेर आफ्नै लागि उपभोग गर्न सकिन्छ । हुनसक्छ, कतिपयसँग खेतीपाती गर्ने जग्गाजमिन नहोला । यद्यपि घरकै करेसाबारी, छत, बार्दली आदिमा पनि सागसब्जी लगाउन सकिन्छ ।

हाम्रो माटोमा अनेकथरीका सागसब्जी उत्पादन हुन्छन् । अन्न उत्पादन हुन्छन् । त्यसलाई कसरी बनाएर सेवन गर्ने भन्ने कुरा महत्वपूर्ण हो । अर्थात रैथाने परिकारलाई स्वादिलो बनाउने पाककला पनि आफुसँग हुनुपर्छ । पाककला छ भने जस्तोसुकै खानेकुरालाई पनि थरीथरीको परिकार बनाएर सेवन गर्न सकिन्छ । त्यसको स्वादमा विविधता थप्न सकिन्छ । हामी जुन भूगोल एवं माटो र हावापानीमा हुर्कन्छौं, त्यहीको रैथाने उत्पादन नै हाम्रो शरीरका लागि बढी उपयोगी हुन्छ । पहाडमा बस्नेले तराईको उत्पादन सेवन गर्नुभन्दा स्थानिय उत्पादन सेवन गर्नु राम्रो हो । किनभने हामी जुन हावापानीमा बस्छौं, हाम्रो शरीरले त्यही अनुसारको खानेकुरा माग्छ ।

तपाईंका घर आसपासमा कतिथरी वनस्पति छन् रु ति वनस्पतिमध्ये कति खान योग्य छन् रु कति स्वादिलो र पोषिलो छन् रु पहिचान गर्न सकिन्छ । हामी अक्सर त्यही खानेकुरा मात्र सेवन गरिरहेका हुन्छौं, जो पुस्तौं अघि हाम्रा पूर्खाले पहिचान गरे । जबकि हाम्रा आसपासमा उत्पादन हुने अरु थुपै्र वनस्पति खानयोग्य हुन्छन् । खानयोग्य मात्र होइन, विभिन्न पोषक तत्वले भरिपूर्ण हुन्छन् । ति वनस्पतिको पहिचान गरेर पनि हामीले आफ्नो खाद्य भण्डारलाई समृद्ध बनाउन सक्छौं ।

खानेकुरा भनेको शरीरको एक अंश हुन् । जब तपाईं कुनै खानेकुरा सेवन गर्नुहुन्छ, त्यो तपाईंको शरीरको अंश बन्छ । त्यसैले त जस्तो खानेकुरा सेवन गर्छौं, हाम्रो शरीर पनि त्यस्तै हुन्छ । अहिले हामीले खानेकुरा सन्तुलित, सुपाच्य र पोषिलो छ भन्ने कुरामा सन्देह गर्नुपर्ने हुन्छ । किनभने हामी आफै पनि खानपानप्रति त्यती सजक एवं सर्तक छैनौं ।

अहिले धेरैको शरीर रोगको भण्डार बन्दैछ र त्यसको कारण बनेको छ अस्वस्थ्यकर खानेकुरा ।

साग चाहियो, बजारमा खरिद गर्न पुग्छौं । सिमी चाहियो, बजार धाउँछौं । चामल, दाल, तेल, मसला सबै बजारबाटै आपूर्ति गर्छौं । यसरी आयतित खानेकुरामा हामी सम्पूर्ण रुपमा निर्भर छौं । जबकि हामीले थोरैमात्र प्रयास गर्ने हो भने आफ्नै उत्पादनले धेरै छाक टार्न सक्छौं । अर्थात हामी आफैले उत्पादन गरेका, अग्र्यानिक खानेकुरा आफ्नो छाकमा समावेश गर्न सक्छौं ।

महिनावरी गडबडी : के छ घरेलु उपचार ?समान्यत महिनावरी चक्र निश्चित अवधिमा हुने गर्छ । कसैलाई २८ दिनमा त कसैलाई ३२ दिन । यस...
28/05/2020

महिनावरी गडबडी : के छ घरेलु उपचार ?

