11/07/2024
जानकीले दुई साता ढिला गरी ल्यायो बजेट, ६८ करोड २७ लाखको बजेट पारित
बाँकेको जानकी गाउँपालिकाले बुधवार ६८ करोड २७ लाखको बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष २०८१/८२ का लागि उपाध्यक्ष रामप्यारी यादवले प्रस्तुत गरेको ६८ करोड २७ लाख ६ हजार ३२ रुपैयाँको आयब्यय गाउँसभाको १६औं अधिवेशनबाट बहुमतले पारित भएको छ ।
अध्यक्ष छब्बन खाँले बजेट पुस्तिका रहेको ब्रिफकेस हस्तान्तरण गरेपछि उपाध्यक्ष यादवले बजेट वाचन गरकी थिइन् । त्यसअघि अध्यक्ष खाँको अनुमतिमा प्रबक्ता टिकानाथ यादवले नीति तथा कार्यक्रम सभासमक्ष प्रस्तुत गरेका थिए ।
जानकीले आगामी आर्थिक बर्षका लागि सशर्त अनुदानतर्फ संघीय सरकारबाट १९ करोड ७७ लाख र प्रदेश सरकारबाट ९० लाख रुपैयाँ प्राप्त गरेको छ । समानीकरणतर्फ संघीय सरकारको ११ करोड ९९ लाख र प्रदेश सरकारको ८२ लाख ३९ हजार बजेट छ । जानकी गाउँपालिकाले आन्तरिक आम्दानीतर्फ १ करोड २५ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । सबैभन्दा बढी वडा स्तरीय योजना (पूर्वाधार तथा चालु) तर्फ ५ करोड ४८ लाख, गाउँपालिका स्तरीय योजनामा ३ करोड ४० लाख, शिक्षामा २ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ ।
गाउँसभाको १६औं अधिवेशनमा जिल्ला समन्वय समितिका संयोजक ज्ञानेन्द्र कुमार चौधरीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । नीति कार्यक्रममाथिको छलफलमा प्रमुख प्रशासकिय अधिकृत दिल वहादुर पाैडेल ,वडा नम्वर१ का वडा अध्यक्ष माे रजा राई ,२ का चन्दि्रका प्रसाद गुप्ता ,३ का राज कुमार कुर्मी ,४का रमेश कुमार बर्मा वडा ,प्रबक्ता एवम् वडा नम्बर ५ का अध्यक्ष यादव, वडा नम्बर ६ का अध्यक्ष जगदिश प्रसाद हरिजन, कार्यपालिका सदस्य राजेन्द्र सिंह ,राम अाचल धाेवी,वडा सदस्यहरुले भाग लिएका थिए । सभाको सञ्चालन कर्मचारी राजेन्द्र बाजपेयीले गरेका थिए । असार १० गते ल्याउनुपर्ने बजेट आन्तरिक विवादका कारण जानकीले दुई साता ढिला गरी ल्याएको हो ।