Fun-No More

Fun-No More Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Fun-No More, News & Media Website, .

कम्पनीहरूले फिल्डमा सर्भेयर (प्राविधिक) नै खटाएर बिमा दाबीयोग्य क्षतिको अन्तिम प्रतिवेदन निकाल्न बाँकी छ । त्यसको प्रक्र...
07/10/2024

कम्पनीहरूले फिल्डमा सर्भेयर (प्राविधिक) नै खटाएर बिमा दाबीयोग्य क्षतिको अन्तिम प्रतिवेदन निकाल्न बाँकी छ । त्यसको प्रक्रिया भने अघि बढिसकेको छ । कम्पनीहरूको प्रारम्भिक निरीक्षण तथा बिमितबाट प्राप्त सूचनाका आधारमा सवा सात अर्बबराबरको दाबी पर्ने अनुमान गरिएको नेपाल बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले बताए ।बाढीले क्षति ऊर्जा, सिँचाइ, सडक, पुललगायतका विभिन्न परियोजनाको बिमा गर्न मिल्छ । यसैगरी, पशुपक्षी तथा कृषि, पसल, घर तथा भवनलगायतको भौतिक सम्पत्तिको पनि बिमा गर्न मिल्छ । त्यसैगरी, सवारीसाधनको अनिवार्य रूपमा बिमा गर्नुपर्छ ।

१०–१२ असोजको बाढी, पहिरो तथा डुबानबाट सात अर्ब २८ करोड ८५ लाख १९ हजारबराबरको क्षति भएको बिमादाबी पर्ने प्रारम्भि.....

१२ असोजमा स्याङ्जाको फेदीखोला गाउँपालिका कार्यालय बाहिर झमझम पानी परिहरेको थियो । गाउँपालिकाको खुला सभाहलभित्र मुख्यसचिव...
01/10/2024

१२ असोजमा स्याङ्जाको फेदीखोला गाउँपालिका कार्यालय बाहिर झमझम पानी परिहरेको थियो । गाउँपालिकाको खुला सभाहलभित्र मुख्यसचिव एकनारायण अर्याल सेतो खादासहित सम्मान ग्रहण गरेर धन्यवाद मन्तव्य दिइरहेका थिए ।

१३ भदौमा मुख्यसचिव भएका अर्याल गृह जिल्ला पुगेर गाउँपालिकादेखि जनप्रतिनिधि र कर्मचारीको दायित्व सम्झाइरहेका थिए । तर, उनीमाथि नै अहिले देश गम्भीर संकटमा पर्दा पनि दायित्व ननिभाएको र भद्दा सम्मानमा रमाएको भन्दै आलोचना भइरहेको छ ।

१५ असोज, काठमाडौं । १२ असोजमा स्याङ्जाको फेदीखोला गाउँपालिका कार्यालय बाहिर झमझम पानी परिहरेको थियो । गाउँपालिक....

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा चरम बेथिति देखिएको छ । परिषद्मा कर्मचारी प्रशासन सञ्चालन गर्ने विनियमावली नै ‘गायब...
19/09/2024

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा चरम बेथिति देखिएको छ । परिषद्मा कर्मचारी प्रशासन सञ्चालन गर्ने विनियमावली नै ‘गायब’ पारिएको छ । किर्ते गरेर तयार गरिएका थरीथरीका विनियमावलीका आधारमा नार्कको कर्मचारी प्रशासन सञ्चालन हुँदै आएको पाइएको छ ।

थरीथरीका किर्ते फोटोकपीका आधारमा संस्था चलाउँदा भद्रगोल 

विश्वविद्यालयको रामपुरस्थित छात्रावासमा कांग्रेस र एमालेनिकट विद्यार्थी संगठनका समर्थकबीच भदौ १३ मा झडप भएको थियो । त्यस...
09/09/2024

विश्वविद्यालयको रामपुरस्थित छात्रावासमा कांग्रेस र एमालेनिकट विद्यार्थी संगठनका समर्थकबीच भदौ १३ मा झडप भएको थियो । त्यसको भोलिपल्ट विश्वविद्यालय प्रशासनले छात्रावास खाली गराएको थियो । भदौ १५ मा विश्वविद्यालयका निमित्त उपकुलपतिको अध्यक्षतामा बैठक बसिरहेका बेला कांग्रेसनिकट नेविसंघले केन्द्रीय कार्यालयमा तालाबन्दी गर्‍यो । त्यसपछि सुरक्षाको कारण देखाउँदै प्रशासनले पठनपाठनलगायत गतिविधि बन्द गर्ने निर्णय गरेको थियो ।

सत्तारूढ कांग्रेस र एमालेनिकट विद्यार्थीबीचको झडप र तालाबन्दीले चितवन रामपुरस्थित कृषि तथा वन विज्ञान विश्ववि....

