Nepali News

Nepali News This is the official Page Name As Nepal Dharohar. Our Page Provide Authentic News For you about the National And International News.

Follow our Page For
• Authentic News
• Verify News
• Impotance News
- Nepal Dharohar Team

21/09/2024

एउटा् यस्तो बिधालय जहाँ एउटा कक्षा मा एकजना मात्र बिद्यार्थी छ्न।

21/09/2024

चितवन, असोज ५- भरतपुर महानगरपालिका–२ लिलाचोक स्थित भित्री सडकमा गएराति मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुई जन....

पूर्णब्रह्म कबीर उपासक समाज नेपालले मिति २०८१/६/०४ गते पाल्पाको श्री जनता माध्यमिक विद्यालय (JVT) तानसेन का प्र.अ हरि प्...
21/09/2024

पूर्णब्रह्म कबीर उपासक समाज नेपालले मिति २०८१/६/०४ गते पाल्पाको श्री जनता माध्यमिक विद्यालय (JVT) तानसेन का प्र.अ हरि प्रसाद धिमिरे ज्युको उपस्थितिमा +2 का बिद्यार्थीहरु र श्री त्रिभुवन बहुमुखी क्याम्पस तानसेन,क्याम्पसका चिफ टंक भट्टराई ज्युको उपस्थितिमा BBS,BBA मा अध्ययनरत बिद्यार्थीहरु माझ नेपाली समाजमा व्याप्त व्यापक लागू औषध, छुवाछुत,दाईजो प्रथा,घरेलु हिंसा,पाखण्डवाद एवं अन्धविश्वास जस्ता सामाजिक विकृति तथा विसंगतीहरुलाई हटाई मानव अधिकार को पालना एवम् आपसी भाइचारा कसरी स्थापित हुन्छ साथ साथै एउटा सभ्य, स्वच्छ तथा आदर्श समाज निर्माण गर्नुपर्ने बारेमा अभिमुखीकरण गोष्ठी संचालन गरियो। उक्त अवसरमा जगतगुरु तत्वदर्शी संत रामपालजी महाराजद्वारा लिखित शास्त्रमा आधारित अनमोल पुस्तकहरु - ज्ञान गंगा , जिउने मार्ग , गीता तिम्रो ज्ञान अमृत,आध्यात्मिक ज्ञानका गोला ,आदि पुस्तकहरु सेवा गरियो।

नारायणगढ–मुग्लिन सडक : नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन - भरतपुरl
16/09/2024

नारायणगढ–मुग्लिन सडक : नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन - भरतपुरl

भरतपुर । नारायणगढ–मुग्लिन सडकअन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालि...

पोखरामा भव्य रूपमा सम्पन्न प्रेरणादायी आध्यात्मिक कार्यक्रम✨ मिति: २०८१/५/२८ गते, शुक्रबार📍 स्थान: श्री मसिना आधारभूत वि...
14/09/2024

पोखरामा भव्य रूपमा सम्पन्न प्रेरणादायी आध्यात्मिक कार्यक्रम

✨ मिति: २०८१/५/२८ गते, शुक्रबार
📍 स्थान: श्री मसिना आधारभूत विद्यालय, पोखरा-१४, मसिना, खाल्टे, कास्की
विद्यालय स्थापना: २०३८ साल

कास्की जिल्लाको समृद्ध ऐतिहासिक धरातलमा रहेको श्री मसिना आधारभूत विद्यालय, पोखरा-१४, खाल्टेमा अत्यन्तै प्रेरणादायक र समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने आध्यात्मिक चेतनामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। विद्यालयका शिक्षक र विद्यार्थीहरुको सक्रिय सहभागिताले कार्यक्रमलाई विशेष उचाइ प्रदान गर्‍यो।

यस कार्यक्रममा सनातन वैदिक ज्ञानको धरोहर मानिने गीता, वेद, र शास्त्रबाट समाजमा व्याप्त विभिन्न सामाजिक विसंगतिहरू जस्तै: आत्महत्या, छुवाछुत, नशा दुव्र्यसन, दाइजो प्रथा, र घरेलु हिंसाको उन्मूलनका उपायहरू बारे प्रमाणित आध्यात्मिक मार्गदर्शन दिइयो।

