Swatantra Sanchar

  • Home
  • Swatantra Sanchar

Swatantra Sanchar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Swatantra Sanchar, News & Media Website, .

23/08/2024

नयाँ कमला पुलको लागि आमरण अनशनमा बसेकाहरुको माग सम्बोधन गर्न तैयारी छौ ,अनशन तोडन आह्वान गर्दछु : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल

सामुहिक आमरण अनशनको चौथो दिनको दृश्य। मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडी सिरहाका दस नयाँ कमला...
23/08/2024

सामुहिक आमरण अनशनको चौथो दिनको दृश्य। मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडी सिरहाका दस नयाँ कमला पुल निर्माणको माग गर्दै अनसनमा बसेका छन। अनसनको तेस्रो दिन साझ मुख्यमन्त्री सतिश कुमार सिंह र अनसनकारी बिच समान्य छलफल भएको थियो तर घोषित निकास भने हालसम्म आएको छैन।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)रमाइलो यात्रा हुने समय छ । बौद्धिक क्रियाकलापमा सक्रियता बढ्ने छ । प्राविधिक र सृ...
16/07/2024

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रमाइलो यात्रा हुने समय छ । बौद्धिक क्रियाकलापमा सक्रियता बढ्ने छ । प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ ।



बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वृष राशिका व्यक्तिहरुको आज धनागम हुने, स्वास्थ्य राम्रो रहने छ। परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । आर्थिक क्षेत्रहरु सबल रहनुका साथै शेयर बजारबाट पनि लाभ लिन सकिन्छ।



मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिथुन राशिका व्यक्तिहरुको लागि समय मध्यम रहेको छ। रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसारको उपलब्धि पाउन कठिन हुन सक्छ । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । नयाँ कारोबार वा साथीभाइबाट फाइदा लिने समय छ ।



कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशिका व्यक्तिहरुको लागि आज समय सामान्य रहेको छ। स्वास्थ्यमा कमजोरीको अनुभूति हुन सक्छ। काममा उचित समय दिन सकिंदैन। खर्च बढ्नाले आर्थिक कठिनाई आउन सक्छ। आज नयाँ लगानीको लागि समय अनुकूल छैन। आफन्त तथा साथीभाईसँग विवाद पर्न सक्ने रहेकाले ध्यान दिनुहोला।



सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशिका व्यक्तिहरुको लागि आज दिन राम्रो रहेको छ। पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।



कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशिका व्यक्तिहरुको लागि आज दिन मध्यम रहन सक्छ। परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुन सक्छ। अनावश्यक विवादमा पर्दा काम बिग्रिन सक्ने भएकाले सचेत हुनुपर्छ। सहकर्मी वा साथीभाईबाट अपेक्षा गरेअनुसारको सहयोग नमिल्न सक्छ। आयआर्जनको क्षेत्र आज मध्यम रहन सक्छ। पढाईमा अलिक मेहनत गर्नुपर्ने समय छ।





तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशिका व्यक्तिहरुको लागि आज दिन राम्रो रहन सक्छ। मनमा उत्साह र उमङ्ग रहन सक्छ। शत्रुहरूलाई पराजित गर्न सक्ने समय रहेको छ। नयाँ ठाउँमा घुमघामको अवसर मिल्न सक्छ। पारिवारिक सामिप्यता बढ्न सक्छ। विद्यार्थीहरुको पढाईमा ध्यान जान सक्ने र राम्रो नतिजा प्राप्त गर्न सक्ने समय छ।



वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि हुने व्यक्तिहरुको लागि आज दिन प्रतिकूल रहन सक्छ । सम्पन्न हुन लागेको काममा बिध्नबाधा आउन सक्छ। कल्पना नगरेको ठाउँमा खर्च गर्नुपर्ने हुन सक्छ। स्वास्थ्यमा कमजोरीको अनुभव हुने र काम गर्ने जोशजाँगर कम हुन सक्छ। विद्यार्थीहरुले पढाईमा उचित ध्यान दिन नसक्दा उचित परिणाम प्राप्त गर्न कठिन हुन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि हुने व्यक्तिहरुको लागि आज दिन राम्रो रहन सक्छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।



मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि हुने व्यक्तिहरुको लागि आज दिन राम्रो रहन सक्छ । चन्द्रमा गोचर आज दशौँ रहने भएकालेउचित मेहनतले गरिएको कामबाट लाभ हुने समय छ । दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ । पारिवारिक तथा प्रेम सम्बन्ध राम्रो रहन सक्छ। विद्यार्थीहरुले पढाईबाट सफलता प्राप्त गर्न सक्ने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशि हुने व्यक्तिहरुको लागि आज दिन मध्यम रहन सक्छ । ठूलो लाभ लिन नसकिए पनि व्यावसायिक यात्राको सम्भावना छ । आज काममा ढिलासुस्ती देखिए पनि काम सम्पन्न हुन सक्छ । पारिवारिक तथा प्रेम जीवनमा सामान्य विवाद आएपनि त्यसलाई समाधान गर्न सक्ने समय छ। विद्यार्थीले पढाईमा अलिक ध्यान दिन जरुरी छ।



मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि हुने व्यक्तिहरुको लागि आज समय केहि प्रतिकूल रहन सक्छ । गोचरमा अष्टम चन्द्रमाको प्रभावले शरीरमा चोटपटक लाग्न सक्ने, धनको हानि हुन सक्ने समय छ। सहकर्मी तथा मित्रबाट असहयोग हुन सक्छ भने जीवनसाथीको स्वास्थ्य पनि कमजोर रहन सक्ने समय छ। विद्यार्थीको पढाईमा ध्यान नजान सक्छ।

17/06/2024

सिरहामा असारे विकासः ढलानमाथि कालो पत्रे, सडकका कर्मचारी भन्छन्-पोरको बाँकी पैसा खर्च गर्दैछु

नक्साल स्थित नेपाल प्रहरीको पेट्रोल पम्पमा सर्वसाधारणको भीड ।
17/06/2024

नक्साल स्थित नेपाल प्रहरीको पेट्रोल पम्पमा सर्वसाधारणको भीड ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि भएकाहरूका लागि आज समय शुभ रहेको छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजन प्र...
17/06/2024

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएकाहरूका लागि आज समय शुभ रहेको छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजन प्राप्त हुने योग छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । राम्रो धन आर्जन गर्न सकिने समय छ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ ।



बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज समय सामान्य छ । मिश्रित प्रभाव भएको दिन भएकाले आज सहयोगीहरूको भावना बुझ्न नसक्दा नरमाइलो हुनसक्छ, सतर्क रहनु पर्छ । प्रतिस्पर्धी सँग सतर्क रहनु राम्रो हुन्छ । व्यापार तथा कृषिमा फाइदा नै हुने देखिन्छ । काममा ढिलो गरी सफलता आर्जन गर्न सकिने छ । एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ ।



मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज मिथुन राशि भएकाहरूका लागि आज समय शुभ छ । हिम्मतले काम बनाउन सकिने छ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । सानो प्रयत्नले ठूलो फाइदा हुनेछ । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । उपलब्धिले थप उत्साह जगाउनेछ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ।



कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज कर्कट राशिका लागि आज समय सामान्य रहनेछ । समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन । काममा ढिलासुस्ती हुनसक्छ । अप्रिय समाचारले दुःखी बनाउने छ । पढाइलेखाइमा बाधा पुग्नेछ । व्यापार÷व्यवसायमा सोचेको फाइदा लिन सकिंदैन । लगानी डुब्ने डर हुन्छ । परिवारजनसँगको आत्मीयतामा कमी आउने छ । खर्च बढ्नुका साथै आर्थिक सङ्कटले सताउन सक्छ ।



सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज सिंह राशि भएकाहरूका लागि आज समय शुभ छ । लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पैत्रिक धनको उपयोगबाट विशेष फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन र प्रसन्नतापनि मिल्नेछ ।



कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज समय सामान्य छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । आम्दानी बढ्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ । लगनशीलताले प्रसिद्धि दिलाउन सक्छ । कीर्तिमानी काम गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।



तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज समय सामान्य छ । अरूका काममा समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस । व्यावसायिक काममा खर्च बढ्नेछ । धैर्य र संयमताका साथ गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।



वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । कमजोरीले चिन्ता बढाउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ । नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ । मिहिनेत गरे पनि अन्त्यमा काम नबन्नाले दिक्क लाग्ने छ । मनमा निराशा र वैराग्यका भावना मँडारिने छन । गोपनीयता भङ्ग हुने खतरा छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि आज समय सामान्य छ । घरायसी समस्यामा तल्लीन हुनुपर्ने भएकाले मनोरञ्जन र रामरमाइलो गर्ने फुर्सत पाइँदैन । व्यक्तिगत स्वास्थ्यमा उतारचढाव आउने सम्भावना हुन्छ । पति÷पत्नीका आपसी समस्याले मन खिन्न हुनसक्छ । विविध चुनौती र तनाव आइलाग्न सक्छन । चुनौती सामना गर्नुपर्दा चिन्ता र छटपटी बढ्न सक्छ । बाध्यताले मन खिन्न तुल्याउनेछ ।



मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि समय सामान्य छ । प्रयत्न गर्दा पनि कामबाट फाइदा उठाउन सकिंदैन । यात्रामा झन्झट र झमेला आइलाग्न सक्छन । सामान हराउने वा चोरी हुने डर हुन्छ । शत्रुको चलखेल बढ्ने छ । रोगव्याधिको प्रकोप सुरु हुनसक्छ । आहारविहारप्रति सचेतता अपनाउनु पर्छ । झैझडा र मुद्दा–मामिलाभन्दा टाढा रहेको जाति हुन्छ । बिक्रीबट्टा र व्यापारमा सामान्य फाइदाको योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका लागि आज स्वास्थ्य भरपर्दो नरहला । कुनै समाचारले मन बिथाल्न सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ, तर समय निकाल्न सकिंदैन । व्यापार–व्यवसायमा लगनशील भएमा मात्र लाभ पाउन सकिने छ । यात्रामा दिक्क लाग्ने छ, सोचेको काममा बाधा उत्पन्न हुनसक्छ । आम्दानी हुनेछ तर विभिन्न भौतिक साधन जुटाउने क्रममा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ ।



मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि समय सामान्य रहनेछ । कुनै समाचारले मन बिथाल्न सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ, तर समय निकाल्न सकिंदैन । व्यापार–व्यवसायमा लगनशील भएमा मात्र लाभ पाउन सकिने छ । यात्रामा दिक्क लाग्ने छ, सोचेको काममा बाधा उत्पन्न हुनसक्छ । आम्दानी हुनेछ तर विभिन्न भौतिक साधन जुटाउने क्रममा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ ।

जनकपुरको मुजेलियामा हाइड्रो क्रेनले तिब्र गतिमा मोटरसाइकललाई ठक्कर दिदा चालक गम्भीर घाइते भएका छन । थप आउन बाकी
16/06/2024

जनकपुरको मुजेलियामा हाइड्रो क्रेनले तिब्र गतिमा मोटरसाइकललाई ठक्कर दिदा चालक गम्भीर घाइते भएका छन ।
थप आउन बाकी

16/06/2024

मधेशः जनमत नेतृत्वको सरकार किसानलाई पेन्सन दिने, किसान कार्ड पनि

मधेश सरकारले ल्यायो ४३ अर्ब ९९ करोड ७१ लख ७० हजारको बजेट, अर्थमन्त्री भरत प्रसाद साहद्वारा सदनमा प्रस्तुत...
15/06/2024

मधेश सरकारले ल्यायो ४३ अर्ब ९९ करोड ७१ लख ७० हजारको बजेट, अर्थमन्त्री भरत प्रसाद साहद्वारा सदनमा प्रस्तुत...

