Blissful Beauty

  • Home
  • Blissful Beauty

Blissful Beauty entertainment channel

26/08/2024


प्रकाशलाई हामीले कसरी भेट्यौं ? अहिले प्रकाश कहाँ छन् ?

हामी सन् २०२३ को अप्रिल महिनाको अन्तिम साता चुम भ्याली गएका थियौं - फुन्जोको कथा गर्न । छेकम्पारमा फुन्जोको वाल्यकालका सम्झनाहरु पछ्याउने क्रममा हामी गाउँ मास्तिरको चौंरी गोठमा पुगेका थियौं । यो हिउँदे गोठ थियो । त्यहिँ भेटिएका थिए प्रकाश ।

प्रकाश फुन्जोका वाल्यकालका सम्झनाहरुसँग पनि जोडिन्छन् । प्रकाशको बारेमा बुझ्दै जाँदा थाहा भयो उनी काठमाडौंमा गलैंचा बुन्न भनी आएका रहेछन् । गलैंचा कारखानाबाट वालमजदूरहरु निकालिए । प्रकाश अर्का सूर्य भनिने साथीसँग जोरपाटीतिर भौंतारिरहेका थिए । छेकम्पारकै एक जना मानिसले प्रकाश र सूर्यलाई गोठालो काम गर्न भनी लिएर गए ।

प्रकाशलाई ठ्याक्कै तिथिमिति थाहा छैन । तर उनले भने अनुसार सन् १९९० को दशकको मध्यतिर हुनुपर्छ । सँगै आएका साथी केही समयमै भागेर फर्किए । तर प्रकाश भाग्न सकेनन् । प्रकाशका मिल्ने साथी सूर्यले नै ‘काले’को नाम ‘प्रकाश’ राखिदिएका थिए । सूर्य अहिले कहाँ छन् प्रकाशलाई थाहा छैन ।

प्रकाशको विगतको बारेमा खोजिनिति गरेपछि वर्षौं हराएका उनलाई परिवारसँग भेटाइदिन पाए कस्तो हुँदो हो भनेर हामी कल्पियौं । प्रकाशले पनि घर खोज्ने इच्छा देखाए ।

साहु प्रकाशलाई सजिलै पठाउन मान्दैनन् भन्ने थाहा थियो । उनका केही शुभेच्छुकहरूले साहुलाई खबर नै नगरी सुटुक्क हिँड्ने सल्लाह दिए । तर हामीलाई चाहिँ सल्लाह गरेर नै जाँदा ठीक होला भन्ने लाग्यो । साहुलाई मनाउने जिम्मा प्रकाशले लिए । हामी विहान प्रकाशको साहुको घरमा पुग्यौं ।

साहुनी मानेकी थिइनन् । साहु दोधारमा थिए । एकछिन तनावको वातावरण भयो । साहुले १० दिनमा प्रकाशलाई गाउँमै ल्याएर नबुझाए ‘पुलिस केस गर्छु’ सम्म भने । हामीले तल जगत भन्ने ठाउँसम्म ल्याएर छाडिदिन्छौं भन्यौं । १० दिन भित्र प्रकाशलाई जिम्मा लगाउने शर्तमा हामीले गाउँ छाड्यौं ।

प्रकाशले भनेको झापाको तीन कठ्ठे भन्ने गाउँ पत्ता लगाउन साथी पर्वत पोर्तेलले सघाए ।

हामी सबै डर र अन्यौल बोकेर हिँडेका थियौं । प्रकाशको गाउँ र परिवार भेटिने नभेटिने टुङ्गो थिएन । त्यसपछि केके भयो कसरी प्रकाशका आफन्त भेटिए सबै कथामा नै हेर्न सकिन्छ ।

माथि भोजपुरमा प्रकाशका परिवारले ‘फर्कनु पर्दैन यहिँ बस्नु’ भनेका थिए । साहुलाई दिएको वचनले प्रकाश पनि बाँधिएका थिए, हामी पनि बाँधिएका थियौं ।

हामी काठमाडौं फर्कियौं । साहुका एक जना छोरा काठमाडौंमा बस्दा रहेछन् । हामीले उनलाई नै प्रकाशको जिम्मा लगायौं । उनले प्रकाशलाई छेकम्पार फर्काउने व्यवस्था गरे ।

यो बिचमा केही पटक प्रकाशसँग हाम्रो फोन सम्पर्क भएको थियो । र पछिल्लो पटक आज प्रकाशसँग फोनमा कुरा भयो । प्रकाशले भनेका केही कुराहरु उनकै शब्दमा :