समान्यत महिनावरी चक्र निश्चित अवधिमा हुने गर्छ । कसैलाई २८ दिनमा त कसैलाई ३२ दिन । यस अवधि भित्र नियमित रुपमा महिनावरी भएमा त्यसलाई सामान्य मानिन्छ । तर, सबैको हकमा यस्तो हुँदैन । कतिपयको महिनावरी चाडै हुने वा ढिलो हुने भइरहन्छ । यस किसिमको अनियमित महिनवरीको एकमात्र कारण छैन । यसमा शारीरिक वा मानसिक स्वास्थ्यदेखि खानपानसमेत जिम्मेवार रहन्छ ।

खराब जीवनशैली

अस्वस्थ्यकर जीवनशैली तथा गलत खानपानका कारण पनि पछिल्लो समय मानिसहरुको स्वास्थ्यमा विभिन्न समस्याहरु देखिन थालेको छ । जसका कारण महिलाहरुमा महिनावारीको समस्या देखिने गरेको छ । विशेषगरी, समयमा खाना नखाने, तारेको तथा भुटेको खानेकुरा खाने लगायतका कारण पनि महिनावारी गडबडी हुने वा महिनावारी समयमा नहुने लगायतको समस्या उत्पन्न हुने गर्दछ ।

विभिन्न रोग

विभिन्न किसिमको रोगको असरले पनि महिनावरीमा समस्या ल्याउँछ । खासगरी प्रजनन स्वास्थ्यको समस्याले महिनावरी गडबडी भएको हुनसक्छ ।

तनाव वा डिप्रेसन

तनाव वा डिप्रेसनका कारण पनि महिनावारीमा गडबडी हुने गर्दछ । तनाव भएमा महिलाहरुको हर्मोन गडबडी हुने गर्छ, जसका कारण महिनावारी गडबडी हुने मात्र नभई तौल बढ्ने समस्या समेत उत्पन्न हुने गर्छ ।

मदिरा सेवन

धुमपान तथा मदिराका सेवनका कारण पनि महिानावारी गडबडी हुनसक्छ । विशेषगरी मदिराको सेवनले शरीरमा विभिन्न समस्याहरु उत्पन्न हुने गर्छ, जसका कारण मासिक श्राव तथा महिनावारी समेत प्रभावित हुने गर्छ ।

महिनावारी नियमित गराउने घरेलु उपाय

महिनावरी गडबडी भएमा चिकित्सकसँग परामर्श लिनैपर्छ । के कारणले गडबडी भएको हो सो कुरा पत्ता लगाएर मात्र अन्य उपायहरु अपनाउनु उचित हुन्छ । त्यससँगै केही घरेलु विधीबाट पनि महिनावरी गडबडीको समस्याबाट मुक्त हुन सकिन्छ ।

धनिया तथा सौफको दानाको प्रयोग

धनिया वा सौफको दानालाई काढा बनाएर नियमित सेवन गरेमा पनि यो समस्या क्रमश कम भएर जान्छ । यसलाई विशेषगरी रातीको समयमा भिजाउने र विहानको समयमा छानेर खान सकिन्छ ।

गाँजरको साथमा चुकन्दरको रस

अनियमित महिनावारी भएको खण्डमा गाजर तथा चुकन्दरलाई पिसेर त्यसको रस सेवन गरेर पनि नियमित बनाउन सकिन्छ । करिब तीन महिनासम्म दैनिक एक गिलास गाजर तथा चुकन्दरको रस पिएर पनि अनियमित महिनावारीको समस्यालाई क्रमैसँग हटाउन सकिन्छ ।

मेथीको दाना

घरमा यस्तो सलाद बनाएर पनि खान सकिन्छ, जसमा दुई चम्चा भिजाएको मेथी मिलाइएको होस्। अन्यथा मेथीलाई भिजएर विहान विहान एक चम्चा भिजाएको मेथी पनि सेवन गर्न सकिन्छ ।

बच्चालाई औषधि दिनुअघि अपनाउनुपर्ने सावधानीसामान्य रुघाखोकी वा ज्वरो आउनसाथ हामी बालबच्चालाई औषधि खुवाउने हतार गर्छौं । प...
02/05/2020

बच्चालाई औषधि दिनुअघि अपनाउनुपर्ने सावधानी

सामान्य रुघाखोकी वा ज्वरो आउनसाथ हामी बालबच्चालाई औषधि खुवाउने हतार गर्छौं । पखला लागेमा वा अन्य कुनै सामान्य समस्या भएमा औषधि पसलमा दौडन्छौ। जबकि यस्ता सामान्य शारीरिक समस्यामा औषधि सेवन गराइरहनु आवश्यक छैन । औषधि सेवन नगराई पनि उनीहरू ठिक हुन्छन् । आवश्यक स्याहारसुसार गरे पुग्छ । तातोपानी दिने, सरसफाइमा ध्यान दिने, ताजा र सुपाच्य खानेकुरा दिने गरेमा पनि उनीहरू निको हुन्छन्।

त्यसो त घरेलु औषधि दिएर पनि सामान्य स्वस्थ्य समस्या टार्न सकिन्छ । यद्यपि कतिपय अवस्थामा भने एलोपेथिक औषधि दिनैपर्ने हुन्छ । तर, औषधि दिनुपर्ने अवस्थामा भने धेरै सर्तकता अपनाउनुपर्छ ।

कहाँ खरिद गर्ने औषधि ?