गंगादशहरा, के छ यसको महत्व ?
15/06/2024

गंगादशहरा, के छ यसको महत्व ?

जेठमहिनाको शुक्ल पक्ष दशमी तिथिका दिन गंगा दशहरा पर्व मनाइन्छ । यस दिन हस्ता नक्षत्रमा गंगा नदी पृथ्वीमा अवतरण भ.....

भावुक बनाउने यो दृष्य 😭दुर्घटनामा निधन भएका जनकपुरका यूवा पत्रकार सिबेन्द्र रोहिताको आज स्वर्गद्वारीमा दाह-संस्कार गरिएक...
18/05/2024

भावुक बनाउने यो दृष्य 😭
दुर्घटनामा निधन भएका जनकपुरका यूवा पत्रकार सिबेन्द्र रोहिताको आज स्वर्गद्वारीमा दाह-संस्कार गरिएको छ । ७ वर्षीय छोराले दागबत्ति दिए । कलिलै उमेरमा छोराले दागबत्ति दिएको दृष्यले भावुक बनायो । रोहिता टुडेखोज डटकमको सहयोगी र राजधानी जनकपुर डटकमका संचालक थिए । उनीप्रति भावपूर्ण श्रद्धांजली

बलात्कार मुद्दामा सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछाने यति बेला सक्रिय क्रिकेटमा फर्किन प्रयासरत छन् । नेपाल क्रिकेट संघ...
18/05/2024

बलात्कार मुद्दामा सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछाने यति बेला सक्रिय क्रिकेटमा फर्किन प्रयासरत छन् । नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरिसकेको छ भने उनलाई टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्ने तयारी गरिरहेको छ ।

सन्दीप भने यति बेला अभ्यासमा व्यस्त छन् । शनिबार त्रिभुवन विश्वविद्यालयस्थित मैदानमा रहेको प्रशिक्षण स्थलमा लामिछाने अभ्यास गरिरहेको भेटिए । सन्दीपको अभ्यास हेर्न संघका सचिव पारस खड्का पनि पुगेका थिए ।

विद्यार्थीको मृत्युप्रति पीडित परिवारजनको आरोपवीरगञ्जको नेशनल मेडिकल कलेजको होस्टलबाट एक साता अघि निस्किएका दुई विद्यार्...
28/01/2024

विद्यार्थीको मृत्युप्रति पीडित परिवारजनको आरोप

वीरगञ्जको नेशनल मेडिकल कलेजको होस्टलबाट एक साता अघि निस्किएका दुई विद्यार्थीहरुको रहस्यमय मृत्यु भएको पीडित परिवारजनले आरोप लगाएको छ ।

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको भनिएको घटनामा बाराका एक जना बिडिएसका विद्यार्थी र धनुषाको सबैला– ५ स्थित मखनाहाका २२ वर्षिय अध्ययनरत रहेका सुमित यादव (एमबिबिएस दोस्रो वर्ष) को पनि मृत्यु भएको थियो ।

यता मृतक यादवका पिता फुदन यादव र क्रियामा बसेका दाजु आशिष कुमार यादवले शनिबार राति २ बजे तिर शिवन यादव होस्टल बाहिर जाँदा पनि आफुहरुलाई कलेजले जानकारी नगराएको प्रति आपत्ति जनाएको छ ।

मृतकका पिता यादवले छोरा राति होस्टलबाट किन निस्क्यो भन्ने कुरा मलाई जानकारी किन गराइएन र सिसिटिभी फुटेज माग्दासमेत कलेज प्रशासनले दिन नमानेको भन्दै उनले मृत्यु नभई हत्या हुन सक्ने आशंका गरे ।

धनुषाको सबैलामा पत्रकार सम्मेलन गर्दै पीडित परिवारजनले कलेजको लापरवाहीका कारण हत्या हुन सक्ने आशंका व्यक्त गर्दै मृत्यु रहस्यमय भएको दाबी गरे ।

सप्तकोशी नदि आसपास सर्तकता अपनाउन प्रशासनको आग्रहसुनसरी । कोशी ब्यारेज, बराहक्षेत्र नगरपालिकाको बानडाँडा तथा सप्तकोशी  न...
12/08/2023