🔹 जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजजीको ज्ञानको आलोकमा, यी विकृतिहरूको अन्त्य गर्दै एक स्वस्थ, नैतिक, र सभ्य समाजको निर्माणको दिशा प्रस्तुत गरियो।
🔹 उपस्थित महानुभावहरूले समाज सुधारका लागि अपरिहार्य ठहरिने आध्यात्मिक साहित्य ग्रहण गरे, जसले मानव जीवनलाई शान्त, सुखमय र उन्नत मार्गमा अग्रसर गराउँछ।
🔹 विद्यालयका साना साना भाइबहिनीहरूले पनि कार्यक्रममा उत्साहपूर्वक भाग लिए। सतगुरु सन्त रामपालजी महाराजको ज्ञान सुन्दा उनीहरूलाई खुसी पनि लाग्यो र अचम्म पनि। उनीहरूले उल्लेख गरे कि घरमा रक्सी, चुरोट, र सुर्तिजन्य वस्तु सेवन गर्दा झगडा र नराम्रो असर परेको छ। त्यसैले, उनीहरूले यो ज्ञान आफ्ना आमाबुबालाई सुनाएर ती गलत अभ्यासहरू रोक्ने प्रण गरेका छन्।
🔹 विद्यार्थीहरूको उत्साही सहभागिताले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो, जहाँ उनीहरूले यस्ता प्रेरणादायी कार्यक्रमहरू निरन्तर भइरहनुपर्नेमा विशेष जोड दिएका थिए।

🌟 कार्यक्रमको मुख्य उद्देश्य:
समाजमा व्याप्त हानिकारक प्रथाहरूको अन्त्य गर्दै, आध्यात्मिक चेतनाको उज्यालो फैलाउनु, जसले समाजमा शान्ति, सद्भाव, र सामाजिक एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।

कार्यक्रमको समापनमा सबैलाई सद्भावपूर्ण धन्यवाद दिँदै, यस्ता आध्यात्मिक कार्यक्रमहरूको निरन्तरता राख्दै समाज सुधारको अभियानलाई अझ सशक्त बनाउनुपर्ने प्रतिबद्धता व्यक्त गरियो।

12/09/2024

काठमाडौं उपत्यका भित्रका ९६ जना धनीले आफ्नो हराएका मोटरसाइकल र स्कुटर फिर्ता पाएका छन्।

11/09/2024

काठमाडौंम - कलाकार भिसा प्रदान गर्ने बहानामा ठगी गरेको आरोपमा एक जना कलाकार पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुल....

भोलि र पर्सि भारीदेखि धेरै भारी वर्षाको सम्भावना -
11/09/2024

भोलि र पर्सि भारीदेखि धेरै भारी वर्षाको सम्भावना -

भारतको छत्तीसगढ आसपास बनेको न्यूनचापीय प्रणालीको असरले लुम्बिनीदेखि पश्चिमको भूभाग भोलि र पर्सि बढी प्रभावित ह...

09/09/2024

काठमाडौं - छोरीको हत्या गरी शव खोलामा फालेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेको...

09/09/2024

काठमाडौँ । नेपाल–भारत सम्बन्धलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले लगातार अभिव्यक्ति दिँदै भारतमाथि दबाब बढ....

तीव्र गतिको मोटरसाइकल नालीमा खस्दा २६ वर्षीय युवकको मृत्यु।
09/09/2024

तीव्र गतिको मोटरसाइकल नालीमा खस्दा २६ वर्षीय युवकको मृत्यु।

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा २६ वर्षीय युवकको मृत्यु भएको छ।नवलपरासीको सुनवल नगरपालिका-९ स्वाठी निवासी....

08/09/2024

२३ भदौ, धनगढी । कैलालीको धनगढीमा अज्ञात समूहले इन्धन बोक्ने ट्याङ्करका चालक र सहचालकहरुमाथि धारिलो हतियार प्रहा....

