KuraKaani

KuraKaani Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KuraKaani, Media/News Company, .

बाढीपहिरोका कारण चीनसँग जोडिएका उत्तरका दुई नाका तातोपानी र रसुवागढी हुँदै ल्याइएका दसैंतिहर लक्षित करोडौं रुपैंयाँ मुल्...
07/11/2024

बाढीपहिरोका कारण चीनसँग जोडिएका उत्तरका दुई नाका तातोपानी र रसुवागढी हुँदै ल्याइएका दसैंतिहर लक्षित करोडौं रुपैंयाँ मुल्यका व्यापारिक मालबस्तु यसवर्ष नेपाल भित्रन पाएनन् । विशेषतः तिहार लक्षित गरेर झिकाइएका झिलिमिली बिजुली बत्ती, स्याउ, नसपाती, अम्बा, किबी, आँप, ओखर लसुन जस्ता फलफूल र मसलाजन्य खाद्यबस्तुको आयात रोकिँदा कतिपय व्यवसायीले करोडौं रुपैयाँ घाटा बेहोरेका छन् ।

बाढीपहिरोका कारण चीनसँग जोडिएका उत्तरका दुई नाका तातोपानी र रसुवागढी हुँदै ल्याइएका दसैंतिहर लक्षित करोडौं रुप...

नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको  सहयोगमा निर्माण गरिएको तनहुँको आँबुखैरेनी क्याम्पसको भवन उद्घाटन गरिएको...
29/10/2024

नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको सहयोगमा निर्माण गरिएको तनहुँको आँबुखैरेनी क्याम्पसको भवन उद्घाटन गरिएको छ ।

३ करोडभन्दा बढी लागतमा सम्पन्न परियोजनाको विहीबार भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंह, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तीरमण वाग्ले र तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको सहयोगमा निर्माण गरिएको तनहुँको आँबुखैरेनी क्याम्पसको भवन उद.....

नेपाल भ्रमणमा रहेका चिनियाँ नेता छन् गाङले दुई देशका पार्टीबीचको सम्बन्ध बलियो बनाउन आवश्यक रहेको बताएका छन् । चिनियाँ र...
21/10/2024

नेपाल भ्रमणमा रहेका चिनियाँ नेता छन् गाङले दुई देशका पार्टीबीचको सम्बन्ध बलियो बनाउन आवश्यक रहेको बताएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङका दूत तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) सिङहाइ प्रान्तका सचिवसमेत रहेका छन्ले नेपाली नेताहरूसँगको भेटवार्तामा पार्टीबीचको सहकार्यमा जोड दिएका हुन् ।

नेपाल भ्रमणमा रहेका चिनियाँ नेता छन् गाङले दुई देशका पार्टीबीचको सम्बन्ध बलियो बनाउन आवश्यक रहेको बताएका छन् । च...

प्राकृतिक विपत्तिमा पर्दा राहत उपलब्ध गराउने उद्देश्यले खडा गरिएका सरकारका राहत उद्धार कोषमा सवा तीन अर्ब रुपैयाँ मौज्दा...
07/10/2024

प्राकृतिक विपत्तिमा पर्दा राहत उपलब्ध गराउने उद्देश्यले खडा गरिएका सरकारका राहत उद्धार कोषमा सवा तीन अर्ब रुपैयाँ मौज्दात छ । तर, हालसालैको बाढी–पहिरोको विध्वंसमा परेका पीडितहरू भने राहत नपाएर बिचल्लीमा परेका छन् ।

प्राकृतिक विपत्तिमा पर्दा राहत उपलब्ध गराउने उद्देश्यले खडा गरिएका सरकारका राहत उद्धार कोषमा सवा तीन अर्ब रुपै.....