चाडपर्व नजिकिएकाले यस सडकखण्डमा यात्रुको चाप अझ बढ्नेछ । स्थानीय यात्रु मात्रै होइन, काठमाडौंबाट पश्चिमका जिल्ला जाने या...
05/09/2024

चाडपर्व नजिकिएकाले यस सडकखण्डमा यात्रुको चाप अझ बढ्नेछ । स्थानीय यात्रु मात्रै होइन, काठमाडौंबाट पश्चिमका जिल्ला जाने यात्रुले पनि यही सडकखण्ड प्रयोग गर्ने भएकाले सास्ती खेप्ने यात्रुको संख्या पनि बढ्नेछ । तर यसबीचमा सडक स्तरोन्नतिको कार्य तत्कालै पूरा हुने सम्भावना छैन । त्यसैले तत्काललाई यस सडकखण्डका खाल्डाखुल्डी पुर्ने, गाडी चिप्लिन नदिन उपाय अपनाउने, अवरोधहरू हटाउने, जोखिमयुक्त ठाउँहरूको पहिचान गरेर सुरक्षाका विधि तयार गर्ने जस्ता काम गरिहाल्न आवश्यक छ ।

घाम लागेको दिनमा दिउँसै सवारी साधनले ‘हेडलाइट’ बाल्नुपर्छ, पानी परेका दिनमा धान रोप्न ठिक्क पारिएको खेत जस्तो हु...

स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका–३ स्थित ग...
03/09/2024

स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा एकै परिवारका एक बालकसहित चार जनाको शरीरमा पानीको कमी भएकाले मृत्यु भएको जानकारी दिए।

‘मृतकका परिवारले स्वास्थ्यकर्मीलाई दिएको रोगको लक्षणका आधारमा जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार झाडापखालाका कारण शरीरमा पानीको मात्रा कमी हुनाले ७२ घण्टामा चार जनाको मृत्यु भएको हो’, फोकल पर्सन श्रेष्ठले भने।

शरीरमा पानीको कमीले भएकाले एकैपरिवारका तीनसहित एकजना बालकको चार मृत्यु भएको पुष्टि भएको छ। स्वास्थ्य कार्यालय .....

मोरङको सुन्दरहरैँचामा नाबालक दिदीबहिनी मृत अवस्थामा फेला परेका छन् । तीन वर्षीया अर्पणा र डेढ वर्षीया आयिका मृत फेला परे...
01/09/2024

मोरङको सुन्दरहरैँचामा नाबालक दिदीबहिनी मृत अवस्थामा फेला परेका छन् । तीन वर्षीया अर्पणा र डेढ वर्षीया आयिका मृत फेला परेका हुन् । शनिबार साँझ स्थानीयले केराघारीमा दिदीबहिनीकाे शव फेला पारेका हुन् । नाबालक दिदीबहिनीको मृत्युको रहस्य खुल्न सकेको छैन ।

मोरङको सुन्दरहरैचामा नाबालक दिदीबहिनी मृत अवस्थामा फेला परेका छन् । तीन वर्षीया अर्पणा र डेढ वर्षीया आयिका मृत फ...

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमणबारे नेपालमा एकखाले बहस सुरु भयो। भारतको विदेश मन्त्रीले भेट्नु, त्यहा...
25/08/2024

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमणबारे नेपालमा एकखाले बहस सुरु भयो। भारतको विदेश मन्त्रीले भेट्नु, त्यहाँको प्रधानमन्त्रीले भेट्न समय दिनु र भारतको प्रधानमन्त्रीले भेटको क्रममा आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकार, विदेशमन्त्री, विदेश सचिव लगायतका आफ्ना सहयोगी राखेर भेटघाट गर्नुले हाम्रो परराष्ट्र मन्त्रीलाई निकै ठूलो महत्व दिइएको चर्चा–परिचर्चा सामाजिक सञ्जाल र नेपाली आम सञ्चारमाध्यममा आए।

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमणबारे नेपालमा एकखाले बहस सुरु भयो। भारतको विदेश मन्त्रीले भेट्....