जथाभावी औषधि खरिद गर्नु हुन्न । बेलाबखत चिकित्सकको प्रेस्किप्सन नबुझेर वा कुनै औषधिको नाम अन्य औषधि मिलेर पनि विक्रेताले फरक औषधि हातमा थमाउने गर्छन् । त्यस्ता औषधिले बच्चाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । त्यसैले विश्वसनीय र मान्यताप्राप्त पसलबाट मात्र औषधि खरिद गर्नुपर्छ।

कति दिने औषधि ?

तपाईंलाई थाहा हुनुपर्छ, प्रत्येकपटक औषधि लेख्दा चिकित्सकहरूले बिरामीको उमेर सोध्ने गर्छन्। अर्थात् चिकित्सकले बिरामीको उमेरलाई ध्यानमा राखेर नै औषधिको मात्रा लेख्ने गर्छन् ।

औषधिको मात्रा गलत हुनासाथ यसले शरीरलाई हानी पुर्‍याउन सक्छ वा त्यसको प्रभाव कम हुन सक्छ । त्यसैले, चिकित्सकले जति मिलिग्राम औषधि खान भन्छन्, त्यतिमात्र औषधि खानु पर्छ । औषधि खरिद गर्दा पनि कतै गलत मात्राको औषधि त खरिद गरेको छैन भन्नेमा पनि विशेष सजगता अपनाउनुपर्छ ।

चिकित्सकसँग के सोध्ने ?

कुनै स्वास्थ्य समस्यामा बिरामीलाई शरीरमा गर्मी पैदा गर्ने खानेकुरा खाने सल्लाह दिइने गरिन्छ भने कतिपय अवस्थामा शरीरलाई शीतल राख्न खाद्य पदार्थको सेवन गर्न सल्लाह दिने गरिन्छ । त्यसैले, कुनै पनि औषधिको सेवन गर्दा उक्त औषधिको सेवन गरिरहँदा के खाने, के नखाने भनेर सोध्न आवश्यक छ। साथै, औषधि खाँदा पानीको साथ खाने वा दूधको साथमा खाने भन्नेबारेमा पनि चिकित्सकको सुझाव अनिवार्य छ ।

चिकित्सकसँग किन गर्ने परामर्श ?

जब बालबालिकाको स्वास्थ्य खराब हुन थाल्छ, तब अभिभावकहरूले बालबालिकाको चेकजाँच विभिन्न चिकित्सकमार्फत गराउन थाल्छन् । जबकि बालबालिकाको जाँच जुनसुकै चिकित्सकबाट गराएपनि औषधि सेवन गर्दा भने एउटा चिकित्सकले दिएको मात्र औषधिको सेवन गर्नुपर्छ । अन्थया, विभिन्न चिकित्सकले दिएको धेरैथरिको औषधि एकै पटक खुवाउँदा बालबालिकामा संक्रमण हुन सक्छ ।

किनकि प्रत्येक औषधि साइड इफेक्ट हुन्छ । प्रत्येक औषसिको दुष्प्रभाव भएकोले दुईवटा बेग्लाबेग्लै औषधिको सेवन गर्नुपूर्व चिकित्सकसित अनिवार्य परामर्श गर्नुपर्छ ।

औषधि दिनुअघि के कुरामा ख्याल गर्ने ?

कुनै पनि औषधि सेवन गर्नुअघि खोलमा लेखिएको निर्देशनलाई सावधानीपूर्वक पढ्नुपर्छ । केही विशेष औषधि विशेष प्रकारको निर्देशन सहित बजारमा बिक्रीवितरण हुने गर्छ । त्यसैले, चिकित्सकले दिएको औषधि पसलबाट खरिद गर्नुअघि त्यसमा चिकित्सकसँग त्यस्ता औषधिको बारेमा राम्ररी जानकारी लिनुपर्छ ।

चिकित्सकबाट कुनै रोगको औषधि लिएको बखत आफूले कुन औषधि सेवन गरिरहेको छु भन्ने कुरा समेत बताउन भुल्नुहुँदैन ।

प्राकृतिक विधीबाट रोगसँग लड्ने क्षमता बढाउन सकिन्छ : डा. हेमराज कोइरालाकोरोना भाइरस विरुद्धको खोप वा निश्चित उपचार विधी ...
24/04/2020

