Daily News

Daily News It is our new fecebook page- Daily News

चितवनमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन्भरतपूर महानगरपालिका वडा नम्बर २९ स्थित लमजुंगे टोलका २२ वर्षीय प्रेम ...
10/01/2023

चितवनमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन्

भरतपूर महानगरपालिका वडा नम्बर २९ स्थित लमजुंगे टोलका २२ वर्षीय प्रेम राना मगर र उनकी श्रीमती २१ वर्षीया शान्ती भन्ने बुद्धीमाया राना मगर आज बिहान आफनै घरमा मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, श्रीमान आफ्नै घरको कोठाको बलोमा नाईलनको डोरीको पासो लगाई झुण्डीएको अवस्थामा थिए। उनकी श्रीमती घर बाहिर आगनमा रहेको अगेनाको छेउमा मृत अबस्थामा रहेको प्रहरीले जनाएको छ।

मृतक बुद्धीमाया रानाको टाउकोमा चोट रहेको छ। अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

https://rashtriyadainik.com/?p=32947
09/01/2023

https://rashtriyadainik.com/?p=32947

धनगढी । भारतको गुजरातबाट टीकापुरका लागि छुटेको यात्रुबहाक बस लखनउमा दुर्घटना भएको छ । भारतको उत्तरप्रदेशको राज.....

शिक्षा तथा स्वास्थ्य क्षेत्र प्राथमिकतामा रहने : नगर प्रमुख शाहकृष्णनगर , पुस २५ । कृष्णनगर नगरपालिकाले छाडा चाैपाया व्य...
09/01/2023

शिक्षा तथा स्वास्थ्य क्षेत्र प्राथमिकतामा रहने : नगर प्रमुख शाह

कृष्णनगर , पुस २५ ।

कृष्णनगर नगरपालिकाले छाडा चाैपाया व्यवस्थापन , शिक्षा तथा स्वास्थ्य क्षेत्र लाई प्राथमिकतामा राखि थप याेजनाका साथ नवाैं नगरसभा सम्पन्न गरेकाे छ ।

नगरप्रमुख रजत प्रताप शाहकाे संयाेज्कत्वमा कृष्णनगर नगरपालिकाले सार्वजनिक सम्पतिको संरक्षण, छाडा चौपायाको दिगो व्यवस्थापन, स्थानीय बजार अनुगमन लगायतका बिकासमुखी याेजना नवाैं नगरसभाले प्रतिवद्धता लिएकाे छ । नगरसभाले शिक्षाको गुणस्तर कायम, स्वास्थ्य क्षेत्रमा आपेक्षित सुधार, बस पार्क व्यवस्थापन लगायतक्षसार्वजनिक क्षेत्रको अतिक्रमण हटाउन, नगरबासीको शान्ति सुरक्षा स्थापना , सबै प्रकारका कर, दस्तुर र शुल्क उठाउन नगर प्रहरीको दरबन्दी स्वीकृत गरी चालू आर्थिक बर्षबाटै परिचालन गरिने थप याेजनाबारे नगरप्रमुख रजत प्रताप शाहले सभालाई जानकारी गराउनु भएकाे थियाे ।