लहानस्थित "चीनीयाँ रेलवे-२" परियोजनामा श्रमिकहरूले तीन महिनादेखि तलब नपाएपछि ८ अगस्ट २०२४ देखि काम रोकेका छन्। परियोजनाक...
01/10/2024

लहानस्थित "चीनीयाँ रेलवे-२" परियोजनामा श्रमिकहरूले तीन महिनादेखि तलब नपाएपछि ८ अगस्ट २०२४ देखि काम रोकेका छन्। परियोजनाको प्रगति अवरुद्ध भएपछि, व्यवस्थापन र मजदुरहरूबीचको तनाव अझै बढ्दै गएको छ। मजदुरहरूले लामो समयदेखि तलब नपाउँदा उनीहरूको आर्थिक अवस्था गम्भीर संकटमा पुगेको छ।

लहानस्थित "चीनीयाँ रेलवे-२" परियोजनामा श्रमिकहरूले तीन महिनादेखि तलब नपाएपछि ८ अगस्ट २०२४ देखि काम रोकेका छन्। प.....

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्तारूढ दल कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मतभेद देखिएको छ...
19/09/2024

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्तारूढ दल कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मतभेद देखिएको छ । संसदीय सुनुवाइ समितिमा रहेका एमालेका सांसदहरूले प्रधानमन्त्री ओली र कांग्रेसका केही सांसदहरूले सभापति देउवासँग छलफल गरेका थिए । त्यसपछि ओली र देउवाबीच भेट भएको थियो ।

सरकारले सिफारिस गरेका १७ मध्ये चार मुलुकका राजदूतको संसदीय अनुमोदनमा अन्योल देखिएको छ । संवैधानिक व्यवस्था, कू.....

मन्त्री चौधरीले नियुक्ति प्रक्रियामा आफ्नो केही नचल्ने र सिनियर कोही भए निर्देशक बन्न पाउने बताए । ‘नियुक्ति प्रक्रियामा...
09/09/2024

मन्त्री चौधरीले नियुक्ति प्रक्रियामा आफ्नो केही नचल्ने र सिनियर कोही भए निर्देशक बन्न पाउने बताए । ‘नियुक्ति प्रक्रियामा मेरो केही चल्दैन, नियुक्ति–बढुवा सबै काम सदस्यसचिवको हो । मैले उहाँलाई सिनियरअनुसार निर्देशक चाहियो भनेर निर्देशन गरेको छु । मलाई को सिनियर थाहा हुँदैन, उपनिर्देशक नै निर्देशक हुनुपर्छ मात्रै थाहा छ,’ उनले भने, ‘सिनियर कोही छ भने निर्देशक बन्न पाउँछ । नयाँ आउनेको पनि ६ महिनापछि जिम्मेवारी सकिन्छ ।सदस्य सचिवलाई मिलाएर जानुस् भनेको हो ।’

सरकारले तल्लो वरीयताका अर्का व्यक्तिलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) तालिम तथा प्रशिक्षण विभाग निर्देशकमा

आयोगले दैनिकजसो विशेष अदालतमा मुद्दा पनि दर्ता गर्छ। तर, विशेषले अधिकांस मुद्दामा अख्तियारको दाबीअनुसार फैसला गर्दैन। अर...
05/09/2024

आयोगले दैनिकजसो विशेष अदालतमा मुद्दा पनि दर्ता गर्छ। तर, विशेषले अधिकांस मुद्दामा अख्तियारको दाबीअनुसार फैसला गर्दैन। अर्थात, अख्तियार मुद्दा हार्छ, आरोपीले सफाइ पाउँछन। त्यस्तो दर निकै छ।

त्यसैकारण, आयोग फैसला उपर पुनरावेदन/पुनरावलोकनका लागि विशेष अदालत पुग्ने गरेको छ। अख्तियारले दायर गरेका मुद्दामा विशेषबाट भएका फैसलामा चित्त नबुझेको अवस्थामा पुनरावेदन गर्छ। आर्थिक वर्षको प्रारम्भ (साउन १ देखि हालसम्म) अख्तियारले ४६ वटा मुद्दामा पुनरावेदन गरिसकेको छ। विशेष अदालतका अधिकांश फैसलामा अख्तियारले चित्त बुझाएको छैन।

काठमाडौं : सार्वजनिक पदमा बसेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको

प्रहरी र सञ्चारमाध्यममार्फत जानकारी पाएलगत्तै उद्योगमै पुगेर खानतलासी पनि गरेको उनले जानकारी दिएका छन् । तर, उद्योगभित्र...
03/09/2024