बिजनेस नहुँदा संघीय संसद्को कामकारबाही प्रभावित बनेको छ । विधेयकहरू सभामा नहुँदा प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक निय...
18/08/2024

बिजनेस नहुँदा संघीय संसद्को कामकारबाही प्रभावित बनेको छ । विधेयकहरू सभामा नहुँदा प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक नियमित बस्न सकेको छैन । साउन महिनामा राष्ट्रिय सभाको बैठक पाँच दिनमात्रै र प्रतिनिधि सभाको ९ दिन मात्रै बैठक बसेको छ । बिजनेस नभएका कारण साउनभर संसद बैठक थोरै बसे । बसेका बैठक घण्टौसम्म आकस्मिक, शून्य र विशेष समयमा केन्द्रित रहे ।

डेढ वर्षमा ११ कानुन मात्र बनाएर अति सुस्त गतिमा हिँडिरहेको प्रतिनिधिसभाले गर्‍यो सरकारबाट बिजनेस नपाएको

डा. थापा व्यवस्थापन महाशाखाको निर्देशक बन्नुअघि डा. रुद्र मरासिनी र डा. सर्वेश थापा निर्देशक भएका थिए। डा. शर्मा जनरल प्...
16/08/2024

डा. थापा व्यवस्थापन महाशाखाको निर्देशक बन्नुअघि डा. रुद्र मरासिनी र डा. सर्वेश थापा निर्देशक भएका थिए। डा. शर्मा जनरल प्राक्टिसनर (जिपी) चिकित्सक हुन् भने डा. मरासिनी पनि अर्थोपेडिक तथा स्पाइनल सर्जन हुन्। यी दुवैको व्यवस्थापन महाशाखामा दरबन्दी छैन। तर, उनीहरू दरबन्दी विपरीतको ठाउँमा गएर व्यवस्थापन महाशाखाको निर्देशक भए। अहिले मरासिनी राष्ट्रिय ट्रमा सेन्टरमा छन् तर चिकित्सकीय अभ्यासमा हैन, प्रशासनिक अभ्यासमा। उनी अहिलेट्रमाका निर्देशक हुन्।

काठमाडौँ : डा. श्रवण कुमार थापा अर्थोपेडिक सर्जन हुन्। उनको शैक्षिक योग्यता अनि सरकारी पदमा नियुक्तिको उद्देश्य .....

सस्तोमा गुणस्तरीय शिक्षाको आवरणमा ठगी धन्दा चलाएका उत्तम सन्जेलले अवैध रूपमा विद्यालय चलाएको पुष्टि हुँदा पनि काठमाडौँ म...
12/08/2024

सस्तोमा गुणस्तरीय शिक्षाको आवरणमा ठगी धन्दा चलाएका उत्तम सन्जेलले अवैध रूपमा विद्यालय चलाएको पुष्टि हुँदा पनि काठमाडौँ महानगरपालिका मौन छ।

महानगरपालिकाले वडा नम्बर ६ बौद्धमा रहेको ‘समता स्कुल’ को अनुगमनमा विद्यालय अवैध रहेको, दुई नगरपालिकाका अलग-अलग विद्यालय दर्ता गरेर एकै ठाउँमा पठाएको, एकै विद्यालयको दुई हाजिरी गराएर झुक्याइरहेको फेला पारेको थियो।

काठमाडौँ : सस्तोमा गुणस्तरीय शिक्षाको आवरणमा ठगी धन्दा चलाएका उत्तम सन्जेलले अवैध रूपमा विद्यालय चलाएको पुष्टि ...

३३ किलो सुन तस्करी प्रकरणमा जिल्ला अदालत काठमाडौंबाट भएको फैसलामा गम्भीर त्रुटि रहेको उच्च अदालत पाटनको ठहर छ । हालै सार...
11/08/2024