प्राकृतिक विधीबाट रोगसँग लड्ने क्षमता बढाउन सकिन्छ : डा. हेमराज कोइराला

कोरोना भाइरस विरुद्धको खोप वा निश्चित उपचार विधी अहिलेसम्म फेला पारिएको छैन । त्यसैले कोरोना संक्रमितहरुलाई चिकित्सकको निगरानीमा राखेर सुरक्षात्मक विधी अपनाइने गरेको छ । यसक्रममा कतिपयको मृत्यु भएको छ भने कतिपय निको भएका छन् । उही किसिमको भइरसले संक्रमण गरेपनि एकथरीको ज्यान जान्छ, अर्कोथरी निको हुन्छन् । यसको कारण हो, रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाहरु निको हुन्छन् । कमजोर भएकाहरुको शरीरमा भाइरस हावी हुन्छ । खासगमा प्रतिरक्षा प्रणाली भनेको के हो ? यसले शरीरमा कसरी काम गर्छ ? प्रतिरक्षा प्रणाली बलियो बनाउने प्राकृतिक विधी के हुन् ? यसै सेरोफेरोमा अनलाइनखबरले प्राकृतिक चिकित्सक एवं योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, भरतपुर –१ वागीश्वरी चितवनका मेडिकल डाईरेक्टर हेमराज कोइरालासँग कुराकानी गरेको छ ।

अहिले घरमै बसेर के–कस्ता प्राकृतिक उपचार लिन सकिन्छ ?

घरमा बसेर विशेषतःहामी चार किसिमका विधिहरू अपनाउन सक्छांै । ती चार किसिमका विधिहरू निम्न लिखित छन् ।

क. रोगबाट बच्नु वा रोगै लाग्न नदिनु ।

ख. रोग प्रतिरोधक क्षमताको सशक्तिकरण गर्नु ।

ग. स्वास्थ्य रक्षक जडिबुटीहरूको प्रयोग गर्नु ।

घ. पुरक खाद्यको प्रयोग । रोग प्रतिरोधक क्षमता बढाउने प्राकृतिक तौर तरिका के हुन् ?

शरीरमा रोगसँग लड्ने क्षमता कसरी बढाउने भन्दा अघि प्रतिरक्षा प्रणाली वा ब्याधि क्षमता भनेको के हे भनेर बुझ्न उपयुक्त हुन्छ ।

प्रतिरक्षा प्रणली अन्तर्गत बोन म्यारो वा हड्डी भित्रको मज्जामा उत्पन्न भई रगत, तन्तुहरू, र लिम्फ नोडहरूमा रहेने सेता रक्तकोषहरू, लिम्फनोड, फियो, थाइमस आदिले मिलेर बनेको यस्तो प्रणाली जसले रोग कारक सूक्ष्मजीवहरू जस्तै ब्याक्टेरिया, भाईरस, ढुसी, एवं परजीवीहरू शरीरमा प्रवेश गर्ने बित्तिकै आक्रमण गरेर नष्ट गरिदिन्छन् ।

प्रतिरक्षा प्रणाली बलियो भए रोगका किटाणुहरूलाई प्रतिरक्षा प्रणालीका कोषहरूले जित्दछ र रोगले केही गर्न सक्दैन । तर प्रतिरक्षा प्रणाली कमजोर भए रोगका किटाणुहरूले जित्दछ । रोगले आक्रमण गर्छ ।

यसर्थ प्रतिरक्षा प्रणालीको सशक्तिकरण नै हरेक सुक्ष्म जीवबाट हुने रोगहरूको सबै भन्दा भरपर्दो उपचार हो । प्रतिरक्षा प्रणालीको सशक्तिकरण गर्न वा रोग प्रतिरोधक क्षमता बढाउन निम्न प्राकृतिक चिकित्सा विधिहरू अपनाउन सकिन्छ ।

प्राकृतिक विधीले रोग प्रतिरोधात्मक क्षमता बढाउने तरिका के हुन् ?

दैनिक आठ घण्टाको निन्द्रा

खासगरी बेलुका ९ बजे देखि ५ बजे बिचको राम्रो, गहिरो र मिठो निन्द्राले सेता रक्तकोषहरू बढाउने, घाउ खटिरा निको पार्ने र संक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका गर्दछ ।

दैनिक ५ लीटर पानीको सेवन- पर्याप्त पानीको सेवन गर्नाले शरीरमा विजातिय द्रब्यहरूको संकलन हुन पाउदैन । यसो हुदाँ शरीरमा अनावश्यक रूपमा हानीकारक ब्याक्टेरिया, भाईरस, ढुसी एवं परजीवीहरूको बृद्घिहुन पाउदैन । यसका अलावा पनी कम हुँदा शरीरमा विषाक्त पदार्थहरू जम्मा भई प्रतिरक्षा प्रणालीका कोषहरूलाई समेत निष्तेज पार्दछ ।

