हातेमालो खबर Hatemalo Khabar

  • Home
  • हातेमालो खबर Hatemalo Khabar

हातेमालो खबर Hatemalo Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हातेमालो खबर Hatemalo Khabar, Media/News Company, .

20/02/2023

गल्याङ नगर अस्पताल,स्याङ्जा । बिरामी संग यस्तो व्यवहार गर्ने लाई के भन्नु हुन्छ ?

13/02/2023

मानबता सक्कियकै हो त ??
आज नयाँ बसपार्क बालाजुमा रहेको LOTSE MALL का मोबाईल पसलमा गरिएको लुट्पाट को दृश्य !
भिडियो दृश्य :- सामाजिक संजाल बाट

26/01/2023

#प्रेमप्रसादआचार्य को परिवारलाई गृर्ह मन्त्री रवि लामिछानेले भेटेर सिघ्र छानविनको दायरामा लिएर दोषीलाई कडा भन्दा कडा कार्वाही गर्ने बचन दिनु भएको छ। भने आफू सरकारमा रहेर पनि आशा जगाउन नसकेकोमा आफूलाई ठूलो आत्मागलानी महशुस भएको बताउनु भयो।

15/01/2023

एका बिहान पोखराबाट नराम्रो सन्देश सुन्नुप-यो । पोखरामा केहि समय अघि भएको यती एयरलाइन्सको प्लेन दुर्घटनामा परेको यो ताजा भिडियो हो । आशा गरौं सकेसम्म धेरैको ज्यान बच्नेछ ।
भगवान पशुपतिनाथ सबैको रक्षा गर !!!

पोखरामा भएको विमान दुर्घटनामा ६८ जना यात्रुसहित ७२ जना रहेको खुलेको छ।
विमानमा सवार यात्रुहरुको नामावलीः
नेपाली यात्रु :
किसान आचार्य
निशान्त आचार्य
शालिगराम आचार्य
सडकात अलिमिया
पूर्णबहादुर गुरुङ
जितेन्द्रबहादुर कुँवर
एलिना बन्ड्रो
अनिशा बानियाँ
स्लक भट्ट
निरा छन्त्याल
आशिमा गुरुङ
अनुशा गुरुङ
बेलमान गुरुङ
विजयकुमार गुरुङ
जीवनकला गुरुङ
माया गुरुङ
लक्कि गुरुङ
शिवकुमार गुरुङ
सिता गुरुङ
यमुना गुरुङ
यास्मिन गुरुङ
रविन हमाल
सन्जय जैसवाल
सोनु जैसवाल
रचना काफ्ले
सीता कुमारी खड्का
अनिल कुमार राजभार
भगवती कुँवर
अविशेक कुश्वाह
ओममाया गुरुङ
सुस्मा पाण्डे
हरि परियार
लक्ष्मी परियार
रिता परियार
अरुण पौडेल
लक्ष्मी पौडेल
प्रसिद्धि पौडेल
त्रिभुवन पौडेल
पोजन राना
सविना रायमाझी
राजन सापकोटा
अनिल शाही
संगिता शाही
जमुना शर्मा
विशाल शर्मा
युवराज शर्मा
मोहन श्रेष्ठ
डा. शोना दिवाकर
बन्दना सुनार
राजुसिंह ठकुरी
चुर्ण थापा
गणेश थापा
लवराज तिमिल्सिना
को को थिए विदेशी यात्रु ?
मेरोल लभ
आयूरी ल्यागीन
भिक्टर ल्यागीन
जेनितसन्डरा पालाभेकिनो
भिक्टोरिया अतुनिना
इलिना बण्डुरो
रुअनकालुम क्रिघ्टोन
एलेक्जेण्डर आइरिडोरे
शिशुहरु:
कृष परियार
प्रसिद्धी पौडेल
आयुर्दि शर्मा
बेबी शर्मा
अन्य दुईजना शिशुहरुको नाम खुलेको छैन।