*सन्त रामपालजीको ७४औँ अवतरण दिवसमा १० नव जोडीहरुको दाइजोमुक्त सामुहिक विवाह सम्पन्न* धनुषा जिल्लाको मिथिला न.पा-२ बेलाचा...
08/09/2024

*सन्त रामपालजीको ७४औँ अवतरण दिवसमा १० नव जोडीहरुको दाइजोमुक्त सामुहिक विवाह सम्पन्न*

धनुषा जिल्लाको मिथिला न.पा-२ बेलाचापी स्थित सतलोक आश्रम धनुषामा सन्त रामपालजी महाराजको ७४ औँ अवतरण दिवसको उपलक्ष्यमा मनाइने अवतरण दिवस यस वर्ष पनि भव्यताका साथ मनाईंदै छ। सन्त रामपालजी महाराजको ७४ औं अवतरण दिवसको उपलक्ष्यमा सन्त रामपालजी महाराजका अनुयायीहरु द्वारा भाद्र २१ देखी २३ गते सम्मका लागि आयोजित तीन दिवसीय अखण्ड पाठ तथा विशाल भन्डारा कार्यक्रमको आज दोस्रो दिन भाद्र २२ गते शनिबार विभिन्न किसिमका समाज सुधारका कार्यक्रमहरु गरियो। ८ सेप्टेम्बर १९५१ मा समाज सुधारक परम सन्त रामपालजी महाराजको जन्म भएको शुभ दिनको सम्झनामा यो दिवस हरेक वर्ष ८ सेप्टेम्बरमा मनाइन्छ । कबीर साहेबको वर्तमान अवतारको रुपमा अवतरित हुनुभएकाले उहाँको अवतरण दिवस मनाउने गरिएको आयोजकले जनाएका छन् ।

सन्त रामपालजी महाराजको पावन सान्निध्यमा आदरणीय सन्त गरिबदासजी महाराजद्वारा रचित अमरग्रन्थ साहेबको पाठ जारी राख्दै १० नव जोडिहरुको दाइजो तथा आडम्बरमुक्त विवाह (रमैणी) गराइएको छ। यस विवाहमा कुनै प्रकारको सरसामान नगद लेनदेन भएको छैन भने कुनै पक्षको एक रुपैयाँ पनि खर्च भएन। सर्व आगन्तुकहरुलाई खाने बस्ने व्यवस्था आश्रम कै तर्फबाट विशाल भन्डारामा गरिएको थियो। मात्र १७ मिनेटको गुरुवाणी द्वारा तेत्तीस करोड देवीदेवताहरुको स्तुति गरी तीनै देवीदेवताहरुको साक्षीमा लाखौं व्यक्तिहरुसामु उक्त विवाह सम्पन्न भएको थियो। यस्ता विवाहमा कुनै किसिमको मांसाहार तथा नशालु पदार्थ आदी सेवन गर्न पूर्ण रुपमा निषेधित हुन्छ। समाजबाट दाइजोरुपी राक्षसलाई समाप्त पार्न सन्त रामपालजी महाराजको दाइजोमुक्त समाज अभियान अन्तर्गत यो विवाह गराइएको जानकारी आयोजकले जनाएका छन् । यस्ता विवाहले समाजमा प्रत्यक्ष प्रभाव पारेको र समाज परिवर्तित भैरहेको जानकारी पनि आयोजकले गराएका छन् । यस कार्यक्रममा अनुयायीहरुले नेपाल रेडक्रस सोसाइटीलाई १७० युनिट रक्तदान पनि गरेका छन् ।

कार्यक्रममा मधेस प्रदेशका सुरक्षा निकायका उच्च अधिकारीहरु लगायत विभिन्न न.पा. का मेयर तथा वडा अध्यक्षहरु,विभिन्न निकायका प्रमुख कर्मचारीहरु, डाक्टर तथा इन्जिनियरहरु लगायत गणमान्य व्यक्तित्वहरुको बहुसंख्यामा सहभागीता रह्यो। कार्यक्रममा कबिर साहेबको संघर्षको पुरै घट्नाहरु चित्रण गर्ने आध्यात्मिक प्रदर्शनिहरु पनि लगाइएको थियो । आश्रमको सर्व व्यवस्था तथा सन्त रामपालजी महाराजद्वारा बनाइएको भक्ति मर्यादा र अनुशासनलाई देखेर सबैले हृदय देखि नै कार्यक्रम तथा आयोजकका साथै सन्त रामपालजी महाराजको प्रशंसा गरेका छन् । यो कार्यक्रम, व्यवस्थापन र अनुशासन त राज्यले नै अनुशरण गर्नुपर्ने किसिमको नमुना रहेको कुरा अतिथीहरुले बताउनुभएको छ।