दैनिक ४५ मीनेटको योगभ्यास-योगभ्यासले शरीरमा रक्तसंचार सूचारूपार्ने, पोषक तत्वहरूको समान वितरण गर्ने, विजातिय द्रब्यको निस्कासनमा भूमिका खेल्ने र प्रतिरक्षा प्रणालकिा कोषहरू उत्पादन गर्न मद्यत गर्दछ ।

१५ मीनेट कपालभाती वा भस्त्रिका प्रणायाम- कपालभाती, भस्त्रिका, सूदर्शन क्रिया जस्ता छिटो–छिटो श्वास लिएर गरिने प्राणयामले शरीरमा नेचूरल किलर सेल र टी सेलको मात्रा बढाउने हुँदा भाईरसको संक्रमण संग लड्न मद्यत गर्दछ ।

साँझ ३० मिनेटको ध्यान- ध्यानले तनाव कम गर्दछ । तनाव कम हुँदा प्रतिरक्षा प्रणलीको आफै मजबुत हुन्छ ।

शाकाहारी खाना- शाकाहार मानवको प्रकृति प्रदत्त अधिकार हो ।शाकाहारी जीवन शैली अपनाउदा मान्छेले आफूलाई धरै जूनोसिस (जनावरबाट मान्छेमा सर्ने रोगहरू) बाट बच्न सक्दछ । यसका अलवा मंशाहारीलाई विभिन्न किसिमका संक्रमणहरू पनि भईरहन्छन । शाकाहारी खानाले संक्रमण र प्रदाहलाई निको पार्न मद्यत गर्दछ ।

मौसमी फलफूल एवं तरकारीको सेवन-मौसमी फलफूल एवं तरकारी हरूमा प्रसस्त मात्रामा भिटामिन, खनिज एवं लवण र एण्टी अक्सिडेण्टहरू पाईन्छन । यी तत्वहरूले रोग प्रतिरोधक कोषहरूको उत्पादन एवं बृद्घि–विकाशमा महत्वपूर्ण भूमिका अदा गर्दछ ।

बिहान आधा घण्टाको सूर्य स्नान (घाम तपाई)- सूर्यको प्रकास सर्वश्रेष्ठ प्राकृतिक किटनासक हो । यसका अलावा सूर्य–स्नान गर्दा शरीरमा प्रतिरक्षा प्रणलीलाई मजबुत पार्ने भिटामिन डी को संश्लेषण हुन्छ ।

रेशा र चोकर यूक्त खानेकुरा- रेशा एवं चोकरले विजातीय द्रब्यहरूलाई शरीरबाट निष्काशन गर्नमा, पाचन प्रणालीलाई सफा गर्न र संक्रमणलाई निस्तेज गर्नमा मद्यत गर्दछ ।

हप्ताको एकदिन उपवास- उपवाशले प्रतिरक्षा प्रणालीलाई रिसेट गर्न मद्यत गर्दछ एवं उपवास पश्चात प्रतिरक्षा प्रणालीका कोषहरूको उत्पादन लाई पनि मद्यत गर्दछ ।

सकरात्मक सोच- महामारी फैलदा मान्छे रोगले भन्दा पनि डरले मर्ने गर्दछन् । यस्तो बेलामा सकरात्मक हुदाँ समस्या संग लड्न थप बल प्राप्त हुन्छ ।

प्रकृतिसंगको सामिप्यता- प्रकृति संगको समिप्यताले प्रकृतिमा विद्यमान ब्याक्टेरिया, भाईरस, ढुसी एवं परजीवीहरूसंङ्ग प्रतिरक्षा प्रणलीको जम्काभेट भईरहने हुदा प्रचिरक्षा प्रणालीलाई चूष्त राख्न मद्यत गर्दछ ।

धुमपानको एवंमद्यपान त्याग- धूमपान एवं मद्यपानले प्रत्यक्ष रूपमा प्रतिरक्षा प्रणलीलाई निस्तेज गर्दछ ।

चिनीको सेवन नगर्ने- चिनी सेवनले मुखमा एवं शरीरमा हानीकारक ब्याक्टेरीयालाई आकर्षित गर्दछ । यी ब्याक्टेरिया भएको ठाउमा भाईरस चाडै आकर्षित हुन्छ र संक्रमण फैलन्छ।

यी विधिहरूको यथोचित प्रयोगले हाम्रो शरीरको व्याधि क्षमत्व वा रोग प्रतिरोधक क्षमता बढ्दछ । व्याधि क्षमत्व मजबुत भएपछि रोगलाई सजिलै जित्न सकिन्छ ।