सप्तकोशी नदि आसपास सर्तकता अपनाउन प्रशासनको आग्रह
सुनसरी । कोशी ब्यारेज, बराहक्षेत्र नगरपालिकाको बानडाँडा तथा सप्तकोशी नदि आसपासका नागरिकहरुलाई सर्तक रहन जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको छ ।
शुत्रबार बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले जल तथा मौसम पूर्वानुमान विभागले बर्षात भईरहेको, खाला नालाहरुमा पानीको मात्र बढ्न जाने भनी पूर्वानुमान गरेको भन्दै कोशी व्यारेज तथा सप्तकोशी नदि आसपास बसोबास गर्ने सर्वसाधरणहरुलाई उच्च सर्तक रहन आग्रह गरेको छ ।
मनसुन बाढि पिडितलाई गर्नुपर्ने सहयोग, राहत तत्काल On the spot उपलब्ध गराउन सम्बन्धीत निकायहरु तयारी अवस्थामा रहन पनि विपत व्यवस्थापन समितिले भनेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेका बैठकले सबै स्थानिय तहहरुमा विपत उद्धार तथा प्रतिकार्य योजना तर्जुमा गरी सोहीअनुरुप कार्र्यन्वयन गर्न भनिएको छ ।
स्थानिय तहहरुलाई वडास्तर सम्म विपत उद्धार तथा प्रतिकार्य योजना तर्जुमा गर्न जिल्ला विपत व्यवस्थापन गर्न समितिले भनेको छ ।
विभिन्न पालिकाका प्रमुख तथा जिल्ला स्थित अन्य कार्यलयका प्रमुखहरु सहित बसेको बैठकले जिल्लामा देखिएको डेंँगी संक्रमणका विषयमा पनि महत्वपूर्ण निर्णय गरेको छ । बैठले धरान उपमहानगरपालिकालाई डेँगी संक्रमण नियन्त्रणमा नआउन्जेलसम्मलाई ‘जनस्वास्थ्यको अपतकालिन अवस्था घोषणा गर्न गृहमन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।

प्रहरी कार्यालयमा किन थुप्रिन्छन् सवारी साधन ?काठमाडौं । भैरहवाबाट आएका अजय पाण्डे उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसर...
12/08/2023

प्रहरी कार्यालयमा किन थुप्रिन्छन् सवारी साधन ?