प्रहरी र सञ्चारमाध्यममार्फत जानकारी पाएलगत्तै उद्योगमै पुगेर खानतलासी पनि गरेको उनले जानकारी दिएका छन् । तर, उद्योगभित्र बाँकी रहेका चुरोट भने उद्योगले गायब पारिदिएको पाइएको छ । उद्योगभित्र चुरोट जलाइएको अवस्थामा मात्र भेटिएको र थप चुरोट नभेटिएको ओझाले बताए ।

उद्योगमा शनिबार साँझ होहल्ला भएपछि पुगेको मिर्चैया प्रहरीले तीन वटा कार्टुनमा ल्याएको चुरोट लिएर राजस्वको टोली फर्किएको र उद्योगले मंगलबार साँझसम्म जवाफ दिनुपर्ने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार, सिमेन्ट उद्योगमा चुरोट कसरी आयो, कहिले आयो, किन आयोलगायतका विषयमा जवाफ माग गरिएको छ ।

सिरहाको मिर्चैयास्थित सौर्य सिमेन्ट उद्योगमा अवैध विदेशी चुरोट भेटिएको विषयमा उद्योगसँग जवाफ माग गरिएको छ । रा.....

वर्षासँगै आएको पहिरोले गगने खोला, एसमोड, मालाचौर, दहीखोला र किट्टुभीरलगायतका स्थानको बाटोसँगै पक्की पुल बगाएको छ । कर्णा...
01/09/2024

वर्षासँगै आएको पहिरोले गगने खोला, एसमोड, मालाचौर, दहीखोला र किट्टुभीरलगायतका स्थानको बाटोसँगै पक्की पुल बगाएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एसपी विनोद शर्माका अनुसार राजमार्ग बन्द हुँदा पहिरोमा फसेका सयौं यात्रुहरुले निकै सास्ती खेप्नु परेको छ । उनले पहिरो हटाउन नेपालगन्ज र सुर्खेतबाट ठूला मेसिन झिकाइए पनि अझै दुई तीन दिन लाग्ने बताए ।

काठमाडौं, भदौ १६ ।अ१२ स्थानमा खसेको पहिरो पन्छाउन नसक्दा चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गत बुधबार ....

निगमको बजार हिस्सा खुम्चिँदै गएपछि हवाई भाडामा पनि अस्वाभाविक चाप पर्ने गरेको छ । त्यसको प्रत्यक्ष असर वैदेशिक रोजगारी र...
25/08/2024

निगमको बजार हिस्सा खुम्चिँदै गएपछि हवाई भाडामा पनि अस्वाभाविक चाप पर्ने गरेको छ । त्यसको प्रत्यक्ष असर वैदेशिक रोजगारी र अध्ययनमा जाने विद्यार्थीलाई पर्ने गरेको छ । ‘उडान पर्याप्त र नियमित नहुँदा एक त निगमलाई प्रत्यक्ष घाटा भइरहेको छ, अर्कातर्फ त्यसले हवाई भाडा अस्थिर पनि बनाउँछ । यसले कामदार, विद्यार्थी र पर्यटकलाई सबैलाई मर्का परिरहेको छ,’ निगमका एक बजार व्यवस्थापकले भने ।

निगमका प्रवक्ता रमेश पौडलले जहाज मर्मतको काम विशिष्ट प्राविधिक विषय भएको र यसमा केही थप प्राविधिक चुनौती आइपरेको बताए । ‘सी–चेक सकेर यथाशीघ्र पहिलो वाइडबडी जहाज ल्याउन लागिपरेका छौं,’ उनले भने । पर्यटन सचिव गणेशप्रसाद पाण्डेले निगमका कार्यकारी अध्यक्षसहितलाई केही दिनअघि मन्त्रालयमा बोलाई जहाजको मर्मतसम्भार चाँडो सकेर नेपाल झिकाउन निर्देशन दिएको बताए । अध्यक्ष अधिकारीसहित निगमका चार कर्मचारी अस्ट्रेलिया गएको विषयमा पनि स्पष्टीकरण सोधिएको पाण्डेले जानकारी दिए ।

नेपाल वायुसेवा निगमको वाइडबडी जहाज ‘अन्नपूर्ण’ विस्तृत मर्मत ‘सी–चेक’ का लागि इटालीको नेपल्समा ‘अलपत्र परेको’ ...