नगरप्रमुख शाहले आय व्यय प्रस्तुत गर्दा गत आर्थिक बर्ष २०७८/७९ मा कुल आम्दानी रु ६८ करोड ५७ लाख ४४ हजार ३३ रुपैया मात्र भएको थियो भने कुल रु ५२ करोड ८४ लाख २६ हजार ८ सय ८० रुपैयां खर्च भइ बचे रकम रु १५ करोड ७३ लाख १७ हजार १ सय ५३ मध्ये रु २ करोड ५० लाख चालु आर्थिक वर्षको आय अनुमानमा समावेश गरिसकेको बताउनुभयने । चालु आर्थिक बर्षमा समाबेश नभएको रु १३ करोड २३ लाख ७६ हजार १ सय ५३ बाट खर्च गर्ने बताउनुभयाे ।
त्यस्तै चालू आर्थिक बर्षमा आन्तरिक आय तर्फ रु २ करोड आम्दानी प्रक्षेपण गरिएकोमा मंसीर मसान्त सम्म सबै वडा बाट कूल रु १२ लाख ७८ हजार ७७१, भन्सार व्यारियर बाट रु २० लाख ७ हजार ५० नगरपालिका संकलन केन्द्रबाट २४ लाख ११ हजार ४११ र नदी जन्य पदार्थको विक्री बापत प्राप्त भएको रु २३ लाख ५५ हजार ५०५ को ६० प्रतिशतले हुन आउने रु १४ लाख १३ हजार ३ सय ०३ गरी कूल रु ७१ लाख ०९ हजार ३ सय ०३ मात्र आन्तरिक आय संकलन भएको छ ।
चालू आ.ब. मा नगरपालिकाको कूल ७६ करोड ३२ लाख ४५ हजार बजेट मध्ये चालू तर्फको ४४ करोड २७ लाख २४ हजार मा २३ .१३ प्रतिशत खर्च भएको छ भने पुँजीगत तर्फको ३२ करोड ५ लाख २० हजारमा १७ प्रतिशत यथार्थ खर्च भएको जसमा हालसम्म कूल अनुमानित आयको ४३ प्रतिशत यर्थाथ आय भएको जानकारी दिनुभयाे ।

नगरसभाका सचिव इश्वरी प्रसाद शर्माले नगरपालिका विभिन्न समितिहरुकाे प्रगति विवरण प्रस्तुत गराउंदै अगामी दिनमा नगरकार्यपालिकाले ल्याएका याेजनाहरु पारदर्शी ढंगले अगाडि बढ्ने बताउनुभयाे ।
सभामा पदाधिकारी , शाखा प्रमुख,कर्मचारी ,संचारकर्मी लगायतकाे उपस्थितमा सर्वसम्मतले सम्पन्न भएकाे संचालक इश्वरी पाैडेलले दिनुभएकाे छ ।

लेखा अधिकृत उपेन्द्र यादव मालामाल, कारवाही गर्ने निकाय मौनवीरगंज १३ पुस ।यातायात व्यवस्था कार्यालय सवारी वीरगंजका लेखा अ...
28/12/2022

लेखा अधिकृत उपेन्द्र यादव मालामाल, कारवाही गर्ने निकाय मौन

वीरगंज १३ पुस ।
यातायात व्यवस्था कार्यालय सवारी वीरगंजका लेखा अधिकृत उपेन्द्र यादवले ब्रह्मलुट मच्चाएको समाचार प्राप्त हुन आएको छ । कार्यालय प्रमुख उमेश कुमार रेगमीको दाहिने हात बनेर काम गर्ने गरेका भ्रष्ट प्रवृतिका अधिकृत यादवले लेखा शाखाको साथै अन्य फांटमा पनि आतंक मच्चाएका छन् । प्रमुख रेगमीले कार्यालयमा कम समय दिने र वहां गईसकेपछि निमित्त प्रमुखको रुपमा अधिकृत बनेर कार्य गर्दा भ्रष्टाचारको मामिलामा आतंक नै मच्चाएको सेवाग्रहीहरुले यस अनलाईनलाई बताएका छन् । लेखा शाखामा नगदी रसिद लिन जाने सेवाग्रहीहरु संग अनिवार्य रकम लिई रसिद काटने गरेको शाखाले घुसको रकम लिनैका लागि अधिकृत यादवले आफ्ना फांटमा प्रमुख रेगमीको मिलोमतोमा बेतल्बी कर्मचारी राख्न पाएका छन् । सो लेखा शाखामा दिनहुं करिब एक हजार नगदी रसिद कटने भएकोले करिब ९५ प्रतिशत सेवाग्रहीहरु संग ५०÷१०० को नोट घुस वापत लिदै दैनिक करिब ९० हजारको अधिकृत यादवको कमाई रहेको स्रोतले जनाएको छ । यसका अलावा कार्यालय सञ्चालनको लागि आएको बजेटमा पनि अनियमित्त तरिकाले खर्च गरी रकमहरु झ्वाम पार्ने गरेको बताईन्छ । अधिकृत यादवको भ्रष्ट प्रवृतिका कारण पटक–पटक सरुवा भए पनि उनि विभागमा मोटै रकम खुवाई र प्रमुख रेगमीलाई रिझाई रवाना नबुझेको बताईन्छ । भ्रष्टाचारको कमाईबाट अकुत सम्पत्ति कमाउन सफल भएका अधिकृत यादवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगायतका निकायहरुले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउदां उनी “दिन दुगुना रात चौगुना” भ्रष्टाचार कार्यलाई तिब्रता दिएको सेवाग्रहीहरुले बताउन थालेका छन् ।