३३ किलो सुन तस्करी प्रकरणमा जिल्ला अदालत काठमाडौंबाट भएको फैसलामा गम्भीर त्रुटि रहेको उच्च अदालत पाटनको ठहर छ । हालै सार्वजनिक उच्च अदालतको पूर्णपाठमा जिल्लाको फैसलामा तथ्यगत, कानुनी तथा प्रमाण मूल्यांकनमा गम्भीर त्रुटि रहेको उल्लेख छ । पूर्णपाठले कसुर पुष्टिका लागि न्यायाधीशले गर्ने प्रश्नले संगठित अपराधमा संलग्नहरूले निहित लाभ लिइरहने विडम्बना आउन नहुने चेतावनी पनि दिएको छ । यस प्रकरणको फैसला उच्च अदालतले ०७९ चैत अन्तिममा गरेको थियो ।

३३ किलो सुन तस्करी प्रकरण ३३ किलो सुन तस्करी प्रकरणमा जिल्ला अदालत काठमाडौंबाट भएको फैसलामा गम्भीर त्रुटि

सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग भन्सारका कर्मचारीको निकटस्थ सम्बन्ध देखिएको छ । रसुवाबाट काठमाडौं आउने तथा सिंहदरबा...
29/07/2024

सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग भन्सारका कर्मचारीको निकटस्थ सम्बन्ध देखिएको छ । रसुवाबाट काठमाडौं आउने तथा सिंहदरबार जाने क्रममा तस्करीमा संलग्नकै गाडीमा भन्सार कर्मचारीहरू ओहोरदोहोर गर्ने प्रहरी अनुसन्धानले देखाएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी भएको घटनाको दोस्रो चरणमा अनुसन्धान गरिरहेको छ । जसमा भन्सार कर्मचारीहरूले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सघाएका तथ्य भेटिएका छन् । तर, यसरी सघाउने भन्सार कर्मचारीमाथि कारबाही भएको छैन ।

सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग भन्सारका कर्मचारीको निकटस्थ सम्बन्ध देखिएको छ । रसुवाबाट काठमाडौं आउने त....

पाँच गृहमन्त्री, पाँच आइजिपी, आठ डिआइजी र नौ एसपी परिवर्तन हुँदा पनि दोषी अहिलेसम्म खुल्न सकेको छैन । त्यसवेला केन्द्रीय...
26/07/2024

पाँच गृहमन्त्री, पाँच आइजिपी, आठ डिआइजी र नौ एसपी परिवर्तन हुँदा पनि दोषी अहिलेसम्म खुल्न सकेको छैन । त्यसवेला केन्द्रीय अनुसन्धान ब्युरोबाट आएका तत्कालीन डिएसपी अंगुर जिसी र कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट नेतृत्वको अनुसन्धानले निर्मलाको हत्यामा संलग्न रहेको भन्दै भीमदत्त नगरपालिका– १९ बागफाँटाका दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, वास्तविक हत्यारा अर्कै भएको भन्दै आफन्त, अधिकारकर्मीले आन्दोलन चर्काएका थिए । निर्मलाको न्यायका लागि भन्दै सुरु भएको आन्दोलनमा बालक सन्नी खुनाले ज्यान गुमाएका थिए ।

कञ्चनपुरको भीमदत्त नगरपालिका– २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको बिहीबार ६ वर्ष पूर...

भारतले व्यक्तिगत आयकरको स्ल्याबमा परिवर्तन गरेपछि सवा ११ लाख नेपाली रुपैयाँसम्मको आयमा भारतको तुलनामा नेपालमा करको दर ६ ...
24/07/2024

भारतले व्यक्तिगत आयकरको स्ल्याबमा परिवर्तन गरेपछि सवा ११ लाख नेपाली रुपैयाँसम्मको आयमा भारतको तुलनामा नेपालमा करको दर ६ गुणा बढी पुगेको छ ।

भारतीय अर्थमन्त्री निर्मला सितारमणले मंगलवार सार्वजनिक गरेको बजेटमार्फत ७ लाख भारु अर्थात् ११ लाख ३४ हजार नेपाली रुपैयाँसम्म ५ प्रतिशत कर तिरे हुने व्यवस्था गरिएको छ ।

८ साउन, काठमाडौं । भारतले व्यक्तिगत आयकरको स्ल्याबमा परिवर्तन गरेपछि सवा ११ लाख नेपाली रुपैयाँसम्मको आयमा भारतक....