गम्मे मेरा सौतेनी छोरा हुन् । बालुवाको विषयमा गोकुल र गम्मेका छोराबीच विवाद भएछ । उनीहरूले मेरा छोरालाई निर्घात कुटे । य...
18/08/2024

गम्मे मेरा सौतेनी छोरा हुन् । बालुवाको विषयमा गोकुल र गम्मेका छोराबीच विवाद भएछ । उनीहरूले मेरा छोरालाई निर्घात कुटे । यही क्रममा कुटपिटमा संलग्न पवनको पनि निधारमा चोट लागेछ । प्रहरीले पवनलाई उपचार गर्न अस्पताल पठायो । उनको उपचार म आफैँले गरेँ । तर, घाइते मेरो छोरालाई उपचार नगरी तीन दिनसम्म हिरासतमा राखियो । सोही कारण उसको मृत्यु भयो,’ उनले भनिन् ।

कुटपिटबाट गम्भीर घाइते भएका गोकुललाई अदालतको अनुमतिविना तीन दिनसम्म प्रहरी हिरासतमा राखियो, पूरै गलेपछि घर

स्थानीय कृषि सहकारीबाट ऋण लिएर दाना, ढुटो, चोकर खरिद गरेर आधा दर्जन गाईलाई खुवाउँदै आएको अधिकारी बताउँछिन् । उनलाई घर खर...
16/08/2024

स्थानीय कृषि सहकारीबाट ऋण लिएर दाना, ढुटो, चोकर खरिद गरेर आधा दर्जन गाईलाई खुवाउँदै आएको अधिकारी बताउँछिन् । उनलाई घर खर्चभन्दा पनि ऋणको साँवा तिर्न नसकेकोमा बढी चिन्ता छ । ‘घर खर्च त जसरी पनि चलाउँथे । दाना, चोकर किनेकै ऋणको साँवा तिर्न सकेको छैन,’ उनले भनिन् ।

काभ्रेका अगुवा किसान नारायण नेपाल दूधको बक्यौता रकम भुक्तानी नहुँदा पूरै जिल्लाका किसान समस्या रहेको बताए ।

३१ साउन, काठमाडौं । चितवन रत्ननगर नगरपालिका सुन्दरचोकका स्थानीय किसान नरबहादर डाँगी फार्ममा भएको गाईभैंसी बेच्.....

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हिजो (शुक्रबार) दिउँसो पत्रकार सम्मेलन डाके । डेडिकेटेड फिडर र...
12/08/2024

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हिजो (शुक्रबार) दिउँसो पत्रकार सम्मेलन डाके । डेडिकेटेड फिडर र ट्रङ्कलाइनबाट दिइएको विद्युतको प्रिमियम महसुल उठाउन खोज्दा सरकार र संसदीय समितिको तारोमा परिरहेका घिसिङले डाकेका उक्त पत्रकार सम्मेलनमा मूलधारेदेखि न्यू मिडियासम्मको निकै चासो देखिन्थ्यो ।

पत्रकार र युट्यूबरले खचाखच विद्युत प्राधिकरण केन्द्रीय कार्यालयको सभाहलमा कुलमानले शुरूमै भने, ‘प्राधिकरण नेतृत्वमा मेरो दोस्रो कार्यकालको तेस्रो वर्ष पूरा भएको छ । डेडिकेटेड र ट्रङ्कलाइनको विषय भन्दा पनि तीन वर्षको प्रगतिबारे जानकारी दिन्छु ।’

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हिजो (शुक्रबार) दिउँसो पत्रकार सम्मेलन डाक...