प्रहरी निरीक्षक जोशीको आए देखि जनमानसले प्रहरीबाट अपेक्क्षा गरे अनुसारको शान्ति सुरक्षाको अनुभुती  पर्सावीरगञ्ज । पर्साक...
27/12/2022

प्रहरी निरीक्षक जोशीको आए देखि जनमानसले प्रहरीबाट अपेक्क्षा गरे अनुसारको शान्ति सुरक्षाको अनुभुती

पर्सा

वीरगञ्ज । पर्साको पोखरियामा रहेको ईलाका प्रहरी कार्यालय पोखरीयाको प्रहरी प्रमुखको रुपमा प्रहरी निरीक्षक आयुष जोशी आएदेखी इलाका प्रहरी कार्यालय पोखरिया अन्तरगतका आम जनमानसले प्रहरीबाट अपेक्क्षा गरे अनुसारको शान्ति सुरक्षाको अनुभुती गर्न थालेका छन ।

खुला सिमाका कारण हुने अन्तर देशीय अपराधिक गतिविधीका घटना हुन नदिन सिमामा कडाई गर्नुको साथै आफना प्रहरी विंगहरुलाई चनाखो भएर अवैध गतिविधी नियन्त्रण गर्न खटाईनुले क्षेत्रबासी अमन चयनका साथ सांस लिन पाएका छन ।

केही व्यक्तिगत रिश्वीका घटना बाहेक छिटफुट घटनाहरु भएपनि त्यसलाई कडाईका साथ लागेर निचोड सम्म पुरयाउने अठोटले प्रहरी प्रति जनविश्वास बढदै गएको स्थानीयले अनुभव गरेका छन ।

इलाका प्रहरी कार्यालय पोखरीयाका प्रमुखको रुपमा आएको ७ महिनामा प्रहरी निरीक्षक जोशीको कमाण्डमा लाखौं लाख बराबरको राजश्व भन्सार दाखीला गरिएको ईलाका प्रहरी कार्यालय पोखरीयाको तथ्यांकले देखाएको छ ।

नेपाल प्रहरीका सिमानाकाहरुमा रहेका प्रहरी युनिटहरुले भारत संगको खुला सिमा नाकाका कारण हुने अवैध भन्सार छली चोरी निकासीमा कडाई गरेपनि विभिन्न माध्यम अपनाएर गरिएका अवैध भन्सार छलीका समानहरु प्रहरीले गाउँको विभिन्न स्थानहरुबाट बरामद गरि वीरगञ्ज भन्सार तथा राजश्व अनुशनधान कार्यालय पथ्लैयामा बुझाइएको प्रहरी निरीक्षक जोशीले जानकारी दिनु भयो ।

बरामद समानहरुमा राँगा , लत्ता, सखर , गेहु , धान , कपडा, हार्डवेयर, किराना सामान, शर्टिंग शुटिंग, मालबाहक गाडीहरु लगाएत रहेका छन ।

लाखौं लाख रुपैयाको बराबरको अवैध माल सामानहरू बरामद नियन्त्रणमा राजस्व सरकारी कोषमा दाखिला गराउन प्रहरी निरीक्षक जोशी सफल भएका छन् ।