यो सिर्जना गर्ने बिचार लाई सम्मान गर्नै पर्छ।
14/01/2023

यो सिर्जना गर्ने बिचार लाई सम्मान गर्नै पर्छ।

13/01/2023

कोरिया भनेर नेपाली युवाहरूलाई विराटनगर पुर्याउने पक्राऊ।

06/01/2023

२२ पौष २०७९ शुक्रबार

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ खुसार्नेमा भएको सवारी दुर्घटनामा ६ जनाको ज्यान गएको छ ।

रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबाहक बस खुसार्ने पुग्नै लाग्दा गएराति साढे नौ बजे मधुवन टारीफाँट नजिकै धारादी गैरामा दुर्घटना भएको हो । ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुसार्ने गाउँका ६ जना महिलाको ज्यान गएको हो ।

दुर्घटनामा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री, गुनी गाहा र दानकुमारी खत्रीको ज्यान गएको वडा नं.८ का वडाध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । मृतक सबै खुर्साने गाउँका हुन् ।

बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको छ । पाल्पा र रुपन्देहीका प्रहरी तथा स्थानीयले उद्धारको कार्य जारी राखेका स्थनीय प्रहरी चौकी जुठापौवाका वरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका अन्य १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाध्यक्ष रानाले बताए । घटनास्थल सालझण्डी–ढोरपाटन सडकखण्ड अन्तरगत रुपन्देहीको सालझण्डीदेखि करिब १० किलोमिटरको दूरीमा पर्छ ।

एयरपोर्ट भन्सारमा मोबाईलको रू ३६ हजार भंसार तिरेको यस्तो रसिद दिदोरहेछ- यसमा न छाप छ, न हस्ताक्षर छ , न रकम नै लेखिएको छ...
04/01/2023

एयरपोर्ट भन्सारमा मोबाईलको रू ३६ हजार भंसार तिरेको यस्तो रसिद दिदोरहेछ- यसमा न छाप छ, न हस्ताक्षर छ , न रकम नै लेखिएको छ। के यो रकम सॉच्चैको राजश्वमा जम्मा भएको होला त?

30/12/2022

थाइल्याण्डको सिमानास्थित कम्बोडियाको पोइपेट सहरको ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ।

उनले आफ्नो ज्यान जोगाउन क्यासिनोको १२ औं तलाबाट हाम फालेका थिए। हामफाल्नुअघि उनले झापामा रहेका आफ्ना परिवारका विभिन्न सदस्यहरूसँग भाइबरमा डेढ घन्टा भिडिओमा कुराकानी गरेका थिए।

अन्तिम समयमा छोरासँग कुरा गर्दै पाण्डेले भन्छन्, ‘सानु, मेरो आँखाको बाबु, म तिमीलाई धेरै माया गर्छु। बाबा अलवेज लभ्स यू।’
त्यसपछि उनले छोरालाई सम्झाउँछन्, ‘सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न।’ 😭😭
( भावपुर्ण श्रध्दाञ्जलि )😭

माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले भनिन्, ‘ठेला हटाउँदा यौन पेशा छोडेका नानीहरूको बिचल्ली छ, मेयर बालेनले भेट्नै म...
28/12/2022

माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले भनिन्, ‘ठेला हटाउँदा यौन पेशा छोडेका नानीहरूको बिचल्ली छ, मेयर बालेनले भेट्नै मान्नुभएन !’ मेयर बालेन्द्र साहले ‘यो त महिलाको कुरा भयो, मेयरसँग नभई उपमेयरसँग कुरा गर्नु’ भन्नुभएछ। मलाई दुखेको कुरा र भेट्न चाहेको त मेयरसँग हो नि! ‘काठमाडौंमा पाँच रुपैयाँका लागि ६४ वर्षीया वृद्धाले यौनसम्पर्क राखेको भेटें। त्यसपछि नानीहरूलाई यौन व्यवसायबाट छुटाएर ससानो व्यापार व्यवसायमा लगाएकी थिएँ, मेयर बालेनको कदमले बिचल्ली पारेको छ।’ हिमालखबर अनलाइन पत्रिकालाई दिएको अन्तर्वार्तामा यो कुरा खुलासा गरेकी हुन्।

24/12/2022

कुनै बेला यस्तो युग थियो।
समाजका लागि शिक्षा कति अपरिहार्य रहेछ ?