“ म दशैं मान्न पोहोर गाउँ गएँ । गाउँ जानेमा बेलामा साहुले खर्च दिएनन् । यत्रो वर्ष काम गरेको पैसाको हिसाब छैन । साहुका विदेशमा भएका छोराले १ लाख पठाइदिए अनि काठमाडौंमा भएका छोराले ६० हजार । १ लाख ६० हजार बोकेर म नफर्किने गरी भोजपुर गएँ ।

घरको अवस्था साह्रै नाजुक रहेछ । आफ्नो जग्गा जमिन खासै छैन । अँधियाका केही हल बारी छन् । बाउले गोरु किन्नु पर्छ भन्नु भयो । एक हल गोरु किनिदिएँ । कान्छो भाइलाई विदेश जान ४० हजार दिएँ । बाउलाई औषधी र बैशाखी किनिदिएँ । चाडबाड मनाउँदा अलिअलि खर्च भयो । बाउलाई अहिले सन्चो छ ।

नागरिकता बनाउन खोजेको तर भएन । जन्मदर्ता चाहिन्छ । झापाबाट आएको बसाइसराई चाहिन्छ भने ।

पाँच-छ महिना गाउँमै बसेँ । गाउँमा जति दुःख गरे पनि केही नहुने । आफ्नो भन्ने केही छैन । बरु ज्यालादारी नै काम गरे पनि चुम भ्यालीमै अलिअलि कमाइन्छ जस्तो लाग्यो अनि म छेकम्पार फर्किएँ । यहाँ काम पनि पाइएन । पहिलाकै साहुको घरमा काम गर्न थालेको छु । मैले त दिनको १ हजार दिनुपर्छ भनेको छु । तर उनीहरु पैसाको कुरै गर्न चाहँदैनन् ।

खै अब के गर्ने हो । के हुने हो मलाई पनि थाहा छैन । बाउले फोन गरेर “गोरुले दुःख दियो छिटो आइज” भन्छ । दशैंमा फेरि भोजपुर जाने सोचेको छु । "

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको विमान दुर्घटना । तस्बिर : नेपाली सेना
24/07/2024

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको विमान दुर्घटना ।
तस्बिर : नेपाली सेना

30/06/2024

An Aeroplane cleaner was cleaning the Pilot's cockpit, when he saw a book titled, "HOW TO FLY AN AEROPLANE FOR BEGINNERS (Volume 1)

He opened the first (1st) page which said: "To start the engine, press the red button...". He did so, and the airplane engine started...

He was happy and opened the next page...:
"To get the airplane moving, press the blue button... "He did so, and the plane started moving at an amazing speed...

He wanted to fly, so he opened the third (3rd) page which said: To let the airplane fly, please press the green button... "He did so and the plane started to fly...

He was excited...!!

After twenty (20) minutes of flying, he was satisfied, and wanted to land, so he decided to go to the fourth (4th) page... and page four (4) says; "To be able to know how to land a plane, please purchase Volume 2 at the nearest bookshop!"

*Moral Lesson*

Never attempt anything without complete information

*Half Education is not only dangerous but destructive!!!* A word is enough for the wise.

ठूलो माछा
22/05/2024

ठूलो माछा

अब अनलाइन मिडियाहरू एकजुट भएर  आउनूस।अरूलाई जनताले बहिष्कार गर्दैछन।
22/05/2024

अब अनलाइन मिडियाहरू एकजुट भएर आउनूस।अरूलाई जनताले बहिष्कार गर्दैछन।

17/05/2024

आफ्नो हातमा सबथोक छ सबैतिर यस्तै बनाउन मन लाग्दैन?

17/05/2024

यता सून

Got it..
02/05/2024

Got it..