प्रहरी निरीक्षक जोशी ईलाकामा शान्ति सुरक्षा कायम गर्ने प्रहरीको पहिलो दायित्व भएको बताउँदै इलाकावासीलाई शान्ति सुरक्षाको अनुभुति गराउनु मेरो पहिलो प्राथमिकता रहेको बताउनु भयो ।

लागुऔषधहरु गांजा , फेनारगन , डाईजिल्याब , नुर्फिन , नाईट्राभेट टयाबलेट , कोरेक्स बरामद गरिनुका साथै लागु औषध मुदामा सजाय पाई लुकी छिपी बसेका कै आपराधिक क्रियाकलापमा संलग्न रहेको व्यक्तिलाई समेत प्रहरी निरीक्षक जोशी पक्राउ गरी कैद गराउन सफल भएका छन ।

यसैगरी विभिन्न ठाउहरुबाट चोरी भएका दर्जन भन्दा बढी मोटरसाईकलहरु बरामद गरि धनीलाई बुझाइएको उनले बताए ।

सिमा वारपार हुने भन्सार चोरी तस्करीलाई नियन्त्रण गर्न मातहतका युनिटहरुलाई कडाई गर्न निर्देशन दिइएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए ।

पर्साको इलाका प्रहरी कार्यालय पोखरीया अन्तरगत पर्ने केही पालिकाहरु अति संवेदनशील भए पनि स्थानिय तह , प्रदेश र संसदीय निर्वाचन पनि शान्ति पूर्वक गराउन समेत प्रहरी निरीक्षक जोशी सफल भएका हुन् । भर्खरै सम्पन्न भएको प्रदेश र केन्द्रिय निर्वाचन एकदम भयरहित र शान्तिपूर्ण गराउन सफल भएका प्रहरी निरीक्षक जोशीलाई स्थानिय बासीहरुको पनि प्रशंसा गरेका थिए । इलाका प्रहरी कार्यालय पोखरीया अन्तरगत बढी भारतसंग सीमानाका जोडिएका हुनाले अतिसम्बेदनशील मानिएका गाउँपालिकामा शान्तिपूर्ण र भयरहित वातावरणमा चुनाव गराउन सफल भएका प्रहरी प्रतिको विश्वास आम जनमानसमा अझै बढ्न गएको छ।

सीमा नाकामा कडाइ हुन साथ तस्करहरुमा हाहाकार मचेको हो भने कतिपै तस्करहरुले संयोजित तरिकाले प्रहरी निरीक्षक जोशीलाई बद्नाम गराउन लागेका छन् भने कति पैसाको प्रलोभनमा पारी प्रहरी निरीक्षक जोशीको चरित्र हत्या गराउन समाचार पनि लेखाउन लागेका छन् ।

26/12/2022

पदभार ग्रहण गर्दै गृहमन्त्री लामिछानेले भने- निर्मलालाई न्याय दिन पहल गर्छु

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी केसी प्रहरी नियन्त्रणमा भए  ।लुम्बिनी पुस ११गते /ईलाका प्रहरी कार्यालय बुटवलका प्रह...
26/12/2022

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी केसी प्रहरी नियन्त्रणमा भए ।
लुम्बिनी
पुस ११गते /

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) ठगबहादुर केसी प्रहरीकै अनुसन्धान टोलीको फन्दामा परेका छन् ।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौँबाट आएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको बुझिएको छ। तर, घटना गुपचुप राखिएको छ ।

सुनको कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले आइतबार साँझ निवासमा खानतलासी गर्दा लाखौं नगदसमेत फेला पारेको ईलाका प्रहरी कार्यालय स्रोतले बताएको छ ।

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि छानबिन सुरु गरेको थियो ।

आइतबार साँझ बुटवल आएको प्रहरी टोलीले केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद गरेको प्रहरी स्रोतले बताएको छ। केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपैयाँ मागेका थिए। आइतबार व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको हो ।