कारागारबाट सन्दीपको वकिललाई पत्र :मेरो प्रिय वकिल !मलाई थाहा छ, तपाईं र मेरो कानूनी टीमले भित्र लुकेका सबै वास्तविकतालाई...
23/12/2022

कारागारबाट सन्दीपको वकिललाई पत्र :

मेरो प्रिय वकिल !

मलाई थाहा छ, तपाईं र मेरो कानूनी टीमले भित्र लुकेका सबै वास्तविकतालाई उजागर गर्दै मलाई न्याय दिलाउनेछ । म फेरि फर्किनेछु । मलाई अझै ठीक छु, यद्यपि निराशा र हताशापूर्ण सोचहरुले मलाई प्रत्येक मिनेट हिर्काइरहेका छन् । तर, प्रत्येक दिन म आफूलाई बलियो, आत्मविश्वासी र सावधान बनाउने प्रयत्न गरिरहेको छु । मलाई सम्मानित न्यायालयबाट द्रुत न्यायको प्रतीक्षा छ ।

मलाई थाहा छ कि मेरो अनुपस्थितिमा नेपाली राष्ट्रिय टीममा असर परिरहेको छ । म तपाईंमार्फत यो सन्देश प्रवाह गर्न चाहन्छु कि म चाँडै न्याय पाएर फर्किनेछु र हामी आफ्नो टीमलाई माथि उठाउनेछौं । मैले कुनै पनि अपराध गरेको छैन र म निर्दोष छु । केवल निर्दोष । मैले मेरो राष्ट्रका लागि अझै धेरै खेल्नुपर्नेछ ।

उही तपाईंको

सन्दीप लामिछाने

केन्द्रीय कारागार

१९ वर्षपछि जेलमुक्त भएका चार्ल्स शोभराज फ्रान्सका लागि उडेका छन्। उनी कतार एयरवेजमार्फत् फ्रान्स फर्केका हुन्।
23/12/2022

१९ वर्षपछि जेलमुक्त भएका चार्ल्स शोभराज फ्रान्सका लागि उडेका छन्। उनी कतार एयरवेजमार्फत् फ्रान्स फर्केका हुन्।

मिस वल्र्ड अर्गनाइजेसनले विश्वकप २०२२ को रंगशाला निर्माण कार्यमा कतारमा मृत्यु भएका नेपालीसहित आप्रवासी कामदारका अनाथ, व...
20/12/2022

मिस वल्र्ड अर्गनाइजेसनले विश्वकप २०२२ को रंगशाला निर्माण कार्यमा कतारमा मृत्यु भएका नेपालीसहित आप्रवासी कामदारका अनाथ, विधवा र वृद्ध अभिभावकलाई सहयोग गर्ने घोषणा गरेको छ । ❤️

पसामाजिक सञ्जालमा भेलु बाजे भनेर चिनिएका मिनबहादुर बुढाको हर्कत नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझा...
19/12/2022

पसामाजिक सञ्जालमा भेलु बाजे भनेर चिनिएका मिनबहादुर बुढाको हर्कत नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ । भेलुबाजेका हर्कत र बोली व्यबहारले बालबालिकालाई समेत नराम्रो असर परेको भन्दै उनी र उनका सहयोगीका गतिविधि नियन्त्रण गर्न प्यूठान प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई ज्ञापन पत्र बुझाइएको छ । पत्रमा लेखेका छन् भेलुबाजेलाई विभिन्न व्यक्ति तथा मिडियाहरुले मदिरा सेवन गराई मात्तिएको अवस्थामा विभिन्न अश्लिल हर्कतहरु गराउने र सामाजिक सञ्जालबाट प्रस्तुत गरी समाजमा फोहोर, अश्लिल, अपाच्य र अमर्यादित शब्दहरु प्रशारण गर्ने गरेको र त्यसको गहिरो गरी बालबालिकाहरुमा समेत प्रभाव परेकाले उनलाई प्रोत्साहन गर्ने मिडिया र व्यक्तिहरुलाई समेत नियन्त्रण गरी सामाजिक अनुशासन र मर्यादा कायम गर्नु अनिवार्य छ ।’

16/12/2022

भारत बाट लुकाएर ल्याएको २० लाख नेपाली पैसा धनुषा जिल्ला बाट पक्राउ !