विशाल भण्डारामा शुद्ध घ्युमा बनेका लड्डु,जेरी,बर्फि तथा हलुवा प्रसादका साथै पूरी, शब्जी,सलाद, दाल, भात, अचार आदीको व्यवस्था गरिएको छ।

जुनसुकै व्यक्ति पनि कार्यक्रममा सहभागी भएर प्रसाद ग्रहण गर्न सक्ने र जति धेरै सङ्ख्यामा श्रद्धालु आए पनि सबैलाई नि:शुल्क भोजन भण्डारा गराउन तयार रहेको आयोजकले बताएका छन् यसका साथै धेरै भन्दा धेरै संख्यामा आम जनसाधारणलाई कार्यक्रममा सहभागी हुन पनि आमन्त्रित गरि नै रहेको छ। तेस्रो दिन भोग आरती र सत्संग गरी कार्यक्रम सम्पन्न हुने कुरा आयोजकले जनाएका छन् । कार्यक्रमको पहिलो र दोस्रो दिन गरी करीब ५ लाख जति श्रद्धालुहरुको उपस्थित रहेको थियो।

*सतलोक आश्रम धनुषामा प्रारम्भ भयो अवतरण दिवसको महायज्ञ,पत्रकार सम्मेलन पनि गरियो* यहि आउँदो भाद्र २३ गते तदनुसार ८ सेप्ट...
06/09/2024

*सतलोक आश्रम धनुषामा प्रारम्भ भयो अवतरण दिवसको महायज्ञ,पत्रकार सम्मेलन पनि गरियो*

यहि आउँदो भाद्र २३ गते तदनुसार ८ सेप्टेम्बर १९५१ मा पर्ने सन्त रामपालजी महाराजको अवतरण दिवसको उपलक्ष्यमा आज भाद्र २१ गते देखि धनुषा जिल्लाको मिथिला न.पा. -२ मा स्थित सतलोक आश्रम धनुषामा हुने भनिएको अमर ग्रन्थको तीन दिवसीय अखण्ड पाठ तथा विशाल भण्डाराको महायज्ञ कार्यक्रम आज प्रारम्भ भएको छ। आज शुक्रबार बिहान ९:१५ बजे आदरणीय सन्त गरीबदासजी महाराज द्वारा रचित अमर ग्रन्थको पाठ प्रकाश गरी उक्त कार्यक्रम प्रारम्भ भएको हो। आज शुरु भएको अमर ग्रन्थको वाणीको पाठ तीन दिन सम्म नरोकिकन निरन्तर चलिरहने छ र अन्तिम अर्थात् तेस्रो दिन भोगका वाणीका साथमा सम्पुर्ण हुनेछ। यस कार्यक्रममा भारतका विभिन्न प्रान्तहरुका साथै अमेरिका,बेलायत,जापान,मलेसिया, अस्ट्रेलिया लगायत अन्य कैयौं देशहरूबाट पनि श्रद्धालुहरु आउने क्रम जारी छ । नेपालभरि बाट पनि लाखौं श्रद्धालुहरु उपस्थित भएका छन् । पहिलो दिन मात्र बिहान देखि बेलुका सम्म करीब डेढ लाख श्रद्धालु सहभागी भएका छन् । यस कार्यक्रम अन्तर्गत भोलि शनिबार कैयौं जोडीहरुको दाइजोमुक्त सामुहिक विवाह गराउने तथा अत्यधिक संख्यामा रक्तदान गराउन विशाल रक्तदान शिविरको पनि आयोजना हुँदैछ। पाखण्ड र सामाजिक विकृतिहरु माथी प्रहार गर्दा कबीर साहेबजीले आफ्नो मानवलीलाको क्रममा गर्नुभएका संघर्ष तथा भोग्नुपरेका यातनाहरुको बारेमा पनि चित्रण गरी आध्यात्मिक प्रदर्शनी लगाइएको छ जसमा सन्त रामपालजी महाराजले पनि सत्य ज्ञान प्रचार शुरु गरेदेखि वर्तमान समयसम्म गरिरहनुभएको संघर्षको गाथा देखाइका चित्रहरु लगाइएका छन् । सन्त रामपालजी महाराजले बताइरहनुभएको शास्त्र आधारित ज्ञानका चित्रहरू पनि प्रदर्शनीमा लगाएका छन् । निकै राम्रो सँग आश्रमलाई सजाइएको छ। सहभागी हुने श्रद्धालुहरुलाई जुता चप्पल राख्ने देखि लिएर मोबाइल चार्ज गर्ने, प्राथमिक उपचार सेवा, नुहाउने , खाने र सुत्ने सबै व्यवस्थाहरु चुस्त दुरुस्त रुपमा र नि:शुल्कमा गरिएको छ। श्रद्धालुहरुलाई प्रसादका रुपमा शुद्ध घ्युमा बनेका लड्डु, जेरी, बर्फी साथै पुरी, शब्जी, अचार, दाल, सलाद आदी दिइँदै छ भने शुद्ध घ्युमै बनेको हलुवा मुख्य प्रसादको रुपमा रहेको छ। सामान्य नागरिक देखि लिएर प्रधानमन्त्री,रास्ट्रपति सम्मलाई यस कार्यक्रममा सहभागी हुन आमन्त्रित गरिएको छ।