यसअघि नै ईलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारी रहेकोमा काठमाडौँबाट आएको प्रहरी टोलीले नियन्त्रणमा लिएर रमाना लिन रोक लगाएको छ ।

केसी करिब १३ महिनाअघि बुटवल आएका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले यसबारे आफूले पनि थाह पाएको तर आधिकारीता बारे बुझ्न अनुसन्धान टोलीलाई भेट्न जान लागेको बताए । ‘म अनुसन्धान टोलीलाई भेट्दैछु, त्यसपछि आधिकारिक कुरा के हो बताउँला, रेग्मीले भने ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रवक्ता प्रहरी उपरिक्षक कमल थापाले प्रहरी प्रधान कार्यालयको निर्देशनमा केसीमाथि एक्सन लिइएको बताए। ‘यो प्रहरी प्रधान कार्यालयबाट भएको काम हो, जिल्लामा सिआईबीले सघाएको होला,थापाले जानकारी दिए ।

23/12/2022

प्रचण्ड गठबन्धन छाडेर आए सम्वाद गर्न एमाले खुला

काठमाडौं । नेकपा एमालेले सत्ता गठबन्धन छाडेर आएको अवस्थामा माओवादी केन्द्रसँग सहकार्य हुनसक्ने संकेत गरेको छ ।प्रतिनिधिसभा सदस्यहरुको शपथकै दिन बिहीबार एमालेको सचिवालय बैठक बसेको थियो, जसमा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए ।एक पदाधिकारीका अनुसार ओलीले सत्ता गठबन्धन कायम रहँदासम्म एमालेले कुनै विकल्पमा पहल लिन सक्ने अवस्था नभएको बताए । तर सबै पक्षसँग सम्वाद भइरहेको भन्दै उनले यसलाई थप गति दिनुपर्नेमा जोड दिएका छन् । ओलीले एमालेको तीन वटा चासो रहेको बताए ।
पहिलो, राजनीतिक स्थायित्व
दोस्रो, ओरालो लागेको अर्थतन्त्रलाई लयमा फर्काउने
तेस्रो, राष्ट्रिय एकतालाई बलियो बनाउने
साँस्कृतिक विचलन देखिन थालेको भन्दै उनले बेलैमा नरोके मुलुक राजनीतिक अराजकतामा जानसक्ने बताएका छन् । यसका लागि पनि सबैसँग सम्वाद गर्नुपर्ने उनले बताए ।सरकार गठनका सन्दर्भमा सत्ता गठबन्धन कसरी अगाडि जान्छ भन्ने हेर्नुपर्ने ओलीले बताए । एमालेका एक पदाधिकारी भन्छन्, ‘अध्यक्षले कांग्रेस र माओवादी सबैसँग कुराकानी भइरहेको छ । प्रचण्डजीले गठबन्धन छोडेर आउनुभयो भने खुला सम्वाद गर्न सकिन्छ भन्नुभएको छ ।’माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्दै आएका छन् । तर प्रतिनिधिसभाकै ठूलो दल कांग्रेसले पनि नेतृत्व दाबी गरेको छ ।एमालेमा कांग्रेससँग मिलेर सरकार बनाउनपर्ने मत पनि छ । तर बिहीबारको बैठकमा ओलीले भने गठबन्धन छाडेर आए प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा स्वीकार गर्ने संकेत गरेको एक नेताले बताए ।

प्रहरी निरिक्षक शैलेन्द्र पाण्डे लागु औषधमा संलग्न लाई धमाधम समात्दैकपिलवस्तु, पुस ७  जिल्लाकाे कृष्णनगर क्षेत्रबाट नेपा...
23/12/2022

प्रहरी निरिक्षक शैलेन्द्र पाण्डे लागु औषधमा संलग्न लाई धमाधम समात्दै

कपिलवस्तु, पुस ७

जिल्लाकाे कृष्णनगर क्षेत्रबाट नेपाल प्रहरीले ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ गरेकाे छ ।