मैले देखेकाे र भाेगेकाे टिकापुर घटना(२०७२ साल भदाै ७ गते)👇️           म त्यतिबेला उग्रतारा गण टिकापुर कैलालिमा सशस्त्र प...
15/12/2022

मैले देखेकाे र भाेगेकाे टिकापुर घटना(२०७२ साल भदाै ७ गते)👇️
म त्यतिबेला उग्रतारा गण टिकापुर कैलालिमा सशस्त्र प्रहरी जवानकाे रुपमा कार्यरत थिए,घटना हुनु अगाडि,घटना हुदा र भईसके पछि म त्यहीँ थिए(म घटनामा घाईते पनि हुं)
घटनाकाे केही दिन अगाडि देखि नै थारुहट समूह र अखण्ड सु.प. समूह बिच बेला बेलामा झडप र विवाद हरु भईरहेका थिए,त्यसैबेला मिति २०७२ साल भदाै ६ गते यस्ता झडपलाई नियन्त्रण गर्ने उद्देश्यले सर्वपक्षीय बैठक बाेलाईयाे जसमा थारु संघर्ष समिति संयाेजक रेशम चाैधरि सहित,सराेकारवाला सम्पुर्ण संगै सुरक्षा निकाय संग सशस्त्र प्रहरिकाे गण भित्रै विभिन्न निर्णयहरु गरियाे।
जसमा अाफ्नाे माग सहित अान्दोलनजारि राख्ने तर निशस्त्र र शान्तिपुर्वक प्रस्तुति देखाउने,
त्यसै अनुसार प्रहरिले पनि शान्तिपुर्ण अान्दाेलनलाई दमन नगर्न अाग्रह गरियाे।
यसै सहमति र निर्णयलाई टेकेरै सुरक्षा निकायका प्रमुख बाटै अाफ्नाे टिमलाई बल प्रयाेग नगर्ने अादेश दिईयाे।
७ गते बिहान ६ बजे देखि मेराे डिउटि १५ -२० जना(नेपाल प्रहरी र हामी) रेशम चाैधरिकाे निजि रिसाेर्ट(फुलबारि रिसाेर्ट) मा खटाईयाे किनकि अर्काे समुहबाट रेशममाथि हमलाकाे अाशंकाले सुरक्षा दिईएकाे थियाे सुरक्षा निकायबाट,
त्यहि दिन टिकापुर क्षेत्रमा निषेधाज्ञा क्षेत्र पनि ताेकिएकाे थियाे।
त्यसै अनुरुप चारैकिल्लामा सुरक्षाकर्मिहरु खटाईयाे।
बिहान ०९-१० बजे तिरकाे कुरा हाे रेशम अाफ्नाे निवास(रिसाेर्ट)बाट बाईकमा कालाे चस्मा,कालाे मास्क सहित अाफु नचिनिने तरिकाले बाहिर निस्किए संगै अाशंकित पार्ने खालकाे अाफ्नाे अभिव्यक्ति छाेडेर गए, हामी उनकाे पहिरन र भनाईबाट सशंकित त थियौँ नै तर प्रहरिमाथिकाे हमला सम्म साेचेका थिएनौं हामिलाई लाग्याे सायद अर्काे समूह संग झडप गर्न सक्ने सम्म अाशंका भयाे। जाे निषेधाज्ञा र सुरक्षाका हिसाबले संभव हुदैन भन्ने लाग्याे।
मेराे डिउटि करिब ११ बजे तिर फेरियाे र म व्यारेक तिर फर्किए, फर्केपछि खाना खादैथियाैं सायद सबैजनाले खाईसकेका पनि थिएनौं त्यतिबेलै टिकापुर भैंसी हाट बजार क्षेत्रबाट अान्दोलनकारि हरु निषेधाज्ञा क्षेत्र तेाडेर सुरक्षाकर्मी लाई नै पछाडि गर्दै उग्र रुपमा अगाडि बढ्दैछन भन्ने खबर संगै थप सुरक्षाकर्मि बाेलाईयाे जसमा म पनि सामेल भए र संगै थप टाेलिमा सशस्त्र प्रहरी उपरीक्षक(SP) लक्ष्मण सिंह, स्व.प्रहरी बरिस्ठ उपरीक्षक(SSP) लक्ष्मण न्याैपाने सर सहितकाे टाेलि पनि त्यहाँ पुग्याे र पछाडि हुदै गरेका सुरक्षा कर्मिहरु राेकिए । हाम्रा कमाण्डर लक्ष्मण न्याैपाने सर अान्दाेलनकारि हरुलाई सम्झाउदै थिए तर त्यसकाे गलत फाईदा उठाउदै हामिलाई नै अप्ठ्याराेमा पार्ने गरि चारैतिरबाट घेरेर गुलेलिबाट ढुङ्गा प्रहार गर्न लागे।