सन्त रामपालजी महाराजको जन्म भारतको हरियाणा प्रान्त स्थित सोनिपत जिल्लाको धनाना गाउँमा ८ सेप्टेम्बर १९५१ मा भएको थियो। उहाँ पुर्ण परमात्मा कबीर साहेबको वर्तमान अवतार आउनुभएको (सतलोक बाट अवतरित हुनुभएको) ले उहाँको जन्म दिवस नमनाएर अवतरण दिवस मनाइएको र भविष्यमा उहाँ द्वारा सारा विश्वका प्राणीहरुको कल्याण हुने भएकाले उहाँ जस्तो माहापुरुष र परम सन्त पृथ्वीमा आउने शुभ दिन सबैले मनाउनु पर्ने आश्रमका व्यवस्थापन समिति तथा अनुयायीहरुको तर्क छ। सन्त रामपालजी महाराजले आफ्नो तत्वज्ञानद्वारा सबै किसिमका सामाजिक विकृतिहरु जस्तै चोरी,भ्रस्टाचार,दाइजो प्रथा, कुलत, कन्या भ्रुणहत्या, छुवाछूत तथा भेदभाव, असमानता, असहिष्णुता, अन्धविश्वास तथा पाखण्ड्वाद, घरेलु हिंसा, अनैतिकता आदीको अन्त्य गरिरहनुभएको छ र मोक्ष प्राप्तिको यथार्थ सहज मार्ग प्रदान गरिरहनु भएको छ।यस कार्यक्रममा उपस्थित हुन घर बाट हिँडेपछि पाईला पाईलाको एक यज्ञ बराबर पुण्य हुने र यहाँको प्रसाद ग्रहण गर्दा पाप नाश हुने तर्क अनुयायीहरुको छ जसको प्रमाण श्रीमद्भागवत गीतामा रहेको वहाँहरुले बताउनुभएको छ।

कार्यक्रम प्रारम्भ गर्नुभन्दा पहिले पत्रकार सम्मेलन गरी कार्यक्रमको सर्वजनिक रुपमा निमन्त्रणा दिंदै पत्रकारहरु द्वारा सोधिएका आम जनताको चासोका विषयहरुका बारेमा पनि आश्रम व्यवस्थापनका पादाधिकारीहरुले सौहार्दपुर्वक र सन्तुष्टिजनक जवाफ पनि दिनुभयो। कार्यक्रमको पहिलो दिनको सहभागीता अनुसार दिनभरिमा करीब २ लाख जति संख्यामा श्रद्धालुहरुको उपस्थिति देखिने अनुमान छ।