12/09/2023

"काठमाडौं देखि छाेराे गाडी चडिसक्याे रे ! आए पछि दागबत्ती दिन्छ" भन्ने स्थितिबाट "अष्ट्रेलिया-अमेरिका देखि छोरा आज प्लेन चढ्ने रे ! आए पछि दागबत्ती दिन्छ" भन्ने सम्म पुगियाे । प्रत्येक लासले अब दागबत्तीका लागि बिदेश कुर्नुपर्ने भयाे । देश त बनाएकै रहेछाैँ ।

20/08/2023

एउटा सत्य कथाः
मेरा एक जना कबिन्द्र (फरक नाम) भन्ने साथी थिए। जो एक नाम चलेका पंडितका छोरा पनि थिए । उनले यस्तै जात र भातको कुरालाई लिएर क्रिस्चियन धर्म तिर लागेछन्। म त्यस ताका ‘एउटा स्कूलमा शिक्षक भएर काम गरिरहेको थिए। स्कूलमा आउने बिधार्थीहरूलाई बाईबलको किताब,पर्चा बाड्थे। हिन्दू धर्ममा हुने भेदभाव र छुवाछुतको निकै बिरोध गरिरहन्थे। मैले पनि बाईबल त्यसै ताका उनैले दिएकोबाट पढेको थिए। मित्र निकै भद्र र नरम पनि थिए।
केही महिना पछि उनी कता गए थाह भएन र हाम्रो भेंट २-३ बर्ष भएन। म काठमान्डू थिए उनको बुबाको मृत्यु भएको खबर पाए पछि म बिदा मिलाएर गाउ गए। कबिन्द्र बाबुको किरिया बसिरहेका रहेछन्। हाम्रो आखा जुध्यो हामीले अनायसै मन बाटै कृतज्ञता ब्यक्त गर्यौ। म ५-६ दिनको दिन पुगेको रहेछु। त्यसै रात किरिया पुत्री कुरेर बस्ने पालोमा म पनि परे। हामी केही साथीहरू रात भर तास खेलेरै बितायौ । यसै बीच कबिन्द्रसंग मैले केही कुरा गरे। आश्चर्य पनि ब्यक्त गरे। तिमी त क्रिस्चियन हौ तर पनि बाबुको किरिया गरिरहेका छौ त? मैले कौतुहलता मेट्न खोजे।
यो बीचमा उनी क्रिस्चियन मिसनबाटै युरोप जाने मौका पाएका रहेछन्। युरोप डुल्ने बखत बिभिन्न चर्चहरू पनि जाने मौका मिलेछ तर युरोपका केही ठूला चर्चहरूमा यी नयाँ र परिबर्तित क्रिस्चियन भएका कारण पस्न समेत दिएनछन्। जुन भेदभाबका बिरूद्ध यीनी क्रिस्चियन भए आज उनी आफै आफ्नै चर्चमै भेदभाबमा परे । उनलाई लाग्यो अन्धविश्वास र भेदभाब धर्म र जातले हुदो रहेन छ। शिक्षा र चेतना भयो भने आफ्नै धर्म बाटै यसको अन्त्यको सुरूवात गर्न सकिने रहेछ। त्यही कारण उनले घर फर्किएर आफूसंग भएका बाईबल स्थानिय चर्चमा बुझाएर पुरानै आफ्नो धर्म मान्ने तर सुधारेर र सत्यलाई मात्र लिने भनेर लागेका रहेछन्।एकातिर संस्कार अर्को तिर किरिया नबस्दा जिउदो आमाको मन दुख्ने भएर आमाकै लागि पनि बाबुको किरिया बसेको कुरा बताए।
हामीले आफ्नोमा सुधार गर्नु पर्छ। धर्मले मात्र हुने हो भने सबै भन्दा अशान्ति र युद्ध कुन धर्ममा छ आफै बुझ्न सकिन्छ। मन परेन भनेर बा र आमा फेर्न मिल्छ र? आफ्नो भनेको आफ्नो नै हो त्यसैलाई आफू अनुकुल बनाउनु बुद्धीमानी हुन्छ।

आज यो फल देखे बचपनको सारै याद आयो।असारको बेलामा ठुला मान्छे मेलामा जान्थे हामि सानाहरु हतार हतार गाई वस्तुलाई घास काटेर ...
31/07/2023

आज यो फल देखे बचपनको सारै याद आयो।असारको बेलामा ठुला मान्छे मेलामा जान्थे हामि सानाहरु हतार हतार गाई वस्तुलाई घास काटेर राख्यो अनि भाडो बोकेर भिर भिर बाट खोजेर ल्याएर नुन खुर्सानी पिनेर अचार बनाएर खायो।खाजा नै यहि हो हाम्रो।गोल्डेन टाइम थियो त्यो❤️❤️

23/07/2023
19/07/2021

Yuhi Chala kailasha kher song

27/05/2021

Kailash kher student singing the beautiful song

25/04/2021

Kailash kher singing this beautiful song

Address


Website

Alerts

Be the first to know and let us send you an email when Blissful Beauty posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share