समाज जतिजति शिक्षित र आधुनिक बन्दैछ, आपराधिक घटनाका प्रवृत्ति पनि फरकफरक हुने गरेका छन। वरिष्ठ अधिवक्ता एवं फौजदारी कानु...
11/08/2024

समाज जतिजति शिक्षित र आधुनिक बन्दैछ, आपराधिक घटनाका प्रवृत्ति पनि फरकफरक हुने गरेका छन। वरिष्ठ अधिवक्ता एवं फौजदारी कानुनका विज्ञ केदारप्रसाद दाहाल जबरजस्ती करणीमा पुनःव्याख्या र पुनःपरिभाषा गर्नुपर्ने तर्क गर्छन्। यस्ता कसुरमा अभियोग लाग्नेबित्तिकै ‘ठूलै जघन्य घटना भइहाल्यो’ भनेर अनुमानका आधारमा अनुसन्धान गर्ने प्रवृत्ति गलत भएको दाहालको भनाइ छ। पछिल्लो समय सहमतिमा भएका सम्बन्धलाई पनि विवाद आउनासाथ जबरजस्ती करणी भन्दै उजुरी गर्नेको संख्या पनि बढ्दो छ।

कानुनको नजरमा कसुर भए पनि व्यावहारिक रूपमा सहमतिमा भएका सम्बन्धहरू करणी होइनन्। रिस उठेको बेला उजुरी हाल्नको लागि मात्रै यस्ता कसुरहरू प्रयोग गर्न नहुने दाहाल बताउँछन्। ‘अहिले जबरजस्ती करणीका विषयमा घटनाअनुसार व्याख्या विश्लेषण भइरहेका छन्। अभियोग यकिन भएका कसुरसम्बन्धी सबै मुद्दामा समान तरिकाले व्याख्या गर्नुपर्छ,’ दाहालले भने।

काठमाडौं : मुलुकभरका जेलमा २८ हजार ६ सय ९८ जना बन्दी छन्। त्यसमा सबैभन्दा

अन्तःशुल्क छपाइमा भ्रष्टाचार गरेको मुद्दाका प्रतिवादी निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल विशेष अदालतमा उपस्थित भएका छन्।व...
29/07/2024

अन्तःशुल्क छपाइमा भ्रष्टाचार गरेको मुद्दाका प्रतिवादी निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल विशेष अदालतमा उपस्थित भएका छन्।
विशेषका न्यायाधीशहरू टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आइतबार अर्यालसँग धरौटी माग गर्ने आदेश गरेको छ।

अन्तःशुल्क छपाइमा भ्रष्टाचार गरेको मुद्दाका प्रतिवादी निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल विशेष अदालतमा उपस्थि...

सक्षम नेतृत्वको अभाव र चरम राजनीतीकरणले डिडिसी पछिल्ला ६ वर्षयता निरन्तर घाटामा छ । कोभिडयता समग्र दुग्ध बजार बढेको छ, त...
26/07/2024

सक्षम नेतृत्वको अभाव र चरम राजनीतीकरणले डिडिसी पछिल्ला ६ वर्षयता निरन्तर घाटामा छ । कोभिडयता समग्र दुग्ध बजार बढेको छ, तर डिडिसीको व्यापार भने ओरालो छ । सम्पत्तिभन्दा सञ्चित नोक्सानी र ऋण धेरै छ, तर नेतृत्वसँग सुधारको कुनै योजना छैन ।

सक्षम नेतृत्वको अभाव र चरम राजनीतीकरणले डिडिसी पछिल्ला ६ वर्षयता निरन्तर घाटामा छ । कोभिडयता समग्र दुग्ध बजार ब....

दलहरूबीच देखिने सत्ता–राजनीतिको अतिरिक्त मोहका कारण प्रदेशहरू सरकार हेरफेरका अखडा बनेका छन् । मंसिर ०७९ को निर्वाचनयताका...
24/07/2024

दलहरूबीच देखिने सत्ता–राजनीतिको अतिरिक्त मोहका कारण प्रदेशहरू सरकार हेरफेरका अखडा बनेका छन् । मंसिर ०७९ को निर्वाचनयताका १८ महिनामा सात प्रदेशमा २३ वटा सरकार बनेका छन् । मंगलबार मात्रै बागमतीले नयाँ मुख्यमन्त्री पाएको छ । मुख्यमन्त्री नबदलिए पनि केन्द्रीय समीकरण दायाँबायाँ हुनेबित्तिकै प्रदेशमा मन्त्रिपरिषद् हेरफेर भएका छन् ।

सरकार फेरबदल भइरहँदा प्रदेशमा कानुन निर्माण, विकासका काम र संसदीय समिति गठन प्रभावित

Address


Website

Alerts

Be the first to know and let us send you an email when KuraKaani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share