*सतलोक आश्रम धनुषामा कबीर प्रकट दिवसमा मात्र १७ मिनेटमा २१ नव जोडीहरुको दाइजोमुक्त अन्तर्जातीय सामुहिक विवाह सम्पन्न* धन...
21/06/2024

*सतलोक आश्रम धनुषामा कबीर प्रकट दिवसमा मात्र १७ मिनेटमा २१ नव जोडीहरुको दाइजोमुक्त अन्तर्जातीय सामुहिक विवाह सम्पन्न*

धनुषा जिल्लाको मिथिला न.पा-२ बेलाचापी स्थित सतलोक आश्रममा कबीर साहेबको सशरीर प्राकट्य लिलाको सम्झनालाई लिएर प्रत्येक बर्ष मनाइने कबीर परमेश्वर प्रकट दिवस यस वर्ष पनि भव्यताका साथ मनाईंदै छ। कबीर परमेश्वरको ६२७ औं प्रकट दिवसको उपलक्ष्यमा सन्त रामपालजी महाराजका अनुयायीहरु द्वारा असार ६ देखी ८ गते सम्मका लागि आयोजित तीन दिवसीय अखण्ड पाठ तथा विशाल भन्डारा कार्यक्रम असार ६ गते बिहिबार पाठ प्रकाश गरी प्रारम्भ भएको थियो जसको दोस्रो दिन असार ७ गते शुक्रबार विभिन्न किसिमका समाज सुधारका कार्यक्रमहरु गरियो।

सन्त रामपालजी महाराजको पावन सान्निध्यमा आदरणीय सन्त गरिबदासजी महाराजद्वारा रचित अमरग्रन्थ साहेबको पाठ जारी राख्दै २१ नव जोडिहरुको दाइजो तथा आडम्बरमुक्त विवाह (रमैणी) गराइएको छ। यस विवाहमा कुनै प्रकारको सरसामान नगद लेनदेन भएको छैन भने कुनै पक्षको एक रुपैयाँ पनि खर्च भएन। सर्व आगन्तुकहरुलाई खाने बस्ने व्यवस्था आश्रम कै तर्फबाट विशाल भन्डारामा गरिएको थियो। मात्र १७ मिनेटको गुरुवाणी द्वारा तेत्तीस करोड देवीदेवताहरुको स्तुति गरी तीनै देवीदेवताहरुको साक्षीमा लाखौं व्यक्तिहरुसामु उक्त विवाह सम्पन्न भएको थियो। यस्ता विवाहमा कुनै किसिमको मांसाहार तथा नशालु पदार्थ आदी सेवन गर्न पूर्ण रुपमा निषेधित हुन्छ। समाजबाट दाइजोरुपी राक्षसलाई समाप्त पार्न सन्त रामपालजी महाराजको दाइजोमुक्त समाज अभियान अन्तर्गत यो विवाह गराइएको जानकारी आयोजकले जनाएका छन् । यस्ता विवाहले समाजमा प्रत्यक्ष प्रभाव पारेको र समाज परिवर्तित भैरहेको जानकारी पनि आयोजकले गराएका छन् । यस कार्यक्रममा हजारौंको संख्यामा अनुयायीहरुले नेपाल रेडक्रसलाई रक्तदान पनि गरेका छन् ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिस कुमार यादव ज्यू, मधेस प्रदेश सभामुख रामचन्द्र मण्डल ज्यू, सुरक्षा निकायका उच्च अधिकारीहरु लगायत विभिन्न न.पा. का मेयर तथा वडा अध्यक्षहरु,विभिन्न निकायका प्रमुख कर्मचारीहरु, डाक्टर तथा इन्जिनियरहरु लगायत गणमान्य व्यक्तित्वहरुको बहुसंख्यामा सहभागीता रह्यो। कार्यक्रममा कबिर साहेबको प्रकट हुने देखि लिएर पुरै जिवनलीला चित्रण गर्ने आध्यात्मिक प्रदर्शनिहरु पनि लगाइएको थियो । आश्रमको सर्व व्यवस्था तथा सन्त रामपालजी महाराजद्वारा बनाइएको भक्ति मर्यादा र अनुशासनलाई देखेर सबैले हृदय देखि नै कार्यक्रम तथा आयोजकका साथै सन्त रामपालजी महाराजको प्रशंसा गरेका छन् । मधेस प्रदेशका मुख्यमन्त्री ज्यूले यो कार्यक्रम, व्यवस्थापन र अनुशासन त राज्यले नै अनुशरण गर्नुपर्ने किसिमको नमुना रहेको कुरा बताउनुभएको छ।