काठमाडौं । भैरहवाबाट आएका अजय पाण्डे उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा यताउता गर्दै थिए। उनी आफ्नो स्कुटर लिन ट्राफिक कार्यालय पुगेका थिए। आफ्नो विवरण खुल्ने कागजात लिएर ट्राफिकमा पुगे पनि कार्यालयका कर्मचारीले घरी के, घरी के भनेर अल्झाइरहेका थिए।
बुधबार दिउँसो १२ बजेतिर परिसरमा भेटिएका उनले ३ वर्षअघि स्कुटर बेचेका थिए। तर, पास गरेका थिएनन्। स्कुटर किन्ने व्यक्तिले पटक–पटक आग्रह गरे पनि पास गर्नका लागि आनाकानी गरे। कागजात अजयकै नाममा थियो। एकदिन मापसेको आरोपमा ट्राफिक चेकिङका क्रममा स्कुटर प्रहरीले नियन्त्रणमा लियो। स्कुटर लिन आउन भन्दै ट्राफिक कार्यालयबाट पटक–पटक फोन गरेपछि अजय काठमाडौं आएका थिए। तर, घरी बिलबुक ल्याउन त, घरी यातायात कार्यालयको पत्र ल्याउन भन्दै प्रहरी कर्मचारीले अजयलाई अल्मलाइरहे।
अजय भन्छन्, ‘आफ्नै नामको स्कुटर लिन पनि यति झन्झट ? यस्तै गर्छन् र सवारीधनी आउनै खोज्दैनन्। जरिवाना तिरेर सजिलै लैजान पाए लाखौं पर्ने सवारी साधन यसै कसले छाड्छ ?’
यस्तै केही दिनअघि एक महिला र पुरुष पार्टी ड्रेसमै ट्राफिक कार्यालयमा भेटिएका थिए। सडकमा मोटरसाइकल पार्क गरेर पाटीप्यालेस पसेका उनीहरू बाहिर निस्कँदा मोटरसाइकल नभेटेपछि हस्याङफस्याङ गर्दे ट्राफिक महाशाखा पुगेका थिए। सडकमा पार्किङ गरेको भन्दै महानगर प्रहरीले उनीहरूको सवारी साधन बग्गीखाना पुर्‍याएको थियो।
पार्किङ शुल्क तिरेर सवारी लैजाने तयारी गरेका उनीहरूलाई प्रहरी कर्मचारीले रोकिरहे। घरी कर तिरेको रसिद माग्थे त घरी लाइसेन्स कहाँबाट निकालेको भन्दै केरकार गर्थे।
प्रहरी कार्यालयमा यस्ता दृश्य हरेक दिन देखिन्छन्। कोही बिल बोकेर आएका हुन्छन् त कोही सवारी साधन लैजान पाउ भन्दै याचना गरिरहेका हुन्छन्। तर, नियमले बाधिएको भन्दै ट्राफिक प्रहरी सवारीधनीसँग लचिलो देखिँदैन। ट्राफिक नियम तोडेको भन्दै उनीहरूप्रति रुखो व्यवहार देखाउँछन्।
उपत्यकाभरको प्रहरी कार्यालयमा र ट्राफिक कार्यालयमा २ हजार बढी संख्यामा सवारी साधन थुप्रिएका छन्। जसमा दुईपाङग्रे १९१३ र चारपांग्रे ४१ वटा छन्।
१०० जनाले भने प्रक्रिया पुर्‍याएर सवारी साधन फिर्ता लगेका छन्। वर्षौंदेखि यसरी थुप्रिएका सवारी साधन न त सवारीधनीले लैजान नै सक्छन् न त सरकारले बेच्न वा प्रयोग गर्न नै पाउँछ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

12/08/2023
हिन्दुले दलित बानायो भनेर दलितको नाममा धर्मान्तरण गर्नेलाई गतिलो झापड।महेन्द्र सस्कृत विश्व विद्यालय बाट शास्त्री अध्ययन...
12/08/2023

हिन्दुले दलित बानायो भनेर दलितको नाममा धर्मान्तरण गर्नेलाई गतिलो झापड।

महेन्द्र सस्कृत विश्व विद्यालय बाट शास्त्री अध्ययन सम्पन्न गर्नु भएका आचार्य कृष्ण बहादुर दमाइज्युलाई धेरै धेरै बधाई एबम शुभकामना !

सुर्तीजन्य वस्तु (सुर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु) अब प्लास्टिकको खोलमा प्याकिङ गर्...
11/08/2023

सुर्तीजन्य वस्तु (सुर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु) अब प्लास्टिकको खोलमा प्याकिङ गर्न नपाइने भएको छ । सरकारले अन्तःशुल्क नियमावलीमा २४ औं संशोधनमार्फत यस्तो नियम ल्याएको हो । आन्तरिक राजस्व विभागका अनुसार यो नियम १ वैशाख २०८१ देखि लागु हुनेछ ।

सो अवधिसम्म यस्तो वस्तु उत्पादन गर्ने प्रतिष्ठानहरुले प्लास्टिक विस्थापित गरिसक्नुपर्ने भएको छ । नियमावलीमा संशोधन गर्दै भनिएको छ, ‘सुर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु उत्पादन गर्ने प्रतिष्ठानल १ वैशाख २०८१ देखि प्लास्टिक बाहेकका जैविक रुपमा सडेर जाने (बायोडिग्रेडेबल) सामग्रीमा मात्र प्याकिङ गर्नुपर्नेछ ।’

Address


Website

Alerts

Be the first to know and let us send you an email when Swatantra Sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share