बुधवार राति दस बजे विशेष सुराकीकाे आधारमा ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डे तथा प्रहरी चौकी बेदर्मीका प्रहरी सहायक निरिक्षक अजय कुमार गुप्ता समेतको संयुक्त प्रहरी गस्ती टोलीले लु ७६ प ३६८३ नम्बरको मोटरसाईकलमा कृष्णनगर नगरपालिका वडा नं. १२ , मानपुर गाउँ बस्ने वर्ष २२ का दुर्गा प्रसाद खटिकलाई चेकजाँच गर्दा कालो सुन्तला रङको ज्याकेटमा छिपाई राखेको ४५ ग्राम लागु औषध खैरो हेरोइन ( ब्राउन सुगर ) बरामद गरिएकाे छ ।

पक्राउ परेका खटिकलाई म्याद थप गरि अनुसन्धानका लागि हिरासतमा राखिएकाे इप्रका कृष्णनगरका प्रनि पाण्डेले बताउनुभएकाे छ ।

लागु औषध बिरूद्ध आक्रमक शैली अपनाएका
प्रहरी निरिक्षक शैलेन्द्र पाण्डे ले केहि समय अगाडि चरेस सहित मानिस समात्न सफल रहदै केही हप्ता अगाडि १६.५ केजी अफिम सहित ३ महिला लाई समेत समातेकोमा लागु औषध सेवन गर्ने व्यक्ति हरूलाई पक्राउ गरि शुक्ष्म तरिकाले अनुसंधान गरिरहेका पाण्डे ठूलो मात्रामा ब्राउन सुगर समात्न सफल भएका छन् l

इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेले कुरा गर्दै आफू लागु औषध तथा मानव बेचबिखन जस्ता जघन्य अपराधमा संलग्न लाई कानुनी दायरामा ल्याउने तथा समाजमा शान्ति सुरक्षा स्थापित गर्न हर सम्भव प्रयास गरिरहने बताए l

नवलपरासीमा चिसो हृवात्तै बढ्यो, चहलपहल घट्योबिनोद निगम / ७ पुस  नवलपरासीकेहि दिनदेखि मौसममा आएको स्वभाविक परिवर्तनले नवल...
22/12/2022

नवलपरासीमा चिसो हृवात्तै बढ्यो, चहलपहल घट्यो

बिनोद निगम / ७ पुस नवलपरासी
केहि दिनदेखि मौसममा आएको स्वभाविक परिवर्तनले नवलपरासीमा चिसो हृवात्तै बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरी कुहिरोका कारण घाम नलागेपछि तराईमा चिसो बढेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले मानिसहरु घरबाहिर निस्कन सकेका छैनन् ।

बजार तथा शहरमा मानिसको चलहपहल निक्कै कम भएको छ । सधैंजसो भिडभाड हुने सरकारी कार्यालयहरुमा पनि चिसोका कारण सेवाग्रहीहरु पातलिएका छन् ।

बिहानै खुल्ने व्यपारीक पसल र बजारहरु पनि ढिलो गरी खुलिरहेका छन । साँझ पख पनि चिसो झनै बढ्न थालेपछि बजारहरु सिम्साँझै सुनसान हुन थालेका छन । चिसो बढेपछि ज्याकेट र न्यानो कपडा पसलहरुमा ग्राहकको भिड बढेको छ । चिसो अझ बढ्न सक्ने अनुमानका कारण मानिसहरुले न्यानो लुगा जोहो गर्न थालेका छन् । बाक्लो हुस्सु र शीतका कारण पूर्व-पश्चिम राजमार्गको यातायात पनि प्रभावित भएको छ ।

कठ्याग्रिँदो चिसोसँगै बाक्लो हुस्सु लाग्नाले सवारी साधानको आवागमनमा असर पुगेको हो । बाक्लो हुस्सुले गर्दा भिजिविलिटी कम हुँदा सवारी साधनहरु कम गतिमा बत्ती बालेर गुड्न बाध्य छन ।