म लाठी र ढाल सहित डिउटिमा थिए। त्यहाँ लाठिले कामै थिएन किनकि उनिहरु टाढैबाट गुलेलिले प्रहार गरिरहेका थिए, हामी अाफुलाई गुलेलिकाे ढुङ्गा बाट बचाउदै सबैजना चारैतिरबाट पछाडि, पछाडि हुँदै गयाैं नभन्दै एकैछिनमा हामी(सुरक्षाकर्मि सबै) एकठाउमा डल्लाे हुन पुग्यौं र हामी संग अब पछाडि हुने ठाउँ पनि रहेन किनकि चारैतिरबाट घेरिसकेकाे थियाे।
केही साथिहरु हतियार सहित पनि हुनुहुन्थ्यो तर फायर खाेल्ने बिषयमा सुरुमा अादेश पनि भएन र यति सम्मकाे हमला हाेला भन्ने कल्पना पनि गरिएन र संयमित नै भईयाे। तर पछिकाे हाम्राे एकैठाउकाे गुल्ट्याई र गुलेलिकाे ढुङ्गा असङ्ख्य मात्राकाे प्रहारले हतियार खाेल्न सम्म संभव भएन किनकि हामी एकै ठाउँमा गुल्टिदा अल्झियाैं सायद त्यसकाे फाईदा ती अान्दोलनकारिले लिए र गुलेलिकाे हमला लाठि र अन्य घरेलु हतियारले नजिकै अाएर बर्षाउन थाले, हामी धेरै कुटियाैं,पिटियाैं। भाग्ने ठाउँ पनि केही बेर सम्म मिलेन एकतिर घरले छेकेकाे अर्काे दुई तिर राेड जहाबाट अान्दोलन कारि सयांै काे संख्यामा थिए र अर्काे साईडमा खेत थियाे र राेडकाे किनार ठुलाे ठुलाे काठ र तारहरुले बारिएकाे थियाे तर संयाेग बस त्याे लगाएकाे बार भत्किन पुग्याे र हामि त्यसकाे फाईदा लिदै खेत तिर निक्लियाैं त्यसैबेला म माथि पनि Direct रुपमा प्रहार भयाे र हात भाचियाे जसका कारण मैले समातेकाे ढाल त्यसै ठाउँमा झर्न पुग्याे किनकि हातले काम गर्न छाेडिसकेछ। तर हामी लगत्तै खेतमा पुगेकाे भएर खेतमा लगभग घुडा सम्मकाे पानी थियाे र अान्दाेलनकारिहरु टाढैबाट प्रहार गर्दै थिए तर त्याे खेतकाे पानिकाे कारणले नजिक अाउन सकेनन,
त्यतिबेलै हामिबाट छुटेका साथिहरुलाई निर्मम रुपबाटै हत्या गरिएछ । हामी लगभग सबैजना केही न केही चाेटबाट घाईते भईसकेका थियौं गुलेलि नलागेकाे र डाम नभएकाे सायद body protect र हेलिमेट भएकाे ठाउँ बाहेक कुनै ठाउँ बाकि थिएन, त्यहि बेला त्यसै भिडमाथि फर्केर हमला गर्न सकिएन र थप फाेर्स अाउन पनि ढिलाइ भयाे। हामी खेतबाटै व्यारेक तिर फर्कियाैं । अनि व्यारेक भित्र पुगिसकेपछि घटनाकाे बिस्तृत जानकारि पाए, त्यतिबेला थप टाेलि पनि गयाे तर अान्दाेलनकारि हरु तितर वितर भईसकेका रहेछन् ।