लकडाउनमा उपयोगी हुनेछ यी घरेलु ओखतीअपच भयो, ग्याष्ट्रिक भयो, पखला चल्यो । के गर्ने ? यी सामान्य अवस्थमा अस्पताल धाइरहनु ...
15/04/2020

लकडाउनमा उपयोगी हुनेछ यी घरेलु ओखती

अपच भयो, ग्याष्ट्रिक भयो, पखला चल्यो । के गर्ने ? यी सामान्य अवस्थमा अस्पताल धाइरहनु पर्दैन । अहिले अस्पताल धाउने अनुकुलता पनि छैन । त्यसैले कतिपय शारीरिक समस्या भएमा घरेलु उपचार खोज्नु उपयुक्त हो । त्यसो त हाम्रो भान्सामा उपलब्ध बेसारदेखि ज्वानोसम्मले औषधिको काम गर्छ । एक कप पानीमा तीन वटा सुकुमेलको पाउडर मिसाएर उमाल्ने । त्यसलाई चिसो बनाएर पिउनुपर्छ ।

-केहि तुलसीको पत्ता राम्ररी पखाल्ने र चपाउने ।

-एक चम्चा मेथी दानामा थोरै पानी मिसाएर पेस्ट बनाउने, त्यसलाई छानेर रस पिउनुपर्छ । ल्वाङको एक टुक्रा मुखमा राखेर चपाउने । त्यस्तै एक कप पानीमा चार–पाँच वटा ल्वाङ राखेर उमाल्ने र सेलाएपछि पिउने ।

– १–१ चिया चम्चा पुदिना र कागतीको रसमा एक ठूलो चम्चा मह मिसाएर पिउने ।

-१ चिया चम्चा अदुवाको रस र कागती मिसाएर पिउने । हरेक दिन आधा ग्लास मनतातो पानीमा आधा चम्चा भुटेको जिरा पाउडर सेवन गर्नाले कब्जियत ठीक हुन्छ ।

-दिनमा दुई पटक एक चिया चम्चा त्रिफला पाउडर र मह मिसाएर सेवन गर्नाले कब्जियतमा आरम मिल्छ ।

-आधा ग्लास पालुङ्गोको जुसमा आधा ग्लास पानी मिसाएर दिनमा तीन पटकसम्म पिउनुपर्छ । १ गिलास तातो पानीमा चुट्कीभर हिंग र बीरे नुन मिलाएर दिनमा तीन पटक पिउनुपर्छ ।

– १ गिलास तातो पानीमा एक कागतीको रस, एक ठूलो चम्चा बेकिङ सोडा र चुट्कीभर नुन मिसाएर पिउने आरम मिल्छ ।

-१ कप पानीमा थोरै पुदिनाको पात मिसाएर तीनचार मिनेट उमाल्ने । त्यसपछि छानेर उक्त रसमा मह मिसाएर पिउनुपर्छ । अदुवाको एक सानो टुक्रा पोल्ने र त्यसमा एक चिया चम्चा मह मिसाएर सेवन गर्ने ।

-पाकेको केरालाई दहीमा मिसाएर सेवन गर्नाले पनि झाडापखला ठीक हुन्छ ।

-दुई ठूलो चम्चा दहीमा आधा चिया चम्चा मेथीदाना र जिरा मिसाएर सेवन गर्ने ।

आफ्ना श्रीमतीबाट के चाहन्छन् पुरुष ?प्रेम, यौन, आय–आर्जन, पारिवारिक सुख, सम्मान । हुन त पुरुषहरुले आफ्नो कुरा खुलेर व्यक...
11/04/2020

आफ्ना श्रीमतीबाट के चाहन्छन् पुरुष ?

प्रेम, यौन, आय–आर्जन, पारिवारिक सुख, सम्मान । हुन त पुरुषहरुले आफ्नो कुरा खुलेर व्यक्त गर्छन् । आफूलाई के मनपर्छ, के मनपर्दैन । के कुरामा चित्त बुझेको छ, के कुरामा छैन । मनमा कुरा लुकाउँदैनन् । तर, यावत कुराका निम्ति अनुकूलता भने हुनुपर्छ । अर्थात् श्रीमती र श्रीमानबीचको अन्तर संवाद हुनुपर्छ ।

आफ्ना श्रीमान कस्ता छन् ? के कुरामा रुचि राख्छन् ? आफ्नो व्यवहारलाई उनले कसरी लिएका छन् ? आफूले के गरेको मन पराउँदैनन् ? थाहा भएको उत्तम हो । हुन त यस किसिमको जानकारी दोहोरो नै हुनुपर्छ । श्रीमती के चाहन्छिन्, के रुचाउँछिन्, कस्तो व्यवहार मन पर्दैन ? श्रीमानलाई पनि थाहा हुनुपर्छ ।