बाक्लो कुहिरोका कारण यातायातका साधनहरु दुर्घटना हुने सम्भावना बढेका आवश्यक सावधानी अपनाउने र चिसोबाट जोगिन तथा बालबालिका र वृद्धबृद्धाको विषेश ध्यान दिन आवश्यक पर्दछ ।

नवलपरासीको सुनवलमा आगलागीबाट ७ पसल जलेनवलपरासी / ७ पुष परासी — पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१ सोमनाथस्थित व्यावसायि...
22/12/2022

नवलपरासीको सुनवलमा आगलागीबाट ७ पसल जले

नवलपरासी / ७ पुष
परासी — पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१ सोमनाथस्थित व्यावसायिक सटरमा भिषण आगलागी भएको छ । लज्जावती कन्ट्रक्सनले सञ्चालन गरेको सात वटा सटरमा बिहीबार बिहान करिब १ बजे आगलागी भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।

आगलागीबाट मोटर ग्यारेज, टायल पसल, ब्याट्री पसल र एउटा होटलसहित ७ वटा पसलका सामान जलेर पूर्णरुपमा नष्ट भएका छन् ।
आगलागी नियन्त्रणमा लिनका लागि रामग्राम र बर्दघाट नगरपालिकाको बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयलाई करिब तीन घण्टा लागेको थियो ।

आगलागीबाट डेढ करोडभन्दा बढीको सामान नष्ट भएको अनुमान गरिएको छ । आगलागीको कारण एकिन नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

https://rashtriyadainik.com/?p=32053
22/12/2022

https://rashtriyadainik.com/?p=32053

नवलपरासी , ७ पुष । ठेकदार सम्पर्कमा आएपछि बेलाटारी–कठहवाँ हुलाकी सडक बन्ने आशा जागेको छ । एक बर्षदेखि सम्पर्क विह....

घाँटीमा मासु अड्किएर एक जना मृत्यु ६ पौष, दैलेखमा । घाँटीमा मासु अड्किएर दैलेखमा एक जना पुरुषको ज्यान गएको छ । आज बुधवार...
21/12/2022

घाँटीमा मासु अड्किएर एक जना मृत्यु

६ पौष, दैलेखमा । घाँटीमा मासु अड्किएर दैलेखमा एक जना पुरुषको ज्यान गएको छ । आज बुधवार बिहान खसीको मासु खाँदा घाँटीमा अड्किएर नारायण नगरपालिका ६ भूर्तीका ३८ वर्षीय वीरबहादुर सार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाँटीमा मासु अड्किए पछि उनलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको थियो । उपचार कै क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए ।

https://satyamkhabar.com/archives/18509
21/12/2022

https://satyamkhabar.com/archives/18509

      नेपालगन्ज, ६ पौष – लभ, जिहाद र धोखा आजको मितिमा कुनै नौलो कुरा मानिएको छैन । भारतदेखि नेपाल छिरेको यो प्रेम सम्....

https://rashtriyadainik.com/?p=31977
20/12/2022

https://rashtriyadainik.com/?p=31977

पाल्पा । पाल्पा सदरमुकाम तानसेन नजिकै घडेरी खन्नेक्रमा ठूलो संख्यामा तोपका गोला फेला परेका छन् । जिल्लाको तानसे....

https://todaypati.com/?p=46275
20/12/2022

https://todaypati.com/?p=46275

रासस–सर्लाही, पुस ५ गते । सर्लाहीमा मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा आगो लगाएको छ । जिल्लाको हरिपुर नगर....

https://rashtriyadainik.com/?p=31973
20/12/2022

https://rashtriyadainik.com/?p=31973

रुपन्देही , ५ पुष । भैरहवाबाट काठमाण्डौ जादै गरेको यात्रुबाहक बस र काठमाण्डौबाट बेशीसहर जादै गरेको माइक्रोबस एक .....

Address


Website

Alerts

Be the first to know and let us send you an email when Daily News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share