हाम्राे टिमका २ जना र नेपाल प्रहरिका ५ जना सहितकाे लास भेटिन पुग्याे।जसमा हाम्राे SP सरकाे सुरक्षा गार्ड समेत रहेका हवल्दार सावलाई त पेट्राेल छर्केरै जलाएकाे पाईयाे, अनि SSP न्याैपाने सर,inspector केशव बाेहरा लगायतलाई भाला राेपेर मारेकाे पाईयाे।

अब भन्नुस याे हत्या नभएर के हाे?
यस्ताे नियाेजित हत्यालाई पनि राजनिती करण गरेर रिहाइ गर्ने कुचेष्टा गर्नु अन्याय मात्रै हाेईन महाअपराध हाे,
त्यसैले देउवा सरकारले यस्ताे अपराध गरेर कलंककाे टीका नलगाउन हुन अाग्रह अन्यथा यसका विरुद्ध सडक देखि अदालत सम्म जस्ताे सुकै कदमका लागि मेराे साथ,सहयाेग र पुर्ण समर्थन रहनेछ।

भु.पु सशस्त्र प्रहरि
राजेन्द्र ऐर

आर्जेन्टिना बिरुद्ध फाईन​ल​ खेल्ने फ्रान्स को ज​र्सी सार्व​जनिक 🙏🙏
15/12/2022

आर्जेन्टिना बिरुद्ध फाईन​ल​ खेल्ने फ्रान्स को ज​र्सी सार्व​जनिक 🙏🙏

15/12/2022

सबैभन्दा कान्छा सांसदहरू-

१. राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगी २५ वर्ष, झापाको भद्रपुर।
२. रास्वपाकी बिनिता कठायत, २६ वर्ष, चन्दननाथ नगरपालिका–५ जुम्ला।
३. स्वतन्त्र पार्टीकै सोविता गौतम, २७ वर्ष, काठ-२ बाट, घर दोलखा।
४. जनमत पार्टीकी विनिताकुमारी सिंह, २८ वर्ष, सिरहा,
५. राप्रपाकी अनिशा नेपाली, २८ वर्ष, सल्यान।
६. कांग्रेसका योगेश गौचन थकाली, २९ वर्ष, मुस्ताङ।
७. माओवादीकी छिरिङ लामु तामाङ, ३० वर्ष, जुम्ला।

14/12/2022

टिकापुरमा मारिएका केशव बोहराकी श्रीमती भन्छिन हत्यारा रेसम चौधरी नै हो ।

14/12/2022

इन्द्रेणी का संचालक कृष्ण कडेल ज्यु ले बोल्नु भएको बिवादिद बिषयमा सो समुदायका व्यक्तिहरू संग छलफलमा बसी बिवाद को समाधान खोज्दै।

14/12/2022

कसलाई पो रहर होला र
कमाउन गएको छोराको उद्वार को
लागि यसरी सबै को माझमा बिन्ति बिसाउनलाई।

10/12/2022

मियो बिनाको दाइ सुरु भएछ
"राष्ट्रिय स्वतन्त्र पार्टीका नेता को कुरा

म नि झन्डै सांसद भएको थिएँ । हुन्थेँ पनि, यदि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालजीले आफ्नो गुरुमालाई गुरुदक्षिणा र आफ्नो कर्मचारीलाई अवसर दिन नपरेको भए ।