प्रधानलाई संवैधानिक परिषदले निर्वाचन आयुक्तका लागि सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले सूचनामार्फत् सार्वजनिक उजुरी आह...
22/07/2024

प्रधानलाई संवैधानिक परिषदले निर्वाचन आयुक्तका लागि सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले सूचनामार्फत् सार्वजनिक उजुरी आह्वान गरेको थियो। त्यसपछि प्रधानले सहकर्मीलाई यौन दुर्व्यवहार गरेको मुद्दा जिल्ला अदालतबाट मिलापत्रमा टुंगिएको प्रमाणसहितको उजुरी समितिमा परेको थियो। समितिले यसबारे पीडितसँग छलफल गरेको थियो।

निर्णयका लागि दस दिन मात्र बाँकी भएकाले संसदीय सुनुवाइ व्यवस्थामाथि प्रश्न उठ्न थालेको छ। यौन दुर्व्यवहारको आर.....

साना माछा' मात्रै डामेको आरोप खेप्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय ठूला भ्रष्टाचारमै हात हालेर ‘हा...
17/07/2024

साना माछा' मात्रै डामेको आरोप खेप्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय ठूला भ्रष्टाचारमै हात हालेर ‘हाइप्रोफाइल’लाई मुद्दा चलाएको छ । ठूला भ्रष्टाचारका उजुरीमाथि छानबिन गरेर उपल्लो तप्काका राजनीतिक व्यक्ति, पदाधिकारीदेखि कर्मचारीसम्मलाई मुद्दा अभियोजन गरेको हो ।

भ्रष्टाचारको आयतन, बिगोको आकार र प्रतिवादीको पदीय हिसाबमा विगतभन्दा तुलनात्मक ठूला मुद्दा दायर 'साना माछा'

जनता समाजवादी पार्टी नेपाल फुटेर जनता समाजवादी पार्टी गठन भएपछि उपेन्द्र यादवको ठाउँमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री ब...
10/07/2024

जनता समाजवादी पार्टी नेपाल फुटेर जनता समाजवादी पार्टी गठन भएपछि उपेन्द्र यादवको ठाउँमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बने जसपाका प्रदीप यादव। पार्टीमा वरिष्ठ सांसदहरू भए पनि उनी हसिना खान स्वास्थ्य राज्यमन्त्रीसहित सरकारमा सहभागी भए।

प्रदीप ५३ दिन स्वास्थ्य मन्त्रीहुँदा गेटा अस्पतालसहितका स्वास्थ्य उपकरण खरिदको टेन्डर मिलेमतोमा जोडिए नै। उनले आफ्नो सचिवालयका सदस्यहरू परिचालन गरेर मन्त्रालय अन्तर्गतका अस्पताल तथा स्वास्थ्य संस्थाको प्रमुखको रूपमा सरुवाका लागि घुसको रेटै तोकेको खुलेको छ।

काठमाडौँ : जनता समाजवादी पार्टी नेपाल फुटेर जनता समाजवादी पार्टी गठन भएपछि उपेन्द्र यादवको ठाउँमा स्वास्थ्य तथा ...

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महालेखा परीक्षकको कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, लोकसेवा आयोग, र...
03/07/2024

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महालेखा परीक्षकको कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, लोकसेवा आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग लगायतमा अवकाशप्राप्त पूर्वप्रशासकहरुको दबदबा छ ।

१९ असार, काठमाडौं । सभामुख देवराज घिमिरेको सिफारिसमा मंगलबार पूर्वसचिव सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा...

बिहेको बहानामा चीन पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब...
28/06/2024

बिहेको बहानामा चीन पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ।
मानव बेचबिखन अनुसन्धान ब्युरोले उदयपुर त्रियुगा नगरपालिका-१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राईलाई पक्राउ गरेको एसपी गौतम मिश्रले जानकारी दिए। उनलाई मंगलबार पक्राउ गरी सात दिन हिरासतमा राख्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ।

बिहेको बहानामा चीन पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ।

अठार सय खोलामा खच्चर हिँडाउने काममा असाध्यै जोखिम रहेको तर यसको कुनै चर्चा, परिचर्चा, लेखाजोखा नहुने र राज्यको नजरमा पनि...
19/06/2024