विशाल भण्डारामा शुद्ध घ्युमा बनेका लड्डु,जेरी,बर्फि तथा हलुवा प्रसादका साथै पूरी, शब्जी,सलाद, दाल, भात, अचार आदीको व्यवस्था गरिएको थियो।

आश्रमले जुनसुकै व्यक्ति पनि कार्यक्रममा सहभागी भएर प्रसाद ग्रहण गर्न सक्ने र जति धेरै सङ्ख्यामा श्रद्धालु आए पनि सबैलाई नि:शुल्क भोजन भण्डारा गराउन तयार रहेको आयोजकले बताएका छन् यसका साथै धेरै भन्दा धेरै संख्यामा आम जनसाधारणलाई कार्यक्रममा सहभागी हुन पनि आमन्त्रित गरि नै रहेको छ। तेस्रो दिन भोग आरती र सत्संग गरी कार्यक्रम सम्पन्न हुने कुरा आयोजकले जनाएका छन् । कार्यक्रमको पहिलो र दोस्रो दिन गरी करीब ५ लाख जति श्रद्धालुहरुको उपस्थित रहेको थियो।

19/04/2024
९ जोडिको सामुहिक दाइजो मुक्त विवाह: सतलोक आश्रम, धनुषामा ९ वटा जोडिको १७ मिनेटमा सामुहिक दाइजो मुक्त विवाह भएको छ ।😮
23/03/2024

९ जोडिको सामुहिक दाइजो मुक्त विवाह: सतलोक आश्रम, धनुषामा ९ वटा जोडिको १७ मिनेटमा सामुहिक दाइजो मुक्त विवाह भएको छ ।😮

दु:खद खबर मात्र छ यो देशमा
14/02/2024

दु:खद खबर मात्र छ यो देशमा

तानसेन : पाल्पा डुम्रेबाट तिनाउँ गाउँपालिका वडा-६ चिदिस शिखर डाँडा जाँदै

एउटा् अनौठो अनि अचम्म लाग्दो दाइजो मुक्त विवाह।
09/02/2024

एउटा् अनौठो अनि अचम्म लाग्दो दाइजो मुक्त विवाह।

17/11/2023

काठमाडौं, मंसिर १- रुपन्देहीमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक ब....

विश्वकप क्रिकेट २०२३ : अस्ट्रेलियालाई दक्षिण अफ्रिकाले दियो २१३ रनको लक्ष्य - को...
16/11/2023

विश्वकप क्रिकेट २०२३ : अस्ट्रेलियालाई दक्षिण अफ्रिकाले दियो २१३ रनको लक्ष्य - को...

डेबिड मिलरको उत्कृष्ट शतकको मद्दतले दक्षिण अफ्रिकाले विश्वकप क्रिकेट २०२३ को दोस्रो सेमिफाइनलमा अस्ट्रेलियास.....

16/11/2023

रबि लामिछाने को मनन योग्य बिचार।

22/09/2023

सिमकोट- शिक्षक आन्दोलनका कारण जिल्लाका सात वटा गाउँपालिकाका सम्पूर्ण विद्यालयहरूमा पठनपाठन बन्द भएको छ।शिक्षक ...

दयनिय अबस्थामा नेपाली शिक्षक सरकारले यथाशीघ्र माग सम्बोधन गर्नुपर्छ।
22/09/2023

दयनिय अबस्थामा नेपाली शिक्षक सरकारले यथाशीघ्र माग सम्बोधन गर्नुपर्छ।

एलिसा अर्याल काठमाडौँ । संसद सचिवालयमा दर्ता भई संसद वैठकमा टेवल भइ नसकेको ‘विद्यालय शिक्षा विधेयक’को विरुद्धम.....

Address


Website

Alerts

Be the first to know and let us send you an email when Nepali News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share