किनभने, १२ वटा क्लस्टरमा पार्टीभित्र प्रारम्भिक निर्वाचन भएको थियो । म खसआर्य खुलातर्फको दोस्रो नम्बरमा र दिपक बोहोरा तेस्रो नम्बरमा थियौँ । समावेशी र आरक्षणको बिषय के हो भने खुलातर्फबाट महिलाको ३३ प्रतिशत पुगेन भने मात्रै ३३ प्रतिशत पुर्याउने गरि महिलालाई राख्नै पर्ने हुन्छ । नियम त्यहि हो । बिधी त्यहि हो । त्यहि अनुसार पहिलो प्राथमिकता हाम्रो पार्टीबाट ५ जना महिला पर्ने र बाँकी खुलाबाट हुनु पर्ने हो । यसैले मेरो र दिपकजीको सांसद हुने पक्कापक्की नै हो । तर आफ्नालाई काखी च्यापियो ।

जति प्रयास गरे पनि थिति बसाउन सकिएन । म अन्तिमसम्म थिति, बिधि भन्दै आवाज उठाइरहेँ । यत्रा मानिसहरुले आशा गरेको पार्टीलाई दुरुपयोग गर्नबाट रोक्न सकिन । मेरो भागमा पर्ने कमजोरी स्विकार्दै माफी चाहन्छु । तर यो यात्रा रमाइलो थियो । पुरानालाई एउटा दामी धक्का हानिएकै हो तर त्यसको उपलब्धिको दुरुपयोग भयो । यो यात्रामा साथ दिने, मलाई विश्वास गरेर घण्टीमा भोट दिने वा माग्ने सबैप्रति आभारी छु ।

अन्त्यमा, रास्वपालाई समर्थन गर्ने कि नगर्ने तपाईको व्यक्तिगत अधिकारको कुरा हो । आफ्नो ब्रह्मले सहि ठानेको निर्णय गर्नुहोला ।

पुनश्च : फोन, म्यासेज, ट्याग गरेर म समानुपातिकमा किन परिन भनेर सोध्ने सबैको चासोप्रति असिम सम्मान छ । अलग अलग जवाफ दिन सम्भव नभएकाले यहाँ लेखेको हुँ ।

पुन: पुनश्च : माथिका कुनै पनि आरोप होइनन् । खोज्नु होला । प्रमाणित हुन्छन् ।

नगरी काम पुग्दैन खान साँझ र बिहान। दूधे बच्चा खेतमैँ सुताएर काममा ब्यस्त किसान।
08/12/2022

नगरी काम पुग्दैन खान साँझ र बिहान। दूधे बच्चा खेतमैँ सुताएर काममा ब्यस्त किसान।

धरानमा एकल महिला उषा राइको ज्यान लिने अपराधी महिलाहरू … गुड जब प्रहरी 🙏
06/12/2022

धरानमा एकल महिला उषा राइको ज्यान लिने अपराधी महिलाहरू … गुड जब प्रहरी 🙏

घरको डिजाईन हेरौ है 😄
06/12/2022

घरको डिजाईन हेरौ है 😄

06/12/2022

धरान १३ सुनसरि मा महिला काे समुह बाट कुटपिट भएर उपचार काे क्रम मा हस्पिटलमा मृत्यु भएकाे उषा राई झाक्रि मार्फत बाेलाएकाे आत्मा काे भिडियाे झलक

गोलि संग गुलेली नै सहि , सरकारले नसके नागरिकले नै सहि, सिमा रक्षा गर्दै एक बाहदुर नारी! सलाम!
05/12/2022

गोलि संग गुलेली नै सहि , सरकारले नसके नागरिकले नै सहि, सिमा रक्षा गर्दै एक बाहदुर नारी! सलाम!

05/12/2022

कञ्चनपुरको वेदकोट नगरपालिका भित्र सामुदायिक पशुचौपाया हुलियो
Video credit- Mohan Raj Khanal

Address


Website

Alerts

Be the first to know and let us send you an email when हातेमालो खबर Hatemalo Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share