किनभने आफूले चाहेको निर्णय मात्र गरिरहँदा वा पारिवारिक निर्णयहरु आफूलाई केन्द्रित गरेर गरिरहँदा दाम्पत्य सन्तुलन बिग्रिन सक्छ । त्यसैले एकअर्काको भावना, रुचि, व्यवहार, आनीबानी सबैलाई बुझ्न जरुरी हुन्छ ।

स्वभाविक हो, श्रीमतीप्रति श्रीमानका केही अपेक्षा हुन्छन्। आफ्नी श्रीमतीले यस्तो व्यवहार गरिदिए हुन्थ्यो भन्ने लाग्छ । आफ्नी श्रीमतीबाट श्रीमानले खोज्ने पहिलो कुरा भनेको पारिवारिक सुख हो । श्रीमतीले घरको वातावरण शान्त बनाइरहोस्,खुसीयाली छाइरहोस् भन्ने अपेक्षा गर्छन् । परिवारका सबै सदस्यलाई समान व्यवहार गरेको, सबैप्रति सकारात्मक भाव राखेको हेर्न चाहन्छन् ।

घर व्यवहार कसरी चुस्त बनाउने ? भान्सालाई कसरी पोषिलो बनाउने ? परिवारका सदस्यहरुलाई कसरी सन्तुष्ट तुल्याउने ? घरलाई कसरी सफा सुग्घर बनाउने भन्ने कुरामा श्रीमतीले नै खास भूमिका निर्वाह गरेको हेर्न रुचाउँछन् पुरुष। भलै, यावत काममा उनले अरु सदस्यबाट पनि सहयोग लिन सक्छिन् ।

जतन गरेको

कतिपयको प्रवृत्ति खर्चालु हुन्छ । भड्किलो जीवनशैली रुचाउँछन् । अरुको देखासिखी गर्छन् । त्यही अनुसार जथाभावी खर्च गर्ने गर्छन् । भलै उनले परिवारकै लागि भनेर खर्च गरेपनि त्यसले पारिवारिक व्ययभार बढाइदिन्छ । अनावश्यक र फजुल खर्चले आर्थिक समस्या ल्याउँछ ।

श्रीमान चाहन्छन् कि श्रीमती खर्चालु होइन, जतन गर्ने प्रवृत्तिको होस् । हरेक कुरा सोचविचार गरेर मात्र निर्णय गर्ने होस् । धेरै किनमेल गर्ने, भोज भतेर आयोजना गर्ने, खानेकुराहरु नष्ट गर्ने जस्ता प्रवृत्तिले घरमा दरिद्रता ल्याउँछ । यस कुरामा श्रीमती सचेत भएको र आर्थिक कुरामा उनले नियन्त्रण गरेको हेर्न चाहन्छन् ।

कतिपय सामग्रीहरु पुन: प्रयोग गर्न सकिने हुन्छन् । लुगा सिलाएर लगाउन सकिन्छ। नष्ट हुन लागेको सागलाई गुन्द्रुक बनाउन सकिन्छ, थोत्रो प्लाष्टिकमा माटो भरेर केही रोप्न सकिन्छ । यसरी हरेक कुरालाई सदुपयोग गर्ने खुबी होस् भन्ने चाहन्छन् ।

पारिवारिक स्वास्थ्यको ख्याल

हाम्रो पारिवारिक संरचना अनुसार श्रीमतीले भान्साको काम सम्हाल्ने गर्छिन् । खाना पकाउन उनीहरु नै सिपालु हुन्छन् । तर, कतिपय भने मीठो मसिनो, मसलेदार र अस्वस्थ्यकर खानेकुरा बनाउने प्रवृत्तिका हुन्छन् भने कतिपय स्वस्थ्यकर खानेकुरा बनाउने ।

जस्तो भान्सा, उस्तै हुन्छ पारिवारिक स्वास्थ्य । त्यसैले भान्सामा समेत श्रीमतीले उचित नियन्त्रण गरेको हेर्न चाहन्छन् पुरुषहरु ।

सम्मान

आफ्ना आमाबुबा, आफन्त, नातेदारसँग सम्मानजनक सम्बन्ध स्थापित गरेको हेर्न चाहन्छन् । परिवारका सदस्यलाई समान व्यवहार गरेको, सबैप्रति प्रेममय सम्बन्ध बनाएको हेर्न चाहन्छन् ।