अठार सय खोलामा खच्चर हिँडाउने काममा असाध्यै जोखिम रहेको तर यसको कुनै चर्चा, परिचर्चा, लेखाजोखा नहुने र राज्यको नजरमा पनि नपर्ने गरेको अर्का खच्चर व्यवसायी ऋषि थापा मगर बताउँछन्। ‘दुई वर्षअघि गाउँपालिकाको केन्द्र फिलिम जोड्ने झोलुङ्गे पुलबाट बहादुर गुरुङको ११ वटा खच्चर खसे। पाँचवटा खच्चर मरे’, उनी भन्छन्, ‘हाम्रो अठार सय खोलामा सात, ८ सय खच्चर हिँड्छन्। कहिले भीरबाट लडेर, कहिले पुलबाट लडेर, कहिले पहिरोमा पुरिएर, कहिले भीरबाट खसेको ढुंगा लागेर खच्चर नमरेको वर्षै छैन। एक वर्षमा कम्तीमा पनि २०, २५ वटा खच्चर यसरी मर्छन्।’ भोटखोलाका जनताको सेवा गर्ने खच्चर हिँड्ने सुरक्षित बाटो बनाउने बारेमा सरकारको ध्यान नगएको भन्दै उनले गुनासो गरे।

गोरखा : धार्चे गाउँपालिका ३ खोर्लाबेँसीका प्रदीप खत्री १४ वटा खच्चर धपाउँ

महिलाहरूलाई यौन धन्दामा लगाएको सूचना पाएर उद्धार गर्नु, धन्दामा लगाउनेलाई नियन्त्रणमा लिइनु नयाँ कुरा होइन। प्रहरीले बेल...
12/06/2024

महिलाहरूलाई यौन धन्दामा लगाएको सूचना पाएर उद्धार गर्नु, धन्दामा लगाउनेलाई नियन्त्रणमा लिइनु नयाँ कुरा होइन। प्रहरीले बेलाबखतमा यस्तो गर्दै आएको छ। तर यस्ता अधिकांश घटनामा पीडित भनेर उद्धार गरिएकाहरूले बयान परिवर्तन गरेर पीडकले छुटकारा पाइरहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारी उद्धार गर्ने, नियन्त्रणमा लिएर हिरासतमा राख्ने अनि बयान परिवर्तन गरेर, प्रमाण नपुगेर छाड्नु पर्ने सिलसिला चलिरहेको बताउँछन्। यस्ता घटनामा जाहेरी दर्ता गर्ने बेलाबाटै चलखेल सुरू हुने पनि उनी बताउँछन्।

‘यसलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवाला सबैको प्रतिबद्धता चाहिन्छ। अनि त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्छ...

नेपाल क्रिकेटको अभिभावकीय संस्था रहेको नेपाल क्रिकेट संघ ( क्यान ) ले समग्र नेपाली क्रिकेट र खेलाडीहरुको पक्षमा काम गर्द...
10/06/2024

नेपाल क्रिकेटको अभिभावकीय संस्था रहेको नेपाल क्रिकेट संघ ( क्यान ) ले समग्र नेपाली क्रिकेट र खेलाडीहरुको पक्षमा काम गर्दै आएको छ। पछिल्लो ९ महिना यता नेपाल क्रिकेट भित्र भएका केहि सराहनीय कार्यको फल स्वरुप सिंगो, संस्था नेपाल क्रिकेट संघ (क्यान) वर्तमान अवस्थामा सुमार्ग र सफलताको यात्रामा अघि बढीरहेको सर्वविदितै छ।’उनले भनेका छन्।‘कयौं चुनौती र कठिनाइहरुलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट संघ चलिरहेको समय आफैंमा महत्वपुर्ण रहेको छ । यद्यपि यी सबैका बीच, संघका अध्यक्ष, सचिव लगायत सिंगो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउँदै आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्य सहित यसै संघ भित्रका केही सदस्यहरुले हरसम्भव प्रयास गरिरहनु भएको कार्य आफैंमा दुखद: हो।’

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाली क्रिकेटला

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा ललितपुरको गोदावरी नगरपालिकाका मेयरसहित १४ जनाविरुद्ध आज विशेष अदा...
05/06/2024

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा ललितपुरको गोदावरी नगरपालिकाका मेयरसहित १४ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गोदावरीका मेयर गजेन्द्र बहादुर महर्जनलगायत विरुद्ध अख्तियारले एक अर्बभन्दा बढी बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो । अख्तियारले एकै कसुरमा ५ वटा मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा ललितपुरको गोदावरी नगरपालिकाका मेयरसहित १४ जनाविरुद्ध ...

Address


Website

Alerts

Be the first to know and let us send you an email when Fun-No More posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share

Fun-May be, May be not!

After all, it may or may not funny any more!