यौन सुख

श्रीमानले श्रीमतीबाट चाहने अर्को कुरा यौन सुख पनि हो । श्रीमतीको कारण यौन जीवन खल्लो नहोस् भनेर उनीहरु सचेत रहन्छन् । यौनमा दुबैको समान सहभागी हुनुपर्ने हुन्छ । त्यसैले एकजना मात्र निस्क्रिय भइदिदा यौन जीवन खल्लो हुनपुग्छ । त्यसैले यौन क्रियाका लागि श्रीमतीको सक्रियता खोज्छन् पुरुषहरु ।

आदिवासी बस्तीमा स्ट्रबेरीले ल्याएको परिवर्तन२२ फागुन, झापा । झापाको बाह्रदशी गाउँपालिकामा पर्ने राजगढ गाउँमा सञ्चालित स्...
05/03/2020

आदिवासी बस्तीमा स्ट्रबेरीले ल्याएको परिवर्तन

२२ फागुन, झापा । झापाको बाह्रदशी गाउँपालिकामा पर्ने राजगढ गाउँमा सञ्चालित स्ट्रबेरी फार्ममा चहल–पहल बाक्लो देखिन्थ्यो । कोही सेल्फीको मज्जा लिँदै थिए, कोही स्ट्रबेरी किन्ने लाइनमा थिए । खेतमा पाकेको स्ट्रबेरी टिप्न भ्याई–नभ्याई थियो । कामदारहरु आफ्नै धुनमा काम गरिरहेका थिए ।

स्ट्रबेरी फार्ममा आउनेहरु फोटो खिचेर रमाउने गर्छन् । खेतमा पसेर सेल्फी खिचिसकेपछि ताजा स्ट्रबेरी खरिद गर्छन् ।

‘ए दाजु, पर्खनुस् त, यहाँभन्दा अगाडि बढ्न मिल्दैन’ कामदारले अगाडि बढिरहेका मानिसहरुलाई रोके । खेतको बीचैमा रोकिएको टोली तस्वीर खिच्न व्यस्त भयो ।

फार्मका कर्मचारी मानबहादुर थापालाई स्ट्रबेरी बेच्न भ्याई–नभ्याई छ । उनी धमाधम बिल काट्दै छन् । एक दिनको हिसाब सुनाउँदै थापाले अनलाइनखबरसँग भने, ‘आज २२ केजीजति बिक्री भयो होला ।’ मानबहादुरका अनुसार स्ट्रबेरीको फार्म हेर्न दैनिक दुई/तीन सय आन्तरिक पर्यटक आउँछन् । केहीले स्ट्रबेरी खरिद गरेर लैजान्छन् भने कोही फोटो खिचेर फर्कन्छन् । नाम दर्ता गर्ने वा टिकट लिने चलन नरहेकाले दैनिक आउनेहरुको संख्या बताउन नसकिने मानबहादुरले सुनाए । शनिबारचाहिँ यो संख्या लगभग ५ सय हाराहारी पुग्ने उनको दाबी छ ।

डेढ वर्षदेखि सञ्चालनमा आएको यो कृषि फार्म गोल्यान समूहले चलाइरहेको छ ।

विशेष गरेर निर्यातजन्य उद्योगहरुमा लगानी रहेको पुरानो व्यवसायिक घराना गोल्यान समूह पछिल्लो समय कृषिमा लगानी गर्नतिर लागेको छ ।

एनएमबी बैंकका अध्यक्षसमेत रहेका यस समूहका अध्यक्ष पवन गोल्यानले केही वर्षयता कृषिमा निकै रुची देखाएका छन् । उनकै सक्रियतामा झापाका विभिन्न ठाउँमा अर्गानिक कृषि फार्महरु शुरु गरिएका छन् । तीमध्ये राजगढको स्ट्रबेरी फार्म एक हो ।

फार्ममा पुग्न पूर्व–पश्चिम राजमार्गको लक्ष्मीपुरबाट दक्षिणतर्फ करिब २३ किलोमिटर यात्रा गर्नुपर्छ ।

दुर्गम गाउँ पर्यटकको गन्तव्यमा परिणत

झापाको दक्षिणपूर्वी गाउँ राजगढ शहरीकरणबाट पछि परेको ठाउँ हो । यहाँ न त कुनै पार्कहरु छन्, न कुनै घुमघाम गर्ने ठाउँ । अहिले स्ट्रबेरीको आकर्षक फार्म खुलेपछि यो ठाउँ पर्यटक गन्तव्यजस्तै बनेको छ । टाढा–टाढाबाट मानिसहरु आउन थालेका छन् ।

इटहरीबाट आएका रुपेन्द्र घिमिरे सेल्फीमा रमाउँदै थिए । उनले शनिबार बिदाको सदुपयोग गर्न घुम्दै यहाँ आइपुगेको बताए ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when फेसबुकनेपाल.डटकम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share